10.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
जसले तिमीलाई हीरा समान बनाउनुहुन्छ , उहाँमा कहिल्यै पनि संशय आउनुहुँदैन ,
संशयबुद्धि बन्नु अर्थात् आफ्नो नोक्सान पा र्नु।”
प्रश्न:–
मनुष्यबाट
देवता बन्ने पढाइमा पास हुने मुख्य आधार के हो?
उत्तर:–
निश्चय।
निश्चयबुद्धि बन्ने साहस चाहिन्छ। मायाले यस साहसलाई तोड्छ। संशयबुद्धि बनाइदिन्छ।
यस ज्ञानमा चल्दा-चल्दै यदि पढाइमा वा पढाउनेवाला सुप्रीम टिचरमा संशय आयो भने आफ्नो
र अरूको धेरै नोक्सान पार्छौ।
गीत:–
तू प्यार का
सागर है...
ओम् शान्ति ।
रुहानी
बच्चाहरूप्रति शिवबाबाले सम्झाइरहनुभएको छ, तिमी बच्चाहरूले बाबाको महिमा गर्छौ–
हजुर प्यारको सागर हुनुहुन्छ। उहाँलाई ज्ञानको सागर पनि भनिन्छ। ज्ञानको सागर एक
हुनुहुन्छ भने बाँकीलाई भनिन्छ अज्ञान किनकि ज्ञान र अज्ञानको खेल हो। ज्ञान छ नै
परमपिता परमात्मासँग मात्र। यस ज्ञानबाट नयाँ दुनियाँ स्थापना हुन्छ। यस्तो होइन कि
कुनै नयाँ दुनियाँ बनाउनुहुन्छ। दुनियाँ त अविनाशी छ, त्यो सदा छँदै छ। केवल पुरानो
दुनियाँलाई परिवर्तन गरेर नयाँ बनाउनुहुन्छ। यस्तो होइन, प्रलय हुन्छ। सारा दुनियाँ
कहिल्यै विनाश हुँदैन। पुरानो छ, त्यो परिवर्तन भएर नयाँ बनिरहेको छ। बाबाले
सम्झाउनुभएको छ– यो पुरानो घर हो, जसमा तिमी बसेका छौ। तिमीलाई थाहा छ– हामी नयाँ
घरमा जान्छौँ। जस्तै पुरानो दिल्ली छ। अब पुरानो दिल्ली मेटिनेछ, त्यसको सट्टामा अब
नयाँ बन्नेछ। अब नयाँ कसरी बन्छ? पहिला त त्यसमा बस्ने लायक हुनुपर्छ। नयाँ
दुनियाँमा त हुन्छन् सर्वगुण सम्पन्न...। तिमी बच्चाहरूको यो लक्ष उद्देश्य पनि हो।
पाठशालामा लक्ष उद्देश्य त हुन्छ नि। पढ्नेहरूलाई थाहा हुन्छ– म सर्जन बन्छु,
ब्यारिस्टर बन्छु...। यहाँ तिमीलाई थाहा छ– हामी आएका छौँ– मनुष्यबाट देवता बन्न।
पाठशालामा लक्ष उद्देश्यबिना त कोही बस्न सक्दैनन्। तर यो यस्तो आश्चर्यजनक पाठशाला
हो, जहाँ लक्ष उद्देश्य बुझ्दाबुझ्दै, पढ्दापढ्दै फेरि पनि पढाइ छोडिदिन्छन्।
सम्झन्छन्– यो गलत पढाइ हो। यो लक्ष उद्देश्य होइन, यस्तो कहिल्यै हुन सक्दैन।
पढाउनेवालामा पनि संशय आउँछ। त्यो पढाइमा त पढ्न सकेनन् अथवा पैसा छैन, हिम्मत छैन
भने पढ्न छोडिदिन्छन्। यस्तो त भन्दैनन्, ब्यारिस्टरीको नलेज नै गलत हो, पढाउनेवाला
गलत हो। यहाँ त मानिसहरूको आश्चर्यजनक बुद्धि छ। पढाइमा संशय भयो भने भनिदिन्छन्–
यो पढाइ गलत हो। भगवानले पढाउनु नै हुन्न, बादसाही आदि केही मिल्दैन... यी सबै गफ
हुन्। यस्ता धेरै बच्चाहरूले पनि पढ्दापढ्दै फेरि छोडिदिन्छन्। सबैले सोध्छन्–
तिमीले त भन्थ्यौ, हामीलाई भगवानले पढाउनुहुन्छ, जसबाट मनुष्य देवता बन्छन्, फेरि
यो के भयो? होइन, होइन, ती सबै गफ थिए। भन्छन्– यो लक्ष उद्देश्य हामीलाई बुद्धिमा
आउँदैन। कयौँ छन् जसले निश्चयले पढ्थे, संशय आएपछि पढाइ छोडिदिए। निश्चय कसरी भयो,
फेरि संशयबुद्धि कसले बनायो? तिमीले भन्छौ– यिनीहरूले पढेका भए धेरै उच्च पद पाउन
सक्थे। धेरैले पढिरहन्छन्। ब्यारिस्टरी पढ्दापढ्दै आधैमा छोडिदिन्छन्, अरू त पढेर
ब्यारिस्टर बन्छन्। कोही पढेर पास हुन्छन्, कोही फेल हुन्छन्। फेरि केही न केही सानो
पद पाउँछन्। यो त ठुलो परीक्षा हो। यसमा धेरै साहस चाहिन्छ। एउटा त निश्चयबुद्धिको
साहस चाहिन्छ। माया यस्तो छ– अहिले भर्खरै निश्चय, अहिले भर्खरै संशय बुद्धि
बनाइदिन्छ। पढ्नको लागि धेरै आउँछन् तर कोही मन्द बुद्धि हुन्छन्, नम्बरवार पास
हुन्छन् नि। अखबारमा पनि लिस्ट निस्कन्छ। यो पनि यस्तै हो, आउँछन् धेरै पढ्नको लागि।
कोही राम्रो बुद्धिवान हुन्छन्, कोही मन्द बुद्धिका हुन्छन्। मन्द बुद्धि हुँदाहुँदै
फेरि केही न केही संशयमा आएर छोडेर जान्छन्। फेरि अरूको पनि नोक्सान पारिदिन्छन्।
संशयबुद्धि विनश्यन्ती भनिन्छ। उनीहरूले उच्च पद पाउन सक्दैनन्। निश्चय पनि छ तर
पूरा पढ्दैनन् भने कहाँ पास हुन्छन् र, किनकि बुद्धि कुनै कामको हुँदैन। धारणा
हुँदैन। हामी आत्मा हौँ, यो बिर्सन्छन्। बाबा भन्नुहुन्छ– म तिमी आत्माहरूको परमपिता
हुँ। तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुभएको छ। कसैलाई धेरै विघ्न परे भने
उनीहरूलाई संशय आउँछ, भनिदिन्छन्– हामीलाई फलानी ब्राह्मणीबाट निश्चय हुँदैन। अरे,
ब्राह्मणी जस्तोसुकै हुन्, तिमीले पढ्नु त पर्छ नि। टिचरले राम्रो पढाउँदैनन् भने
सोच्छन्– यिनलाई पढाउनबाट छुटाऔँ। तर तिमीले त पढ्नुछ नि। यो पढाइ हो बाबाको।
पढाउनेवाला उहाँ सुप्रीम टिचर हुनुहुन्छ। ब्राह्मणीले पनि उहाँकै नलेज सुनाउँछिन्
भने अटेन्सन पढाइमा हुनुपर्छ नि। पढाइबिना परीक्षा पास गर्न सक्दैनौ। तर बाबाबाट
निश्चय नै टुट्यो भने फेरि पढाइ छोडिदिन्छन्। पढ्दापढ्दै टिचरमा संशय आउँछ, यिनबाट
यो पद मिल्छ वा मिल्दैन, अनि फेरि छोडिदिन्छन्। अरूलाई पनि बिगारिदिन्छन्, ग्लानि
गर्नाले झन् नोक्सान पारिदिन्छन्। धेरै घाटा पर्छ। बाबा भन्नुहुन्छ, यहाँ यदि कसैले
पाप गरे भने उनीहरूलाई सय गुणा दण्ड हुन्छ। एक निमित्त बन्छ, धेरैलाई बिगार्न।
त्यसैले जो केही पुण्य आत्मा बने, फेरि पाप आत्मा बन्छन्। पुण्य आत्मा बन्छन् नै यस
पढाइबाट र पुण्य आत्मा बनाउने एउटै बाबा हुनुहुन्छ। कसैले पढ्न सकेनन् भने अवश्य
कुनै कमजोरी छ। बस्, भनिदिन्छन्– जे भाग्यमा होला, हामीले के गरौँ। मानौँ हर्टफेल
हुन्छ। त्यसैले जो यहाँ आएर मरजीवा बन्छन्, उनीहरू फेरि रावण राज्यमा गएर मरजीवा
बन्छन्। हीरासमान जीवन बनाउन सक्दैनन्। मानिसहरू हर्टफेल भएर मरे भने गएर अर्को
जन्म लिन्छन्। यहाँ हर्टफेल भएर मरे भने भने आसुरी सम्प्रदायमा जान्छन्। यो हो
मरजीवा जन्म। नयाँ दुनियाँमा जानको लागि बाबाका बन्छन्। आत्माहरू जान्छन् नि। हामी
आत्माले यो शरीरको भान छोडिदियौँ भने बुझिन्छ– यिनीहरू देहीअभिमानी हुन्। हामी
भिन्नै चीज हौँ, शरीर भिन्नै चीज हो। एउटा शरीर छोडेर अर्को लिन्छौँ भने अवश्य अलग
चीज भयो नि, तिमीले बुझेका छौ– हामी आत्माहरूले श्रीमतमा यस भारतवर्षमा स्वर्गको
स्थापना गरिरहेका छौँ। यो मनुष्यलाई देवता बनाउने कला सिक्नुपर्छ। यो पनि
बच्चाहरूलाई सम्झाइएको छ, सतसङ्ग कुनै पनि छैन। सत्य त एक परमात्मालाई मात्र भनिन्छ।
उहाँको नाम हो शिव, उहाँले नै सत्ययुगको स्थापना गर्नुहुन्छ। कलियुगको अवधि अवश्य
पूरा हुनुछ। सारा दुनियाँको चक्र कसरी घुम्छ, यो गोलाको चित्रमा स्पष्ट छ। देवता
बन्नको लागि सङ्गमयुगमा बाबाका बन्छन्। बाबालाई छोड्यौ भने फेरि कलियुगमा जान्छौ।
ब्राह्मणपनमा संशय आयो भने गएर शूद्र घराना पुग्छौ। फेरि देवता बन्न सक्दैनौ।
बाबाले यो पनि
सम्झाउनुहुन्छ– कसरी अहिले स्वर्गको स्थापनाको जग बसिरहेको छ। शिलान्यास समारोह (फाउन्डेसनको
सेरेमोनी), फेरि उद्घाटन (ओपनिङ) को पनि समारोह हुन्छ। यहाँ त छ गुप्त। तिमीलाई थाहा
छ– हामी स्वर्गको लागि तयार भइरहेका छौँ। फेरि नर्कको नाम हुँदैन। अन्त्यसम्म जहाँ
जिउनुछ, पढ्नुछ अवश्य। पतित-पावन एकै बाबा हुनुहुन्छ, जसले पावन बनाउनुहुन्छ।
अहिले तिमी बच्चाहरूले
बुझेका छौ– यो हो सङ्गमयुग, यतिबेला बाबा पावन बनाउन आउनुहुन्छ। लेख्नु पनि छ–
पुरुषोत्तम सङ्गमयुगमा मनुष्य नरबाट नारायण बन्छन्। यो पनि लेखिएको छ– यो तिम्रो
ईश्वरीय जन्मसिद्ध अधिकार हो। बाबाले अहिले तिमीलाई दिव्य दृष्टि दिनुहुन्छ। आत्माले
जान्दछ– हाम्रो ८४ को चक्र अब पूरा भएको छ। बाबा बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ।
आत्माले पढ्छ, हुन त घरी घरी देह अभिमान आउँछ किनकि आधाकल्पको देह अभिमान छ नि।
त्यसैले देहीअभिमानी बन्नमा समय लाग्छ। बाबा बस्नुभएको छ, समय मिलेको छ। ब्रह्माको
आयु १०० वर्ष भनिन्छ। मानौँ ब्रह्मा गए भने पनि, यस्तो त होइन स्थापना हुँदैन। तिमी
सेना त बसेका छौ नि। बाबाले मन्त्र दिनुभएको छ, पढ्नुछ। सृष्टिको चक्र कसरी घुम्छ,
यो पनि बुद्धिमा छ। यादको यात्रामा रहनुछ। यादले नै विकर्म विनाश हुन्छन्।
भक्तिमार्गमा सबैभन्दा धेरै विकर्म भएका छन्। पुरानो दुनियाँ र नयाँ दुनियाँ दुवैका
गोला तिम्रो अगाडि छन्। त्यसैले तिमीले लेख्न सक्छौ– पुरानो दुनियाँ रावण राज्य
मुर्दाबाद, नयाँ दुनियाँ ज्ञानमार्ग रामराज्य जिन्दाबाद। जो पूज्य थिए, उनीहरू नै
पुजारी बनेका छन्। श्रीकृष्ण पनि पूज्य गोरो हुनुहुन्थ्यो, फेरि रावण राज्यमा पुजारी
कालो बन्नुहुन्छ। यो सम्झाउन त सहज छ। पहिला सुरुमा पूजा सुरु भएपछि ठुला ठुला
हीराका लिङ्ग बनाउँछन्, ती धेरै नै मूल्यवान हुन्छन् किनकि बाबाले यति धनवान
बनाउनुभएको छ नि। उहाँ आफै हीरा हुनुहुन्छ, त्यसैले आत्माहरूलाई पनि हीरासमान
बनाउनुहुन्छ, त्यसैले त उहाँलाई हीरा बनाएर राख्नुपर्छ नि। हीरा सदैव बीचमा राख्छन्।
पुखराज आदिसँग त त्यसको मूल्यको तुलना हुँदैन, त्यसैले हीरालाई बीचमा राखिन्छ।
यिनद्वारा विजय मालाका ८ रत्नका दाना बन्छन्, सबैभन्दा ज्यादा मूल्य हुन्छ हीराको।
बाँकी त नम्बरवार बन्छन्। बनाउनुहुन्छ शिवबाबाले, यी सबै कुरा बाबाबाहेक अरू कसैले
सम्झाउन सक्दैन। पढ्दापढ्दै आश्चर्यवत् बाबा बाबा भन्छन्, फेरि गइहाल्छन्।
शिवबाबालाई बाबा भन्छन्, त्यसैले उहाँलाई कहिल्यै छोड्नुहुँदैन। फेरि भनिन्छ तकदिर।
कसैको तकदिरमा धेरै छैन भने फेरि कर्म नै यस्तो गर्छन्, त्यसैले सय गुणा दण्ड हुन्छ।
पुण्य आत्मा बन्नको लागि पुरुषार्थ गरेर फेरि पाप गरेमा सय गुणा पाप हुन्छ, फेरि
बाउन्ने हुन्छन्, बढ्नै सक्दैनन्। सय गुणा दण्ड थपिनाले अवस्था राम्रो बनाउन
सकिँदैन। बाबा जसबाट तिमी हीरासमान बन्छौ, उहाँमा संशय किन आउनुपर्यो। कुनै पनि
कारणले बाबालाई छोड्यौ भने अभागी भनिन्छ। जहाँसुकै रहे पनि बाबालाई याद गर्नुछ, अनि
सजायबाट छुट्छौ। यहाँ तिमी आउँछौ नै पतितबाट पावन बन्न। विगतमा पनि कुनै त्यस्तै
कर्म गरेका रहेछौ भने शरीरको पनि कति कर्म भोगना चल्छ। अहिले तिमी त आधाकल्पको लागि
यसबाट छुट्छौ। आफूलाई हेर्नुछ– हामीले कहाँसम्म आफ्नो उन्नति गर्छौँ, अरूको सेवा
गर्छौँ? लक्ष्मी-नारायणको चित्रमाथि पनि लेख्न सक्छौ, यो हो विश्वमा शान्तिको राज्य
भाग्य, जुन अहिले स्थापना भइरहेको छ। यो हो लक्ष उद्देश्य। त्यहाँ १०० प्रतिशत
पवित्रता, सुख-शान्ति हुन्छ। यिनको राज्यमा अर्को कुनै धर्म हुँदैन। त्यसैले अहिले
जुन यति धेरै धर्म छन्, तिनको अवश्य विनाश हुन्छ नि। सम्झाउन विशाल बुद्धि चाहिन्छ।
नत्र आफ्नो अवस्था अनुसार नै सम्झाउँछन्। चित्रहरूको अगाडि बसेर सङ्कल्प चलाउनुपर्छ।
ज्ञानको व्याख्या त मिलेको छ। बुझ्छन् भने सम्झाउनुछ, त्यसैले बाबाले म्युजियम
खुलाइरहनुहुन्छ। स्वर्गको द्वार (गेट वे टु हेभन), यो नाम पनि राम्रो छ। त्यो हो
दिल्ली गेट, इन्डिया गेट। यो फेरि हो स्वर्गको गेट। तिमी अहिले स्वर्गको गेट
खोलिरहेका छौ। भक्तिमार्गमा यसरी अन्योलमा फस्छन्, जसरी भुलभुलैयामा फस्छन्। मार्ग
कसैले पाउँदैनन्। सबै भित्र फस्छन्– मायाको राज्यमा। फेरि बाबा आएर निकाल्नुहुन्छ।
कसैलाई निस्कने मन हुँदैन भने बाबाले पनि के गर्नुहुन्छ, त्यसैले बाबा भन्नुहुन्छ–
महान् अभागी पनि यहीँ हेर, जसले पढाइलाई छोडिदिन्छन्। संशय बुद्धि बनेर
जन्मजन्मान्तरको लागि आफ्नै हत्या गर्छन्। तकदिर बिग्रियो भने फेरि यस्तो हुन्छ।
ग्रहचारी बस्नाले गोरो बन्नुको सट्टा कालो बन्छन्। गुप्त आत्माले पढ्छ, आत्माले नै
शरीरबाट सबै कुरा गर्छ, आत्माले शरीरबिना त केही गर्न सक्दैन। आत्मा सम्झनमा नै
मेहनत हुन्छ। आत्मा निश्चय गर्न सकेनन् भने फेरि देह अभिमानमा आउँछन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सुप्रीम टिचरको पढाइले हामीलाई नरबाट नारायण बनाउँछ, यही निश्चयले अटेन्सन दिएर
पढाइ पढ्नुछ। पढाउने टिचरलाई हेर्नुछैन।
२) देहीअभिमानी बन्ने
पुरुषार्थ गर्नुछ, मरजीवा बनेका छौँ भने यस शरीरको भानलाई छोडिदिनुछ। पुण्य आत्मा
बन्नुछ, कुनै पनि पाप कर्म गर्नुछैन।
वरदान:–
स्वदर्शनचक्रको
स्मृतिले सदा सम्पन्न स्थितिको अनुभव गर्ने मालामाल भव
जो सदा स्वदर्शन
चक्रधारी छन्, उनीहरू मायाका अनेक प्रकारका चक्रहरूबाट मुक्त रहन्छन्। एउटा
स्वदर्शन चक्रले अनेक व्यर्थ चक्रहरूलाई खतम गर्छ, मायालाई भगाउँछ। उनीहरूको अगाडि
माया टिक्न सक्दैन। स्वदर्शन चक्रधारी बच्चाहरू सदा सम्पन्न हुने भएकाले अचल रहन्छन्।
स्वयंलाई मालामाल अनुभव गर्छन्। मायाले रित्याउने कोसिस गर्छ तर उनीहरू सदा खबरदार,
सुजाग, जाग्दो ज्योति हुन्छन्, त्यसैले मायाले केही पनि गर्न सक्दैन। जसको पासमा
अटेन्सन रूपी चौकीदार जागृत हुन्छ, उही सदा सेफ हुन्छ।
स्लोगन:–
तिम्रा वचन
यस्ता समर्थ हुन्, जसमा शुभ वा श्रेष्ठभावना समाहित भएको होस्।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ
पावरफुल यादको लागि
सच्चा दिलको प्यार चाहिन्छ। सच्चा दिल भएकाले सेकेन्डमा बिन्दु बनेर बिन्दुस्वरूप
बाबालाई याद गर्न सक्छन्। सच्चा दिल भएकाले सच्चा साहेबलाई राजी गर्ने भएकाले,
बाबाको विशेष आशीर्वाद प्राप्त गर्छन्, जसबाट सहजै एक सङ्कल्पमा स्थित भएर
ज्वालारूपको यादको अनुभव गर्न सक्छन्, पावरफुल भाइब्रेसन फैलाउन सक्छन्।