10.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
श्रीमतमा सबैलाई सुख दिनुछ , तिमीलाई श्रेष्ठ मत मिल्छ श्रेष्ठ बनेर अरूलाई श्रेष्ठ
बनाउनका लागि।”
प्रश्न:–
दयालु
बच्चाहरूको दिलमा कुन लहर आउँछ? उनीहरूले के गर्नुपर्छ?
उत्तर:–
जो दयालु
बच्चाहरू छन् उनीहरूको दिलमा हुन्छ– हामी गाउँ गाउँमा गएर सर्भिस (सेवा) गरौँ। आजकल
बिचराहरू धेरै दुःखी छन्, उनीहरूलाई गएर खुसीको खबर सुनाऔँ– विश्वमा पवित्रता, सुख
र शान्तिको दैवी स्वराज्य स्थापना भइरहेको छ, यो त्यही महाभारत लडाइँ हो, अवश्य
त्यस समयमा बाबा पनि हुनुहुन्थ्यो, अहिले पनि बाबा आउनुभएको छ।
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरू यहाँ बसेका छौ, यो अवश्य बुझेका छौ– हामी ईश्वरीय सन्तान हौँ। अवश्य
आफूलाई आत्मा नै सम्झन्छौ। शरीर छ त्यसैले त्यसद्वारा आत्माले सुन्छ। बाबाले यो
शरीर लोनमा लिनुभएको छ, तब सुनाउनुहुन्छ। अहिले तिमीले जानेका छौ– हामी ईश्वरीय
सन्तान वा सम्प्रदाय हौँ फेरि हामी दैवी सम्प्रदाय बन्छौँ। स्वर्गका मालिक त
देवताहरू नै हुन्छन्। हामीले फेरि ५ हजार वर्ष पहिलाको जस्तै दैवी स्वराज्यको
स्थापना गरिरहेका छौँ। फेरि हामी देवता बन्नेछौँ। यस समयमा सारा दुनियाँ सबै मनुष्य
मात्रले एकअर्कालाई दुःख नै दिन्छन्। सुखधाम पनि हुन्छ, उनीहरूलाई यो पनि थाहा छैन।
परमपिता परमात्माले नै आएर सबैलाई सुखी-शान्त बनाइदिनुहुन्छ। यहाँ त घर घरमा
एकअर्कालाई दुःख नै दिन्छन्। सारा विश्वमा दुःखै दुःख छ। अहिले तिमी बच्चाहरूलाई
थाहा छ– बाबाले हामीलाई २१ जन्मका लागि सदा सुखी बनाउनुहुन्छ। कहिलेदेखि दुःख सुरु
भयो फेरि कहिले पूरा हुन्छ, यसको चिन्तन अरू कसैको बुद्धिमा हुँदैन। तिम्रो बुद्धिमा
मात्रै यो कुरा छ– हामी अवश्य ईश्वरीय सम्प्रदाय थियौँ, हुन त सारा दुनियाँका
मनुष्य मात्र ईश्वरीय सम्प्रदाय हुन्। हरेकले उहाँलाई फादर भनेर बोलाउँछन्। अहिले
बच्चाहरूलाई थाहा छ– शिवबाबाले हामीलाई श्रीमत दिइरहनुभएको छ। श्रीमत प्रसिद्ध छ।
उच्च भन्दा उच्च भगवानको उच्च भन्दा उच्च मत छ। गायन पनि गरिन्छ– उहाँको गति-मति
बेग्लै छ। शिवबाबाको श्रीमतले हामीलाई के बाट के बनाउँछ! स्वर्गको मालिक। अरू जति
पनि मनुष्य मात्र छन् तिनीहरूले त नर्कको मालिक नै बनाउँछन्। अहिले तिमी सङ्गममा
छौ। यो त निश्चय छ नि। निश्चयबुद्धि नै यहाँ आउँछन् र बुझ्छन्– बाबाले हामीलाई फेरि
सुखधामको मालिक बनाउनुहुन्छ। हामी नै १०० प्रतिशत पवित्र गृहस्थ मार्गका थियौँ। यो
स्मृति आएको छ। ८४ जन्मको पनि हिसाब छ नि। कसले कसले कति जन्म लिन्छन्। जुन धर्म पछि
आउँछन्, तिनीहरूका जन्म पनि कम हुन्छन्।
तिमी बच्चाहरूले अब
यो निश्चय गर्नुछ, हामी ईश्वरीय सन्तान हौँ। हामीलाई श्रेष्ठ मत मिल्छ, सबैलाई
श्रेष्ठ बनाउनका लागि। हाम्रो उही बाबाले नै हामीलाई राजयोग सिकाउनुहुन्छ।
मानिसहरूले सम्झन्छन्– वेद-शास्त्र आदि सबै भगवानसँग मिल्ने मार्ग हुन् र भगवानले
भन्नुहुन्छ– यिनीहरूबाट कोही पनि मसँग मिल्दैनन्। म नै आउँछु त्यसैले त मेरो जयन्ती
पनि मनाउँछन्, तर कहिले र कसको शरीरमा आउँछु, तिमी ब्राह्मणहरू बाहेक यो अरू कसैलाई
थाहा छैन।। अब तिमी बच्चाहरूले सबैलाई सुख दिनुछ। दुनियाँमा सबैले एकअर्कालाई दुःख
दिन्छन्। उनीहरूले यो बुझ्दैनन्– विकारमा जानु दुःख दिनु हो। अहिले तिमीलाई थाहा छ
यो महान् दुःख हो। कुमारी जो पवित्र थिइन् उनलाई अपवित्र बनाउँछन्। नर्कवासी बन्नका
लागि कति सेरिमोनी (समारोह) गर्छन्। यहाँ त यस्तो हङ्गामाको कुनै कुरा नै छैन। तिमी
बडो शान्तिसँग बसेका छौ। सबै खुसी हुन्छन्, सारा विश्वलाई सदा सुखी बनाउँछन्। तिम्रो
मान शिव शक्तिहरूको रूपमा छ। तिम्रो अगाडि लक्ष्मी-नारायणको त केही पनि मान छैन।
शिव शक्तिहरूको नै नाम प्रसिद्ध छ किनकि जसरी बाबाले सर्भिस गर्नुभएको छ, सबैलाई
पवित्र बनाएर सदा सुखी बनाउनुभएको छ, त्यसैगरी तिमी पनि बाबाका मदतगार बनेका छौ,
त्यसैले तिमी शक्तिहरू भारत माताहरूको महिमा छ। यी लक्ष्मी-नारायण त राजा-रानी र
प्रजा सबै स्वर्गवासी हुन्छन्। त्यो ठुलो कुरा हो र! जसरी उनीहरू स्वर्गवासी हुन्
त्यसैगरी यहाँका राजा-रानी सबै नर्कवासी छन्। यस्ता नर्कवासीहरूलाई स्वर्गवासी
तिमीहरूले बनाउँछौ। मानिसहरूले त केही पनि जान्दैनन्। एकदमै तुच्छ बुद्धि छन्। के
के गरिरहन्छन्। कति लडाइँ आदि हुन्छन्। हरेक कुरामा दुःखी नै दुःखी छन्। सत्ययुगमा
हरेक अवस्थामा सुखै सुख हुन्छ। अहिले सबैलाई सुख दिनका लागि नै बाबाले श्रेष्ठ मत
दिनुहुन्छ। गायन पनि गरिन्छ श्रीमत भगवानुवाच। श्रीमत मनुष्य वाच होइन। सत्ययुगमा
देवताहरूलाई मत दिने आवश्यकता नै हुँदैन। यहाँ तिमीलाई श्रीमत मिल्छ। बाबासँगै
तिम्रो पनि शिवशक्तिहरू भनेर गायन गरिन्छ। अहिले फेरि त्यो पार्ट यथार्थमा चलिरहेको
छ। अब बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूले मनसा, वाचा, कर्मणा सबैलाई सुख दिनुछ।
सबैलाई सुखधामको मार्ग बताउनुछ। तिम्रो धन्दा नै यो भयो। शरीर निर्वाहका लागि
पुरुषहरूले धन्दा पनि गर्नुपर्ने हुन्छ। भनिन्छ साँझको समयमा देवताहरू परिक्रमामा
निस्कन्छन्, तर देवताहरू यहाँ कहाँबाट आए। तर यो समयलाई शुद्ध भनिन्छ। यो टाइममा
सबैलाई फुर्सद पनि मिल्छ। तिमी बच्चाहरूले हिँड्दा, डुल्दा, उठ्दा, बस्दा याद
गर्नुछ। बस् कुनै देहधारीको चाकरी गर्नुछैन। बाबाको त गायन छ– द्रौपदीको पाउ
दबाइदिनुभयो। यसको पनि अर्थ बुझ्दैनन्। स्थूलमा पाउ दबाउने कुरा होइन। बाबाको पासमा
वृद्ध माताहरू आदि धेरै आउँछन्, थाहा छ भक्ति गर्दा गर्दा थाकेका छन्। आधाकल्प धेरै
धक्का खाएका छन् नि। त्यसैले यो पाउ दबाउने शब्दलाई लिएका छन्। तर श्रीकृष्णले पाउ
कसरी दबाउनुहुन्छ ! सुहाउँछ ? तिमीले श्रीकृष्णलाई पाउ दबाउन दिन्छौ ? श्रीकृष्णलाई
देख्ने बित्तिकै उनीहरूलाई आकर्षण हुन्छ। उहाँमा त धेरै चमत्कार रहन्छ। श्रीकृष्ण
बच्चाले फेरि मुरली बजाए, कुरा नै मिल्दैन। यहाँ तिमी शिवबाबासँग कसरी मिल्छौ? तिमी
बच्चाहरूले भन्नुपर्छ, शिवबाबालाई याद गरेर फेरि यिनको पासमा आऊ। तिमी बच्चाहरूलाई
त भित्र मनमा खुसी हुनुपर्छ– हामीलाई शिवबाबाले २१ जन्मका लागि सुखी बनाउनुहुन्छ।
यस्ता बाबाको पछाडि त कुर्बान हुनुपर्छ। कुनै बच्चा सपुत छन् भने पितामाथि कुर्बान
जान्छन्। पिताका हरेक कामना पूरा गर्छन्। कोही त यस्ता बच्चा हुन्छन् जसले पिताको
हत्या पनि गराइदिन्छन्। यहाँ त तिमी मोस्ट बिलभेड (अति प्यारो) बन्नुछ। कसैलाई पनि
दुःख दिनुछैन। जो दयालु बच्चाहरू छन् उनीहरूको दिलमा हुन्छ– हामी गाउँ गाउँमा गएर
सर्भिस गरौँ। आजकल बिचराहरू धेरै दुःखी छन्। उनीहरूलाई गएर खुसीको खबर सुनाऊ–
विश्वमा पवित्रता, सुख, शान्तिको दैवी स्वराज्य स्थापना भइरहेको छ, यो त्यही
महाभारत लडाइँ हो। अवश्य त्यस समयमा बाबा पनि हुनुहुन्थ्यो। अहिले पनि बाबा आउनुभएको
छ। तिमीलाई थाहा छ– बाबाले हामीलाई पुरुषोत्तम बनाइरहनुभएको छ। यो हो नै पुरुषोत्तम
सङ्गमयुग। तिमी बच्चाहरूलाई थाहा छ– हामी पुरुषोत्तम कसरी बन्छौँ। तिमीलाई सोध्छन्–
तिम्रो उद्देश्य के हो? भन, मनुष्यबाट देवता बन्नु। देवताहरू त प्रसिद्ध छन्। बाबा
भन्नुहुन्छ– जो देवताहरूका भक्त छन् तिनीहरूलाई सम्झाऊ। भक्ति पनि पहिला सुरुमा
तिमीले शिवको सुरु गर्यौ फेरि देवताहरूको। त्यसैले पहिला सुरुमा शिवबाबाका
भक्तहरूलाई सम्झाउनुछ। भन शिवबाबा भन्नुहुन्छ– मलाई याद गर। शिवको पूजा गर्छन् तर
यो कहाँ बुद्धिमा आउँछ र पतित-पावन बाबा हुनुहुन्छ भनेर। भक्तिमार्गमा हेर त कति
धक्का खान्छन्। शिवलिङ्ग त घरमा पनि राख्न सक्छन्। उहाँको पूजा गर्न सक्छन् फेरि
अमरनाथ, बद्रीनाथ आदि तिर जाने के आवश्यकता छ ! तर भक्तिमार्गमा मानिसहरूले धक्का
अवश्य खानुछ। तिमीलाई त्यसबाट छुटाउनुहुन्छ। तिमी हौ शिवशक्ति, शिवका सन्तान। तिमीले
बाबाबाट शक्ति लिन्छौ। त्यो पनि मिल्छ यादबाट। विकर्म विनाश हुन्छन्। पतित-पावन त
बाबा हुनुहुन्छ नि। यादबाट नै तिमी विकर्माजित पावन बन्छौ। सबैलाई यो मार्ग बताउनुछ।
तिमी अहिले रामको बनेका छौ। रामराज्यमा सुख हुन्छ, रावण राज्यमा दुःख छ। भारतवर्षमा
नै सबैका चित्र छन्, जसको यति धेरै पूजा हुन्छ। धेरैभन्दा धेरै मन्दिर छन्। कोही
हनुमानको पुजारी, कोही कसको! यसलाई भनिन्छ ब्लाइन्डफेथ (अन्धविश्वास)। अहिले
तिमीलाई थाहा छ– हामी पनि ब्लाइन्ड (अन्धा) थियौँ। यिनलाई पनि थाहा थिएन– ब्रह्मा,
विष्णु, शङ्कर को हुन्, के हुन्। जो पूज्य थिए उनै फेरि पुजारी बने। सत्ययुगमा
पूज्य हुन्छन्, यहाँ पुजारी छन्। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। तिमीलाई थाहा
छ– पूज्य सत्ययुगमा नै हुन्छन्। यहाँ पुजारी छन् त्यसैले पूजा नै गर्छन्। तिमी हौ
शिवशक्तिहरू। अहिले तिमी न पुजारी हौ, न पूज्य हौ। बाबालाई नबिर्स। यो साधारण तन हो
नि। यसमा उच्चभन्दा उच्च भगवान आउनुहुन्छ। तिमीले बाबालाई आफ्नो पासमा निमन्त्रणा
दिन्छौ नि। बाबा आउनुहोस्, हामी धेरै पतित बनेका छौँ। पुरानो पतित दुनियाँ, पतित
शरीरमा आएर हामीलाई पावन बनाउनुहोस्। बच्चाहरूले निमन्त्रणा दिन्छन्। यहाँ त कोही
पावन छँदैछैन। अवश्य सबै पतितहरूलाई पावन बनाएर लैजानुहुन्छ नि। त्यसैले सबैले शरीर
छोड्नुपर्छ नि। मानिसहरूले शरीर छोड्दा कति आवाज गर्छन्। तिमी खुसीले जान्छौ। अहिले
तिम्रो आत्माले रेस (दौड) गर्छ– हेरौँ कसले शिवबाबालाई धेरै याद गर्छ। शिवबाबाको
यादमा रहँदारहँदै शरीर छुट्यो भने अहो भाग्य। डुङ्गा नै पार। सबैलाई बाबा
भन्नुहुन्छ– यस्तो पुरुषार्थ गर। संन्यासी पनि कुनै कुनै यस्ता हुन्छन्। ब्रह्ममा
लीन हुनका लागि अभ्यास गर्छन्। फेरि अन्त्यमा यसरी बस्दाबस्दै शरीर छोडिदिन्छन्।
सन्नाटा हुन्छ।
सुखका दिन फेरि
आउनेछन्। यसका लागि नै तिमीले पुरुषार्थ गर्छौ– बाबा हामी हजुरको पासमा जाऔँ।
हजुरलाई नै याद गर्दा गर्दा हाम्रो आत्मा पवित्र भएपछि हजुरले हामीलाई साथैमा
लैजानुहुनेछ। पहिला जब काशी कलवट खाँदा धेरै प्रेमले खान्थे, बस् हामी मुक्त हुनेछौँ।
यस्तो सम्झन्थे। अहिले तिमी बाबालाई याद गर्दागर्दै जान्छौ शान्तिधाम। तिमीले
बाबालाई याद गर्छौ भने यो यादको बलले पाप काटिन्छन्, उनीहरूले सम्झन्छन्– हाम्रो
फेरि पानीले पाप काटिनेछन्। मुक्ति मिल्नेछ। अब बाबा सम्झाउनुहुन्छ– त्यो कुनै
योगबल होइन। पापको सजाय भोग्दै भोग्दै फेरि गएर जन्म लिन्छन्, नयाँ तरिकाले फेरि
पापको खाता सुरु हुन्छ। कर्म, अकर्म, विकर्मको गति बाबा बसेर सम्झाउनुहुन्छ।
रामराज्यमा कर्म अकर्म हुन्छन्, रावण राज्यमा कर्म विकर्म हुन्छन्। त्यहाँ कुनै
विकार आदि हुँदैन।
मीठा-प्यारा फूल
बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई सबै युक्तिहरू, सबै रहस्य सम्झाउनुहुन्छ। मुख्य
कुरा यो हो– बाबालाई याद गर्नु। पतित-पावन बाबा तिम्रो अगाडि बस्नुभएको छ, कति
निर्मान हुनुहुन्छ। कुनै अहङ्कार छैन, एकदम साधारण रूपमा चल्नुहुन्छ। बापदादा
दुवैजना बच्चाहरूका सर्भेन्ट (सेवक) हुनुहुन्छ। तिम्रा दुई सर्वेन्ट हुनुहुन्छ–
उच्चभन्दा उच्च शिवबाबा फेरि प्रजापिता ब्रह्मा। उनीहरूले त्रिमूर्ति ब्रह्मा
भनिदिन्छन्। अर्थ कहाँ जान्दछन् र! त्रिमूर्ति ब्रह्माले के गर्नुहुन्छ, केही पनि
थाहा छैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदैव यो निश्चय रहोस्– हामी ईश्वरीय सन्तान हौँ, हामी श्रेष्ठ मतमा चल्नुछ।
कसैलाई पनि दुःख दिनुछैन। सबैलाई सुखको मार्ग बताउनुछ।
२) सपुत बच्चा बनेर
बाबामा कुर्बान हुनुछ, बाबाको हरेक कामना पूरा गर्नुछ। जसरी बापदादा निर्मान र
निरहङ्कारी हुनुहुन्छ, त्यसैगरी बाबा समान बन्नुछ।
वरदान:–
स्व-उन्नतिद्वारा सेवामा उन्नति गर्ने सच्चा सेवाधारी भव
स्व-उन्नति सेवाको
उन्नतिका लागि विशेष आधार हो। स्व-उन्नति कम छ भने सेवा पनि कम हुन्छ। केवल कसैलाई
मुखले परिचय दिनु नै सेवा होइन तर हरेक कर्मद्वारा श्रेष्ठ कर्मको प्रेरणा दिनु, यो
पनि सेवा हो। जो मनसा-वाचा-कर्मणा सदैव सेवामा तत्पर रहन्छन् उनीहरूलाई सेवाद्वारा
श्रेष्ठ भाग्यको अनुभव हुन्छ। जति सेवा गर्छन् त्यति स्वयं पनि अगाडि बढ्छन्। आफ्नो
श्रेष्ठ कर्मद्वारा सेवा गर्नेहरूले सदैव प्रत्यक्ष फल प्राप्त गरिहन्छन्।
स्लोगन:–
समीप आउनका
लागि सोच्नु-बोल्नु र गर्नु समान बनाऊ।