11.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– अहिले
तिमीले बेहदको पवित्रता धारण गर्नुछ , बेहदको पवित्रता अर्थात् एक बाबा बाहेक अरू
कोही याद नआओस्।”
प्रश्न:–
बाबासँग वर्सा
लिनुभन्दा पहिलाको पुरुषार्थ र त्यसपछिको स्थितिमा के अन्तर हुन्छ?
उत्तर:–
जब तिमीले
बाबासँग वर्सा लिन्छौ तब देहका सबै सम्बन्धलाई छोडेर एक बाबालाई याद गर्ने
पुरुषार्थ गर्छौ र जब वर्सा मिल्छ तब बाबालाई नै बिर्सन्छौ। अहिले वर्सा लिनुछ
त्यसैले कोहीसँग पनि नयाँ सम्बन्ध जोड्नुछैन। नत्र बिर्सन मुस्किल हुनेछ। सबथोक
बिर्सेर एकलाई याद गर्यौ भने वर्सा मिल्नेछ।
गीत:–
यह वक्त जा रहा
है... ..
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूप्रति बाबा सम्झाउनुहुन्छ– ज्ञानी र अज्ञानी कसलाई भनिन्छ, यो केवल
तिमी ब्राह्मणहरूले मात्र जानेका छौ। ज्ञान पढाइ हो जसबाट तिमीले जानेका छौ– हामी
आत्मा हौँ, उहाँ परमपिता परमात्मा हुनुहुन्छ। तिमी जब त्यहाँबाट मधुबन आउँछौ तब
पहिला अवश्य आफूलाई आत्मा सम्झन्छौ। हामी जान्छौँ आफ्नो बाबाको पासमा। बाबा,
शिवबाबालाई भनिन्छ, शिवबाबा प्रजापिता ब्रह्माको तनमा हुनुहुन्छ। उहाँ पनि बाबा
हुनुभयो। तिमी घरबाट निस्केपछि सम्झन्छौ– हामी बापदादाको पासमा जान्छौँ। तिमीले
चिठीमा पनि लेख्छौ “बापदादा”, शिवबाबा, ब्रह्मा दादा। हामी बाबाको पासमा जान्छौँ।
बाबा कल्प कल्प हामीसँग मिल्नुहुन्छ। बाबाले हामीलाई बेहद पवित्र बनाएर बेहदको वर्सा
दिनुहुन्छ। पवित्रतामा हद र बेहद छ। तिमीले पुरुषार्थ गर्छौ बेहद पवित्र सतोप्रधान
बन्नको लागि। नम्बरवार त हुन्छन् नै। बेहद पवित्र अर्थात् एक बेहदका बाबाबाहेक अरू
कसैको याद नआओस्। उहाँ बाबा धेरै मीठो हुनुहुन्छ। उच्चभन्दा उच्च भगवान हुनुहुन्छ र
बेहदका बाबा हुनुहुन्छ। सबैका बाबा हुनुहुन्छ। तिमी बच्चाहरूले नै चिन्यौ। बेहदका
बाबा सदैव भारतवर्षमा नै आउनुहुन्छ। आएर बेहदको संन्यास गराउनुहुन्छ। संन्यास पनि
मुख्य हो नि, जसलाई वैराग्य भनिन्छ। बाबाले सारा पुरानो फोहोरी दुनियाँबाट वैराग्य
दिलाउनुहुन्छ। प्यारा बच्चाहरू! यिनीहरूबाट बुद्धिको योग हटाइदेऊ। यसको नाम नै हो
नर्क, दुःखधाम। आफै पनि भनिरहन्छन्, कोही मर्यो भने भन्छन् स्वर्गवासी भयो, त्यसैले
नर्कमा थियो नि। अहिले तिमीले बुझ्छौ– यो जे भन्छन् त्यो पनि गलत हो। बाबाले सही
कुरा बताउनुहुन्छ, स्वर्गवासी बन्नको लागि। अहिले नै पुरुषार्थ गर्नुपर्ने हुन्छ।
स्वर्गवासी बन्नको लागि पनि बाबाबाहेक अरूले पुरुषार्थ गराउन सक्दैनन्। २१ जन्मको
लागि स्वर्गवासी बनौँ भनेर तिमीले अहिले पुरुषार्थ गरिरहेका छौ। बनाउनेवाला बाबा
हुनुहुन्छ। उहाँलाई हेभिनली गड फादर नै भनिन्छ। स्वयं आएर भन्नुहुन्छ– प्यारा
बच्चाहरू! पहिला मैले तिमीहरूलाई शान्तिधाम लैजान्छु। बाबा मालिक हुनुहुन्छ नि।
शान्तिधाम गएर फेरि सुखधाममा पार्ट (भूमिका) खेल्न आउनेछौँ। हामी शान्तिधाम गएपछि
सबै धर्मकाहरू शान्तिधाम जानेछन्। बुद्धिमा यो सारा ड्रामा (नाटक) को चक्र राख्नुछ।
हामी सबै शान्तिधाम जानेछौँ फेरि हामी नै पहिला आएर बाबासँग वर्सा पाउँछौँ। जसबाट
वर्सा पाइन्छ उहाँलाई याद अवश्य गर्नुछ। बच्चाहरूलाई थाहा छ– वर्सा मिलेपछि फेरि
बाबाको याद बिर्सिनेछ। वर्सा धेरै सहज रीतिले मिल्छ। बाबा सम्मुख भन्नुहुन्छ– मीठे
बच्चे, तिम्रा जति पनि देहका सम्बन्ध छन्, ती सबै बिर्सिदेऊ। अब कुनै पनि नयाँ
सम्बन्ध जोड्नुछैन। यदि कुनै पनि सम्बन्ध जोड्यौ भने फेरि तिनीहरूलाई बिर्सनुपर्छ।
मानौँ बच्चा वा बच्ची जन्मियो भने त्यो पनि मुस्किल हुनेभयो। अतिरिक्त याद बढ्यो
नि। बाबा भन्नुहुन्छ– सबैलाई बिर्सेर एकलाई नै याद गर्नुछ। उहाँ नै हाम्रो माता,
पिता, टिचर (शिक्षक) गुरु आदि सबथोक हुनुहुन्छ, एक बाबाका सन्तान हामी भाइ भाइ हौँ।
काका-मामा आदिको कुनै सम्बन्ध छैन। यो एउटै समय हो जतिबेला दाजुभाइ-दिदीबहिनीको
सम्बन्ध मात्रै हुन्छ। ब्रह्माका बच्चाहरू शिवबाबाका बच्चाहरू पनि हुन् त्यसैले
नातिनातिनाहरू पनि हुन्। यो त पक्का बुद्धिमा याद आउँछ नि। नम्बरवार पुरुषार्थ
अनुसार। तिमी बच्चाहरू हिँड्दा-डुल्दा पनि स्वदर्शन चक्रधारी बन्छौ।
तिमी बच्चाहरू यस
समयमा चैतन्य लाइट हाउस (प्रकाश स्तम्भ) हौ, तिम्रो एक आँखामा मुक्तिधाम, अर्को
आँखामा जीवनमुक्तिधाम छ। ती लाइट हाउस जड हुन्छन्, तिमी चैतन्य हौ। तिमीलाई ज्ञानको
नेत्र मिलेको छ। तिमी ज्ञानवान बनेर सबैलाई मार्ग देखाउँछौ। बाबाले पनि तिमीलाई
पढाइरहनुभएको छ। तिमीलाई थाहा छ– यो दुःखधाम हो। हामी अहिले सङ्गममा छौँ। बाँकी सारा
दुनियाँ कलियुगमा छ। सङ्गममा बाबा बच्चाहरूसँग बसेर कुरा गर्नुहुन्छ र बच्चाहरू नै
यहाँ आउँछन्। कसै कसैले लेख्छन्– बाबा, फलानालाई लिएर आऊँ? राम्रो छ, गुण ग्रहण
गर्नेछ, सायद तीर लाग्न सक्छ। अनि बाबालाई पनि दया लाग्छ, हुन सक्छ कल्याण होला।
तिमी बच्चाहरूलाई थाहा छ– यो पुरुषोत्तम सङ्गमयुग हो। यस समयमा नै तिमी पुरुषोत्तम
बन्छौ। कलियुगमा सबै कनिष्ठ पुरुष छन्, जसले उत्तम पुरुष लक्ष्मी-नारायणलाई नमन
गर्छन्। सत्ययुगमा कसैले कसैलाई नमन गर्दैनन्। यहाँका यी सबै कुरा त्यहाँ हुँदैनन्।
यो पनि बाबा सम्झाउनुहुन्छ– राम्रोसँग बाबाको यादमा रहेर सर्भिस (सेवा) गर्यौ भने
पछि गएर तिमीलाई साक्षात्कार पनि भइरहनेछ। तिमीले कसैको पनि भक्ति आदि गर्दैनौ।
तिमीलाई बाबाले केवल पढाउनुहुन्छ। घर बसेर आफै साक्षात्कार आदि भइरहन्छ। धेरैलाई
ब्रह्माको साक्षात्कार हुन्छ, उनको साक्षात्कारको लागि कसैले पुरुषार्थ गर्दैनन्।
बेहदका बाबाले यिनीद्वारा साक्षात्कार गराउनुहुन्छ। भक्तिमार्गमा जसले जसमा जस्तो
भावना राख्छन्, त्यसको साक्षात्कार हुन्छ। अहिले तिम्रो भावना उच्चभन्दा उच्च बाबामा
छ। त्यसैले बिना मेहनत बाबाले साक्षात्कार गराइरहनुहुन्छ। सुरुमा कति ध्यानमा
जान्थ्यौ, आफै आपसमा बसेर ध्यानमा जान्थ्यौ। कुनै भक्ति कहाँ गर्यौ र! बच्चाहरूले
कहिल्यै भक्ति गर्छन् र? जस्तै एउटा खेल भएको थियो, हिँड बैकुण्ठ जाऔँ। एकअर्कालाई
हेर्दै गइहाल्थ्यौ, जे जति पनि बितेको छ त्यो फेरि दोहोरिनेछ। तिमीलाई थाहा छ– हामी
नै यस धर्मका थियौँ। सत्ययुगमा पहिला सुरुमा यो धर्म हुन्छ, यसमा धेरै सुख हुन्छ।
फेरि बिस्तारै बिस्तारै कलाहरू कम हुँदै जान्छन्। जुन सुख नयाँ घरमा हुन्छ त्यो
पुरानोमा हुँदैन। केही समयपछि त्यो चमक कम हुन्छ। स्वर्ग र नर्कमा त धेरै फरक छ नि।
कहाँ स्वर्ग, कहाँ यो नर्क! तिमी खुसीमा हुन्छौ, यो पनि थाहा छ– बाबाको याद पनि
पक्का टिक्नेछ। हामी आत्मा हौँ– यही बिर्सन्छौ अनि फेरि देह अभिमानमा आउँछौँ। यहाँ
बसेका भए पनि कोसिस गरेर आफूलाई आत्मा निश्चय गर। तब बाबाको याद पनि हुन्छ। देहमा
आउनाले फेरि देहका सबै सम्बन्ध याद आउनेछन्। यो एउटा नियम हो। तिमीले गाउँछौ पनि–
मेरा तो एक दूसरा न कोई। बाबा हामी बलिहार जानेछौँ। त्यो अहिलेको समय हो, एकलाई नै
याद गर्नुछ। आँखाले हुन त जोसुकैलाई पनि हेर, घुमफिर गर, केवल आत्माले बाबालाई याद
गर्नुछ। शरीर निर्वाह अर्थ कर्म पनि गर्नुछ। तर हातले काम गर्दा, दिल बाबाको यादमा
रहोस्, आत्माले आफ्नो माशुकलाई नै याद गर्नुछ। कसैको कुनै सखीसँग प्रीत छ भने फेरि
उसैको याद हुन्छ। फेरि त्यो लगाव टुट्न धेरै मुस्किल हुन्छ। सोध्छन्– बाबा यो के
हो! अरे, तिमी नाम-रूपमा किन फस्छौ! एक त तिमी देह अभिमानी बन्छौ र अर्को फेरि
तिम्रो कुनै बितेको हिसाब किताब छ भने त्यसले धोका दिन्छ। बाबा भन्नुहुन्छ– यी
आँखाले जे जति देख्छौ त्यसमा बुद्धि नजाओस्। तिम्रो बुद्धिमा यो रहोस्– हामीलाई
शिवबाबाले पढाउनुहुन्छ। यस्ता धेरै बच्चाहरू छन् जसले यहाँ बसेर पनि बाबालाई कहिल्यै
याद गर्दैनन्। कति त यहाँ बसेर पनि यादमा रहन सक्दैनन्। त्यसैले आफूलाई हेर्नुपर्छ–
मैले शिवबाबालाई कति याद गरेँ? नत्र चार्टमा घाटा पर्नेछ।
भगवान भन्नुहुन्छ–
मीठे बच्चे, मलाई याद गर। आफूले नोट गर, जहिले चाह्यो यादमा बसिहाल। खाना खाएर
चक्कर लगाएर १०-१५ मिनेट आएर यादमा बस किनकि यहाँ कुनै गोरखधन्दा त छैन। फेरि पनि
जुन कामकाज छोडेर आएका छौ त्यो कोही कोहीको बुद्धिमा आइरहन्छ। लक्ष्य धेरै जबरजस्त
छ, तब त बाबा भन्नुहुन्छ– आफ्नो जाँच गर। यो तिम्रो सबैभन्दा मूल्यवान समय हो।
भक्तिमार्गमा तिमीले कति समय खेर फाल्यौ। दिनप्रतिदिन गिर्दै नै जान्छौ। श्रीकृष्णको
साक्षात्कार भयो, धेरै खुसी हुन्छ। मिल्ने त केही पनि होइन। बाबाको वर्सा त एकैपटक
मिल्छ, अब बाबा भन्नुहुन्छ– मेरो यादमा रह्यौ भने तिम्रा जन्मजन्मान्तरका पाप
मेटिन्छन्। स्वर्गको पासपोर्ट (राहदानी) ती बच्चाहरूलाई मिल्छ जो यादमा रहेर आफ्ना
विकर्महरूलाई विनाश गरेर कर्मातीत अवस्थामा पुग्छन्। नत्र धेरै सजाय भोग्नुपर्छ।
बाबाले अरू पनि राय दिनुहुन्छ– आफ्नो ताज र तख्तको फोटो आफ्नो पकेटमा राख्ने गरेमा
याद रहनेछ। यसबाट हामी यो बन्छौँ। जति हेर्छौ त्यति याद गर्नेछौ। फेरि त्यसमा नै
मोह हुनेछ। हामी यो बनिरहेका छौँ– नरबाट नारायण, चित्र देखेर खुसी लाग्नेछ।
शिवबाबाको याद आउनेछ। यी सबै पुरुषार्थका युक्तिहरू हुन्। जोसुकैसँग तिमीले सोध–
सत्यनारायणको कथा सुनेर के हुन्छ? हाम्रो बाबाले हामीलाई सत्यनारायणको कथा
सुनाइरहनुभएको छ। कसरी ८४ जन्म लियौँ, त्यसको पनि हिसाब त चाहिन्छ नि। सबैले त ८४
जन्म लिनेछैनन्। दुनियाँलाई त केही पनि थाहा छैन। त्यसै मुखले केवल भनिदिन्छन्–
यसलाई भनिन्छ थ्योरीटिकल (सैद्धान्तिक)। यो हो तिम्रो प्राक्टिकल (व्यावहारिक)।
अहिले जे भइरहेको छ त्यसका फेरि भक्तिमार्गमा पुस्तक आदि बन्नेछन्। तिमी स्वदर्शन
चक्रधारी बनेर विष्णुपुरीमा आउँछौ। यो नयाँ कुरा हो। रावण राज्य झुटखण्ड, फेरि
सचखण्ड रामराज्य हुनेछ। चित्रहरूमा धेरै स्पष्ट (क्लियर) छ। अब यो पुरानो दुनियाँको
अन्त्य हुन्छ, ५ हजार वर्ष पहिला पनि विनाश भएको थियो। जति पनि वैज्ञानिक छन्
तिनीहरूको ख्यालमा आउँछ– हामीलाई कोही प्रेरक छ, जसद्वारा हामीले यी सबै गरिरहन्छौँ।
जान्दछन् पनि– हामीले यो गर्यौँ भने यसबाट सबै खतम हुनेछन्। तर परवश छन्, डराएका छन्।
सम्झन्छन्– घर बसेर एउटा बम छोड्यौँ भने खतम गरिदिनेछौँ। हवाईजहाज, पेट्रोल आदिको
पनि आवश्यकता हुनेछैन। विनाश त अवश्य हुनु नै छ। नयाँ दुनियाँ सत्ययुग थियो,
क्राइस्टभन्दा ३ हजार वर्ष पहिला स्वर्ग थियो फेरि अब स्वर्गको स्थापना भइरहेको छ।
पछि गएर बुझ्नेछन्– तिमीलाई थाहा छ स्थापना अवश्य हुनेछ। यसमा त पाई पैसाको पनि
संशय छैन।
यो ड्रामा कल्प
पहिलाको जस्तै चलिरहन्छ। ड्रामाले अवश्य पुरुषार्थ गराउनेछ। यस्तो पनि होइन, जे
ड्रामामा छ त्यही हुन्छ.....। सोध्छन्– पुरुषार्थ ठुलो कि प्रारब्ध ठुलो? पुरुषार्थ
ठुलो किनकि पुरुषार्थबाट नै प्रारब्ध बन्छ। पुरुषार्थबिना कोही कहिल्यै रहन सक्दैन।
तिमीले पुरुषार्थ गरिरहेका छौ नि। कहाँ कहाँबाट बच्चाहरू आउँछन्, पुरुषार्थ गर्छन्।
भन्छन्– बाबा हामीले बिर्सन्छौँ। अरे, शिवबाबाले तिमीलाई भन्नुहुन्छ– मलाई याद गर,
कसलाई भन्नुभयो? म आत्मालाई भन्नुभयो। बाबाले आत्माहरूसँग नै कुरा गर्नुहुन्छ।
शिवबाबा नै पतित-पावन हुनुहुन्छ, यो आत्माले पनि उहाँबाट सुन्छ। तिमी बच्चाहरूलाई
यो पक्का निश्चय हुनुपर्छ– बेहदका बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। उहाँ
उच्च भन्दा उच्च, प्यारा भन्दा प्यारा बाबा हुनुहुन्छ। भक्तिमार्गमा उहाँलाई नै याद
गर्थ्यौ, गाउँछौ पनि– तुम्हारी गति-मति न्यारी। त्यसैले अवश्य मत दिनुभएको थियो।
अहिले तिम्रो बुद्धिमा छ– यतिका सबै मनुष्य मात्र घर फर्केर जानेछन्। विचार गर– कति
आत्माहरू छन्, सबैको वंशवृक्ष छ। सबै आत्माहरू फेरि नम्बरवार गएर बस्नेछन्। क्लास
ट्रान्सफर हुन्छ त्यसपछि नम्बरवार बस्छन् नि। तिमी पनि नम्बरवार जान्छौ। सानो बिन्दु
(आत्मा) नम्बरवार गएर बस्नेछ फेरि नम्बरवार पार्टमा आउनेछ। यो रुद्र माला हो। बाबा
भन्नुहुन्छ– मेरो माला यति करोड आत्माहरूको छ। माथि म फूल हुँ फेरि पार्ट खेल्नको
लागि सबै यहीँ आउने छन्। ड्रामा यस्तो बनेको छ। भनिन्छ पनि– ड्रामा बनिबनाउ हो। यो
ड्रामा कसरी चल्छ त्यो तिमीलाई थाहा छ। सबैलाई यही बताऊ– आफूलाई आत्मा सम्झेर
बाबालाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन् फेरि तिमी गइहाल्नेछौ। यो हो
मेहनत। सबैलाई मार्ग बताउनुछ, तिम्रो कर्तव्य हो। तिमीले कुनै देहधारीमा फसाउँदैनौ।
बाबा त भन्नुहुन्छ– मलाई याद गर्यौ भने पाप भस्म हुनेछन्। बाबाले निर्देशन
दिनुहुन्छ त्यो त गर्नैपर्छ। सोध्नुपर्ने के कुरा छ र! जसरी भए पनि याद अवश्य गर,
यसमा बाबाले के कृपा गर्नुहुन्छ र! याद तिमीले गर्नुछ, वर्सा तिमीले लिनुछ। बाबा
स्वर्गका रचयिता हुनुहुन्छ त्यसैले अवश्य स्वर्गको वर्सा मिल्नेछ। अहिले तिमीलाई
थाहा छ– यो वृक्ष पुरानो भएको छ त्यसैले यो पुरानो दुनियाँबाट वैराग्य हुन्छ। यसलाई
भनिन्छ बेहदको वैराग्य। त्यो हठयोगीहरूको हदको वैराग्य हो। उनीहरूले बेहदको वैराग्य
सिकाउन सक्दैनन्। बेहदको वैराग्यवालाले फेरि हदको कसरी सिकाउँछन् र! अब बाबा
भन्नुहुन्छ– सिकिलधे बच्चाहरू, तिमीले पनि भन्छौ– बाबा कति सिकिलधे हुनुहुन्छ। ६३
जन्म बाबालाई याद गर्यौ, बस् मेरो त एक बाबा, दोस्रो न कोही। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) स्वर्गमा जाने पासपोर्ट लिनको लागि बाबाको यादद्वारा आफ्ना विकर्महरूलाई विनाश
गरेर कर्मातीत अवस्था बनाउनुछ। सजायबाट बच्ने पुरुषार्थ गर्नुछ।
२) ज्ञानवान बनेर
सबैलाई मार्ग बताउनुछ, चैतन्य लाइट हाउस बन्नुछ। एक आँखामा शान्तिधाम, अर्को आँखामा
सुखधाम रहोस्। यो दुःखधामलाई बिर्सनुछ।
वरदान:–
हरेक आत्मालाई
माथि उठाउने भावनाले रिगार्ड (सम्मान) दिने शुभचिन्तक भव
हरेक आत्माप्रति
श्रेष्ठ भावना अर्थात् माथि उठाउने वा अगाडि बढाउने भावना राख्नु अर्थात् शुभचिन्तक
बन्नु। आफ्नो शुभ वृत्तिले, शुभचिन्तक स्थितिले अरूको अवगुणलाई पनि परिवर्तन गर्नु,
कसैको पनि कमजोरी वा अवगुणलाई आफ्नो कमजोरी सम्झेर वर्णन गर्नुको सट्टा वा फैलाउनुको
सट्टा समाहित गर्नु र परिवर्तन गर्नु– यो नै रिगार्ड हो। ठुलो कुरालाई सानो बनाउनु,
निराशलाई शक्तिवान् बनाउनु, उनीहरूको सङ्गको रङ्गमा नआउनु, सदैव उनीहरूलाई पनि
उमङ्ग-उत्साहमा ल्याउनु– यो नै रिगार्ड हो। यस्तो रिगार्ड दिनेहरू नै शुभचिन्तक हुन्।
स्लोगन:–
त्यागको भाग्य
समाप्त गर्ने पुरानो स्वभाव-संस्कार हो, त्यसैले यसको पनि त्याग गर।