09.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
आउनुभएको छ तिमीलाई बेहदको जाग ि र दिन , यस्ता प्यारा बाबालाई तिमीले प्यारले याद
गरेमा पावन बन् नेछौ ।”
प्रश्न:–
विनाशको समय
जति नजिक आउँदै जान्छ– त्यसको निसानी के हुन्छ?
उत्तर:–
विनाशको समय
नजिक भयो भने १- सबैलाई थाहा हुँदै जान्छ– हाम्रो बाबा आउनुभएको छ। २- अब नयाँ
दुनियाँको स्थापना, पुरानोको विनाश हुनुछ। धेरैलाई साक्षात्कार पनि हुन्छ। ३-
संन्यासी, राजाहरू आदिले ज्ञान पाउँछन्। ४- बेहदका बाबा आउनुभएको छ, उहाँ नै
सदगतिदाता हुनुहुन्छ भन्ने सुनिसकेपछि धेरै आउँछन्। ५- अखबारहरूद्वारा अनेकौँलाई
सन्देश मिल्छ। ६- तिमी बच्चाहरू आत्म अभिमानी बन्दै जान्छौ, एक बाबाको यादमा नै
अतीन्द्रिय सुखमा रहन्छौ।
गीत:–
इस पाप की
दुनिया से...
ओम् शान्ति ।
यो रुहानी
बच्चाहरू! कसले भन्नुहुन्छ र कसलाई भन्नुहुन्छ। बाबाले घरी घरी रुहानी किन
भन्नुहुन्छ? किनकि अब आत्माहरू जानुछ। फेरि यस दुनियाँमा आएपछि मात्र सुख हुन्छ।
आत्माहरूले यो शान्ति र सुखको वर्सा कल्प पहिला पनि पाएका थिए। अब फेरि त्यो वर्सा
रिपिट भइरहेको छ। त्यो वर्सा रिपिट भयो भने सृष्टिको चक्र पनि फेरि रिपिट हुन्छ।
रिपिट त सबै हुन्छ नि। जे जति विगतमा भयो, त्यो रिपिट हुन्छ। हुन त नाटक पनि रिपिट
हुन्छन् तर त्यसमा परिवर्तन गर्न पनि सक्छन्। कुनै शब्द बिर्सिए भने बनाएर
राखिदिन्छन्। यसलाई फेरि बाइस्कोप (चलचित्र) भनिन्छ, यसमा परिवर्तन हुन सक्दैन। यो
अनादि बनिबनाउ हुन्छ, त्यो नाटकलाई बनिबनाउ भनिँदैन। यो ड्रामालाई बुझेमा फेरि त्यो
नाटक पनि बुझाइमा आउँछ। बच्चाहरूले बुझेका छौ– जुन नाटक आदि अहिले हेर्छन्, ती सबै
झुटा हुन्। कलियुगमा जुन चिज देखिन्छ, त्यो सत्ययुगमा हुँदैन। सत्ययुगमा जे भएको
थियो, त्यो फेरि सत्ययुगमा हुन्छ। यी हदका नाटक आदि फेरि पनि भक्तिमार्गमा नै
हुन्छन्। जुन चिज भक्तिमार्गमा हुन्छ, त्यो ज्ञानमार्ग अर्थात् सत्ययुगमा हुँदैन।
अहिले बेहदका बाबाबाट तिमीले वर्सा पाइरहेका छौ। बाबाले सम्झाउनुभएको छ– एउटा लौकिक
पिताबाट र अर्को पारलौकिक बाबाबाट वर्सा मिल्छ, बाँकी जो अलौकिक पिता छन्, उनीबाट
वर्सा मिल्दैन। यिनले आफै उनीबाट वर्सा पाउँछन्। यो जुन नयाँ दुनियाँको सम्पत्ति
हो, त्यो बेहदका बाबाले नै दिनुहुन्छ, केवल यिनद्वारा। यिनद्वारा गोद लिनुहुन्छ,
त्यसैले यिनलाई पिता भनिन्छ। भक्तिमार्गमा पनि लौकिक र पारलौकिक दुवै पिता याद
आउँछन्। यिनी (अलौकिक) याद आउँदैनन् किनकि यिनीबाट कुनै वर्सा मिल्दैन। पिता शब्द त
अवश्य हुन्छ तर यी ब्रह्मा पनि रचना हुन् नि। रचनालाई रचयिताबाट वर्सा मिल्छ।
तिमीलाई पनि शिवबाबाले रचना गर्नुभएको छ। ब्रह्मालाई पनि उहाँले नै रचना गर्नुभएको
हो। वर्सा रचयिताबाट मिल्छ, उहाँ हुनुहुन्छ बेहदका बाबा। ब्रह्मासँग बेहदको वर्सा छ
र? बाबा बसेर यिनीद्वारा सम्झाउनुहुन्छ– यिनलाई पनि वर्सा मिल्छ। यस्तो होइन– वर्सा
लिएर तिमीलाई दिन्छन्। बाबा भन्नुहुन्छ– तिमीले यिनलाई पनि याद नगर। उहाँ बेहदका
बाबाबाट तिमीलाई सम्पत्ति मिल्छ। लौकिक पिताबाट हदको वर्सा, पारलौकिक बाबाबाट बेहदको
वर्सा, दुवै वर्सा रिजर्भ भए। शिवबाबाबाट वर्सा मिल्छ– बुद्धिमा आउँछ! बाँकी
ब्रह्माबाबाको वर्सा के भन्ने! बुद्धिमा जागीर आउँछ नि। यो बेहदको बादसाही तिमीलाई
उहाँबाट मिल्छ। उहाँ हुनुहुन्छ बडाबाबा। यिनले त भन्छन्– मलाई याद नगर, मेरो त कुनै
सम्पत्ति छैन, जुन तिमीलाई मिल्छ। जसबाट सम्पत्ति मिल्नेछ, उहाँलाई याद गर। उहाँले
नै भन्नुहुन्छ– म एकलाई याद गर। लौकिक पिताको सम्पत्तिमा कति झगडा चल्छ। यहाँ त
झगडाको कुरा छैन। बाबालाई याद गरेनौ भने स्वतः बेहदको वर्सा पनि मिल्दैन। बाबा
भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। यस रथलाई पनि भन्नुहुन्छ– तिमीले आफूलाई आत्मा
सम्झेर मलाई याद गरेमा विश्वको बादसाही मिल्छ। यसलाई भनिन्छ यादको यात्रा। देहका सबै
सम्बन्ध छोडेर आफूलाई अशरीरी आत्मा सम्झनुछ। यसमा नै मेहनत छ। पढाइको लागि केही त
मेहनत हुनुपर्छ नि। यस यादको यात्राबाट तिमी पतितबाट पावन बन्छौ। उनीहरूले यात्रा
गर्छन् शरीरबाट। यो त हो आत्माको यात्रा। यो तिम्रो यात्रा हो परमधाम जानको लागि।
यस पुरुषार्थ बीना परमधाम अथवा मुक्तिधाम कोही जान सक्दैनन्। जसले राम्रोसँग याद
गर्छन्, उनीहरू नै जान सक्छन् र फेरि उच्च पद पनि उनीहरूले पाउन सक्छन्। जान त सबै
जान्छन्। तर उनीहरू त पतित छन् नि, त्यसैले बोलाउँछन्। आत्माले याद गर्छ। खानेपिउने
सबै आत्माले गर्छ नि। यस समयमा तिमी देहीअभिमानी बन्नुछ, यही मेहनत हो। बिना मेहनत
त केही मिल्दैन। छ पनि धेरै सहज। तर मायाको अवरोध हुन्छ। कसैको तकदिर राम्रो रहेछ
भने तुरुन्तै यसमा लागिहाल्छन्। कोही ढिलो पनि आउँछन्। यदि राम्रोसँग बुद्धिमा बस्यो
भने भन्छन्– बस् म यस रुहानी यात्रामा लागिहाल्छु। यस्तो तीव्र वेगले लागे भने
राम्रो दौड लगाउन सक्छन्। घरमा रहँदा पनि बुद्धिमा आउँछ– यो त धेरै राम्रो सही कुरा
हो। मैले आफूलाई आत्मा सम्झेर पतितपावन बाबालाई याद गर्छु। बाबाको आदेशमा चले भने
पावन बन्न सक्छन्। बन्छन् पनि अवश्य। पुरुषार्थको कुरा हो। छ धेरै सहज। भक्तिमार्गमा
त धेरै कठिनाइ हुन्छ। यहाँ तिम्रो बुद्धिमा छ– अब हामी बाबाको पासमा फर्केर जानुछ।
फेरि यहाँ आएर विष्णुको मालामा उनिनुछ। मालाको हिसाब गरौँ। माला त ब्रह्माको पनि
हुन्छ, विष्णुको पनि हुन्छ, रुद्रको पनि हुन्छ। पहिला सुरुमा नयाँ सृष्टिमा यी
विष्णुका मालाका हुन् नि। बाँकी सबै पछि आउँछन्। अर्थात् पछाडि उनिन्छन्। सोधिन्छ–
तिम्रो उच्च कुल कुन हो? तिमीले भन्छौ– विष्णु कुल। हामी खासगरी विष्णु कुलका थियौँ,
फेरि क्षत्रिय कुलका बन्यौँ। फेरि उनीहरूबाट वंशहरू निस्किन्छन्। यस ज्ञानबाट तिमीले
बुझेका छौ– वंशहरू कसरी बन्छन्। पहिला सुरुमा रुद्रको माला बन्छ। यो उच्चभन्दा उच्च
वंश हो। बाबाले सम्झाउनुभएको छ– यो तिम्रो धेरै उच्च कुल हो। यो पनि बुझिन्छ– सारा
दुनियाँलाई सन्देश अवश्य मिल्छ। जसरी कतिले भन्छन्– भगवान अवश्य कहीँ आउनुभएको छ तर
थाहा हुँदैन। अन्त्यमा थाहा त हुन्छ सबैलाई। पत्रिकाहरूमा छापिँदै जान्छ। अहिले त
थोरै छाप्छन्। यस्तो होइन– एउटै पत्रिका सबैले पढ्छन्। लाइब्रेरीमा पढ्न सक्छन्।
कसैले २-४ पत्रिका पनि पढ्छन्। कसैले बिल्कुलै पढ्दैनन्। बाबा आउनुभएको छ, यो कुरा
सबैलाई थाहा हुनु नै छ। विनाशको समयमा नजिक भएपछि मात्र थाहा हुन्छ। नयाँ दुनियाँको
स्थापना, पुरानोको विनाश हुन्छ। हुन सक्छ धेरैलाई साक्षात्कार पनि हुन्छ। तिमीले
संन्यासी, राजाहरू आदिलाई ज्ञान दिनुछ। धेरैलाई सन्देश मिल्नेछ। बेहदका बाबा
आउनुभएको छ, उहाँ नै सदगतिदाता हुनुहुन्छ भन्ने सुनेपछि धेरै आउनेछन्। अहिले
पत्रिकामा त्यति मनपर्दो तरिकाले निस्किएको छैन। कोही निस्किन्छन्, सोधपुछ गर्छन्।
बच्चाहरूले बुझेका छौ– हामीले श्रीमतमा सत्ययुगको स्थापना गरिरहेका छौँ। तिम्रो यो
नयाँ मिसन हो। तिमी हौ ईश्वरीय मिसनका ईश्वरीय सदस्य। जसरी क्रिस्चियन मिसनका
क्रिस्चियन सदस्य बन्छन्। तिमी हौ ईश्वरीय सदस्य, त्यसैले गायन छ– अतीन्द्रिय सुख
गोप-गोपिनीहरूसँग सोध, जो आत्म अभिमानी बनेका छन्। एक बाबालाई याद गर्नुछ, दोस्रो न
कोही। यो राजयोग एक बाबाले नै सिकाउनुहुन्छ, उहाँ नै गीताका भगवान हुनुहुन्छ।
सबैलाई बाबाको यही निमन्त्रणा वा सन्देश दिनुछ, बाँकी सबै कुरा ज्ञान श्रृङ्गार हुन्।
यी चित्र सबै ज्ञानका श्रृङ्गार हुन्, न कि भक्तिका। उहाँ बाबाले बसेर बनाउन
लगाउनुभएको हो– मानिसहरूलाई सम्झाउनको लागि। यी चित्र आदि त प्रायः लोप हुन्छन्।
बाँकी यो ज्ञान आत्मामा रहन्छ। बाबालाई पनि यो ज्ञान छ, ड्रामामा पहिल्यै निश्चित
छ।
तिमी अहिले
भक्तिमार्ग पार गरेर ज्ञानमार्गमा आएका छौ। तिमीलाई थाहा छ– हाम्रो आत्मामा यो
पार्ट छ, जुन चलिरहेको छ। पहिल्यै निश्चित थियो– हामीले फेरि राजयोग सिकिरहेका छौँ
बाबाबाट। बाबाले नै आएर यो ज्ञान दिनुपर्ने थियो। आत्मामा पहिल्यै निश्चित छ। त्यहाँ
पुग्छन्, फेरि नयाँ दुनियाँको पार्ट रिपिट हुन्छ। आत्माको सारा रेकर्डलाई यस समयमा
तिमीले सुरुदेखि बुझेका छौ। फेरि यी सबै बन्द हुन्छन्। भक्तिमार्गको पार्ट पनि बन्द
हुन्छ। फेरि सत्ययुगमा जुन तिम्रो कार्य चलेको हुन्छ, त्यही चल्छ। के हुन्छ, यो
बाबाले बताउनुहुन्न। जे जति भएको हुन्छ, त्यही हुन्छ। बुझिन्छ– सत्ययुग नयाँ दुनियाँ
हो। अवश्य त्यहाँ सबै कुरा नयाँ सतोप्रधान र सस्तो हुन्छ, जे जति कल्प पहिला भएको
थियो, त्यही हुन्छ। देखिन्छ पनि– यी लक्ष्मी-नारायणलाई कति सुख छ। हीरा-जुहारत, धन
धेरै हुन्छ। धन भयो भने सुख पनि हुन्छ। यहाँ तिमीले तुलना गर्न सक्छौ। त्यहाँ गर्न
सक्दैनौ। यहाँका कुरा त्यहाँ सबै बिर्सिन्छन्। यी हुन् नयाँ कुरा, जुन बाबाले नै
बच्चाहरूलाई सम्झाउनुहुन्छ। आत्माहरू त्यहाँ जानुछ, जहाँ कारोबार सबै बन्द हुन्छ।
हिसाबकिताब चुक्ता हुन्छ। रेकर्ड पूरा हुन्छ। एउटै रेकर्ड धेरै ठुलो हुन्छ। भनिन्छ–
फेरि आत्मा पनि त्यति ठुलो हुनुपर्छ। तर होइन। यति सानो आत्मामा ८४ जन्मको पार्ट छ।
आत्मा पनि अविनाशी छ। यसलाई केवल आश्चर्य नै भनिन्छ। यस्तो आश्चर्यजनक चिज अरू कुनै
हुन सक्दैन। बाबाको लागि त भनिन्छ– सत्ययुग-त्रेताको समयमा विश्राममा रहनुहुन्छ।
हामीले त अलराउन्ड पार्ट खेल्छौँ। सबैभन्दा धेरै हाम्रो पार्ट छ। त्यसैले बाबाले
वर्सा पनि उच्च दिनुहुन्छ। भन्नुहुन्छ– ८४ जन्म पनि तिमीले नै लिन्छौ। हाम्रो त
पार्ट फेरि यस्तो छ, जुन अरू कसैले खेल्न सक्दैन। आश्चर्यजनक कुरा छन् नि। यो पनि
आश्चर्य हो– जुन आत्माहरूलाई बाबाले बसेर सम्झाउनुहुन्छ। आत्मा मेल फिमेल हुँदैन।
शरीर धारण गरिसकेपछि मेल फिमेल भनिन्छ। आत्माहरू सबै बच्चाहरू हुन्, त्यसैले भाइ
भाइ हुन्छन्। भाइ भाइ हुन्छन् अवश्य वर्सा पाउनको लागि। आत्मा बाबाको बच्चा हो नि।
वर्सा लिन्छन् बाबाबाट, त्यसैले मेल नै भनिन्छ। सबै आत्माहरूको हक हो, बाबाबाट वर्सा
लिने। त्यसको लागि बाबालाई याद गर्नुछ। आफूलाई आत्मा सम्झनुछ। हामी सबै भाइ भाइ
हौँ। आत्मा, आत्मा नै हो। त्यो कहिल्यै परिवर्तन हुँदैन। बाँकी शरीर कहिले मेलको,
कहिले फिमेलको लिन्छ। यी कुरा धेरै बुझ्नुपर्ने र चाखलाग्दा छन्, अरू कसैले पनि यी
कुरा सुनाउन सक्दैन। बाबाबाट वा तिमी बच्चाहरूद्वारा नै सुन्न सक्छन्। बाबाले त तिमी
बच्चाहरूसँग मात्रै कुरा गर्नुहुन्छ। पहिला त सबैसँग मिल्नुहुन्थ्यो, सबैसँग कुरा
गर्नुहुन्थ्यो। अहिले गर्दागर्दै अन्त्यमा त कसैसँग कुरा नै गर्नुहुने छैन। सन सोज
फादर हो नि। बच्चाहरूलाई नै पढाउनुछ। तिमी बच्चाहरूले नै धेरैको सेवा गरेर लिएर
आउँछौ। बाबाले बुझ्नुहुन्छ– यिनीहरूले धेरैलाई आफूसमान बनाएर लिएर आउँछन्। यो बच्चा
ठुलो राजा बन्छ, यो सानो राजा बन्छ। तिमी रुहानी सेना पनि हौ, जसले सबैलाई रावणको
जन्जिरबाट छुटाएर आफ्नो मिसनमा लिएर आउँछौ। जति जसले सेवा गर्छन्, त्यति फल मिल्छ।
जसले धेरै भक्ति गरेको छ, उही धेरै होसियार हुन्छ र त्यतिकै वर्सा लिन्छ। यो पढाइ
हो, राम्रोसँग पढाइ पढेनन् भने फेल हुन्छन्। पढाइ धेरै सहज छ। बुझ्न र सम्झाउन पनि
सहज छ। कठिनाइको कुरा छैन, तर राजधानी स्थापना हुनुछ, त्यसमा त सबै चाहिन्छ नि।
पुरुषार्थ गर्नुछ। त्यसमा हामीले उच्च पद पाउनुछ। मृत्युलोकबाट ट्रान्सफर भएर
अमरलोकमा जानुछ। जति पढ्छौ, त्यति अमरपुरीमा उच्च पद पाउँछौ।
बाबालाई प्यार पनि
गर्नुपर्छ किनकि यो हो धेरै प्यारोभन्दा प्यारो वस्तु। बाबा प्यारको सागर पनि
हुनुहुन्छ, एकरस प्यार हुन सक्दैन। कसैले याद गर्छन्, कसैले गर्दैनन्। कसैलाई
सम्झाउने नसा पनि हुन्छ नि। यो ठुलो प्रलोभन हो। जुन कोहीलाई पनि बताउनुछ– यो
युनिभर्सिटी हो। यो आध्यात्मिक पढाइ हो। यस्ता चित्र अरू कुनै स्कुलमा देखाइँदैन।
दिनप्रतिदिन अझै अरू चित्र निस्किँदै जान्छन्, जुन मानिसहरूले हेर्ने बित्तिकै
बुझ्छन्। सिँढी धेरै राम्रो छ। तर देवता धर्मको रहेनछन् भने उनीहरूले बुझ्दैनन्। जो
यस कुलको हुन्छ, उसलाई तीर लाग्छ। जुन हाम्रो देवता धर्मका पातहरू हुन्छन्, उनीहरू
नै आउँछन्। तिमीलाई फिल हुन्छ– यिनीहरूले त धेरै रुचिसाथ सुनिरहेका छन्। कोही त
त्यसै गइहाल्छन्। दिनप्रतिदिन नयाँ नयाँ कुरा पनि बच्चाहरूलाई सम्झाइरहनुहुन्छ।
सेवाको बडो सोख चाहिन्छ। जो सेवामा तत्पर हुन्छन्, उनीहरू नै दिलमा चढ्छन् र तख्तमा
पनि चढ्छन्। पछि गएर तिमीलाई सबै साक्षात्कार भइरहन्छ। तिमी त्यस खुसीमा रहन्छौ।
दुनियाँमा त धेरै हाहाकार हुनुछ। रगतका नदीहरू पनि बग्नुछ। बहादुर सेवा गर्नेहरू
कहिल्यै भोकै मर्दैनन्। तर यहाँ त तिमीलाई वनवासमा रहनुछ। सुख पनि त्यहाँ मिल्छ।
कन्यालाई त वनवासमा बसाउँछन् नि। पराइ घर गएर खुब लगाउनु। तिमी पनि पराइ घर जान्छौ,
त्यपछि त्यो नसा हुन्छ। त्यो हो नै सुखधाम। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) मालामा उनिनको लागि देहीअभिमानी बनेर तीव्र वेगले यादको यात्रा गर्नुछ। बाबाको
आदेशमा चलेर पावन बन्नुछ।
२) बाबाको परिचय दिएर
धेरैलाई आफूसमान बनाउने सेवा गर्नुछ। यहाँ वनवासमा रहनुछ। अन्तिम हाहाकारको दृश्य
देख्नको लागि महावीर बन्नुछ।
वरदान:–
बन्धनहरूको
पिँजडालाई फो डेर जीवनमुक्त स्थितिको अनुभव गर्ने सच्चा ट्रस्टी भव
शरीरको वा सम्बन्धको
बन्धन नै पिँजडा हो। कर्तव्य निर्वाह पनि निमित्त भएर मात्र निर्वाह गर्नुछ,
लगावबाट होइन, तब भनिन्छ निर्बन्धन। जो ट्रस्टी बनेर चल्छन्, उनीहरू नै निर्बन्धन
हुन्, यदि कुनै पनि मेरोपन छ भने पिँजडामा बन्द छन्। अब पिँजडाको मैनाबाट फरिस्ता
बन्यौ, त्यसैले कतै अलिकति पनि बन्धन नहोस्। मनको पनि बन्धन नहोस्। के गरूँ, कसरी
गरूँ, चाहन्छु तर हुँदैन– यो पनि मनको बन्धन हो। मरजीवा बनिसकेपछि सबै प्रकारका
बन्धन समाप्त, सदा जीवनमुक्त स्थितिको अनुभव भइरहन्छ।
स्लोगन:–
सङ्कल्पहरूलाई
बचाऊ, त्यसपछि समय, बोली सबै स्वतः बच्छन्।
अव्यक्त इसारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
कर्मातीत अर्थात्
कर्मको कुनै पनि बन्धनको स्पर्शबाट न्यारा। यस्तै अनुभव बढ्दै जाओस्। कुनै पनि
कार्यले स्पर्श नगरोस् र गरेपछि जुन रिजल्ट निस्किन्छ, त्यसको पनि स्पर्श नहोस्,
बिल्कुलै न्यारापन अनुभव भइरहोस्। मानौँ अरू कसैले गरायो र मैले गरेँ। निमित्त
बन्नमा पनि न्यारापन अनुभव होस्। जे जति बित्यो, फुलस्टप लगाएर न्यारा बन।