12.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
पढाइ सोर्स अफ इन्कम हो , यसबाट तिमी मानिसबाट देवता बन्छौ , २१ जन्मको लागि सच्चा
कमाइ हुन्छ।”
प्रश्न:–
बाबाले जुन
मीठा मीठा कुराहरू सुनाउनुहुन्छ, त्यो धारण कहिले हुनेछ?
उत्तर:–
जब बुद्धिमा
परमत वा मनमतको प्रभाव हुँदैन। जुन बच्चाहरू सुने सुनाएका कुराहरूमा चल्छन्,
उनीहरूको बुद्धिमा धारणा हुन सक्दैन। ज्ञान बाहेक अरू केही पनि कसैले सुनायो भने
त्यो दुस्मनजस्तै हो। झुटो कुराहरू सुनाउने धेरै छन्, त्यसैले हियर नो इभिल, सी नो
इभिल, मानिसबाट देवता बन्नको लागि एक बाबाको श्रीमतमा नै चल्नुछ।
गीत:–
हमारे तीर्थ
न्यारे हैं...
ओम् शान्ति ।
यो गीतमा मानौँ
आफ्नो महिमा गर्छन्। आफ्नो महिमा वास्तवमा गरिँदैन। यी त सबै बुझ्ने कुराहरू हुन्,
जुन यहाँका मानिसहरू धेरै समझदार थिए, अहिले तिनै बेसमझ बनेका छन्। अब प्रश्न उठ्छ,
समझदार को थिए? यो कहीँ पनि लेखिएको छैन। तिमी गुप्त छौ। कति वन्डरफुल कुराहरू छन्।
एक त बाबा भन्नुहुन्छ– मद्वारा नै बच्चाहरूले मलाई चिन्न सक्छन्। फेरि मद्वारा सबै
कुरा जान्दछन्। सृष्टिको आदि, मध्य, अन्त्यको जुन खेल छ, त्यसलाई बुझ्छन्। अरू कसैले
पनि जान्दैनन् र एक मुख्य भुल गरेका छन्– निराकार परमपिता परमात्मा शिवको सट्टामा
श्रीकृष्णको नाम राखिदिएका छन्। पहिलो नम्बर शास्त्र जसलाई श्रीमत भगवत गीता भनिन्छ,
त्यही गलत भएको छ, त्यसैले पहिला सुरुमा त सिद्ध गर्नुछ– भगवान एक हुनुहुन्छ। फेरि
सोध्नु छ– गीताका भगवान को हुनुहुन्छ? भारतवर्षको धर्म आदि सनातन देवी देवता धर्म
हो। यदि नयाँ धर्म भन्ने हो भने ब्राह्मण धर्म नै भनिन्छ। पहिला टुपी हो ब्राह्मण,
फेरि देवताहरू। उच्चभन्दा उच्च ब्राह्मण धर्म हो। जसमा ब्रह्माद्वारा परमपिता
परमात्माले ब्राह्मण रच्नुहुन्छ, उनै ब्राह्मण फेरि देवता बन्छन्। मुख्य कुरा हो–
भगवान सबैका बाबा हुनुहुन्छ, नयाँ दुनियाँका रचयिता। अवश्य नयाँ दुनियाँ नै
रच्नुहुन्छ नि। नयाँ दुनियाँमा नयाँ दुनियाँ हुन्छ। जन्म पनि यहीँ लिनुभएको छ।
विश्वलाई नै ब्रह्माद्वारा स्वर्ग बनाइरहनुभएको छ। तिमीलाई आफ्नो बनाएर फेरि
पढाउनुहुन्छ– मानिसबाट देवता बनाउन। पहिला तिमी शूद्र वर्णका थियौ, फेरि आयौ
ब्राह्मण वर्णमा, फेरि दैवी वर्णमा। पछि वृद्धि हुँदैजान्छ। एक धर्मबाट अनेक धर्म
बन्छन्। हाँगाबिँगा पनि सबै धर्मका बन्छन्, हरेक धर्मबाट निस्कन्छन्। तीन ट्युब (हाँगा)
हुन्छन् नि। यो हो मुख्य। हरेकबाट आआफ्ना शाखाहरू निस्कन्छन्। मुख्य हो फाउन्डेसन,
फेरि तीन ट्युब हुन्छन् मुख्य। फेद हो आदि सनातन देवीदेवता धर्म। जुन राजयोग अहिले
सबैले सिकिरहेका छौ। दिलवाडा मन्दिर धेरै राम्रो बनेको छ, त्यसमा सारा ज्ञान छ।
बच्चाहरू यहाँ बसेका छौ, कल्प पहिला पनि तिमीले राजयोग तपस्या गरेका थियौ। जसरी
क्राइस्टको यादगार क्रिस्चियन मुलुकमा छ। त्यसरी नै तिमी बच्चाहरूले यहाँ तपस्या
गरेका छौ, त्यसैले तिम्रो यादगार पनि यहाँ छ। छ धेरै सहज। तर कसैले पनि जान्दैनन्।
संन्यासीहरूले त भनिदिन्छन्– यो सबै कल्पना हो, जसले जे कल्पना गर्छ। तिम्रो लागि
पनि भन्छन्– यी चित्र आदि सबै कल्पनाले बनाएका हुन्। बाबालाई नचिनेसम्म कल्पना नै
सम्झन्छन्। नलेजफुल त एक बाबा हुनुहुन्छ नि। त्यसैले मुख्य हो बाबाको परिचय दिनु।
उहाँ बाबाले स्वर्गको वर्सा दिनुहुन्छ, कल्प पहिला पनि दिनुभएको थियो। फेरि तिमीले
८४ जन्म लिनुपर्छ। तिमीहरूका नै ८४ जन्म हुन्छन्। फेरि सङ्गमयुगमा बाबा आएर
राजधानीको स्थापना गर्नुहुन्छ। तिमी बच्चाहरूले बाबाबाट बुझेका छौ। राम्रोसँग
बुझिसकेपछि मात्र बुद्धिमा बस्छ, अनि खुसी पनि लाग्छ।
यो पढाइ आम्दानीको
ठुलो श्रोत हो। पढाइले नै मानिस वकिल आदि बन्छन्। तर यो पढाइ मानिसबाट देवता बन्नको
लागि हो। प्राप्ति कति ठुलो छ। यस्तो प्राप्ति कसैले गराउन सक्दैन। ग्रन्थमा गायन
गरिएको छ– भगवानलाई मानिसबाट देवता बनाउन धेरै समय लाग्दैन। तर मानिसहरूको बुद्धि
चल्दैन। अवश्य त्यो देवीदेवता धर्म प्रायः लोप भएको छ, त्यसैले त लेख्छन्– मानिसबाट
देवता बने। देवताहरू सत्ययुगमा थिए। उनीहरूलाई अवश्य भगवानले सङ्गममा रचना गर्नुभयो
होला। कसरी रच्नुभयो? यो जान्दैनन्। गुरुनानकले पनि परमात्माको महिमा गायन गरेका छन्।
उनलेजस्तो महिमा अरू कसैले गायन गरेका छैनन्, त्यसैले ग्रन्थलाई पढ्छन्। कलियुगमा
गुरुनानकको अवतार हुन्छ। उनी हुन् धर्मस्थापक। राज्य त पछि भएको हो। बाबाले त यो
देवी देवता धर्म स्थापना गर्नुभएको छ। वास्तवमा नयाँ दुनियाँ ब्राह्मणहरूको नै
भनिन्छ। टुपी ब्राह्मणहरूलाई भनिए पनि राजधानी देवीदेवताहरूबाट सुरुहुन्छ। तिमी
ब्राह्मण रचिएका हौ। तिम्रो राजधानी छैन। तिमीले आफ्नो लागि राजधानी स्थापना गर्छौ।
धेरै अनौठा कुराहरू छन्। मानिसहरूले त केही जान्दैनन्। पहिला सुरुमा तिमी आफैलाई
थाहा भयो त्यसपछि तिमीद्वारा अरूलाई थाहा हुन्छ। तिमी शूद्रबाट ब्राह्मण बनेका छौ।
ब्रह्मालाई पनि अहिले बाबाबाट थाहा हुन्छ। एक ब्रह्मालाई बताउँदा बच्चाहरूलाई पनि
बताइन्छ। उनको तनद्वारा तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। यो हो अनुभवको कुरा।
शास्त्रहरूबाट त कसैले केही पनि बुझ्न सक्दैन। बाबा भन्नुहुन्छ– सारा कल्पमा एकैपटक
म यसरी नै आएर सम्झाउँछु। अनेक धर्महरूको विनाश, एक धर्मको स्थापना गराउँछु। यो ५
हजार वर्षको खेल हो। तिमी बच्चाहरूलाई थाहा छ– हामीले ८४ जन्म लिएका छौँ। विष्णुको
नाभीबाट ब्रह्मा निस्किएको देखाउँछन्। ब्रह्मा र विष्णु यी कसका बच्चाहरू हुन्? दुवै
बच्चाहरू भए शिवका। उहाँ हुनुहुन्छ रचयिता, यिनीहरू रचना। यी कुराहरू कसैले बुझ्न
सक्दैनन्। यो बिल्कुलै नयाँ कुरा हो। बाबा पनि भन्नुहुन्छ– यी नयाँ कुराहरू हुन्।
कुनै शास्त्रमा यी कुराहरू हुन सक्दैनन्। ज्ञानको सागर बाबा हुनुहुन्छ, उहाँ नै
गीताका भगवान हुनुहुन्छ। भक्तिमार्गमा शिवजयन्ती पनि मनाउँछन्। सत्ययुग त्रेतामा
मनाउँदैनन्। त्यसैले अवश्य सङ्गममा नै आउनुहुन्छ होला। यी कुराहरू तिमीले
बुझ्दैजान्छौ र सम्झाइरहन्छौ। सम्झाउने उहाँ बाबाको जुन महिमा छ, त्यो महिमा
बच्चाहरूको हुनुपर्छ। तिमी पनि मास्टर ज्ञानको सागर बन्नुछ। प्रेमको सागर, सुखको
सागर यहीँ बन्नुछ। कसैलाई दुःख दिनुछैन। धेरै मीठो बन्नुछ। तिमी जो तितो एकदम
विषसमान थियौ, तिमी नै निर्विकारी ब्राह्मण बनिरहेका छौ। ईश्वरका सन्तान बनिरहेका
छौ। विकारीबाट निर्विकारी देवता बनिरहेका छौ। आधाकल्प तिमी पतित बन्दाबन्दा अहिले
बिल्कुल जर्जर अवस्थामा पुगेका छौ। सडेका कपडाहरूलाई सट्का लगाउनाले च्यातिएर चिरा
चिरा हुन्छन्। यहाँ पनि ज्ञानको सट्का लगायौ भने चिरा चिरा हुन्छन्। कुनै कपडा (आत्मा)
यस्तो मैलो हुन्छ, जुन सफा गर्नमा धेरै टाइम लाग्छ। फेरि त्यहाँ पनि सामान्य पद
मिल्छ। बाबा धोबी हुनुहुन्छ। तिमी पनि साथमा मदतगार हौ। धोबी पनि नम्बरवार हुन्छन्।
यहाँ पनि नम्बरवार छन्। धोबीले राम्रो कपडा सफा गरेन भने भन्छन् नि– यो त हजामजस्तै
रहेछ। आजकाल कपडा सफासँग धुन सिकेका छन्। पहिला गाउँहरूमा त धेरै मैला कपडा
धोइन्थ्यो। यो कला पनि बाहिर विदेशीहरूबाट आएको हो। विदेशीहरूले केही इज्जत दिन्छन्।
पैसा आदिको मदत गर्छन्। जान्दछन्– यी धेरै ठुलो कुलघरानाका हुन्। अहिले तल गिरेका
छन्। गिर्नेहरूमाथि दया लाग्छ नि। बाबा भन्नुहुन्छ– तिमीलाई कति धनवान बनाएको थिएँ।
मायाले के हालत बनाइदिएको छ। तिमीले अहिले सम्झन्छौ– हामी विजय मालाका दाना थियौँ,
फेरि ८४ जन्म लिएर के बन्न पुग्यौँ। आश्चर्य छ नि। तिमीले सम्झाउन सक्छौ, तिमीहरू त
स्वर्गवासी थियौ। भारतवर्ष नै स्वर्ग थियो, फेरि तल गिर्दागिर्दा नर्कवासी पनि
बन्नुपरेको छ। अब बाबा भन्नुहुन्छ– पवित्र बनेर स्वर्गवासी बन। मनमनाभव। शिव
भगवानुवाच– मामेकम् याद गर। यादको यात्राले तिम्रा सबै पाप नष्ट हुन्छन्।
शास्त्रहरूमा लेखिएको छ– श्रीकृष्णले भगाउनुभयो, पटरानी बनाउन। तिमी सबैले पढिरहेका
छौ, पटरानी बनिरहेका छौ। तर यी कुराहरू कसैले बुझ्न सक्दैनन्। अब बाबाले आएर
बच्चाहरूलाई सम्झाउनुभएको छ। बाबा भन्नुहुन्छ– म कल्प कल्प तिमीलाई सम्झाउन आउँछु,
त्यसैले पहिला भगवान एक हुनुहुन्छ, यो सिद्ध गर अनि फेरि बताऊ– गीताका भगवान को
हुनुहुन्छ। राजयोग कसले सिकाउनुभएको छ? भगवानले नै ब्रह्माद्वारा स्थापना
गराउनुहुन्छ र विनाश पछि फेरि पालना गराउनुहुन्छ। यी जो ब्राह्मण छन्, यिनीहरू नै
फेरि देवता बन्छन्। यी कुराहरू पनि उनीहरूको समझमा आउँछन्, जसले कल्प पहिला बुझेका
थिए। सेकेन्ड बाइ सेकेन्ड जे भयो, यतिबेलासम्मको कुरा सम्झन्छन्। ड्रामामा तिमीले
धेरै पुरुषार्थ गर्नुछ। यो त बच्चाहरूले जान्दछन्– अहिले हाम्रो त्यो अवस्था भएको
छैन। टाइम लाग्छ। कर्मातीत अवस्था भयो भने फेरि सबै नम्बरवन पास हुन्छन्, त्यसपछि त
लडाइँ पनि लाग्छ। आपसमा मतभेद चलिरहन्छ। तिमीलाई थाहा छ– जहाँतहीँ हेर, लडाइँको
तयारी गरिरहेका छन्। सबैतिर तयारी गरिरहेका छन्। तिमीले जे जति दिव्य दृष्टिले
देखेका छौ, त्यो फेरि यी आँखाले देख्नुछ। विनाशको साक्षात्कार गरेका छौ, फेरि आँखाले
त्यस्तै देख्नेछौ। स्थापनाको पनि साक्षात्कार गरेका छौ, फेरि प्राक्टिकलमा राज्य
भाग्य पनि देख्नेछौ। तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। यो त पुरानो तन हो।
योगले आत्मा पवित्र बन्छ, फेरि यो पुरानो शरीर पनि छोड्नुछ। ८४ जन्मको चक्र पूरा
हुन्छ, फेरि अवश्य सबैलाई नयाँ शरीर मिल्छ। यी पनि धेरै सहजै बुझ्नुपर्ने कुराहरू
हुन्। सम्झाउन पनि सक्छौ, कलियुगपछि सत्ययुग अवश्य हुन्छ। अनेक धर्महरूको विनाश
अवश्य हुन्छ। फेरि आदि सनातन देवी देवता धर्मको स्थापनाको लागि बाबालाई आउनुपर्छ।
अहिले तिमी ब्राह्मण बनेका छौ देवता बन्नको लागि। अरू कोही देवता हुन सक्दैन।
तिमीलाई थाहा छ– हामी शिवबाबाको बनेका छौँ, शिवबाबाले हामीलाई वर्सा दिइरहनुभएको छ।
शिवजयन्ती भनेको नै
विश्वलाई वर्सा मिल्नु हो। शिवबाबा आउनुभयो, आएर के गर्नुभयो। इस्लामी, बौद्धि आदिले
त आएर आफ्नो धर्म स्थापना गरे। बाबाले आएर के गर्नुभयो? अवश्य स्वर्गको स्थापना
गर्नुभयो। कसरी स्थापना गर्नुभयो, कसरी स्थापना हुन्छ, तिमीले नै अहिले जानेका छौ।
फेरि सत्ययुगमा यो सबै बिर्सन्छौ। यो पनि जान्दछौ– २१ जन्मको वर्सा अहिले हामीले
लिन्छौँ। यो ड्रामामा पहिल्यै निश्चित छ। हुन त त्यहाँ सम्झन्छन्– यिनी पिता हुन्,
यो बच्चा हो। बच्चालाई वर्सा मिल्छ। तर त्यो प्रारब्ध हो अहिलेको। सच्चा कमाइ गरेर
२१ जन्मको लागि तिमीले अहिले वर्सा पाइरहेका छौ। ८४ जन्म त लिनु नै छ। सतोप्रधानबाट
फेरि सतो, रजो, तमोमा आउनेछौ। यो राम्रोसँग याद गरेमा फेरि खुसीमा पनि हुनेछौ।
सम्झाउनमा धेरै मेहनत लाग्छ। बुझिसकेपछि भने उनीहरूलाई धेरै खुसी लाग्छ। जुन
बच्चाहरूले राम्रोसँग बुझ्छन्, उनीहरूले फेरि धेरैलाई सम्झाइरहन्छन्। काँडाहरूलाई
फूल बनाइरहन्छन्। यो हो बेहदको पढाइ। वर्सा पनि बेहदको मिल्छ। फेरि यसमा त्याग पनि
बेहदको छ। गृहस्थ व्यवहारमा रहेरै सारा दुनियाँको त्याग गर्नुछ किनकि तिमीलाई थाहा
छ– यो पुरानो दुनियाँ खतम हुनुछ। अब नयाँ दुनियाँमा जानुछ, त्यसैले बेहदको संन्यास
गराउनुहुन्छ। संन्यासीहरूको हो हदको संन्यास र उनीहरूको हो हठयोग। यसमा हठको कुरा
हुँदैन। यो त पढाइ हो। पाठशालामा पढ्नुछ, मानिसबाट देवता बन्नको लागि। शिव
भगवानुवाच– श्रीकृष्ण हुन सक्दैन। उनलाई स्वर्ग स्थापना गर्ने परमपिता परमात्मा
भनिँदैन। स्वर्गका राजकुमार भनिन्छ, त्यसैले यी कति मीठा मीठा बुझ्नुपर्ने र धारण
गर्नुपर्ने कुराहरू छन्। दैवी लक्षण पनि चाहिन्छ। कहिल्यै पनि सुने सुनाएका
कुराहरूमा लाग्नुहुँदैन। व्यासले लेखेका कुराहरूमा लाग्दालाग्दा नराम्रो गति भयो
नि। ज्ञानबाहेक अरू केही सुनाए भने सम्झ– यो हाम्रो दुस्मन हो। दुर्गतिमा लैजान्छन्।
कहिल्यै पनि परमतमा लाग्नुहुँदैन। मनमत, परमतमा चल्यो भने यो मरेजस्तै हो। बाबाले
सम्झाइरहनुहुन्छ– झुटा कुराहरू बोल्ने त धेरै छन्। तिमीले बाबाबाट नै सुन्नुछ। हियर
नो इभिल, सी नो इभिल... बापदादा आउनुभएको छ नै मानिसबाट देवता बनाउन, त्यसैले उहाँको
श्रीमतमा चल्नुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यहाँ बाबासमान सुखको सागर, प्रेमको सागर बन्नुछ। सर्वगुण धारण गर्नुछ। कसैलाई पनि
दुःख दिनुछैन।
२) सुने सुनाएका
कुराहरूमा कहिल्यै विश्वास गर्नुछैन, परमतमा चल्नुछैन। हियर नो इभिल, सी नो इभिल...
वरदान:–
मै ँ पनको
बोझलाई समाप्त गरेर प्रत्यक्षफलको अनुभव गर्ने बालक सो मालिक भव
कुनै पनि प्रकारको
मैँपन आयो भने त्यसको बोझ शिरमा आउँछ। तर अहिले बाबाले अफर गरिरहनुभएको छ– सबै बोझ
मलाई देऊ, तिमी केवल नाच, उड... फेरि यो प्रश्न किन– सेवा कसरी हुन्छ, भाषण कसरी
गर्ने– तिमीले आफूलाई केवल निमित्त सम्झेर पावर हाउससँग कनेक्सन जोडेर बस, निराश
नबन त्यसपछि बापदादाले सबै कुरा स्वतः गराइदिनुहुन्छ। बालक सो मालिक सम्झेर श्रेष्ठ
स्टेजमा स्थित भयौ भने प्रत्यक्ष फलको अनुभूति गरिरहनेछौ।
स्लोगन:–
ज्ञान दानको
साथसाथै गुणदान गरेमा सफलता मिलिरहन्छ।
अव्यक्त इसारा:–
“निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त बन ”
जस्तोसुकै कडा
परिस्थिति होस् तर खेल सम्झेमा कडा समस्या पनि हल्का बन्छ। कति बच्चाहरूमा हिम्मत
हुन्छ, त्यसैले कुनै पनि कुरा भयो भने भन्छन्– हो, गर्नेछौँ, सोच्नेछौँ। हिम्मत त
छ, तर विश्वास छैन। विश्वासीको बोली यस्तो हुँदैन। विश्वासीको अर्थ नै हो– मन, वचन,
कर्म हरेक कुरामा निश्चयबुद्धि, उनीहरूको मुखबाट कहिल्यै हिम्मतहीन बनाउने शब्द
निस्कन सक्दैन।