12.10.25    Avyakt Bapdada     Nepali Murli    17.03.2007     Om Shanti     Madhuban


“श्रेष्ठ वृत्तिबाट शक्तिशाली भाइब्रेसन र वायुमण्डल बनाउन तीव्र पुरुषार्थ गर , आशीर्वाद देऊ र आशीर्वाद लेऊ ”


आज प्यार र शक्तिका सागर बापदादा आफ्ना स्नेही, सिकिलधे, अति प्रिय बच्चाहरूलाई भेट्नको लागि आउनुभएको छ। सबै बच्चाहरू पनि टाढा टाढाबाट स्नेहको आकर्षणले मिलन मनाउनको लागि आइपुगेका छौ। चाहे सम्मुख बसेका छौ, चाहे देश विदेशमा बसेर स्नेहको मिलन मनाइरहेका छौ। बापदादा चारैतिरका सर्व स्नेही, सर्व सहयोगी साथी बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ। बापदादाले देखिरहनुभएको छ– धेरैजसो बच्चाहरूको दिलमा एउटै सङ्कल्प छ– अब छिटोभन्दा छिटो बाबालाई प्रत्यक्ष गरौँ। बाबा भन्नुहुन्छ– सबै बच्चाहरूको उमङ्ग धेरै राम्रो छ, तर पहिला आफूलाई बाबासमान सम्पन्न सम्पूर्ण बनाएर प्रत्यक्ष गरेपछि मात्र बाबालाई प्रत्यक्ष गर्न सक्नेछौ। त्यसैले बच्चाहरूले बाबासँग सोध्छन्– कहिले प्रत्यक्ष होला? र बाबाले बच्चाहरूसँग सोध्नुहुन्छ– तिमीहरूले बताऊ तिमीहरूले कहिले स्वयंलाई बाबासमान प्रत्यक्ष गर्नेछौ? आफ्नो सम्पन्न बन्ने मिति निश्चित गरेका छौ? फरेनरहरूले त भन्छन्– एक वर्ष पहिला नै मिति निश्चित गरिन्छ। त्यसैले आफू बाबासमान बन्ने मिति आपसमा मिटिङ गरेर निश्चित गरेका छौ?

बापदादाले देख्नुहुन्छ– आजकाल त हरेक वर्ग (विङ्ग) का पनि मिटिङहरू धेरै हुन्छन्। डबल विदेशीहरूको मिटिङको विषयमा पनि बापदादाले सुन्नुभयो। धेरै राम्रो लाग्यो। सबै मिटिङहरूको खबर बापदादाको पासमा त पुगिहाल्छन्। त्यसैले बापदादाले सोध्नुहुन्छ– यसको मिति कहिले निश्चित गरेका छौ? के यो मिति ड्रामाले निश्चित गर्छ वा तिमीले निश्चित गर्नेछौ? कसले गर्छ? लक्ष्य त तिमीले राख्नैपर्छ। र, लक्ष्य धेरै राम्रोभन्दा राम्रो, बढियाभन्दा बढिया राखेका पनि छौ, अहिले केवल जस्तो लक्ष्य राखेका छौ त्यसै अनुसार लक्षण, श्रेष्ठ लक्ष्यसमान बनाउनुछ। अहिले लक्ष्य र लक्षणमा अन्तर छ। लक्ष्य र लक्षण समान भइसकेपछि यथार्थमा लक्ष्य प्राप्त हुनेछ। सबै बच्चाहरूले अमृतवेला मिलन मनाउँछन् र सङ्कल्प गर्छन् त्यतिबेला धेरै राम्रा सङ्कल्प गर्छन्। बापदादाले चारैतिरका हरेक बच्चाको रूहरिहान सुन्नुहुन्छ। धेरै सुन्दर कुरा गर्छन्। पुरुषार्थ पनि धेरै राम्रो गर्छन् तर पुरुषार्थमा एक कुराको तीव्रता चाहिन्छ। पुरुषार्थ छ तर तीव्र पुरुषार्थ चाहिन्छ। तीव्रताको दृढता त्यसमा थप्नुपर्छ।

बापदादाको हरेक बच्चाप्रति यही आश छ– समय अनुसार हरेक बच्चा तीव्र पुरुषार्थी बनुन्। चाहे नम्बरवार छन्, बापदादालाई थाहा छ तर नम्बरवारमा पनि सदा तीव्र पुरुषार्थ होस्, त्यसको आवश्यकता छ। समय सम्पन्न हुन तीव्रतासँग चलिरहेको छ तर अहिले बच्चाहरूलाई बाबासमान बन्नु नै छ, यो पनि निश्चित नै छ केवल यसमा तीव्रता चाहिन्छ। हरेकले आफूलाई चेक गर– म सदा तीव्र पुरुषार्थी हुँ? किनकि पुरुषार्थमा परीक्षा त धेरै आउँछन् नै र आउनु नै छ तर तीव्र पुरुषार्थीको लागि परीक्षामा पास हुने कुरा यति नै निश्चित छ कि तीव्र पुरुषार्थी परीक्षामा पास भइसकेको छ। हुनुछ होइन, भइसकेको छ, यो निश्चित छ। सेवा पनि सबैले राम्रो रुचिले गरिरहेका छन् तर बापदादाले पहिला पनि भन्नुभएको छ– वर्तमान समय अनुसार एकै समयमा मनसा-वाचा र कर्मणा अर्थात् चालचलन र चेहराद्वारा तीनै प्रकारको सेवा चाहिन्छ। मनसाद्वारा अनुभव गराउनु, वाणीद्वारा ज्ञानको खजानाको परिचय गराउनु र चालचलन वा चेहराद्वारा सम्पूर्ण योगी जीवनको यथार्थरूपको अनुभव गराउनु, तीनै सेवा एकै समयमा गर्नुछ। अलग अलग होइन, समय कम छ र सेवा अझ पनि धेरै गर्नुछ। बापदादाले देख्नुभयो– सबैभन्दा सहज सेवाको साधन हो– वृत्तिद्वारा भाइब्रेसन बनाउनु र भाइब्रेसनद्वारा वायुमण्डल बनाउनु किनकि वृत्ति सबैभन्दा तीक्ष्ण साधन हो। जसरी साइन्सको रकेट तीव्र गतिमा जान्छ त्यसैगरी तिम्रो रुहानी शुभभावना, शुभकामनाको वृत्तिले दृष्टि र सृष्टिलाई परिवर्तन गरिदिन्छ। एक स्थानमा बसेर पनि वृत्तिद्वारा सेवा गर्न सक्छौ। सुनेको कुरा फेरि पनि बिर्सन सकिन्छ तर जुन वायुमण्डलको अनुभव हुन्छ, त्यो बिर्सिँदैन। जसरी मधुबनमा अनुभव गरेका छौ– त्यहाँ ब्रह्माबाबाको कर्मभूमि, योगभूमि, चरित्रभूमिको वायुमण्डल छ। अहिलेसम्म पनि हरेकले त्यही वायुमण्डलको जुन अनुभव गर्छन् त्यो बिर्सिँदैन। वायुमण्डलको अनुभव दिलमा छापिन्छ। त्यसैले वाणीद्वारा ठुला ठुला प्रोग्राम त गर्छौ नै तर हरेकले आफ्नो श्रेष्ठ रुहानी वृत्तिबाट, भाइब्रेसनबाट वायुमण्डल बनाउनुछ, तर आफ्नो दिलमा, मनमा कसैप्रति पनि उल्टो वृत्तिको भाइब्रेसन नभएमा मात्र तिम्रो वृत्ति रुहानी र शक्तिशाली हुन्छ। आफ्नो मनको वृत्ति सदा स्वच्छ होस् किनकि कुनै पनि आत्माप्रति यदि कुनै व्यर्थ वृत्ति वा ज्ञानको हिसाबले निगेटिभ वृत्ति छ भने निगेटिभ अर्थात् किचडा, यदि मनमा किचडा छ भने शुभवृत्तिबाट सेवा गर्न सक्दैनौ। त्यसैले पहिला आफूलाई चेक गर– मेरो मनको वृत्ति शुभ र रुहानी छ? निगेटिभ वृत्तिलाई पनि आफ्नो शुभभावना शुभकामनाले त्यस निगेटिभलाई पनि पोजिटिभमा परिवर्तन गर्न सक्छौ किनकि निगेटिभबाट आफ्नै मनमा हैरानी त हुन्छ नि! व्यर्थ विचार त चल्छन् नि! त्यसैले पहिला आफूलाई चेक गर– मेरो मनमा कुनै द्वन्द त छैन? नम्बरवार त छन्, राम्रा पनि छन् भने साथमा विघ्नवाला पनि छन्, तर यो यस्तो छ, यो बुझ्नु राम्रो हो। जुन गलत छ त्यसलाई गलत बुझ्नुछ, जुन सही छ त्यसलाई सही बुझ्नुछ तर दिलमा राख्नुछैन। बुझ्नु अलग हो, नलेजफुल बन्नु राम्रो हो, गलतलाई गलत त भनिन्छ नि! कयौँ बच्चाहरूले भन्छन्– बाबा हजुरलाई थाहा छैन यिनी कस्ता छन्! हजुरले हेर्नुहोस् न अनि थाहा हुन्छ। बाबा मान्नुहुन्छ– तिमीले भन्नुअघि नै मान्दछु कि यस्ता छन्, तर यस्ता कुराहरूलाई आफ्नो दिलमा वृत्तिमा राख्नाले स्वयं पनि त हैरान हुन्छौ। र, खराब चिज मनमा छ, दिलमा छ भने जसमा खराब चिज छ, व्यर्थ विचार छन्, उनीहरू विश्व कल्याणकारी कसरी बन्छन्? तिमीहरू सबैको कर्तव्य के हो? कसैले भन्छौ– हामी लन्डनका कल्याणकारी हौँ, दिल्लीका कल्याणकारी हौँ, यु.पी. का कल्याणकारी हौँ? वा जहाँ पनि रहन्छौ, ठीक छ देश होइन भने केन्द्रका कल्याणकारी हौँ, आफ्नो कर्तव्य सबैले यही बताउँछन्– विश्व कल्याणकारी हौँ। त्यसैले सबै को हौ? विश्व कल्याणकारी हौ? हौ भने हात उठाऊ। (सबैले हात उठाए) विश्व कल्याणकारी! विश्व कल्याणकारी! अच्छा। त्यसैले मनमा कुनै पनि खराबी त छैन? बुझ्नु अलग चिज हो, बुझ ठीकै छ, यो सही हो यो गलत हो, तर मनमा नराख। मनमा वृत्ति राख्नाले दृष्टि र सृष्टि पनि परिवर्तन हुन्छ।

बापदादाले गृहकार्य दिनुभएको थियो– के दिनुभएको थियो? सबैभन्दा सहज पुरुषार्थ हो जुन सबैले गर्न सक्छन्, माताहरूले पनि गर्न सक्छन्, वृद्धहरूले पनि गर्न सक्छन्, युवाहरूले पनि गर्न सक्छन्, बच्चाहरूले पनि गर्न सक्छन्, त्यो यही विधि हो केवल एक काम गर कसैसँग पनि सम्पर्कमा आऊ– “आशीर्वाद देऊ र आशीर्वाद लेऊ।” चाहे उसले श्राप दिन्छ, तर तिमीले के कोर्स गराउँछौ? निगेटिभलाई पोजिटिभमा परिवर्तन गर्ने, त्यसैले आफूलाई पानि त्यसै समयमा कोर्स गराऊ। चुनौती के छ? तिम्रो चुनौती हो– प्रकृतिलाई पनि तमोगुणीबाट सतोगुणी बनाउनु नै छ। यो चुनौती हो नि! हो नि? तिमीहरू सबैले यो चुनौती दिएका छौ– प्रकृतिलाई पनि सतोप्रधान बनाउनुछ? बनाउनुछ? शिर हल्लाऊ, हात हल्लाऊ। हेर, देखासिकीमा नहल्लाउनु। दिलबाट हल्लाउनु, किनकि अब समय अनुसार वृत्तिबाट वायुमण्डल बनाउने तीव्र पुरुषार्थको आवश्यकता छ। त्यसैले वृत्तिमा अलिकति पनि किचडा छ भने, वृत्तिबाट वायुमण्डल कसरी बनाउनेछौ? प्रकृतिसम्म तिम्रो भाइब्रेसन जानेछ, वाणी त जाँदैन। भाइब्रेसन जानेछ र भाइब्रेसन बन्छ वृत्तिबाट, र भाइब्रेसनबाट वायुमण्डल बन्छ। मधुबनमा पनि सबै एकैनासका त छैनन्। तर ब्रह्माबाबा र अनन्य बच्चाहरूको वृत्तिद्वारा, तीव्र पुरुषार्थद्वारा वायुमण्डल बनेको छ।

आज तिम्रि दादी याद आइरहेकी छन्, दादीको विशेषता के देख्यौ? कसरी नियन्त्रण गरिन्? कहिल्यै पनि जस्तोसुकै वृत्तिवालाको कमी दादीले मनमा राखिनन्। सबैलाई उमङ्ग दिलाइन्। तिम्री जगदम्बा माँले वायुमण्डल बनाइन्। जान्दाजान्दै पनि आफ्नो वृत्ति सदा शुभ राखिन्, जसको वायुमण्डलको अनुभव तिमीहरू सबैले गरिरहेका छौ। चाहे फलो फादर हो तर बापदादा सदा भन्नुहुन्छ– हरेकको विशेषतालाई जानेर त्यस विशेषतालाई आफ्नो बनाऊ। र, हरेक बच्चामा यो नोट गर्नु, जो बापदादाका बच्चा बनेका छन् ती, एकएक बच्चामा, चाहे तेस्रो नम्बर छ तर यो ड्रामाको विशेषता छ, बापदादाको वरदान छ, सबै बच्चाहरूमा चाहे ९९ गल्तीहरू पनि हुन् तर एक विशेषता अवश्य छ। जुन विशेषताबाट मेरो बाबा भन्ने हकदार बन्छ। परवश छ तर बाबासँग प्यार अटुट हुन्छ, त्यसैले बापदादा अहिले समयको समीपता अनुसार हरेक जति पनि बाबाका स्थान छन्, चाहे गाउँमा छन्, चाहे ठुलो जोनमा छन्, सेन्टरहरूमा छन् तर हरेक स्थान र साथीहरूमा श्रेष्ठ वृत्तिको वायुमण्डल आवश्यक छ। बस् एक शब्द याद राख यदि कसैले श्राप दियो भने पनि लिनेवाला को हो? के दिनेवाला, लिनेवाला एक हुन्छ वा दुई हुन्छन्? यदि कसैले तिमीलाई कुनै खराब चिज दियो, तिमीले के गर्नेछौ? आफूसँग राख्छौ? वा फिर्ता गर्छौ वा फ्याँकिदिन्छौ कि दराजमा सम्हालेर राख्छौ? त्यसैले दिलमा सम्हालेर नराख्नु किनकि तिम्रो दिल बापदादाको तख्त हो, त्यसैले एक शब्द अहिले मनमा पक्का याद गरिहाल, मुखमा होइन मनमा याद गर– आशीर्वाद दिनुछ, आशीर्वाद लिनुछ। कुनै पनि निगेटिभ कुरा मनमा नराख। अच्छा एक कानले सुन्यौ, अर्को कानले निकाल्ने त्यसोभए तिम्रो काम हो कि अर्काको काम हो? त्यसपछि नै विश्वमा, आत्माहरूमा तीव्र गतिको सेवा वृत्तिबाट वायुमण्डल बनाउने सेवा गर्न सक्नेछौ। विश्व परिवर्तन गर्नुछ नि! त्यसैले के याद राख्नेछौ? याद राख्यौ मनबाट? आशीर्वाद शब्द याद राख, बस् किनकि तिम्रा जड चित्रले के दिन्छन्? आशीर्वाद दिन्छन् नि! मानिसहरू मन्दिरमा गए भने के माग्छन्? आशीर्वाद माग्छन् नि! आशीर्वाद मिल्छ त्यसैले त आशीर्वाद माग्छन्। तिम्रा जड चित्रले अन्तिम जन्ममा पनि आशीर्वाद दिन्छन्, वृत्तिबाट उनीहरूका कामनाहरू पूरा गर्छन्। त्यसैले तिमी बारम्बार यस्तो आशीर्वाद दिने दता बनेका छौ त्यसैले त तिम्रा चित्रले पनि आजसम्म आशीर्वाद दिन्छन्। मानौँ परवश आत्माहरूलाई यदि क्षमाको सागरका बच्चाले अलिकति क्षमा गरिदिए भने राम्रै हो नि! त्यसैले तिमीहरू सबै क्षमाका मास्टर सागर हौ? हौ वा होइनौ? हौ नि! भन पहिला म। यसमा हे अर्जुन बन। यस्तो वायुमण्डल बनाऊ जो कोही पनि अगाडि आओस् उसले केही न केही स्नेह लेओस्, सहयोग लेओस्, क्षमाको अनुभव गरोस्, हिम्मतको अनुभव गरोस्, सहयोगको अनुभव गरोस्, उमङ्ग-उत्साहको अनुभव गरोस्। यस्तो हुन सक्छ? हुन सक्छ? पहिलो लाइनवाला हुन सक्छ? हात उठाऊ। पहिला गर्नुपर्छ। त्यसोभए सबैले गर्नेछौ? टिचरहरूले गर्नेछौ? अच्छा।

ठाउँ ठाउँबाट बच्चाहरूका ईमेल र पत्र त आउँछन् नै। त्यसैले जसले पत्र पनि लेखेका छैनन् तर सङ्कल्प गरेका छन् भने सङ्कल्प गर्नेहरूको पनि याद प्यार बापदादाको पासमा पुगेको छ। पत्र धेरै मीठा मीठा लेख्छन्। पत्र यस्ता लेख्छन् जसबाट लाग्छ– यिनीहरू उमङ्ग-उत्साहमा उडिरहन्छन्। फेरि पनि राम्रो छ, पत्र लेख्नाले आफूलाई बन्धनमा बाँध्छन्, प्रतिज्ञा गर्छन् नि! त्यसैले चारैतिरका आत्माहरू जसले जहाँ हेरिरहेका छौ वा सुनिरहेका छौ, तिमीहरू सबैलाई पनि बापदादाले सम्मुख रहनेहरूलाई भन्दा पनि पहिला यादप्यार दिइरहनुभएको छ किनकि बापदादालाई थाहा छ– कहीँ कुनै टाइम छ, कहीँ कुनै टाइम छ तर सबै बडो उत्साहले बसेका छौ, यादमा सुनिरहेका पनि छौ। अच्छा।

सबैले सङ्कल्प गरे, तीव्र पुरुषार्थ गरेर नम्बरवन बन्नु नै छ। गर्यौ? हात उठाऊ। अच्छा अहिले टिचरहरूले उठाइरहेका छन्। पहिलो लाइन त छँदै छ नि। राम्रो छ– बापदादाले यो पनि निर्देशन दिनुभयो– सारा दिनमा बीच बीचमा ५ मिनेट मिल्यो भने पनि त्यस समयमा मनको एक्सरसाइज गर किनकि आजकालको जमाना एक्सरसाइजको छ। त्यसैले ५ मिनेटमा मनको एक्सरसाइज गर, मनलाई परमधाममा लिएर आऊ, सूक्ष्मवतनमा फरिस्तापनलाई याद गर फेरि पूज्यरूप याद गर, फेरि ब्राह्मणरूप याद गर, फेरि देवतारूप याद गर। कति स्वरूप भए? पाँच स्वरूप। त्यसैले पाँच मिनेटमा ५ यो एक्सरसाइज गर र सारा दिनमा चल्दाफिर्दा पनि यो एक्सरसाइज गर्न सक्छौ। यसको लागि मैदान चाहिँदैन, दौडनुछैन, न कुर्सी चाहिन्छ, न सिट चाहिन्छ, न मेसिन चाहिन्छ। जसरी अरू एक्सरसाइज शरीरको लागि आवश्यक छ, त्यो ठीकै छ गर, त्यसको मनाही छैन। तर यो मनको ड्रिल, एक्सरसाइजले मनलाई सदा खुसी राख्नेछ। उमङ्ग-उत्साहमा राख्नेछ, उड्ती कलाको अनुभव गराउनेछ। त्यसैले अहिले भर्खरै यो ड्रिल सबैले सुरु गर– परमधामदेखि देवतासम्म। (बापदादाले ड्रिल गराउनुभयो) अच्छा!

चारैतिरका सदा आफ्नो वृत्तिबाट शक्तिशाली रुहानी वायुमण्डल बनाउने तीव्र पुरुषार्थी बच्चाहरूलाई, सदा आफ्नो स्थान र स्थितिलाई शक्तिशाली भाइब्रेसनमा अनुभव गराउने दृढ सङ्कल्पवाला श्रेष्ठ आत्माहरूलाई, सदा आशीर्वाद दिने र आशीर्वाद लिने रहमदिल आत्माहरूलाई, सदा आफूलाई उड्तीकलाको अनुभव गर्ने डबल लाइट आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
विशाल बुद्धिद्वारा सङ्ग ठनको शक्तिलाई बढाउने सफलता स्वरूप भव

सङ्गठनको शक्तिलाई बढाउनु– यो ब्राह्मण जीवनको पहिलो श्रेष्ठ कार्य हो। यसको लागि कुनै पनि कुरा बहुमतले प्रमाणित गर्छन् भने जहाँ बहुमत छ त्यहाँ म– यही हो सङ्गठनको शक्तिलाई बढाउनु। यसमा यो बडाइ नदेखाऊ– मेरो विचार त धेरै राम्रो छ। हुन त जतिसुकै राम्रो होस् तर जहाँ सङ्गठन टुट्छ त्यो राम्रो पनि साधारण हुनेछ। त्यस समयमा आफ्नो विचार त्याग्नु पर्यो भने पनि त्यगिदेऊ, त्यागमा नै भाग्य छ। यसबाट नै सफलतास्वरूप बन्नेछौ। समीप सम्बन्धमा आउनेछौ।

स्लोगन:–
सर्व सिद्धिहरू प्राप्त गर्नको लागि मनको एकाग्रतालाई बढाऊ।

अव्यक्त इसारा:– स्वयं र सर्वप्रति मनसा द्वारा योगका शक्तिहरूको प्रयोग गर

समय अनुसार अब एकसाथ मनसा र वाचाको सेवा गर। तर वाचा सेवा सहज छ, मनसामा अटेन्सन दिने कुरा छ त्यसैले सर्व आत्माहरूप्रति मनसामा शुभभावना, शुभकामनाको सङ्कल्प होस्। बोलीमा मधुरता, सन्तुष्टता, सरलताको नवीनता होस् त्यसपछि सेवामा सहज सफलता मिल्दै जानेछ।