12.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– धन्दा
आदि गर्दा पनि सदा आफ्नो गडली स्ट ु डेण्ट लाइफ र स्टडी याद राख , स्वयं भगवानले
हामीलाई पढाउनुहुन्छ , यही नशामा रहने गर।”
प्रश्न:–
जुन
बच्चाहरूलाई ज्ञान अमृत पचाउन आउँछ, उनीहरूको निसानी के हुन्छ?
उत्तर:–
उनीहरूलाई सदा
रुहानी नशा चढिरहन्छ र त्यो नशाको आधारमा सबैको कल्याण गरिरहन्छन्। कल्याण गर्नु
बाहेक अरू कुनै कुरा गर्न पनि उनीहरूलाई राम्रो लाग्दैन। काँडालाई फूल बनाउने सेवामा
नै व्यस्त रहन्छन्।
ओम् शान्ति ।
अहिले तिमी
बच्चाहरू यहाँ बसेका छौ र यो पनि जानेका छौ– अहिले हामी पार्टधारी हौँ। हामीले ८४
जन्मको चक्र पूरा गरेका छौँ। यो कुरा तिमी बच्चाहरूको स्मृतिमा आउनुपर्छ। जान्दछौ–
बाबा आउनुभएको छ, हामीलाई फेरि राज्य प्राप्त गराउन वा तमोप्रधानबाट सतोप्रधान
बनाउन। यी कुरा बाबा बाहेक अरू कसैले सम्झाउँदैनन्। यहाँ बस्दा तिमीहरू स्कुलमा
बसेजस्तै हुन्छौ। बाहिर हुँदा स्कुलमा हुँदैनौ। जान्दछौ– यो सबैभन्दा उच्च रुहानी
स्कुल हो। रुहानी बाबा बसेर पढाउनुहुन्छ। पढाइ त बच्चाहरूलाई याद आउनुपर्छ नि। यी
पनि बच्चा ठहरिए। यिनलाई अथवा सबैलाई सिकाउने उहाँ बाबा हुनुहुन्छ। सबै मनुष्य
मात्रका आत्माहरूका पिता उहाँ हुनुहुन्छ। उहाँ आएर शरीरको लोन लिएर तिमीहरूलाई
सम्झाइरहनुभएको छ। दिनहुँ सम्झाउनुहुन्छ, यहाँ बस्दा बुद्धिमा स्मृति हुनुपर्छ–
हामीले ८४ जन्म लियौँ। हामी विश्वका मालिक थियौँ, देवी-देवता थियौँ फेरि पुनर्जन्म
लिँदै लिँदै आएर भुइँमै पुगेका छौँ। भारतवर्ष कति धनवान थियो। सारा स्मृति आएको छ।
भारतवर्षकै कहानी हो, साथसाथै आफ्नो पनि। फेरि आफैलाई नबिर्स। हामीले स्वर्गमा
राज्य गर्थ्यौँ फेरि हामीले ८४ जन्म लिनुपर्यो। यो कुरा सारा दिन स्मृतिमा
ल्याउनुपर्छ। धन्दा आदि गर्दा स्टडी (पढाई) त याद आउनुपर्छ नि। कसरी हामी विश्वका
मालिक थियौँ फेरि हामी तल गिर्दै आयौँ, धेरै सहज छ तर यो पनि कसैलाई याद हुँदैन।
आत्मा पवित्र नभएका कारणले याद चिप्लिएर जान्छ। हामीलाई भगवानले पढाउनुहुन्छ, यो
याद चिप्लिएर जान्छ। हामी बाबाका विद्यार्थी हौँ। बाबाले भनिरहनुहुन्छ– यादको
यात्रामा रहने गर। बाबाले हामीलाई पढाएर यस्तो बनाइरहनुभएको छ। सारा दिन यो स्मृति
आइरहोस्। बाबाले नै स्मृति दिलाउनुहुन्छ, यही भारतवर्ष थियो नि। हामी नै देवी-देवता
थियौँ, हामी नै अहिले असुर बनेका छौँ। पहिला तिमीहरूको बुद्धि पनि आसुरी थियो। अहिले
बाबाले ईश्वरीय बुद्धि दिनुभएको छ। तर फेरि पनि कसै कसैको बुद्धिमा बस्दैन।
बिर्सन्छन्। बाबाले कति नशा चढाउनुहुन्छ। तिमी फेरि देवता बन्छौ त्यसैले त्यो नशा
हुनुपर्छ नि। हामीले आफ्नो राज्य लिइरहेका छौँ। हामीले आफ्नो राज्य गर्नेछौँ,
कसैलाई त बिल्कुल नशा चढ्दैन। ज्ञान अमृत पच्दै पच्दैन। जसलाई नशा चढेको हुन्छ,
उनीहरूलाई कसैको कल्याण गर्नुबाहेक अरू कुनै कुरा गर्न पनि राम्रो लाग्दैन। फूल
बनाउने सर्भिसमा नै लागिरहन्छन्। हामी पहिला फूल थियौँ फेरि मायाले काँडा बनाइदियो।
अब फेरि फूल बन्नेछौँ। आफैसँग यस्ता यस्ता कुरा गर्नुपर्छ। यही नशामा रहेर तिमीले
कसैलाई पनि सम्झायौ भने तुरुन्तै कसैलाई तीर लाग्छ। भारतवर्ष गार्डन आफ अल्लाह थियो।
अहिले पतित बनेको छ। हामी नै सारा विश्वका मालिक थियौँ, कति ठुलो कुरा हो! अहिले
फेरि हामी के बनेका छौँ! कति गिर्यौँ! यो हाम्रो गिर्ने र चढ्ने नाटक हो। यो कहानी
बाबा बसेर सुनाउनुहुन्छ। त्यो हो झुटो, यो हो सच्चा। उनीहरूले सत्य नारायणको कथा
सुनाउँछन्, बुझ्दैनन्– हामी कहाँ कसरी चढ्यौँ फेरि कसरी गिर्यौँ। बाबाले यो सच्चा
सत्य नारायणको कथा सुनाउनुभएको छ। राज्यभाग्य कसरी गुमायौँ, यो सबै आफ्नै बारेमा
हो। आत्मालाई अहिले थाहा भएको छ– हामीले कसरी अहिले बाबाबाट राज्यभाग्य लिइरहेका
छौँ। बाबाले यहाँ सोध्नुहुन्छ अनि भन्छन्– हजुर, नशा छ फेरि बाहिर जाँदा केही पनि
नशा रहँदैन। बच्चाहरूले आफै बुझ्छन्– हुन त हात उठाउँछन् तर चालचलन यस्तो छ जसले
गर्दा नशा रहन सक्दैन। फिलिङ्ग त आउँछ नि।
बाबा बच्चाहरूलाई
स्मृति दिलाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरूलाई मैले राज्यभाग्य दिएको थिएँ फेरि
तिमीहरूले गुमायौ। तिमी तल झर्दै आएका छौ किनकि यो नाटक हो चढ्ने र झर्ने। आज राजा
छ, भोलि उसलाई उतारिदिन्छन्। अखबारमा धेरै यस्ता यस्ता कुरा छापिएका हुन्छन्, जसको
प्रतिकृया दिइयो भने केही बुझ्छन्। यो नाटक हो, यो याद रह्यो भने पनि सदैव खुसी
रहन्छ। बुद्धिमा छ नि– आजभन्दा ५ हजार वर्ष पहिला शिवबाबा आउनुभएको थियो, आएर
राजयोग सिकाउनुभएको थियो। लडाइँ लागेको थियो। अहिले यी सबै राइट (सत्य) कुरा बाबाले
सुनाउनुहुन्छ। यो हो पुरुषोत्तम युग। कलियुगपछि यो पुरुषोत्तम युग आउँछ। कलियुगलाई
पुरुषोत्तम युग भनिँदैन। सत्ययुगलाई पनि भनिँदैन। आसुरी सम्प्रदाय र दैवी सम्प्रदाय
भनिन्छ, जब पुरानो दुनियाँबाट नयाँ दुनियाँ बन्छ त्यसको बीचको हो यो सङ्गमयुग।
नयाँबाट पुरानो हुनमा सारा चक्र लाग्छ। अहिले हो सङ्गमयुग। सत्ययुगमा
देवी-देवताहरूको राज्य थियो। अब त्यो छैन। बाँकी अनेक धर्म आएका छन्। यो कुरा
तिमीहरूको बुद्धिमा रहन्छ। धेरै छन् जो ६-८ महिना, १२ महिना पढेर फेरि गिर्छन्। फेल
हुन्छन्। बन्न त पवित्र बन्छन् तर पढाइ पढेनन् भने फस्छन्। केवल पवित्रताले पनि काम
दिँदैन। यस्ता धेरै संन्यासी पनि छन्, उनीहरू संन्यास धर्म छोडेर गृहस्थी बन्छन्,
विवाह आदि गर्छन्। त्यसैले अहिले बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– तिमी स्कुलमा
बसेका छौ। यो स्मृतिमा छ– हामीले आफ्नो राज्यभाग्य कसरी गुमायौँ, कति जन्म लियौँ।
अब फेरि बाबा भन्नुहुन्छ– विश्वको मालिक बन। पावन अवश्य बन्नुछ। जति धेरै याद गर्छौ
त्यति पवित्र बन्दै जान्छौ किनकि सुनमा खाद पर्छ, त्यो निस्किन्छ कसरी? तिमी
बच्चाहरूको बुद्धिमा छ– हामी आत्मा सतोप्रधान थियौँ, २४ क्यारेट थियौँ फेरि गिर्दा
गिर्दा यस्तो हालत भयो। हामी के बन्यौँ! बाबाले त यस्तो भन्नुहुन्न– हामी के थियौँ।
तिमी मनुष्यहरूले नै भन्छौ– हामी देवता थियौँ। भारतवर्षको त महिमा छ नि। भारतवर्षमा
को आउँछन्, के ज्ञान दिन्छन्, यो कसैले जान्दैनन्। यो त थाहा हुनुपर्छ नि– लिबरेटर
कहिले आउनुहुन्छ। प्राचीन भारतवर्ष भनी गायन गरिन्छ त्यसैले अवश्य भारतवर्षमा नै
बाबाको अवतरण हुन्छ होला अथवा जयन्ती पनि भारतवर्षमा नै मनाउँछन्। अवश्य फादर (बाबा)
यहाँ आउनुहुन्छ। भन्छन् पनि भागीरथ। त्यसोभए मनुष्य शरीरमा आउनुभएको हुनुपर्छ नि।
फेरि घोडा गाडी पनि देखाएका छन्। कति फरक छ। श्रीकृष्ण र रथ देखाएका छन्। मेरो
बारेमा कसैलाई थाहा छैन। अहिले तिमीले जान्दछौ– बाबा यस रथमा आउनुहुन्छ, यिनलाई नै
भाग्यशाली रथ भनिन्छ। ब्रह्मा सो विष्णु, चित्रमा कति क्लियर छ। त्रिमूर्तिको माथि
शिव, यो शिवको परिचय कसले दिनुभयो। बाबाले नै बनाउन लगाउनुभयो नि। अहिले तिमीले
जान्दछौ– बाबा यस ब्रह्मा रथमा आउनुभएको छ। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा।
यो पनि बच्चाहरूलाई सम्झाइएको छ, कहाँ ८४ जन्म पछि विष्णु सो ब्रह्मा बन्छन्, कहाँ
ब्रह्मा सो विष्णु एक सेकेन्डमा। बुद्धिमा धारण गर्ने यी अनौठा कुरा छन् नि। पहिला
सुरुमा सम्झाउनुहुन्छ बाबाको परिचय। भारतवर्ष स्वर्ग थियो अवश्य। हेविनली गड फादरले
स्वर्ग बनाउनुभएको थियो होला। यो चित्र त बडो फस्टक्लास छ, सम्झाउने सोख हुन्छ नि।
बाबालाई पनि सोख छ। तिमीले सेन्टरहरूमा पनि यसरी नै सम्झाइरहन्छौ। यहाँ त डाइरेक्ट
बाबा हुनुहुन्छ। बाबा बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ। आत्माहरूले सम्झाउनु र बाबाले
सम्झाउनुमा फरक त अवश्य हुन्छ त्यसैले यहाँ सम्मुख आउँछन् सुन्नको लागि। बाबाले नै
घरी घरी बच्चे बच्चे भन्नुहुन्छ। भाइ भाइको त्यति असर हुँदैन जति बाबाको हुन्छ। यहाँ
तिमी बाबाको सम्मुख बसेका छौ। आत्माहरू र परमात्मा मिल्छन् तब यसलाई मेला भनिन्छ।
बाबा सम्मुख बसेर सम्झाउनुहुन्छ तब धेरै नशा चढ्छ। सम्झन्छन्– बेहदका बाबा
भन्नुहुन्छ, हामीले उहाँको कुरा मान्दैनौँ र! बाबा भन्नुहुन्छ– मैले तिमीहरूलाई
स्वर्गमा पठाएको थिएँ फेरि तिमी ८४ जन्म लिँदा लिँदै पतित बनेका छौ। फेरि तिमी पावन
बन्दैनौ र! आत्माहरूलाई भन्नुहुन्छ। कसैलेसम्झन्छन्, बाबाले सत्य भन्नुहुन्छ, कसैले
त तुरुन्तै भन्छन्– बाबा हामी पवित्र किन बन्दैनौँ र!
बाबा भन्नुहुन्छ–
मलाई याद गर्यौ भने तिम्रा पाप काटिन्छन्। तिमी सच्चा सुन बन्छौ। म सबैको पतित-पावन
बाबा हुँ, त्यसैले बाबाले सम्झाउनु र आत्माहरू (बच्चाहरू)ले सम्झाउनुमा कति फरक छ।
मानौँ कोही नयाँ आइपुग्छन्, उनीहरूमा पनि जो यहाँको फूल छ, उसलाई टच हुन्छ।
यिनीहरूले ठीकै भन्छन्। जो यहाँको होइन, उसले बुझ्दैन। तिमीले पनि सम्झाऊ– हामी
आत्माहरूलाई बाबा भन्नुहुन्छ– तिमी पावन बन। मनुष्य पावन बन्नको लागि गङ्गा स्नान
गर्छन्, गुरु बनाउँछन्। तर पतित-पावन त बाबा मात्रै हुनुहुन्छ। बाबा आत्माहरूलाई
भन्नुहुन्छ– तिमी कति पतित बनेका छौ त्यसैले आत्माले याद गर्छ– आएर पावन बनाउनुहोस्।
बाबा भन्नुहुन्छ– म कल्प कल्प आउँछु, तिमी बच्चाहरूलाई भन्छु– यो अन्तिम जन्म
पवित्र बन। यो रावण राज्य खतम हुनुछ। मुख्य कुरा हो नै पावन बन्ने। स्वर्गमा विष
हुँदैन। कोही आउँदा उनीहरूलाई यो सम्झाऊ– बाबा भन्नुहुन्छ, आफूलाई आत्मा सम्झेर म
बाबालाई याद गर, त्यसबाट पावन बन्छौ, खोट निस्कन्छ। मनमनाभव शब्द याद छ नि। बाबा
निराकार हुनुहुन्छ हामी आत्मा पनि निराकार हौँ। जस्तै हामीले शरीरद्वारा सुन्छौँ,
बाबा पनि यस शरीरमा आएर सम्झाउनुहुन्छ। नत्र कसरी भन्नुहुन्छ– म एकलाई याद गर। देहका
सबै सम्बन्ध छोड। अवश्य यहाँ आउनुहुन्छ, ब्रह्मामा प्रवेश गर्नुहुन्छ। प्रजापिता अब
प्राक्टिकलमा हुनुहुन्छ, यिनद्वारा हामीलाई बाबा यस्तो भन्नुहुन्छ, हामीले बेहदका
बाबाको श्रीमत नै मान्छौँ। उहाँ भन्नुहुन्छ– पावन बन। पतितपना छोड। पुरानो देहको
अभिमानलाई छोड। मलाई याद गर जसबाट अन्त मति सो गति हुन्छ, तिमी लक्ष्मी-नारायण बन्छौ।
बाबाबाट विमुख गराउने
मुख्य अवगुण हो– एक अर्काको परचिन्तन गर्नु। ईविल (नराम्रो) कुरा सुन्नु र सुनाउनु।
बाबाको डाइरेक्सन छ– तिमीले ईविल कुरा सुन्नुछैन। यिनको कुरा उनलाई, उनको कुरा
यिनलाई सुनाउनु यो धुतीपना तिमी बच्चाहरूमा हुनुहुँदैन। यस समयमा दुनियाँमा सबै
विपरीत बुद्धि छन् नि। रामको कुरा बाहेक अरू कुनै कुरा सुनाउनु, त्यसलाई धुतीपना
भनिन्छ। अब बाबा भन्नुहुन्छ– यो धुतीपना छोड। तिमीले सबै आत्माहरूलाई बताऊ– हे
सीताहरू तिमीले एक रामसँग योग लगाऊ! तिमी हौ मेसेन्जर, यो मेसेज देऊ– बाबाले
भन्नुभएको छ मलाई याद गर, बस्। यो कुरा बाहेक बाँकी सबै हो धुतीपना। बाबा सबै
बच्चाहरूलाई भन्नुहुन्छ– धुतीपना छोडिदेऊ। सबै सीताहरूको एक रामसँग योग जुटाऊ।
तिम्रो धन्दा नै यो हो। बस्, यो सन्देश दिइराख। बाबा आउनुभएको छ, भन्नुहुन्छ–
तिमीलाई गोल्डन एजमा जानुछ। अब यो आइरन एजलाई छोड्नुछ। तिमीलाई वनवास मिलेको छ,
जङ्गलमा बसेका छौ नि। वन जङ्गललाई भनिन्छ। कन्याको विवाह हुने बेलामा वनमा बस्छन्
फेरि महलमा जान्छन्। तिमी पनि जङ्गलमा बसेका छौ। अब माइतीघर जानुछ, यो पुरानो
देहलाई छोड्नुछ। एक बाबालाई याद गर। जसको विनाश कालमा प्रीत बुद्धि छ उनीहरू त महलमा
जान्छन्, बाँकी विपरीतको हुन्छ वनवास। जङ्गलमा वास हुन्छ। बाबा तिमी बच्चाहरूलाई
भिन्न भिन्न रीतिले सम्झाउनुहुन्छ। जुन बाबाबाट यति बेहदको बादसाही लियौ, उहाँलाई
बिर्सियौ त्यसैले वनवासमा गयौ। वनवास र गार्डन वास। बाबाको नाम नै हो बागवान। तर जब
कसैको बुद्धिमा आए त हो भारतवर्षमा नै हाम्रो राज्य थियो। अहिले छैन। अहिले त वनवास
छ। फेरि गार्डनमा जान्छौँ। तिमी यहाँ बसेका छौ तैपनि बुद्धिमा छ– हामीले बेहदका
बाबाबाट आफ्नो राज्य लिइरहेका छौँ। बाबा भन्नुहुन्छ– मसँग प्रीत राख फेरि पनि
बिर्सिन्छौ। बाबाले गुनासो गर्नुहुन्छ– तिमीले म बाबालाई कहाँसम्म बिर्सिरहन्छौ।
फेरि गोल्डन एजमा कसरी जान्छौ। आफैसँग सोध– मैले कति समय बाबालाई याद गर्छु? म मानौं
यादको अग्निमा बसेको छु, जसबाट विकर्म विनाश हुन्छन्। एक बाबासँग प्रीत बुद्धि
हुनुछ। सबैभन्दा फस्टक्लास प्रियतम हुनुहुन्छ जसले तिमीलाई पनि फस्टक्लास
बनाउनुहुन्छ। कहाँ थर्ड क्लासमा बाख्राहरू जस्तै यात्रा गर्नु, कहाँ एयरकन्डीसनमा।
कति फरक छ। यो सबै विचार सागर मन्थन गर्नुछ तब तिमीलाई मजा आउँछ। यहाँ बाबाले पनि
भन्नुहुन्छ– म पनि बाबालाई याद गर्नको लागि धेरै मेहनत गर्छु। सारा दिन चिन्तन
चलिरहन्छन्। तिमी बच्चाहरूले पनि यही मेहनत गर्नुछ। अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कसैलाई पनि एक राम (बाबा) को कुरा बाहेक अरू कुनै पनि कुरा सुनाउनुछैन। एकको कुरा
अर्कोलाई सुनाउनु, परचिन्तन गर्नु यो धुतीपना हो, यसलाई छोडिदिनु छ।
२) एक बाबासँग प्रीत
राख्नुछ। पुरानो देहको अभिमान छोडेर एक बाबाको यादद्वारा स्वयंलाई पावन बनाउनुछ।
वरदान:–
समा हित ग र्
ने शक्तिद्वारा रङ्गलाई पनि राइट बनाउने विश्वपरिवर्तक भव
अर्काको गल्ती देखेर
स्वयंले गल्ती नगर। यदि कसैले गल्ती गर्यो भने हामी सत्यको पक्षमा रहौँ, उसको सङ्गको
प्रभावमा नआऔँ, जो प्रभावमा आउँछन् उनीहरू अलबेला हुन्छन्। हरेकले केवल यो
जिम्मेवारी उठाऊ– म सत्यको मार्गमा नै रहनेछु, यदि अर्कोले गल्ती गर्यो भने त्यस
समयमा समाहित गर्ने शक्ति प्रयोग गर। कसैको गल्तीलाई नोट गर्नुको सट्टा त्यसलाई
सहयोगको नोट देऊ अर्थात् सहयोगले भरपुर गरिदेऊ त्यसपछि विश्व परिवर्तनको कार्य सहजै
हुनेछ।
स्लोगन:–
निरन्तर योगी
बन्नुछ भने हदको म र मेरोपनलाई बेहदमा परिवर्तन गर।