14.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– अहिले
तिमी सङ्गममा छौ , तिमीले पुरानो दुनियाँसँग नाता तोड्नुपर्छ किनकि यो पुरानो दुनियाँ
अब समाप्त हुन े छ ।”
प्रश्न:–
सङ्गमको
कुनचाहिँ विशेषता सारा कल्पभन्दा भिन्न छ?
उत्तर:–
यो सङ्गमको नै
विशेषता हो– पढ्छौ यहाँ, प्रारब्ध पाउँछौ भविष्यमा। सारा कल्पमा यस्तो पढाइ
पढाइँदैन जसको प्रारब्ध अर्को जन्ममा मिल्छ। अहिले तिमी बच्चाहरूले मृत्युलोकमा
पढिरहेका छौ अमरलोकको लागि। अरू कसैले अर्को जन्मको लागि पढ्दैनन्।
गीत:–
दूर देश का
रहने वाला……
ओम् शान्ति ।
दूर देशका
रहनेवाला को हुनुहुन्छ? यो त कसैले पनि जान्दैनन्। के उहाँको आफ्नो देश छैन र जो
पराइ देशमा आउनुभएको छ? उहाँ आफ्नो देशमा आउनुहुन्न। यो रावण राज्य पराइ देश हो नि।
के शिवबाबा आफ्नो देशमा आउनुहुन्न? अच्छा, रावणको परदेश कुनचाहिँ हो? अनि देश
कुनचाहिँ हो? शिवबाबाको आफ्नो देश कुनचाहिँ हो, पराइ देश कुनचाहिँ हो? फेरि बाबा
पराइ देशमा आउनुहुन्छ, त्यसोभए उहाँको देश कुनचाहिँ हो? आफ्नो देशको स्थापना गर्न
आउनुहुन्छ तर के उहाँ आफ्नो देशमा स्वयं आउनुहुन्छ? (एक-दुईले सुनाए) अच्छा, यसमा
सबैले विचार सागर मन्थन गर्ने गर। यो धेरै बुझ्नुपर्ने कुरा हो। रावणको पराइ देश
बताउन धेरै सहज छ। रामराज्यमा कहिल्यै रावण आउँदैन। बाबालाई रावणको देशमा आउनुपर्छ
किनकि रावण राज्यलाई परिवर्तन गर्नुछ। यो हो सङ्गमयुग। उहाँ सत्ययुगमा पनि
आउनुहुन्न, कलियुगमा पनि आउनुहुन्न। सङ्गमयुगमा आउनुहुन्छ। त्यसैले यो रामको पनि
देश हो, रावणको पनि देश हो। यो किनारमा रामको, त्यो किनारमा रावणको देश छ। सङ्गम हो
नि। अहिले तिमी बच्चाहरू सङ्गममा छौ। न यतातिर, न उतातिर छौ। आफूलाई सङ्गममा
सम्झनुपर्छ। हाम्रो उतातिर नाता छैन। बुद्धिद्वारा पुरानो दुनियाँसँग नाता
तोड्नुपर्छ। बस्छौ त यहीँ नै। तर बुद्धिले जान्दछौ– यो पुरानो दुनियाँ नै समाप्त
हुनुछ। आत्माले भन्छ– अहिले म सङ्गममा छु। बाबा आउनुभएको छ, उहाँलाई खेवैया पनि
भनिन्छ। अहिले हामी गइरहेका छौँ। कसरी? योगद्वारा। योगको लागि पनि ज्ञान हो। ज्ञानको
लागि पनि ज्ञान हो। योगको लागि सम्झाइन्छ– आफूलाई आत्मा मानौँ फेरि बाबालाई याद गर।
यो पनि ज्ञान हो नि। ज्ञान अर्थात् समझानी। बाबा मत दिन आउनुभएको छ। भन्नुहुन्छ–
आफूलाई आत्मा सम्झ। आत्माले नै ८४ जन्म लिन्छ। बाबा बसेर बच्चाहरूलाई नै विस्तारमा
सम्झाउनुहुन्छ। अब यो रावण राज्य समाप्त हुनुछ। यहाँ छ कर्मबन्धन, त्यहाँ छन्
कर्मसम्बन्ध। बन्धन दुःखको नाम हो। सम्बन्ध सुखको नाम हो। अब कर्मबन्धनलाई तोड्नुछ।
बुद्धिमा छ– हामी यस समयमा ब्राह्मण सम्बन्धमा छौँ फेरि दैवी सम्बन्धमा जानेछौँ।
ब्राह्मण सम्बन्धको यो एउटै जन्म हो। फेरि ८ र १२ जन्म दैवी सम्बन्धमा हुनेछन्। यो
ज्ञान बुद्धिमा छ त्यसैले कलियुगी फोहोरी कर्मबन्धनलाई मानौँ ग्लानि गर्छन्। यो
दुनियाँको कर्मबन्धनमा अब रहनुछैन। बुद्धि मिल्छ– यी सबै आसुरी कर्मबन्धन हुन्। हामी
पनि एक गुप्त यात्रामा छौँ। बाबाले यो यात्रा सिकाउनुभएको छ फेरि यो कर्मबन्धनबाट
अलग भएर हामी कर्मातीत बन्नेछौँ। यो कर्मबन्धन अब टुट्नु नै छ। हामीले बाबालाई याद
गर्छौँ जसबाट पवित्र बनेर चक्रलाई बुझेर चक्रवर्ती राजा बनौँ। पढिरहेका छौँ फेरि
त्यसको लक्ष्य उद्देश्य, प्रारब्ध पनि हुनुपर्छ नि। तिमीलाई थाहा छ– हामीलाई पढाउने
बेहदका बाबा हुनुहुन्छ। बेहदका बाबाले हामीलाई ५ हजार वर्ष पहिला पढाउनुभएको थियो।
यो ड्रामा हो नि। जसलाई कल्प पहिला पढाउनुभएको थियो उनीहरूलाई नै पढाउनुहुनेछ।
आइरहनेछन्, वृद्धि भइरहनेछ। सबै त सत्ययुगमा आउँदैनन्। बाँकी सबै जानेछन् घर फर्केर।
यता वारी छ नर्क, त्यता पारी छ स्वर्ग। त्यो पढाइमा त जान्दछन्– हामीले यहाँ पढ्छौँ,
फेरि प्रारब्ध पनि यहीँ पाउनेछौँ। यहाँ हामीले सङ्गमयुगमा पढ्छौँ, यसको प्रारब्ध
हामीलाई नयाँ दुनियाँमा मिल्नेछ। यो हो नयाँ कुरा। दुनियाँमा यस्तो कसैले भन्दैनन्–
तिमीलाई यसको प्रारब्ध अर्को जन्ममा मिल्नेछ। यस जन्ममा अघिल्ला जन्महरूको प्रारब्ध
पाउनु– यो केवल यस सङ्गमयुगको पुरुषार्थबाट नै हुन्छ। बाबा पनि आउनुहुन्छ नै
सङ्गमयुगमा। तिमीले पढ्छौ पुरुषोत्तम बन्नको लागि। एकैपटक भगवान ज्ञान सागर आएर नयाँ
दुनियाँ अमरपुरीको लागि पढाउनुहुन्छ। यो त हो कलियुग, मृत्युलोक। हामीले पढ्छौँ
सत्ययुगको लागि। नर्कवासीबाट स्वर्गवासी हुनको लागि। यो हो पराइ देश, त्यो हो आफ्नो
देश। त्यो आफ्नो देशमा बाबालाई आउन आवश्यक पर्दैन। त्यो देश बच्चाहरूको लागि नै हो,
त्यहाँ सत्ययुगमा रावण आउँदैन, रावण गुप्त हुन्छ। फेरि आउनेछ द्वापरमा। बाबा पनि
गुप्त हुनुहुन्छ। सत्ययुगमा कसैले पनि उहाँ बाबालाई चिन्दैनन्। अनि याद पनि किन
गर्लान्। सुखको प्रारब्ध पूरा हुन्छ त्यसपछि फेरि रावण राज्य सुरु हुन्छ, यसलाई
पराइ देश भनिन्छ।
अहिले तिमीले बुझेका
छौ– हामी सङ्गमयुगमा छौँ, हामीलाई मार्ग देखाउने बाबा मिल्नुभएको छ। बाँकी सबैले
धक्का खाइरहन्छन्। जो धेरै थाकेका होलान्, जसले कल्प पहिला यो मार्ग लिएका होलान्,
उनीहरू आइरहनेछन्। तिमी पण्डाहरूले सबैलाई मार्ग बताउँछौ, यो हो रुहानी यात्राको
मार्ग। सीधै जानेछन् सुखधाम। तिमी पण्डा पाण्डव सम्प्रदाय हौ। पाण्डव राज्य भनिँदैन।
राज्य न पाण्डवहरूको, न कौरवहरूको छ। दुवैका ताज हुँदैनन्। भक्तिमार्गमा दुवैका ताज
देखाइएको छ। यदि देखाउने हो भने पनि कौरवहरूका लाइटको ताज देखाउँदैनन्।
पाण्डवहरूलाई पनि लाइट दिन सक्दैनन् किनकि पुरुषार्थी हुन्। चल्दाचल्दै गिर्छन्
त्यसोभए कसलाई दिने, त्यसैले यी सबै निसानी विष्णुलाई दिइएको छ किनकि उनी पवित्र
हुन्छन्। सत्ययुगमा सबै पवित्र सम्पूर्ण निर्विकारी हुन्छन्। पवित्रताको लाइटको ताज
हुन्छ। यस समयमा त कोही पवित्र छैनन्। संन्यासीहरूले भन्छन्– हामी पवित्र छौँ। तर
दुनियाँ त पवित्र छैन नि। जन्म फेरि पनि विकारी दुनियाँमा नै लिन्छन्। यो हो रावणको
पतित पुरी। पावन राज्य सत्ययुग नयाँ दुनियाँलाई भनिन्छ। अहिले तिमी बच्चाहरूलाई बाबा
बागवानले काँडाबाट फूल बनाउनुहुन्छ। उहाँ पतित-पावन पनि हुनुहुन्छ, खेवैया पनि
हुनुहुन्छ, बागवान पनि हुनुहुन्छ। बागवान आउनुभएको छ काँडाहरूको जङ्गलमा, तिम्रो
कमान्डर त एउटै हुनुहुन्छ। यादवहरूको चीफ कमान्डर शङ्करलाई भन्ने? हुन त उनले कुनै
विनाश गराउँदैनन्। समय भएपछि लडाइँ हुन्छ। भन्छन्– शङ्करको प्रेरणाले मुसल आदि
बन्छन्। यी सबै कथाहरू बसेर बनाएका छन्। पुरानो दुनियाँ समाप्त त अवश्य हुनुछ। घर
पुरानो हुन्छ अनि भत्किन्छ। मनुष्य मर्छन्। यो पुरानो दुनियाँ पनि समाप्त हुनुछ। यी
सबै दबेर मर्नेछन्, कोही डुबेर मर्नेछन्। कोही मानसिक आघात (शक) ले मर्नेछन्। बम
आदिको विषालु वायुले पनि मारिदिनेछ। बच्चाहरूको बुद्धिमा छ– अहिले विनाश हुनु नै छ।
हामी त्यता पारी गइरहेका छौँ। कलियुग पूरा भएर सत्ययुगको स्थापना अवश्य हुनुछ। फेरि
आधाकल्प लडाइँ हुँदैहुँदैन।
अहिले बाबा आउनुभएको
छ पुरुषार्थ गराउन, यो लास्ट चान्स हो। ढिलो गर्यौ भने फेरि अचानक नै मर्नेछौ।
मृत्यु सामुन्ने उपस्थित छ। अचानक बसी बसी मानिस मर्छन्। मर्नुअघि यादको यात्रा त
गर। अहिले तिमी बच्चाहरू घर जानुछ त्यसैले बाबा भन्नुहुन्छ– बच्चे, घरलाई याद गर,
यसबाट अन्त मति सो गति हुनेछ, घर जानेछौ। तर केवल घरलाई याद गर्यौ भने पाप विनाश
हुने छैनन्। बाबालाई याद गर्यौ भने पाप विनाश हुन्छन् र तिमी आफ्नो घर जानेछौ
त्यसैले बाबालाई याद गरिराख। आफ्नो चार्ट राख्यौ भने थाहा हुनेछ, सारा दिनमा मैले
के गरेँ? ५-६ वर्षको उमेरदेखि लिएर आफ्नो लाइफमा के के गरेँ.. त्यो पनि याद हुन्छ।
यस्तो पनि होइन, सारा टाइम लेखिरहनुपर्छ। यो ख्याल हुन्छ– बगैँचामा बसेर बाबालाई
याद गरेँ, पसलमा कोही ग्राहक छैनन् भने हामीहरू यादमा बसिराखौँ। भित्र नोट हुनेछ।
यदि लेख्न चाहन्छौ भने फेरि डायरी राख्नुपर्छ। मूल कुरा हो नै यो। हामी
तमोप्रधानबाट सतोप्रधान कसरी बनौँ! पवित्र दुनियाँको मालिक कसरी बनौँ! पतितबाट पावन
कसरी बनौँ! बाबा आएर यो नलेज दिनुहुन्छ। ज्ञानका सागर बाबा मात्रै हुनुहुन्छ। तिमीले
अहिले भन्छौ– बाबा हामी हजुरका हौँ। सदा हजुरकै हौँ, केवल भुलेर देह अभिमानी भएका
हौँ। अहिले हजुरले बताउनुभयो अब हामी फेरि देहीअभिमानी बन्छौँ। सत्ययुगमा हामी
देहीअभिमानी थियौँ। खुसीले एक शरीर छोडेर अर्को लिन्थ्यौँ। त्यसैले तिमी बच्चाहरूले
यी सबै कुरा धारणा गरेर फेरि सम्झाउन लायक बन्नुछ, अनि धेरैको कल्याण हुनेछ। बाबाले
जान्नुहुन्छ– ड्रामा बमोजिम नम्बरवार पुरुषार्थ अनुसार बच्चाहरू सर्भिसएबुल बनिरहेका
छन्। अच्छा, कसैलाई वृक्ष आदि सम्झाउन सक्दैनौ भने पनि ठीकै छ यो त सहज छ नि–
कसैलाई पनि भन तपाईँले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुहोस्। यो त बिल्कुलै
सहज छ। बाबाले नै भन्नुहुन्छ– मलाई याद गर त्यसबाट विकर्म विनाश हुनेछन् र यो कुरा
तिमी ब्राह्मणहरू बाहेक अरू कुनै मनुष्यले भन्न सक्दैनन्। अरू कसैले न आत्मालाई, न
परमात्मा बाबालाई चिन्दछन्। केवल यत्तिकै भनिदिन्छन् त्यसैले कसैलाई तीर लाग्दैन।
भगवानको रूप चिन्नुपर्छ। यी सबै नाटकका कलाकार हुन्। हरेक आत्माले शरीरसँग मिलेर
कर्म गर्छ। एक शरीर छोडेर अर्को लिई फेरि पार्ट खेल्छ। ती कलाकारहरूले कपडा फेरेर
भिन्न भिन्न पार्ट खेल्छन्। तिमीले फेरि शरीर फेर्छौ। उनीहरूले अल्पकालको लागि कुनै
मेल वा फिमेलको ड्रेस लगाउँछन्। यहाँ मेलको चोला लियो भने सारा जीवन मेल नै रहनेछन्।
त्यो हदको ड्रामा, यो हो बेहदको। सबैभन्दा पहिलो मुख्य कुरा हो– बाबा भन्नुहुन्छ–
मलाई याद गर। योग शब्द पनि काममा नल्याऊ किनकि योग त अनेक प्रकारका सिक्छन्। ती सबै
हुन् भक्तिमार्गका। अब बाबा भन्नुहुन्छ– मलाई याद गर र घरलाई याद गर तब तिमी घरमा
जानेछौ। शिवबाबा यिनमा आएर शिक्षा दिनुहुन्छ। बाबालाई याद गर्दागर्दै तिमी पावन
बन्नेछौ फेरि पवित्र आत्मा उड्नेछ। जति जति याद गरेको होलान्, सर्भिस गरेको होलान्,
त्यति उनीहरूले उच्च पद पाउनेछन्। यादमा नै धेरै विघ्न पर्छन्। पावन बनेनौ भने फेरि
धर्मराज पुरीमा सजाय पनि खानुपर्नेछ। इज्जत पनि जानेछ, पद पनि भ्रष्ट हुनेछ।
अन्त्यमा सबै साक्षात्कार हुनेछन्। तर केही गर्न सक्ने छैनन्। साक्षात्कार गराइनेछ–
तिमीलाई यति सम्झाइयो फेरि पनि याद गरेनौ, पाप रहिरह्यौ। अब खाऊ सजाय। त्यस समयमा
पढाइको टाइम रहँदैन। अफसोस गर्नेछन्– हामीले के गर्यौँ! अनाहकमा टाइम गुमायौँ। तर
सजाय त खानुपर्छ। कहाँ केही हुन सक्नेछ र। फेल भयौ भने भयौ। फेरि पढ्ने कुरा हुँदैन।
त्यो पढाइमा त फेल भए फेरि पढ्छन्, यो त पढाइ नै पूरा हुनेछ। अन्तिम समयमा
पश्चात्ताप गर्न नपरोस् त्यसको लागि बाबा राय दिनुहुन्छ– बच्चे, राम्रोसँग पढ।
परचिन्तनमा आफ्नो टाइम नगुमाऊ। नत्र धेरै पछुताउनुपर्नेछ। मायाले धेरै उल्टो काम
गराइदिन्छ। कहिल्यै चोरी नगरेको भए पनि चोरी गराउनेछ। पछि स्मृति आउनेछ– हामीलाई त
मायाले धोका दियो। पहिला दिलमा ख्याल आउँछ, फलानो चीज लिऊँ। बुद्धि त मिलेको छ, यो
सही हो वा गलत हो। यो चीज लिएँ भने गलत हुनेछ, लिएँ भने सही हुनेछ। अब के गर्नुछ?
पवित्र रहनु त राम्रो हो नि। सङ्गमा आएर लुज हुनुहुँदैन। हामी भाइ-बहिनी हौँ फेरि
नाम-रूपमा किन फसौँ। देह अभिमानमा आउनुछैन। तर माया बडो जबरजस्त छ। मायाले गलत काम
गराउने सङ्कल्प ल्याउँछ। बाबा भन्नुहुन्छ– तिमीले गलत काम गर्नुछैन। लडाइँ चल्छ फेरि
गिर्छन्, फेरि सही बुद्धि आउँदै आउँदैन। हामीले सही काम गर्नुछ। अन्धाहरूको लट्ठी
बन्नुछ। राम्रोभन्दा राम्रो काम हो यो। शरीर निर्वाहको लागि समय त छ। रातमा निदाउनु
पनि छ। आत्मा थाक्छ त्यसैले फेरि सुत्छ। शरीर पनि सुत्छ। त्यसैले शरीर निर्वाहको
लागि, आराम गर्नको लागि टाइम त छ। बाँकी समय मेरो सर्भिसमा लगाऊ। यादको चार्ट राख।
चार्ट लेख्छन् पनि फेरि चल्दाचल्दै फेल हुन्छन्। बाबालाई याद गर्दैनन्, सर्भिस
गर्दैनन् भने गलत काम भइरहन्छ। अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) परचिन्तनमा आफ्नो समय व्यर्थ गुमाउनुछैन। मायाले कुनै पनि उल्टो काम नगराओस्,
यसमा ध्यान राख्नुछ। सङ्गदोषमा आएर कहिल्यै लुज हुनुछैन। देह अभिमानमा आएर कसैको
नाम-रूपमा फस्नुछैन।
२) घरको यादका साथसाथै
बाबालाई पनि याद गर्नुछ। यादको चार्टको डायरी बनाउनुछ। नोट गर्नुछ– मैले सारा दिनमा
के के गरेँ? कति समय बाबाको यादमा रहेँ?
वरदान:–
नम्रतारूपी
कवचद्वारा व्यर्थको रावणलाई जलाउने सच्चा स्नेही , सहयोगी भव
कसैले जतिसुकै तिम्रो
सङ्गठनमा कमी खोज्ने कोसिस गरोस् तर अलिकति पनि संस्कार-स्वभावको टक्कर
देखिनुहुँदैन। यदि कसैले गाली पनि गर्यो, इन्सल्ट पनि गर्यो भने पनि तिमी सेन्ट (सन्त)
बनिदेऊ। यदि कसैले गलत गर्छ भने पनि तिमी सही रहने गर। कसैले टक्कर लिन्छ भने पनि
तिमीले उसलाई स्नेहको पानी देऊ। यो किन, यस्तो किन– यो सङ्कल्प गरेर आगोमा तेल नहाल।
नम्रताको कवच पहिरिराख। जहाँ नम्रता हुन्छ त्यहाँ स्नेह र सहयोग पनि अवश्य हुन्छ।
स्लोगन:–
मेरोपनका अनेक
हदका भावनाहरू एक “मेरा बाबा” मा समाहित गरिदेऊ।