13.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा आउनुभएको छ तिम्रो तकदिर जगाउन , पावन बन्नाले नै तकदिर जाग्छ।”

प्रश्न:–
जुन बच्चाहरूको तकदिर जागेको छ, उनीहरूको निसानी के हुन्छ?

उत्तर:–
१) उनीहरू सुखका देवता हुन्छन्। बेहदका बाबाबाट सुखको वर्सा लिएर सबैलाई सुख दिन्छन्। कहिल्यै पनि कसैलाई दुःख दिन सक्दैनन्। उनीहरू हुन् व्यासका बच्चाहरू सच्चा-सच्चा सुखदेव। २) उनीहरू ५ विकारहरूको संन्यास गरेर सच्चा-सच्चा राजयोगी, राजऋषि कहलिन्छन्। ३) उनीहरूको अवस्था एकरस रहन्छ, उनीहरू कुनै पनि कुरामा रुन सक्दैनन्। उनीहरूको लागि नै भनिन्छ मोहजित।

गीत:–
तकदीर जगाकर आई हूँ....

ओम् शान्ति ।
गीतको एक लाइन सुनेर पनि मीठा-प्यारा बच्चाहरूको रोमाञ्च खडा हुनुपर्छ। हो त सामान्य गीत तर यसको सार अरू कसैले जान्दैनन्। बाबाले नै आएर हरेक गीत, शास्त्रको अर्थ सम्झाउनुहुन्छ। मीठा-प्यारा बच्चाहरूलाई यो पनि थाहा छ, कलियुगमा सबैको तकदिर सुतेको छ। सत्ययुगमा तकदिर जागेको हुन्छ। सुतेको तकदिरलाई जगाउने र मत दिने अथवा तकदिर बनाउने एक मात्र बाबा हुनुहुन्छ। उहाँले नै बसेर बच्चाहरूको तकदिर जगाउनुहुन्छ। जसरी बच्चा पैदा हुन्छ र तकदिर जाग्छ। बच्चा जन्मियो र उसलाई यो थाहा हुन्छ– म वारिस हुँ। हुबहु यो बेहदको कुरा हो। बच्चाहरूलाई थाहा छ, कल्प-कल्प हाम्रो तकदिर जाग्छ र सुत्छ। पावन बन्छौँ भने तकदिर जाग्छ। पावन गृहस्थ आश्रम भनिन्छ। आश्रम शब्द पवित्र हुन्छ। पवित्र गृहस्थ आश्रम, त्यसको विरुद्ध फेरि छ अपवित्र पतित धर्म, आश्रम भनिँदैन। गृहस्थ धर्म त सबैको छँदै छ। जनावरहरूको पनि हुन्छ। बच्चा त सबैले पैदा गर्छन्। जनावरहरूलाई पनि भनिन्छ गृहस्थ धर्ममा छन्। अब बच्चाहरूलाई थाहा छ, हामी स्वर्गमा पवित्र गृहस्थ आश्रममा थियौँ, देवी-देवता थियौँ। उनीहरूको महिमा पनि गाउँछन् सर्वगुण सम्पन्न... तिमी आफैँ पनि गाउँथ्यौ। अहिले तिमीले बुझेका छौ, हामी मानिसबाट सो देवता फेरि बनिरहेका छौँ। देवी-देवताहरूको धर्म हो। फेरि ब्रह्मा-विष्णु-शङ्करलाई पनि देवता भनिन्छ। ब्रह्मा देवताय नमः, विष्णु देवताय नमः... शिवको लागि भनिन्छ शिव परमात्मने नमः, त्यसैले फरक भयो नि। शिव र शङ्करलाई एक भन्न सकिँदैन। पत्थरबुद्धि थियौँ, अब पारसबुद्धि बनिरहेका छौँ। देवताहरूलाई त पत्थरबुद्धि भनिँदैन। फेरि ड्रामा प्लान अनुसार रावण राज्य हुनाले उनीहरूले पनि सिँढी ओर्लनु छ। पारसबुद्धिबाट पत्थरबुद्धि बन्नु छ। सबैभन्दा बुद्धिवान् बनाउने त एक मात्र बाबा हुनुहुन्छ। तिमीलाई पारसबुद्धि बनाउनुहुन्छ। तिमी यहाँ आउँछौ पारसबुद्धि बन्न। पारसनाथका पनि मन्दिर छन्। त्यहाँ मेला लाग्छ। तर यो कसैलाई थाहा छैन– पारसनाथ को हुन्। वास्तवमा पारस बनाउने त बाबा नै हुनुहुन्छ। उहाँ हुनुहुन्छ बुद्धिवानहरूको बुद्धि। यो हो तिमी बच्चाहरूको बुद्धिको लागि खुराक। बुद्धि कति पल्टिन्छ। जसरी गाइन्छ नराम्रो नहेर (सी नो इभिल)... अब बाँदरहरूको त कुरा होइन। मानिस नै मानौँ बाँदरसमान बन्छन्। वनमान्छेको मानिससँग तुलना गरिन्छ। यसलाई भनिन्छ नै काँडाहरूको जङ्गल। कति एक-अर्कालाई दुःख दिइरहन्छन्।

अहिले तिमी बच्चाहरूको बुद्धिलाई खुराक मिलिरहेको छ। बेहदका बाबाले खुराक दिइरहनुभएको छ। यो पढाइ हो, यसलाई ज्ञान अमृत पनि भनिन्छ। कुनै जल आदि होइन। आजकल सबै कुरालाई अमृत भनिदिन्छन्। गङ्गाजललाई पनि अमृत भन्छन्। देवताहरूको पाउ धोएर पिउँछन्, पानी राख्छन्, त्यसलाई पनि अमृतको अञ्जुली सम्झन्छन्। अञ्जुली जुन लिन्छन्, त्यसलाई यस्तो भनिँदैन– यो पतितहरूलाई पावन बनाउने हो। गङ्गाजलको लागि भन्छन् पतित-पावनी हो। भन्छन् पनि मानिस मर्दा गङ्गाजल मुखमा होस्। देखाउँछन् अर्जुनले बाण हाने फेरि अमृत जल पिलाए। तिमी बच्चाहरूले कुनै बाण आदि चलाएका छैनौ। एउटा गाउँ छ जहाँ बाणहरूले लडाइँ गर्छन्। त्यहाँका राजालाई ईश्वरको अवतार भन्छन्। बाबा भन्नुहुन्छ– यी सबै भक्तिमार्गका गुरु हुन्। सच्चा-सच्चा सद्गुरु एक मात्र हुनुहुन्छ। सबैको सद्गति दाता एक हुनुहुन्छ, जसले सबैलाई साथ लैजानुहुन्छ। बाबाबाहेक फिर्ता कसैले लैजान सक्दैन। ब्रह्ममा लीन हुने कुरा पनि होइन। यो नाटक बनेको छ, जुन चक्र अनादि घुमिरहन्छ। विश्वको इतिहास-भूगोल कसरी रिपिट हुन्छ। यो अहिले तिमीलाई थाहा छ। मानिस अर्थात् आत्माहरूले आफ्ना पिता रचयितालाई पनि चिन्दैनन्, जसलाई याद पनि गर्छन्– हे भगवान् (ओ गड फादर)। हदका पितालाई कहिल्यै भगवान् पिता (गड फादर) भनिँदैन। भगवान् पिता (गड फादर) शब्द धेरै इज्जतले भन्छन्। उहाँको लागि नै भन्छन्, उहाँ पतित-पावन, दुःख हर्ता सुख कर्ता हुनुहुन्छ। एकातिर भन्छन् उहाँ दुःख हर्ता सुख कर्ता हुनुहुन्छ, अनि फेरि कुनै दुःख हुन्छ वा बच्चा आदि मर्छ भने भनिदिन्छन् ईश्वरले नै सुख-दुःख दिनुहुन्छ। ईश्वरले हाम्रो बच्चा लिनुभयो, यो के गर्नुभयो! ईश्वरलाई फेरि गाली गर्छन्। भन्छन् पनि ईश्वरले बच्चा दिनुभएको हो, फेरि यदि उहाँले फिर्ता लिनुभयो भने तिमी किन रुन्छौ। ईश्वरको समीप गयो नि। सत्ययुगमा कहिल्यै कोही रुँदैनन्। बाबा सम्झाउनुहुन्छ, रुनुपर्ने त कुनै दरकार छैन। आत्माले आफ्नो हिसाब-किताब अनुसार गएर पार्ट खेल्नु छ। ज्ञान नभएको कारण मानिसहरू कति रुन्छन्। मानौँ पागल हुन्छन्, यहाँ त बाबा सम्झाउनुहुन्छ– आमा मरे पनि हलुवा खानु... पिता मरे पनि हलुवा खानु... नष्टोमोहा हुनु छ। हाम्रो त एक मात्र बेहदका बाबा हुनुहुन्छ, अर्को कोही छैन। यस्तो अवस्था बच्चाहरूको हुनुपर्छ। मोहजित राजाको कथा पनि सुनेका छौ नि। सत्ययुगमा कहिल्यै दुःखको कुरा हुँदैन। न कहिल्यै अकाल मृत्यु हुन्छ। बच्चाहरूलाई थाहा छ, हामीले कालमाथि जित पाउँछौँ। बाबालाई महाकाल पनि भनिन्छ, कालहरूको काल। तिमीले कालमाथि जित पाउनु छ अर्थात् कालले कहिल्यै खाँदैन। कालले न आत्मालाई, न शरीरलाई खान सक्छ। आत्माले एक शरीर छोडेर अर्को लिन्छ। त्यसलाई भन्छन् कालले खायो, बाँकी काल कुनै कुरा होइन। मानिसहरू महिमा गाइरहन्छन्, बुझ्दैनन् केही पनि। अच्युतम् केशवम्... बाबा सम्झाउनुहुन्छ, यी ५ विकारले तिम्रो बुद्धिलाई कति खराब गरिदिन्छन्। यस समय कसैले पनि बाबालाई चिन्दैनन्, त्यसैले यसलाई अनाथहरूको दुनियाँ भनिन्छ। आपसमा कति लड्छन्-झगडा गर्छन्। यो सारा दुनियाँ बाबाको घर हो नि। बाबा सारा दुनियाँका बच्चाहरूलाई पतितबाट पावन बनाउन आउनुहुन्छ। आधाकल्प अवश्य पावन दुनियाँ थियो नि। गाउँछन् पनि राम राजा राम प्रजा... त्यहाँ फेरि अधर्मको कुरा कसरी हुन सक्छ। भन्छन् पनि त्यहाँ बाघ र बाख्राले सँगै पानी पिउँछन्, फेरि त्यहाँ रावण आदि कहाँबाट आए। बुझ्दैनन्, बाहिरका त यस्ता कुरा सुनेर हाँस्छन्।

बाबा आएर ज्ञान दिनुहुन्छ, यो पतित दुनियाँ हो नि। अब प्रेरणाले पतितहरूलाई पावन बनाउनुहुन्छ र! बोलाउँछन् पतित-पावन आउनुहोस्, त्यसैले अवश्य भारतभूमिमा नै आउनुभएको थियो। अहिले पनि भन्नुहुन्छ, म ज्ञानको सागर आएको छु– तिमीलाई आफूसमान मास्टर ज्ञान सागर बनाउन। बाबालाई नै सच्चा-सच्चा व्यास भनिन्छ। त्यसैले यी व्यास देव र तिमी उहाँका बच्चाहरू सुखदेव, तिमी अहिले सुखका देवता बन्छौ। सुखको वर्सा लिइरहेका छौ व्यास, शिवाचार्यबाट। व्यासका बच्चाहरू तिमी हौ। तर मानिसहरू अलमलमा नपरून्, त्यसैले भनिन्छ शिवका बच्चाहरू। उहाँको असली नाम हो शिव। आत्मालाई चिनिन्छ, परमात्मालाई पनि चिनिन्छ। उहाँले नै आएर पतितबाट पावन बन्ने बाटो बताउनुहुन्छ। भन्नुहुन्छ, म तिमी आत्माहरूको पिता हुँ। भन्छन्, बुढीऔँलासमान हुनुहुन्छ। यति ठुलो त यहाँ टिक्न पनि सक्दैन। त्यो त धेरै सूक्ष्म छ। डाक्टरहरूले पनि मेहनत गर्छन्– आत्मालाई हेर्नको लागि। तर देख्न सक्दैनन्। आत्मालाई रिअलाइज गरिन्छ। बाबा सोध्नुहुन्छ, अब तिमीले आत्मालाई रिअलाइज गर्यौ? यति सानो आत्मामा अविनाशी पार्ट भरिएको छ। मानौँ एउटा रेकर्ड हो। पहिला तिमी देह-अभिमानी थियौ, अहिले देही-अभिमानी बनेका छौ। तिमीलाई थाहा छ, हाम्रो आत्माले ८४ जन्म कसरी लिइरहन्छ। त्यसको अन्त्य हुँदैन। कोही-कोहीले सोध्छन्– यो ड्रामा कहिलेदेखि सुरु भयो। तर यो त अनादि हो, यो कहिल्यै विनाश हुँदैन। यसलाई भनिन्छ बनिबनाउ अविनाशी विश्व नाटक (वर्ल्ड ड्रामा)। विश्वलाई पनि तिमीले जानेका छौ। जसरी नपढेका बच्चाहरूलाई पढाइ दिइन्छ, त्यसैगरी बाबाले तिमी बच्चाहरूलाई पढाइरहनुभएको छ। आत्माले नै शरीरद्वारा पढ्छ। यो हो पत्थरबुद्धिको लागि भोजन। बुद्धिले समझ पाउँछ। तिमी बच्चाहरूको लागि नै बाबाले चित्र बनाउन लगाउनुभएको छ। धेरै सहज छ। त्रिमूर्ति ब्रह्मा, विष्णु, शङ्कर, अब ब्रह्मालाई त्रिमूर्ति किन भनिन्छ! देव-देव महादेव... एक-अर्काको माथि राख्छन्। अर्थ केही पनि जान्दैनन्। अब ब्रह्मा कसरी हुन सक्छ, जबकि ब्रह्मालाई प्रजापिता भनिन्छ। त्यसैले सूक्ष्मवतनमा उनी देवता कसरी हुन सक्छन्। प्रजापिता ब्रह्मा त यहाँ हुनुपर्छ। यी कुराहरू कुनै पनि शास्त्रमा छैनन्। बाबा भन्नुहुन्छ– म यस शरीरमा प्रवेश गरेर यिनीद्वारा तिमीलाई सम्झाउँछु, यिनलाई आफ्नो रथ बनाउँछु। यिनको धेरै जन्महरूको अन्त्यमा म आउँछु। यिनले पनि ५ विकारहरूको संन्यास गर्छन्। संन्यास गर्नेलाई योगी, ऋषि भनिन्छ। अहिले तिमी राजऋषि हौ। तिमीले प्रतिज्ञा गर्छौ। ती संन्यासीहरू त घरबार छोडेर जान्छन्। यहाँ त स्त्री-पुरुष सँगै रहन्छन्। भन्छन्, हामी विकारमा कहिल्यै जाँदैनौँ। मूल कुरा नै विकारको हो।

तिमीलाई थाहा छ, शिवबाबा रचयिता हुनुहुन्छ। उहाँले नयाँ रचना रच्नुहुन्छ। उहाँ बीजरूप सत् चित्, आनन्दको सागर, ज्ञानको सागर हुनुहुन्छ। स्थापना, पालना, विनाश कसरी गर्नुहुन्छ– यो बाबाले नै जान्नुहुन्छ। यी कुरालाई मानिसहरूले त जान्दैनन्। तिमी बच्चाहरूले अहिले यी सबै कुराहरूलाई जानेका छौ, त्यसैले सबैलाई सम्झाउन सक्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) हरेक आत्माको हिसाब-किताब आ-आफ्नो छ, त्यसैले कसैले शरीर छोड्छन् भने रुनुहुँदैन। पूरा नष्टोमोहा बन्नु छ। बुद्धिमा रहोस्– हाम्रो त एक बेहदका बाबा, अर्को कोही छैन।

२) ५ विकार जसले बुद्धिलाई खराब गर्छन्, तिनको त्याग गर्नु छ। सुखको देवता बनेर सबैलाई सुख दिनु छ। कसैलाई दुःख दिनुहुँदैन।

वरदान:–
सदा मर्यादाहरूको रेखाभित्र रहने ध्यान राख्ने मर्यादा पुरुषोत्तम भव

जुन बच्चाहरूले आफूलाई एक मात्र पिता अर्थात् रामको सच्चा सीता सम्झेर सदा मर्यादाहरूको रेखाभित्र रहन्छन् अर्थात् यो ध्यान राख्छन्, उनीहरू सावधान सो हर्षित स्वतः रहन्छन्। त्यसैले बिहानदेखि रातिसम्मको लागि जुन पनि मर्यादाहरू मिलेका छन्, तिनको स्पष्ट ज्ञान बुद्धिमा राखेर, स्वयंलाई सच्ची सीता सम्झेर मर्यादाहरूको रेखाभित्र रहू, तब भनिन्छ मर्यादा पुरुषोत्तम।

स्लोगन:–
सेवाको अतिमा नजाऊ, सेवा र स्व-पुरुषार्थको ब्यालेन्स राख।

मातेश्वरी जीका अनमोल महावाक्य:–

“अखण्ड ज्योति तत्त्व शान्ति धाम (साइलेन्स लज) र साकारी दुनियाँ खेल मैदान”

आत्माहरूको निवास स्थान हो अखण्ड ज्योति महतत्त्व, जहाँ यस शरीरको पार्टबाट मुक्त छन् अर्थात् दुःख-सुखबाट न्यारा अवस्थामा छन्, जसलाई शान्ति धाम (साइलेन्स लज) पनि भनिन्छ र आत्माहरूको शरीरसहित पार्ट खेल्ने स्थान खेल मैदान (प्ले ग्राउन्ड) यो साकार दुनियाँ हो। त्यसैले मुख्य दुई दुनियाँ छन्, एक हो निराकारी दुनियाँ, अर्को हो साकारी दुनियाँ। दुनियाँवालाहरू त केवल भन्न मात्र भन्छन्– परमात्माले रच्नुहुन्छ, पालना गर्नुहुन्छ, संहार गर्नुहुन्छ, खुवाउनुहुन्छ, मार्नुहुन्छ, जलाउनु पनि उहाँले नै हुन्छ। त्यसैले दुःख-सुख दिने पनि उहाँ नै हुनुहुन्छ, जब कसैलाई दुःख आउँछ भने भन्छन् प्रभु हजुरको इच्छा मीठो लागोस्, अब यो हो अयथार्थ ज्ञान किनकि यो कुनै परमात्माको काम होइन, परमात्मा दुःख हर्ता हुनुहुन्छ, दुःख कर्ता हुनुहुन्न। जन्म लिनु जन्म छोड्नु, दुःख-सुख भोग्नु हरेक मनुष्य आत्माका संस्कार हुन्। शारीरिक जन्म दिने माता-पिता हुन्, उनीहरू पनि कर्मबन्धन अनुसार बाबु-छोराको सम्बन्धमा आउँछन्, यसैगरी आत्माहरूका पिता फेरि परमात्मा बाबा हुनुहुन्छ, उहाँले कसरी बेहद रचनाको स्थापना, पालना गर्नुहुन्छ! कसरी उहाँ आफ्ना तीन रूप ब्रह्मा, विष्णु, शङ्करको रचयिता हुनुहुन्छ, फेरि यी आकारी रूपहरूद्वारा दैवी सृष्टिको स्थापना, आसुरी दुनियाँको विनाश र फेरि दैवी दुनियाँको पालना गराउनुहुन्छ। परमात्माका यी तीन काम बेहदका हुन्। बाँकी यो दुःख-सुख, जन्म-मरण कर्महरू अनुसार हुन्छ। परमात्मा त हुनुहुन्छ नै सुख दाता, उहाँले आफ्ना बच्चाहरूलाई दुःख दिनुहुन्न। अच्छा, ओम् शान्ति।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

सम्पूर्ण पवित्रता अर्थात् मन्सामा पनि कुनै एक विकारको अंश पनि नहोस्। ज्ञान, गुण र सर्व शक्तिहरूको प्राप्तिमा सदा सम्पन्न, सर्व प्राप्तिहरूको प्रकाशको ताज (लाइटको क्राउन) स्पष्ट देखियोस्। स्वयंलाई सदा प्रकाश (लाइट) आत्मिक रूपमा अनुभव गर। कर्ममा पनि आफूलाई हल्का (लाइट) महसुस गर।