13.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– य स
बेहदको खेलमा तिमी आत्मा रूपी कलाकार पार्टधारी हौ , तिम्रो निवास स्थान हो– स्वीट
साइलेन्स होम , जहाँ अब जानुछ।”
प्रश्न:–
जसले ड्रामाको
खेललाई यथार्थ रीतिले जान्दछन्, उनीहरूको मुखबाट कुन शब्द निस्कन सक्दैन?
उत्तर:–
यो यस्तो नभएको
भए यस्तो हुन्थ्यो.... यो हुनु हुँदैनथ्यो– यस्ता शब्द ड्रामाको खेललाई जान्नेले
भन्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ– यो ड्रामाको खेल जुम्राझैँ घुमिरहन्छ, जे जति
हुन्छ सबै ड्रामामा निश्चित छ, कुनै फिक्रको कुरा छैन।
ओम् शान्ति ।
बाबाले आफ्नो
परिचय बच्चाहरूलाई दिनुहुन्छ र बच्चाहरूलाई पनि आफ्नो परिचय मिल्छ। सबै बच्चाहरू
धेरै समय देह अभिमानी भएर रहन्छन्। देहीअभिमानी भयौ भने बाबाको यथार्थ परिचय हुन्छ।
तर ड्रामामा यस्तो छैन। भन्न त भन्छन् पनि भगवान गड फादर हुनुहुन्छ, रचयिता
हुनुहुन्छ, तर जान्दैनन्। शिवलिङ्गको चित्र पनि हुन्छ, तर त्यति ठुलो त उहाँ
हुनुहुन्न। यथार्थ रीतिले नजान्नाले बाबालाई बिर्सन्छन्। बाबा रचयिता पनि हुनुहुन्छ,
अवश्य रच्नुहुन्छ पनि नयाँ दुनियाँ, त्यसैले अवश्य हामी बच्चाहरूलाई नयाँ दुनियाँको
राजधानीको वर्सा हुनुपर्छ। स्वर्गको नाम पनि भारतवर्षमा प्रसिद्ध छ, तर केही पनि
बुझ्दैनन्। भन्छन्– फलानो मर्यो, स्वर्ग गयो। अब यस्तो कहिल्यै हुन्छ र! अहिले
तिमीले बुझेका छौ हामी सबै तुच्छ बुद्धि थियौँ, नम्बरवार त भनिन्छ नि। मुख्यको लागि
नै सम्झाइएको छ– म यिनमा आउँछु, धेरै जन्मको अन्तिम शरीरमा। यिनी नम्बरवन हुन्।
बच्चाहरूले बुझ्छन्– अहिले हामी उहाँका बच्चा ब्राह्मण बनेका छौँ। यी सबै बुझ्ने
कुरा हुन्। बाबाले यति समयदेखि सम्झाइरहनुभएको छ। नत्र बाबालाई चिन्नु सेकेन्डको
कुरा हो। बाबाले भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्।
निश्चय भएपछि फेरि कुनै पनि कुरामा प्रश्न आदि उठ्न सक्दैन। बाबाले सम्झाउनुभएको छ–
शान्तिधाममा हुँदा तिमी पावन थियौ। यी कुरा पनि तिमीले नै बाबाबाट सुन्छौ। अरू कसैले
सुनाउन सक्दैन। तिमीलाई थाहा छ– हामी आत्माहरू कहाँका निवासी हौँ। जस्तै नाटकका
कलाकारहरूले भन्छन्– हामी यहाँका निवासी हौँ, कपडा फेरेर स्टेजमा आइहाल्छन्। अहिले
तिमीले बुझेका छौ हामी यहाँका निवासी होइनौँ। यो एउटा नाटकशाला हो। यो अहिले
बुद्धिमा आएको छ– हामी मूलवतनका निवासी हौँ, जसलाई स्वीट साइलेन्स होम भनिन्छ। यसैको
लागि सबैले चाहन्छन् किनकि आत्मा दुःखी छ नि। त्यसैले भन्छन् हामी कसरी घर फर्कौं।
घरको ठेगाना थाहा नभएको कारणले भट्किन्छन्। अब तिमी भट्किनबाट छुट्यौ। तिमी
बच्चाहरूलाई थाहा भएको छ, यथार्थमा अब तिमी घर जानुछ। अहम् आत्मा कति सानो बिन्दु
छु। यो पनि आश्चर्य हो जसलाई कुदरत (लीला) भनिन्छ। यति सानो बिन्दुमा यति धेरै
पार्ट भरिएको छ। परमपिता परमात्माले कसरी पार्ट खेल्नुहुन्छ, यो पनि तिमीले जानेका
छौ। सबैभन्दा मुख्य पार्टधारी उहाँ हुनुहुन्छ, करनकरावनहार हुनुहुन्छ नि। हामी
आत्माहरू शान्तिधामबाट आउँछौँ, यो कुरा अहिले तिमी प्यारा बच्चाहरूको समझमा आएको छ।
आत्माहरू कुनै नयाँ कहाँ निस्कन्छन् र, जो शरीरमा प्रवेश गर्छन्। होइन। आत्माहरू सबै
स्वीट होममा रहन्छन्। त्यहाँबाट आउँछन् पार्ट खेल्न। सबैलाई पार्ट खेल्नुछ। यो खेल
हो। यी सूर्य, चन्द्रमा, तारा आदि के हुन्! यी सबै बत्तीहरू हुन्, जसमा रात र दिनको
खेल चल्छ। कतिले भन्छन्– सूर्य देवताय नमः, चन्द्रमा देवताय नमः... तर वास्तवमा यी
कुनै देवताहरू होइनन्। यो खेलको बारेमा कसैलाई थाहा छैन। सूर्य चन्द्रमालाई पनि
देवता भनिदिन्छन्। वास्तवमा यी सारा विश्व नाटकका लागि बत्तीहरू हुन्। हामी निवासी
हौँ स्वीट साइलेन्स होमका। यहाँ हामीले पार्ट खेलिरहेका छौँ, यो चक्र जुम्राझैँ
घुमिरहन्छ, जे-जति हुन्छ ड्रामामा निश्चित छ। यस्तो भन्नु हुँदैन– यस्तो नभएको भए
यस्तो हुन्थ्यो। यो त ड्रामा हो नि। उदाहरणको लागि जस्तै तिम्री मम्मा थिइन्,
गइहाल्छिन् भन्ने ख्यालमा त थिएन नि। ठीकै छ, शरीर छोडिन्– ड्रामा। अब आफ्नो नयाँ
पार्ट खेलिरहेकी छिन्। फिक्रको कुनै कुरा छैन। यहाँ तिमी सबै बच्चाहरूको बुद्धिमा
छ– हामी कलाकार हौँ, यो हार र जितको खेल हो। यो हार जितको खेल मायामा आधारित छ।
मायासँग हारे हार हुन्छ र मायालाई जिते जित। यसरी गाउँछन् त सबैले तर बुद्धिमा
ज्ञान अलिकति पनि हुँदैन। तिमीलाई थाहा छ– माया के चिज हो, यो त रावण हो, जसलाई नै
माया भनिन्छ। धनलाई सम्पत्ति भनिन्छ। धनलाई माया भनिदैन। मानिसहरूले सम्झन्छन्
यिनीहरूसँग धेरै धन छ। त्यसैले भनिदिन्छन् मायाको नशा छ। तर मायाको नशा हुन्छ र!
मायालाई त हामीले जित्ने कोसिस गर्छौं। त्यसैले यसमा कुनै पनि कुरामा संशय
उठ्नुहुँदैन। कच्चा अवस्था भएको कारणले नै संशय उठ्छ। अहिले भगवानुवाच छ– कोप्रति?
आत्माहरूप्रति। भगवान त अवश्य शिव नै हुनुपर्छ जसले आत्माहरूप्रति भन्नुहुन्छ।
श्रीकृष्ण त देहधारी हुन्, उनले आत्माहरूप्रति कसरी भन्छन्। तिमीलाई कुनै देहधारीले
ज्ञान सुनाउँदैनन्। बाबाको त देह छैन। अरू सबैको त देह छ, जसको पूजा गर्छन्
उनीहरूलाई याद गर्न त सहज छ। ब्रह्मा, विष्णु, शङ्करलाई देवता भनिन्छ। शिवलाई भगवान
भनिन्छ। उच्चभन्दा उच्च भगवान, उहाँको देह छैन। यो पनि तिमीलाई थाहा छ–मूलवतनमा
आत्माहरू हुँदा तिम्रो देह थियो? थिएन। तिमी आत्माहरू थियौ। यहाँ बाबा पनि आत्मा
हुनुहुन्छ। केवल उहाँ परम हुनुहुन्छ, उहाँको पार्ट गायन गरिएको छ। पार्ट खेलेर
जानुभएको छ, त्यसैले नै पूजा हुन्छ। तर एक जना पनि मानिस छैन जसलाई यो थाहा छ– ५
हजार वर्ष पहिला पनि परमपिता परमात्मा रचयिता आउनुभएको थियो, उहाँ हेभिनली गड फादर
नै हुनुहुन्छ। हरेक ५ हजार वर्षपछि कल्पको सङ्गममा उहाँ आउनुहुन्छ, तर कल्पको अवधि
लम्बाचौडा बनाइदिनाले सबैले बिर्सेका छन्। तिमी बच्चाहरूलाई बाबाले बसेर
सम्झाउनुहुन्छ, स्वयं तिमीले भन्छौ– बाबा हामीले हजुरसँग कल्प कल्प भेट्छौँ र
हजुरबाट वर्सा लिन्छौँ, फेरि कसरी गुमाउँछौँ– यो बुद्धिमा छ। ज्ञान त अनेक प्रकारका
छन् तर ज्ञानको सागर भगवानलाई नै भनिन्छ। अब यो पनि सबैले जान्दछन्– विनाश अवश्य
हुन्छ। पहिला पनि विनाश भएको थियो। कसरी भएको थियो– यो कसैलाई पनि थाहा छैन।
शास्त्रहरूमा त विनाशको बारेमा के के लेखिदिएका छन्। पाण्डव र कौरवहरूको युद्ध कसरी
हुन सक्छ!
अहिले तिमी ब्राह्मण
छौ सङ्गमयुगमा। ब्राह्मणहरूको त कुनै लडाइँ हुँदैन। बाबाले भन्नुहुन्छ– तिमी मेरा
बच्चा हौ डबल अहिंसक। अहिले तिमी निर्विकारी बनिरहेका छौ। तिमीले नै बाबाबाट कल्प
कल्प वर्सा लिन्छौ। यसमा कुनै पनि तकलिफको कुरा छैन। नलेज (ज्ञान) धेरै सहज छ। ८४
जन्मको चक्र तिम्रो बुद्धिमा छ। अब नाटक पूरा हुन्छ, बाँकी थोरै टाइम छ। तिमीलाई
थाहा छ– अब यस्तो समय आउनेछ, जब धनवानहरूलाई पनि अन्न मिल्नेछैन, पानी मिल्नेछैन।
यसलाई भनिन्छ दुःखका पहाड, अनाहकमा रगतको खेल हो नि। यतिका सबै खतम हुनेछन्। कसैले
भुल गर्यो भने उसलाई दण्ड मिल्छ, यिनीहरूले के भुल गरेका छन्? केवल एउटै भुल गरेका
छन्, त्यो होन बाबालाई बिर्सेका छन्। तिमीले त बाबाबाट राज्यभाग्य लिइरहेका छौ।
बाँकी मानिसहरूले त सम्झन्छन् हामी त जसरी पनि मर्छौँ। अलिकति मात्रै महाभारत लडाइँ
सुरु भयो भने पनि मरिहाल्छन्। तिमी त जीवित छौ नि। यो पढाइको तागतले तिमी ट्रान्सफर
(स्थानान्तरण) भएर अमरलोकमा जान्छौ। पढाइलाई सोर्स अफ इनकम (आम्दानीको स्रोत)
भनिन्छ। शास्त्रहरूको पनि पढाइ हुन्छ, त्यसबाट पनि इनकम हुन्छ, तर त्यो पढाइ हो
भक्तिको। अब बाबाले भन्नुहुन्छ– मैले तिमीलाई यी लक्ष्मी-नारायण जस्तो बनाउँछु। तिमी
अहिले स्वच्छ बुद्धि बन्छौ। तिमीलाई थाहा छ– हामी उच्च भन्दा उच्च बन्छौँ, फेरि
पुनर्जन्म लिँदै लिँदै तल झर्छौँ। नयाँबाट पुरानो हुन्छ। सिँढी अवश्य झर्नुपर्छ नि।
अहिले सृष्टिको पनि उतरतीकला छ। चढ्तीकला थियो त्यसैले त यी देवताहरूको राज्य थियो,
स्वर्ग थियो। अहिले नर्क छ। अहिले तिमीले फेरि पुरुषार्थ गरिरहेका छौ– स्वर्गवासी
बन्नको लागि। बाबा बाबा भनिरहन्छौ। ओ गड फादर भनेर पुकार्छन् तर यो कहाँ बुझ्छन् र
उहाँ आत्माहरूका पिता उच्च भन्दा उच्च हुनुहुन्छ, हामी उहाँका बच्चा फेरि दुःखी किन?
अहिले तिमीले बुझेका छौ दुःखी पनि हुनु नैछ। यो सुख र दुःखको खेल हो नि। जितमा सुख
छ, हारमा दुःख छ। बाबाले राज्य दिनुभयो, रावणले खोस्यो। अहिले तिमी बच्चाहरूको
बुद्धिमा छ– बाबाबाट हामीलाई स्वर्गको वर्सा मिलिरहन्छ। बाबा आउनुभएको छ, अहिले
केवल बाबालाई याद गर्नुछ तब पाप काटिन्छन्। शिरमा जन्मजन्मान्तरको बोझ छ नि। यो पनि
तिमीलाई थाहा छ, तिमी कुनै धेरै दुःखी हुँदैनौ। तिमीलाई केही सुख पनि छ– पिठोमा नुन,
जसलाई काग विष्टासमान सुख भनिन्छ। तिमीलाई थाहा छ– सबैको सद्गतिदाता एउटै बाबा
हुनुहुन्छ। जगतको गुरु पनि एउटै ठहरिनुभयो। वानप्रस्थमा गुरु बनाइन्छ। अहिले त
सानैमा गुरु बनाइदिन्छन् जसले गर्दा, यदि मर्यो भने सद्गति पाओस्। बाबाले
भन्नुहुन्छ– वास्तवमा कसैलाई पनि गुरु भन्न सकिँदैन। गुरु ती हुन् जसले सद्गति
दिन्छन्। सद्गतिदाता त एउटै हुनुहुन्छ। बाँकी क्राइस्ट, बुद्ध आदि कोही पनि गुरु
होइनन्। उनीहरू आउँदा के सबैलाई सद्गति मिल्छ र! क्राइस्ट आए, जति पनि त्यस धर्मका
थिए, ती उनको पछि सबै आउन लागे। फेरि तिनीहरूलाई गुरु कसरी भन्ने, जबकि ल्याउनको
लागि निमित्त बनेका छन्। पतित-पावन एउटै बाबालाई भनिन्छ, उहाँले सबैलाई फिर्ता
लैजानुहुन्छ। स्थापना पनि गर्नुहुन्छ, केवल सबैलाई लैजानुभयो भने प्रलय हुन्छ।
प्रलय त हुँदैन। सर्व शास्त्रमयी शिरोमणि श्रीमद्भगवद्गीता गायन गरिएको छ। गायन छ–
यदा यदाहि....। भारतवर्षमा नै बाबा आउनुहुन्छ। स्वर्गको बादसाही दिनेवाला बाबा
हुनुहुन्छ उहाँलाई पनि सर्वव्यापी भनिदिन्छन्। अहिले तिमी बच्चाहरूलाई खुसी छ– नयाँ
दुनियाँमा सारा विश्वमा एउटै हाम्रो मात्र राज्य हुनेछ। त्यो राज्यलाई कसैले खोस्न
सक्दैन। यहाँ त टुक्रा टुक्रामा आपसमा कति लडिरहन्छन्। तिमीलाई त मजा छ। खुसीले
नाच्नु छ। कल्प कल्प बाबाबाट हामीले वर्सा लिन्छौँ त्यसैले कति खुसी हुनुपर्छ।
बाबाले भन्नुहुन्छ– मलाई याद गर, तैपनि बिर्सन्छन्। भन्छन्– बाबा योग टुट्छ। बाबाले
भन्नुभएको छ– योग शब्द निकालिदेऊ। त्यो त शास्त्रहरूको शब्द हो। बाबाले भन्नुहुन्छ–
मलाई याद गर। योग भक्तिमार्गको शब्द हो। बाबाबाट स्वर्गको बादसाही मिल्छ, उहाँलाई
तिमीले याद गरेनौ भने विकर्म विनाश कसरी हुन्छन्। रजाइँ कसरी मिल्छ। याद गरेनौ भने
पद पनि कम हुन्छ, सजाय पनि खान्छौ। यति पनि अक्कल छैन। यति बेसमझ बनेका छन्। मैले
कल्प कल्प तिमीलाई भन्छु– मामेकम् याद गर। जीवन छँदै यो दुनियाँबाट मर। बाबाको यादले
तिम्रा विकर्म विनाश हुन्छन् र तिमी विजयमालाको दाना बन्छौ। कति सहज छ। उच्च भन्दा
उच्च शिवबाबा र ब्रह्मा दुवै हाईएस्ट (सर्वोच्च) हुनुहुन्छ। उहाँ पारलौकिक र यिनी
अलौकिक। बिल्कुल साधारण टिचर (शिक्षक) हुनुहुन्छ। ती टिचरहरूले फेरि पनि सजाय
दिन्छन्, यहाँ बाबाले त माया गरिरहनुहुन्छ। भन्नुहुन्छ– मीठे बच्चे, बाबालाई याद गर,
सतोप्रधान बन्नुछ। पतित-पावन एउटै बाबा हुनुहुन्छ। गुरु पनि उहाँ नै ठहरिनुभयो, अरू
कोही गुरु हुन सक्दैन। भन्छन् बुद्ध पार निर्वाण गए– यी सबै गफ हुन्। एक जना पनि
फिर्ता जान सक्दैन। ड्रामामा सबैको पार्ट छ। कति विशाल बुद्धि र खुसी हुनुपर्छ।
माथिदेखि लिएर सारा ज्ञान बुद्धिमा छ। ब्राह्मणले नै ज्ञान लिन्छन्। न शूद्रहरूमा,
न देवताहरूमा यो ज्ञान छ। अब बुझ्नेले बुझ्नुपर्छ। जसले बुझ्दैन उसको मृत्यु भए
जस्तै हो। पद पनि सानो हुन्छ। स्कुलमा पनि पढेनन् भने पद सानो हुन्छ। अल्फ बाबा, बे
बादसाही। हामी फेरि आफ्नो राजधानीमा गइरहेका छौँ। यो पुरानो दुनियाँ खतम हुनेछ।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाले हामीलाई यस्तो नयाँ विश्वको राज्यभाग्य दिनुहुन्छ, जसलाई कसैले पनि खोस्न
सक्दैन– यो खुसीमा नाच्नु छ।
२) विजय मालाको दाना
बन्नको लागि जीवन छँदै यो पुरानो दुनियाँबाट मर्नुछ। बाबाको यादद्वारा विकर्म विनाश
गर्नुछ।
वरदान:–
आफ्नो पावरफुल
स्टेज द्वारा सबैको शुभकामनाहरूलाई पूर्ण गर्ने महादानी भव
पछि आउने आत्माहरू
थोरैमा नै राजी हुन्छन्, किनकि उनीहरूको पार्ट नै कनिका-दाना लिने हो। त्यसैले यस्ता
आत्माहरूलाई उनीहरूको भावनाको फल प्राप्त होस्, कोही पनि वञ्चित नरहोस्, यसको लागि
अहिलेदेखि आफूमा सर्व शक्तिहरू जम्मा गर। तिमी आफ्नो सम्पूर्ण पावरफुल, महादानी
स्टेजमा स्थित भएपछि कुनै पनि आत्मालाई आफ्नो सहयोगद्वारा, महादान दिने कर्तव्यको
आधारमा, शुभभावनाको स्विच अन गर्ने बित्तिकै नजरद्वारा निहाल गरिदिन्छौ।
स्लोगन:–
सदैव ईश्वरीय
मर्यादाहरूमा चलिराख्यौ भने मर्यादा पुरुषोत्तम बन्छौ।