10.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमीलाई
एक बाबाबाट एक मत मिल्छ , जसलाई अद्वैत मत भनिन्छ , यसै अद्वैत मतबाट तिमी देवता
बन्नुछ ।”
प्रश्न:–
मानिसहरूले यस
भुलभुलैयाको खेलमा सबैभन्दा मुख्य कुरा कुनचाहिँ बिर्सिएका छन्?
उत्तर:–
हाम्रो घर कहाँ
हो, यस खेलमा आएर त्यसको मार्ग नै बिर्सिएका छन्। थाहा नै छैन– घर कहिले जानुछ र
कसरी जानुछ। अहिले बाबा आउनुभएको छ तिमी सबैलाई साथै लैजान। तिम्रो अहिलेको
पुरुषार्थ हो– वाणीबाट पर स्वीट होममा जाने।
गीत:–
रात के राही
थक मत जाना...
ओम् शान्ति ।
गीतको अर्थ अरू
कसैले बुझ्न सक्दैन, ड्रामा योजना अनुसार। कुनै कुनै गीत यस्ता बनेका छन्, जसले
तिमीलाई मद्दत गर्छन्। बच्चाहरूले बुझेका छौ– अहिले हामी नै देवी-देवता बनिरहेका
छौँ। जसरी त्यो पढाइ पढ्नेहरूले भन्छन्– हामी नै डाक्टर, ब्यारिस्टर बनिरहेका छौँ।
तिम्रो बुद्धिमा छ– हामी नै देवता बनिरहेका छौँ– नयाँ दुनियाँको लागि। यो केवल
तिमीलाई नै ख्याल आउँछ। अमरलोक, नयाँ दुनियाँ सत्ययुगलाई नै भनिन्छ। अहिले त न
सत्ययुग छ, न देवताहरूको राज्य छ। त्यो अमरलोक यहाँ त हुन सक्दैन। तिमीलाई थाहा छ–
यो चक्र घुमेर अहिले हामी कलियुगको पनि अन्त्यमा आइपुगेका छौँ। अरू कसैको पनि
बुद्धिमा यो चक्र आउँदैन। उनीहरूले त सत्ययुगको अवधि लाखौँ वर्ष भनिदिन्छन्। तिमी
बच्चाहरूलाई यो निश्चय छ– अवश्य यो ५ हजार वर्षपछि चक्र घुमिरहन्छ। मानिसहरूले ८४
जन्म नै लिन्छन्, हिसाब छ नि। यस देवी-देवता धर्मलाई अद्वैत धर्म पनि भनिन्छ।
अद्वैत शास्त्र पनि मानिन्छ। त्यो पनि एउटै छ, बाँकी त अनेक धर्म छन्, शास्त्र पनि
अनेक छन्। तिमी हौ एक। एकद्वारा एक मत मिल्छ। त्यसलाई अद्वैत मत भनिन्छ। यो अद्वैत
मत तिमीलाई मिल्छ। यो पढाइ हो देवी-देवता बन्नको लागि नै त्यसैले बाबालाई ज्ञान
सागर, नलेजफुल भनिन्छ। बच्चाहरूले बुझेका छौ– हामीलाई भगवानले पढाउनुहुन्छ, नयाँ
दुनियाँको लागि। यो भुल्नुहुँदैन। विद्यालयमा विद्यार्थीले कहिल्यै शिक्षकलाई
बिर्सिन्छन् र? बिर्सिँदैनन्। गृहस्थ व्यवहारमा रहनेहरूले पनि ठुलो पोजिसन पाउनको
लागि पढ्छन्। तिमीले पनि गृहस्थ व्यवहारमा रहेरै पढ्छौ, आफ्नो उन्नति गर्नको लागि।
दिलमा यो आउनुपर्छ– हामीले बेहदका बाबासँग पढिरहेका छौँ। शिवबाबा पनि बाबा
हुनुहुन्छ, प्रजापिता ब्रह्मा पनि बाबा हुन्। प्रजापिता ब्रह्माको आदि देव नाम
प्रसिद्ध छन्। केवल विगतको कुरा हो। जस्तै गान्धीजीको कुरा पनि विगतको कुरा हो।
उनलाई बापू जी भन्छन् तर बुझ्दैनन्, त्यत्तिकै भनिदिन्छन्। यहाँ शिवबाबा सच्चा सच्चा
हुनुहुन्छ, ब्रह्माबाबा पनि सच्चा सच्चा हुन्, लौकिक पिता पनि सच्चा सच्चा हुन्छन्।
बाँकी मेयर आदिलाई त त्यत्तिकै बापू भनिदिन्छन्। ती सबै बनावटी हुन्। यिनी रियल हुन्।
परमात्मा बाबा आएर आत्माहरूलाई प्रजापिता ब्रह्माद्वारा आफ्नो बनाउनुहुन्छ। उहाँका
त अवश्य धेरै बच्चाहरू हुन्छन्। शिवबाबाका त सबै सन्तान हुन्, उहाँलाई सबैले याद
गर्छन्। फेरि पनि कोही कोहीले उहाँलाई पनि मान्दैनन्, पक्का नास्तिक हुन्छन्– जसले
भन्छन् यो सङ्कल्पको दुनियाँ बनेको छ। अहिले तिमीलाई बाबाले सम्झाउनुहुन्छ, यो
बुद्धिमा याद राख– हामीले पढिरहेका छौँ। पढाउनेवाला शिवबाबा हुनुहुन्छ। यो रातदिन
याद रहनुपर्छ। यही मायाले घरी घरी भुलाउँछ, त्यसैले याद गर्नुछ। बाबा, टिचर, गुरु
तीनैजनालाई बिर्सिन्छन्। हुनुहुन्छ पनि एउटै फेरि पनि बिर्सिन्छन्। रावणसँग यसैमा
लडाइँ हुन्छ। बाबा भन्नुहुन्छ– हे आत्माहरू! तिमी सतोप्रधान थियौ, अहिले तमोप्रधान
बनेका छौ। शान्तिधाममा हुँदा पवित्र थियौ। पवित्रता बिना कुनै आत्मा माथि जान बस्न
सक्दैन त्यसैले सबै आत्माहरूले पतित-पावन बाबालाई बोलाइरहन्छन्। सबै पतित तमोप्रधान
बनिसकेपछि मात्र बाबा आएर भन्नुहुन्छ– मैले तिमीलाई सतोप्रधान बनाउँछु। तिमी
शान्तिधाममा हुँदा त्यहाँ सबै पवित्र थिए। त्यहाँ कुनै अपवित्र आत्मा रहन सक्दैन।
सबैले सजाय भोगेर पनि पवित्र अवश्य बन्नुछ। पवित्र नबनी कोही फर्केर जान सक्दैन।
हुन त कसैकसैले भनिदिन्छन्– ब्रह्ममा लीन भयो, फलाना ज्योति ज्योतिमा समाहित भयो।
यी सबै भक्तिमार्गका अनेक मत हुन्। तिम्रो यो अद्वैत मत हो। मनुष्यबाट देवता त एक
बाबाले मात्रै बनाउन सक्नुहुन्छ। कल्प कल्प बाबा आउनुहुन्छ पढाउन। उहाँको कार्य
हुबहु कल्प पहिला अनुसार नै चल्छ। यो अनादि बनिबनाउ ड्रामा हो नि। सृष्टि चक्र
घुमिरहन्छ। सत्ययुग, त्रेता, द्वापर, कलियुग फेरि यो सङ्गमयुग हुन्छ। मुख्य धर्म पनि
यी हुन्– देवीदेवता धर्म, इस्लाम धर्म, बुद्ध धर्म, क्रिश्चियन धर्म अर्थात् जसमा
राज्य चल्छ। ब्राह्मणहरूको राज्य हुँदैन, न कौरवहरूको राज्य हुन्छ। अहिले तिमी
बच्चाहरूले घरी घरी याद गर्नुछ– बेहदका बाबालाई। तिमीले ब्राह्मणहरूलाई पनि सम्झाउन
सक्छौ। बाबाले धेरैपटक सम्झाउनुभएको छ– सबैभन्दा पहिला ब्राह्मण टुपी हुन्,
ब्रह्माको वंशावली सबैभन्दा पहिला तिमी हौ। यो तिमीलाई थाहा छ– फेरि भक्तिमार्गमा
हामी नै पूज्यबाट पुजारी बन्छौँ। फेरि अहिले हामी पूज्य बनिरहेका छौँ। ती ब्राह्मण
गृहस्थी हुन्छन्, संन्यासी होइनन्। संन्यासी हठयोगी हुन्, घरबार छोड्नु हठ हो नि।
हठयोगीले पनि अनेक प्रकारका योग सिकाउँछन्। जयपुरमा हठयोगीहरूको पनि सङ्ग्रहालय छ।
त्यहाँ राजयोगका चित्र छैनन्। राजयोगका चित्र यहीँ देलवाडामा छन्। यिनीहरूको
सङ्ग्रहालय त छैन। हठयोगका कति सङ्ग्रहालय छन्। राजयोगको मन्दिर यहाँ भारतवर्षमा नै
छ। यो चैतन्य हो। तिमी यहाँ चैतन्यमा बसेका छौ। मानिसहरूलाई केही पनि थाहा छैन–
स्वर्ग कहाँ छ। देलवाडा मन्दिरमा तल तपस्यामा बसेका छन्, त्यहाँ पूरा यादगार छ।
अवश्य स्वर्ग माथि नै देखाउनुपर्छ। मानिसहरूले फेरि बुझिहाल्छन्– स्वर्ग माथि छ। यो
चक्र त घुमिरहन्छ। आधाकल्पपछि फेरि स्वर्ग तल जान्छ फेरि आधाकल्प स्वर्ग माथि आउँछ।
यसको अवधि कति छ, कसैले जान्दैनन्। तिमीलाई बाबाले सारा चक्रको विषयमा सम्झाउनुभएको
छ। तिमी ज्ञान लिएर माथि जान्छौ, चक्र पूरा हुन्छ फेरि नयाँ सिराबाट चक्र सुरु
हुन्छ। यो बुद्धिमा चल्नुपर्छ। जसरी उनीहरूले पढ्दा बुद्धिमा किताब आदि सबै याद
हुन्छन् नि। यो पनि पढाइ हो। यसमा भरपुर रहनुपर्छ, भुल्नुहुँदैन। यो पढाइ पढ्ने हक
वृद्ध, जवान, बच्चा आदि सबैलाई छ। केवल अल्फलाई जान्नुछ। अल्फलाई जान्यौ भने बाबाको
खजाना पनि बुद्धिमा आउनेछ। जनावरका पनि बच्चा आदि सबै बुद्धिमा रहन्छन्। जङ्गलमा
जाँदा पनि घर र बच्चाहरू याद आइरहन्छन्। आफै खोजेर आउँछन्। अब बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! म एकलाई याद गर र आफ्नो घरलाई याद गर, जहाँबाट तिमी आएका हौ पार्ट
खेल्न। आत्मालाई घर धेरै प्यारो लाग्छ। कति याद गर्छन् तर बाटो बिर्सिएका छन्।
तिम्रो बुद्धिमा छ, हामी धेरै टाढा रहन्छौँ। तर त्यहाँ जान कसरी सकिन्छ, किन हामी
जान सक्दैनौँ, यो केही पनि थाहा छैन, त्यसैले बाबाले बताउनुभएको थियो– भुलभुलैयाको
खेल पनि बनाउँछन्, जहाँबाट गए पनि ढोका बन्द। अहिले तिमीलाई थाहा छ– यस लडाइँपछि
स्वर्गको ढोका खुल्छ। यस मृत्युलोकबाट सबै जानेछन्, यति सबै मानिसहरू नम्बरवार धर्म
अनुसार र पार्ट अनुसार गएर रहनेछन्। तिम्रो बुद्धिमा यी सबै कुरा छन्। मानिसहरूले
ब्रह्म तत्त्वमा जानको लागि कति मेहनत गर्छन्। वाणीभन्दा पर जानुछ। आत्मा शरीरबाट
निस्कन्छ भने फेरि आवाज हुँदैन। बच्चाहरूलाई थाहा छ– हाम्रो त त्यो स्वीट होम हो।
फेरि देवताहरूको स्वीट राजधानी, अद्वैत राजधानी हुन्छ।
बाबा आएर राजयोग
सिकाउनुहुन्छ। सारा ज्ञान सम्झाउनुहुन्छ, जसको फेरि भक्तिमा शास्त्र आदि बसेर बनाएका
छन्, अहिले तिमीले ती शास्त्र आदि पढ्नुछैन। ती स्कुलहरूमा वृद्ध वृद्धाहरूले
पढ्दैनन्। यहाँ त सबैले पढ्छन्। तिमी बच्चाहरू अमरलोकमा देवता बन्छौ, त्यहाँ कुनै
यस्ता शब्द बोलिँदैनन्, जसबाट कसैको ग्लानि हुन्छ। अहिले तिमीलाई थाहा छ– स्वर्ग
पहिला थियो, त्यसको महिमा छ। कति मन्दिर बनाउँछन्। उनीहरूलाई सोध– यी
लक्ष्मी-नारायण कहिले आएर गए? केही पनि थाहा छैन। अहिले तिमीलाई थाहा छ– हामीहरू
आफ्नो घर जानुछ। बच्चाहरूलाई सम्झाइएको छ– ओम् को अर्थ अलग छ र सो हम को अर्थ अलग
छ। उनीहरूले फेरि ओम्, सो हम सो को अर्थ एउटै बनाइदिएका छन्। तिमी आत्मा शान्तिधाम
निवासी हौ फेरि आउँछौ पार्ट खेल्न। देवता, क्षत्रिय, वैश्य, शूद्र बन्छौ। ओम्
अर्थात् हामी आत्मा। कति फरक छ। उनीहरूले फेरि दुवैलाई एउटै बनाइदिन्छन्। यो
बुद्धिले बुझ्ने कुरा हो। कसैले पूरा रीतिले बुझेनन् भने फेरि झुलिरहन्छन्। कमाइमा
कहिल्यै उङ्दैनन्। त्यो कमाइ त अल्पकालको लागि हो। यो त आधाकल्पको लागि हो। तर
बुद्धि अर्कोतर्फ भट्किन्छ अनि फेरि थाक्छन्। हाइ काढिरहन्छन्। तिमी आँखा बन्द गरेर
बस्नुहुँदैन। तिमीलाई त थाहा छ– आत्मा अविनाशी छ, शरीर विनाशी छ। कलियुगी नर्कवासी
मानिसहरूलाई हेराइ र तिम्रो हेराइमा पनि रातदिनको फरक हुन्छ। हामी आत्माले बाबासँग
पढ्छौँ। यो कसैलाई थाहा छैन। ज्ञान सागर परमपिता परमात्मा आएर पढाउनुहुन्छ। हामी
आत्माले सुनिरहेका छौँ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नाले विकर्म विनाश
हुन्छन्। तिम्रो बुद्धि माथि जान्छ। शिवबाबाले हामीलाई ज्ञान सुनाइरहनुभएको छ, यसमा
धेरै महिन बुद्धि चाहिन्छ। महिन बुद्धि बनाउनको लागि बाबाले युक्ति बताउनुहुन्छ–
आफूलाई आत्मा सम्झनाले बाबाको याद अवश्य आउनेछ। आफूलाई आत्मा सम्झिन्छौ नै त्यसैले
कि बाबाको याद आओस्, बाबासँग सम्बन्ध रहोस् जुन सारा कल्प टुटेको छ। त्यहाँ त
प्रारब्ध सुख नै सुख हुन्छ, दु:खको कुरा हुँदैन। त्यसलाई स्वर्ग भनिन्छ। स्वर्ग
स्थापक बाबाले नै स्वर्गको मालिक बनाउनुहुन्छ। यस्ता बाबालाई पनि कति बिर्सिन्छन्।
बाबा आएर बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ। मारवाडीहरूले धेरै एडप्ट गर्छन् त्यसैले
उनीहरूलाई खुसी हुन्छ नि– म धनवानको काखमा आएको छु। धनवानको बच्चा गरिबको पासमा
कहिल्यै जाँदैन। यी ब्राह्मणहरू प्रजापिता ब्रह्माका बच्चा हुन् भने अवश्य मुख
वंशावली होलान् नि। तिमी ब्राह्मण हौ मुख वंशावली। उनीहरू कोख वंशावली हुन्। यो फरक
तिमीले जान्दछौ। तिमीले सम्झाएपछि मात्र मुख वंशावली बन्छन्। यो एडप्सन हो।
स्त्रीलाई सम्झन्छन्– यिनी मेरी स्त्री हुन्। अब स्त्री कोख वंशावली हुन् वा मुख
वंशावली हुन्? स्त्री हुन् नै मुख वंशावली। फेरि बच्चा भएपछि, उनीहरू कोख वंशावली
हुन्छन्। बाबा भन्नुहुन्छ– यी सबै मुख वंशावली हुन्, मेरी भनेपछि मेरी बनिन् नि।
मेरा बच्चा हुन्, यो भन्नाले नशा चढ्छ। त्यसैले यी सबै मुख वंशावली हुन्, आत्माहरू
कहाँ मुख वंशावली हुन् र। आत्मा त अनादि-अविनाशी छ। तिमीलाई थाहा छ– यो मनुष्य
सृष्टि कसरी ट्रान्सफर हुन्छ। प्वइन्टहरू त बच्चाहरूलाई धेरै मिल्छन्। फेरि पनि बाबा
भन्नुहुन्छ– अरू केही धारणा हुँदैन, मुख चल्दैन भने ठीकै छ तिमीले बाबालाई याद
गरिराख त्यसबाट तिमीले भाषण आदि गर्नेहरूलेभन्दा उच्च पद पाउन सक्छौ। भाषण गर्नेहरू
कुनै समय तुफानमा गिर्छन्। उनीहरू गिरेनन्, बाबालाई याद गरिरहे भने ठुलो पद पाउन
सक्छन्। सबैभन्दा धेरै जो विकारमा गिरे भने ५ तलाबाट गिरेर हड्डी नै भाँचिन्छ। पाँचौँ
तला हो– देह अभिमान। चौथो तला हो काम फेरि तल आऊ। बाबा भन्नुहुन्छ– काम महाशत्रु
हो। लेख्छन् पनि– बाबा हामी गिर्यौँ। क्रोधको लागि यस्तो भन्दैनन्– हामी गिर्यौँ।
कालो मुख पारेमा ठुलो चोट लाग्छ फेरि अरूलाई भन्न सक्दैनन्– काम महाशत्रु हो। बाबाले
बारम्बार सम्झाउनुहुन्छ– विकारी आँखाहरूको धेरै सम्भाल गर्नुछ। सत्ययुगमा नाङ्गो
हुने कुरा नै हुँदैन। आँखा विकारी हुँदैन। आँखा पवित्र हुन्छन्। त्यो पवित्रहरूको
राज्य हो। यस समयमा दुनियाँ विकारी छ। अहिले तिम्रो आत्मालाई पवित्र दृष्टि मिल्छ,
जसले २१ जन्म काम दिन्छ। त्यहाँ कोही पनि विकारी बन्दैनन्। अब मुख्य कुरा बाबाले
सम्झाउनुहुन्छ– बाबालाई याद गर र ८४ को चक्रलाई याद गर। यो पनि आश्चर्य छ– जो श्री
नारायण छन् उनै अन्त्यमा आएर भाग्यशाली रथ बन्छन्। उनमा बाबा प्रवेश गर्नुहुन्छ
त्यसपछि भाग्यशाली बन्छन्। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा, यो ८४ जन्मको
इतिहास बुद्धिमा हुनुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाको यादले बुद्धिलाई महिन बनाउनुछ। बुद्धि पढाइबाट सदा भरपुर राख्नुछ। बाबा र
घर सदा याद राख्नुछ र बाबाको याद दिलाउनुछ।
२) यस अन्तिम जन्ममा
विकारी आँखालाई समाप्त गरेर पवित्र आँखा बनाउनुछ। विकारी आँखाहरूको धेरै सम्भाल
राख्नुछ।
वरदान:–
दातापनको
स्थिति र समा हित गर् ने शक्तिद्वारा सदा विघ्नविनाशक , समाधान स्वरूप भव
विघ्नविनाशक
समाधानस्वरूप बन्ने वरदान विशेष दुई कुराको आधारबाट प्राप्त हुन्छ:– १) सदा स्मृति
रहोस्– हामी दाताका बच्चा हौँ त्यसैले मैले सबैलाई दिनुछ। आदर मिलोस्, स्नेह मिलोस्
त्यसपछि मात्र स्नेही बन्छु, होइन। मैले दिनुछ। २) स्वयंप्रति तथा सम्बन्ध सम्पर्कमा
सर्वप्रति समाहित गर्ने शक्तिस्वरूप सागर बन्नुछ। यिनै दुई विशेषताहरूबाट शुभभावना,
शुभकामनाले सम्पन्न समाधानस्वरूप बन्नेछौ।
स्लोगन:–
सत्यलाई आफ्नो
साथी बनाऊ त्यसपछि तिम्रो नैया (डुङ्गा) कहिल्यै डुब्न सक्दैन।
अव्यक्त इसारा:– स्वयं
र सर्वप्रति मनसा द्वारा योगको शक्तिको प्रयोग गर
मनसामा सदा शुभभावना
वा शुभ आशीर्वाद दिने स्वभाविक अभ्यास भएपछि तिम्रो मनसा व्यस्त हुनेछ। मनमा जुन
हलचल हुन्छ, त्यसबाट स्वत: नै किनारा हुनेछौ। आफ्नो पुरुषार्थमा जुन कहिलेकाहीँ
निराश हुन्छौ त्यो हुनेछैनौ। जादु मन्त्र हुनेछ।