11.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिम्रो
कर्तव्य हो सबैलाई स्थायी सुख र शान्तिको मार्ग बताउनु , त्यसैले शान्तिमा र हेर
शान्तिको ब क्सि स देऊ।”
प्रश्न:–
कुनचाहिँ
गुह्य रहस्यलाई बुझ्नको लागि बेहदको बुद्धि चाहिन्छ?
उत्तर:–
ड्रामाको जुन
दृश्य जुन समयमा चल्नुछ, त्यस समयमा नै चल्छ। यसको एक्युरेट अवधि हुन्छ, बाबा पनि
आफ्नो एक्युरेट टाइममा आउनुहुन्छ, यसमा एक सेकेन्डको पनि फरक पर्न सक्दैन। पूरा ५
हजार वर्षपछि बाबा आएर प्रवेश गर्नुहुन्छ, यो गुह्य रहस्य बुझ्नको लागि बेहदको
बुद्धि चाहिन्छ।
गीत:–
बदल जाए दुनिया
न बदलेंगे हम...
ओम् शान्ति ।
रुहानी
बच्चाहरूप्रति रुहानी बाबा बसेर सम्झाउनुहुन्छ। बच्चाहरूलाई मार्ग बताउनुहुन्छ–
शान्तिधाम र सुखधामको। यस समयमा सबै मानिसहरूले विश्वमा शान्ति चाहन्छन्। हरेकले
व्यक्तिगत रूपमा पनि शान्ति चाहन्छन् र विश्वमा पनि शान्ति चाहन्छन्। हरेकले भन्छन्–
मनलाई शान्ति चाहिन्छ। तर त्यो शान्ति पनि कहाँबाट मिल्न सक्छ। शान्तिको सागर त बाबा
मात्रै हुनुहुन्छ, जसबाट वर्सा मिल्न सक्छ। शान्ति व्यक्तिगत रूपमा पनि मिल्छ,
होलसेल (सामुहिक) रूपमा पनि मिल्छ, अर्थात् सबैलाई मिल्छ। जुन बच्चाहरूले पढ्छन्,
उनीहरू बुझ्न सक्छन्– हामीले शान्तिको वर्सा लिन आफैले पनि पुरुषार्थ गर्छौँ,
अरूलाई पनि मार्ग बताउँछौँ। विश्वमा शान्ति त हुनु नै छ। चाहे कोही वर्सा लिन आओस्
वा नआओस्। तिमी बच्चाहरूको कर्तव्य हो, अरू सबै बच्चाहरूलाई शान्ति दिनु। यो बुझ्न
सक्दैनन्, २-४ जनालाई वर्सा मिल्नाले के हुन्छ। कसैलाई मार्ग बताइन्छ, तर निश्चय
नभएका कारण अरूलाई आफूसमान बनाउन सक्दैनन्। जो निश्चयबुद्धि छन् उनीहरूले बुझ्छन्–
बाबाबाट हामीलाई वर मिलिरहेको छ। वरदान दिन्छन् नि– आयुष्मान भव, धनवान भव पनि
भन्छन्। केवल भन्नाले त आशीर्वाद मिल्न सक्दैन। आशीर्वाद मागे भने उनीहरूलाई
सम्झाइन्छ– तिमीलाई शान्ति चाहिन्छ भने यस्तो पुरुषार्थ गर। मेहनतले सबै कुरा
मिल्नेछ। भक्तिमार्गमा कति आशीर्वाद लिन्छन्। आमा, बुबा, टिचर, गुरु आदि सबैसँग
आशिर्वाद माग्छन्– हामी सुखी र शान्त रहन सकौँ। तर शान्त रहन सक्दैनन् किनकि यति
धेरै मानिसहरू छन्, उनीहरूलाई सुख-शान्ति कसरी मिल्न सक्छ। गायन पनि गर्छन् – शान्ति
देवा। बुद्धिमा आउँछ– हे परमपिता परमात्मा, हामीलाई शान्तिको बक्सिस दिनुहोस्!
वास्तवमा बक्सिस त्यसलाई भनिन्छ जुन चिज हातमा लिएर दिन सकिन्छ। भनिन्छ– यो तिमीलाई
बक्सिस हो, इनाम हो। बाबा भन्नुहुन्छ–कसैले जति पनि बक्सिस दिन्छन्, धनको, भवनको,
कपडा आदिको बक्सिस दिन्छन्, त्यो भयो दानपुण्य अल्पकालको लागि। मानिसले, मानिसलाई
दिन्छन्। धनवानले गरिबलाई अथवा धनवानले धनवानलाई दिँदै आएका छन्। तर यो त हो स्थायी
शान्ति र सुख। यहाँ त कसैले एक जन्मको लागि पनि सुख-शान्ति दिन सक्दैनन् किनकि
उनीहरूसँग नै छैन। दिने दाता एउटै बाबा हुनुहुन्छ। उहाँलाई सुख-शान्ति-पवित्रताको
सागर भनिन्छ। उच्चभन्दा उच्च भगवानको नै महिमा गायन गरिन्छ। जान्दछन्– उहाँबाट नै
शान्ति मिल्नेछ। फेरि उनीहरू साधुसन्त आदिकहाँ जान्छन् किनकि भक्तिमार्ग हो नि
त्यसैले चक्कर लगाइरहन्छन्। त्यो सबै पुरुषार्थ अल्पकालको लागि हो। तिमी बच्चाहरूको
लागि अहिले त्यो सबै बन्द हुन्छ। तिमीले लेख्छौ पनि– बेहदका बाबाबाट १०० प्रतिशत
पवित्रता, सुख, शान्तिको वर्सा पाउन सक्छौँ। यहाँ १०० प्रतिशत अपवित्रता, दु:ख,
अशान्ति छ। तर मानिसहरूले बुझ्दैनन्। भन्छन्– ऋषिमुनि आदि त पवित्र छन्। तर जन्म त
फेरि पनि विषबाट हुन्छ नि। मूल कुरा नै यही हो। रावण राज्यमा पवित्रता हुन सक्दैन।
पवित्रता-सुख आदिको सागर एउटै बाबा हुनुहुन्छ।
तिमीलाई थाहा छ–
हामीलाई शिवबाबाबाट २१ जन्म अर्थात् आधाकल्प २५०० वर्षको लागि वर्सा मिल्छ। यो त
ग्यारेन्टी छ। आधाकल्प सुखधाम, आधाकल्प दु:खधाम। सृष्टिका दुई भाग छन्– एक नयाँ,
अर्को पुरानो। तर नयाँ कहिले, पुरानो कहिले हुन्छ, यो पनि जान्दैनन्। वृक्षको आयु
त्यति एक्युरेट बताउन सक्दैनन्। अहिले बाबाबाट तिमीले यस वृक्षलाई जान्दछौ। यो ५
हजार वर्षको पुरानो वृक्ष हो, यसको एक्युरेट आयुको विषयमा तिमीलाई थाहा छ, अरू जुन
वृक्ष हुन्छन् तिनीहरूको आयुको विषयमा कसैलाई थाहा हुँदैन, अन्दाजमा बताइदिन्छन्।
तुफान आयो, वृक्ष गिर्यो, आयु पूरा भयो। मानिसहरूको पनि अचानक मृत्यु भइरहन्छ। यस
बेहदको वृक्षको आयु पूरा ५ हजार वर्ष छ। यसमा एक दिन न घटी, न बढी हुन सक्छ। यो
बनिबनाउ वृक्ष हो। यसमा फरक पर्न सक्दैन। ड्रामामा जुन दृश्य जुन समयमा चल्नुछ,
त्यस समयमा नै चल्छ। हुबहु रिपीट हुन्छ। आयु पनि एक्युरेट छ। बाबालाई पनि नयाँ
दुनियाँ स्थापना गर्न आउनुछ। एक्युरेट टाइममा आउनुहुन्छ। एक सेकेन्डको पनि त्यसमा
फरक पर्न सक्दैन। यो पनि अब तिम्रो बेहदको बुद्धि भयो। तिमीले नै बुझ्न सक्छौ। पूरा
५ हजार वर्षपछि बाबा आएर प्रवेश गर्नुहुन्छ, त्यसैले शिवरात्रि भनिन्छ। कृष्णको लागि
जन्माष्टमी भनिन्छ। शिवको जन्माष्टमी भनिँदैन, शिवको रात्रि भनिन्छ किनकि यदि जन्म
भयो भने फेरि मृत्यु पनि हुन्छ। मानिसहरूको जन्मदिन भनिन्छ। शिवको लागि सदा
शिवरात्रि भनिन्छ। दुनियाँमा यी कुराहरूको विषयमा केही पनि थाहा छैन। तिमीले बुझेका
छौ– शिवरात्रि किन भनिन्छ, जन्माष्टमी किन भनिँदैन। उहाँको जन्म दिव्य अलौकिक छ,
जुन अरू कसैको हुन सक्दैन। यो कसैले जान्दैनन्– शिवबाबा कहिले, कसरी आउनुहुन्छ।
शिवरात्रिको अर्थ के हो, तिमीले नै जान्दछौ। यो बेहदको रात हो। भक्तिको रात पूरा
भएर दिन हुन्छ। ब्रह्माको रात र दिन त फेरि ब्राह्मणहरूको पनि भयो। एक ब्रह्माको
खेल कहाँ चल्छ र। अहिले तिमीलाई थाहा छ, अब दिन सुरु हुनुछ। पढ्दापढ्दै गएर आफ्नो
घर पुग्नेछौ, फेरि दिनमा आउनेछौ। आधाकल्प दिन र आधाकल्प रात भनिन्छ तर कसैको पनि
बुद्धिमा आउँदैन। उनीहरूले त भन्छन्– कलियुगको अवधि ४० हजार वर्ष बाँकी छ, सत्ययुगको
अवधि लाखौँ वर्ष छ फेरि आधा आधाको हिसाब ठहरिँदैन। कल्पको अवधि कसैले पनि जान्दैनन्।
तिमीले सारा विश्वको आदि-मध्य-अन्त्यलाई जान्दछौ। यो ५ हजार वर्षपछि सृष्टिले चक्कर
लगाइरहन्छ। विश्व त सदा भइ नै रहन्छ, त्यसमा पार्ट खेल्दाखेल्दै मानिसहरू नै हैरान
हुन्छन्। यो के आवागमन हो। यदि ८४ लाख जन्मको आवागमन हुन्थ्यो भने थाहा छैन के
हुन्थ्यो। नजान्नाले कल्पको अवधि पनि बढाइदिएका छन्। अहिले तिमी बच्चाहरूले बाबासँग
सम्मुख बसेर पढिरहेका छौ। भित्र आभास हुन्छ (भासना आउँछ)– हामी यथार्थमा बसेका छौँ।
पुरुषोत्तम सङ्गमयुग पनि अवश्य आउनुछ। कहिले आउँछ, कसरी आउँछ– यो कसैले पनि
जान्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ त्यसैले कति खुसीले गदगद हुनुपर्छ। तिमीले नै
कल्प कल्प बाबाबाट वर्सा लिन्छौ अर्थात् मायामाथि विजय पाउँछौ, फेरि हार्छौ। यो
बेहदको हार र जित हो। ती राजाहरूको त धेरै नै हारजित भइरहन्छ। अनेक लडाइँहरू
भइरहन्छन्। सानो लडाइँ भयो भने भनिदिन्छन्– अब हामीले जित्यौँ। के जित्यौ? सानो
टुक्रालाई जित्यौ। ठुलो लडाइँमा हारे भने फेरि झण्डा ढालिदिन्छन्। पहिला सुरुमा त
एक राजा हुन्छन् फेरि अरू अरू वृद्धि हुँदै जान्छन्। पहिला सुरुमा यी
लक्ष्मी-नारायणको राज्य थियो फेरि अरू राजाहरू आउन सुरु भए। जसरी पोपको विषयमा
देखाउँछन्। पहिला एक थिए फेरि नम्बरवार अरू पोप पनि बस्दै गए। कसैको मृत्युको त
ठेगान नै छैन नि।
तिमी बच्चाहरूलाई थाहा
छ– हामीलाई बाबाले अमर बनाइरहनुभएको छ। अमरपुरीको मालिक बनाइरहनुभएको छ, कति खुसी
हुनुपर्छ। यो मृत्युलोक हो। त्यो अमरलोक हो। यी कुराहरूलाई नयाँले कोही बुझ्न
सक्दैन। उनीहरूलाई मजा आउँदैन, जति पुरानाहरूलाई आउँछ। दिनप्रतिदिन वृद्धि हुँदै
जान्छन्। निश्चय पक्का हुन्छ। यसमा धेरै सहनशीलता पनि हुनुपर्छ। यो त आसुरी दुनियाँ
हो, दु:ख दिनमा बेर लगाउँदैनन्। तिम्रो आत्माले भन्छ– हामी अहिले बाबाको श्रीमतमा
चलिरहेका छौँ। हामी सङ्गमयुगमा छौँ। बाँकी सबै कलियुगमा छन्। हामी अहिले पुरुषोत्तम
बनिरहेका छौँ। पुरुषहरूमा उत्तम पुरुष पढाइबाट नै बन्छन्। पढाइबाट नै प्रधान
न्यायाधीश आदि बन्छन् नि। तिमीलाई बाबाले पढाउनुहुन्छ। यस पढाइबाट नै आफ्नो
पुरुषार्थ अनुसार पद पाउँछौ। जसले जति पढ्छन् त्यति श्रेणीमा पुग्छन्। यसमा राज्यको
श्रेणी हुन्छ। त्यसैगरी त्यस पढाइमा राज्यको श्रेणी हुँदैन। तिमीलाई थाहा छ– हामी
राजाहरूको राजा बनिरहेका छौँ। त्यसैले भित्र कति खुसी हुनुपर्छ। हामी धेरै उच्च डबल
शिरताज बन्छौँ। भगवान बाबाले हामीलाई पढाउनुहुन्छ। कहिल्यै कसैले बुझ्न सक्दैन–
निराकार बाबा कसरी आएर पढाउनुहुन्छ। मानिसहरूले पुकार्छन् पनि– हे पतित-पावन आएर
हामीलाई पावन बनाउनुहोस्! फेरि पनि पावन बन्दैनन्। बाबा भन्नुहुन्छ– काम महाशत्रु
हो। तिमीले एकातिर पुकार्छौ– पतित-पावन आउनुहोस्! अब म आएको छु र भन्छु– प्यारा
बच्चाहरू! पतितपना छोडिदेऊ, तैपनि तिमीले छोड्दैनौ किन। यस्तो कहाँ हुन्छ र– बाबाले
तिमीलाई पावन बनाउने र तिमी पतित बनिरहने। धेरै यस्ता पतित बन्छन्। कसैले सत्य
बताउँछन्, बाबा यो भुल भयो। बाबा भन्नुहुन्छ– कुनै पनि पाप कर्म भयो भने तुरुन्तै
बताऊ। कसैले साँचो, कसैले झुटो बोल्छन्। कसले सोध्नुहुन्छ? म कहाँ बसेर एक एकको
मनभित्रको कुरा जान्दछु र, यो त हुन सक्दैन। म आउँछु नै केवल राय दिन। पावन बनेनौ
भने तिम्रो नै नोक्सान हुन्छ। मेहनत गरेर पावनबाट फेरि पतित बन्यौ भने, गरेको कमाइ
चट् हुन्छ। लाज लाग्छ– म आफै पतित बनेको छु फेरि अर्कोलाई कसरी भन्ने– पावन बन। मन
खाइरहन्छ– मैले कति आदेशको उल्लङ्घन गरेँ। यहाँ तिमीले बाबासँग डाइरेक्ट प्रतिज्ञा
गर्छौ, तिमीलाई थाहा छ– बाबाले हामीलाई सुखधाम-शान्तिधामको मालिक बनाइरहनुभएको छ।
सामुन्ने उपस्थित (हाजिर नाजिर) हुनुहुन्छ, हामी उहाँको सम्मुख बसेका छौँ। यिनमा
पहिला यो ज्ञान कहाँ थियो र। न कुनै गुरु नै थिए– जसले ज्ञान दिए। यदि गुरु हुन्थे
भने केवल एकलाई ज्ञान दिन्थे र। गुरुहरूका अनुयायी भक्तहरू त धेरै हुन्छन् नि। एउटा
मात्र कहाँ हुन्छ र। यो बुझ्ने कुरा हो नि। सदगुरु हुनुहुन्छ नै एक। उहाँले हामीलाई
मार्ग बताउनुहुन्छ। हामीले फेरि अरूलाई बताउँछौँ। तिमीले सबैलाई भन्छौ– बाबालाई याद
गर। पुग्यो। उच्चभन्दा उच्च बाबालाई याद गरेमा नै उच्च पद मिल्नेछ। तिमी राजाहरूको
राजा बन्छौ। तिमीसँग अनगिन्ती धन हुन्छ। तिमीले आफ्नो झोली भर्छौ नि। तिमीलाई थाहा
छ– बाबाले हाम्रो झोली खुब भरिरहनुभएको छ। भनिन्छ– कुबेरसँग धेरै धन थियो। वास्तवमा
तिमी हरेक कुबेर हौ। तिमीलाई वैकुण्ठरूपी खजाना मिल्छ। खुदा दोस्तको पनि कहानी छ।
एक दिनको लागि बादसाही दिइन्थ्यो। यी सबै दृष्टान्त हुन्। अल्लाह अर्थात् बाबा,
उहाँले अवलदीन रच्नुहुन्छ। फेरि साक्षात्कार हुन्छ। तिमीलाई थाहा छ– अवश्य हामी
योगबलले विश्वको बादसाही लिन्छौँ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यस आसुरी दुनियाँमा धेरै धेरै सहनशील बनेर रहनुछ। कसैले गाली गरे, दु:ख दिए भने
पनि सहन गर्नुछ। बाबाको श्रीमत कहिल्यै छोड्नुछैन।
२) डाइरेक्ट बाबाले
पावन बन्ने आदेश दिनुभएको छ त्यसैले कहिल्यै पनि पतित बन्नुछैन। कहिल्यै कुनै पाप
भयो भने लुकाउनुछैन।
वरदान:–
एकनामी र
इकोनोमीको पाठद्वारा हलचलमा पनि अचल-अडोल भव
समय अनुसार
वायुमण्डलमा अशान्ति र हलचल बढ्दै गइरहेको छ, यस्तो समयमा अचल अडोल रहनको लागि
बुद्धिको लाइन धेरै क्लियर हुनुपर्छ। यसको लागि समय अनुसार टचिङ र क्याचिङ पावरको
आवश्यकता छ। यसलाई बढाउनको लागि एकनामी र इकोनोमीवाला बन। एकनामी र इकोनोमी गर्ने
बच्चाहरूको लाइन क्लियर हुने भएकाले बापदादाको निर्देशनलाई सहजै क्याच गरेर हलचलमा
पनि अचल-अडोल हुन्छन्।
स्लोगन:–
स्थूल सूक्ष्म
कामनाहरूको त्याग गरेमा कुनै पनि कुराको सामना गर्न सक्नेछौ।
अव्यक्त इसारा:– स्वयं
र सर्वप्रति मनसा द्वारा योगको शक्तिको प्रयोग गर
अब मनसाको क्वालिटी
बढायौ भने क्वालिटी भएका आत्माहरू समीप आउनेछन्, यसमा डबल सेवा हुन्छ– स्वको पनि र
अरूको पनि। स्वको लागि अलग्गै मेहनत गर्नुपर्दैन। प्रारब्ध प्राप्त हुन्छ, यस्तो
अनुभव हुनेछ। यस समयको श्रेष्ठ प्रारब्ध हो– “सदा स्वयं सर्व प्राप्तिहरूले सम्पन्न
रहनु र सम्पन्न बनाउनु”।