10.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– ज्ञानका
बुँदाहरू स्मृतिमा राख ्यौ भने खुसी ह ु नेछ , तिमी अहिले स्वर्गको द्वारमा उभिएका
छौ , बाबाले मुक्ति-जीवनमुक्तिको बाटो देखाइरहनुभएको छ।”
प्रश्न:–
आफ्नो
रजिस्टरलाई ठीक राख्नको लागि कुनचाहिँ ध्यान अवश्य राख्नुपर्छ?
उत्तर:–
ध्यान रहोस्–
मनसा-वाचा-कर्मणा कसैलाई दुःख त दिइनँ? आफ्नो स्वभाव एकदम उत्तम, मीठो होस्। मायाले
नाक-कान समातेर यस्तो कुनै कर्म नगराओस् जसबाट कसैलाई दुःख मिलोस्। यदि दुःख दियौ
भने धेरै पश्चात्ताप गर्नुपर्नेछ। रजिस्टर बिग्रिन्छ।
गीत:–
नयन हीन को
राह दिखाओ.......
ओम् शान्ति ।
बाबा बसेर
बच्चाहरूलाई सम्झाउनुहुन्छ। बाटो धेरै सहज तरिकाले सम्झाइन्छ फेरि पनि बच्चाहरूले
ठक्कर खाइरहन्छन्। यहाँ बस्दा सम्झन्छौ– हामीलाई बाबाले पढाउनुहुन्छ, शान्तिधाम जाने
बाटो बताउनुहुन्छ। धेरै सहज छ। बाबा भन्नुहुन्छ– जति हुन सक्छ दिनरात यादमा बस। त्यो
भक्ति मार्गको यात्रा पैदल हुन्छ। धेरै धक्का खानुपर्छ। यहाँ तिमी बसेर पनि यादको
यात्रामा हुन्छौ। यो पनि बाबाले सम्झाउनुभएको छ– दैवीगुण धारण गर्नुछ। सैतानी
अवगुणहरूलाई समाप्त गर्दै जाऊ। कुनै पनि सैतानी काम नगर, यसबाट विकर्म हुन्छ। बाबा
आउनुभएकै हो तिमी बच्चाहरूलाई सदा सुखी बनाउन। कोही बादसाहको बच्चा रहेछ भने ऊ
पितालाई र राज्यलाई देखेर खुसी हुन्छ नि। हुन त राज्य भाग्य हुन्छ तर फेरि पनि
शरीरका रोग आदि त हुन्छन् नै। यहाँ तिमी बच्चाहरूलाई निश्चय छ– शिवबाबा आउनुभएको छ,
उहाँले हामीलाई पढाइरहनुभएको छ। फेरि हामी स्वर्गमा गएर राज्य गर्नेछौँ। त्यहाँ कुनै
प्रकारको दुःख हुँदैन। तिम्रो बुद्धिमा रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान छ।
यो ज्ञान अरू कुनै पनि मनुष्य मात्रको बुद्धिमा छैन। तिमी बच्चाहरूले पनि अहिले
जान्दछौ– पहिला हामीमा ज्ञान थिएन। बाबालाई हामी चिन्दैनथ्यौँ। मनुष्यले भक्तिलाई
धेरै उत्तम सम्झन्छन्, अनेक प्रकारको भक्ति गर्छन्। त्यसमा सबै स्थूल कुराहरू छन्।
सूक्ष्म कुरा कुनै पनि छैन। अहिले अमरनाथको यात्रामा स्थूलमा जान्छन् नि। त्यहाँ पनि
त्यो लिङ्ग छ। कसको सम्मुख जान्छन्, मनुष्यले केही पनि जान्दैनन्। अहिले तिमी
बच्चाहरू कहीँ पनि धक्का खान जाँदैनौ। तिमीलाई थाहा छ– हामीले पढ्छौँ नै नयाँ
दुनियाँको लागि, जहाँ यी वेद-शास्त्र आदि हुँदैनन्। सत्ययुगमा भक्ति हुँदैन। त्यहाँ
सुखैसुख हुन्छ। जहाँ भक्ति छ त्यहाँ दुःख हुन्छ। यो गोलाको चित्र धेरै राम्रो छ।
स्वर्गको द्वार यसमा एकदम स्पष्ट छ। यो बुद्धिमा रहनुपर्छ। अहिले हामी स्वर्गको
द्वारमा बसेका छौँ। धेरै खुसी हुनुपर्छ। ज्ञानका बुँदाहरूलाई याद गरेर तिमी बच्चाहरू
धेरै खुसीमा रहनसक्छौ। तिमीलाई थाहा छ– अहिले हामी स्वर्गको द्वारमा गइरहेका छौँ।
त्यहाँ धेरै कम मनुष्य हुन्छन्। यहाँ कति धेरै मनुष्य छन्। कति धक्का खाइरहन्छन्।
दानपुण्य गर्नु, कति साधुहरूको पछि भट्किनु छ फेरि पनि पुकारिरहन्छन्– हे प्रभु नयन
हीन को राह दिखाओ... बाटो सदा मुक्ति-जीवनमुक्तिको चाहन्छन्। यो पुरानो दुःखको
दुनियाँ हो, त्यो पनि तिमीलाई थाहा छ। मनुष्यहरूलाई थाहै छैन। कलियुगको अवधि हजारौँ
वर्ष भनिदिन्छन् त्यसैले बिचरा अन्धकारमा छन् नि। तिमीहरूमा पनि नम्बरवार छन् जसलाई
थाहा छ– अवश्य हाम्रो बाबाले हामीलाई राजयोग सिकाइरहनुभएको छ। जस्तै ब्यारिस्ट्री
योग, इन्जिनियरिङ्ग योग हुन्छ नि। पढ्नेलाई शिक्षककै याद हुन्छ। कानुनको ज्ञानबाट
मनुष्य ब्यारिस्टर बन्छ। यो हो राजयोग। हाम्रो बुद्धिको योग परमपिता परमात्मासँग छ।
यसमा त एकदम खुसीको पारो चढ्नुपर्छ। धेरै मीठो बन्नुछ। स्वभाव एकदम उत्तम हुनुपर्छ।
कसैलाई पनि दुःख नमिलोस्। चाहन्छौ पनि कसैलाई दुःख नदिऊँ। तर फेरि पनि मायाले
नाक-कानबाट समातेर भुल गराइदिन्छ। फेरि भित्र पश्चात्ताप गर्छौ– हामीले अनाहकमा
उनलाई दुःख दियौँ। तर रजिस्टरमा त खराबी आयो नि। यस्तो कोसिस गर्नुपर्छ– कसैलाई पनि
मनसा, वाचा, कर्मणा दुःख नदिऊँ। बाबा आउनुहुन्छ नै– हामीलाई यस्तो देवता बनाउन।
यिनले कहिल्यै कसैलाई दुःख दिन्छन् र! लौकिक शिक्षकले पढाउँछन्, दुःख त दिँदैनन्
नि। हो, बच्चाले पढेनन् भने तिनलाई कुनै सजाय आदि दिन्छन्। आजकाल पिट्ने चलन पनि
हटाइदिएका छन्। तिमी रूहानी शिक्षक हौ, तिम्रो काम हो पढाउनु र साथसाथै शिष्टाचार
सिकाउनु। फेरि पढे-लेखे भने उच्च पद पाउँछन्। पढेनन् भने आफै फेल हुन्छन्। यहाँ बाबा
पनि दिनहुँ आएर पढाउनुहुन्छ, शिष्टाचार सिकाउनुहुन्छ। सिकाउनको लागि प्रदर्शनी आदिको
प्रबन्ध रच्नुहुन्छ। सबैले प्रदर्शनी र प्रोजेक्टर माग्छन्। प्रोजेक्टर पनि हजारौँ
लिन्छन्। हरेक कुरा बाबाले धेरै सहज बनाएर बताउनुहुन्छ। अमरनाथको सेवा पनि सहज छ।
चित्रहरूमा तिमीले सम्झाउनसक्छौ। ज्ञान र भक्ति के हो? ज्ञान यतातिर, भक्ति उतातिर।
यसबाट स्वर्ग, त्यसबाट नर्क– बिल्कुल स्पष्ट छ। तिमी बच्चाहरूले अहिले जे पढ्छौ यो
धेरै सहज छ, राम्रो पढाउँछौ पनि, तर यादको यात्रा खोइ कहाँ छ! यो सबै बुद्धिको कुरा
हो। हामीले बाबालाई याद गर्नुछ, यसैमा मायाले अल्मल्याउँछ। एकदम योग तोडिदिन्छ। बाबा
भन्नुहुन्छ– तिमीहरू सबै योगमा धेरै कमजोर छौ। राम्रा राम्रा महारथी पनि धेरै कमजोर
छन्। सम्झन्छन्– यिनीहरूमा यो ज्ञान धेरै राम्रो छ त्यसैले महारथी हुन्। बाबा
भन्नुहुन्छ– घोडसवार प्यादा हुन्। महारथी ऊ हो जो यादमा रहन्छ। उठ्दा बस्दा यादमा
रहे भने विकर्म विनाश हुन्छन्, पावन बन्छन्। नत्र सजाय पनि खानुपर्नेछ र पद पनि
भ्रष्ट हुनेछ। त्यसैले आफ्नो चार्ट राख अनि तिमीलाई थाहा हुन्छ, बाबा स्वयं बताउँछन्–
मैले पनि पुरुषार्थ गर्छु। घरी घरी बुद्धि अन्ततिर गइरहन्छ। बाबामाथि त धेरै फिक्र
रहन्छ नि। तिमी तीव्र गतिमा जानसक्छौ। साथै फेरि आफ्नो चालचलन पनि सुधार्नुछ।
पवित्र बनेर अनि फेरि विकारमा गिर्यो भने सबै कमाइ चट् हुन्छ। कसैमाथि क्रोध गर्यो,
मनमुटाव भए भने मानौं असुर बन्छन्। अनेक प्रकारको माया आउँछ। सम्पूर्ण त कोही बनेको
छैन। बाबाले पुरुषार्थ गराइरहनुहुन्छ। कुमारीहरूको लागि त धेरै सहज छ, यसमा आफ्नो
मजबुती चाहिन्छ। भित्रको सच्चाइ चाहिन्छ। यदि भित्र कसैसँग मन लागेको छ भने फेरि
चल्न सक्दैनन्। कुमारीहरू, माताहरू त विश्वलाई स्वर्ग बनाउने सेवामा लाग्नुपर्छ।
यसमा मेहनत छ। मेहनत बिना केही पनि मिल्दैन। तिमीलाई २१ जन्मको लागि राज्य भाग्य
मिल्छ भने कति मेहनत गर्नुपर्छ। त्यो पढाइ पनि बाबाले त्यसैले पढ्न दिनुहुन्छ,
भन्नुहुन्छ– यसमा पक्का नभएसम्म पढ्नुछ। यस्तो नहोस् फेरि दुवै जहान (दुनियाँ) बाट
जाओस्। कसैको नाम-रूपमा झुन्डिएर मर्यो भने खतम हुन्छ।
तकदिरवान बच्चाहरूले
नै शरीरको भान भुलेर आफूलाई अशरीरी सम्झेर बाबालाई याद गर्ने पुरुषार्थ गर्नसक्छन्।
बाबाले दिनहुँ सम्झाउनुहुन्छ– बच्चे, तिमीले शरीरको भान छोडिदेऊ। हामी अशरीरी आत्मा
अब घर जान्छौँ, यो शरीर यहीँ छोड्नुछ, त्यो तब छोड्छौ जब निरन्तर बाबाको यादमा रहेर
कर्मातीत हुन्छौ। यसमा बुद्धिको कुरा छ तर कसैको तकदिरमा छैन भने के तदबीर (पुरुषार्थ)
गर्छन्। बुद्धिमा यो रहनुपर्छ– हामी अशरीरी आएका थियौँ, फेरि सुखको कर्म सम्बन्धमा
बाँधियौँ त्यसपछि फेरि रावण राज्यमा विकारी बन्धनमा फस्यौँ। बाबा भन्नुहुन्छ– अब
फेरि अशरीरी भएर जानुछ। आफूलाई आत्मा सम्झेर मलाई याद गर। आत्मा नै पतित बनेको छ।
आत्माले भन्छ– हे पतित-पावन आउनुहोस्! अहिले तिमीलाई पतितबाट पावन बन्ने युक्ति पनि
बताइरहनुहुन्छ। आत्मा हो नै अविनाशी। तिमी आत्मा यहाँ शरीरमा आएका हौ पार्ट खेल्न।
यो पनि अहिले बाबाले सम्झाउनुभएको छ, जसलाई कल्प पहिला सम्झाउनुभएको छ उनीहरू नै
आइरहन्छन्। अब बाबा भन्नुहुन्छ– कलियुगी सम्बन्ध भुलिदेऊ। अब त फर्केर जानुछ, यो
दुनियाँ नै खतम हुनुछ। यसमा कुनै सार छैन त्यसैले त धक्का खाइरहन्छन्। भक्ति गर्छन्
भगवानसँग मिल्न। सम्झन्छन्– भक्ति धेरै राम्रो हो। धेरै भक्ति गर्यौँ भने भगवान
मिल्नुहुन्छ र सद्गतिमा लैजानुहुन्छ। अहिले तिम्रो भक्ति पूरा हुन्छ। तिम्रो मुखबाट
‘हे राम!’, ‘हे भगवान!’ यी भक्तिका शब्द पनि ननिस्कुन्। यो बन्द हुनुपर्छ। बाबाले
केवल भन्नुहुन्छ– मलाई याद गर। यो दुनियाँ नै तमोप्रधान छ। सतोप्रधान सत्ययुगमा
रहन्छन्। सत्ययुग हो चढ्ती कला फेरि उतरती कला हुन्छ। त्रेतालाई पनि वास्तवमा
स्वर्ग भनिँदैन। स्वर्ग केवल सत्ययुगलाई नै भनिन्छ। तिमी बच्चाहरूको बुद्धिमा
आदि-मध्य-अन्त्यको ज्ञान छ। आदि अर्थात् सुरु, मध्य आधा फेरि अन्त्य। मध्यमा रावण
राज्य सुरुहुन्छ। बाबा भारतवर्षमा नै आउनुहुन्छ। भारतवर्ष नै पतित र पावन बन्छ। ८४
जन्म पनि भारतवर्षकाहरूले लिन्छन्। बाँकी त नम्बर अनुसार धर्मावलम्बीहरू आउँछन्।
वृक्ष वृद्धि हुँदै जान्छ फेरि त्यही समयमा आउँछन्। यी कुराहरू अरू कसैको बुद्धिमा
छैन। तिमीहरूमा पनि सबैले धारण गर्न सक्दैनन्। यो ८४ को चक्र बुद्धिमा रह्यो भने पनि
खुसीमा रहन्छौ। अब बाबा आउनुभएको छ, हामीलाई लैजानको लागि। सच्चा सच्चा प्रियतम
आउनुभएको छ, जसलाई हामीले भक्तिमार्गमा धेरै याद गर्थ्यौँ उहाँ आउनुभएको छ हामी
आत्माहरूलाई फर्काएर लैजान। मनुष्य मात्रले यो पनि जान्दैनन्– शान्ति केलाई भनिन्छ।
आत्मा त हो नै शान्त स्वरूप। यी अङ्गहरू मिल्छन् त्यसैले त कर्म गर्नुपर्छ। बाबा जो
शान्तिको सागर हुनुहुन्छ, उहाँले सबैलाई लैजानुहुन्छ। त्यसबाट सबैलाई शान्ति
मिल्नेछ। सत्ययुगमा तिमीलाई शान्ति पनि हुन्छ, सुख पनि हुन्छ। बाँकी सबै आत्माहरू
जान्छन् शान्तिधाम। बाबालाई नै शान्तिको सागर भनिन्छ। यो पनि धेरै बच्चाहरूले
भुल्छन् किनकि देह अभिमानमा रहन्छन्, देहीअभिमानी हुँदैनन्। बाबाले त शान्ति सबैलाई
दिनुहुन्छ नि। चित्रमा सङ्गममा गएर देखाऊ। यस समयमा सबै अशान्त छन्। सत्ययुगमा त यति
धेरै धर्म हुँदैनन्। सबै शान्तिमा जान्छन्। त्यहाँ मन भरि शान्ति मिल्छ। तिमीलाई
राज्यमा शान्ति पनि हुन्छ, सुख पनि हुन्छ। सत्ययुगमा तिमीलाई पवित्रता, सुख, शान्ति
सबै हुन्छ । मुक्तिधाम भनिन्छ स्वीट होमलाई। त्यहाँ पतित दुःखी हुँदैनन्। दुःख-सुखको
कुनै कुरा हुँदैन। त्यसैले शान्तिको अर्थ बुझ्दैनन्। रानीको हारको उदाहरण दिन्छन्
नि। अब बाबा भन्नुहुन्छ– शान्ति-सुख सबै लेऊ। आयुष्मान् भव... त्यहाँ काइदा अनुसार
बच्चा पनि हुन्छ। बच्चा मिलोस् भनेर त्यसको लागि कुनै पुरुषार्थ गर्नुपर्दैन। शरीर
छोड्ने बेला भयो भने साक्षात्कार हुन्छ र शरीर खुसीले छोडिदिन्छन्। जस्तै यी
बाबालाई खुसी हुन्छ नि– शरीर छोडेर म यो बन्छु, अहिले पढिरहेको छु। तिमीलाई पनि थाहा
छ– हामी सत्ययुगमा जान्छौँ। सङ्गममा नै तिम्रो बुद्धिमा यो ज्ञान हुन्छ। त्यसैले कति
खुसीमा रहनुपर्छ। जति उच्च पढाइ त्यति खुसी। हामीलाई भगवानले पढाउनुहुन्छ। लक्ष्य
उद्देश्य अगाडि छ भने कति खुसी हुनुपर्छ। तर चल्दाचल्दै गिर्छन्।
तिम्रो सेवा वृद्धि
तब हुन्छ जब कुमारीहरू मैदानमा आउँछन्। बाबा भन्नुहुन्छ– आपसमा एक त झगडालु नबन। जब
कि तिमीलाई थाहा छ– हामी यस्तो दुनियाँमा जान्छौँ जहाँ बाघ-बाख्रा सँगै पानी पिउँछन्,
त्यहाँ त हरेक चीज देख्नेबित्तिकै मन खुसी हुन्छ। नाम नै हो स्वर्ग। त्यसैले
कुमारीहरूले लौकिक आमा-बुबालाई भनुन्– अहिले हामीले त्यहाँ जाने तयारी गरिरहेका
छौँ, पवित्र त अवश्य बन्नुछ। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। अब म योगिनी बनेकी
छु त्यसैले पतित बन्न सक्दिनँ। कुरा गर्ने दृढता चाहिन्छ। यस्ता कुमारीहरू निस्केपछि
फेरि हेर कति छिटो सेवा हुन्छ। तर नष्टोमोहा बन्नुपर्छ। एकपटक मरेपछि फेरि याद किन
आउनुपर्यो। तर धेरैलाई घरको, बच्चा आदिको याद आइरहन्छ। फेरि बाबासँग योग कसरी लाग्छ।
यसमा त यही बुद्धिमा रहोस्– हामी बाबाका हौँ। यो पुरानो दुनियाँ खतम भइ नै सकेको छ।
बाबा भन्नुहुन्छ– मलाई याद गर। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो तकदिर उच्च बनाउनको लागि जति हुन सक्छ अशरीरी बन्ने अभ्यास गर्नुछ। शरीरको
भान बिल्कुलै भुल्नुछ, कसैको पनि नाम-रूप याद नआओस्– यो मेहनत गर्नुछ।
२) आफ्नो चालचलनको
चार्ट राख्नुछ– कहिल्यै पनि आसुरी चा चलन हुनुछैन। मनको सच्चाइद्वारा नष्टोमोहा
बनेर विश्वलाई स्वर्ग बनाउने सेवामा लाग्नुछ।
वरदान:–
मायाको रोयल
रूपको बन्धनहरूबाट मुक्त , विश्व जि त , जगत जि त भव
मेरो पुरुषार्थ, मेरो
आविष्कार, मेरो सेवा, मेरो टचिङ्ग, मेरा गुण राम्रा छन्, मेरो निर्णय शक्ति धेरै
राम्रो छ, यो मेरोपन नै रोयल मायाको रूप हो। मायाले यस्तो जादु मन्त्र गरिदिन्छ जसले
तेरोलाई पनि मेरो बनाइदिन्छ, त्यसैले अब यस्ता अनेक बन्धनहरूबाट मुक्त बनेर एक
बाबाको सम्बन्धमा आयौ भने मायाजित बन्नेछौ। मायाजित नै प्रकृतिजित, विश्वजित वा
जगतजित बन्छन्। उनीहरूले नै एक सेकेन्डको अशरीरी भवको निर्देशनलाई सहजै र स्वतः
कार्यमा लगाउन सक्छन्।
स्लोगन:–
विश्व
परिवर्तक उही हो, जसले कसैको नेगेटिभलाई पोजिटिभमा परिवर्तन गरिदिन्छ।