12.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
तिमीलाई अहिले ज्ञानको दृष्टि मिलेको छ , त्यसैले तिम्रो भ ट्का इ बन्द भयो , तिमीले
शान्तिधाम-सुखधामलाई याद गर्छौ।”
प्रश्न:–
देवताहरूमा
कुन शक्ति छ र त्यो शक्ति कुन विशेषताको कारणले हुन्छ?
उत्तर:–
देवताहरूमा
सारा विश्वमा राज्य गर्ने शक्ति हुन्छ, त्यो शक्ति विशेष एक मतको विशेषताको कारणले
हुन्छ। त्यहाँ एक मत हुनाले मन्त्री आदि राख्नुपर्ने आवश्यकता हुँदैन। देवताहरूले
सङ्गममा बाबाबाट यस्तो श्रीमत लिएका हुन्छन्, जसबाट २१ जन्म राज्य गर्छन्। त्यहाँ
एक राजाको एक दैवी परिवार हुन्छ, दोस्रो मत हुँदैन।
गीत:–
नयन हीन को
राह दिखाओ प्रभू...
ओम् शान्ति ।
बच्चाहरूलाई
नयन मिलेको छ, पहिला नयन थिएन, कुन नयन? ज्ञानको नयन थिएन। अज्ञानको नयन त थियो।
बच्चाहरूलाई थाहा छ– ज्ञानसागर एकै बाबा हुनुहुन्छ। अरू कसैमा यो रुहानी ज्ञान छैन,
जुन ज्ञानबाट सद्गति हुन्छ अर्थात् शान्तिधाम-सुखधाम जान पाइन्छ। अहिले तिमी
बच्चाहरूलाई दृष्टि मिलेको छ– कसरी सुखधाम परिवर्तन भएर फेरि मायाको राज्य वा
दुःखधाम बन्छ। पुकार्छन्– नयनहीनलाई मार्ग देखाउनुहोस्। भक्तिमार्गका यज्ञ,
दानपुण्य आदिबाट शान्तिधाम-सुखधाम जाने कुनै मार्ग मिल्दैन। हरेकले आफ्नो पार्ट
खेल्नै पर्छ। बाबा भन्नुहुन्छ– मलाई पनि पार्ट मिलेको छ। भक्तिमार्गमा पुकार्छन्–
मुक्ति-जीवनमुक्तिको मार्ग देखाउनुहोस्। त्यसको लागि कति यज्ञ-तप, दान-पुण्य आदि
गर्छन्, कति भट्किन्छन्। शान्तिधाम-सुखधाममा भट्किनु पर्दैन। यो पनि तिमीलाई थाहा
छ, उनीहरूले त केवल शास्त्रको पढाइ र जिस्मानी पढाइलाई मात्र जान्दछन्। यहाँ रुहानी
बाबालाई त बिल्कुलै चिन्दैनन्। रुहानी बाबाले ज्ञान तब आएर दिनुहुन्छ जब सबैको
सद्गति गर्नुपर्ने हुन्छ। पुरानो दुनियाँ परिवर्तन हुनुपर्छ। मनुष्यबाट देवता बन्छन्
फेरि सारा सृष्टिमा देवी-देवताहरूको एउटै राज्य हुन्छ जसलाई नै स्वर्ग भनिन्छ। यो
पनि भारतवर्षका मानिसहरूलाई थाहा छ– आदि सनातन देवी-देवता धर्म यहाँ नै थियो। त्यस
समयमा अरू कुनै धर्म थिएन। तिमी बच्चाहरूको लागि अहिले सङ्गमयुग हो। बाँकी सबै
कलियुगमा छन्। तिमी पुरुषोत्तम सङ्गमयुगमा बसेका छौ। जस जसले बाबालाई याद गर्छन्,
बाबाको श्रीमतमा चल्छन्, उनीहरू सङ्गमयुगमा छन्। बाँकी कलियुगमा छन्। अहिले कुनै
सार्वभौमिक राज्य त छैन। अनेक मतबाट राज्य चल्छ, सत्ययुगमा त एक महाराजाको नै मत
चल्छ, मन्त्री हुँदैनन्। यति शक्ति हुन्छ। फेरि पतित बनेपछि मात्र मन्त्री आदि
राख्छन् किनकि त्यो शक्ति हुँदैन। अहिले त छँदैछ प्रजाको राज्य, सत्ययुगमा एक मत
हुनाले शक्ति हुन्छ। अहिले तिमीले त्यो शक्ति लिइरहेका छौ, २१ जन्म स्वतन्त्र राज्य
गर्छौ। आफ्नै दैवी परिवार हुन्छ। अहिले यो हो तिम्रो ईश्वरीय परिवार। बाबा
भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबाको यादमा रहन्छौ भने तिमी ईश्वरीय परिवारका
हौ। यदि देह अभिमानमा आएर भुल्छौ भने आसुरी परिवारका हौ। एक सेकेन्डमा ईश्वरीय
सम्प्रदायका र फेरि एक सेकेन्डमा आसुरी सम्प्रदायका बन्छौ। आफूलाई आत्मा सम्झेर
बाबालाई याद गर्न कति सहज छ। तर बच्चाहरूलाई मुस्किल लाग्छ।
बाबा भन्नुहुन्छ–
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। देहद्वारा कर्म त
गर्नैपर्छ। देहबिना त तिमीले कर्म गर्न सक्दैनौ। कोसिस गर्नुपर्छ– कामकाज गर्दा पनि
हामीले बाबालाई याद गरौँ। तर यहाँ त कामबिना पनि याद गर्न सक्दैनन्। भुल्छन्। यसैमा
मेहनत छ। भक्तिमा यस्तो कहाँ भनिन्छ र– सारा दिन भक्ति गर। त्यसमा समय हुन्छ बिहान,
साँझ वा राति। फेरि मन्त्र आदि जे मिल्छ, त्यो बुद्धिमा हुन्छ। अनेकानेक शास्त्र छन्।
ती शास्त्रहरू भक्तिमार्गमा पढ्छन्। तिमीलाई त कुनै पुस्तक आदि पढ्नुछैन, न बनाउनुछ।
यो मुरली छपाउँछन् पनि ताजा हुनको लागि। बाँकी कुनै पनि किताब आदि हुनेछैन। यी सबै
खतम हुनुछ। ज्ञान त छँदैछ एक बाबामा। अहिले हेर, ज्ञान-विज्ञान भवन नाम राखेका छन्,
मानौं त्यहाँ योग र ज्ञान सिकाइन्छ। अर्थबिना यस्ता यस्ता नाम राखिदिन्छन्। केही पनि
थाहा छैन– ज्ञान के हो, विज्ञान के हो। अहिले तिमीले ज्ञान र विज्ञानलाई जान्दछौ।
योगबाट हुन्छ स्वास्थ्य, जसलाई विज्ञान भनिन्छ र यो हो ज्ञान, जसमा विश्वको
इतिहास-भूगोल सम्झाइन्छ। विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ त्यो जान्नुछ। तर त्यो
पढाइ हो हदको, यहाँ त तिम्रो बुद्धिमा बेहदको इतिहास-भूगोल छ। हामीले कसरी राज्य
लिन्छौँ, कति समय र कहिले राज्य गर्दथ्यौँ, कसरी राजधानी मिलेको थियो– यी कुरा अरू
कसैको बुद्धिमा आउँदैन। बाबा नै नलेजफुल (ज्ञानको सागर) हुनुहुन्छ। यो सृष्टिको
चक्र कसरी घुम्छ, बाबाले नै सम्झाउनुहुन्छ। बनिबनाउ ड्रामालाई नजानेको कारणले
मानिसहरूले भनिदिन्छन्– फलाना निर्वाण गयो वा ज्योति ज्योतिमा समाहित भयो।
तिमीलाई थाहा छ– सबै
मनुष्य मात्र यो सृष्टिको चक्रमा आउँछन्, यसबाट कुनै एक आत्मा पनि छुट्न सक्दैन।
बाबा सम्झाउनुहुन्छ– मनुष्यको आत्माले एक शरीर छोडेर अर्को लिन्छ, कति ठुलो ड्रामा
छ। सबैमा आत्मा छ, त्यो आत्मामा अविनाशी पार्ट भरिएको छ। यसलाई भनिन्छ बनिबनाउ......
अब ड्रामा भनिन्छ भने अवश्य त्यसको समय पनि हुनुपर्छ। बाबा सम्झाउनुहुन्छ– यो ड्रामा
५ हजार वर्षको हो। भक्तिमार्गका शास्त्रहरूमा ड्रामा लाखौँ वर्ष लेखिदिएका छन्। यस
समयमा नै बाबाले आएर सहज राजयोग सिकाउनुभएको थियो, यस समयको लागि नै गायन छ– कौरव
घोर अन्धकारमा थिए र पाण्डव प्रकाशमा थिए। उनीहरूले सम्झन्छन्– कलियुगको त अझै ४०
हजार वर्ष छ। उनीहरूलाई यो थाहा हुँदैन– भगवान आउनुभएको छ, यो पुरानो दुनियाँको
मृत्यु सामुन्ने खडा छ। सबै अज्ञान निद्रामा सुतेका छन्। जब लडाइँ देख्छन् तब भन्छन्–
यो त महाभारत लडाइँको निसानी हो। यो रिहर्सल भइरहन्छ। फेरि चल्दाचल्दै बन्द हुन्छ।
तिमीलाई थाहा छ– अहिले हाम्रो पुरै स्थापना कहाँ भएको छ। गीतामा यो कहाँ छ – बाबाले
सहज राजयोग सिकाएर यहीँ राजधानी स्थापना गर्नुभयो। गीतामा त प्रलय देखाइदिएका छन्।
देखाउँछन्– अरू सबै मरे, बाँकी ५ पाण्डव बचे। उनीहरू पनि पहाडमा गएर गलेर मरे।
राजयोगबाट के भयो, केही पनि थाहा छैन। बाबाले हरेक कुरा सम्झाइरहनुहुन्छ। त्यो हो
हदको कुरा, हदको रचना हदका ब्रह्माले रच्छन्, पालना पनि गर्छन् बाँकी प्रलय गर्दैनन्।
स्त्रीलाई एडप्ट गर्छन्। बाबा पनि आएर एडप्ट गर्नुहुन्छ। भन्नुहुन्छ– म यिनमा
प्रवेश गरेर बच्चाहरूलाई नलेज सुनाउँछु, यिनद्वारा बच्चाहरूलाई रच्छु। बाबा पनि
हुनुहुन्छ, परिवार पनि छ, यी कुराहरू बडो गुह्य छन्। धेरै गम्भीर कुरा छन्।
मुस्किलले कसैको बुद्धिमा बस्छ। अब बाबा भन्नुहुन्छ– सबैभन्दा पहिला त आफूलाई आत्मा
सम्झ, आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। शरीरका नै भिन्न भिन्न नाम राखिन्छन्।
नाम, रूप, फीचर (आकृति) सबै भिन्न-भिन्न छन्। एकको फीचर अर्कोसँग मिल्दैन। हरेक
आत्माको जन्मजन्मान्तरको आफ्ना फीचरहरू छन्। आफूले गर्ने कर्म ड्रामामा निश्चित छ
त्यसैले यसलाई बनिबनाउ ड्रामा भनिन्छ, अहिले बेहदका बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ
भने विकर्म विनाश हुन्छन्। त्यसोभए हामीले किन बाबालाई याद नगरौँ। यही मेहनतको कुरा
हो।
तिमी बच्चाहरू यादको
यात्रामा बसेपछि मायाका तुफान आउँछन्, युद्ध चल्छ, त्यसबाट आत्तिनु हुँदैन। मायाले
घरी घरी यादलाई तोड्छ। सङ्कल्प-विकल्प यस्ता यस्ता आउँछन् जसले एकदमै दिमाग खराब
गरिदिन्छन्। तिमीले मेहनत गर। बाबाले सम्झाउनुभएको छ– यी लक्ष्मी-नारायणका
कर्मेन्द्रियहरू वश कसरी भए। यिनीहरू सम्पूर्ण निर्विकारी थिए। यो शिक्षा
यिनीहरूलाई कहाँबाट मिल्यो? अहिले तिमी बच्चाहरूलाई त्यस्तै बन्ने शिक्षा मिलिरहेको
छ। यिनीहरूमा कुनै विकार हुँदैन। त्यहाँ रावण राज्य नै हुँदैन। पछि रावण राज्य
हुन्छ। रावण के चिज हो, यो कसैले पनि जान्दैनन्। ड्रामा अनुसार यो पनि निश्चित छ।
ड्रामाको आदि-मध्य-अन्त्य लाई जान्दैनन्, त्यसैले नै नेती नेती भन्दै आएका छन्।
अहिले तिमीले स्वर्गवासी बन्नको लागि पुरुषार्थ गरिरहेका छौ। यी लक्ष्मी-नारायण
स्वर्गका मालिक हुन् नि। यिनीहरूको अगाडि शिर झुकाउने तमोप्रधान कनिष्ठ पुरुष हुन्।
बाबा भन्नुहुन्छ– सबैभन्दा पहिला त एउटा कुरा पक्का निश्चय गर– आफूलाई आत्मा सम्झेर
बाबालाई याद गर। यसमा नै मेहनत छ। जसरी ८ घण्टा सरकारी नोकरी हुन्छ नि। अहिले तिमी
बेहदको सरकारको मददगार हौ। तिमी कम्तीमा ८ घण्टा पुरुषार्थ गरेर यादमा रहनुपर्छ। यो
अवस्था तिम्रो यस्तो पक्का हुन्छ अनि कसैको पनि याद आउँदैन। बाबाको यादमा नै शरीर
छोड्छौ। फेरि त्यही विजय मालाका दाना बन्छौ। एक राजाको प्रजा कति धेरै हुन्छन्। यहाँ
पनि प्रजा बन्नुछ। तिमी विजय मालाका दाना पुजिन लायक बन्छौ। १६१०८ को माला पनि
हुन्छ। एउटा ठुलो बाकसमा राखिएको हुन्छ। ८ को माला हुन्छ, १०८ को पनि हुन्छ।
अन्त्यमा फेरि १६१०८ को पनि बन्छ। तिमी बच्चाहरूले नै बाबाबाट राजयोग सिकेर सारा
विश्वलाई स्वर्ग बनाएका हौ त्यसैले तिमीलाई पूजा गरिन्छ। तिमी नै पूज्य थियौ, फेरि
पुजारी बनेका छौ। यी दादा भन्छन्– मैले स्वयं माला जपेको छु, लक्ष्मी-नारायणको
मन्दिरमा वास्तवमा रुद्र माला हुनुपर्छ। तिमी पहिला रुद्र माला फेरि रुण्ड माला
बन्छौ। पहिलो नम्बरमा छ रुद्र माला जसमा शिव पनि हुनुहुन्छ, रुण्ड मालामा शिव
कहाँबाट आउनुभयो। त्यो हो विष्णुको माला। यी कुराहरू पनि कसैले कहाँ बुझ्छन् र?
अहिले तिमीले भन्छौ– हामी गएर शिवबाबाको गलाको हार बन्छौँ। ब्राह्मणहरूको माला बन्न
सक्दैन। ब्राह्मणहरूको माला हुँदैन। तिमी जति यादमा रहन्छौ त्यति त्यहाँ पनि नजिकमा
नै आएर राज्य गर्छौ। यो पढाइ अरू कुनै ठाउँमा मिल्न सक्दैन। तिमीलाई थाहा छ– अहिले
हामी यो पुरानो शरीर छोडेर स्वर्गवासी बन्छौँ। सारा भारतवर्ष स्वर्ग बन्नेछ।
विशेषगरी, भारतवर्ष नै स्वर्ग थियो। ५ हजार वर्षको कुरा हो, लाखौँ वर्षको कुरा हुन
सक्दैन। देवताहरू भएको नै ५ हजार वर्ष भयो, स्वर्गलाई मनुष्यले भुलेका छन्। त्यसैले
यसै भनिदिन्छन्। बाँकी केही छैन। यति पुरानो संवत् आदि कहाँ छ र। हुन्छन् नै
सूर्यवंशी-चन्द्रवंशी फेरि अरू धर्मका आउँछन्। पुराना चिजहरू के काम लाग्छन्। कति
खरिद गर्छन्, पुरानो चिजको धेरै मूल्य गर्छन्। सबैभन्दा मूल्यवान् हुनुहुन्छ शिवबाबा,
कति शिवलिङ्ग बनाउँछन्। आत्मा यति सानो बिन्दु हो, यो कसैले पनि बुझ्दैन। अति
सूक्ष्म रूप छ। बाबाले नै सम्झाउनुहुन्छ– यति सानो बिन्दुमा यति पार्ट निश्चित छ,
यो ड्रामा दोहोरिरहन्छ, यो ज्ञान तिमीलाई त्यहाँ हुँदैन। यो प्रायः लोप हुन्छ।
त्यसोभए फेरि कसैले सहज राजयोग कसरी सिकाउन सक्छन्। यी सबै भक्तिमार्गको लागि बसेर
बनाएका हुन्। अहिले बच्चाहरूलाई थाहा छ– बाबाद्वारा ब्राह्मण, देवता, क्षत्रिय– तीन
धर्म स्थापना भइरहेका छन् भविष्य नयाँ दुनियाँको लागि। त्यो पढाइ जुन तिमीले पढ्छौ
त्यो हो यस जन्मको लागि। यसको प्रारब्ध तिमीलाई नयाँ दुनियाँमा मिल्नेछ। यो पढाइ
हुन्छ सङ्गमयुगमा। यो हो पुरुषोत्तम सङ्गमयुग। मनुष्यबाट देवता त अवश्य सङ्गममा
बनेका होलान्। बाबाले बच्चाहरूलाई सबै रहस्य सम्झाउनुहुन्छ। यो पनि बाबालाई थाहा छ–
तिमी सारा दिन यो यादमा रहन सक्दैनौ, असम्भव छ, त्यसैले चार्ट राख, हेर, म कहाँसम्म
यादमा रहन सक्छु? देहको अभिमान भयो भने याद कसरी रहन सक्छ! पापको बोझ शिरमा धेरै छ
त्यसैले बाबा भन्नुहुन्छ– यादमा रहने गर। त्रिमूर्तिको चित्र पकेटमा राख, तर तिमीले
घरी घरी भुल्छौ। अल्फलाई याद गर्नाले बे आदि सबै याद आउँछ। ब्याज त सधैं लगाइराख।
साहित्य (किताब) पनि होस्, कुनै पनि राम्रो मानिस रहेछ भने उसलाई दिनुपर्छ। राम्रो
मानिसले कहिल्यै सित्तैमा लिँदैनन्। भन्छन्– यसको कति पैसा हो? भन– यो गरिबहरूलाई त
सित्तैमा दिइन्छ, बाँकी जसले जति दिन्छ। रोयल्टी हुनुपर्छ। तिम्रो रसमरिवाज
दुनियाँभन्दा बिल्कुलै नौलो हुनुपर्छ। रोयल मानिसले आफै केही न केही दिन्छन्। यो त
हामीले सबैलाई दिन्छौँ कल्याणको लागि। कसैले पढेर पनि तिमीलाई पैसा पठाइदिन्छन्।
खर्च त तिमीले गर्छौ नि। भन– हामीले आफ्नो तन-मन-धन विश्वको सेवामा खर्च गर्छौं।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यस बेहदको सरकारलाई मद्दत गर्नको लागि कम्तीमा ८ घण्टा यादमा रहने पुरुषार्थ
गर्नुछ। यादमा जुन मायाले विघ्न पार्छ, त्यसबाट आत्तिनुछैन।
२) यो पुरुषोत्तम
सङ्गमयुगमा ईश्वरीय सम्प्रदायको बनेर ईश्वरको मतमा चल्नुछ। कर्म गर्दा पनि एक बाबाको
यादमा रहने अभ्यास गर्नुछ।
वरदान:–
अन्तर्मुखताको
गुफामा रहने देहबाट न्यारा देही भव
जुन पाण्डवहरूको
गुफाहरू देखाइन्छ– त्यो यही अन्तर्मुखताको गुफा हो। जति देहबाट न्यारा, देही रूपमा
स्थित हुने गुफामा रहन्छौ, त्यति दुनियाँको वातावरणबाट पर हुन्छौ, वातावरणको
प्रभावमा आउँदैनौ। जसरी गुफाभित्र बस्नाले बाहिरको वातावरणबाट पर भइन्छ, त्यसैगरी
यो अन्तर्मुखताको गुफाले पनि सबैबाट न्यारा र बाबाको प्यारा बनाइदिन्छ। र, जो बाबाको
प्यारो छ, ऊ स्वतः सबैबाट न्यारा हुन्छ।
स्लोगन:–
साधना बीज हो
र साधन त्यसको विस्तार हो। विस्तारमा साधनालाई छिपाउनु हुँदैन।