12.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी पावन दुनियामा जा नुछ त्यसैले काम महाशत्रुमाथि वि ज य प्राप्त ग र्नुछ , कामजित , जगतजित ब न्नुछ ।”

प्रश्न:–
हरेकले आफ्नो क्रियाकलापबाट सबैलाई कुनचाहिँ साक्षात्कार गराउन सक्छन्?

उत्तर:–
म हंस हुँ वा बकुल्लो हुँ? यो कुरा हरेकले आफ्नो क्रियाकलापबाट सबैलाई साक्षात्कार गराउन सक्छन् किनकि हंसले कहिल्यै कसैलाई दुःख दिँदैनन्। बकुल्लाले दुःख दिन्छन्, तिनीहरू विकारी हुन्छन्। तिमी बच्चाहरू अहिले बकुल्लाबाट हंस बनेका छौ। तिमी पारसबुद्धि बन्ने बच्चाहरूको कर्तव्य हो– सबैलाई पारसबुद्धि बनाउनु।

ओम् शान्ति ।
जुन बेला ओम् शान्ति भनिन्छ त्यतिबेला आफ्नो स्वधर्म याद आउँछ। घरको पनि याद आउँछ तर घरमा गएर बस्नु त छैन। बाबाका बच्चा हौँ भने अवश्य आफ्नो स्वर्गलाई पनि याद गर्नुपर्छ। त्यसैले ओम् शान्ति भन्नाले यो सारा ज्ञान बुद्धिमा आउँछ। म आत्मा शान्तस्वरूप हुँ, शान्तिका सागर बाबाको बच्चा हुँ। जुन बाबाले स्वर्ग स्थापना गर्नुहुन्छ, उहाँ बाबाले नै हामीलाई पवित्र शान्तस्वरूप बनाउनुहुन्छ। मुख्य कुरा हो पवित्रताको। दुनिया नै पवित्र र अपवित्र बन्छ। पवित्र दुनियामा एक जना पनि विकारी हुँदैनन्। अपवित्र दुनियामा ५ विकार छन्, त्यसैले यसलाई विकारी दुनिया भनिन्छ। त्यो हो निर्विकारी दुनिया। निर्विकारी दुनियाबाट सिँढी ओर्लंदै ओर्लंदै फेरि तल विकारी दुनियामा आउँछन्। त्यो हो पावन दुनिया, यो हो पतित दुनिया। त्यो हो दिन, सुख। यो हो भट्किने रात। हुन त रातमा कोही भट्किँदैनन्। तर भक्तिलाई भट्किनु भनिन्छ। तिमी बच्चाहरू अब यहाँ आएका छौ सदगति पाउन। तिम्रो आत्मामा सबै पाप थिए, ५ विकार थिए। त्यसमा पनि मुख्य हो काम विकार, जसबाट नै मानिस पाप आत्मा बन्छन्। यो त हरेकले जान्दछन्– म पतित छु र पाप आत्मा पनि छु। एउटै काम विकारको कारण सबै क्षमता काम नलाग्ने हुन्छन्, त्यसैले बाबा भन्नुहुन्छ– कामलाई जित्यौ भने तिमी जगतजित अर्थात् नयाँ विश्वको मालिक बन्नेछौ। यसमा भित्र यति धेरै खुसी हुनुपर्छ। मानिस पतित बनेपछि केही पनि बुझ्दैनन्। बाबा सम्झाउनुहुन्छ– कुनै पनि विकार हुनुहुँदैन। मुख्य हो काम विकार, यसमा कति हङ्गामा हुन्छन्। घर घरमा कति अशान्ति, हाहाकार हुन्छ। यस समयमा दुनियामा किन हाहाकार छ? किनकि आत्माहरू पापी छन्। विकारहरूको कारणले नै असुर भनिन्छ। अहिले तिमीले बुझेका छौ– यस समयमा दुनियामा कुनै पनि काम लाग्ने चीज छैन, यो भंभोरमा आगो लाग्नुछ। जेजति यी आँखाले देखिन्छ, सबैमा आगो लाग्नेछ। आत्मालाई त आगो लाग्दैन। आत्माको त सदैव मानौँ बीमा गरिएको छ, सदैव जीवित रहन्छ। आत्माको कहिल्यै बीमा गराइन्छ र? शरीरको बीमा गराइन्छ। आत्मा अविनाशी छ। बच्चाहरूलाई सम्झाइएको छ– यो खेल हो। आत्मा त माथि रहन्छ, ५ तत्त्वभन्दा बिल्कुलै अलग छ। ५ तत्त्वबाट सारा दुनियाको सामग्री बन्छ। आत्मा त बन्दैन। आत्मा सदैव रहिरहन्छ। केवल पुण्य आत्मा, पाप आत्मा बन्छ। आत्माको नै नाम हुन्छ– पुण्य आत्मा, पाप आत्मा। ५ विकारबाट कति विकारी बन्छन्। अब बाबा आउनुभएको छ पापबाट छुटाउन। विकारले नै सारा चरित्र बिगार्छ। चरित्र केलाई भनिन्छ, यो पनि बुझ्दैनन्। यो हो उच्चभन्दा उच्च रुहानी सरकार। पाण्डव सरकार नभनेर तिमीलाई ईश्वरीय सरकार भन्न सकिन्छ। तिमीले बुझेका छौ– हामी ईश्वरीय सरकार हौँ। ईश्वरीय सरकारले के गर्छ? आत्माहरूलाई पवित्र बनाएर देवता बनाउँछ। नत्र देवता कहाँबाट आए? यो कसैले पनि जान्दैनन्, हुन त यिनीहरू पनि मानिस हुन् तर देवता कसरी थिए, कसले बनाउनुभयो? देवताहरू त हुन्छन् नै स्वर्गमा। त्यसोभए उनीहरूलाई स्वर्गवासी कसले बनाउनुभयो? स्वर्गवासी फेरि अवश्य नर्कवासी बन्छन्, फेरि स्वर्गवासी। यो कुरा तिमीले पनि जान्दैनथ्यौ भने अरूले फेरि कसरी जान्नेछन्! अब तिमीले बुझेका छौ– ड्रामा बनिसकेको छ, यति धेरै कलाकारहरू छन्। यी सबै कुरा बुद्धिमा हुनुपर्छ। पढाइ त बुद्धिमा हुनुपर्छ नि र पवित्र पनि अवश्य बन्नुछ। पतित बन्नु धेरै नराम्रो कुरा हो। आत्मा नै पतित बन्छ। एकअर्कामा पतित बन्छन्। पतितहरूलाई पावन बनाउनु यो तिम्रो काम हो। पावन बन्यौ भने पावन दुनियामा जानेछौ। यो कुरा आत्माले बुझ्छ। आत्मा भएन भने शरीर पनि रहन सक्दैन, प्रतिक्रिया (रेस्पोन्ड) मिल्न सक्दैन। आत्मालाई थाहा छ– हामी वास्तवमा पावन दुनियाका निवासी हौँ। अहिले बाबाले सम्झाउनुभएको छ– तिमी बिल्कुलै बेसमझ थियौ, त्यसैले पतित दुनियाको लायक बनेका छौ। अब पावन नबन्दासम्म स्वर्गको लायक बन्न सक्दैनौ। स्वर्गको तुलना पनि सङ्गममा नै गरिन्छ। त्यहाँ कहाँ तुलना गर्न सकिन्छ र! यस सङ्गमयुगमा नै तिमीलाई सारा ज्ञान मिल्छ। पवित्र बन्ने हतियार मिल्छ। एकलाई नै भनिन्छ पतितपावन बाबा, हामीलाई यस्तो पावन बनाउनुहोस्! यिनीहरू स्वर्गका मालिक हुन् नि। तिमीलाई थाहा छ– हामी नै स्वर्गका मालिक थियौँ, फेरि ८४ जन्म लिएर पतित बनेका छौँ। श्याम र सुन्दर, यिनको नाम पनि यस्तै राखिएको छ। श्रीकृष्णको चित्र कालो बनाइदिन्छन् तर अर्थ कहाँ बुझ्छन् र। श्रीकृष्णको विषयमा पनि तिमीलाई कति स्पष्ट ज्ञान मिल्छ। यसमा दुई दुनिया बनाइदिएका छन्। वास्तवमा दुई दुनिया त छैनन्। दुनिया एउटै हो। त्यो नयाँ र पुरानो हुन्छ। पहिला साना बच्चाहरू नयाँ हुन्छन्, फेरि ठुला बनेर वृद्ध हुन्छन्। त्यसैले तिमीले कति मेहनत गर्छौ सम्झाउनको लागि, आफ्नो राजधानी स्थापना गरिरहेका छौ नि। लक्ष्मीनारायणले बुझेका छन् नि। समझबाट कति मीठा बनेका छन्। कसले सम्झाउनुभयो? भगवानले। लडाइँ आदिको त कुरै छैन। भगवान कति समझदार, नलेजफुल हुनुहुन्छ। कति पवित्र हुनुहुन्छ। शिवको चित्र अगाडि सबै मानिसहरू गएर नमन गर्छन् तर उहाँ को हुनुहुन्छ, के गर्नुहुन्छ, यो कसैले जान्दैनन्। शिव काशी विश्वनाथ गङ्गा... बस् केवल भनिरहन्छन्। अर्थ अलिकति पनि बुझ्दैनन्। सम्झायो भने भन्छन्– तिमीले हामीलाई के सम्झाउँछौ। हामीले त वेद-शास्त्र आदि सबै पढेका छौँ। तर रामराज्य केलाई भनिन्छ, यो पनि कसैले जान्दैनन्। रामराज्य सत्ययुग नयाँ दुनियालाई भनिन्छ। तिमीहरूमा पनि नम्बरवार छन्, जसलाई धारणा हुन्छ। कतिले त भुल्छन् पनि किनकि बिल्कुलै पत्थरबुद्धि बनेका छन्। त्यसैले अब जो पारसबुद्धि बनेका छन्, उनीहरूको काम हो अरूलाई पारसबुद्धि बनाउनु। पत्थरबुद्धिको गतिविधि त्यही चलिरहन्छ किनकि हंस र बकुल्ला भए नि। हंसले कहिल्यै कसैलाई दुःख दिँदैनन्। बकुल्लाले दुःख दिन्छन्। कति छन् जसको चाल नै बकुल्लाको जस्तो हुन्छ, उनीहरूमा सबै विकार हुन्छन्। यहाँ पनि यस्ता धेरै विकारी आइपुग्छन्, जसलाई असुर भनिन्छ। पहिचान हुँदैन। धेरै सेवाकेन्द्रहरूमा पनि विकारी आउँछन्, बहाना बनाउँछन्, हामी ब्राह्मण हौँ, तर त्यो झुटो हुन्छ। यसलाई भनिन्छ नै झुटो दुनिया। त्यो नयाँ दुनिया सत्य दुनिया हो। अहिले सङ्गम हो। कति फरक छ। जसले झुटो बोल्छन्, झुटो काम गर्छन्, उनीहरू थर्ड ग्रेड बन्छन्। फर्स्ट ग्रेड, सेकेन्ड ग्रेड त हुन्छन् नि।

बाबा भन्नुहुन्छ– पवित्रताको पनि पूरा प्रमाण दिनुछ। कतिले भन्छन्– यिनीहरू दुवै सँगसँगै बसेर पवित्र रहन्छन्, यो त असम्भव छ। त्यसमा बच्चाहरूले सम्झाउनुपर्छ। योगबल नभएको कारणले यति सहज कुरा पनि पूरा रीतिले सम्झाउन सक्दैनन्। उनीहरूलाई यो कुरा कसैले सम्झाउँदैनन्– यहाँ हामीलाई भगवानले पढाउनुहुन्छ। उहाँ भन्नुहुन्छ– पवित्र बन्यौ भने तिमी २१ जन्म स्वर्गको मालिक बन्नेछौ। त्यो हो पवित्र दुनिया। पवित्र दुनियामा पतित कोही हुन सक्दैनन्। ५ विकार नै हुँदैनन्। त्यो हो निर्विकारी दुनिया। यो हो विकारी दुनिया। हामीलाई सत्ययुगको बादसाही मिल्छ भने हामी एक जन्मको लागि किन पावन नबन्ने! हामीलाई जबरजस्त चिट्ठा मिल्छ। त्यसबाट खुसी हुन्छ। देवीदेवता पवित्र छन् नि। अपवित्रबाट पवित्र पनि बाबाले नै बनाउनुहुनेछ। त्यसपछि बताउनुपर्छ– हामीलाई यो आकर्षण हुन्छ। बाबाले नै यस्तो बनाउनुहुन्छ। बाबा बाहेक त नयाँ दुनिया कसैले बनाउन सक्दैन। मानिसबाट देवता बनाउन भगवान नै आउनुहुन्छ, जसको रात्रि गायन गरिन्छ। यो पनि सम्झाइएको छ– ज्ञान, भक्ति, वैराग्य। ज्ञान र भक्ति आधा आधा हो। भक्ति पछि हुन्छ वैराग्य। अब घर जानुछ, यो शरीररूपी कपडा उतार्नुछ। यो फोहोरी दुनियामा बस्नुछैन। ८४ को चक्र अब पूरा भयो। अब शान्तिधाम भएर जानुछ। सबैभन्दा पहिला अल्फको कुरा भुल्नुहुँदैन। यो पनि बच्चाहरूले बुझेका छौ– यो पुरानो दुनिया समाप्त हुनुछ। बाबाले नयाँ दुनिया स्थापना गर्नुहुन्छ। बाबा अनेक पटक आउनुभएको छ स्वर्गको स्थापना गर्न। नर्कको विनाश हुनुछ। नर्क कति ठुलो छ, स्वर्ग कति सानो छ। नयाँ दुनियामा एउटै धर्म हुन्छ। यहाँ अनेक धर्म छन्। एउटै धर्म कसले स्थापना गर्नुभयो? ब्रह्माले त गरेनन्। ब्रह्मा नै पतित सो फेरि पावन बन्छन्। मेरो लागि त भनिँदैन पतित सो पावन। पावन छन् त्यसैले लक्ष्मीनारायण नाम छ। ब्रह्माको दिन, ब्रह्माको रात। यिनी प्रजापिता हुन् नि। शिवबाबालाई अनादि रचयिता भनिन्छ। अनादि शब्द बाबाको लागि हो। बाबा अनादि त आत्माहरू पनि अनादि छन्। खेल पनि अनादि छ। ड्रामा बनिबनाउ छ। स्व आत्मालाई सृष्टचक्रको आदि-मध्य-अन्त्य, अवधिको ज्ञान मिल्छ। यो कसले दिनुभयो? बाबाले। तिमी २१ जन्मको लागि सनाथ बन्छौ, फेरि रावणको राज्यमा अनाथ बन्छौ। यहाँबाट नै चरित्र बिग्रन्छ, विकार छन् नि। बाँकी दुई दुनिया छैनन्। मानिसहरूले त फेरि ठान्छन्– स्वर्गनर्क सबै सँगसँगै हुन्छन्। अहिले तिमी बच्चाहरूलाई कति स्पष्ट सम्झाइन्छ। अहिले तिमी गुप्त छौ। शास्त्रहरूमा त के के लेखिदिएका छन्। धागो कति जेलिएको छ। बाबा सिवाय अरू कसैले सुल्झाउन सक्दैनन्। उहाँलाई नै पुकार्छन्– हामी कुनै कामका रहेनौँ, आउनुहोस् र पावन बनाएर हाम्रो चरित्र सुधार्नुहोस्। तिम्रो चरित्र कति सुध्रिन्छ। कसै कसैको त सुध्रिनुको सट्टा झन् बिग्रन्छ। चालचलनबाट पनि थाहा हुन्छ। आज महारथी हंस भनिन्छ, भोलि बकुल्ला बन्छन्। समय लाग्दैन। माया पनि गुप्त छ नि। क्रोध कहाँ देखिन्छ र। मुरमुरिन्छन् त्यसपछि त्यो बाहिर निस्कँदा देखिन्छ। फेरि आश्चर्यवत् सुनन्ती... कथन्ती भागन्ती हुन्छन्। कति गिर्छन्। एकदम पत्थर बन्छन्। इन्द्रप्रस्थको पनि कुरा छ नि। थाहा त भइहाल्छ। यस्तो यो सभामा फेरि आउनुहुँदैन। धेरथोर ज्ञान सुनेको छ भने स्वर्गमा आइ नै हाल्छन्। ज्ञानको विनाश हुन सक्दैन। अब बाबा भन्नुहुन्छ– तिमीले पुरुषार्थ गरेर उच्च पद पाउनुछ। यदि विकारमा गयौ भने पद भ्रष्ट बनाइदिन्छौ। सूर्यवंशी, चन्द्रवंशी बन्छौ, फेरि वैश्यवंशी, शूद्रवंशी। अहिले तिमीले बुझेका छौ– यो चक्र कसरी घुम्छ। उनीहरूले त कलियुगको अवधि नै ४० हजार वर्ष भनिदिन्छन्। सिँढी त तल ओर्लनुपर्छ नि। ४० हजार वर्ष भयो भने मानिसहरू धेरै हुन्छन्। ५ हजार वर्षमा नै यति धेरै मानिस छन्, जसलाई खानलाई केही मिल्दैन। त्यसोभए यति हजार वर्षमा कति वृद्धि होला। त्यसैले बाबा आएर धैर्यता दिनुहुन्छ। पतित मानिसहरू त लड्नु नै छ। उनीहरूको बुद्धि यतातिर आउन सक्दैन। अब तिम्रो बुद्धि हेर कति परिवर्तन हुन्छ, फेरि पनि मायाले धोका अवश्य दिन्छ। इच्छा मात्रम् अविद्या। कुनै इच्छा गरेछ भने गयो। कौडी बराबर पनि हुँदैनन्। राम्रा राम्रा महारथीहरूलाई पनि मायाले कुनै न कुनै प्रकारले कहिलेकाहीँ धोका दिइरहन्छ। फेरि उनीहरू दिलमा चढ्न सक्दैनन्। जस्तै लौकिक आमाबुबाको दिलमा चढ्दैनन्। कति बच्चाहरू त यस्ता हुन्छन् जसले पितालाई पनि समाप्त गरिदिन्छन्। परिवारलाई समाप्त गरिदिन्छन्। महान पाप आत्माहरू हुन्छन्। रावणले के के गरिदिन्छ, दुनियाँ धेरै विकारी छ। यो दुनियाँसँग कहिल्यै दिल लगाउनुहुँदैन। पवित्र बन्नको लागि धेरै हिम्मत चाहिन्छ। विश्वको बादसाहीको पुरस्कार लिनको लागि पवित्रता मुख्य हो, त्यसैले बाबालाई भन्छन्– आएर पावन बनाउनुहोस्! अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) मायाको धोकाबाट बच्नको लागि इच्छा मात्रम् अविद्या बन्नुछ। यो फोहोरी दुनियासँग दिल लगाउनुछैन।

२) पवित्रताको पूरा पूरा प्रमाण दिनुछ। सबैभन्दा उच्च चरित्र नै पवित्रता हो। आफूलाई सुधार्नको लागि पवित्र अवश्य बन्नुछ।

वरदान:–
त्रिकालदर्शी स्थितिमा स्थित रहेर सदा अचल र साक्षी रहने नम्बरवन तकदिरवान भव

त्रिकालदर्शी स्थितिमा स्थित भएर हर सङ्कल्प, हर कर्म गर र हरेक कुरालाई हेर, यो किन, यो के– यो प्रश्नवाचक चिन्ह नहोस्, सदा पूर्णविराम। नथिङ न्यु। हरेक आत्माको पार्टलाई राम्रोसँग जानेर पार्टमा आऊ। आत्माहरूको सम्बन्ध-सम्पर्कमा आउँदा न्यारा र प्यारापनको समानता रह्यो भने हलचल समाप्त हुनेछ। यसरी सदा अचल र साक्षी रहनु– यही हो नम्बरवन तकदिरवान आत्माको निसानी।

स्लोगन:–
सहनशीलताको गुणलाई धारण गरेमा कठोर संस्कार पनि शीतल हुनेछन्।

अव्यक्त इसारा:– यस अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

तिमीहरूको स्लोगन हो– मुक्ति र जीवनमुक्ति हाम्रो जन्मसिद्ध अधिकार हो। परमधाममा त यो थाहै हुँदैन– मुक्ति के हो, जीवनमुक्ति के हो, यसको अनुभव यस ब्राह्मण जीवनमा अहिले नै गर्नुछ।