12.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
यो ब्राह्मणकुल एकदम अनौठो छ। तिमी ब्राह्मणहरू नै ज्ञानी हौ। तिमीले ज्ञान ,
विज्ञान र अज्ञानलाई बुझेका छौ।”
प्रश्न:–
कुन सहज
पुरुषार्थले तिमी बच्चाहरूको दिल सबै कुराबाट हट्दैजान्छ?
उत्तर:–
केवल रूहानी
धन्दामा लाग, जति जति रूहानी सेवा गरिरहन्छौ त्यति अरू सबै कुराबाट स्वत: दिल
हट्दैजान्छ। राज्यभाग्य लिने पुरुषार्थमा लाग्छौ। तर रूहानी सेवाको साथसाथै जे रचना
रचेका छौ, तिनीहरूको पनि सम्हाल गर्नुपर्छ।
गीत:–
जो पिया के
साथ है........
ओम् शान्ति ।
पिया भनिन्छ
बाबालाई। अहिले बाबाको सामुन्ने त बच्चाहरू बसेका छन्। बच्चाहरूलाई थाहा छ– हामी
कुनै साधु संन्यासीका अगाडि बसेका छैनौं। उहाँ बाबा ज्ञानका सागर हुनुहुन्छ,
ज्ञानद्वारा नै सद्गति हुन्छ। भनिन्छ– ज्ञान, विज्ञान र अज्ञान। विज्ञान अर्थात्
देहीअभिमानी बन्नु, यादको यात्रामा रहनु र ज्ञान अर्थात् सृष्टिचक्रलाई जान्नु।
ज्ञान, विज्ञान र अज्ञान– यसको अर्थ मनुष्यले बिल्कुल जानेका छैनन्। अहिले तिमी हौ
सङ्गमयुगी ब्राह्मण। तिम्रो यो ब्राह्मण कुल निराला (अदभुत) छ, यसलाई कसैले जान्दैन।
शास्त्रहरूमा यी कुरा छैनन्– ब्राह्मण सङ्गममा हुन्छन्। यो पनि जानेका छन्–
प्रजापिता ब्रह्मा थिए, उनलाई आदि देव भनिन्छ। आदि देवी जगत् अम्बा, उनी को हुन्!
यो पनि दुनियाँले जान्दैन। अवश्य ब्रह्माको मुख वंशावली नै हुनुपर्छ। उनी कुनै
ब्रह्माकी स्त्री होइनन्। एडप्ट गर्नुहुन्छ नि। तिमी बच्चाहरूलाई पनि एडप्ट
गर्नुहुन्छ। ब्राह्मणहरूलाई देवता भनिँदैन। यहाँ ब्रह्माको मन्दिर छ, उनी पनि
मनुष्य हुन् नि। ब्रह्माको साथमा सरस्वती पनि छन्। फेरि देवीहरूका पनि मन्दिर छन्।
सबै यहाँका नै मनुष्य हुन् नि। मन्दिर एउटाको बनाइदिएका छन्। प्रजापिताका त धेरै
प्रजा हुनुपर्ने हो नि। अहिले बनिरहेका छन्। प्रजापिता ब्रह्माको कुल वृद्धि भइरहेको
छ। एडप्ट गरिएका धर्मपुत्रहरू हुन्। अहिले तिमीलाई बेहदका बाबाले धर्मपुत्र
बनाउनुभएको छ। ब्रह्मा पनि बेहदका बाबाका बच्चा ठहरिए, यिनलाई पनि वर्सा उहाँबाट
मिल्छ। तिमी नातिनातिनालाई पनि उहाँबाट मिल्छ। ज्ञान त कसैसँग पनि छैन किनकि ज्ञानका
सागर एक हुनुहुन्छ, उहाँ बाबा जबसम्म आउनुहुन्न, तबसम्म कसैको सद्गति हुँदैन। अहिले
तिमी भक्तिबाट ज्ञानमा आएका छौ, सद्गतिको लागि। सत्ययुगलाई सद्गति भनिन्छ।
कलियुगलाई दुर्गति भनिन्छ किनकि रावणको राज्य हो। सद्गतिलाई रामराज्य पनि भनिन्छ।
सूर्यवंशी पनि भनिन्छ। यथार्थ नाम सूर्यवंशी, चन्द्रवंशी हो। बच्चाहरूलाई थाहा छ–
हामी नै सूर्यवंशी कुलका थियौं, फेरि ८४ जन्म लियौं, यो ज्ञान कुनै शास्त्रमा
हुनसक्दैन किनकि शास्त्र हुन् नै भक्तिमार्गको लागि। ती सबै विनाश हुन्छन्। यहाँबाट
जो संस्कार लिएर जान्छन्, त्यहाँ त्यसैद्वारा सबै बनाउन थाल्छन्। तिमीहरूमा पनि
राजकुलको संस्कार भरिन्छ। तिमीहरूले राज्यई गर्छौ, ती वैज्ञानिकले फेरि त्यस
राज्यईमा आएर जुन सीप सिकेका छन् त्यही गर्नेछन्। जान त अवश्य पनि सूर्यवंशी
चन्द्रवंशी राज्यमा जान्छन्। उनीहरूमा केवल विज्ञानको ज्ञान छ। उनीहरूले त्यसैको
संस्कार लिएर जान्छन्। त्यो पनि संस्कार हो। उनीहरूले पनि पुरुषार्थ गर्छन्,
उनीहरूसँग त्यो इलम छ। तिमीहरूसँग अर्को कुनै इलम छैन। तिमीले बाबाबाट राज्यभाग्य
लिन्छौ। धन्दा आदिमा त त्यो संस्कार रहन्छ नि। कति खिटपिट हुन्छ। तर वानप्रस्थ
अवस्था हनभएसम्म घरबारको सम्हाल पनि गर्नुछ। नत्र त बच्चाहरूलाई कसले सम्हाल गर्नेछ।
यहाँ त आएर बस्दैनौ। यस्तो भन्न सकिन्छ जब यस धन्दामा पूरै लाग्छौ तब त्यो छुट्न
सक्छ। साथमा रचनालाई पनि अवश्य सम्हाल्नुपर्छ। हो, कोही राम्ररी रूहानी सेवामा लागे
भने उनीहरूबाट दिल हट्छ। सम्झन्छन्– जति समय यस रूहानी सेवामा दिइन्छ, त्यति राम्रो।
बाबा आउनुभएको छ पतितबाट पावन बन्ने मार्ग बताउन, त्यसैले बच्चाहरूले पनि यही सेवा
गर्नुछ। हरेकको हिसाब हेरिन्छ। बेहदका बाबाले त केवल पतितबाट पावन बन्ने मत
दिनुहुन्छ, उहाँले पावन बन्ने मार्ग नै बताउनुहुन्छ। बाँकी यो रेखदेख गर्नु, राय
दिनु यिनको धन्दा हुनजान्छ। शिवबाबा भन्नुहुन्छ– मसँग कुनै व्यापार आदिको कुरा
सोध्नुछैन। मलाई तिमीहरूले बोलाएका हौ नै आएर पतितबाट पावन बनाउनुहोस् भनेर, त्यसैले
म यिनीद्वारा तिमीहरूलाई बनाइरहेको छु। यिनी पनि बाबा हुन्, यिनको मत अनुसार
चल्नुपर्छ। उहाँको मत रूहानी, यिनको जिस्मानी। यिनीमाथि पनि कति जिम्मेवारी छ। यिनले
पनि भनिरहन्छन्– बाबाको फरमान छ म एकलाई याद गर। बाबाको मतमा चल। बाँकी बच्चाहरूलाई
केही पनि सोध्नुछ, नोकरीमा कसरी जाने, यी कुरामा यी साकार बाबाले राम्ररी सम्झाउन
सक्छन्, अनुभवी छन्, यिनले बताइरहन्छन्। मैले यस्तो-यस्तो गर्छु, यिनलाई हेरेर
सिक्नुपर्छ, यिनले सिकाइरहन्छन् किनकि यी सबैभन्दा अगाडि छन्। सबै तुफान पहिला यिनको
पासमा आउँछन् त्यसैले सबैभन्दा मजबुत यी छन्, त्यसैले त उच्च पद पनि पाउँछन्। मायाले
बलवान भएर लडाइँ गर्छ। यिनले तुरुन्त सबै कुरा छोडिदिए, यिनको पार्ट थियो। बाबाले
यिनीबाट यो गराइदिनु भयो। गर्नेगराउने त उहाँ हुनुहुन्छ नि। खुसीले छोडिदिए,
साक्षात्कार भयो। अब म विश्वको मालिक बन्छु। यो पाई पैसाको चीजलाई मैले के गरुँ।
विनाशको साक्षात्कार पनि गराइदिनुभयो। सम्झिए– यस पुरानो दुनियाँको विनाश हुनुछ।
मलाई फेरि राज्यभाग्य मिल्छ। तब तुरुन्त त्यसलाई छोडिदिए। अब त बाबाको मतमा चल्नुछ।
बाबा भन्नुहुन्छ– मलाई याद गर। ड्रामा अनुसार भट्ठी बन्नु थियो। मनुष्यले कहाँ
बुझ्छन् र– किन यी सबै भागे। यी कुनै साधुसन्त त होइनन्। यी त साधारण हुन्, यिनले
कसैलाई भगाएका पनि होइनन्। कुनै मनुष्य मात्रको महिमा होइन। महिमा छ भने एक बाबाको।
बाबा नै आएर सबैलाई सुख दिनुहुन्छ। तिमीसँग कुरा गर्नुहुन्छ। तिमी यहाँ कसको पासमा
आएका छौ? तिम्रो बुद्धि त्यहाँ पनि जान्छ, यहाँ पनि जान्छ किनकि जानेका छौ– शिवबाबा
त्यहाँ रहनुहुन्छ। अहिले यिनमा आउनुभएको छ। बाबाबाट हामीलाई स्वर्गको वर्सा मिल्छ।
कलियुगपछि अवश्य स्वर्ग आउने छ। श्रीकृष्णले पनि बाबाबाट वर्सा लिन्छन् अनि गएर
राज्य गर्छन्, यसमा चरित्रको कुरा नै छैन। जसरी राजाको पासमा प्रिन्सको जन्म हुन्छ,
स्कुलमा पढेर फेरि ठुलो भएर गद्दी लिन्छन्। यसमा महिमा वा चरित्रको कुरा हुँदैन।
उच्चभन्दा उच्च एक बाबा नै हुनुहुन्छ। महिमा पनि उहाँको हो। यिनले पनि उहाँको परिचय
दिन्छन्। यदि उहाँले मैले भन्छु भन्ने हो भने त मनुष्यले सम्झन्छन् उहाँले आफ्नै
लागि भन्नुहुन्छ। यो कुरा तिमी बच्चाहरूले बुझ्दछौ, भगवानलाई कहिल्यै पनि मनुष्य
भन्न सकिँदैन। उहाँ त एउटै निराकार हुनुहुन्छ। परमधाममा रहनुहुन्छ। तिम्रो बुद्धि
माथि पनि जान्छ फेरि तल पनि आउँछ।
बाबा दूर देशबाट पराइ
देशमा आएर हामीलाई पढाएर फेरि जानुहुन्छ। स्वयं भन्नुहुन्छ– म आउँछु सेकेण्डमा। धेरै
समय लाग्दैन। आत्मा पनि सेकेण्डमा एक शरीर छोडेर अर्कोमा जान्छ। कसैले देख्न सक्दैन।
आत्मा धेरै सूक्ष्म छ। गाइएको पनि छ– सेकेण्डमा जीवनमुक्ति। रावण राज्यलाई जीवनबन्ध
राज्य भनिन्छ। बच्चा जन्मियो अनि पिताको वर्सा मिल्यो। तिमीले पनि बाबालाई पहिचान
गर्यौ र स्वर्गको मालिक बन्यौ फेरि त्यसमा नम्बरवार पद हुन्छ– पुरुषार्थ अनुसार।
बाबाले धेरै राम्रोसँग सम्झाइरहनुहुन्छ, दुई बाबा हुनुहुन्छ– एक लौकिक र अर्को
पारलौकिक। गाउँछन् पनि– दु:ख में सिमरण सब करें, सुख में करे न कोई। तिमीलाई थाहा
छ– जब हामीलाई सुख थियो तब स्मरण गर्दैनथ्यौं। फेरि हामीले ८४ जन्म लियौं। आत्मामा
मैला परेपछि डिग्री कम हुँदै जान्छ। १६ कला सम्पूर्ण फेरि २ कला कम हुन्छ। कम अङ्क
ल्याएर पास हुनाले रामलाई बाण देखाइएको हो। बाँकी कसैले धनुष तोडेनन्। यो एउटा
निसानी दिइएको हो। यी सबै हुन् भक्तिमार्गका कुरा। भक्तिमा मनुष्य कति भट्किन्छन्।
अब तिमीलाई ज्ञान मिलेको छ, त्यसैले भट्काइ बन्द हुन्छ।
“हे शिवबाबा” भन्नु
यो पुकारको शब्द हो। तिमीले हे शब्द भन्नुछैन। बाबालाई याद गर्नुछ। आवाज गर्यौ भने
त भक्तिको अंश आयो। हे भगवान भन्नु पनि भक्तिको स्वभाव हो। बाबाले कहाँ भन्नु भएको
छ र, हे भगवान भनेर याद गर। अन्तर्मुखी भएर मलाई याद गर। जप्नु पनि पर्दैन। जप पनि
भक्तिमार्गको शब्द हो। तिमीलाई बाबाको परिचय मिलेको छ। अब बाबाको श्रीमतमा चल। यसरी
बाबालाई याद गर, जसरी लौकिक बच्चाहरूले देहधारी पितालाई याद गर्छन्। स्वयं पनि देह
अभिमानमा छन् भने याद पनि देहधारी पिताको गर्छन्। पारलौकिक बाबा त हुनुहुन्छ नै
देहीअभिमानी। यिनमा आउँदा पनि देह अभिमानी बन्नुहुन्न। भन्नुहुन्छ– मैले यो लोनमा
लिएको हुँ, तिमीलाई ज्ञान दिनको लागि मैले यो लोन लिन्छु। ज्ञान सागर हुँ तर ज्ञान
कसरी दिऊँ? गर्भमा त तिमी जान्छौ, म कहाँ गर्भमा जान्छु र। मेरो गती र मति नै भिन्न
छ। बाबा यिनमा आउनुहुन्छ। यो पनि कसैले जानेका छैनन्। भन्छन् पनि– ब्रह्माद्वारा
स्थापना। तर कसरी ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ? के प्रेरणा दिनुहुन्छ! बाबा
भन्नुहुन्छ– म साधारण तनमा आउँछु। उनको नाम ब्रह्मा राख्छु किनकि संन्यास गर्छन्
नि।
तिमी बच्चाहरूलाई थाहा
छ– अहिले ब्राह्मणहरूको माला बन्न सक्दैन किनकि टुटिरहन्छन्। जब ब्राह्मण फाइनल
बन्छन् तब रुद्र माला बन्छ, फेरि विष्णुको मालामा जान्छन्। मालामा आउनको लागि यादको
यात्रा हुनुपर्छ। अहिले तिम्रो बुद्धिमा छ– हामी नै पहिला सुरुमा सतोप्रधान थियौं
फेरि सतो, रजो, तमोमा आयौं। ‘हम सो’ को पनि अर्थ छ नि। ओम् को अर्थ अलग छ, ओम् मतलब
आत्मा। फेरि त्यही आत्माले भन्छ– ‘हम सो’ देवता, क्षत्रिय.... उनीहरूले फेरि
भनिदिन्छन्– हम आत्मा सो परमात्मा। तिम्रो ओम् र हम सो को अर्थ बिलकुल अलग छ। हामी
आत्मा हौं फेरि आत्मा वर्णहरूमा आउँछ, हामी आत्मा नै पहिला देवता क्षत्रिय बन्छौं।
यस्तो होइन– आत्मा नै परमात्मा, पूरा ज्ञान नभएको कारण अर्थ नै अस्पष्ट पारिदिएका
छन्। अहम् ब्रह्मस्मि भन्छन्, यो पनि गलत हो। बाबा भन्नुहुन्छ– रचनाको मालिक त
बन्दिनँ। यस रचनाको मालिक तिमी हौ। विश्वका मालिक पनि तिमीहरू बन्छौ। ब्रह्म त
तत्त्व हो। तिमी आत्मा नै यस रचनाका मालिक बन्छौ। अहिले बाबाले सबै वेद शास्त्रको
यथार्थ अर्थ बसेर सुनाउनुहुन्छ। अहिले त पढिरहनु छ। बाबाले तिमीलाई नयाँ नयाँ कुरा
सम्झाइरहनुहुन्छ। भक्तिले के भन्छ, ज्ञानले के भन्छ। भक्तिमार्गमा मन्दिर बनायौ,
जप-तप गर्यौ, पैसा बर्बाद गर्यौ। तिम्रा मन्दिरहरूलाई धेरैले लुटेका छन्। यो पनि
ड्रामामा पार्ट छ फेरि अवश्य उनीहरूबाट नै फिर्ता मिल्नुछ। अहिले हेर कति दिइरहेका
छन्। दिनप्रतिदिन बढाइरहन्छन्। यिनीहरूले पनि लिइरहन्छन्। उनीहरूले जति लिएका छन्
त्यति नै पूरा हिसाब दिन्छन्। तिम्रो पैसा जति खाएका छन्, त्यो पचाउन सक्दैनन्।
भारतखण्ड त अविनाशी खण्ड हो नि। बाबाको जन्मस्थान हो। यहाँ नै बाबा आउनुहुन्छ।
बाबाको खण्डबाट नै लिएर जान्छन् भने फिर्ता दिनुपर्छ। समयमा हेर कसरी मिल्छ। यी कुरा
तिमीलाई थाहा छ। उनीहरूलाई कहाँ थाहा छ र– विनाश कुन समयमा आउँछ। सरकारले पनि यो
कुरा मान्दैन। ड्रामामा निश्चित छ, कर्जा लिइरहन्छ। फिर्ता भइरहेको छ। तिमीलाई थाहा
छ– हाम्रो राजधानीबाट धेरै पैसा लिएर गएका छन्, त्यही फेरि दिइरहेका छन्। तिमीलाई
कुनै कुराको चिन्ता छैन। चिन्ता हुन्छ केवल बाबालाई याद गर्ने। यादबाट नै पाप भस्म
हुन्छ। ज्ञान त धेरै सहज छ। अब जसले जति पुरुषार्थ गर्छ। श्रीमत त मिलिरहन्छ।
अविनाशी सर्जनबाट हर कुरामा मत लिनुपर्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) जति समय मिल्छ त्यति यो रूहानी धन्दा गर्नुछ। रूहानी धन्दाको संस्कार बनाउनुछ।
पतितलाई पावन बनाउने सेवा गर्नुछ।
२) अन्तर्मुखी बनेर
बाबालाई याद गर्नुछ। मुखबाट ‘हे!’ शब्द निकाल्नुछैन। जसरी बाबालाई अहङ्कार छैन,
त्यस्तै निरहङ्कारी बन्नुछ।
वरदान:–
मन्सा सङ्कल्प
वा वृत्तिद्वारा श्रेष्ठ वाइब्रेशन्सको खु सबु फैलाउने शिव शक्ति कम्बाइन्ड भव
जसरी आजकल स्थूल
खुसबुको साधनहरूबाट गुलाब, चन्दन व भिन्न भिन्न प्रकारका खुसबु फैलाउँछन्, त्यसैगरी
तिमी शिवशक्ति कम्बाइन्ड बनेर मनसा सङ्कल्प र वृत्तिद्वारा सुख-शान्ति, प्रेम,
आनन्दको खुसबु फैलाऊ। दिनहुँ अमृतवेलामा भिन्न भिन्न श्रेष्ठ भाइब्रेसनको फाउन्टेन
जस्तै आत्माहरू माथि गुलाब जल हाल। केवल सङ्कल्पको अटोमेटिक स्विच अन गर तब विश्वमा
जो अशुद्ध वृत्तिहरूको दुर्गन्ध छ, त्यो समाप्त हुन्छ।
स्लोगन:–
सुखदाताद्वारा
सुखको भण्डार प्राप्त हुनु– यही उहाँको प्यारको निसानीनिसानी हो।