14.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– ठुला ठुला स्थानमा ठुला ठुला पसल (सेन्टर) खोल , सर्भिस बढाउनको लागि प्लान बनाऊ , मिटिङ गर , विचार चलाऊ।”

प्रश्न:–
स्थूल आश्चर्यहरू त सबैलाई थाहा छ तर सबैभन्दा ठुलो आश्चर्य कुन हो, जुन तिमी बच्चाहरूलाई मात्र थाहा छ?

उत्तर:–
सबैभन्दा ठुलो आश्चर्य त सर्वका सद्गतिदाता बाबा स्वयं आएर पढाउनुहुन्छ। यो आश्चर्यजनक कुरा बताउनको लागि तिमीले आ-आफ्नो पसलको भव्य सजावट (सो) गर्नुपर्छ किनकि मानिसहरू भव्य सजावट देखेरै आउँछन्। त्यसैले सबैभन्दा राम्रो र ठुलो पसल राजधानीमा हुनुपर्छ, जहाँ सबै आएर बुझ्छन्।

गीत:–
मरना तेरी गली में...

ओम् शान्ति ।
शिव भगवानुवाच। रुद्र भगवानुवाच पनि भन्न सकिन्छ किनकि शिवमाला जपिँदैन। जुन मानिसहरूले भक्तिमार्गमा धेरै जप्छन्, त्यसको नाम राखिएको छ रुद्रमाला। कुरा एउटै हो तर सही तरिकामा शिवबाबाले पढाउनुहुन्छ। उहाँको नाम नै हुनुपर्छ, तर रुद्रमाला नाम चल्दै आएको छ। त्यसैले त्यो पनि सम्झाउनुपर्छ। शिव र रुद्रमा कुनै फरक छैन। बच्चाहरूको बुद्धिमा छ– हामी राम्रोसँग पुरुषार्थ गरेर बाबाको मालामा नजिक आउनुछ। यो दृष्टान्त पनि बताइन्छ। जसरी बच्चाहरू दौडेर जान्छन्, निसानासम्म गएर फेरि फर्केर आएर टिचर समक्ष उभिन्छन्। तिमी बच्चाहरूलाई पनि थाहा छ– हामीले ८४ को चक्कर लगायौँ। अब सबैभन्दा पहिला गएर मालामा गाँसिनुछ। त्यो हो मानव विद्यार्थीको दौड। यो हो रुहानी दौड। त्यो दौड तिमीले गर्न सक्दैनौ। यो त हो नै आत्माहरूको कुरा। आत्मा त वृद्ध, जवान वा सानो-ठुलो हुँदैन। आत्मा त उत्रै हुन्छ। आत्माले नै आफ्नो बाबालाई याद गर्नुछ, यसमा कुनै तकलिफको कुरा छैन। पढाइमा कमजोर भए पनि यसमा के तकलिफ छ, केही पनि छैन। सबै आत्माहरू भाइ-भाइ हुन्। त्यो दौडमा जवानहरू तीव्र गतिमा दौडन्छन्। यहाँ त त्यो कुरा छैन। तिमी बच्चाहरूको रुद्र मालामा गाँसिने दौड हो। बुद्धिमा छ– हामी आत्माहरूको पनि वृक्ष छ। त्यो हो शिवबाबाको सबै मनुष्य मात्रको माला। यस्तो होइन– केवल १०८ वा १६१०८ को माला छ। होइन। जति पनि मनुष्य मात्र छन्, ती सबैको माला हो। बच्चाहरूले बुझेका छन्– नम्बरवार हरेक आआफ्नो धर्ममा गएर विराजमान हुनेछन्, जो फेरि कल्प कल्प त्यही ठाउँमा आइरहनेछन्। यो पनि आश्चर्य हो नि। दुनियाँले यी कुराहरू जान्दैन। तिमीहरूमा पनि जो विशालबुद्धिका छन्, उनीहरूले यी कुराहरू बुझ्न सक्छन्।

बच्चाहरूको बुद्धिमा यही ख्याल हुनुपर्छ– हामीले सबैलाई मार्ग कसरी बताउने। यो हो विष्णुको माला। सुरुदेखि लिएर वंशावली सुरुहुन्छ, हाँगाबिँगाहरू सबै छन् नि। त्यहाँ पनि साना साना आत्माहरू रहन्छन्। यहाँ छन् मनुष्य। फेरि सबै आत्माहरू एक्युरेट त्यहाँ खडा हुनेछन्। यी आश्चर्यजनक कुराहरू हुन्। मानिसहरूले यी सबै स्थूल आश्चर्यहरू देख्छन् तर त्यो त केही पनि होइन। यो कति ठुलो आश्चर्य हो– जहाँ सर्वका सद्गतिदाता परमपिता परमात्मा आएर पढाउनुहुन्छ। तिमीले यी सबै प्वाइन्टहरू पनि धारण गर्नुछ। मूल कुरा हो नै गीताका भगवानको। यसमाथि विजय पायौ भने पुग्यो। गीता हो नै सर्व शास्त्रमयी शिरोमणि, भगवानले गाउनुभएको। पहिला सुरुमा यो कोसिस गर्नुछ। आजकाल त ठुलो भव्य सजावट चाहिन्छ, जुन पसलमा धेरै सो हुन्छ, त्यहाँ धेरै मानिसहरू पस्छन्। उनीहरूले सम्झन्छन्– यहाँ राम्रो माल होला। बच्चाहरू डराउँछन्, यति ठुला ठुला सेन्टर खोल्यौँ भने लाख दुई लाख सलामी दिनुपर्छ, तब मनपर्ने मकान मिल्छ। एउटै रोयल ठुलो पसल होस्, ठुला पसल ठुला ठुला सहरहरूमा नै हुन्छन्। तिमीहरूको सबैभन्दा ठुलो पसल राजधानीमा हुनुपर्छ। बच्चाहरूले विचार सागर मन्थन गर्नुपर्छ– कसरी सर्भिस बढ्छ। ठुला पसल भए भने ठुला ठुला मानिसहरू आउनेछन्। ठुलो मानिसको आवाज छिट्टै फैलिन्छ। सबैभन्दा पहिला त यो कोसिस गर्नुपर्छ। सर्भिसको लागि सबैभन्दा ठुलो स्थान यस्तो ठाउँमा बनाऊ, जहाँ ठुला ठुला मानिसहरू आएर देखेर आश्चर्य मानुन् र फेरि त्यहाँ सम्झाउने पनि फस्टक्लास चाहिन्छ। कुनै एकजना सामान्य बी.के. ले सम्झायो भने सम्झन्छन्– सायद सबै बी.के. यस्तै छन्, त्यसैले पसलमा सेल्सम्यान पनि राम्रा फस्टक्लास चाहिन्छन्। यो पनि व्यापार हो नि।

बाबा भन्नुहुन्छ– हिम्मते बच्चे मददे बापदादा। त्यो विनाशी धन त कुनै काममा आउनेछैन। हामीले त आफ्नो अविनाशी कमाइ गर्नुछ, यसमा धेरैको कल्याण हुनेछ। जसरी यी ब्रह्माले पनि गरे। फेरि कोही भोकै कहाँ मर्छन् र। तिमीले पनि खान्छौ, यिनले पनि खान्छन्। यहाँ जुन खानपान मिल्छ, त्यो अरू कतै मिल्दैन। यो सबै बच्चाहरूको नै हो नि। बच्चाहरूले आफ्नो राज्य स्थापना गर्नुछ, यसमा विशालबुद्धि चाहिन्छ। राजधानीमा नाम प्रसिद्ध भयो भने सबैले बुझ्नेछन्। भन्नेछन्– अवश्य यिनीहरूले त सत्य बताउँछन्, विश्वको मालिक त भगवानले नै बनाउनुहुन्छ। मनुष्यले मनुष्यलाई विश्वको मालिक कहाँ बनाउँछ र। बाबाले सर्भिसको वृद्धिको लागि राय दिइरहनुहुन्छ। सर्भिसको वृद्धि तब हुन्छ जब बच्चाहरू उदार मनका हुन्छन्। जुनसुकै कार्य गर्दा पनि उदार मनले गर। कुनै पनि शुभ कार्य आफैले गर्नु– यो धेरै राम्रो हो। भनिन्छ पनि– आफैले गर्ने देवता, भन्दा गर्ने मनुष्य। भन्दा पनि नगर्ने...। बाबा त दाता हुनुहुन्छ, बाबाले कहाँ कसैलाई भन्नुहुन्छ र– यो गर। यस कार्यमा यति लगाऊ। होइन। बाबाले सम्झाउनुभएको छ– ठुला ठुला राजाहरूको हात कहिल्यै बन्द हुँदैन। राजाहरू सदैव दाता हुन्छन्। बाबाले राय दिनुहुन्छ– के के गएर गर्नुपर्छ। होसियारी पनि धेरै चाहिन्छ। मायामाथि विजय पाउनुछ, पद धेरै उच्च छ। अन्त्यमा रिजल्ट निस्कन्छ, फेरि जो धेरै मार्क्सले पास हुन्छन्, उनीहरूलाई खुसी पनि हुन्छ। अन्त्यमा साक्षात्कार त सबैलाई हुन्छ नि, तर त्यस समयमा के गर्न सक्छन् र। तकदिरमा जे छ, त्यही मिल्छ। पुरुषार्थको कुरा अलग हो। बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– विशाल बुद्धि बन। अहिले तिमी धर्म आत्मा बन्छौ। दुनियाँमा धर्मात्मा त धेरै आएर गए नि। उनीहरूको नाम धेरै प्रसिद्ध हुन्छ। फलानो धेरै धर्मात्मा मनुष्य थियो। कोही कोही त पैसा जम्मा गर्दागर्दै अचानक मर्छन्। फेरि ट्रस्टी बन्छन्। कुनै पनि बच्चा नालायक भयो भने फेरि ट्रस्टी बनाउँछन्। यस समयमा त यो पाप आत्माहरूको दुनियाँ हो। ठुला ठुला गुरु आदिलाई दान गर्छन्। जस्तै कश्मीरको महाराजा थिए, विल (शेष पछिको वकसपत्र) गरेर गए जसले गर्दा आर्य समाजीहरूलाई मिलोस्। उनीहरूको धर्म वृद्धि होस्।

अहिले तिमीले के गर्नुछ, कुन धर्मको वृद्धि गर्नुछ? आदि सनातन देवी-देवता धर्मको नै वृद्धि गर्नुछ। यो पनि कसैलाई थाहा छैन। अहिले तिमीले फेरि स्थापना गरिरहेका छौ। ब्रह्माद्वारा स्थापना। अब तिमी बच्चाहरू एकको यादमा रहनुपर्छ। तिमीले यादको बलले नै सारा सृष्टिलाई पवित्र बनाउँछौ किनकि तिम्रो लागि त पवित्र सृष्टि चाहिन्छ। यसमा आगो लाग्नाले पवित्र बन्छ। नराम्रो चीजलाई आगोमा राखेर पवित्र बनाइन्छ। यसमा सबै अपवित्र वस्तु परे पछि राम्रो भएर निस्कन्छ। तिमीलाई थाहा छ– यो धेरै फोहोरी तमोप्रधान दुनियाँ हो। फेरि सतोप्रधान हुनुछ। यो ज्ञान यज्ञ हो नि। तिमी हौ ब्राह्मण। तिमीलाई यो पनि थाहा छ– शास्त्रहरूमा अनेक कुरा लेखिदिएका छन्, यज्ञमा फेरि दक्ष प्रजापिताको नाम देखाएका छन्। फेरि रुद्र ज्ञान यज्ञ कहाँ गयो। यसको लागि पनि बसेर के के कथाहरू लेखेका छन्। यज्ञको वर्णन काइदा अनुसार छैन। बाबाले नै आएर सबै कुरा सम्झाउनुहुन्छ। अहिले तिमी बच्चाहरूले श्रीमतमा ज्ञान यज्ञ रचेका छौ। यो हो ज्ञान यज्ञ र फेरि विद्यालय पनि बन्छ। ज्ञान र यज्ञ दुवै शब्द अलग अलग हुन्। यज्ञमा आहुति दिनुछ। ज्ञान सागर बाबाले नै आएर यज्ञ रच्नुहुन्छ। यो धेरै ठुलो यज्ञ हो, जसमा सारा पुरानो दुनियाँ स्वाहा हुनुछ।

त्यसैले बच्चाहरूले सर्भिसको प्लान बनाउनुछ। गाउँ गाउँमा पनि सर्भिस गर। तिमीलाई धेरैले भन्छन्– गरिबहरूलाई यो नलेज दिनुपर्छ। केवल सल्लाह दिन्छन्, आफूले कुनै काम गर्दैनन्। सर्भिस गर्दैनन्, केवल सल्लाह दिन्छन्– यसो गर, धेरै राम्रो छ। तर हामीलाई फुर्सद छैन। नलेज धेरै राम्रो छ। सबैलाई यो नलेज मिल्नुपर्छ। आफूलाई ठुलो मानिस, तिमीलाई सानो मानिस सम्झन्छन्। तिमी धेरै होसियार रहनुछ। त्यो पढाइसँगै फेरि यो पढाइ पनि मिल्छ। पढाइबाट कुराकानी गर्ने बुद्धि आउँछ। आचरण राम्रो हुन्छ। नपढेका त बुद्धु जस्तै हुन्छन्। कसरी कुरा गर्नुपर्छ, बुद्धि हुँदैन। ठुलो मानिसलाई सदा “हजुर” भनेर सम्बोधन गर्नुपर्छ। यहाँ त कोही कोही यस्ता पनि छन्, जसले पतिलाई पनि तिमी तिमी भनिदिन्छन्। हजुर शब्द रोयल हो। ठुलो मानिसलाई हजुर भनिन्छ।

त्यसैले बाबाले सल्लाह दिनुहुन्छ– दिल्ली जुन परिस्तान थियो, फेरि यसलाई परिस्तान बनाउनुछ। त्यसैले दिल्लीमा सबैलाई सन्देश दिनुपर्छ, विज्ञापन धेरै राम्रोसँग गर्नुछ। टपिकहरू पनि बताइरहनुहुन्छ, टपिकको लिस्ट बनाऊ, फेरि लेख्दै जाऊ। विश्वमा शान्ति कसरी हुन सक्छ, आएर बुझ्नुहोस्। २१ जन्मको लागि निरोगी कसरी बन्न सकिन्छ, आएर बुझ्नुहोस्। यस्ता खुसीका कुराहरू लेखिएको होस्। २१ जन्मको लागि निरोगी, आएर सत्ययुगी डबल सिरताज बन्नुहोस्। सत्ययुगी शब्द त सबैमा लेख। सुन्दर सुन्दर शब्द भएभने जसलाई देखेर मानिसहरू खुसी हुन्छन्। घरमा पनि यस्ता बोर्ड, चित्र आदि राखिएका होऊन्। आफ्नो व्यापार आदि गर। साथसाथै सर्भिस पनि गरिराख। व्यापारमा सारा दिन कहाँ रहनुपर्छ र। माथिबाट केवल रेखदेख गर्नुपर्छ। बाँकी काम असिस्टेन्ट म्यानेजरले चलाउँछन्। कुनै सेठहरू उदार मनका छन् भने असिस्टेन्टलाई राम्रो तलब दिएर पनि गद्दीमा बसाउँछन्। यो त बेहदको सर्भिस हो। अरू सबै हदका सर्भिस हुन्। यो बेहदको सर्भिसमा कति विशालबुद्धि हुनुपर्छ। हामीले विश्वमाथि विजय पाउँछौँ। कालमाथि पनि हामीले विजय पाएर अमर बन्छौँ। यस्ता यस्ता लिखत देखेर आउनेछन् र बुझ्ने कोसिस गर्नेछन्। अमरलोकको मालिक कसरी बन्न सकिन्छ, आएर बुझ्नुहोस्, धेरै टपिकहरू निस्कन सक्छन्। तिमीले कसैलाई पनि विश्वको मालिक बनाउन सक्छौ। त्यहाँ दु:खको नामनिसान हुँदैन। बच्चाहरूलाई कति खुसी हुनुपर्छ। बाबा हामीलाई फेरि के बनाउन आउनुभएको छ! बच्चाहरूलाई थाहा छ– पुरानो सृष्टिबाट नयाँ बन्नुछ, मृत्यु पनि सामुन्ने खडा छ। देख्छौ, लडाइँ लागिरहन्छ। ठुलो लडाइँ लाग्यो भने खेल नै खतम हुनेछ। तिमीलाई त राम्रोसँग थाहा छ। बाबाले धेरै प्यारले भन्नुहुन्छ– मीठे बच्चे! विश्वको बादसाही तिम्रो लागि हो। तिमी विश्वका मालिक थियौ, भारतवर्षमा तिमीले अथाह सुख देख्यौ। त्यहाँ रावण राज्य नै हुँदैन। त्यसैले यति खुसी चाहिन्छ। बच्चाहरूले आपसमा मिलेर सल्लाह गर्नुपर्छ। अखबारहरूमा निकाल्नुपर्छ। दिल्लीमा पनि हवाईजहाजबाट पर्चाहरू खसाल। निमन्त्रणा दिन्छन्, खर्च कुनै धेरै कहाँ लाग्छ र, ठुलो अफिसरले बुझे भने फ्री पनि गर्न सक्छन्।

बाबाले राय दिनुहुन्छ, जसरी कलकत्ता छ, त्यहाँ चौरङ्गीमा फस्टक्लास एउटै रोयल ठुलो पसल होस्, तब ग्राहक धेरै आउनेछन्। मद्रास, मुम्बई जस्ता ठुला ठुला सहरहरूमा ठुलो पसल होस्। बाबा बिजनेसम्यान पनि त हुनुहुन्छ नि। तिमीसँग पाइ पैसा लिएर एक्सचेन्जमा के दिनुहुन्छ! त्यसैले गायन छ– रहमदिल। कौडीबाट हीरासमान बनाउनेवाला, मनुष्यलाई देवता बनाउनेवाला। बलिहारी एक बाबाको हो। बाबा नहुनुभएको भए, तिम्रो के महिमा हुन्थ्यो र। तिमी बच्चाहरूलाई गौरव हुनुपर्छ– भगवानले हामीलाई पढाउनुहुन्छ। नरबाट नारायण बन्ने लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। पहिला सुरुमा जसले अव्यभिचारी भक्ति सुरु गरेका छन्, उनीहरूले नै आएर उच्च पद पाउने पुरुषार्थ गर्नेछन्। बाबाले कति राम्रा राम्रा प्वाइन्टहरू सम्झाउनुहुन्छ, बच्चाहरूले बिर्सन्छन्, तब बाबा भन्नुहुन्छ– प्वाइन्टहरू लेख। टपिकहरू लेखिराख। डाक्टरहरूले पनि किताब पढ्छन्। तिमी हौ मास्टर रुहानी सर्जन। तिमीलाई सिकाउनुहुन्छ– आत्मालाई इन्जेक्सन कसरी लगाउने। यो हो ज्ञानको इन्जेक्सन। यसमा सुई आदि त केही छैन। बाबा अविनाशी सर्जन हुनुहुन्छ, आत्माहरूलाई आएर पढाउनुहुन्छ। तिनै आत्मा अपवित्र बनेका छन्। यो त धेरै सजिलो छ। बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ, उहाँलाई हामीले याद गर्न सक्दैनौँ र! मायाको धेरै अवरोध हुन्छ, त्यसैले बाबा भन्नुहुन्छ– चार्ट राख र सर्भिसको ख्याल गर जसबाट धेरै खुसी हुनेछ। जतिसुकै राम्रो मुरली चलाए पनि योग हुँदैन। बाबासँग सच्चा बन्न पनि धेरै मुस्किल छ। यदि सम्झन्छन्– हामी धेरै तीक्ष्ण छौँ, भने बाबालाई याद गरेर चार्ट पठाउनु पर्छ, अनि बाबाले बुझ्नुहुनेछ– कहाँसम्म सत्य छ वा झुटो? अच्छा, बच्चाहरूलाई सम्झाउनुभयो– सेल्सम्यान बन्नुछ, अविनाशी ज्ञान रत्नहरूको। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) लक्ष्य-उद्देश्यलाई अगाडि राखेर नशामा रहनुछ। मास्टर रुहानी सर्जन बनेर सबैलाई ज्ञानको इन्जेक्सन लगाउनुछ। सर्भिसका साथसाथै यादको पनि चार्ट राख्नुछ, अनि खुसी रहनेछ।

२) कुराकानी गर्दा शिष्टता राम्रो राख्नुछ, ‘हजुर’ भनेर कुरा गर्नुछ। हरेक कार्य उदार मन राखेर गर्नुछ।

वरदान:–
सबै कर्मेन्द्रियहरूको आकर्षणबाट पर कमलसमान रहने दिव्य बुद्धि र दिव्य नेत्रका वरदानी भव

बापदादाद्वारा हरेक ब्राह्मण बच्चालाई जन्म हुनासाथ दिव्य समर्थ बुद्धि र दिव्य नेत्रको वरदान मिलेको छ। जुन बच्चाहरूले आफ्नो जन्मदिनको यो गिफ्ट सदैव यथार्थ रीतिले प्रयोग गर्छन्, उनीहरू कमल पुष्पसमान श्रेष्ठ स्थितिको आसनमा स्थित रहन्छन्। कुनै पनि प्रकारको आकर्षण– देहको सम्बन्ध, देहका पदार्थ वा कुनै पनि कर्मेन्द्रियले उनीहरूलाई आकर्षित गर्न सक्दैन। उनीहरू सबै आकर्षणहरूबाट पर सदैव हर्षित रहन्छन्। उनीहरूले स्वयंलाई कलियुगी पतित विकारी आकर्षणबाट किनारा भएको महसुस गर्छन्।

स्लोगन:–
कहीँ पनि आसक्ति छैन भने शक्ति स्वरूप प्रत्यक्ष हुन्छ।

अव्यक्त इसारा:– आफ्नो श्रेष्ठ सङ्कल्पद्वारा अन्य आत्माहरूका व्यर्थ सङ्कल्प वा विकल्पहरूको बगिरहेको बाढीबाट आफ्नो शक्तिले अल्प समयमा किनारा लगाएर देखाऊ। व्यर्थ सङ्कल्पलाई शुद्ध सङ्कल्पहरूमा परिवर्तित गरिदेऊ। एक स्थानमा हुँदाहुँदै पनि अनेक आत्माहरूमा तिम्रो श्रेष्ठ सङ्कल्प र दिव्य नजरको प्रभाव परोस्।