14.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– एक बाबा
नै नम्बरवन एकटर हुनुहुन्छ ज सले पतितहरूलाई पावन बनाउने एक्ट गर्नुहुन्छ , बाबा ले
जस्तो एक्ट कसैले गर्न सक्दैन।”
प्रश्न:–
संन्यासीहरूको
योग जिस्मानी योग हो, रुहानी योग बाबाले नै सिकाउनुहुन्छ, कसरी?
उत्तर:–
संन्यासीहरूले
ब्रह्म तत्त्वसँग योग गर्न सिकाउँछन्। तर त्यो त बस्ने स्थान हो। त्यसैले त्यो
जिस्मानी योग भयो। तत्त्वलाई सुप्रिम भनिँदैन। तिमी बच्चाहरूले सुप्रिम रुहसँग योग
लगाउँछौ, त्यसैले तिम्रो योग रुहानी योग हो। यो योग बाबाले नै सिकाउन सक्नुहुन्छ,
अरू कसैले पनि सिकाउन सक्दैन किनकि उहाँ नै तिम्रो रुहानी बाबा हुनुहुन्छ।
गीत:–
तू प्यार का
सागर है...
ओम् शान्ति ।
धेरै
मानिसहरूले भन्छन् ओम् शान्ति अर्थात् आफ्नो आत्माको पहिचान दिन्छन्। तर आफैले
बुझ्न सक्दैनन्। ओम् शान्तिको अर्थ धेरै निकाल्छन्। कसैले भन्छन्– ओम् भनेको भगवान।
तर होइन, यो आत्माले भन्छ– ओम् शान्ति। अहम् आत्माको स्वधर्म हो नै शान्ति, त्यसैले
भन्छन्– म हुँ शान्तस्वरूप। यो मेरो शरीर हो जसबाट हामीले कर्म गर्छौँ। कति सहज छ।
त्यसैगरी बाबा पनि भन्नुहुन्छ– ओम् शान्ति। तर म सबैको बाबा भएको हुनाले, बीजरूप
भएको हुनाले पनि जुन रचनारूपी वृक्ष छ, कल्पवृक्ष, त्यसको आदि-मध्य-अन्त्यलाई
जान्दछु। जसरी तिमीले कुनै पनि रुख देख्यौ भने त्यसको आदि, मध्य, अन्त्यलाई जान्दछौ,
त्यो बीज त जड हो। त्यसैले बाबा सम्झाउनुहुन्छ– यो कल्पवृक्ष हो, यसको आदि, मध्य,
अन्त्यलाई तिमीले जान्न सक्दैनौ, मैले जान्दछु। मलाई भन्छन् नै ज्ञानको सागर। म
बसेर तिमी बच्चाहरूलाई आदि, मध्य, अन्त्यको रहस्य सम्झाइरहेको छु। यो जुन नाटक छ,
जसलाई ड्रामा भनिन्छ, जसका तिमी कलाकार (एक्टर) हरू हौ, बाबा भन्नुहुन्छ– म पनि
कलाकार हुँ। बच्चाहरूले भन्छन्– हे बाबा पतितपावन कलाकार बनेर आउनुहोस्, आएर
पतितहरूलाई पावन बनाउनुहोस्! अब बाबा भन्नुहुन्छ– मैले अभिनय (एक्ट) गरिरहेको छु।
मेरो पार्ट केवल यस सङ्गम समयमा नै छ। त्यसमा पनि मेरो आफ्नो शरीर छैन। मैले यस
शरीरद्वारा अभिनय गर्छु। मेरो नाम शिव हो। बच्चाहरूलाई नै त सम्झाउनुहुन्छ नि।
पाठशाला कुनै बाँदर वा जनावरहरूको हुँदैन। तर बाबा भन्नुहुन्छ– यी ५ विकार भएका
हुनाले अनुहार त मानिसजस्तो छ तर चरित्र बाँदरको जस्तो छ। बच्चाहरूलाई बाबाले
सम्झाउनुहुन्छ– पतित त सबैले आफूलाई भन्छन् नै। तर यो जान्दैनन्– हामीलाई पतित कसले
बनाउँछ र पावन फेरि कसले आएर बनाउनुहुन्छ? पतितपावन को हुनुहुन्छ? जसलाई बोलाउँछन्,
तर उहाँको सम्बन्धको बारेमा केही पनि बुझ्न सक्दैनन्। यो पनि बुझ्दैनन्– हामी सबै
कलाकारहरू हौँ। हामी आत्माले यो चोला लिएर पार्ट खेल्छौँ। आत्मा परमधामबाट आउँछ,
आएर पार्ट खेल्छ। यस सृष्टिमाथि नै सारा खेल बनेको छ। विश्व पावन, विश्व पतित कसले
बनायो? रावणले। गायन पनि गर्छन्– रावणको लङ्कामा राज्य थियो। बाबाले बेहदमा
लैजानुहुन्छ। हे प्यारा बच्चाहरू! यो सारा सृष्टि बेहदको टापु हो। त्यो त हदको लङ्का
हो। यो बेहदको टापुमा रावणको राज्य छ। पहिला रामराज्य थियो अहिले रावण राज्य छ।
बच्चाहरूले भन्छन्– बाबा रामराज्य कहाँ थियो? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू!
त्यो रामराज्य त यहीँ थियो नि, जसलाई सबैले चाहन्छन्।
तिमीहरू आदि सनातन
देवीदेवता धर्मका हौ, हिन्दु धर्मका होइनौ। मीठा प्यारा सिकिलधे बच्चाहरू! तिमी नै
सबैभन्दा पहिला यहीँ थियौ। तिमीलाई त्यो सत्ययुगको राज्य कसले दिनुभएको थियो? अवश्य
स्वर्ग स्थापना गर्ने परमपिता परमात्माले नै यो वर्सा दिनुहुन्छ। बाबाले
सम्झाउनुहुन्छ– कति अरू अरू धर्महरूमा धर्म परिवर्तन भएका छन्। मुसलमानहरूको राज्य
भएको बेलामा धेरैलाई मुसलमान बनाए। क्रिस्चियनको राज्य भएको बेलामा धेरैलाई
क्रिस्चियन बनाए। बौद्धीहरूको त यहाँ राज्य पनि भएन, तैपनि धेरैलाई बौद्धी बनाए।
धर्म परिवर्तन गरेका छन् आफ्नो धर्ममा। आदि सनातन धर्म प्रायः लोप भएपछि मात्रै फेरि
ती धर्मको स्थापना हुन्छ। त्यसैले बाबाले तिमी सबै बच्चाहरूलाई भन्नुहुन्छ– मीठा
प्यारा बच्चाहरू! तिमी सबै आदि सनातन देवीदेवता धर्मका थियौ। तिमीले ८४ जन्म लिएका
छौ। ब्राह्मण, देवता, क्षत्रिय... वर्णमा आयौ। अब फेरि ब्राह्मण वर्णमा आएका छौ
देवता वर्णमा जानको लागि। गायन पनि गर्छन्– ब्राह्मण देवताय नमः, पहिला
ब्राह्मणहरूको नाम लिन्छन्। ब्राह्मणहरूले नै विश्वलाई स्वर्ग बनाएका हुन्। यो हो
नै यहाँको प्राचीन योग। पहिला सुरुमा जुन राजयोग थियो, जसको गीतामा वर्णन छ। गीताको
योग कसले सिकाउनुभएको थियो? यो मानिसहरूले बिर्सेका छन्। बाबा सम्झाउनुहुन्छ– प्यारा
बच्चाहरू! योग त मैले सिकाएको थिएँ। यो हो रुहानी योग। बाँकी सबै हुन् जिस्मानी योग।
संन्यासी आदिले जिस्मानी योग सिकाउँछन्– ब्रह्मसँग योग लगाऊ। त्यो त गलत हुन्छ।
ब्रह्मतत्त्व त बस्ने स्थान हो। त्यो कुनै सुप्रिम रुह होइन। बाबालाई बिर्सेका छन्।
तिमीले पनि बिर्सेका थियौ। तिमीले आफ्नो धर्मलाई बिर्सेका थियौ। यो पनि ड्रामामा
पहिल्यै निश्चित छ। बेलायतमा योग थिएन। हठयोग र राजयोग यहाँ नै छ। ती निवृत्ति
मार्गका संन्यासीले कहिल्यै राजयोग सिकाउन सक्दैनन्। सिकाउनुहुन्छ उहाँले जसले
जान्नुहुन्छ। संन्यासीहरूले त राज्य पनि छोडिदिन्छन्। गोपीचन्द राजाको उदाहरण छ नि।
राज्य छोडेर जङ्गलमा गए। उनको पनि कहानी छ। संन्यासीहरूले त राज्य छुटाउँछन्,
उनीहरूले फेरि राजयोग कसरी सिकाउन सक्छन्। यस समयमा सारा वृक्ष जीर्ण भएको छ। भर्खरै
ढल्ने अवस्थामा छ। कुनै पनि रुख सडेपछि त्यसलाई ढाल्नुपर्छ। त्यसैगरी यो मनुष्य
सृष्टिरूपी वृक्ष पनि तमोप्रधान भएको छ, यसमा कुनै सार छैन। यसको अवश्य विनाश हुनेछ।
यसभन्दा पहिला आदि सनातन देवीदेवता धर्मको स्थापना यहीँ गर्नुपर्छ। सत्ययुगमा कोही
दुर्गतिमा हुँदैन। बेलायतमा गएर योग सिकाउँछन् तर त्यो हो हठयोग। ज्ञान बिल्कुल छैन।
अनेक प्रकारका हठयोग छन्। यो हो राजयोग, यसलाई रुहानी योग भनिन्छ। ती सबै हुन्
जिस्मानी योग। त्यो जिस्मानी योग मानिसले मानिसलाई सिकाउँछन्।
बाबा बच्चाहरूलाई
सम्झाउनुहुन्छ– मैले तिमीलाई एकैपटक यो राजयोग सिकाउँछु र अरू कसैले कदाचित सिकाउन
सक्दैन। रुहानी बाबाले रुहानी बच्चाहरूलाई सिकाउनुहुन्छ– मामेकम् याद गरेमा तिम्रा
सबै पाप मेटिन्छन्। हठयोगीले कहिल्यै यस्तो भन्न सक्दैनन्। बाबाले आत्माहरूलाई
सम्झाउनुहुन्छ। यो नयाँ कुरा हो। बाबाले तिमीलाई अब देहीअभिमानी बनाइरहनुभएको छ।
बाबाको देह छैन। यिनको तनमा आउनुहुन्छ, यिनको नाम परिवर्तन गरिदिनुहुन्छ किनकि
मरजीवा बनेका छन्। जसरी गृहस्थी संन्यासी बनेपछि मरजीवा बन्छन्, गृहस्थ आश्रम छोडेर
निवृत्तिमार्ग लिन्छन्। त्यसरी नै तिम्रो नाम पनि मरजीवा बनेपछि परिवर्तन हुन्छ।
पहिला सुरुमा वतनबाट सबैको नाम ल्याइएको थियो, फेरि जो आश्चर्यवत सुनन्ती, कथन्ती,
भागन्ती भए, त्यसपछि नाम आउन बन्द भयो, त्यसैले अब बाबा भन्नुहुन्छ– मैले नाम दिउँ
र फेरि भागे भने फालतु कुरा हुन्छ। पहिला आउनेहरूको जुन नाम राखियो, ती धेरै रमणिक
नाम थिए। अब नाम राखिँदैन। उनीहरूको नाम राख्नुहुन्छ जो सदा कायम रहन्छन्। धेरैको
नाम राखियो, फेरि बाबालाई छोडेर गए, त्यसैले अब नाम परिवर्तन गरिँदैन। बाबा
सम्झाउनुहुन्छ– यो ज्ञान क्रिस्चियनको बुद्धिमा पनि बस्नेछ। यति सम्झन्छन्– यहाँको
योग निराकार बाबाले नै आएर सिकाउनुभएको थियो। बाबालाई याद गरेमा नै पाप भस्म हुन्छ
र हामी आफ्नो घर जानेछौँ। जो यस धर्मको थियो होला र कन्भर्ट भएर गएको होला ऊ अडिन्छ।
तिमीलाई थाहा छ– मानिसले मानिसको सदगति गर्न सक्दैनन्। यी दादा पनि मानिस हुन्,
यिनले भन्छन्– मैले कसैको सदगति गर्न सक्दिनँ। यो राजयोग त बाबाले हामीलाई
सिकाउनुहुन्छ– तिम्रो सदगति पनि यादद्वाराले हुन्छ। बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू, हे आत्माहरू! मसँग योग लगाऊ त्यसपछि तिम्रा विकर्म विनाश हुनेछन्। तिमी
पहिला पवित्र सतयुगी थियौ, फेरि खाद मिसिएको छ। जुन देवीदेवता पहिला २४ क्यारेट सुन
थिए, अहिले कलियुगमा आइपुगेका छन्। यो योग कल्प कल्प तिमीले सिक्नुपर्छ। तिमीलाई
थाहा छ– त्यसमा पनि कसैले पूरा जान्दछन्, कसैले कम जान्दछन्। कोही त यहाँ के
सिकाउँछन् भनेर यत्तिकै हेर्न आउँछन्। ब्रह्माकुमार कुमारीहरू यति धेरै बच्चाहरू छन्।
अवश्य प्रजापिता ब्रह्मा हुनुहुन्छ होला नि आएर जसका यति धेरै बच्चाहरू बनेका छन्,
अवश्य केही होला, त्यसैले गएर उनीहरूसँग सोधौँ त सही। तिमीलाई प्रजापिता ब्रह्माबाट
के मिल्छ? सोध्नुपर्छ नि! तर यति बुद्धि पनि छैन। खासगरी यहाँको लागि भन्छन्। गायन
गरिन्छ पनि– पत्थरबुद्धि नै पारसबुद्धि। पारसबुद्धि नै पत्थरबुद्धि। सत्ययुग
त्रेतामा पारसबुद्धि सत्ययुगी थिए, फेरि त्रेतायुगमा दुई कला कम भए, त्यसैले नाम भयो
चन्द्रवंशी किनकि फेल भएका छन्। यो पनि पाठशाला हो। जसले ३३ नम्बरभन्दा थोरै नम्बर
ल्याएका हुन्छन् उनीहरू फेल हुन्छन्। रामसीता फेरि उनीहरूको वंश सम्पूर्ण छैन,
त्यसैले सूर्यवंशी बन्न सक्दैनन्। कोही त फेल कोही हुन्छन् नि किनकि परीक्षा पनि
धेरै ठुलो छ। पहिला सरकारको लोकसेवाको ठुलो परीक्षा हुन्थ्यो। सबैले कहाँ पढ्न सक्थे
र। करोडौँमा कोही निस्कन्छन्। कसैले चाहन्छ– हामी सूर्यवंशी महाराजा महारानी बनौँ
भने त्यसमा पनि धेरै मेहनत चाहिन्छ। मम्मा बाबाले पनि पढिरहनुभएको छ श्रीमत अनुसार।
उहाँहरूले पहिलो नम्बरमा पढ्नुहुन्छ, फेरि जसले माता पितालाई फलो गर्छन् उनीहरू नै
उहाँहरूको तख्तमा बस्छन्। सूर्यवंशी ८ राजवंश चल्छ। जसरी एडवर्ड द फस्ट, द सेकेन्ड
चल्छ। तिम्रो कनेक्सन यी क्रिस्चियनहरूसँग अधिक छ। क्रिस्चियन घरानाले भारतको राज्य
नै खाइदिए। भारतको अथाह धन लिएर गए, फेरि विचार गर त सत्ययुगमा कति अथाह धन थियो
होला। त्यहाँको तुलनामा त यहाँ केही पनि छैन। त्यहाँ सबै खानीहरू भरिभराउ हुन्छन्।
अब त हरेक चीजका खानीहरू खाली हुँदै जान्छन्। फेरि चक्र रिपिट हुन्छ त्यसपछि फेरि
सबै खानीहरू भरिभराउ हुनेछन्।
मीठा प्यारा बच्चाहरू!
तिमीहरूले अहिले रावणमाथि विजय प्राप्त गरेर राज्य भाग्य लिइरहेका छौ, फेरि आधाकल्प
पछि यो रावण आउनेछ, फेरि तिमीले राज्य भाग्य गुमाउनेछौ। अहिले तिमीहरू कौडीसमान
बनेका छौ। हामीले तिमीलाई हीराजस्तो बनायौँ। रावणले तिमीलाई कौडीजस्तो बनायो। तर
बुझ्दैनन्– यो रावण कहिले आयो? हामीले किन त्यसलाई जलाउँछौँ। भन्छन्– यो रावण त
परम्परादेखि चल्दै आएको छ। बाबा सम्झाउनुहुन्छ– आधाकल्प पछि यो रावण राज्य
सुरुहुन्छ। विकारी भएपछि आफूलाई देवीदेवता भन्न सक्दैनन्। वास्तवमा तिमी देवीदेवता
धर्मका थियौ। तिम्रो जति सुख अरू कसैले देख्न सक्दैनन्। सबैभन्दा अधिक गरिब पनि तिमी
बनेका छौ। अरू धर्मका पछि वृद्धि हुन्छन्। क्राइस्ट आए, पहिला त धेरै कम थिए। धेरै
भएपछि मात्र त राज्य गर्न सक्छन्। तिमीलाई त पहिला राज्य मिल्छ। यी त सबै ज्ञानका
कुराहरू हुन्। बाबा भन्नुहुन्छ– हे आत्माहरू! म बाबालाई याद गर। आधाकल्प तिमी देह
अभिमानमा रह्यौ। अब देहीअभिमानी बन। बारम्बार यो बिर्सन्छौ किनकि आधाकल्पको अलाय
चढेको छ। यस समयमा तिमी ब्राह्मण टुपी हौ। तिमी हौ सबैभन्दा उच्च। संन्यासीहरूले
ब्रह्मसँग योग लगाउँछन्, त्यसबाट विकर्म विनाश हुँदैन। हरेकलाई सतो, रजो, तमोमा आउन
जरुरी छ। फर्केर कोही पनि जान सक्दैनन्। सबै तमोप्रधान बनेपछि मात्र बाबा आएर
सबैलाई सतोप्रधान बनाउनुहुन्छ अर्थात् सबैको ज्योति जाग्छ। हरेक आत्मालाई आआफ्नो
पार्ट मिलेको छ। तिमी हौ हिरो हिरोइन पार्टधारी। तिमीहरू सबैभन्दा उच्च छौ जसले
राज्य लिन्छौ, फेरि गुमाउँछौ र अरू कसैले राज्य लिँदैन। उनीहरूले राज्य लिन्छन्
बाहुबलले। बाबाले सम्झाउनुभएको छ– जो विश्वका मालिक थिए, उनै बन्छन्। त्यसैले सच्चा
राजयोग बाबाबाहेक अरू कसैले सिकाउन सक्दैन। जुन सिकाउँछन्, त्यो सबै अयथार्थ योग
हो। फर्केर त कोही पनि जान सक्दैनन्। अब हुन्छ अन्त्य। सबै दुःखबाट छुट्छन्, फेरि
नम्बरवार आउनुछ। पहिला सुख देख्नुछ, फेरि दुःख देख्नुछ। यी सबै बुझ्नुपर्ने कुराहरू
हुन्। भनिन्छ– हथ कार डे दिल यार डे। काम गरिराख बाँकी बुद्धियोग बाबासँग होस्।
तिमी आत्माहरू आसिक
हौ एक मासुकका। अहिले उहाँ मासुक आउनुभएको छ। सबै आत्माहरू (सजनीहरू) लाई गुल गुल
फूल बनाएर लैजानुहुन्छ। बेहदका साजन बेहदका सजनीहरू छन्। भन्नुहुन्छ– मैले सबैलाई
लैजान्छु। फेरि गएर नम्बरवार पुरुषार्थ अनुसार पद पाउँछन्। गृहस्थ व्यवहारमा बसे पनि
बच्चाहरूलाई सम्हाल। हे आत्माहरू! तिम्रो दिल बाबातिर होस्। यही यादको प्राक्टिस
गरिराख। बच्चाहरूलाई थाहा छ– बाबालाई याद गरेमा अब हामी स्वर्गवासी बन्छौँ।
स्टुडेन्ट त धेरै खुसीमा रहनुपर्छ। यो त धेरै सहज छ। ड्रामा अनुसार सबैलाई बाटो
बताउनुछ। कसैसँग डिबेट गर्ने आवश्यकता छैन। अहिले तिम्रो बुद्धिमा सारा ज्ञान आएको
छ। मानिसहरू बिमारीबाट छुटे भने बधाई दिन्छन्। यहाँ त सारा दुनियाँ रोगी छ। थोरै
समयमा जयजयकार हुनेछ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सच्चा सच्चा आसिक बनेर हातले काम गर्दै बुद्धिले मासुकलाई याद गर्ने प्राक्टिस
गर्नुछ। बाबाको यादले हामी स्वर्गवासी बनिरहेका छौँ, यो खुसीमा रहनुछ।
२) सूर्यवंशी
डिनायस्टीमा तख्तनसिन बन्नको लागि मातापितालाई पूरा पूरा फलो गर्नुछ। बाबा समान
नलेजफुल बनेर सबैलाई बाटो बताउनुछ।
वरदान:–
ताज र तिलकलाई
धारण गरेर बापदादाको मदतगार बन्ने दिलतख्तन सि न भव
कोही तख्तमा बसेभने
तिलक र ताज उनीहरूको निसानी हुन्छ। त्यसैगरी जो दिल तख्तनसिन छन्, उनीहरूको मस्तकमा
सदा अविनाशी आत्माको स्थितिको तिलक टाढैबाट चम्किरहेको देखिन्छ। उनीहरूको नयनबाट वा
अनुहारबाट सबै आत्माहरूको कल्याणको शुभभावना देखिन्छ। उनीहरूको हरेक सङ्कल्प, वचन र
कर्म बाबा समान हुन्छ।
स्लोगन:–
सरल यादको लागि
सरलताको गुण धारण गर, संस्कारलाई सरल बनाऊ।
अव्यक्त इसारा:–
“निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त बन ”
विजयी बन्ने
फाउन्डेसन हो ‘निश्चय’, फाउन्डेसन पक्का छ भने बिल्डिङ हल्लिदैन, सबै निश्चिन्त
रहन्छन्। तर केवल बाबामा निश्चय होइन, आफैलाई आफूमा पनि निश्चय र ड्रामामा पनि
निश्चय। वाह ड्रामा वाह! यदि ड्रामामा निश्चय भयो भने अकल्याणको कुरा पनि कल्याणमा
परिवर्तन हुनेछ।