11.03.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यादको यात्रामा रेस गर ्छौ भने पुण्य आत्मा ब न्नेछौ , स्वर्गको बादसाही मि ल्नेछ ।”

प्रश्न:–
ब्राह्मण जीवनमा अतीन्द्रिय सुखको अनुभव हुँदैन भने के सम्झनुपर्छ?

उत्तर:–
अवश्य पनि सूक्ष्ममा कुनै न कुनै पाप छ। देह अभिमानमा रहेमा पाप हुन्छ, जसकारण त्यो सुखको अनुभूति गर्न सक्दैनन्। आफूलाई गोप गोपिका सम्झँदा पनि अतीन्द्रिय सुखको भासना आउँदैन, अवश्य कुनै भुल हुन्छ, त्यसैले बाबालाई सत्य बताएर श्रीमत लिइराख।

ओम् शान्ति ।
निराकार भगवानुवाच। अब निराकार भगवान भनिन्छ नै शिवलाई, उहाँका नाम जति पनि भक्तिमार्गमा राखेका छन्, धेरै नाम छन्, त्यसैले त विस्तार छ। बाबा स्वयं आएर बताउनुहुन्छ– हे प्यारा बच्चाहरू! म तिम्रो पिता शिवलाई तिमीले याद गर्दै आएका छौ– हे पतितपावन! भनेर, नाम त अवश्य एउटै हुन्छ। धेरै नाम चल्न सक्दैन। शिवाय नमः भन्छन् भने एउटै शिव नाम भयो। रचयिता पनि एक हुनुभयो। धेरै नाम हुँदा त अल्मलिन्छन्। मानौँ तिम्रो नाम पुष्पा छ, त्यसको सट्टा तिमीलाई शीला भन्यो भने तिमीले जवाफ दिन्छ्यौ? जवाफ दिन्नौ। सम्झन्छौ– अरू कसैलाई बोलाउँदै हुनुहुन्छ होला। यो पनि यस्तै कुरा भयो। उहाँको नाम एउटा हो, तर त्यो भक्तिमार्ग भएको र धेरै मन्दिर बनाएका हुनाले किसिम किसिमका नाम राखिदिएका छन्। हरेकको नत्र नाम एउटा हुन्छ। गङ्गा नदीलाई जमुना नदी भन्दैनन्। कुनै पनि चीजको एउटा नाम प्रसिद्ध हुन्छ। यो शिव नाम पनि प्रसिद्ध छ। शिवाय नमः गायन गरिएको छ। ब्रह्मा देवताय नमः, विष्णु देवताय नमः, फेरि भन्छन् शिव परमात्मय नमः किनकि उहाँ हुनुहुन्छ उच्चभन्दा उच्च। मानिसहरूको बुद्धिमा छ– उच्चभन्दा उच्च निराकारलाई भनिन्छ। उहाँको नाम एउटै हो। ब्रह्मालाई ब्रह्मा, विष्णुलाई विष्णु नै भन्छन्। धेरै नाम राखेमा अल्मलिन्छन्। जवाफ नै मिल्दैन, न उहाँको रूपलाई पनि जान्दछन्। बाबा आएर बच्चाहरूसँग नै कुरा गर्नुहुन्छ। शिवाय नमः भन्छन् भने एउटै नाम ठीक छ। शिव शङ्कर भन्नु पनि गलत हुन्छ। शिव, शङ्कर नाम अलग हुन्। जस्तै लक्ष्मीनारायण नाम अलग अलग हुन्। त्यहाँ नारायणलाई त लक्ष्मीनारायण भन्दैनन्। आजकाल त आफ्ना दुई दुई नाम पनि राख्छन्। देवताहरूका यस्ता डबल नाम थिएनन्। राधेको अलग, श्रीकृष्णको अलग, यहाँ त एउटैको नाम राधाकृष्ण, लक्ष्मीनारायण राखिदिन्छन्। बाबा बसेर सम्झाउनुहुन्छ– रचयिता एउटै हुनुहुन्छ, उहाँको नाम पनि एउटै छ। उहाँलाई नै चिन्नुछ। भन्छन्– आत्मा एक स्टार समान छ, भृकुटीको बीचमा चम्किन्छ सितारा, फेरि भन्छन् आत्मा नै परमात्मा। त्यसैले परमात्मा पनि स्टार हुनुभयो नि। यस्तो होइन– आत्मा सानो वा ठुलो हुन्छ। कुरा धेरै सहज छन्।

बाबा भन्नुहुन्छ– तिमीले पुकार्थ्यौ– हे पतितपावन आउनुहोस्! तर उहाँले पावन कसरी बनाउनुहुन्छ, यो कसैले पनि जान्दैनन्। गङ्गालाई पतितपावनी सम्झिन्छन्। पतितपावन त एउटै बाबा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले पहिला पनि भनेको थिएँ– मनमनाभव, मामेकम् याद गर। केवल नाम परिवर्तन गरिदिएका छन्। बच्चाहरूले सम्झन्छन्– बाबालाई याद गरेमा वर्सा स्वतः अन्तरनिहित छ। मनमनाभव भन्न पनि आवश्यक छैन। तर बिल्कुलै बाबालाई र वर्सालाई बिर्सिएका छन्, त्यसैले भन्छु– म बाबालाई र वर्सालाई याद गर। बाबा स्वर्गका रचयिता हुनुहुन्छ, त्यसैले अवश्य बाबालाई याद गरेमा हामीलाई स्वर्गको बादसाही मिल्नेछ। बच्चा जन्मियो, पिताले भन्छन्– वारिस आयो। छोरीको लागि यस्तो भन्दैनन्। तिमी आत्माहरू त सबै बच्चाहरू हौ। भन्छन् पनि– आत्मा एक स्टार हो। फेरि औँलाजस्तो कसरी हुन सक्छ। आत्मा यति सूक्ष्म चीज हो, यी आँखाले देखिँदैन। हो, आत्मालाई दिव्य दृष्टिले देख्न सकिन्छ किनकि अव्यक्त चीज हो। दिव्य दृष्टिमा चैतन्य देखियो फेरि गायब भयो। मिल्न त केही पनि मिल्दैन, केवल खुसी हुन्छन्। यसलाई भनिन्छ भक्तिमार्गको अल्प सुख। यो हो भक्तिको फल। जसले धेरै भक्ति गरेको छ, उसलाई स्वतः काइदा अनुसार यो ज्ञानबाट फल मिल्नेछ। ब्रह्मा र विष्णु सँगसँगै देखाउँछन्। ब्रह्मा नै विष्णु, भक्तिको फल राज्य भाग्य विष्णुको रूपमा मिलिरहेको छ। विष्णु वा श्रीकृष्णको साक्षात्कार त धेरैले गरेका होलान्। तर सम्झिन्छन्– भिन्न भिन्न नाम, रूपमा भक्ति गरेका छन्। साक्षात्कारलाई योग वा ज्ञान भनिँदैन। नवधा भक्तिले साक्षात्कार भयो। अहिले साक्षात्कार नभए पनि हर्जा छैन। लक्ष्य उद्देश्य नै हो मानिसबाट देवता बन्ने। तिमी देवीदेवता धर्मका बन्छौ। बाँकी पुरुषार्थ गराउनको लागि बाबा केवल भन्नुहुन्छ– अरू सँग बुद्धिको योग हटाऊ, देहबाट पनि हटाएर बाबालाई याद गर। जस्तै आसिक मासुकले काम पनि गरिरहन्छन् तर दिल मासुकसँग लागिरहेको हुन्छ। बाबा पनि भन्नुहुन्छ– मामेकम् याद गर, फेरि पनि बुद्धि अरू अरूतिर दौडन्छ। अहिले तिमीलाई थाहा छ– हामीलाई ओर्लिनमा एक कल्प लाग्यो। सत्ययुगदेखि लिएर सिँढी ओर्लिन्छौँ। अलि अलि खाद मिसिँदै जान्छ। सतोबाट तमो बन्छौ। फेरि अब तमोबाट सतो बन्नको लागि बाबाले छलाङ्ग मार्न लगाउनुहुन्छ। सेकेन्डमा तमोप्रधानबाट सतोप्रधान।

त्यसैले मीठा-प्यारा बच्चाहरूले पुरुषार्थ गर्नुपर्छ। बाबाले त शिक्षा दिइरहनुहुन्छ। राम्रा राम्रा होसियार बच्चाहरूले स्वयं अनुभव गर्छन्– अवश्य धेरै कठीन छ। कसैले बताउँछन्, कसैले त बिल्कुलै बताउँदैनन्। आफ्नो अवस्थाको बारेमा बताउनुपर्छ। बाबालाई याद नै गर्दैनन् भने वर्सा कसरी मिल्छ। काइदा अनुसार याद गर्दैनन्, सम्झन्छन्– हामी त शिवबाबाका छौँ नै। याद नगरेमा गिर्छन्। बाबालाई निरन्तर याद गरेमा खाद निस्कन्छ, यसमा अटेन्सन दिनुपर्छ। शरीर रहेसम्म पुरुषार्थ चलिरहन्छ। बुद्धिले पनि भन्छ– याद गर्न बारम्बार बिर्सिन्छ। यो योगबलद्वारा तिमीले बादसाही प्राप्त गर्छौ। सबै समान रूपले दौडन सक्दैनन्, नियमले भन्दैन। रेसमा पनि अलिकति फरक पर्छ। नम्बरवन, फेरि प्लसमा आउँछन्। यहाँ पनि बच्चाहरूको रेस छ। मुख्य कुरा हो याद गर्ने। यो त सम्झन्छौ– हामी पाप आत्माबाट पुण्य आत्मा बन्छौँ। बाबाले डाइरेक्सन दिनुभएको छ, अहिले पाप गरेमा त्यो सय गुणा दण्ड हुन्छ। धेरै छन् जसले पाप गर्छन्, बताउँदैनन्। फेरि वृद्धि हुँदै जान्छ। फेरि अन्त्यमा फेल हुन्छन्। सुनाउनमा लाज लाग्छ। सत्य नबताएमा आफैलाई धोका दिन्छन्। कसैलाई डर लाग्छ– बाबाले हाम्रो यो कुरा सुन्नुभयो भने के भन्नुहोला। कसैले त सानो भुल पनि सुनाउन आउँछन्। तर बाबाले उनीहरूलाई भन्नुहुन्छ, ठुला ठुला भुल त धेरै राम्रा राम्रा बच्चाहरूले पनि गर्छन्। राम्रा राम्रा महारथीहरूलाई पनि मायाले छोड्दैन। मायाले पहलमानहरूलाई नै चक्करमा ल्याउँछ, यसमा बहादुर बन्नुपर्छ। झुटो त चल्न सक्दैन। सत्य बताएमा हल्का हुनेछौ। जति पनि बाबाले सम्झाउनुहुन्छ, फेरि पनि केही न केही चलिरहन्छ। अनेक प्रकारका कुराहरू हुन्छन्। अब बाबाबाट राज्य लिनुछ भने बाबा भन्नुहुन्छ– बुद्धि अरूतिरबाट हटाऊ। तिमी बच्चाहरूलाई अहिले ज्ञान मिलेको छ, ५ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग थियो। तिमीले आफ्नो जन्मलाई पनि जानिसकेका छौ। कसैको उल्टोसुल्टो जन्म हुन्छ, त्यसलाई बिग्रेको जन्म भनिन्छ। आफ्नो कर्म अनुसार नै यस्तो जन्म हुन्छ। बाँकी मानिस त मानिस नै हुन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– एक त पवित्र रहनुछ, अर्को झुट, पाप केही गर्नुछैन। नत्र धेरै घाटा पर्छ। हेर, एकजनाबाट केही भुल भयो, आयो बाबाको पासमा। बाबा क्षमा गर्नुहोस्। यस्तो काम फेरि कहिल्यै गर्दिनँ। बाबाले भन्नुभयो– यस्ता भुलहरू धेरैबाट हुन्छन्, तिमीले त सत्य बताएका छौ, कतिले त सुनाउँदैनन् पनि। कुनै कुनै फस्टक्लास बच्चीहरू छन्, कहिल्यै पनि कहीँ बुद्धि जाँदैन। जस्तै मुम्बईमा निर्मला डाक्टर छन्, नम्बरवन। बिल्कुल सफा दिल, कहिल्यै दिलमा उल्टो ख्याल आउँदैन, त्यसैले दिलमा चढेकी छन्। यस्ता अरू पनि बच्चीहरू छन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– केवल सच्चा दिलले बाबालाई याद गर। कर्म त गर्नु नै छ। बुद्धियोग बाबासँग लागिरहनुछ। हात कामतिर, दिल बाबातिर। त्यो अवस्था अन्त्यमा हुन्छ। जसको लागि नै गाउँछन्– अतीन्द्रिय सुख गोप गोपिनीसँग सोध, जसले यो अवस्था प्राप्त गर्छन्। जसले पाप कर्म गर्छन्, उनीहरूको यो अवस्था हुँदैन। बाबाले राम्रोसँग जान्नुहुन्छ, त्यसैले त भक्तिमार्गमा पनि राम्रो वा नराम्रो कर्मको फल मिल्छ। दिनेवाला त बाबा हुनुहुन्छ नि। जसले कसैलाई दुःख दिन्छन्, उनीहरूले अवश्य दुःख भोग्छन्। जस्तो कर्म गरेको छ, त्यो भोग्नैपर्छ। यहाँ त बाबा स्वयं हाजिर हुनुहुन्छ, सम्झाइरहनुहुन्छ, फेरि पनि सरकार छ, धर्मराज त मेरो साथमा हुनुभयो नि। यस समयमा मबाट केही पनि नछिपाऊ। यस्तो होइन– बाबाले जान्नुहुन्छ, हामीले शिवबाबासँग दिलैदेखि क्षमा माग्छौँ, केही पनि क्षमा हुँदैन। कहिल्यै कसैको पनि पाप लुक्दैन। पाप गरेमा दिन प्रतिदिन पापात्मा बन्दै जान्छन्। तकदिरमा छैन भने फेरि यस्तै हुन्छ। रजिस्टर बिग्रिन्छ। एकपटक झुटो बोल्छन्, साँचो बताउँदैनन्, सम्झिन्छ– यस्तै काम गरिरहन्छन्। झुटो कहिल्यै लुक्न सक्दैन। बाबाले फेरि पनि बच्चाहरूलाई सम्झाउनुहुन्छ– कख का चोर सो लख का चोर भनिन्छ, त्यसैले भन्नुपर्छ नि– हामीबाट यो भुल भयो। बाबाले सोधेपछि मात्र भन्छन्– भुल भयो, आफै किन बताउँदैनौ। बाबालाई थाहा छ– धेरै बच्चाहरूले लुकाउँछन्। बाबालाई सुनाएमा श्रीमत मिल्छ। कहीँबाट चिठी आउँछ– सोध, के जवाफ दिने। सुनाएमा श्रीमत मिल्छ। धेरैमा कुनै फोहोरी बानी छ भने– त्यो लुकाउँछन्। कसैलाई लौकिक घरबाट केही सामान मिल्छ। बाबा भन्नुहुन्छ– हुन्छ लगाऊ, त्यसपछि जिम्मेवार बाबा हुनुभयो। अवस्था हेरेर कसैलाई भन्छु– यज्ञमा पठाइदेऊ। तिमीलाई साटेर दिए भने ठीक छ, नत्र त्यो याद हुन्छ, बाबाले धेरै सावधान गर्नुहुन्छ। मार्ग धेरै उच्च छ। कदम कदममा सर्जनको राय लिनुछ। बाबाले शिक्षा नै दिनुहुन्छ– यस्ता यस्ता चिठी लेख्यौ भने तीर लाग्नेछ, तर देह अभिमान धेरैमा छ। श्रीमतमा नचलेर आफ्नो खाता बिगार्छन्। श्रीमतमा चलेमा हर हालतमा फाइदा छ। बाटो कति सहज छ। केवल यादले तिमी विश्वको मालिक बन्छौ। वृद्ध माताहरूलाई भन्नुहुन्छ– केवल बाबा र वर्सालाई याद गर। प्रजा बनाउँदैनौ भने राजा रानी पनि बन्न सक्दैनौ। फेरि पनि जसले लुकाउँछन्, उनीहरूभन्दा उच्च पद पाउन सक्छन्। बाबाको कर्तव्य हो सम्झाउनु। जसबाट फेरि यस्तो नभनुन्– हामीलाई थाहा थिएन। बाबाले सबै डाइरेक्सन दिनुहुन्छ। भुल भएमा तुरुन्तै बताउनुपर्छ। हर्जा छैन, फेरि भुल नगर्नु। यसमा डराउने कुरा छैन। प्यारले सम्झाइन्छ। बाबालाई बताउनुमा कल्याण छ। बाबाले धेरै स्नेह र प्यारले सम्झाउनुहुन्छ। नत्र दिलबाट एकदम गिर्छन्। यिनी (ब्रह्मा) को दिलबाट गिरेमा शिवबाबाको दिलबाट पनि गिर्छ। यस्तो होइन– हामीले डाइरेक्ट लिन सक्छौँ, केही पनि हुँदैन। जति सम्झाइन्छ– बाबालाई याद गर, त्यति बुद्धि बाहिरतिर भाग्छ। यी सबै कुरा बाबा बसेर डाइरेक्ट सम्झाउनुहुन्छ, जसको पछि शास्त्र बन्छन्। यसमा गीता नै विश्वको सर्वोत्तम शास्त्र हो। गायन गरिएको पनि छ– सर्वशास्त्रमयी शिरोमणि गीता, जुन भगवानले गायन गर्नुभयो। बाँकी सबै धर्म त पछि आउँछन्। गीता भइन् माता पिता, बाँकी सबै भए बच्चाहरू। गीतामा नै भगवानुवाच छ। श्रीकृष्णलाई त दैवी सम्प्रदाय भनिन्छ। देवता त केवल ब्रह्मा, विष्णु, शङ्कर हुन्। भगवान त देवताहरूभन्दा पनि उच्च हुनुभयो। ब्रह्मा, विष्णु, शङ्कर तीनैलाई रच्ने शिव हुनुभयो। बिल्कुल क्लियर छ। ब्रह्माद्वारा स्थापना, यस्तो त कहिल्यै भन्दैनन्– श्रीकृष्णद्वारा स्थापना। ब्रह्माको रूप देखाइएको छ। केको स्थापना? विष्णुपुरीको। यो चित्र त दिलमा छापिनुपर्छ। हामीले शिवबाबाबाट यिनीद्वारा वर्सा लिन्छौँ। पिता बिना हजुरबुबाको वर्सा मिल्न सक्दैन। जसलाई पनि यो बताऊ– बाबा भन्नुहुन्छ म एकलाई याद गर। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) लक्ष्य धेरै उच्च छ, त्यसैले कदम कदममा सर्जनसँग राय लिनुछ। श्रीमतमा चल्नुमा नै फाइदा छ, बाबासँग केही पनि लुकाउनुछैन।

२) देह र देहधारीहरूबाट बुद्धिको योग हटाएर एक बाबासँग लगाउनुछ। कर्म गर्दा पनि एक बाबाको यादमा रहने पुरुषार्थ गर्नुछ।

वरदान:–
स दा एकरस सम्पन्न मुडमा रहने पुरुषार्थी सो प्रा र ब्धी स्वरूप भव

बापदादाले वतनबाट हेर्नुहुन्छ– कति बच्चाहरूको मुड धेरै परिवर्तन हुन्छ, कहिले आश्चर्यवतको मुड, कहिले प्रश्नचिन्हको मुड, कहिले कन्फ्युजको मुड, कहिले टेन्सन, कहिले अटेन्सनको झुला... तर सङ्गमयुग प्रारब्धी युग हो, पुरुषार्थी होइन, त्यसैले जुन बाबाका गुण, तिनै बच्चाहरूका, जुन बाबाको स्टेज, त्यही बच्चाहरूको– यही हो सङ्गमयुगको प्रारब्ध। त्यसैले सदा एकरस एउटै सम्पन्न मुडमा रह्यौ भने भनिन्छ– बाबासमान अर्थात् प्रारब्धी स्वरूप।

स्लोगन:–
बापदादाको हातमा बुद्धिरूपी हात छ भने परीक्षारूपी सागरमा बिचलित हुँदैनौ।

अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त बन ”

विश्वासीको पहिलो निसानी हो– हर पल हर कदम श्रीमतमा एक्युरेट चल्नु। एक्युरेट मूर्ति बन्नु अर्थात् छिनो लाग्नु। छिनोले नै त उसलाई ठोकी ठोकी ठीक पार्छन्। तिमीहरू त छिनो खाने अनुभवी भएका छौ, नथिङ न्यु। खेल लाग्छ नि। हेरिरहन्छौ र मुस्कुराइरहन्छौ, आशीर्वाद दिइरहन्छौ। हिरो एक्टर अर्थात् एक्युरेट पार्ट खेल्ने, निश्चयबुद्धि निश्चित आत्मा।

नोट:– आज हामी सबैकी अति प्रिय बापदादाको नयनकी नुर, आफ्नो दिलतख्तमा बापदादालाई बसाउने मीठी दादी गुल्जारजीको पुण्य स्मृति दिवसमा हामी सबै ब्राह्मण कुलभूषण भाइ बहिनीहरूले उहाँद्वारा प्यारा अव्यक्त बापदादाको जुन पालना मिल्यो, त्यो पालनाको रिटर्न दिनको लागि शुभ सङ्कल्प लिऊँ। जसरी दादीजीले हरेक कदम श्रीमतमा एक्युरेट चलेर, सदा आफ्नो हर्षित अनुहारले सबैलाई आशीर्वाद दिनुभयो र आशीर्वाद लिनुभयो, एक्युरेट पार्ट खेल्नुभयो। त्यसैगरी हामी सबै उहाँको पदचिन्हमा चलेर उहाँलाई आफ्नो स्नेह सुमन अर्पित गरौँ, यही उहाँप्रति सच्चा श्रद्धाञ्जली हो। ओम् शान्ति।