12.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो सारा पढाइ योगमा आधार ित छ , योगले नै आत्मा पवित्र बन्छ , विकर्म विनाश हुन्छन्।”

प्रश्न:–
कयौँ बच्चाहरू बाबाका बनेर फेरि हात छोडिदिन्छन्, कारण के हुन्छ?

उत्तर:–
१- बाबालाई पूरा रीतिले नचिनेको कारणले, पूरा निश्चयबुद्धि नभएको कारणले ८-१० वर्षपछि पनि बाबालाई त्यागिदिन्छन्, हात छोडिदिन्छन्। पद भ्रष्ट हुन्छ। २- विकारी दृष्टि हुनाले मायाको ग्रहचारी बस्छ, अवस्था तलमाथि भइरहन्छ, त्यसपछि पढाइ पनि छुट्छ।

ओम् शान्ति ।
रुहानी बच्चाहरूप्रति रुहानी बाबाले सम्झाइरहनुभएको छ। अहिले तिमीले जान्दछौ, हामी सबै बेहदका रुहानी बाबाका बच्चा हौँ, उहाँलाई बापदादा भनिन्छ। जसरी तिमी रुहानी बच्चा हौ, त्यसैगरी यिनी (ब्रह्मा) पनि शिवबाबाका रुहानी बच्चा हुन्। शिवबाबालाई रथ त अवश्य चाहिन्छ नि, त्यसैले जसरी तिमी आत्माहरूलाई कर्म गर्नको लागि अङ्गहरू मिलेका छन्, त्यसैगरी शिवबाबाको पनि यो रथ हो किनकि यो कर्मक्षेत्र हो, जहाँ कर्म गर्नुछ। त्यो हो घर, जहाँ आत्माहरू रहन्छन्। आत्माले जानेको छ– हाम्रो घर शान्तिधाम हो, त्यहाँ यो खेल हुँदैन। बत्ती आदि केही हुँदैनन्, केवल आत्माहरू रहन्छन्। यहाँ आउँछन् पार्ट खेल्न। तिम्रो बुद्धिमा छ– यो बेहदको ड्रामा हो। जो कलाकार हुन्, उनीहरूको सुरुदेखि लिएर अन्त्यसम्मको अभिनय तिमी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। यहाँ कुनै साधुसन्त आदिले सम्झाउँदैनन्। यहाँ हामी बच्चाहरू बेहदका बाबाको पासमा बसेका छौँ, अब हामी फर्किनुछ, आत्मा पवित्र त अवश्य बन्नुछ। यस्तो होइन शरीर पनि यहाँ पवित्र बन्नेछ, होइन। आत्मा पवित्र बन्छ। शरीर त ५ तत्त्व पनि सतोप्रधान भएपछि मात्र पवित्र बन्छ। अहिले तिम्रो आत्माले पुरुषार्थ गरेर पावन बनिरहेको छ। त्यहाँ आत्मा र शरीर दुवै पवित्र हुन्छन्। यहाँ हुन सक्दैनन्। आत्मा पवित्र बन्यो भने फेरि पुरानो शरीर छोड्छ, फेरि नयाँ तत्त्वबाट नयाँ शरीर बन्छन्। तिमीलाई यो कुरा थाहा छ– हाम्रो आत्माले बेहदका बाबालाई याद गर्छ वा गर्दैन? यो त हरेकले आफैलाई सोध्नुछ। सारा पढाइ योगमा आधारित छ। पढाइ त सहज छ, तिमीहरूले बुझिसकेका छौ, चक्र कसरी घुम्छ, मुख्य हो नै यादको यात्रा। यो भित्र गुप्त छ। कहाँ देखिन्छ र। बाबाले भन्न सक्नुहुन्न, यसले धेरै याद गर्छ वा कम। हो, ज्ञानको लागि बताउन सक्नुहुन्छ, यो ज्ञानमा धेरै तीक्ष्ण छ। याद त केही देखिँदैन। ज्ञान मुखले बोलिन्छ। याद त हो अजपाजाप। जप शब्द भक्तिमार्गको हो, जप अर्थात् कसैको नाम जप्नु। यहाँ त आत्माले आफ्नो बाबालाई याद गर्नुछ।

तिमीलाई थाहा छ– हामी बाबालाई याद गर्दागर्दा पवित्र बन्दा बन्दा गएर मुक्तिधाम-शान्तिधाम पुग्छौँ। यस्तो होइन, ड्रामाबाट मुक्त हुन्छौँ। मुक्तिको अर्थ हो– दु:खबाट मुक्त भएर शान्तिधाम जानु, फेरि सुखधाममा आउनु। जो पवित्र बन्छन्, उनीहरूले सुख भोग्छन्। अपवित्र मानिसहरूले उनीहरूको सेवा गर्छन्। पवित्रको महिमा छ, यसमा नै मेहनत छ। आँखाले ठुलो धोका दिन्छ, गिर्छन्। तलमाथि त सबैलाई हुनुपर्छ। ग्रहदशा सबैलाई लाग्छ। हुन त बाबा भन्नुहुन्छ, बच्चाहरूले पनि सम्झाउन सक्छन्। फेरि भन्छन्– माता गुरु चाहिन्छ किनकि अब माता गुरुको सिस्टम चल्छ। पहिला पिताहरूको थियो। अहिले पहिला सुरुमा कलश माताहरूलाई मिल्छ। धेरैजसो माताहरू छन्, कुमारीहरूले राखी बाँध्छन्, पवित्रताको लागि। भगवान भन्नुहुन्छ– काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर। रक्षाबन्धन पवित्रताको निसानी हो, उनीहरूले राखी बाँध्छन्। पवित्र त बन्दैनन्। ती सबै हुन् बनावटी राखी, कोही पावन बनाउनेवाला छैनन्, यसमा त ज्ञान चाहिन्छ। अहिले तिमीले राखी बाँध्छौ। अर्थ पनि सम्झाउँछौ। यो प्रतिज्ञा गराउँछौ। जस्तै सिखहरूको निसानी कङ्गन हुन्छ तर पवित्र त बन्दैनन्। पतितलाई पावन बनाउने, सबैका सदगतिदाता एक हुनुहुन्छ, उहाँ पनि देहधारी हुनुहुन्न। पानीको गङ्गा त यी आँखाले देखिन्छ। बाबा जो सदगतिदाता हुनुहुन्छ, उहाँलाई यी आँखाले देखिँदैन। आत्मा के चीज हो त्यसलाई कसैले पनि देख्न सक्दैन। भनिन्छ पनि– हाम्रो शरीरमा आत्मा छ, त्यसलाई देखेको छौ? भन्छन्– देखेका छैनौँ। अरू सबै चीज जसको नाम छ, त्यो अवश्य देखिन्छ। आत्माको पनि नाम त छ। भनिन्छ पनि– भ्रकुटीको बीचमा चम्किन्छ अजब सितारा। तर देखिँदैन। परमात्मालाई पनि याद गर्छन्, केही देखिँदैन। लक्ष्मी-नारायणलाई यी आँखाले देखिन्छ। हुन त लिङ्गको पूजा गर्छन् तर त्यो कुनै यथार्थ रीति त होइन नि। देख्दादेख्दै पनि जान्दैनन्, परमात्मा के हुनुहुन्छ? यो कसैले जान्न सक्दैनन्। आत्मा त धेरै सानो बिन्दु हो। देखीँदैन। न आत्मालाई, न परमात्मालाई देख्न सकिन्छ, चिनिन्छ।

अहिले तिमीलाई थाहा छ– हाम्रो बाबा यिनमा आउनुभएको छ। यस शरीरको आफ्नो आत्मा पनि छ, फेरि परमपिता परमात्मा भन्नुहुन्छ– म यिनको रथमा विराजमान छु, त्यसैले बापदादा भन्छौ। अब दादालाई त यी आँखाले देख्छौ, बाबालाई देख्दैनौ। थाहा छ– बाबा ज्ञानका सागर हुनुहुन्छ, उहाँले यस शरीरद्वारा हामीलाई ज्ञान सुनाइरहनुभएको छ। उहाँ ज्ञानका सागर पतित-पावन हुनुहुन्छ। निराकारले मार्ग कसरी बताउनुहुन्छ? प्रेरणाबाट त कुनै काम हुँदैन। भगवान आउनुहुन्छ, यो कसैलाई पनि थाहा छैन। शिवजयन्ती पनि मनाउँछन् भने अवश्य यहाँ आउनुहुन्छ नि। तिमीलाई थाहा छ– अहिले उहाँले हामीलाई पढाइरहनुभएको छ। बाबा यिनमा आएर पढाउनुहुन्छ। बाबालाई पूरा रीतिले नचिनेका हुनाले, निश्चयबुद्धि नभएका हुनाले ८-१० वर्षपछि पनि बाबालाई त्यागिदिन्छन्। मायाले बिल्कुलै अन्धो बनाइदिन्छ। बाबाका बनेर फेरि छोडिदिए भने पद भ्रष्ट हुन्छ। अहिले तिमी बच्चाहरूलाई बाबाको परिचय मिलेको छ भने अरूलाई पनि बाबाको परिचय दिनुछ। ऋषिमुनि आदि सबैले नेति नेति भन्दै गए। पहिला तिमीले पनि जान्दैनथ्यौ। अहिले तिमीले भन्छौ– हो, हामीले जान्दछौँ, त्यसैले आस्तिक भयौ। सृष्टिको चक्र कसरी घुम्छ, यो पनि तिमीलाई थाहा छ। सारा दुनियाँ र तिमी आफै पनि यस पढाइभन्दा पहिला नास्तिक थियौ। अब बाबाले सम्झाउनुभएको छ, त्यसैले तिमीले भन्छौ– हामीलाई परमपिता परमात्मा बाबाले सम्झाउनुभएको छ, आस्तिक बनाउनुभएको छ। हामीले रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनथ्यौँ। बाबा रचयिता हुनुहुन्छ, बाबाले नै सङ्गममा आएर नयाँ दुनियाँको स्थापना पनि गर्नुहुन्छ र पुरानो दुनियाँको विनाश पनि गर्नुहुन्छ। पुरानो दुनियाँको विनाशको लागि यो महाभारत लडाइँ हो, जसको लागि सम्झन्छन्, त्यस समयमा श्रीकृष्ण हुनुहुन्थ्यो। अहिले तिमीले बुझेका छौ– निराकार बाबा हुनुहुन्थ्यो, उहाँलाई देखिँदैन। श्रीकृष्णको त चित्र छ, उहाँलाई देखिन्छ। शिवलाई देख्न सकिँदैन। श्रीकृष्ण त सत्ययुगका राजकुमार हुनुहुन्छ। उही अनुहार फेरि हुन सक्दैन। श्रीकृष्ण पनि कहिले, कसरी आउनुभयो, यो पनि कसैले जान्दैनन्। श्रीकृष्णलाई कंसको जेलमा देखाउँछन्। कंस सत्ययुगमा थियो र? यो कसरी हुन सक्छ। कंस असुरलाई भनिन्छ। यस समयमा सारा आसुरी सम्प्रदाय छ नि। एकअर्कालाई काट्ने मार्ने गरिरहन्छन्। दैवी दुनियाँ थियो, यो बिर्सिसकेका छन्। ईश्वरीय दैवी दुनियाँ ईश्वरले स्थापना गर्नुभयो। यो पनि तिम्रो बुद्धिमा छ– नम्बरवार पुरुषार्थ अनुसार। अहिले तिमी हौ ईश्वरीय परिवार, फेरि त्यहाँ हुन्छौ दैवी परिवार। यस समयमा ईश्वरले तिमीलाई स्वर्गको देवी-देवता बनाउन लायक बनाइरहनुभएको छ। बाबाले पढाइरहनुभएको छ। यस सङ्गमयुगलाई कसैले पनि जान्दैनन्। कुनै पनि शास्त्रमा यस पुरुषोत्तम युगको कुरा छैन। पुरुषोत्तम युग अर्थात् जहाँ पुरुषोत्तम बन्नुछ। सत्ययुगलाई भनिन्छ पुरुषोत्तम युग। यस समयमा त मनुष्य पुरुषोत्तम छैनन्। यिनलाई त कनिष्ठ तमोप्रधान भनिन्छ, यी सबै कुरा तिमी ब्राह्मण सिवाय अरू कसैले बुझ्न सक्दैनन्। बाबा भन्नुहुन्छ– यो हो आसुरी भ्रष्टाचारी दुनियाँ। सत्ययुगमा यस्तो कुनै वातावरण हुँदैन। त्यो थियो श्रेष्ठाचारी दुनियाँ। उनीहरूका चित्र छन्। अवश्य यिनीहरू श्रेष्ठाचारी दुनियाँका मालिक थिए। भारतवर्षका राजाहरू आएर गए, जो पुजिन्छन्। पूज्य पवित्र थिए, उनीहरू नै फेरि पुजारी बने। पुजारी भक्तिमार्गलाई, पूज्य ज्ञानमार्गलाई भनिन्छ। पूज्य सो पुजारी, पुजारी फेरि पूज्य कसरी बन्छन्। यो पनि तिमीलाई थाहा छ– यस दुनियाँमा पूज्य एक जना पनि हुन सक्दैन। पूज्य परमपिता परमात्मा र देवताहरूलाई नै भनिन्छ। परमपिता परमात्मा सबैका पूज्य हुनुहुन्छ। सबै धर्मकाले उहाँको पूजा गर्छन्। यस्ता बाबाको जन्म यहीँ नै गायन गरिन्छ। शिवजयन्ती छ नि। तर मानिसहरूलाई केही थाहा छैन, उहाँको जन्म भारतवर्षमा हुन्छ, आजकाल त भारतमा शिवजयन्तीको दिनमा बिदा पनि गर्दैनन्। जयन्ती मनाऊ, नमनाऊ, तिम्रो मर्जी। सरकारी बिदा छैन। जसले शिवजयन्तीलाई मान्दैनन्, उनीहरू त आफ्नो काममा जान्छन्। धेरै धर्म छन् नि। सत्ययुगमा यस्ता कुरा हुँदैनन्। त्यहाँ यो वातावरण नै हुँदैन। सत्ययुग हो नै नयाँ दुनियाँ, त्यहाँ एक धर्म हुन्छ । त्यहाँ यो थाहा हुँदैन हामी पछि चन्द्रवंशी राज्य हुन्छ। यहाँ तिमीले सबै जान्दछौ– यो यो वितेर गयो। सत्ययुगमा तिमी हुन्छौ, त्यहाँ कुन विगतलाई याद गर्छौ? वितेर त कलियुग गयो । त्यसको इतिहास-भूगोल सुनेर के फाइदा।

यहाँ तिमीलाई थाहा छ– हामी बाबाको पासमा बसेका छौँ। बाबा टिचर पनि हुनुहुन्छ, सदगुरु पनि हुनुहुन्छ। बाबा आउनुभएको छ सबैको सदगति गर्न। सबै आत्माहरूलाई अवश्य लैजानुहुन्छ। मानिसहरू त देह अभिमानमा आएर भन्छन्, सबै माटोमा मिल्नेछ। यो बुझ्दैनन्– आत्माहरू त गइहाल्छन्, बाँकी यी शरीर माटाका बनेका छन्, यो पुरानो शरीर खतम हुन्छ। हामी आत्मा एउटा शरीर छोडेर गएर अर्को लिन्छौँ। यो यस दुनियाँमा हाम्रो अन्तिम जन्म हो, सबै पतित छन्, सदैव पावन त कोही रहन सक्दैनन्। सतोप्रधान, सतो, रजो, तमो हुन्छन् नै। उनीहरूले त भनिदिन्छन्– सबै ईश्वरकै रूप हुन्, ईश्वरले आफ्ना अनेक रूप बनाउनुभएको छ, खेल खेल्नको लागि। हिसाबकिताब केही जान्दैनन्। न खेल खेल्नेलाई जान्दछन्। बाबाले नै बसेर विश्वको इतिहास-भूगोल सम्झाउनुहुन्छ। खेलमा हरेकको पार्ट अलग अलग छ। सबैको पोजिसन अलग अलग छ, जो जस्तो पोजिसनको हुन्छ, त्यस्तै उसको महिमा हुन्छ। यी सबै कुरा बाबाले सङ्गममा नै सम्झाउनुहुन्छ। सत्ययुगमा फेरि सत्ययुगको पार्ट चल्छ। त्यहाँ यी कुरा हुँदैनन्। यहाँ तिम्रो बुद्धिमा सृष्टि चक्रको ज्ञान घुमिरहन्छ। तिम्रो नाम नै हो स्वदर्शन चक्रधारी। लक्ष्मी-नारायणलाई कहाँ स्वदर्शन चक्र दिइन्छ र। यिनीहरू हुन् नै यहाँका। मूलवतनमा केवल आत्माहरू रहन्छन्, सूक्ष्मवतनमा केही छैन। मनुष्य, जनावर, पशु पंक्षी आदि सबै यहाँ हुन्छन्। सत्ययुगमा मयूर आदि देखाउँछन्। यस्तो होइन कि त्यहाँ मयूरको प्वाँख निकालेर लगाउँछन्, मयूरलाई कहाँ दु:ख दिन्छन् र। यस्तो पनि होइन– मयूरको झरेको प्वाँख ताजमा लगाउँछन्। होइन, ताजमा पनि झुटो निसानी दिइएको छ। त्यहाँ सबै सुन्दर चीजहरू हुन्छन्। गन्दा कुनै चीजको नामनिसान हुँदैन। यस्तो कुनै चीज हुँदैन, जसलाई देखेर घृणा आउँछ। यहाँ त घृणा आउँछ नि। त्यहाँ जनावरहरूलाई पनि दु:ख हुँदैन। सत्ययुग कति फस्टक्लास होला। नाम नै हो स्वर्ग, हेभेन, नयाँ दुनियाँ। यहाँ त पुरानो दुनियाँमा हेर, वर्षाको कारणले भवनहरू भत्किरहन्छन्। मानिसहरू मर्छन्। भूकम्प जान्छ, सबै पुरिएर मर्छन्। सत्ययुगमा धेरै कम हुन्छौ, फेरि पछि वृद्धि हुँदै जान्छ। पहिला सूर्यवंशी हुन्छन्। दुनियाँ २५ प्रतिशत पुरानो भएपछि चन्द्रवंशी हुन्छन्। सत्ययुग १२५० वर्ष हुन्छ, त्यो हो १०० प्रतिशत नयाँ दुनियाँ, जहाँ देवी-देवताले राज्य गर्छन्। तिमीमध्ये पनि धेरैले यी कुरा बिर्सन्छन्। राजधानी त स्थापना हुनु नै छ। निराश हुनुहुँदैन। पुरुषार्थको कुरा हो। बाबाले सबै बच्चाहरूलाई समानरूपले पुरुषार्थ गराउनुहुन्छ। तिमीले आफ्नो लागि विश्वमा स्वर्गको बादसाही स्थापना गर्छौ। आफैलाई हेर्नुछ– हामी के बन्छौँ? अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस पुरुषोत्तम युगमा स्वर्गका देवी-देवता बन्ने पढाइ पढेर स्वयंलाई लायक बनाउनुछ। पुरुषार्थमा निराश हुनुछैन।

२) यस बेहदको खेलमा हरेक कलाकारको भूमिका र पद अलग अलग छ, जस्तो जसको पोजिसन, त्यस्तै उसलाई मान मिल्छ, यी सबै रहस्य बुझेर विश्वको इतिहास-भूगोलको स्मरण गरेर स्वदर्शन चक्रधारी बन्नुछ।

वरदान:–
बाबाको हरेक श्रीमतको पालन गर्ने सच्चा स्नेही आशिक भव

जो बच्चाहरू सदा एक बाबाको स्नेहमा लवलीन रहन्छन्, उनीहरूलाई बाबाको हरेक वचन प्यारो लाग्छ, प्रश्न समाप्त हुन्छन्। ब्राह्मण जन्मको फाउन्डेसन स्नेह हो। जो स्नेही आशिक आत्माहरू छन्, उनीहरूलाई बाबाको श्रीमत पालन गर्नमा मुस्किल अनुभव हुँदैन। स्नेहको कारणले सदा यही उमङ्ग हुन्छ, बाबाले जे भन्नुभएको छ, त्यो मेरो लागि भन्नुभएको हो– मैले गर्नुछ। स्नेही आत्माहरू ठुलो दिलवाला हुन्छन्, त्यसैले उनीहरूको लागि हरेक ठुलो कुरा पनि सानो हुन्छ।

स्लोगन:–
कुनै पनि कुरालाई फिल गर्नु– यो पनि फेलको निसानी हो।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ

ज्वाला स्वरूपको स्थितिको अनुभव गर्नको लागि निरन्तर यादको ज्वाला प्रज्वलित रहोस्। यसको सहज विधि हो– सदा आफूलाई ‘सारथी’ र ‘साक्षी’ सम्झेर चल। आत्मा यस रथको सारथी हो– यो स्मृतिले स्वतः नै यस रथ (देह) बाट वा कुनै पनि प्रकारको देहभानबाट न्यारा बनाइदिन्छ। स्वयंलाई सारथी सम्झनाले सर्व कर्मेन्द्रियहरू आफ्नो कन्ट्रोलमा रहन्छन्। सूक्ष्म शक्तिहरू “मन-बुद्धि-संस्कार’ पनि अर्डर अनुसार चल्छन्।