11.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अब यो नाटक पूरा हुन्छ। तिमी फर्केर घर जानुछ , त्यसैले यस दुनियाँबाट ममत्व मेटाइदेऊ , घरलाई र नयाँ राज्यलाई याद गर।”

प्रश्न:–
दानको महत्त्व कहिले हुन्छ, त्यसको प्रतिफल कुन बच्चाहरूलाई मिल्छ?

उत्तर:–
दानको महत्त्व तब हुन्छ, जब दान दिएको चीजमा ममत्व हुँदैन। दान त गर्यो फेरि याद आयो भने त्यसको फल प्राप्त हुनसक्दैन। दान हुन्छ नै अर्को जन्मको लागि। त्यसैले यस जन्ममा तिम्रो पासमा जे पनि छ त्यसबाट ममत्व मेटाइदेऊ। ट्रस्टी भएर सम्हाल। यहाँ तिमीले जे ईश्वरीय सेवामा लगाउँछौ, हस्पिटल वा कलेज खोल्छौ त्यसबाट अनेकौंको कल्याण हुन्छ, त्यसको फल २१ जन्मको लागि मिल्छ।

ओम् शान्ति ।
बच्चाहरूलाई आफ्नो घर र आफ्नो राजधानी याद छ? यहाँ बस्दा बाहिरको घरबार कामधन्दा आदिको ख्याल आउनुहुँदैन। केवल आफ्नो घर नै याद आउनुपर्छ। अब यस पुरानो दुनियाँबाट नयाँ दुनियाँमा फर्किनुछ, यो पुरानो दुनियाँ त खतम हुनुछ। सबै आगोमा स्वाहा हुन्छ। यी आँखाले जे पनि देख्छौ, मित्र-सम्बन्धी आदि, यो सबै खतम हुनुछ। यो ज्ञान बाबाले नै आत्माहरूलाई सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! अब फर्केर आफ्नो घर जानुछ। नाटक पूरा हुँदैछ। यो हो नै ५ हजार वर्षको चक्र। दुनियाँ त छँदैछ, तर त्यसलाई चक्कर लगाउन ५ हजार वर्ष लाग्छ। जति पनि आत्माहरू छन् सबै फर्केर जान्छन्। यो पुरानो दुनियाँ नै खतम हुन्छ। बाबाले हरेक कुरा धेरै राम्रोसँग सम्झाउनुहुन्छ। कोही कोही कञ्जुसले यतिकै जायदाद गुमाउँछन्। भक्तिमार्गमा दानपुण्य त गर्छन् नि। कसैले धर्मशाला बनाए, कसैले हस्पिटल बनाए, बुद्धिमा सम्झन्छन् यसको फल अर्को जन्ममा मिल्छ। बिना कुनै आशा, अनासक्त भएर कसैले गरोस्– यस्तो हुँदैन। धेरैले भन्छन् हामीले फलको चाहना राख्दैनौं। तर फल अवश्य मिल्छ। सम्झ, कसैको पासमा पैसा छ, त्यसबाट धर्माऊ दिए भने बुद्धिमा यो हुन्छ– हामीलाई अर्को जन्ममा मिल्छ। यदि ममत्व गयो, मेरो यो चीज हो– यस्तो सम्झियो भने फेरि त्यहाँ मिल्दैन। दान हुन्छ नै अर्को जन्मको लागि। अर्को जन्ममा मिल्छ भने फेरि यस जन्ममा ममत्व किन राख्ने। त्यसैले ट्रस्टी बनाउँछन् जसले गर्दा आफ्नो ममत्व निस्केर जाओस्। कसैले राम्रो धनवानको घरमा जन्म लियो भने भनिन्छ उसले राम्रो कर्म गरेको रहेछ। कसैले राजा-रानीको पासमा जन्म लिन्छन् किनकि दानपुण्य गरेका थिए तर त्यो हो अल्पकाल एक जन्मको कुरा। अहिले त तिमीले यो पढाइ पढ्छौ। जानेका छौ– यस पढाइबाट हामी यो बन्नुछ, त्यसैले दैवी गुण धारण गर्नुछ। यहाँ जुन दान गर्छौ त्यसबाट यो रूहानी युनिभर्सिटी, हस्पिटल खोल्छौ। दान गरेपछि फेरि त्यसबाट ममत्व मेटाइ दिनुपर्छ किनकि तिमीलाई थाहा छ– हामीले भविष्यमा २१ जन्मको लागि बाबाबाट लिन्छौं। यी बाबाले भवन आदि बनाउँछन्। यो त अस्थायी हो। नत्र यति सबै बच्चाहरू कहाँ रहन्छन्। दिन्छन् सबैले शिवबाबालाई। मालिक उहाँ हुनुहुन्छ। उहाँले यिनीद्वारा यो गराउनुहुन्छ। शिवबाबाले त राज्य गर्नुहुन्न। उहाँ हुनुहुन्छ नै दाता। उहाँको ममत्व केमा होला! अहिले बाबाले श्रीमत दिनुहुन्छ, मृत्यु सामुन्ने खडा छ। पहिला तिमीले कसैलाई दिँदा मृत्युको कुरा थिएन। अहिले बाबा आउनुभएको छ, पुरानो दुनियाँ नै खतम हुनुछ। बाबा भन्नुहुन्छ– म आएको हुँ नै यस पतित दुनियाँलाई खतम गर्न। यस रुद्र यज्ञमा सारा पुरानो दुनियाँ स्वाहा हुनुछ। जे जति आफ्नो भविष्य बनाउँछौ, नयाँ दुनियाँमा मिल्छ। नत्र यहाँ नै सबै कुरा खतम हुन्छ। कोही न कोहीले खान्छ। आजकाल मनुष्यहरूले उधारोमा पनि दिन्छन्। विनाश भयो भने सबै खतम हुन्छ। कसैले कसैलाई केही दिँदैनन्। सबै त्यसै रहन्छ। आज राम्रो छ, भोलि टाट पल्टिन्छन्। कसैलाई पनि कुनै पैसा मिल्नेवालाछैन। कसैलाई दियो, ऊ मर्यो फेरि को बसेर फिर्ता गर्छ। त्यसैले के गर्नुपर्छ? विश्वको २१ जन्म कल्याणको लागि र फेरि आफ्नो २१ जन्म कल्याणको लागि त्यसमा लगाइ दिनुपर्छ। तिमीले आफ्नो लागि नै गर्छौ। जानेका छौ– श्रीमतमा हामीले उच्च पद पाउँछौं, जसबाट २१ जन्म सुख-शान्ति मिल्नेछ। यसलाई भनिन्छ अविनाशी बाबाको रूहानी हस्पिटल र युनिभर्सिटी, जसबाट हेल्थ, वेल्थ र ह्यापीनेस मिल्छ। कसैलाई हेल्थ छ, वेल्थ छैन भने ह्यापीनेस रहन सक्दैन। दुवै छ भने ह्यापी पनि रहन्छन्। बाबाले तिमीलाई २१ जन्मको लागि दुवै दिनुहुन्छ। त्यो २१ जन्मको लागि जम्मा गर्नुछ। बच्चाहरूको काम हो युक्ति रच्नु। बाबा आएपछि गरिब बच्चाहरूको तकदिर खुल्छ। बाबा हुनुहुन्छ नै गरिब निवाज। धनवानहरूको तकदिरमा यी कुरा हुँदैनन्। यस समयमा भारतखण्ड सबैभन्दा गरिब छ। जो सम्पन्न थियो उही गरिब बनेको छ। यस समयमा सबै पाप आत्माहरू छन्। जहाँ पुण्य आत्मा हुन्छन् त्यहाँ पाप आत्मा कोही हुँदैन। त्यो हो सत्ययुग सतोप्रधान, यो हो कलियुग तमोप्रधान। तिमीले अहिले पुरुषार्थ गरिरहेका छौ सतोप्रधान बन्नको लागि। बाबाले तिमी बच्चाहरूलाई स्मृति दिलाउनुहुन्छ, तिमीले सम्झन्छौ– वास्तवमा हामी नै स्वर्गवासी थियौं। फेरि हामीले ८४ जन्म लिएका छौं। बाँकी ८४ लाख योनि भन्नु त गफ नै हो। के यतिका जन्म जनावर योनिमा रह्यौं! यो अन्तिम जन्म मनुष्य पद हो त? के अब फर्केर जानुछ?

अहिले बाबा सम्झाउनुहुन्छ– मृत्यु सामुन्ने खडा छ। ४०-५० हजार वर्ष बाँकी छैन। मनुष्यहरू त एकदम घोर अन्धकारमा छन् त्यसैले भनिन्छ पत्थरबुद्धि। अहिले तिमी पत्थरबुद्धिबाट पारसबुद्धि बन्छौ। यी कुरा कुनै संन्यासी आदिले कहाँ बताउन सक्छन्। अहिले तिमीलाई बाबाले स्मृति दिलाउनुहुन्छ– फर्केर घर जानुछ। जति हुनसक्छ आफ्नो समान (ब्याग ब्यागेज) ट्रान्सफर गरिदेऊ। बाबा, यो सबै लिनुहोस्, हामीले सत्ययुगमा २१ जन्मको लागि पाउने छौं। यी बाबाले पनि त दानपुण्य गर्थे। धेरै सोख थियो। व्यापारीहरू दुई पैसा धर्माऊ निकाल्छन्। बाबाले एक आना निकाल्थे। जो आए पनि ढोकाबाट खाली हात नजाओस्। अहिले भगवान सम्मुख आउनुभएको छ, यो कसैलाई थाहा छैन। मनुष्यहरू दानपुण्य गर्दागर्दै मर्नेछन् फेरि कहाँ मिल्छ? पवित्र बन्दैनन्, बाबासँग प्रीत राख्दैनन्। बाबाले सम्झाउनुभएको छ– यादव र कौरवहरूको छ विनाश काले विपरीत बुद्धि। पाण्डवहरूको छ विनाश काले प्रीत बुद्धि। युरोपवासी सबै यादव हुन् जसले मिसाइल आदि निकालिरहन्छन्। शास्त्रहरूमा त के के कुरा लेखिदिएका छन्। थुप्रै शास्त्रहरू बनेका छन्, ड्रामा योजना अनुसार। यसमा प्रेरणा आदिको कुरा छैन। प्रेरणा मतलब विचार। बाँकी यस्तो कहाँ बाबाले प्रेरणाले पढाउनुहुन्छ र। बाबा सम्झाउनुहुन्छ– यिनी पनि एक व्यापारी थिए। राम्रो नाम थियो। सबैले इज्जत दिन्थे। बाबाले प्रवेश गर्नुभयो अनि यिनले गाली खान सुरु गरे। शिवबाबालाई त चिनेका छैनन्। न उहाँलाई गाली गर्न सक्छन्। गाली यिनले खान्छन्। श्रीकृष्णले भने नि– मैले मखन खाइनँ। यिनले पनि भन्छन् काम त सबै बाबाको हो, मैले केही गर्दिनँ। जादुगर उहाँ हुनुहुन्छ, म कहाँ हुँ र। व्यर्थमा यिनलाई गाली गर्छन्। मैले कसैलाई भगाएँ र? कसैलाई पनि भनिनँ तिमी भागेर आऊ। म त त्यहाँ थिएँ, यिनीहरू आफै भागेर आए। यतिकै दोष दिएका छन्। कति गाली खाएँ। शास्त्रमा के के कुरा लेखिदिएका छन्। बाबा सम्झाउनुहुन्छ– यो फेरि पनि हुन्छ। यो हो सारा ज्ञानको कुरा। कुनै मनुष्यले यो कहाँ गर्न सक्छ र! त्यो पनि बेलायती सरकारको राज्यमा कसैको पासमा यति कन्या-माताहरू बस्न सकुन्। कसैले केही गर्न सक्दैन। कसैका सम्बन्धीहरू आए भने एकदम भगाइ दिनुहुन्थ्यो। बाबा त भन्नुहुन्थ्यो मान्छन् भने यिनीहरूलाई सम्झाएर लैजाऊ। म कहाँ मनाही गर्छु र तर कसैको हिम्मत हुँदैनथ्यो। बाबाको तागत थियो नि। नथिङ्ग न्यु। यो सबै फेरि पनि हुन्छ। गाली पनि खानुपर्छ। द्रौपदीको पनि कुरा छ। यी सबै द्रौपदीहरू र दु:शासन हुन्, एउटाको मात्र कुरा होइन। शास्त्रहरूमा यो गफ कसले लेखे? बाबा भन्नुहुन्छ– यो पनि ड्रामामा पार्ट छ। आत्माको ज्ञान नै कसैमा छैन, पूरै देह अभिमानी बनेका छन्। देहीअभिमानी बन्न मेहनत छ। रावणले पूरै उल्टो बनाइदिएको छ। अहिले बाबाले सुल्टो बनाउनुहुन्छ।

देहीअभिमानी बन्नाले स्वत: स्मृति रहन्छ– हामी आत्मा हौं, यो देह बाजा हो, बजाउनको लागि। यो स्मृति रह्यो भने पनि दैवीगुण आउँदै जान्छन्। तिमीले कसैलाई पनि दु:ख दिन सक्दैनौ। यहाँ नै यी लक्ष्मी-नारायणको राज्य थियो। ५ हजार वर्षको कुरा हो। यदि कसैले लाखौं वर्ष भन्छ भने ऊ घोर अन्धकारमा छ। ड्रामा अनुसार समय पूरा भएपछि बाबा फेरि आउनुभएको छ। बाबा भन्नुहुन्छ– मेरो श्रीमतमा चल। मृत्यु सामुन्ने खडा छ। फेरि भित्र जे पनि आशा छ, त्यो त्यसै रहन्छ। मर्नु त छ अवश्य। यो त्यही महाभारत लडाइँ हो। जति आफ्नो कल्याण गर्न सक्छौ त्यति राम्रो। नत्र तिमी खाली हात जान्छौ। सारा दुनियाँ खाली हात जानुपर्छ। केवल तिमी बच्चाहरू भरी हात अर्थात् धनवान भएर जान्छौ। यसमा बुझ्ने धेरै विशाल बुद्धि चाहिन्छ। कति धर्मका मनुष्यहरू छन्। हरेकको आफ्नो एक्ट चल्छ। एउटाको एक्ट अर्कोसँग मिल्दैन। सबैको अनुहार आआफ्ना छन्, कति थरी छन्, यो सबै ड्रामामा निश्चित छ। वन्डरफुल कुरा छन् नि। अब बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। हामी आत्माले ८४ को चक्कर लगाउँछौं, हामी आत्मा यस ड्रामामा एक्टर हौं, यसबाट हामी निस्कन सक्दैनौं, मोक्ष पाउन सक्दैनौं। फेरि प्रयास गर्नु पनि व्यर्थ हो। बाबा भन्नुहुन्छ– ड्रामाबाट कोही निस्कियोस्, अरू कोही थपियोस्– यो हुनसक्दैन। यति सारा ज्ञान सबैको बुद्धिमा रहन सक्दैन। सारा दिन यसरी ज्ञानमा रमण गर्नुछ। एक घडी, आधा घडी... यो याद गर फेरि त्यसलाई बढाउदै जाऊ। ८ घण्टा चाहे स्थूल सेवा गर, आराम पनि गर, यस रूहानी गभर्मेन्टको सेवामा पनि समय देऊ। तिमीले आफ्नै सेवा गर्छौ, यो हो मुख्य कुरा। यादको यात्रामा रहनु, बाँकी ज्ञानबाट उच्च पद पाउनुछ। यादको आफ्नो पूरा चार्ट राख। ज्ञान त सहज छ। जसरी बाबाको बुद्धिमा छ– म मनुष्य सृष्टिको बीजरूप हुँ, यसको आदि-मध्य-अन्त्यलाई जान्दछु। हामी पनि बाबाका बच्चा हौं। बाबाले यो सम्झाउनुभएको छ, कसरी यो चक्र घुम्छ। त्यस कमाइको लागि पनि तिमीले ८-१० घण्टा दिन्छौ नि। राम्रो ग्राहक मिल्यो भने रातमा पनि कहिल्यै हाई आउँदैन। हाई गर्यो भने बुझिन्छ ऊ थाकेको छ। बुद्धि कतै बाहिर भट्किएको होला। सेन्टरहरूमा पनि धेरै खबरदार रहनुछ। जुन बच्चाहरूले अर्काको चिन्तन गर्दैनन्, आफ्नो पढाइमा मात्रै मस्त रहन्छन् उनीहरूको उन्नति सदा भइरहन्छ। तिमीले अर्काको चिन्तन गरेर आफ्नो पद भ्रष्ट गर्नुहुँदैन। हियर नो इविल, सी नो इविल....। कसैले राम्रो बोल्दैन भने एक कानले सुनेर अर्कोबाट निकालिदेऊ। सदैव आफूलाई हेर्नुपर्छ, न कि अरूलाई। आफ्नो पढाइ छोड्नु हुँदैन। धेरै यसरी रिसाउँछन्। आउनै छोडिदिन्छन्, फेरि आउँछन्। नआएर जान्छन् कहाँ? स्कुल त एउटै छ। आफ्नो खुट्टामा बन्चरो हान्नुहुँदैन। तिमी आफ्नो पढाइमा मस्त रहनुछ। धेरै खुसीमा रहनुछ। भगवानले पढाउनुहुन्छ, बाँकी के चाहियो। भगवान हाम्रा पिता, टिचर, सद्गुरु हुनुहुन्छ, उहाँसँग नै बुद्धिको योग लगाइन्छ। उहाँ हुनुहुन्छ सारा दुनियाँको नम्बरवन प्रियतम जसले तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ।

बाबा भन्नुहुन्छ– तिम्रो आत्मा धेरै पतित छ, उड्न सक्दैन। पङ्ख काटिएको छ। रावणले सबै आत्माहरूको पङ्ख काटिदिएको छ। शिवबाबा भन्नुहुन्छ– मैले सिवाय अरू कसैले पावन बनाउन सक्दैन। सबै एक्टरहरू यहाँ छन्, वृद्धि भइरहन्छ, फर्केर कोही जाँदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) स्वयंको चिन्तन र पढाइमा मस्त रहनुछ। अरूलाई हेर्नुछैन। यदि कसैले राम्रो बोल्दैन भने एक कानले सुनेर अर्कोबाट निकालिदिनुछ। रूष्ट भएर पढाइ छोड्नुछैन।

२) जीवन छँदै सबैथोक दान गरेर आफ्नो ममत्व मेटाइदिनुछ। सम्पूर्ण समर्पण गरेर ट्रस्टी बनेर हल्का रहनुछ। देहीअभिमानी बनेर सर्व दैवीगुण धारण गर्नुछ।

वरदान:–
भिन्नतालाई मेटाएर एकता ल्याउने सच्चा सेवाधारी भव

ब्राह्मण परिवारको विशेषता हो अनेक भएर पनि एक। तिम्रो एकताद्वारा नै सारा विश्वमा एक धर्म, एक राज्यको स्थापना हुन्छ, त्यसैले विशेष अटेन्सन दिएर भिन्नतालाई मेटाऊ र एकतालाई ल्याऊ तब भनिन्छ सच्चा सेवाधारी। सेवाधारी स्वयंप्रति होइन, सेवाप्रति हुन्छन्। स्वयंको सबैकुरा सेवाप्रति स्वाहा गर्छन्, जसरी साकार बाबाले सेवामा हड्डी पनि स्वाहा गरे, त्यसैगरी तिम्रो हरेक कर्मेन्द्रियद्वारा सेवा भइरहोस्।

स्लोगन:–
परमात्म प्यारमा डुब्यौ भने दुःखहरूको दुनियाँ बिर्सिन्छ।