13.11.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यस
ड्रामामा तिमी हिरो र हिरोइन पार्टधारी हौ , सारा कल्पमा तिम्रोजस्तो हिरो पार्ट अरू
कसैको पनि हुँदैन।”
प्रश्न:–
मनुष्यबाट
देवता बन्ने परीक्षा कसले पास गर्न सक्छन्?
उत्तर:–
जो बाबाको
अनुसरण गरेर बाबासमान पवित्र बन्छन्, उनीहरूले नै यो परीक्षा पास गर्न सक्छन्। २१
जन्मको बेहदको वर्सा मिल्छ भने अवश्य केही मेहनत गर्नुपर्छ। अहिले मेहनत गरिएन भने
कल्पकल्पान्तर गरिनेछैन, फेरि उच्च पद कसरी पाउनेछौ? पवित्र बन्यौ भने राम्रो पद
पाउनेछौ। नत्र सजाय खानुपर्नेछ।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूसँग बाबाले सम्मुख कुरा गरिरहनुभएको छ। बच्चाहरूले सम्झन्छौ होला–
हामीसँग बेहदका बाबाले कुरा गरिरहनुभएको छ। जो सबैभन्दा अति मीठो हुनुहुन्छ। बाबा
पनि मीठो हुनुहुन्छ, टिचर पनि मीठो हुनुहुन्छ किनकि दुवैबाट वर्सा मिल्छ। गुरुबाट
भक्तिको वर्सा मिल्छ। यहाँ त एकबाट नै तीनै वर्सा मिल्छन्। खुसी पनि हुन्छ। तिमी
उहाँको सम्मुख बसेका छौ। तिमीलाई थाहा छ, बेहदका बाबा जसलाई पतितपावन भनिन्छ, उहाँ
नै मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। त्यो बीज जड हुन्छ। उहाँ चैतन्य हुनुहुन्छ।
उहाँलाई सत्-चित्-आनन्द स्वरूप भनिन्छ, फेरि उहाँको महिमा पनि छ। उहाँ ज्ञानको सागर
हुनुहुन्छ तर उहाँबाट के ज्ञान मिल्छ, यो कसैलाई थाहा छैन। तिमीलाई थाहा छ, जसलाई
बाबाले ज्ञान दिइरहनुभएको छ, उनीहरूले नै भक्तिमार्गमा उहाँका मन्दिर, शास्त्र आदि
बनाउँछन्। तिमीलाई यो पनि थाहा छ, अवश्य हर ५ हजार वर्षपछि यो कल्पको सङ्गम आउँछ।
यसलाई रुहानी अविनाशी पुरुषोत्तम सङ्गमयुग भनिन्छ। हुन त उत्तम पुरुषहरू धेरै नै
हुन्छन्। तर उनीहरू एक जन्ममा उत्तम पुरुष बन्छन्, फेरि मध्यम, कनिष्ठ बन्छन्। यी
लक्ष्मीनारायण हेर कति उत्तम पुरुष हुन्। यिनीहरू हुन् पुरुषोत्तम। दुवैलाई यस्ता
उत्तम कसले बनाउनुभयो? भनिन्छ– सर्वोच्च भगवान् हुनुहुन्छ, उहाँ माथि निवास
गर्नुहुन्छ। मनुष्य सृष्टिमा सर्वोच्च यी विश्व महाराजा-महारानी हुन्। सर्वोच्च
भारतवर्षमा राज्य गर्थे। तर यो राज्य यिनीहरूले कसरी पाए! यो कसैलाई थाहा छैन। यस्ता
बाबा जसले तिमीलाई यति श्रेष्ठ बनाउनुहुन्छ, उहाँ कति मीठो लाग्नुपर्छ। उहाँको मतमा
चल्नुपर्छ। यस्तो उच्च विश्वको मालिक बनाउने बाबाले कस्तो साधारण रीतिले
पढाउनुहुन्छ। तिमीलाई यो पनि थाहा छ, बेहदका बाबा भारतभूमिमा आउनुहुन्छ। शिवजयन्ती
पनि मनाउँछन्। आएर विश्वलाई स्वर्ग बनाउनुहुन्छ। अहिले स्मृति आएको छ– हामी
स्वर्गवासी ८४ जन्म भोगेर नर्कवासी बनेका छौँ। फेरि बाबा स्वर्गवासी बनाउन आउनुभएको
छ। अहिले बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिमी आत्मा तमोप्रधानबाट सतोप्रधान
बन्नेछौ। सतोप्रधान नबनीकन फर्केर कोही जान सक्दैनन्। नत्र सजाय खानुपर्नेछ। सजाय
पनि आत्मालाई मिल्छ नि। गर्भ जेलमा शरीर धारण गराएर फेरि सजाय दिनुहुन्छ। बच्चाहरूले
धेरै दुःख भोग्नुपर्छ। त्राहि त्राहि गर्छन्। भन्छन्– फेरि पाप गर्नेछैनौँ। तिमी
बच्चाहरू त गर्भजेलमा जानु छैन। त्यहाँ गर्भ महल हुन्छ किनकि पाप हुँदैन। यहाँ
रावणराज्यमा पाप हुन्छ त्यसैले त रामराज्य माग्छन्। तर यो जान्दैनन्– रावणराज्य के
चीज हो। जलाए भने समाप्त हुनुपर्छ। पटक पटक जलाउँछन्, अर्थात् मरेको हुँदैन। फेरि
यो सबै गरेर के फाइदा हुन्छ? ती मानिसहरू गएर लङ्का लुटेर आउँछन्। एउटा वृक्षलाई
रोग लाग्छ, त्यसलाई सुन सम्झेर लिएर आउँछन्। वास्तवमा तिमीले यतिबेला रावणमाथि विजय
पाउँछौ र सत्ययुगको मालिक बन्छौ। अजमेरमा वैकुण्ठको मोडल बनाएका छन्। अहिले
तिमीहरूलाई थाहा छ, बाबा बच्चाहरूलाई फेरि स्वर्गको मालिक बनाउन आउनुभएको छ। हामीले
हीराजुहारतका महलहरूमा राज्य गर्नेछौँ।
अहिले तिमी बच्चाहरू
योगबलद्वारा निर्विकारी सतोप्रधान बन्छौ। आत्मा सम्पूर्ण निर्विकारी बनेर फेरि
शान्तिधाममा जानेछ, त्यहाँ दुःखको कुरा हुँदैन। बाबाले सम्झाउनुभएको छ– यस नाटकमा
तिम्रो सबैभन्दा ठुलो हिरो र हिरोइनको मुख्य पार्ट छ। राज्य लिनु र गुमाउनु– यो खेल
हो। तिमीहरू हिरो र हिरोइन हौ। हिरोको अर्थ हो मुख्य पार्टधारी। तिमी सत्ययुगमा
पवित्र गृहस्थ आश्रममा रहन्थ्यौ। कलियुगमा अपवित्र गृहस्थ व्यवहार छ। अब बाबाले
सत्ययुगमा लैजानुहुन्छ। त्यहाँ सूर्यवंशी लक्ष्मीनारायणको राज्य हुनेछ। उनीहरू
पुनर्जन्म लिएर चन्द्रवंशीमा आउनेछन्, वृद्धि भइरहनेछ। अहिले कति करोड भएका छन्।
अहिले मानिस कम जन्मियुन् भन्छन्। जसका एकदुई बच्चा हुन्छन् उनीहरूले कहाँ परिवार
नियोजन गर्छन् र? अब तिमीले त चेतावनी दिन सक्छौ– जनसङ्ख्या घटाउनु यो त बाबामाथि
निर्भर छ। बाबालाई थाहा छ, मानिसहरू धेरै भए भने मर्नेछन्। म सबैलाई खलास गरेर एक
धर्मको स्थापना गर्न आएको हुँ। त्यहाँ ९ लाख हुनेछन्। छुमन्तर भयो नि। कलियुगरूपी
रात पूरा भएर दिन सुरु हुनेछ। परिवार नियोजनमा कति खर्च गर्छन्। बाबाको कुनै खर्च
हुँदैन। प्राकृतिक प्रकोपहरू आउनेछन्, सबै खतम हुनेछ, ड्रामामा पहिल्यै निश्चित छ।
ती मानिसहरूले जुन प्लान बनाइरहेका छन्, त्यो पनि ड्रामामा पहिल्यै निश्चित छ।
युरोपवासी यादव, भारतवासी कौरव र पाण्डव। ती सबै एकातिर, अर्कातिर दुई भाइ भाइ छन्।
भारतमा भाइ भाइ हुन्छन्। जो अहिले कलियुगमा भाइ भाइ छौ, तिमी अब सङ्गममा निस्केर
आएका छौ। कौरव र पाण्डव एउटै घरका थिए। आत्मा वास्तवमा भाइ भाइ हुन। तिमी
आत्माहरूसँग नै पहिला सुरुमा बाबा मिल्नुभएको छ। दौडमा जो पहिला सुरुमा पुग्छन्
उनीहरूले पुरस्कार पाउँछन्। तिम्रो हो यादको दौड। यो कुनै शास्त्रमा छैन। बाबा
भन्नुहुन्छ– मसँग योग लगाऊ। यो योगको यात्रा यतिबेला नै हुन्छ। यो यात्रा अरू कसैले
सिकाउन सक्दैन। सत्ययुगमा न रुहानी योग, न जिस्मानी योग हुन्छ– त्यहाँ आवश्यकता नै
हुँदैन। यो यतिबेला तिम्रो बुद्धिमा बस्छ। ड्रामामा एक एक सेकेन्डको खेल सम्झाइएको
छ, यसलाई स्वदर्शन चक्र भनिन्छ। वास्तवमा स्वदर्शन चक्रधारी अहिले तिमी बन्छौ। ८४
जन्मको अथवा सृष्टिचक्रको ज्ञान तिमीलाई छ। स्व अर्थात् आत्मा। आत्मालाई यो ज्ञान
छ, त्यसैले अहिले तिमी बच्चाहरू स्वदर्शन चक्रधारी बनेका छौ। मैले तिमीहरूलाई भन्छु–
रुहानी बच्चाहरू। स्वदर्शन चक्रधारी ब्राह्मण कुलभूषण। यी शब्दहरूको अर्थ कुनै
नयाँले बुझ्न सक्दैन। यी अलङ्कार तिमीहरूलाई दिइँदैन किनकि तिमीहरूमध्ये कैयौँ
भागन्ती हुन्छन्। अहिले तिम्रो बुद्धिमा ८४ को चक्र छ। अब नम्बर वनमा जानेछौ। पहिला
घर गएर फेरि देवता बन्नेछौ। फेरि क्षत्रिय, वैश्य, शूद्र बन्नेछौ। कति समझको कुरा
छ। यति पनि कसैले याद गरेछन् भने अहो सौभाग्य। बाँकी थोरै समय छ, फेरि हामी स्वर्गमा
जानेछौँ। बाँकी शास्त्रहरूमा त धेरै दन्त्यकथाहरू लेखिदिएका छन्। श्रीकृष्ण जो सबैका
प्यारा छन्, उनको लागि पनि लेखिदिएका छन्– सर्पले टोक्यो, यो भयो...। श्रीकृष्ण
राधाभन्दा पनि प्यारा लाग्छन् किनकि मुरली बजाएका हुन्छन्। वास्तवमा यो ज्ञानको कुरा
हो। तिमी यतिबेला ज्ञानज्ञानेश्वरी हौ। पढेर फेरि राजराजेश्वरी बन्छौ। यो हो लक्ष्य
र उद्देश्य। तिमीलाई कसैले तिम्रो उद्देश्य के हो भनेर सोध्यो भने मनुष्यबाट देवता
बन्नु हो भन। हामी नै देवता थियौँ। ८४ जन्मपछि शूद्र बन्यौँ, अहिले फेरि ब्राह्मण
बनेका छौँ, फेरि देवता बन्नेछौँ। पढाउने ज्ञानका सागर परमात्मा हुनुहुन्छ, न कि
श्रीकृष्ण। यो राजयोग कसैले पनि सिकाउन सक्दैन। तिमीले भन्छौ– बाबा, हामी आएर कल्प
कल्प हजुरबाट राज्य-भाग्य लिन्छौँ। तिमीलाई यो पनि थाहा छ। यस महाभारी लडाइँबाट नै
स्वर्गका गेट खुल्नेछन्। बाबा आएर राजयोग सिकाउनुहुन्छ भने अवश्य स्वर्ग हुनुपर्छ।
नर्क खतम हुनुपर्छ। यो महाभारी लडाइँ शास्त्रहरूमा छ।
(खोकी लाग्यो) यो खोकी
कसलाई लागेको हो? शिवबाबालाई वा ब्रह्माबाबालाई? (ब्रह्मालाई) यो कर्मभोग हो।
अन्त्यसम्म भइरहनेछ। सम्पूर्ण बनेपछि मात्र यो शरीर पनि रहनेछैन। त्यसबेलासम्म केही
न केही भइरहनेछ, यसलाई कर्मभोग भनिन्छ। सत्ययुगमा कर्मभोग हुँदैन। कुनै रोग आदि
हुँदैन। हामी सदा स्वस्थ र सम्पन्न बन्छौँ। सदैव हर्षित रहन्छौँ किनकि बेहदका
बाबाबाट वर्सा मिल्छ। फेरि आधाकल्पपछि दुःख सुरु हुन्छ। त्यो भक्ति पनि व्यभिचारी
भइसकेपछि मात्र धेरै दुःख हुन्छ, अनि त्राहि त्राहि गर्छन् र फेरि विनाश हुन्छ।
अहिले तिमीले सम्मुख सुन्छौ त्यसैले कति मजा आउँछ। तिमीलाई थाहा छ, उहाँ मेरो सच्चा
बाबा, सच्चा टिचर, सच्चा सद्गुरु हुनुहुन्छ। यो महिमा एक मात्र निराकार बाबाको हो।
उहाँ हुनुहुन्छ उच्चभन्दा उच्च भगवान्। उहाँ बाबालाई याद गरेमा उच्च पद पाउनेछौ। यहाँ
त कुनै साधुसन्त, महात्मा तख्तमा बस्दैनन्। बाबाले कहिल्यै पाउ पर्न पनि दिनुहुन्न।
बाबा भन्नुहुन्छ– म तिम्रो आज्ञाकारी सेवक हुँ। मेरो पाउ कहाँ छ र? तिमीले कसलाई
ढोग्छौ? धेरै गुरुहरूलाई ढोग्दाढोग्दै तिम्रो निधार नै खुइलिएको छ। जुन भक्तिमार्गमा
हुन्छ त्यो ज्ञानमार्गमा हुन सक्दैन। भक्तिमार्गमा भन्छन्– हे राम... बाबा
भन्नुहुन्छ– यहाँ कुनै आवाज निकाल्नु पर्दैन। आफूलाई आत्मा सम्झेर गुप्त बाबालाई
याद गर्नु छ। हे शिव...... पनि भन्नु छैन। तिमी आवाजभन्दा पर जानु छ। बच्चाको मनमा
बाबाको याद हुन्छ। आत्मालाई थाहा छ, उहाँ मेरो बाबा हुनुहुन्छ। तिमीले भित्र गुप्त
याद गर्नु छ, यसलाई अजपा याद भनिन्छ। जप गर्नु छैन। माला भित्र जप वा बाहिर जप। कुरा
एउटै हो। भित्र जप्नु कुनै गुप्त होइन। गुप्त कुरा हो– आफूलाई आत्मा सम्झेर बाबालाई
याद गर्नु। उहाँ शिवबाबा, यिनी प्रजापिता ब्रह्मा। तिमीलाई सिँगार्नको लागि डबल
इन्जिन मिल्छन्। यिनको आत्मा पनि सिँगारिँदै छ। फेरि सबै माइतीघर जानेछौँ।
त्यहाँबाट फेरि पराई घर विष्णुपुरीमा आउनेछौँ। यो हो डबल अलौकिक माइतीघर, त्यो
लौकिक, उहाँ पारलौकिक। यी अलौकिक बाबालाई कसैले चिन्दैनन्, त्यसैले भन्छन्– यी
दादालाई किन यहाँ बसालिएको हो? यो कसैलाई थाहा छैन, यस तनद्वारा परमात्माले
पढाउनुहुन्छ। यिनी धेरै जन्महरूको अन्त्यमा पूज्यबाट पुजारी बनेका हुन्। राजाबाट
रङ्क बनेका हुन्। बाबा सम्झाउनुहुन्छ– म यस तनमा प्रवेश गर्छु। तैपनि कसैको बुद्धिमा
बस्दैन। मन्दिरहरूमा साँढे राखिदिएका छन्। अब शङ्कर त सूक्ष्मवतनवासी हुन्।
सूक्ष्मवतनमा साँढे आदि त हुँदैहुँदैनन्। साँढे अर्थात् मेल। भागीरथलाई मेल
देखाउँछन्। मानिसहरू त एकदम बेसमझ बनेका छन्। बाबा भन्नुहुन्छ– रावणले बेसमझ बनाएको
छ। स्वयं भन्छन्– रामराज्य चाहिन्छ। तर रामराज्य त सत्ययुगमा हुन्छ। कलियुगमा
रावणराज्य हुन्छ। राम र रावण भारतवर्षमा नै हुन्छन्। शिवजयन्ती पनि भारतभूमिमा
मनाउँछन्, रावण जयन्ती मनाउँदैनन् किनकि ऊ दुस्मन हो। जयन्ती उहाँको मनाइन्छ जसले
सुख दिनुहुन्छ। अहिले शिवबाबा आएर ज्ञान सुनाउनुहुन्छ र रावणमाथि विजयी बनाउनुहुन्छ।
अहिले तिमीलाई थाहा छ, रावण के चीज हो! कहिले आउँछ! एक्युरेट हिसाब बताइन्छ। यी कुरा
राम्रोसँग धारण गर। नभुल। ज्ञानसागर समक्ष बादल बनेर आएका छौ। भरिएर वर्षा बर्साउनु
छ, धारणा धेरै राम्रो हुनुपर्छ। यहाँ तिमी सम्मुख बसेका छौ। भासना आउँछ– हामी बेहदका
बाबाको सम्मुख, घरमा बसेका छौँ। ब्राह्मण कुलभूषण पनि हौँ। मम्मा-बाबा पनि
हुनुहुन्छ। बाबाले हामीलाई टिचरको रूपमा पढाइरहनुभएको छ। सद्गुरुको रूपमा साथै
लैजानुहुनेछ। ती गुरुहरूले लैजाँदैनन्। गुरुको काम हो अनुयायीहरूलाई साथै लैजानु।
वास्तवमा तिनीहरू अनुयायी पनि होइनन्। उनीहरू संन्यासी, ती गृहस्थी; त्यसो भए
अनुयायी कसरी ठहरिए? तिमीले शिवबाबालाई पनि अनुसरण गर्छौ, ब्रह्माबाबालाई पनि
अनुसरण गर्छौ। जस्तो यिनी बन्छन्, तिमी पनि त्यस्तै बन्छौ। म आत्मा पवित्र बनेर
बाबाको पासमा जानेछु। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। सच्चा सच्चा अनुयायी तिमी
हौ।
बाबा भन्नुहुन्छ– म
तिमीहरूलाई लैजानको लागि आएको हुँ। अब ज्ञानचितामा बस्यौ भने लैजानेछु। सत्ययुगमा
लक्ष्मीनारायणको राज्य थियो, त्यतिबेला अरू सबै धर्मका आत्माहरू शान्तिधाममा थिए।
यी कुरा धेरै सहज छन्। बाबाका अनुयायी बन। जति पवित्र बन्छौ, त्यति राम्रो पद
पाउनेछौ, नत्र सजाय खानुपर्नेछ। जानु त अवश्य छ। २१ जन्मको वर्सा मिल्छ भने किन
मेहनत नगर्ने? अहिले मेहनत गरिएन भने कल्प कल्पान्तर गर्नेछैनौ। फेरि उच्च पद कसरी
पाउनेछौ? यो ठुलो बेहदको क्लास हो। एउटै परीक्षा हुन्छ। मनुष्यबाट देवता बन्नु छ।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) एक बाबाको सच्चा सच्चा अनुयायी बनेर पूरा पूरा पवित्र बन्नु छ। २१ जन्मको वर्सा
लिने पुरुषार्थ गर्नु छ।
२) मुखले “हे शिवबाबा”
पनि भन्नु छैन। आवाजभन्दा पर जानु छ। आफूलाई आत्मा सम्झेर मनले बाबालाई याद गर्नु
छ।
वरदान:–
सदा आफ्नो
राजकुलको स्मृतिद्वारा उच्च स्टेजमा रहने गुणमूर्त भव
जो राजकीय कुलका
हुन्छन् उनीहरूले कहिल्यै धरतीमा, माटोमा पाइला राख्दैनन्। यहाँ देह अभिमान माटो
हो, यसमा तल नआऊ, यस माटोबाट सदा टाढा रहनु छ। सदा स्मृतिमा राख– म उच्चभन्दा उच्च
बाबाको राज परिवारको, उच्च स्थितिको बच्चा हुँ, अनि नजर तल जानेछैन। सदैव आफूलाई
गुणमूर्त देख्दै उच्च स्थितिमा स्थित होऊ। कमी कमजोरीलाई देखेमा समाप्त गर्दै जाऊ।
त्यस कमी कमजोरीलाई बारम्बार सोच्यौ भने त्यही कमी कमजोरी रहिरहनेछ।
स्लोगन:–
रोयल ऊ हो जसले
आफ्नो हर्षितमुखद्वारा पवित्रताको रोयल्टीको अनुभव गराउँछ।
अव्यक्त इसारा:–
ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
स्थूल र सूक्ष्म
दुवैको अन्तर समाप्त भएपछि सम्पूर्ण स्थितिको समीप आउनेछौ। यो व्यक्त देश अव्यक्त
देश बन्नेछ। जसरी बापदादा व्यक्तमा आउनुहुन्छ तैपनि अव्यक्त रूपको अव्यक्त देशको
अव्यक्त प्रवाहमा हुनुहुन्छ। बच्चाहरूलाई त्यही अनुभव गराउनुहुन्छ, त्यसैले तिमीले
पनि आफ्नो अव्यक्त स्थितिको अनुभव अरूलाई गराऊ।