13.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अनेक देहधारीहरूबाट प्रीत हटाएर एक विदेही बाबालाई याद गर्यौ भने तिम्रा सबै अङ्ग शीतल हु नेछ न्।”

प्रश्न:–
जो दैवीकुलका आत्माहरू छन्, उनीहरूको निसानी के हुन्छ?

उत्तर:–
१- दैवी कुलका आत्माहरूलाई यो पुरानो दुनियाँदेखि सहजै वैराग्य हुन्छ। २- उनीहरूको बुद्धि बेहदमा हुन्छ। शिवालयमा जानको लागि उनीहरू पावन फूल बन्ने पुरुषार्थ गर्छन्। ३- कुनै आसुरी आचरण हुँदैन। ४- आफ्नो पोतामेल राख्छन्– कुनै आसुरी विकर्म त भएन? बाबालाई सत्य सुनाउँछन्। केही पनि लुकाउँदैनन्।

गीत:–
न वह हमसे जुदा होंगे...

ओम् शान्ति ।
अब यी हुन् बेहदका कुरा। हदका कुरा सबै समाप्त हुन्छन्। दुनियाँमा त अनेकौँलाई याद गरिन्छ, अनेक देहधारीहरूसँग प्रीत हुन्छ। विदेही एउटै हुनुहुन्छ, जसलाई परमपिता परमात्मा शिव भनिन्छ। तिमीले अब उहाँसँग नै बुद्धिको योग जोड्नुछ। कुनै देहधारीलाई याद गर्नुछैन। ब्राह्मण आदि खुवाउनु, यी सबै भए कलियुगका रसमरिवाज। त्यहाँको रसमरिवाज र यहाँको रसमरिवाज बिल्कुलै अलग छ। यहाँ कुनै पनि देहधारीलाई याद गर्नुछैन। त्यो अवस्था नआउँदासम्म पुरुषार्थ चलिरहन्छ। बाबा भन्नुहुन्छ– जति हुनसक्छ पुरानो दुनियाँका जो आएर गए वा जो छन्, ती सबैलाई बिर्सनुछ। दिनभरि बुद्धिमा यही चलोस्– कसलाई के सम्झाउनुछ। सबैलाई बताउनुछ– आएर विश्वको भूत, वर्तमान, भविष्यलाई बुझ्नुहोस्, जसलाई कसैले पनि जान्दैनन्। भूत अर्थात् कहिलेदेखि सुरु भयो। वर्तमान अहिले के छ। सुरु भएको हो सत्ययुगदेखि। त्यसैले सत्ययुगदेखि लिएर अहिलेसम्म र भविष्य के हुनेछ– दुनियाँले यो कुरा बिल्कुलै जान्दैनन्। तिमी बच्चाहरूले जान्दछौ त्यसैले चित्र आदि बनाउँछौ। यो हो ठुलो बेहदको नाटक। ती झुटा हदका नाटक त धेरै बनाउँछन्। कथा बनाउने अलग हुन्छन् र नाटकका दृश्यहरू बनाउने अरू नै हुन्छन्। यो सारा रहस्य अहिले तिम्रो बुद्धिमा छ। अहिले जे देख्छौ त्यो रहनेछैन। विनाश हुनेछ। त्यसैले तिमीले सत्ययुगी नयाँ दुनियाँका दृश्यहरू धेरै राम्रो देखाउनुपर्छ। जस्तै अजमेरमा सोनी द्वारिका छ, त्यसबाट पनि दृश्यहरू लिएर अलग्गै नयाँ दुनियाँ बनाएर फेरि देखाऊ। यो पुरानो दुनियाँमा आगो लाग्नुछ, यसको पनि नक्सा त छ नि। र, यो नयाँ दुनियाँ प्रकट भइरहेको छ। यस्ता -यस्ता विचार गरेर राम्रोसँग बनाउनुपर्छ। यो त तिमीले बुझेका छौ। यस समयमा मनुष्यहरूको बुद्धि बिल्कुल पत्थरजस्तो छ। तिमीले कति सम्झाउँछौ फेरि पनि बुद्धिमा बस्दैन। जसरी नाटकवालाहरूले सुन्दर दृश्य बनाउँछन्, त्यसैगरी कसैसँग मद्दत लिएर स्वर्गका दृश्य धेरै राम्रा बनाउनुपर्छ। उनीहरूले राम्रो युक्ति दिन्छन्। युक्ति बताउँछन्। उनीहरूलाई सम्झाएर यस्तो राम्रो बनाउनुपर्छ ता कि मनुष्यले आएर बुझुन्। अवश्य सत्ययुगमा त एउटै धर्म थियो। तिमी बच्चाहरूमा पनि नम्बरवार छन् जसलाई धारणा हुन्छ। देह अभिमानी बुद्धिलाई फोहोरी भनिन्छ। देहीअभिमानीलाई गुल गुल (फूल) भनिन्छ। अहिले तिमी फूल बन्छौ। देह अभिमानी रहँदा काँडाको काँडा नै रहन्छन्। तिमी बच्चाहरूलाई त यो पुरानो दुनियाँदेखि वैराग्य छ। तिम्रो छ बेहदको बुद्धि, बेहदको वैराग्य। हामीलाई यो वेश्यालयदेखि धेरै घृणा छ। अहिले हामी शिवालय जानको लागि फूल बनिरहेका छौँ। बन्दाबन्दै पनि यदि कसैले यस्तो खराब आचरण गर्छन् भने बुझिन्छ– यिनीहरूमा अहिले भूतको प्रवेशता छ। एउटै घरमा पति हंस बनिरहेको छ, पत्नीले बुझ्दिनन् भने कठिनाइ हुन्छ। सहन गर्नुपर्छ। बुझिन्छ– यिनको तकदिरमा छैन। सबै त दैवीकुलका बन्नेवाला छैनन्, जो बन्नेवाला छन् उनीहरू नै बन्छन्। धेरैको खराब चालचलनका रिपोर्टहरू आउँछन्। यी यी आसुरी अवगुण हुन् त्यसैले बाबाले दिनहुँ सम्झाउनुहुन्छ– रातमा आफ्नो पोतामेल हेर– आज मैले कुनै आसुरी विकर्म त गरिनँ? बाबा भन्नुहुन्छ– सारा जीवनमा जे भुल गरेका छौ, त्यो बताऊ। कसैले कडा भुल गरेका रहेछन् भने फेरि सर्जनलाई बताउन लाज मान्छन् किनकि इज्जत जान्छ नि। नबताउँदा फेरि नोक्सान हुन्छ। मायाले यस्तो थप्पड हान्छ कि एकदम सत्यानाश गरिदिन्छ। माया बडो जबर्जस्त छ। ५ विकारहरूमाथि विजय पाउन सक्दैनौ भने बाबाले पनि के गर्नुहुन्छ।

बाबा भन्नुहुन्छ– म रहमदिल पनि छु भने कालहरूको काल पनि हुँ। मलाई बोलाउँछन् नै पतित-पावन आएर पावन बनाउनुहोस्। मेरो नाम त दुवै हो नि। कसरी रहमदिल हुँ, फेरि म कालहरूको काल हुँ, त्यो पार्ट अहिले खेलिरहेको छु। काँडाहरूलाई फूल बनाउँछु, त्यसैले तिम्रो बुद्धिमा त्यो खुसी छ। अमरनाथ बाबा भन्नुहुन्छ– तिमीहरू सबै पार्वतीहरू हौ। अहिले तिमीले म एकलाई याद गर्यौ भने तिमी अमरपुरीमा जानेछौ। र, तिम्रा पाप नाश हुनेछन्। त्यो यात्रा गर्नाले त तिम्रा पाप नाश हुँदैनन्। यी हुन् भक्तिमार्गका यात्राहरू। बच्चाहरूसँग यो प्रश्न पनि सोध्छन्– खर्च कसरी चल्छ। तर यस्तो कुनै समाचार दिँदैनन्– हामीले यस्तो प्रतिक्रिया दियौँ। यति सबै बच्चा ब्रह्माका सन्तान ब्राह्मण छन् भने हामीले नै आफ्नो लागि खर्च गर्छौं नि। श्रीमतमा हामीले आफ्नो लागि राजधानी पनि स्थापना गरिरहेका छौँ। राज्य पनि हामीले गर्नेछौँ। राजयोग हामीले सिक्छौँ भने खर्च पनि हामीले गर्नेछौँ। शिवबाबाले त अविनाशी ज्ञान रत्नको दान दिनुहुन्छ, जसबाट हामी राजाहरूको राजा बन्छौँ। जुन बच्चाहरूले पढ्छन् उनीहरूले नै खर्च गर्छन् नि। सम्झाउनुपर्छ– हामी आफैले खर्च गर्छौं, हामीले कुनै भीख वा दान लिँदैनौँ। तर बच्चाहरू केवल लेखिदिन्छन्– यो पनि सोध्छन्, त्यसैले बाबाले भन्नुभएको थियो– जस जसले दिनभरिमा सेवा गर्छन्, उनीहरूले रातमा पोतामेल बताउनुपर्छ। त्यसको पनि हिसाब हुनुपर्छ। बाँकी आउन त धेरै आउँछन्। ती सबै प्रजा बन्छन्, उच्च पद प्राप्त गर्ने धेरै कम छन्। राजाहरू थोरै हुन्छन्, धनवान पनि थोरै बन्छन्। बाँकी गरिब धेरै हुन्छन्। यहाँ पनि यस्तै छन् भने दैवी दुनियाँमा पनि यस्तै हुन्छन्। राजधानी स्थापना हुन्छ, त्यसमा नम्बरवार सबै चाहिन्छ। बाबा आएर राजयोग सिकाएर आदि सनातन दैवी राजधानीको स्थापना गराउनुहुन्छ। दैवी धर्मको राजधानी थियो, अहिले छैन। बाबा भन्नुहुन्छ– मैले फेरि स्थापना गर्छु। त्यसैले कसैलाई सम्झाउनको लागि चित्र पनि यस्तो चाहिन्छ। बाबाको मुरली सुन्छन्, सेवा गर्छन्। दिन प्रतिदिन सुधार त भइरहन्छ। तिमीले आफ्नो अवस्थालाई पनि हेर्दै जाऊ कति सही हुँदैजान्छ। बाबा आएर फोहोरबाट निकाल्नुहुन्छ, जसले जति धेरैलाई निकाल्ने सेवा गर्छन्, त्यति उच्च पद पाउँछन्। तिमी बच्चाहरू त एकदम क्षीरखण्ड भएर रहनुपर्छ। सत्ययुगमा भन्दा पनि यहाँ बाबाले तिमीलाई उच्च बनाउनुहुन्छ। बाबा ईश्वरले पढाउनुहुन्छ भने उहाँलाई आफ्नो पढाइको प्रभाव देखाउनु छ, तब त बाबा पनि कुर्बान जानुहुन्छ। दिलमा आउनुपर्छ– बस्, अब त हामीले विश्वलाई स्वर्ग बनाउने कार्य नै गर्नेछौँ। यो नोकरी आदि गर्नु, त्यो त गरिरहन्छन्। पहिला आफ्नो उन्नति त गरौँ। छ धेरै सहज। मनुष्यले सबै कुरा गर्न सक्छन्। गृहस्थ व्यवहारमा रहेर राजधानीमा पद पाउनुछ त्यसैले दिनहुँ आफ्नो पोतामेल जाँच। दिनभरिको फाइदा र नोक्सान निकाल। पोतामेल राख्दैनौ भने सुध्रिन बडो मुस्किल छ। बाबाको कुरा मान्दैनौ। दिनहुँ हेर्नुपर्छ– कसैलाई मैले दुःख त दिइनँ? पद धेरै उच्च छ, अथाह कमाइ छ। नत्र फेरि रुनुपर्छ। रेस (दौड) हुन्छ नि। कसैले त लाखौँ रुपियाँ कमाउँछन्, कोही त कङ्गालको कङ्गाल रहन्छन्।

अहिले तिम्रो हो ईश्वरीय रेस, यसमा कुनै दौडधुप आदि गर्नुछैन, केवल बुद्धिले प्यारा बाबालाई याद गर्नुछ। केही पनि भुल भयो भने तुरुन्त सुनाउनुपर्छ। बाबा मबाट यो भुल भयो। कर्मेन्द्रियबाट यो भुल गरेँ। बाबा भन्नुहुन्छ– ठीक-बेठीक सोच्ने बुद्धि मिलेको छ भने अब गलत काम गर्नुछैन। गलत काम गरिहाल्यौ भने बाबा क्षमा गरिदिनुहोस् भन किनकि बाबा अहिले यहाँ बस्नुभएको छ सुन्नको लागि। जुनसुकै पनि नराम्रो काम हुन्छ, त्यो तुरुन्त बताऊ वा लेख– बाबा यो नराम्रो काम भयो, तब तिम्रो आधा माफ हुनेछ। यस्तो होइन कि मैले कृपा गर्नेछु। क्षमा वा कृपा पाईको पनि हुनेछैन। सबैले आफूलाई सुधार्नुछ। बाबाको यादद्वारा विकर्म विनाश हुन्छन्। भूतकालको पाप पनि योगबलद्वारा काटिँदै जान्छ। बाबाको बनेर फेरि बाबाको निन्दा नगराऊ। सद्गुरुका निन्दकले ठाउँ पाउँदैनन्। तिमीलाई धेरै उच्च ठाउँ मिल्छ। अरू गुरुहरूसँग कुनै राजधानीको ठाउँ कहाँ छ र। यहाँ तिम्रो लक्ष्य उद्देश्य छ। भक्तिमार्गमा कुनै लक्ष्य उद्देश्य हुँदैन। यदि हुन्छ पनि भने अल्पकालको लागि। कहाँ २१ जन्मको सुख, कहाँ पाई पैसाको थोरै सुख। यस्तो होइन धनद्वारा सुख हुन्छ। दुःख पनि कति हुन्छ। अच्छा, मानौँ कसैले अस्पताल बनायो भने अर्को जन्ममा रोग लाग्नेछैन। यस्तो त होइन धेरै पढ्न पाउनेछन्। धन पनि धेरै मिल्नेछ। त्यसको लागि त फेरि सबै कुरा गर्नुछ। कसैले धर्मशाला बनाए भने अर्को जन्ममा महल मिल्छ। यस्तो होइन कि तन्दुरुस्त हुन्छन्। होइन। त्यसैले बाबाले कति कुरा सम्झाउनुहुन्छ। कसैले त राम्रोसँग बुझेर सम्झाउँछन्, कसैले त बुझ्दै बुझ्दैनन्। त्यसैले दिनहुँ पोतामेल राख। आज के पाप गरेँ? यो कुरामा फेल भएँ। बाबाले राय दिनुहुन्छ– यस्तो काम गर्नुहुँदैन। तिमीलाई थाहा छ– हामी त अब स्वर्गमा जान्छौँ। बच्चाहरूलाई खुसीको पारा चढ्दैन। बाबालाई कति खुसी छ। म वृद्ध छु, यो शरीर छोडेर म राजकुमार बन्नेवाला छु। तिमीले पनि पढ्यौ भने खुसीको पारा चढ्नुपर्छ। तर बाबालाई याद नै गर्दैनौ। बाबाले कति सहजै सम्झाउनुहुन्छ, त्यो अङ्ग्रेजी आदि पढ्दा कति टाउको दुख्छ। धेरै कठिनाइ हुन्छ। यो त धेरै सहज छ। यो रुहानी पढाइद्वारा तिमी शीतल बन्छौ। यसमा त केवल बाबालाई याद गरिरह्यौ भने अङ्ग एकदम शीतल हुन्छन्। तिम्रो शरीर त छ नि। शिवबाबाको त शरीर छैन। श्रीकृष्णकाअङ्ग हुन्छन्। उनका अङ्ग त शीतल हुन्छन् नै त्यसैले भगवान नाम राखिदिएका छन्। अहिले उनको सङ्ग कसरी हुन्छ। त्यो त हुन्छ नै सत्ययुगमा। उनका अङ्ग पनि यस्ता शीतल कसले बनाउनुभयो? यो तिमीले अहिले बुझेका छौ। त्यसैले अब तिमी बच्चाहरूले पनि यति धारणा गर्नुपर्छ। बिल्कुलै लडाइँ-झगडा गर्नुछैन। सत्य बोल्नुछ। झुटो बोल्नाले सत्यानाश हुन्छ।

बाबाले तिमी बच्चाहरूलाई सबै चौतर्फी कुरा सम्झाउनुहुन्छ। चित्र पनि राम्रा राम्रा बनाऊ जुन फेरि सबैकहाँ पुगुन्। राम्रा चीज देखेर भन्छन्– गएर हेर। सम्झाउनेवाला पनि होसियार चाहिन्छ। सेवा गर्न पनि सिक्नुछ। राम्रा ब्राह्मणीहरू पनि चाहिन्छन् जसले आफूसमान बनाउनेछन्। जसले आफूसमान म्यानेजर (व्यवस्थापक) बनाउँछिन्, तिनैलाई असल ब्राह्मणी भनिन्छ। उनीहरूले पद पनि उच्च पाउँछन्। बेबीबुद्धि पनि नहोस्, नत्र उठाएर लैजान्छन्। रावण सम्प्रदाय छन् नि। यस्ती ब्राह्मणी तयार गर जसले पछि सेन्टर सम्हाल्न सकुन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबालाई आफ्नो पढाइको प्रभाव देखाउनुछ। विश्वलाई स्वर्ग बनाउने धन्दामा लाग्नुछ। पहिला आफ्नो उन्नतिको ख्याल गर्नुछ। क्षीरखण्ड भएर (मिलेर ) रहनुछ।

२) कुनै भुल भयो भने बाबासँग क्षमा मागेर स्वयंले स्वयंलाई सुधार्नुछ। बाबाले कृपा गर्नुहुन्न, बाबाको यादद्वारा विकर्म काट्नुछ, निन्दा गराउने कुनै कर्म गर्नुछैन।

वरदान:–
नलेजफुलको विशेषताद्वारा संस्कारहरूको टक्करबाट बच्ने कमल पुष्प समान न्यारा एवं साक्षी भव

संस्कार त अन्त्यसम्म कसैको दासीको रहन्छ, कसैको राजाको। संस्कार परिवर्तन हुन् भनेर प्रतीक्षा नगर। तर ममाथि कसैको प्रभाव नहोस्, किनकि एक त हरेकका संस्कार भिन्न भिन्न छन्, अर्को मायाको रूप बनेर पनि आउँछन्, त्यसैले कुनै पनि कुराको फैसला मर्यादाको रेखाभित्र रहेर गर, भिन्न भिन्न संस्कार हुँदाहुँदै पनि टक्कर नहोस् यसको लागि नलेजफुल बनेर कमल पुष्पसमान न्यारा एवं साक्षी रहने गर।

स्लोगन:–
हठ वा मेहनत गर्नुको सट्टा रमणीयतापूर्वक पुरुषार्थ गर।