09.11.25 Avyakt Bapdada Nepali Murli 30.11.2007 Om Shanti Madhuban
आफ्नो श्रेष्ठ
स्वमानको शुद्ध नसामा रहेर असम्भवलाई सम्भव बनाउँदै बेफिक्र बाद सा ह बन
आज सत्य बाबा, सत्य
शिक्षक, सदगुरुले आफ्ना चारैतिरका सत्यस्वरूप, शक्तिस्वरूप बच्चाहरूलाई देखिरहनुभएको
छ किनकि सत्यताको शक्ति सर्वश्रेष्ठ छ। यो सत्यताको शक्तिको आधार हो– सम्पूर्ण
पवित्रता। मन-वचन-कर्म, सम्बन्ध-सम्पर्क, सपनामा पनि अपवित्रताको नामनिसान नहोस्।
के यस्तो पवित्रताको प्रत्यक्षस्वरूप देखिन्छ? यस्ता पवित्र आत्माको चालचलन र
अनुहारमा स्पष्ट दिव्यता देखिन्छ। उनको नयनमा रुहानी चमक, अनुहारमा सदा हर्षितमुखता
र चालचलनमा हरेक कदममा बाबासमान कर्मयोगी। सत्य बाबाद्वारा यस समयमा तिमीहरू सबै
यस्ता सत्यवादी बनिरहेका छौ। दुनियाँमा पनि कतिपयले आफूलाई सत्यवादी भन्छन्, सत्य
पनि बोल्छन् तर सम्पूर्ण पवित्रता नै सच्चा सत्यताको शक्ति हो। जुन यस समयमा यो
सङ्गमयुगमा तिमीहरू सबै बनिरहेका छौ। यो सङ्गमयुगको श्रेष्ठ प्राप्ति हो– सत्यताको
शक्ति, पवित्रताको शक्ति। जसको प्राप्ति सत्ययुगमा तिमीहरू सबै ब्राह्मणबाट देवता
बनेर आत्मा र शरीर दुवैबाट पवित्र बन्छौ। सारा सृष्टिचक्रमा अरू कुनै पनि आत्मा र
शरीर दुवैबाट पवित्र बन्दैनन्। आत्माबाट पनि पवित्र बन्छन् तर शरीर पवित्र मिल्दैन।
त्यसैले यस्तो सम्पूर्ण पवित्रता यस समयमा तिमीहरू सबैले धारण गरिरहेका छौ। शुद्ध
गौरवले भन्छौ, याद छ शुद्ध गौरवले के भन्छौ? याद गर। सबैले दिलबाट भन्छौ, अनुभवबाट
भन्छौ– पवित्रता त हाम्रो जन्मसिद्ध अधिकार हो, जन्मसिद्ध अधिकार सहजै प्राप्त
हुन्छ किनकि पवित्रता वा सत्यता प्राप्त गर्नको लागि तिमीहरू सबैले पहिला आफ्नो
सत्य स्वरूप आत्मालाई चिन्यौ। आफ्ना सत्य बाबा, शिक्षक, सदगुरुलाई चिन्यौ। चिन्यौ र
पायौ। कसैले आफ्नो सत्यस्वरूप वा सत्य बाबालाई नचिनेसम्म सम्पूर्ण पवित्रता,
सत्यताको शक्ति आउन सक्दैन।
त्यसैले तिमीहरू सबै
सत्यता र पवित्रताको शक्तिका अनुभवी छौ नि! छौ अनुभवी? अनुभवी छौ? उनीहरूले प्रयत्न
गर्छन् तर यथार्थरूपमा न आफ्नो स्वरूप, न सत्य बाबाको यथार्थ स्वरूपलाई चिन्न सक्छन्।
तर तिमीहरू सबैले यस समयको अनुभवद्वारा पवित्रतालाई यति सहज रूपमा अपनायौ, जुन यस
समयको प्राप्तिको प्रारब्ध देवताहरूको पवित्रता स्वाभाविक हो र स्वभाव हो। यस्तो
स्वाभाविक स्वभावको अनुभव तिमीले नै प्राप्त गर्छौ। त्यसैले चेक गर– पवित्रता वा
सत्यताको शक्ति स्वाभाविक स्वभावको रूपमा बनेको छ? तिमीले के सम्झन्छौ? जसले
सम्झन्छौ– पवित्रता त हाम्रो जन्मसिद्ध अधिकार हो, उनीहरूले हात उठाऊ। जन्मसिद्ध
अधिकार हो कि मेहनत गर्नुपर्छ? मेहनत त गर्नुपर्दैन नि! सहज छ नि! किनकि जन्मसिद्ध
अधिकार त सहजै प्राप्त हुन्छ। मेहनत गर्नुपर्दैन। दुनियाँका मानिसहरूले असम्भव
सम्झन्छन् र तिमीले असम्भवलाई सम्भव र सहज बनाइदिएका छौ।
जति पनि नयाँ नयाँ
बच्चाहरू आएका छौ, जति पनि पहिलोपटक आएका छौ, उनीहरूले हात उठाऊ। अच्छा, जुन
बच्चाहरू नयाँ नयाँ छौ, बधाई छ नयाँ पहिलो पटक आउनेहरूलाई किनकि बापदादा भन्नुहुन्छ–
आउन त लेट आयौ तर टु लेटमा आएका छैनौ। नयाँ बच्चाहरूलाई बापदादाको वरदान छ– लास्ट
आउनेले पनि फास्ट पुरुषार्थ गरेर फस्ट डिभिजनमा आउन सक्छौ। फस्ट नम्बर होइन तर फस्ट
डिभिजनमा आउन सक्छौ। त्यसोभए नयाँ बच्चाहरूमा यति हिम्मत छ, हात उठाऊ जो फस्ट आउँछौ।
हेर त, टिभीमा तिम्रो हात देखिइरहेको छ। राम्रो। हिम्मतवाला छौ। हिम्मतको लागि बधाई
छ। हिम्मत छ भने बाबाको मद्दत त छँदैछ साथै सर्व ब्राह्मण परिवारको पनि शुभभावना,
शुभकामना तिमीहरू सबैको साथमा हुन्छ, त्यसैले जति पनि नयाँ पहिलोपटक आएका छौ, उनीहरू
सबैप्रति बापदादा र परिवारको तर्फबाट फेरि पनि पदमगुणा बधाई छ, बधाई छ, बधाई छ।
तिमीहरू सबै जति पहिला आएका छौ, तिमीहरूलाई पनि खुसी लागिरहेको छ नि! बिछोडिएका
आत्माहरू फेरि आफ्नो परिवारमा आइपुगेका छौ। त्यसैले बापदादा पनि खुसी हुनुहुन्छ र
तिमीहरू सबै पनि खुसी भइरहेका छौ। बापदादाले वतनमा दादीसँग एउटा रिजल्ट हेर्नुभयो।
के रिजल्ट देख्नुभयो? तिमीहरू सबैलाई थाहा छ, मान्छौ– हामी मालिकबाट बालक हुन्छौँ।
हौ नि! मालिक पनि हौ, बालक पनि हौ। सबै हौ? हात उठाऊ। सोचेर उठाऊ, त्यत्तिकै होइन।
हिसाब लिनुहुन्छ नि! अच्छा, हात तल झार। बापदादाले देख्नुभयो– बालकपनको निश्चय र नसा
यो त सहजै हुन्छ किनकि ब्रह्माकुमार र ब्रह्माकुमारी कहलाइन्छौ भने बालक हौ, त्यसैले
त ब्रह्माकुमार कुमारी कहलाइन्छौ। सारा दिन मेरो बाबा, मेरो बाबा यही स्मृतिमा
ल्याउँछौ, फेरि भुल्छौ पनि तर बीच बीचमा याद आउँछ। सेवामा पनि बाबा बाबा शब्द
स्वाभाविक रूपमा मुखबाट निस्कन्छ। यदि बाबा शब्द निस्कँदैन भने ज्ञानको कुनै प्रभाव
पर्दैन। त्यसैले जुनसुकै सेवा गर्दा, भाषण गर्दा, कोर्स गराउँदा, भिन्न भिन्न विषयमा
भाषण गर्दा, सच्चा सेवाको प्रत्यक्ष स्वरूप वा प्रत्यक्ष प्रमाण यही हो– सुन्नेले
पनि अनुभव गरुन्, म पनि बाबाको हुँ। उनको मुखबाट पनि बाबा बाबा शब्द निस्कियोस्।
कुनै शक्ति छ, यो होइन। राम्रो छ, यो होइन। तर मेरो बाबा अनुभव गरुन्, यसलाई भनिन्छ
सेवाको प्रत्यक्ष फल। त्यसैले बालकपनको नसा वा निश्चय फेरि पनि राम्रो हुन्छ। तर
मालिकपनको निश्चय र नसा नम्बरवार हुन्छ। बालकपनको तुलनामा मालिकपनको यथार्थ चालचलन
र अनुहारबाट कहिले नसा देखिन्छ, कहिले कम देखिन्छ। वास्तवमा तिमी डबल मालिक हौ, एक
त बाबाको खजानाका मालिक हौ। सबै मालिक हौ नि खजानाका? बाबाले सबैलाई एकैनासको खजाना
दिनुभएको छ। कसैलाई लाख दिनुभएको छ, कसैलाई हजार दिनुभएको छ, यस्तो होइन। सबैलाई सबै
बेहदको खजाना दिनुभएको छ किनकि बाबासँग बेहदको खजाना छ, कम छैन। त्यसैले बापदादाले
सबैलाई सर्व खजाना दिनुभएको छ र एकैनासको, उत्तिनै दिनुभएको छ। अर्को कुरा–
स्वराज्यको पनि मालिक हौ, त्यसैले बापदादाले शुद्ध गौरवकासाथ भन्नुहुन्छ– मेरो एक
एक बच्चा राजा बच्चा हो। त्यसैले राजा बच्चा हौ नि! प्रजा त होइनौ? राजयोगी हौ कि
प्रजायोगी हौ? राजयोगी हौ नि! त्यसैले स्वराज्यको मालिक हौ। तर बापदादाले दादीसँग
रिजल्ट हेर्नुभयो– जति बालकपनको नसा हुन्छ, त्यति मालिकपनको नसा कम हुन्छ। किन? यदि
स्वराज्यको मालिकपनको नसा सदा रहन्थ्यो भने यी जुन बीच बीचमा समस्या वा विघ्न आउँछन्,
ती आउन सक्दैनथे। यसरी हेर्दा समस्या वा विघ्न आउनुको विशेष आधार मन हो। मन नै
हलचलमा आउँछ, त्यसैले बापदादाको महामन्त्र पनि छ– मनमनाभव। तनमनाभव, धनमनाभव होइन,
मनमनाभव हो। त्यसैले यदि स्वराज्यको मालिक हौ भने मन मालिक होइन। मन तिम्रो कर्मचारी
हो, राजा होइन। राजा अर्थात् अधिकारी। अधीन हुनेलाई राजा भनिँदैन।
त्यसैले रिजल्टमा के
देखियो? मनको मालिक म राज्य अधिकारी मालिक हुँ, यो स्मृति, यो आत्म स्थिति कहिलेकाहिँ
हुन्छ, सदा हुँदैन। हो पहिलो पाठ, तिमीहरू सबैले पहिलो पाठ के गरेका थियौ? म आत्मा
हुँ, परमात्माको पाठ दोस्रो नम्बर हो । तर पहिलो पाठ म मालिक राजा यी
कर्मेन्द्रियहरूको अधिकारी आत्मा हुँ, शक्तिशाली आत्मा हुँ। सर्वशक्तिहरू आत्माका
निजी गुण हुन्। त्यसैले बापदादाले देख्नुभयो– म जो हुँ, जस्तो छु, त्यसको स्वाभाविक
स्वरूपको स्मृतिमा चल्न, रहन, अनुहारबाट अनुभव हुन, समस्याबाट किनारा हुन, यसमा अझै
अटेन्सन चाहिन्छ। केवल म आत्मा होइन, तर कुन आत्मा हुँ, यदि यो स्मृतिमा राख्यौ भने
मास्टर सर्वशक्तिमान् आत्माको अगाडि समस्या वा विघ्नको कुनै शक्ति हुँदैन, जुन आउन
सक्छ। अहिले पनि रिजल्टमा कुनै न कुनै समस्या वा विघ्न देखिन्छ। जान्दछौ तर चालचलन
र अनुहारमा निश्चयको प्रत्यक्ष स्वरूप रुहानी नसा त्यो अझै प्रत्यक्ष हुनुछ। यसको
लागि यो मालिकपनको नसालाई बारम्बार चेक गर। सेकेन्डको कुरा हो चेक गर्नु। कर्म गर्दा,
कुनै पनि कर्म आरम्भ गर्दा, आरम्भ गर्ने समयमा चेक गर– मालिकपनको अथोरिटीद्वारा
कर्मेन्द्रियहरूबाट कर्म गराउने कन्ट्रोलिङ पावर, रुलिङ पावर भएको आत्मा सम्झेर
कर्म सुरुगरेका छौ वा साधारण कर्म सुरुभयो? स्मृतिस्वरूपबाट कर्म आरम्भ गर्नु र
साधारण स्थितिबाट कर्म आरम्भ गर्नु, त्यसमा धेरै फरक छ। जसरी हदको पदवालाले आफ्नो
कार्य गर्छन्, त्यसपछि कार्यको सिटमा सेट भएर फेरि कार्य आरम्भ गर्छन्, त्यसैगरी
आफ्नो मालिकपनको स्वराज्य अधिकारीको सिटमा सेट भएर फेरि हरेक कार्य गर। यो मालिकपनको
अथोरिटीको चेकिङलाई अझै बढाउनेछ। यो मालिकपनको अथोरिटीको निसानी हो– सदा हरेक
कार्यमा डबल लाइट र खुसीको अनुभूति हुनेछ र रिजल्टमा सफलता सहज अनुभव हुनेछ।
अहिलेसम्म पनि कहीँ कहीँ अधिकारीको सट्टा अधीन बन्छौ। अधीनताको निसानी के देखिन्छ?
जसले बारम्बार भन्छौ– मेरो संस्कार हो, चाहन्न तर मेरो संस्कार हो, मेरो स्वभाव हो।
बापदादाले पहिला पनि
सुनाउनुभएको छ– जुन समयमा यो भन्छौ मेरो संस्कार हो, मेरो स्वभाव हो, के यो कमजोरीको
संस्कार तिम्रो संस्कार हो? हो तिम्रो? यी त रावणका मध्यका संस्कार हुन्, रावणका
देन हुन। त्यसलाई मेरो भन्नु नै गलत हो। तिम्रो संस्कार त जुन बाबाको संस्कार हो,
त्यही तिम्रो संस्कार हो। त्यस समयमा सोच– मेरो मेरो भन्नाले नै त्यो अधिकारी बनेको
हो र तिमी अधीन बन्छौ। बाबासमान बन्नुछ भने त्यो तिम्रो संस्कार होइन, जुन बाबाको
संस्कार हो, त्यो तिम्रो संस्कार हो। बाबाको संस्कार के हो? विश्व कल्याणकारी,
शुभभावना, शुभकामनाधारी। त्यसैले त्यस समयमा बाबाको संस्कारलाई सामुन्ने ल्याऊ,
लक्ष्य छ बाबासमान बन्ने र लक्षण रहेका छन् रावणका। त्यसैले मिसिन्छन्, केही राम्रा
बाबाका संस्कार, केही ती तिम्रा विगतका संस्कार, दुवै मिसिइरहन्छन् नि, त्यसैले
खटपट भइरहन्छ। संस्कार कसरी बन्छन्, त्यो त सबैलाई थाहा छ नि! मन र बुद्धिको
सङ्कल्प र कार्यबाट संस्कार बन्छन्। पहिला मनले सङ्कल्प गर्छ, बुद्धिले सहयोग दिन्छ
र राम्रो वा नराम्रो संस्कार बन्छ।
त्यसैले बापदादाले
दादीसँगै रिजल्टमा देख्नुभयो– मालिकपनको स्वाभाविक र स्वभावको नसा होस्, त्यो नसा
बालकपनको तुलनामा अहिले पनि कम छ। त्यसैले बापदादाले देख्नुहुन्छ– समाधान गर्नको
लागि फेरि युद्ध गर्न थाल्छौ। हौ ब्राह्मण तर बीच बीचमा क्षत्रिय बन्छौ। त्यसैले
क्षत्रिय बन्नुछैन। ब्राह्मणबाट देवता बन्नुछ। क्षत्रिय बन्नेहरू त धेरै आउनेछन्,
उनीहरू पछि आउनेहरू हुन्, तिमी त अधिकारी आत्मा हौ। त्यसैले सुन्यौ रिजल्ट। त्यसैले
बारम्बार म को हुँ, यो स्मृतिमा ल्याऊ। त्यो त छँदैछ, होइन तर स्मृतिस्वरूपमा ल्याऊ।
ठिक हो नि। अच्छा। रिजल्ट पनि सुनाइयो। अब समस्याको नाम, विघ्नको नाम, हलचलको नाम,
व्यर्थ सङ्कल्पको नाम, व्यर्थ कर्मको नाम, व्यर्थ सम्बन्धको नाम, व्यर्थ स्मृतिको
नाम समाप्त गर र गराऊ। ठिक छ नि, गर्छौ? गर्छौ भने दृढ सङ्कल्पको हात उठाऊ। यो हात
उठाउनु त सामान्य भइसक्यो, त्यसैले हात उठाउन लगाउन्न, मनमा दृढ सङ्कल्पको हात उठाऊ।
शरीरको हात होइन, त्यो धेरै देखिसकेँ। मिलेर सबैको मनबाट दृढ सङ्कल्पको हात उठ्यो
भने मात्रै विश्वको कुना कुनामा सबैको खुसीले हात उठ्छ– हाम्रा सुखदाता, शान्तिदाता
बाबा आउनुभयो।
बाबालाई प्रत्यक्ष
गर्ने जिम्मेवारी लिएका छौ नि! लिएका छौ? पक्का? टिचरहरूले जिम्मेवारी लिएका छौ?
पाण्डवहरूले लिएका छौ? पक्का। अच्छा, डेट फिक्स (दिन निश्चित) गरेका छौ। डेट फिक्स
छैन? कति टाइम चाहिन्छ? एक वर्ष चाहिन्छ, दुई वर्ष चाहिन्छ? कति वर्ष चाहिन्छ?
बापदादाले भन्नुभएको थियो– हरेकले आफ्नो पुरुषार्थको यथाशक्ति आफ्नो स्वाभाविक रूपमा
चल्ने वा उड्ने विधिसमान आफ्नो सम्पन्न बन्ने डेट आफै फिक्स गर। बापदादाले त
भन्नुहुन्छ– अहिले नै गर, तर यथाशक्ति आफ्नो पुरुषार्थ अनुसार आफ्नो डेट फिक्स गर र
समय समयमा त्यसलाई चेक गर– समय अनुसार मनसाको स्टेज, वाचाको स्टेज,
सम्बन्ध-सम्पर्कको स्टेजमा प्रगति भइरहेको छ? किनकि डेट फिक्स गरेमा स्वत: नै
अटेन्सन जान्छ।
बाँकी सबैतिरबाट,
चारैतिरबाट सन्देश पनि आएका छन्। इमेल पनि आएका छन्। बापदादाको पासमा त इमेल
पुग्नुभन्दा पहिला नै पुगिसक्छ, दिलको सङ्कल्पको इमेल धेरै तीव्र गतिको हुन्छ। त्यो
पहिला पुगिसक्छ। त्यसैले जसले पनि याद-प्यार, आफ्नो स्थितिको, आफ्नो सेवाको समाचार
पठाएका छौ, ती सबैलाई बापदादाले स्वीकार गर्नुभयो, याद-प्यार सबैले धेरै राम्रो
उमङ्ग-उत्साहले पनि पठाएका छौ। त्यसैले बापदादाले ती सबैलाई चाहे विदेश, चाहे देश,
सबैलाई रिटर्नमा याद-प्यार र दिलको आशीर्वादसहित प्यार र शक्तिको सकाश पनि
दिइरहनुभएको छ। अच्छा।
सबै कुरा सुन्यौ। जसरी
सुन्न सहज लाग्छ नि! त्यसैगरी सुन्नुभन्दा पर स्वीट साइलेन्सको स्थिति पनि जब
चाहन्छौ, जति समय चाहन्छौ, त्यति समय मालिक भएर, पहिला विशेष हो मनको मालिक, त्यसैले
भनिन्छ– मन जिते जगतजित। त्यसैले अहिले सुन्यौ, देख्यौ, आत्मा राजा बनेर
मन-बुद्धि-संस्कारलाई आफ्नो नियन्त्रणमा लिन सक्छौ? मन-बुद्धि-संस्कार तीनैवटाको
मालिक बनेर अडर गर– स्वीट साइलेन्स, तब अनुभव गर– अडर गर्नाले, अधिकारी बनेमा
तीनैवटा अडरमा रहन्छन्? अहिलेको अहिल्यै अधिकारीको स्टेजमा स्थित होऊ। (बापदादाले
ड्रिल गराउनुभयो) अच्छा।
चारैतिरका सदा
स्वमानधारी, सत्यताका शक्तिस्वरूप, पवित्रताका सिद्धिस्वरूप, सदा अचल अडोल स्थितिका
अनुभवी स्वपरिवर्तक र विश्व परिवर्तक, सदा अधिकारी स्थितिद्वारा सर्व आत्माहरूलाई
बाबाद्वारा अधिकार दिलाउने चारैतिरका बापदादाका लक्की र लभली आत्माहरूलाई परमात्म
याद-प्यार र दिलको आशीर्वाद स्वीकार होस् र बापदादाका मीठा-प्यारा बच्चाहरूलाई
नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
स्वयंलाई स्वयं
नै परिवर्तन गरेर विश्वको आधारमूर्त बन्ने श्रेष्ठ पदको अधिकारी भव
श्रेष्ठ पद पाउनको
लागि बापदादाको यही शिक्षा छ– प्यारा बच्चाहरू! स्वयंलाई परिवर्तन गर। स्वयंलाई
परिवर्तन गर्नुको सट्टा, परिस्थिति वा अन्य आत्मालाई परिवर्तन गर्ने कुरा सोच्छौ वा
सङ्कल्प आउँछ– यो सहयोग मिलोस्, सहयोग वा सहारा मिलोस् त्यसपछि परिवर्तन हुन्छु–
यस्तो कुनै पनि आधारमा परिवर्तन हुनेको प्रारब्ध पनि केही आधारमा नै हुन्छ किनकि जति
जनाको आधार लिन्छौ, त्यति जम्माको खाता सेयरमा बाँडिन्छ। त्यसैले सदा लक्ष्य राख–
स्वयं परिवर्तन हुनुछ। म स्वयं विश्वको आधारमूर्त हुँ।
स्लोगन:–
सङ्गठनमा
उमङ्ग-उत्साह र श्रेष्ठ सङ्कल्प गरेमा सफलता भइ नै हाल्छ।
अव्यक्त इशारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
जसरी कोही कमजोर भयो
भने उसलाई शक्ति दिनको लागि ग्लुकोज चढाइन्छ, त्यसैगरी आफूलाई शरीरभन्दा पर अशरीरी
आत्मा सम्झियौ भने यो साक्षीपनको अवस्थाले शक्ति दिने काम गर्छ र जति समय साक्षी
अवस्थाको स्थिति रहन्छ, त्यति नै बाबा साथीको पनि याद हुन्छ अर्थात् बाबा साथै
रहनुहुन्छ।