10.02.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– खुदा
तिम्रो दोस्त ह ुनुहुन्छ , रावण दुस्मन हो , त्यसैले तिमी ले खुदालाई प्यार गर्छौ र
रावणलाई जलाउँछौ।”
प्रश्न:–
कुन
बच्चाहरूलाई अनेकौँको आशीर्वाद स्वतः मिल्दै जान्छ?
उत्तर:–
जुन बच्चाहरू
यादमा रहेर स्वयं पनि पवित्र बन्छन् र अरूलाई पनि आफूसमान बनाउँछन्। उनीहरूलाई
अनेकौँको आशीर्वाद मिल्छ, उनीहरूले धेरै उच्च पद पाउँछन्। बाबाले तिमी बच्चाहरूलाई
श्रेष्ठ बन्ने एउटै श्रीमत दिनुहुन्छ– प्यारा बच्चाहरू! कुनै पनि देहधारीलाई याद
नगरी मलाई याद गर।
गीत:–
आखिर वह दिन
आया आज...
ओम् शान्ति ।
ओम् शान्तिको
अर्थ त रुहानी बाबाले रुहानी बच्चाहरूलाई सम्झाउनुभएको छ। ओम् अर्थात् म आत्मा हुँ
र यो मेरो शरीर हो। आत्मा त देखिँदैन। आत्मामा नै राम्रो वा नराम्रो संस्कार हुन्छ।
आत्मामा नै मन, बुद्धि हुन्छ। शरीरमा बुद्धि हुँदैन। मुख्य हो आत्मा। शरीर त मेरो
हो। आत्मालाई कसैले देख्न सक्दैन। शरीरलाई आत्माले देख्छ। आत्मालाई शरीरले देख्न
सक्दैन। आत्मा निस्केर गयो भने शरीर जड बन्छ। आत्मा देखिँदैन। शरीर देखिन्छ।
त्यसैगरी जो आत्माको बाबा हुनुहुन्छ, जसलाई ओ गड फादर! (हे परमपिता परमात्मा)
भनिन्छ, उहाँ पनि देखिनुहुन्न, उहाँलाई जानिन्छ, चिनिन्छ। हामी आत्माहरू सबै भाइ
भाइ हौँ। हामी शरीरमा आयौँ भने भनिन्छ– यिनीहरू भाइ भाइ हुन्, यिनीहरू दिदीभाइ हुन्।
आत्माहरू त सबै भाइ भाइ नै हुन्। आत्माहरूका बाबा हुनुहुन्छ– परमपिता परमात्मा।
जिस्मानी भाइबहिनीले एकअर्कालाई देख्न सक्छन्। आत्माहरूका बाबा एक हुनुहुन्छ,
उहाँलाई देख्न सक्दैनन्। अब बाबा आउनुभएको छ, पुरानो दुनियाँलाई नयाँ बनाउन। नयाँ
दुनियाँ सत्ययुग थियो। अहिले यो पुरानो दुनियाँ कलियुग हो, यसलाई अब परिवर्तन
गर्नुछ। पुरानो दुनियाँ त खतम हुनुपर्छ नि। पुरानो घर काम नलाग्ने भएपछि नयाँ घर
बन्छ नि, त्यसैगरी यो पुरानो दुनियाँ पनि समाप्त हुनुछ। सत्ययुगपछि फेरि त्रेता,
द्वापर, कलियुग फेरि सत्ययुग अवश्य आउनुछ। विश्वको इतिहास भूगोल दोहोरिनुछ।
सत्ययुगमा हुन्छ देवीदेवताहरूको राज्य। सूर्यवंशी र चन्द्रवंशी, उनीहरूलाई
लक्ष्मीनारायणको राजवंश, सीतारामको राजवंश भनिन्छ। यो त सहज छ नि। फेरि द्वापर
कलियुगमा अरू धर्म आउँछन्। फेरि देवताहरू जो पवित्र थिए उनीहरू अपवित्र बन्छन्,
यसलाई रावण राज्य भनिन्छ। रावणलाई वर्ष वर्ष जलाउँदै आउँछन् तर जलाउँदा पनि जल्दैन
फेरि फेरि जलाइरहन्छन्। यो हो सबैको ठुलो दुस्मन त्यसैले त्यसलाई जलाउने चलन चलेको
हो। विश्वको नम्बर एक दुस्मन को हो? र फेरि नम्बर एक दोस्त को हुनुहुन्छ, नम्बर एक
दोस्त सदा सुख दिने खुदा हुनुहुन्छ। खुदालाई दोस्त भनिन्छ नि। यसमा एउटा कहानी पनि
छ। त्यसैले खुदा हुनुहुन्छ दोस्त, रावण हो दुस्मन। खुदा जो दोस्त हुनुहुन्छ,
उहाँलाई कहिल्यै जलाउँदैनन्। त्यो हो दुस्मन त्यसैले १० शिर भएको रावण बनाएर
त्यसलाई वर्ष वर्ष जलाउँछन्। गान्धीजीले पनि भन्थे– हामीलाई रामराज्य चाहिन्छ।
रामराज्यमा सुख हुन्छ, रावणराज्यमा दुःख छ। अहिले यो कुरा कसले बसेर सम्झाउनुहुन्छ?
पतित-पावन बाबा। शिवबाबा, ब्रह्मा हुन् दादा। बाबाले सदैव सही पनि गर्नुहुन्छ
बापदादा। प्रजापिता ब्रह्मा पनि त सबैका हुनुभयो। जसलाई एडम पनि भनिन्छ। उहाँलाई
ग्रेट-ग्रेट ग्रान्ड फादर (आदि पिता) भनिन्छ। मनुष्य सृष्टिमा प्रजापिता हुनुभयो।
प्रजापिता ब्रह्माद्वारा ब्राह्मण रचिन्छन् फेरि ब्राह्मण सो देवता बन्छन्। देवताहरू
फेरि क्षत्रिय, वैश्य, शूद्र बन्छन्। यिनलाई प्रजापिता ब्रह्मा, मनुष्य सृष्टिका
सबैभन्दा महान भनिन्छ। प्रजापिता ब्रह्माका कति धेरै बच्चाहरू छन्। बाबा! बाबा!
भनिरहन्छन्। यिनी साकार बाबा हुन्। शिवबाबा निराकार बाबा हुनुहुन्छ। गायन गरिन्छ पनि–
प्रजापिता ब्रह्माद्वारा नयाँ मनुष्य सृष्टि रच्नुहुन्छ। अहिले तिम्रो यो पुरानो
छाला हो। यो हो नै पतित दुनियाँ, रावण राज्य। अब रावणको आसुरी दुनियाँ खतम हुन्छ।
त्यसको लागि नै यो महाभारत लडाइँ हुन्छ। फेरि सत्ययुगमा यो रावण दुस्मनलाई कसैले
जलाउँदैनन्। रावण नै हुँदैन। रावणले नै दुःखको दुनियाँ बनाएको हो। यस्तो होइन–
जोसँग धेरै पैसा छ, ठुला ठुला महल छन्, उनीहरू स्वर्गमा छन्।
बाबा सम्झाउनुहुन्छ–
चाहे कसैसँग करोडौँ छ, तर यो त सबै माटोमा मिल्नेछ। नयाँ दुनियाँमा फेरि नयाँ
खानीहरू निस्कन्छन्, जसबाट नयाँ दुनियाँका महल आदि सबै बनाइन्छन्। यो पुरानो दुनियाँ
अब खतम हुनुछ। मानिसले भक्ति गर्छन् नै सदगतिका लागि, भन्छन् हामीलाई पावन
बनाउनुहोस्! हामी पतित बनेका छौँ। विकारीलाई पतित भनिन्छ। सत्ययुगमा छन् नै भाइसलेस,
सम्पूर्ण निर्विकारी छन्। त्यहाँ बच्चाहरू योगबलले पैदा हुन्छन्, विकार त्यहाँ
हुँदैहुँदैन। न देह अभिमान, न काम, क्रोध... ५ विकार हुँदैनन् त्यसैले त्यहाँ
कहिल्यै रावणलाई जलाउँदै जलाउँदैनन्। यहाँ त रावणराज्य छ। अब बाबा भन्नुहुन्छ– तिमी
पवित्र बन। यो पतित दुनियाँ खतम हुनुछ, जो श्रीमतमा पवित्र रहन्छन् उनीहरूले नै
बाबाको मतमा चलेर विश्वको बादसाहीको वर्सा पाउँछन्। यहाँ लक्ष्मीनारायणको राज्य थियो
नि। अहिले त रावण राज्य हो जुन खतम हुनुछ। सत्ययुगी रामराज्य स्थापना हुनुछ।
सत्ययुगमा धेरै कम मानिस हुन्छन्। राजधानी दिल्ली नै हुन्छ। जहाँ लक्ष्मीनारायणको
राज्य हुन्छ। दिल्ली सत्ययुगमा परिस्तान (देवताहरूको दुनियाँ) थियो। दिल्ली नै गद्दी
थियो। रावण राज्यमा पनि दिल्ली राजधानी छ, रामराज्यमा पनि दिल्ली राजधानी हुन्छ। तर
रामराज्यमा त हीरा जुहारतका महल थिए। अथाह सुख थियो। अहिले बाबा भन्नुहुन्छ– तिमीले
विश्वको राज्य गुमाएका छौ, मैले फेरि तिमीलाई दिन्छु। तिमी मेरो मतमा चल। श्रेष्ठ
बन्नुछ भने केवल मलाई याद गर र कुनै देहधारीलाई याद नगर। आफूलाई आत्मा सम्झेर म
बाबालाई याद गरेमा तमोप्रधानबाट सतोप्रधान बन्छौ। तिमी मेरो पासमा आउँछौ। मेरो गलाको
माला बनेर फेरि विष्णुको माला बन्छौ। मालामा माथि म छु फेरि ब्रह्मा-सरस्वती दुई छन्
। यिनीहरू नै सत्ययुगका महाराजा-महारानी बन्छन्। जो नम्बरवार गद्दीमा बस्छन्,
उनीहरूको फेरि सारा माला बन्छ। मैले यो सृष्टिलाई यिनी ब्रह्मा सरस्वती र तिमी
ब्राह्मणहरूद्वारा स्वर्ग बनाउँछु। जसले मेहनत गर्छन् उनीहरूको नै फेरि यादगार बन्छ।
त्यो हो रुद्र माला र त्यो विष्णुको माला। रुद्र माला हो– आत्माहरूको र विष्णुको
माला हो मनुष्यहरूको। आत्माहरूको निवासस्थान त्यो निराकारी परमधाम हो, जसलाई
ब्रह्माण्ड पनि भनिन्छ। आत्मा कुनै अण्डाजस्तो छैन, आत्मा त बिन्दुजस्तो छ। हामी सबै
आत्माहरू त्यहाँ स्विट होम निवासी हौँ। बाबासँग हामी आत्माहरू रहन्छौँ। त्यो हो
मुक्तिधाम। मानिस सबैले चाहन्छन् मुक्तिधाममा जाऊँ तर फर्केर कोही एक जना पनि जान
सक्दैनन्। सबैलाई पार्टमा आउनु नै छ, त्यतिबेलासम्म बाबाले तिमीलाई तयार
गराइरहनुहुन्छ। तिमी तयार भयौ भने फेरि जति पनि आत्माहरू छन्, उनीहरू सबै आउनेछन्।
फेरि समाप्त। तिमी गएर नयाँ दुनियाँमा राज्य गर्नेछौ फेरि नम्बरवार चक्र चल्नेछ।
गीतमा सुन्यौ नि– आखिर वह दिन आया आज... तिमीलाई थाहा छ, जो यहाँका मानिसहरू अब
नर्कवासी छन्, उनीहरू फेरि स्वर्गवासी बन्छन्। बाँकी सबै आत्माहरू शान्तिधाममा
जान्छन्। धेरै कम सम्झाउनु छ। अल्फ बाबा, बे बादसाही। अल्फलाई बादसाही मिल्छ। अहिले
बाबा भन्नुहुन्छ– मैले त्यही राज्य फेरि स्थापना गर्छु। ८४ जन्म भोगेर अब तिमी पतित
बनेका छौ। पतित बनाएको हो रावणले। फेरि पावन कसले बनाउनुहुन्छ? भगवान जसलाई
पतित-पावन भनिन्छ, तिमी कसरी पतितबाट पावन, पावनबाट पतित बन्छौ, त्यो सारा इतिहास
भूगोल दोहोरिन्छ। यो विनाश हो नै यसको लागि। भनिन्छ– ब्रह्माको आयु शास्त्रमा १००
वर्ष छ। यिनी जो ब्रह्मा छन्, जसमा बाबा बसेर वर्सा दिलाउनुहुन्छ, उनको पनि शरीर
छुट्नेछ। जो आत्माहरूका बाबा हुनुहुन्छ उहाँ बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ।
मानिसले, मानिसलाई पावन बनाउन सक्दैनन्। देवताहरू कहिल्यै विकारबाट पैदा हुँदैनन्।
पुनर्जन्म त सबैले लिँदै आउँछन् नि। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ जसबाट
तकदिर जागृत हुन्छ। बाबा आउनुहुन्छ नै मानिस मात्रको तकदिर जगाउन। सबै पतित दुःखी
छन् नि। त्राहि त्राहि भन्दै विनाश हुन्छन् त्यसैले बाबा भन्नुहुन्छ– त्राहि त्राहि
हुनुभन्दा पहिला म बेहदका बाबाबाट वर्सा लेऊ। यो जे जति दुनियाँमा देख्छौ, यो सबै
खतम हुनुछ। फल (पतन) अफ भारत, राइज (उत्थान) अफ भारत, यसको नै खेल हो। राइज अफ
विश्व। स्वर्गमा कस-कसले राज्य गर्छन्, यो कुरा बाबा नै बसेर सम्झाउनुहुन्छ। राइज
अफ भारत, देवताहरूको राज्य, फल अफ भारत रावण राज्य। अहिले नयाँ दुनियाँ बनिरहेको छ।
बाबाबाट पढिरहेका छौ नयाँ दुनियाँको वर्सा लिन। कति सहज छ। यो हो मनुष्यबाट देवता
बन्ने पढाइ। यो पनि राम्रोसँग बुझ्नुछ। कुन कुन धर्म कहिले आउँछन्, द्वापरपछि नै अरू
अरू धर्म आउँछन्। पहिला सुख भोग्छन् फेरि दुःख। यो सारा चक्र बुद्धिमा बसाउनुपर्छ।
जसबाट तिमी चक्रवर्ती महाराजा-महारानी बन्छौ। केवल अल्फ र बेलाई जान्नुछ। अब विनाश
त हुनु नै छ। यति धेरै हङ्गामा हुन्छ, बेलायतबाट फेरि आउन पनि सक्दैनन् त्यसैले बाबा
सम्झाउनुहुन्छ– यो भूमि सबैभन्दा उत्तम छ। यहाँ जबर्जस्त लडाइँ लाग्नेछ फेरि जहाँको
त्यहीँ नै रहन्छन्। ५०-६० लाख नै दिए भने पनि मुस्किलले आउन सक्छन्। यो भूमि
सबैभन्दा उत्तम छ, जहाँ बाबा आएर अवतार लिनुहुन्छ। शिवजयन्ती पनि यहीँ मनाइन्छ।
केवल श्रीकृष्णको नाम लेखिदिनाले सारा महिमा नै खतम भएको छ। सबै मनुष्य मात्रको
मुक्तिदाता यहाँ नै आएर अवतार लिनुहुन्छ। शिवजयन्ती पनि यहाँ मनाउँछन्। गड फादर नै
हुनुहुन्छ जो आएर मुक्त गर्नुहुन्छ। त्यसैले यस्ता बाबालाई नै नमन गर्नुपर्छ, उहाँको
नै जयन्ती मनाउनुपर्छ। उहाँ बाबा यहीँ आएर सबैलाई पावन बनाउनुहुन्छ। त्यसैले यो
सबैभन्दा ठुलो तीर्थ भयो। सबैलाई दुर्गतिबाट छुटाएर सदगति दिनुहुन्छ, ड्रामा यस्तो
बनेको छ। अहिले तिमी आत्माहरूलाई थाहा छ, हाम्रो बाबाले हामीलाई यो शरीरद्वारा यो
रहस्य सम्झाइरहनुभएको छ, हामी आत्माले यो शरीरद्वारा सुन्छौँ। आत्म अभिमानी बन्नुछ।
आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा खिया निस्कँदै जान्छ र पवित्र बनेर तिमी
बाबाको पासमा आउँछौ। जति याद गर्छौ त्यति पवित्र बन्छौ। अरूलाई पनि आफूसमान बनायौ
भने धेरैको आशीर्वाद मिल्छ। उच्च पद पाउँछौ त्यसैले गाइन्छ– सेकेन्डमा जीवनमुक्ति।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा पवित्र बनेर हरेक कदम बाबाको मतमा चलेर विश्वको बादसाही लिनुछ।
बाबासमान दुःखहर्ता सुखकर्ता बन्नुछ।
२) मनुष्यबाट देवता
बन्ने यो पढाइ सदा पढिरहनुछ। सबैलाई आफूसमान बनाउने सेवा गरेर आशीर्वाद प्राप्त
गर्नुछ।
वरदान:–
कल्याण वृत्ति
र शुभचिन्तक भावद्वारा विश्वकल्याण को निमित्त बन्ने तीव्र पुरुषार्थी भव
तीव्र पुरुषार्थी उही
हो जसले सबैप्रति कल्याणको वृत्ति र शुभचिन्तक भाव राख्छ। चाहे कसैले पटक पटक
गिराउने कोसिस गरोस्, मनलाई डगमग बनाओस्, विघ्नरूप बनोस् फेरि पनि तिम्रो उसप्रति
सदा शुभचिन्तकको अडोल भाव होस्, कुनै कुराको कारण भाव परिवर्तन नहोस्। हर
परिस्थितिमा यथार्थ वृत्ति र भाव भयो भने तिमीमाथि त्यसको प्रभाव पर्दैन। फेरि कुनै
पनि व्यर्थ कुराहरू देखिँदैनन् नै, टाइम बच्छ। यही हो विश्व कल्याणकारी स्टेज।
स्लोगन:–
सन्तुष्टता
जीवनको श्रृङ्गार हो त्यसैले सन्तुष्टमणि बनेर सन्तुष्ट होऊ र सबैलाई सन्तुष्ट पार।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन।
एकमत अर्थात् एकताको
वातावरण बनाउनको लागि समाहित गर्ने शक्ति धारण गर्नु। भिन्नतालाई समाहित गर्नु।
हरेकको विशेषताहरूलाई देख, कमजोरीहरूलाई त बिल्कुल देख्नु नै छैन। जसरी चन्द्रमा
अथवा सूर्यलाई ग्रहण लाग्यो भने भनिन्छ– हेर्नु हुँदैन, नत्र ग्रहदशा लाग्छ। त्यसैले
कसैको कमजोरी पनि ग्रहण हो, त्यसलाई कहिल्यै नहेर।