11.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीले आफ्नो चिन्तन गर्नुछ, अरूको होइन किनकि ड्रामा अनुसार जसले गर्छ उसले पाउँछ।”

प्रश्न:–
त्रिकालदर्शी बनेपछि आत्मालाई कुन स्मृति आएको छ?

उत्तर:–
आत्मालाई स्मृति आएको छ– हामी वास्तवमा यस ड्रामामा पार्ट खेल्न आएका मूलवतनका निवासी हौँ, हामीले मुख्य कलाकार बनेर ८४ जन्मको पार्ट खेल्यौँ। अहिले बाबाको सामुन्ने छौँ, फेरि बाबाको साथमा घर जानेछौँ। पावन बनेर घर जानुछ, फेरि सुखधाममा आउनुछ। यो सारा खेल भारतवर्षमा नै बनेको छ। यो सारा स्मृति त्रिकालदर्शी बनेपछि आएको हो।

गीत:–
मरना तेरी गली में...

ओम् शान्ति ।
यो गीत कसले गाएका हुन्? तिमी बच्चाहरूले। बच्चाहरूले के भन्छन्! बाबा, अब त हजुरको नै गलाको हार बन्नुछ। यो शरीर त यहाँ नै छोडिदिनुछ। तिमी बच्चाहरूलाई थाहा छ, शान्तिधाम वा निर्वाणधाममा बाबा र हामी बच्चा आत्माहरू रहन्छौँ। अहिले बाबा घरी घरी भन्नुहुन्छ, आफूलाई आत्मा निश्चय गर। तिमीलाई थाहा छ, हामी आत्माहरू बाबासँग निर्वाणधाममा रहन्थ्यौँ, फेरि यो शरीर धारण गरेर ८४ जन्मको चक्कर लगाएका छौँ। बच्चाहरूलाई थाहा छ, हामी अवश्य परमधामका निवासी हौँ। अब फेरि बाबा आउनुभएको छ। तिमी क्लासमा बस्दा तिमीहरूले देख्छौ बाबा तिम्रो सामुन्ने बस्नुभएको छ। यहाँ लौकिक शरीरका सम्बन्ध हुन्छन्। हामी वास्तवमा आत्माहरू हौँ, फेरि लौकिक सम्बन्धमा सुख र दुःखको जीवन बितायौँ। अहिले तिमी आत्माहरू त्रिकालदर्शी बनेका छौ। बाबाले पनि तीनै काल, तीनै लोकलाई जान्ने हुनुहुन्छ। तिमीले पनि जानेका छौ नम्बरवार पुरुषार्थ अनुसार। पढाइको याद त हुनुपर्छ नि! तिमीलाई अहिले स्मृति भएको छ। बाबाले सम्झाउनुभएको छ– तिमीहरू मूलवतन निवासी हौ, अहिले तिमी बापदादाबाट त्रिकालदर्शी बनेका छौ। तिमीलाई थाहा छ– यस ड्रामाका हामी मुख्य कलाकार हौँ। अहिले सारा ड्रामाको ज्ञान तिम्रो बुद्धिमा छ। तिमीलाई स्मृति भएको छ– हामी आधाकल्प सुखधाममा रहन्छौँ। त्यहाँ रावण हुँदैन। हामी आत्माहरूले पूरै ८४ जन्मको चक्कर लगाउँछौँ। अहिले बाबा सामुन्ने बस्नुभएको छ। बाबा हजुरको श्रीमतमा चलेर हामी हजुरसँग जानेछौँ। जति सकिन्छ हजुरलाई याद गर्नेछौँ। तिमी बच्चाहरूलाई दिनभरि यही ख्याल हुनुपर्छ, किनकि यतिबेला तिमी त्रिकालदर्शी बनेका छौ। उच्चभन्दा उच्च सर्वोच्च भगवान हुनुहुन्छ। उहाँसँग तिमी बच्चाहरू पनि उच्चभन्दा उच्च स्थानमा निवास गर्छौ। अहिले तिमी बच्चाहरूलाई घरको याद आएको छ। हामी पवित्र बनेर आफ्नो परमधाम घर जानेछौँ। पिता शिवबाबाको पूजा हुन्छ भने सालिग्रामहरूको पनि पूजा हुन्छ। बाबाले नै आएर आत्माहरूलाई पावन बनाउनुहुन्छ। आत्माहरूलाई पवित्र बनाउने एक मात्र बाबा हुनुहुन्छ, अरू कसैले आत्माहरूलाई पवित्र बनाउन सक्दैन।

अहिले तिमीले सारा ड्रामाको खेललाई जानिसकेका छौ। तिमीले बुझेका छौ, भारतवर्षमाथि नै यो खेल बनेको छ। त्यसैले अब तिमी बच्चाहरूलाई बाबा सामुन्ने बसेर सम्झाउनुहुन्छ। हरेक जीवको आत्माले जान्दछ, बाबा ज्ञानको सागर हुनुहुन्छ। उहाँलाई भक्तिमार्गमा बोलाउँदै आएका छन् अनि प्रतिज्ञा गर्दै आएका छन्। बाबा, हजुर आउनुभयो भने अवश्य हामी हजुरको मतमा चल्नेछौँ। यो कुनै लौकिक सम्बन्धको कुरा होइन। तिमी देहीअभिमानी बनेर यो ख्याल राख्नुछ– हामी एक बेहदको बाबाको श्रीमतमा चल्नुछ। उहाँकै आदेश मान्नुछ। उहाँले त धेरै सहजै सम्झाउनुहुन्छ। अहिले तिम्रो ज्ञानको तेस्रो नेत्र खुलेको छ। यसको ज्ञान तिमीलाई यहाँ हुन्छ। मूलवतनमा बाबा र बच्चाहरू रहन्छन्। त्यहाँ यो कसैलाई थाहा हुँदैन। अहिले तिमी बच्चाहरूलाई बाबाले आफ्नो परिचय दिनुहुन्छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ, अरू कुनै सत्सङ्गहरूमा यस्तो भन्दैनन्– बाबाले हामी आत्माहरूलाई पढाउनुहुन्छ। यो तिमीलाई थाहा छ। घरी घरी तिमीलाई भन्नुपर्छ, देहीअभिमानी बन। आत्मा यस ड्रामाको कलाकार हो, आत्माले नै पार्ट खेल्छ। हामी आत्माहरूले यो मनुष्य चोला लिएका छौँ। ती कलाकारहरूले कपडा फेरिरहन्छन्। तिमी आत्माहरूले निराकारी दुनियाँबाट यहाँ आएर यो शरीररूपी चोला लिन्छौ। उनीहरूले केवल आफ्नो कपडा फेरिरहन्छन्। हामी आत्माहरूलाई बाबाले फेरि आएर राजयोग सिकाइरहनुभएको छ।

अहिले तिमी बच्चाहरूले बुझेका छौ– बाबा आउनुभएको छ त्यसैले अवश्य हामी बाबाका मदतगार बन्नेछौँ। पवित्र बनेर सारा विश्वलाई पवित्र बनाउनेछौँ। हामी श्रीमतमा नै चल्नुछ। श्रीमतले भन्छ– बाबालाई याद गर्नुछ। जसले याद गर्छन्, उनीहरूले पाउँछन्। सबैले त आएर पुरुषार्थ गर्दैनन्। जसले कल्प पहिला पुरुषार्थ गरेका थिए, उनीहरूले नै पुरुषार्थ गर्नेछन्। अब हामी फर्कर जानुछ, त्यसैले पुरुषार्थ गरेर पवित्र अवश्य बन्नुछ। हामीहरू माथि मूलवतन निवासी हौँ। पहिला सुरुमा हामी स्वर्गमा आएका थियौँ, फेरि सिँढी तल ओर्लंदै आयौँ। बाबाले सम्झाउन पनि संसारका मानिसहरूलाई नै सम्झाउनुहुन्छ। बाबा यहाँ नै आउनुहुन्छ। आत्माहरूले बाबाको याद पनि यहाँ नै गर्छन् र भन्छन् बाबा आएर हामीहरूलाई पावन बनाउनुहोस्! शरीर धारण गरेर हामीलाई श्रेष्ठ कर्म सिकाउनुहोस्! यस शरीरको नाम पनि गायन गरिएको छ। यो भाग्यशाली रथ हो। बाबा पनि भन्नुहुन्छ, म साधारण तनमा प्रवेश गर्छु। पहिला पनि भन्नुभएको थियो– तिमी बच्चाहरूलाई स्मृति भएको छ, अवश्य ५ हजार वर्ष पहिला पनि बाबाले यही भन्नुभएको थियो, अरू कसैले पनि यो कुरा बताउन सक्दैनन्। बाबाले नै भन्नुहुन्छ, ५ हजार वर्ष पहिला पनि मैले यस शरीरमा आएर तिमीलाई सम्झाएको थिएँ। अब फेरि तिमी बच्चाहरूलाई भन्छु– आत्म अभिमानी बन। जसरी नाटक खेल्नेहरूलाई थाहा हुन्छ नि– हामी कुन वस्त्र पहिरिएर, के के पार्ट खेल्छौँ। तर उनीहरू त देह अभिमानी हुन्। यो बेहदको कुरा हो। तिमी बच्चाहरू देहीअभिमानी बन्नुछ। हामी वास्तवमा आत्मा नै हौँ। अब हाम्रो पार्ट पूरा हुन्छ। बाबा सामुन्ने बसेर सबैथोक तिमी आत्माहरूलाई सम्झाउनुहुन्छ, यो भुल्नुहुँदैन। मायाले कति विघ्न पार्छ। बाबाले सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमीले कुनै पनि विकर्म गर्नुहुँदैन। हुन त मनसामा तुफान धेरै आउनेछन्। आफ्नो परीक्षा आफैले लिनुछ। हाम्रा कर्मेन्द्रियहरू चञ्चल त हुँदैनन्? हामीले कामलाई जित्न सक्छौँ? तिम्रो लागि त धेरै सहज छ। हामी आत्मा हौँ, एक बाबाका बच्चा हौँ। बाबासँग नै योग लगाउनुछ। कर्मेन्द्रियहरू चञ्चल हुनु यो पनि देह अभिमान भयो नि!

तिमी कसैसँग पनि डराउनुहुँदैन। निर्भय बन्नुछ। कहिल्यै पनि कहीँ गयौ भने साक्षी भएर हेर्नुछ। हामी त आत्मा हौँ। यस खेललाई तिमीले पूरा जानेका छौ। उच्चभन्दा उच्च, सर्वोच्च बाबा हुनुहुन्छ, यो बुद्धिमा आएको छ, उहाँलाई बिन्दु भनिन्छ। निराकारी दुनियाँमा आत्माहरूको वृक्ष छ। बीजबाट वृक्ष निस्कन्छ, फेरि नम्बरवार पातहरू आउँछन्, यो पनि यस्तै हो। माथिबाट नम्बरवार आत्माहरू आउँछन्। आत्माले प्रवेश कसरी गर्छ, निस्कन्छ कसरी, यो कसैले देख्न सक्दैन। अब बाबा सम्झाउनुहुन्छ, तिम्रो आत्मा पतित भएको छ, त्यसलाई पावन बनाऊ। यिनीद्वारा बाबा बसेर सम्झाउनुहुन्छ। कुरा त कर्मेन्द्रियहरूबाट गर्नुहुन्छ नि! आत्मा बिन्दु यसमा भएन भने कर्मेन्द्रियहरूले केही गर्न सक्दैनन्। बाबा यति सानो बिन्दु कति पावरफुल हुनुहुन्छ, उहाँमा सारा ज्ञान छ। बाबा ज्ञानको सागर हुनुहुन्छ, जसले तिमीलाई बसेर सम्झाउनुहुन्छ। उहाँमा सारा ज्ञान छ। यो उहाँको पार्ट पनि पहिल्यै निश्चित छ। तिमी आत्मामा पनि ८४ जन्मको पार्ट छ। तिमीले दुःखसुखको पार्ट खेल्छौ। दुःखमा धेरै कष्ट पाउँछौ। बाबा भन्नुहुन्छ– म त पुनर्जन्ममा आउन्नँ, तिमीले ८४ जन्म लिन्छौ। मैले त ८४ जन्म लिन्नँ। म आएर तिमी बच्चाहरूलाई सहज युक्ति बताउँछु– मलाई याद गरेमा पावन बन्छौ। आधाकल्प तिमी काम चितामा बसेर तमोप्रधान बनेका छौ। बाबाले आत्माहरूसँग मात्रै कुरा गर्नुहुन्छ। आत्माका अङ्गहरू पहिला साना हुन्छन्, फेरि ठुला हुन्छन्। आत्मा त सानोठुलो हुँदैन। आत्माले नै भन्छ, हे पतितपावन आउनुहोस्! आत्माले बाबालाई पुकार्छ। बाबा भन्नुहुन्छ– म कल्प कल्प आउँछु, तिमी पतितहरूलाई पावन बनाउन। अहिले तिमीलाई थाहा भएको छ, आत्मा कसरी आउँछ र जान्छ। मानिसहरूले यो कुरा बुझ्न धेरै मेहनत गर्छन्। हेरौँ आत्मा कसरी निस्कन्छ, तर कसैलाई थाहा हुँदैन किनकि यो आत्मा अति सूक्ष्म छ। सानो आत्मामा कति पार्ट छ। जसरी बीजमा सारा ज्ञान हुन्छ, त्यो बीज त जड हो। बरको वृक्ष हुन्छ, त्यसको बीज कति सानो हुन्छ, त्यसबाट कति ठुलो अग्लो वृक्ष निस्कन्छ। कलकत्ताको वरको वृक्ष कतिले देखेका हौला। त्यो वरको वृक्ष धेरै ठुलो छ। अहिले त्यसको फेद (फाउन्डेसन) सबैजसो कुहिएको छ। बाँकी वृक्ष उभिएको छ। यो पनि यस्तै हो। देवता धर्मको फाउन्डेसन छैन। वृक्ष पनि अहिले जीर्ण अवस्थामा छ। यो कुरा पनि तिमीलाई थाहा छ, त्यसैले त तिमीले सरकारलाई पनि भन्छौ– हामीले यति समयमा दुनियाँलाई पावन बनाएर देखाउनेछौँ। मानिसहरूले यी कुराहरूलाई बुझ्दैनन्। तिमीलाई त निश्चय छ– हामीले यस विश्वलाई श्रेष्ठाचारी अवश्य बनाउनेछौँ, अनि मात्र भ्रष्टाचारी दुनियाँको विनाश हुन्छ। यिनीहरू जसले शान्ति होस् भन्ने चाहन्छन्, आत्मा पार्ट खेल्दाखेल्दै थाकेको छ, त्यसैले तिनीहरूले हे शान्तिदाता! भनेर पुकार्छन्। यो उनीहरूले कहाँ जान्दछन् र, आत्मा शान्तस्वरूप छ। तर यहाँ आत्माले कर्मेन्द्रियहरूद्वारा कर्म त अवश्य गर्नु नै छ। शान्ति दिनुहोस् भन्छन्। यो कुरा कसैलाई थाहा छैन, शान्तिधाम छुट्टै हो, सुखधाम छुट्टै हो। सुखधाममा धेरै कम मानिस हुन्छन्। त्यो सुखधाम नै पवित्र दुनियाँ हो। त्यहाँ त शान्ति कसैले माग्दैनन्। कर्म त त्यहाँ पनि गर्छन्, तर त्यहाँ अशान्ति हुँदैन। जीवनमुक्तिधाम अथवा शान्तिधाम दुवै भिन्नाभिन्नै हुन्। सत्ययुगमा जीव आत्माहरूलाई सुख पनि हुन्छ अनि शान्ति पनि हुन्छ। सदा स्वस्थ सदा सम्पन्न हुन्छन्।

अहिले तिमीलाई थाहा भएको छ, स्वर्ग केलाई भनिन्छ। दुनियाँमा यो पनि कसैलाई थाहा छैन, स्वर्ग के हो। यी (लक्ष्मीनारायण) बाबाका बच्चाहरू हुन् नि! यी बच्चाहरूलाई पनि सुख कसले दिनुभयो? कोही सुख दिने दाता त हुनुहुन्छ नि! के यिनीहरूको राज्य फेरि आउनेछ? स्वर्ग अवश्य फेरि दोहोरिन्छ। स्वर्गमा हुँदा त्यहाँ यस्तो भन्दैनौ– नर्क फेरि दोहोरिन्छ। अहिले भन्छौ, पवित्रता सुखशान्तिको नयाँ दुनियाँ फेरि दोहोरिनेछ। यो पुरानो दुनियाँ त दुःखधाम हो, यसलाई आइरन एज भनिन्छ। नयाँ दुनियाँ पनि त थियो नि! त्यसलाई स्वर्ग भनिन्छ। अहिले यो ज्ञान तिम्रो बुद्धिमा बसेको छ। अवश्य हामी फेरि देवीदेवता बनिरहेका छौँ। तिम्रो लक्ष्य उद्देश्य नै यो हो। हामीले फेरि स्वर्गको बादसाही लिन्छौँ। बेहदको बाबाबाट वर्सा अवश्य पाउँछौँ। यो कुरा राम्रोसँग याद गर्नुछ। हामी आत्माहरू त्यहाँ परमधाममा रहन्छौँ, फेरि यहाँ आएका छौँ पार्ट खेल्न। अहिले स्मृति मिलेको छ– ८४ जन्म कसरी लिन्छौँ। बाबाले सम्झाउन पनि तिमी ब्रह्मा मुखवंशावली ब्राह्मणहरूलाई सम्झाउनुहुन्छ। ब्राह्मण नबनीकन, प्रजापिता ब्रह्माको बच्चा नबनीकन शिवबाबाबाट वर्सा कसरी लिन्छौ! प्रजापिता ब्रह्मा त प्रसिद्ध छन् नि! शिवबाबाले ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ। त्यसैले नयाँ दुनियाँको राज्य पनि अवश्य तिनीहरूलाई नै मिलेको होला। ५ हजार वर्ष पहिला पनि बाबाले ब्रह्माद्वारा विष्णुपुरीको स्थापना गर्नुभएको थियो। अब फेरि दोहोरिनेछ। त्यसको लागि तिमीले तयारी गरिरहेका छौ। कति बच्चाहरूले सोध्छन्– ड्रामालाई ठुलो मानौँ वा पुरुषार्थलाई ठुलो मानौँ? सम्झाइन्छ, पुरुषार्थ त अवश्य गर्नु नै छ। पुरुषार्थ बिना प्रारब्ध कसरी मिल्छ! पूरा पुरुषार्थ गर्नुछ। कसैले राम्रोसँग पुरुषार्थ गरे भने बुझिन्छ, ड्रामा अनुसार यिनको पुरुषार्थ राम्रो चल्छ। पद पनि राम्रो पाउनेछन्। उनीहरूको पुरुषार्थ धेरै तीव्र चल्छ। फेरि ज्ञानमा चल्दाचल्दै कसैको पद सानो पनि हुन्छ। ब्राह्मणीहरूलाई थाहा छ, ब्राह्मणीहरूको नजिक आउनेहरूलाई पनि थाहा छ। फलानो धेरै राम्रोसँग ज्ञानमा चल्थ्यो। आजकाल आउँदैन। भन्छन्, हाम्रो बुद्धिमा थाहा छैन किन बस्दैन, बाबालाई हामीले याद गर्नै सक्दैनौँ। बस्, हामी ज्ञानमा चल्न सक्दैनौँ। यहाँ लक्ष्य ठुलो छ। यस्तो यस्तो कुरा लेखिदिन्छन्। मूल कुरा नै निर्विकारी बन्नु हो। विकारहरूलाई छोड्न धेरै मुस्किल हुन्छ, तिमीलाई थाहा छ ड्रामा अनुसार कल्प पहिलाजस्तै यिनको यस्तो अवस्था चलिआएको छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यस बेहदको खेललाई साक्षी भएर हेर्नुछ। कसैसँग पनि डराउनुछैन। निर्भय बन्नको लागि “म आत्मा हुँ” यो पाठ पक्का गर्नुछ।

२) आफ्नो जाँच गरेर स्वयंको परीक्षा लिनुछ– कुनै पनि कर्मेन्द्रिय चञ्चल त हुँदैन? काम विकारमाथि विजय प्राप्त गरेका छौ? देहीअभिमानी कहाँसम्म बनेका छौ?

वरदान:–
एक बाबाको स्मृतिबाट सच्चा सुहागको अनुभव गर्ने भाग्यवान् आत्मा भव

जसले कुनै पनि आत्माको बोली सुन्दासुन्दै पनि सुन्दैनन्, कुनै अन्य आत्माको स्मृति सङ्कल्प वा स्वप्नमा पनि ल्याउँदैनन् अर्थात् कुनै पनि देहधारीको झुकावमा आउँदैनन्, एक बाबा दोस्रो न कोही यस स्मृतिमा रहन्छन्, तिनीहरूलाई अविनाशी सुहागको तिलक मिल्छ। यस्ता सच्चा सुहागवाला नै भाग्यवान् हुन्।

स्लोगन:–
आफ्नो श्रेष्ठ स्थिति बनाउनुछ भने अन्तर्मुखी बन, फेरि बाहिर्मुखतामा आऊ।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

जसरी अग्निमा कुनै पनि चिज राख्यौ भने त्यसको नाम, रूप, गुण सबै परिवर्तन हुन्छ, त्यसरी नै जब बाबाको यादको लगनको अग्निमा पर्छौ, अनि परिवर्तन हुन्छौ। मानिसबाट ब्राह्मण बन्छौ, फेरि ब्राह्मणबाट फरिस्ता अनि देवता बन्छौ। लगनको अग्निबाट यस्तो परिवर्तन हुन्छ, जसले गर्दा आफ्नोपन केही पनि रहँदैन, त्यसैले यादलाई नै ज्वालारूप भनिएको हो।