13.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी देवता बन्नुछ त्यसैले मायाका अवगुणहरूको त्याग गर । रिस ाउनु , पिट्नु , हैरान पार्नु , नराम्रो काम गर्नु , चोरीचकारी गर्नु – यी सबै महापाप हुन्।”

प्रश्न:–
यस ज्ञानमा कुन बच्चाहरू तीव्र जान सक्छन्? घाटा कसलाई पर्छ?

उत्तर:–
जसलाई आफ्नो चार्ट राख्न आउँछ, उनीहरू यस ज्ञानमा धेरै तीव्र जान सक्छन्। घाटा उनीहरूलाई पर्छ जो देहीअभिमानी रहँदैनन्। बाबा भन्नुहुन्छ– व्यापारीहरूको चार्ट राख्ने बानी हुन्छ, उनीहरू यहाँ पनि तीव्र जान सक्छन्।

गीत:–
मुखडा देख ले प्राणी...

ओम् शान्ति ।
रुहानी पार्टधारी बच्चाहरूलाई बाबा सम्झाउनुहुन्छ किनकि आत्माले नै बेहदको नाटकमा पार्ट खेलिरहेको छ। आत्मा हो त मानिसहरूको नै। प्यारा बच्चाहरू! अहिले तिमीहरूले पुरुषार्थ गरिरहेका छौ। पढ्न त वेद-शास्त्र पढ्छन्, शिवको पूजा गर्छन् तर बाबा भन्नुहुन्छ– यसबाट कसैले मलाई प्राप्त गर्न सक्दैनन् किनकि भक्ति हो नै गिर्ने कला। ज्ञानबाट सदगति हुन्छ त्यसैले अवश्य कुनै कुराबाट गिर्छन् पनि होला। यो एउटा खेल हो, जसलाई कसैले पनि जान्दैनन्। शिवलिङ्गको पूजा गर्दा त्यसलाई ब्रह्म भन्दैनन्। त्यसो भए उहाँ को हुनुहुन्छ जसलाई पूजा गर्छन्। त्यस लिङ्गलाई पनि ईश्वर सम्झेर पूजा गर्छन्। तिमीले पहिला सुरुमा भक्ति सुरु गर्दा हीराको शिवलिङ्ग बनाउँछौ। अहिले त गरिब भएका छन् त्यसैले पत्थरको शिवलिङ्ग बनाउँछन्। हीराको लिङ्ग त्यस समयमा ४-५ हजारको हुँदो हो। अहिले त त्यसको दाम ५-७ लाख होला। यस्ता हीरा अहिले मुस्किलले निस्कन्छन्। पत्थरबुद्धि बनेका छन् त्यसैले पूजा पनि पत्थरकै गर्छन्, ज्ञान बिना। ज्ञान प्राप्त भएपछि तिमीले पूजा गर्दैनौ। चैतन्य सम्मुखमा हुनुहुन्छ, उहाँलाई नै तिमीले याद गर्छौ। तिमीलाई थाहा छ– यादद्वारा विकर्म विनाश हुन्छन्। गीतमा पनि भनिन्छ– हे प्यारा बच्चाहरू! प्राणी आत्मालाई भनिन्छ। प्राण निस्कियो भने मानौँ मुर्दा हुन्छ। आत्मा निस्कन्छ। आत्मा अविनाशी छ। आत्मा शरीरमा प्रवेश गरिसकेपछि चैतन्य बन्छ। बाबा भन्नुहुन्छ– हे प्यारा आत्माहरू! आफैभित्र जाँच गर– कहाँसम्म दैवीगुणहरूको धारणा भएको छ? कुनै विकार त छैन? चोरीचकारी आदिको कुनै आसुरी अवगुण त छैन नि? आसुरी कुकर्म गरेमा फेरि गिर्छौ। त्यति ठुलो पद पाउन सक्दैनौ। नराम्रो बानीलाई अवश्य मेटाउनुछ। देवताहरूले कहिल्यै कसैको रिस गर्दैनन्। यहाँ असुरहरूद्वारा कति कुटाइ खान्छौ किनकि तिमी दैवी सम्प्रदायका बन्छौ त्यसैले माया कति दुस्मन बन्छ। मायाका अवगुणहरूले काम गर्छन्। पिट्नु, हैरान पार्नु, नराम्रो काम गर्नु यी सबै पाप हुन्। तिमी बच्चाहरू त धेरै शुद्ध हुनुपर्छ। चोरीचकारी आदि गर्नु त महापाप हो। बाबासँग तिमीले प्रतिज्ञा गर्दै आएका छौ– बाबा मेरो त हजुर एक बाबा दोस्रो न कोही! हामीले हजुरलाई नै याद गर्नेछौँ। भक्तिमार्गमा गाउन त गाउँछन् तर उनीहरूलाई थाहा छैन– यादबाट के हुन्छ। उनीहरूले त बाबालाई चिन्दै चिन्दैनन्। एकातिर भन्छन्– नाम-रूपबाट भिन्न हुनुहुन्छ, अर्कातिर फेरि लिङ्गको पूजा गर्छन्। तिमीले राम्रोसँग बुझेर फेरि सम्झाउनुपर्छ। बाबा भन्नुहुन्छ, यो पनि निश्चित गर– महान् आत्मा कसलाई भनिन्छ? श्रीकृष्ण जो सानो बच्चा स्वर्गको राजकुमार हुनुहुन्छ, उहाँ महात्मा हुनुहुन्छ वा आजकालका कलियुगी मानिस? उहाँ विकारबाट पैदा हुनुहुन्न नि। त्यो हो निर्विकारी दुनियाँ। यो हो विकारी दुनियाँ। निर्विकारीलाई धेरै पदवी (टाइटल) दिन सकिन्छ। विकारीको के पदवी हुन्छ? श्रेष्ठाचारी त एक बाबाले नै बनाउनुहुन्छ। उहाँ हुनुहुन्छ सबैभन्दा उच्च र सबै मानिसहरू पार्टधारी हुन् त्यसैले पार्टमा अवश्य आउनुपर्छ। सत्ययुग श्रेष्ठ मानिसहरूको दुनियाँ हो। त्यहाँ जनावर आदि सबै श्रेष्ठ हुन्छन्। त्यहाँ माया रावण नै हुँदैन। त्यहाँ यस्ता कुनै तमोगुणी जनावर हुँदैनन्। सत्ययुगमा त विकारको नामै हुँदैन। फेरि त्यहाँ बच्चाहरू कसरी पैदा हुन्छन्! यो पनि तिमी बच्चाहरूलाई थाहा छ। त्यहाँ विकार हुँदैन, त्यहाँ हुन्छ नै योगबल, बाबा भन्नुहुन्छ– तिमीहरूलाई देवता बनाउँछु त्यसैले आफ्नो पूरा जाँच गर। मेहनत बिना विश्वको मालिक कहाँ बन्न सक्छौ र।

जसरी तिम्रो आत्मा बिन्दु हो त्यसैगरी बाबा पनि बिन्दु हुनुहुन्छ। यसमा अल्मलिनुपर्ने कुनै आवश्यकता छैन। कसैले भन्छन्– हामीले पनि देखौँ न त! बाबा भन्नुहुन्छ– देख्नेहरूको त तिमीले धेरै पूजा गरेका छौ। फाइदा केही पनि भएन। अब यथार्थ रीतिले मैले तिमीलाई सम्झाउँछु। ममा सारा पार्ट भरिएको छ। सुप्रीम सोल परम आत्मा हुँ नि, सुप्रीम फादर परमपिता। कुनै पनि बच्चाले आफ्ना लौकिक पितालाई यस्तो भन्दैनन्। उहाँ एकलाई नै भनिन्छ। संन्यासीहरूका त बच्चा हुँदैनन् जसले बाबा भन्छन्। उहाँ त सबै आत्माहरूका पिता हुनुहुन्छ, जसले वर्सा दिनुहुन्छ। उनीहरूको कुनै गृहस्थ आश्रम त होइन। बाबा बसेर सम्झाउनुहुन्छ– तिमीले नै ८४ जन्म भोगेका छौ। पहिला सुरुमा तिमी सतोप्रधान थियौ फेरि तल गिर्दै आयौ। अहिले कसैले आफूलाई सुप्रीम कहाँ भन्छन् र, अहिले त नीच सम्झन्छन्। बाबा बारम्बार सम्झाउनुहुन्छ, मूल कुरा हो– आफूभित्र हेर– ममा कुनै विकार त छैन? राति दिनहुँ आफ्नो चार्ट राख। व्यापारीले सदा हिसाब-किताब राख्छन्। सरकारी कर्मचारीहरूले चार्ट राख्न सक्दैनन्। उनीहरूलाई त तोकिएको तलब मिल्छ। यस ज्ञानमार्गमा पनि व्यापारी तीव्र जान्छन्, पढेलेखेका अफिसरहरू त्यति जाँदैनन्। व्यापारमा त आज ५० कमायो, भोलि ६० कमाउँछन्। कहिले घाटा पनि हुन्छ। सरकारी कर्मचारीहरूको निश्चित तलब हुन्छ। यस कमाइमा पनि यदि देहीअभिमानी भएनौ भने घाटा पर्छ। माताहरूले त व्यापार गर्दैनन्। उनीहरूको लागि फेरि झन् सहज छ। कन्याहरूको लागि पनि सहज छ किनकि माताहरूलाई त सिँढी उत्रिनुपर्छ। बलिहारी उनीहरूको जसले यति धेरै मेहनत गर्छन्। कन्याहरू त विकारमा गएकै हुँदैनन् भने फेरि के छोड्ने। पुरुषहरूलाई त मेहनत लाग्छ। कुटुम्ब परिवारको सम्हाल गर्नुपर्छ। जुन सिँढी चढेका छन् त्यो सबैबाट उत्रिनुपर्छ। घरी घरी मायाले थप्पड मारेर गिराइदिन्छ। अहिले तिमी बी.के. बनेका छौ। कुमारीहरू पवित्र नै हुन्छन्। सबैभन्दा धेरै पतिको प्रेम हुन्छ। तिमीले त पतिहरूका पति (परमात्मा) लाई याद गर्नुछ र अरू सबैलाई भुल्नुछ। आमा-बुबाको बच्चाहरूमा मोह हुन्छ। बच्चाहरू त हुन्छन् नै अन्जान। विवाहपछि मोह सुरुहुन्छ। पहिला स्त्रीमा प्यार हुन्छ फेरि विकारहरूमा धकेल्ने सिँढी सुरु गरिदिन्छन्। कुमारी निर्विकारी हुन्छन् त्यसैले पुजिन्छन्। तिम्रो नाम हो बी.के.। तिमी महिमालायक बनेर फेरि पूजालायक बन्छौ। बाबा नै तिम्रो टिचर पनि हुनुहुन्छ। त्यसैले तिमी बच्चाहरूलाई नशा हुनुपर्छ, हामी विद्यार्थी हौँ। भगवानले अवश्य भगवान-भगवती नै बनाउनुहुन्छ। केवल सम्झाइन्छ– भगवान एक हुनुहुन्छ। बाँकी सबै भाइ भाइ हुन्। अरू कुनै सम्बन्ध छैन। प्रजापिता ब्रह्माबाट रचना हुन्छ फेरि वृद्धि हुन्छ। आत्माहरूको वृद्धि भनिँदैन। वृद्धि मानिसहरूको हुन्छ। आत्माहरूको त सीमित संख्या छ। धेरै आइरहन्छन्। त्यहाँ बाँकी भएसम्म, आइरहन्छन्। वृक्ष बढिरहन्छ। यस्तो होइन– सुकेर जान्छ। यसको तुलना बरको रूखसँग गरिन्छ। फेद हुँदैन। बाँकी सारा वृक्ष खडा हुन्छ। तिम्रो पनि यस्तै छ। फाउन्डेसन वा आधार छैन। केही न केही निसानी छ। अहिलेसम्म पनि मन्दिर बनाइरहन्छन्। मानिसहरूलाई कहाँ थाहा छ र– देवताहरूको राज्य कहिले थियो। फेरि कहाँ गयो? यो ज्ञान तिमी ब्राह्मणहरूलाई मात्र छ। मानिसहरूलाई यो थाहा छैन– परमात्माको स्वरूप बिन्दु हो। गीतामा लेखिदिएका छन्– उहाँ अखण्ड ज्योतिस्वरूप हुनुहुन्छ। पहिला धेरैलाई साक्षात्कार हुन्थ्यो, भावना अनुसार। धेरै राता राता हुन्थे। बस् हामीले सहन गर्न सक्दैनौँ। तर त्यो त साक्षात्कार थियो। बाबा भन्नुहुन्छ– साक्षात्कारबाट कुनै कल्याण हुँदैन। यहाँ त मुख्य हो यादको यात्रा। जसरी पारो चिप्लिन्छ नि। याद पनि घरी घरी चिप्लिन्छ। कति चाहन्छन् बाबालाई याद गरौँ फेरि अरू अरू ख्याल आइहाल्छन्। यसैमा नै तिम्रो दौड हुन्छ। यस्तो होइन– तुरुन्तै पाप मेटिन्छन्। समय लाग्छ। कर्मातित अवस्था भयो भने फेरि यो शरीर नै रहँदैन। तर अहिले कसैले पनि कर्मातित अवस्था पाउन सक्दैनन्। फेरि उनीहरूलाई सत्ययुगी शरीर चाहिन्छ। त्यसैले अब तिमी बच्चाहरूले बाबालाई नै याद गर्नुछ। आफैलाई हेर्ने गर– मबाट कुनै नराम्रो काम त हुँदैन? चार्ट अवश्य राख्नुछ। यस्ता व्यापारी छिट्टै धनवान बन्न सक्छन्।

बाबासँग जुन ज्ञान छ त्यो दिइरहनुभएको छ। बाबा भन्नुहुन्छ– मेरो आत्मामा यो ज्ञान पहिल्यै निश्चित छ। हुबहु तिमीलाई त्यही ज्ञान दिनेछु जुन कल्प पहिला दिएको थिएँ। बच्चाहरूलाई नै सम्झाउनेछु, अरूले के जान्दछन्। तिमीले यस सृष्टिलाई जान्दछौ, यसमा सबै कलाकारहरूको पार्ट पहिल्यै निश्चित छ। परिवर्तन हुन सक्दैन। न कसैले छुट्कारा पाउन सक्छ। हो, बाँकी समयमा मुक्ति मिल्छ। तिमी त अलराउन्डर हौ। ८४ जन्म लिन्छौ। बाँकी सबै आफ्नो घरमा हुन्छन् फेरि पछाडि आउँछन्। मोक्ष चाहनेहरू यहाँ आउँदैनन्। उनीहरू फेरि पछाडि जान्छन्। ज्ञान कहिल्यै सुन्दैनन्। लामखुट्टे जस्तै आए र गए। तिमीले त ड्रामा अनुसार पढ्छौ। तिमीलाई थाहा छ– बाबाले ५ हजार वर्ष पहिला पनि यसरी नै राजयोग सिकाउनुभएको थियो। तिमीले फेरि अरूलाई सम्झाउँछौ– शिवबाबाले यसो भन्नुहुन्छ। अहिले तिमीलाई थाहा छ– हामी कति उच्च थियौँ, अहिले कति नीच बनेका छौँ। फेरि बाबाले उच्च बनाउनुहुन्छ त्यसैले त्यस्तै पुरुषार्थ गर्नुपर्छ नि। यहाँ तिमी आउँछौ रिफ्रेस हुन। यसको नाम नै राखिएको छ मधुवन। तिमीहरूको कलकत्ता वा मुम्बईमा बाबाले कहाँ मुरली चलाउनुहुन्छ र! मधुवनमा नै मुरली बज्छ। रिफ्रेस हुन मुरली सुन्नको लागि बाबाको पासमा आउनुपर्छ। नयाँ नयाँ प्वइन्टहरू निस्किरहन्छन्। सम्मुख सुन्दा त फिल गर्छौ, धेरै फरक हुन्छ। पछि गएर धेरै पार्ट देख्नेछौ। बाबाले पहिला सुरुमै सबै कुरा सुनाइदिनुभयो भने स्वादै निस्केर जान्छ। बिस्तारै बिस्तारै इमर्ज हुँदैजान्छ। एक सेकेन्ड मिल्दैन अर्कोसँग। बाबा आउनुभएको छ रुहानी सेवा गर्न त्यसैले बच्चाहरूको पनि कर्तव्य हो रुहानी सेवा गर्नु। कम्तीमा यो त बताऊ– बाबालाई याद गर र पवित्र बन। पवित्रतामा नै फेल हुन्छन् किनकि याद गर्दैनन्। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। हामी बेहदका बाबाको सम्मुख बसेका छौँ जसलाई कसैले पनि चिन्दैनन्। ज्ञानको सागर उहाँ शिवबाबा नै हुनुहुन्छ। देहधारीबाट बुद्धियोग निकालिदिनुपर्छ। शिवबाबाको यो रथ हो। यिनको आदर गरेनौ भने धर्मराजद्वारा धेरै डन्डा खानुपर्छ। बडाको त आदर गर्नुपर्छ नि। आदिदेवलाई कति आदर गर्छन्। जड चित्रको यति आदर गर्छन् भने चैतन्यको कति आदर गर्नुपर्ला। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफैभित्र जाँच गरेर दैवीगुण धारण गर्नुछ। खराब बानीहरूलाई निकाल्नुछ। प्रतिज्ञा गर्नुछ– बाबा हामीले कहिल्यै पनि नराम्रो काम गर्नेछैनौँ।

२) कर्मातित अवस्था प्राप्त गर्नको लागि यादको दौड गर्नुछ। रुहानी सेवामा तत्पर रहनुछ। बडालाई आदर गर्नुछ।

वरदान:–
फलो फादरको पाठद्वारा मुस्किललाई सहज बनाउने तीव्र पुरुषार्थी भव

मुस्किललाई सहज बनाउन वा लास्ट पुरुषार्थमा सफलता प्राप्त गर्नको लागि पहिलो पाठ हो “फलो फादर” यो पहिलो पाठले नै अन्तिम अवस्थालाई समीप ल्याउँछ। यस पाठबाट निर्दोष, एकरस र तीव्र पुरुषार्थी बन्छौ किनकि कुनै पनि कुरामा फलो गर्नुको सट्टा आफ्नो बुद्धि चलायौ भने मुस्किल लाग्छ। यसबाट आफ्नै सङ्कल्पको जालमा फस्छौ फेरि समय पनि लाग्छ र शक्ति पनि लाग्छ। यदि फलो गर्दै गयौ भने समय र शक्ति दुवै बच्छ, जम्मा हुन्छ।

स्लोगन:–
सच्चाइ, सफाइलाई धारण गर्नको लागि आफ्नो स्वभावलाई सरल बनाऊ।

अव्यक्त इसारा:– स्वयं र सर्वप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

जति स्वयंलाई मनसा सेवामा व्यस्त राख्छौ त्यति सहजै मायाजित बन्छौ। केवल स्वयंप्रति भावुक नबन तर अरूलाई पनि शुभभावना र शुभकामनाद्वारा परिवर्तन गर्ने सेवा गर। भावना र ज्ञान, स्नेह र योग दुवैको सन्तुलन होस्। कल्याणकारी त बनेका छौ अब बेहद विश्वकल्याणकारी बन।