14.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– दिनहुँ आफूलाई सोध म आत्मा कति शुद्ध बनेको छु , जति शुद्ध बन्छौ त्यति खुसी रहन्छ , सेवा गर्ने उमङ्ग आउँछ।”

प्रश्न:–
हिराजस्तो श्रेष्ठ बन्ने पुरुषार्थ के हो?

उत्तर:–
देही-अभिमानी बन, शरीरमा अलिकति पनि मोह नरहोस्। चिन्ताबाट मुक्त भएर एक बाबाको यादमा रहू– यही श्रेष्ठ पुरुषार्थले हिराजस्तो बनाइदिनेछ। यदि देह-अभिमान छ भने सम्झ अवस्था कच्चा छ। बाबाबाट टाढा छौ। तिमीले यस शरीरको सम्हाल्नु पनि छ किनकि यस शरीरमा रहेर कर्मातीत अवस्थालाई पाउनु छ।

गीत:–
मुखडा देख ले प्राणी...

ओम् शान्ति ।
बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– जसको योगबलले पाप काटिन्छन्, उनीहरूलाई खुसीको पारो चढ्छ। आफ्नो अवस्थालाई आफैँले बच्चाहरूले जान्न सक्छन्। जब अवस्था राम्रो हुन्छ, सेवाको सोख धेरै राम्रो हुन्छ। जति-जति शुद्ध हुँदै जान्छौ, त्यति अरूलाई पनि शुद्ध अथवा योगी बनाउने उमङ्ग आउँछ किनकि तिमी राजयोगी वा राजऋषि हौ। हठयोग ऋषिले तत्त्वलाई भगवान् मान्छन्। राजयोग ऋषिले भगवानलाई पिता मान्छन्। तत्त्वलाई याद गर्नाले उनीहरूका कुनै पाप काटिँदैनन्। तत्त्वसँग योग लगाउनाले कुनै बल मिल्दैन। कुनै पनि धर्मवालाले योगलाई जान्दैनन्, त्यसैले कोही पनि सच्चा योगी बनेर फिर्ता जान सक्दैनन्। अहिले तिमी बच्चाहरूले आफ्नो अवस्था आफैँ पनि जान्न सक्छौ। आत्माले जति बाबालाई याद गर्छ, त्यति खुसी हुन्छ। आफ्नो जाँच राख्नु छ। बच्चाहरूले पनि एक-अर्काको अवस्थालाई, आफ्नो अवस्थालाई जान्न सक्छन्। हेर्नु छ– मेरो कुनै शरीरमा भान त छैन! देह-अभिमान छ भने सम्झ म धेरै कच्चा छु। बाबाबाट धेरै टाढा छु। बाबा फरमान गर्नुहुन्छ– बच्चे, तिमी अब हिराजस्तो बन्नु छ। बाबाले देही-अभिमानी बनाउनुहुन्छ। बाबालाई देह-अभिमान हुँदैन। देह-अभिमान हुन्छ बच्चाहरूलाई। बाबाको यादले तिमी देही-अभिमानी बन्छौ। आफ्नो जाँच गरिराख, हामी कति समय याद गर्छौं। जति याद गर्छौ, त्यति खुसीको पारो चढ्छ र आफूलाई लायक बनाउँछौ। यस्तो पनि नसम्झ– कोही बच्चाहरू कर्मातीत अवस्थामा पुगेका छन्। होइन, दौड (रेस) चलिरहेको छ। दौड जब पूरा हुन्छ, तब फाइनल रिजल्ट हुन्छ। फेरि विनाश पनि सुरु हुनेछ। तबसम्म यो रिहर्सल भइरहनेछ, जबसम्म कर्मातीत अवस्था आओस्। हामी कसैको कुभलो गर्न सक्दैनौँ। अन्त्यमा नै सबैको थाहा हुनेछ। अहिले त थोरै समय बाँकी छ। यी दादाले पनि भन्छन्– प्यारा बच्चाहरू, अहिले थोरै समय बाँकी छ। यस समय एक जनाले पनि कर्मातीत अवस्थालाई पाउन सकेका छैनन्। रोग आदि लाग्छ– यसलाई कर्मभोग भनिन्छ। भोगाइ अरू कसैलाई थाहा हुँदैन। त्यो भित्रको पीडा हुन्छ।

अहिले एकरस अवस्था कसैको बनेको छैन। जति कोसिस गर्छन्, त्यति विकल्प, तुफान धेरै आउँछन्। त्यसैले बच्चाहरूलाई कति खुसी रहनुपर्छ। विश्वको मालिक बन्नु कुनै कम कुरा हो र? मानिसहरू धनवान् छन्, ठुला-ठुला बङ्गला छन् भने खुसी रहन्छ किनकि सुख धेरै छ। अहिले पनि तिमीले बाबाबाट अथाह सुख लिन्छौ। जान्दछौ, बाबाबाट हामी राजाइ लिन्छौँ। शान्तिमा यति खुसी हुँदैन, जति धनमा खुसी हुन्छ। संन्यासीहरू घरबार छोडेर गएर जङ्गलमा बस्थे। कहिल्यै पैसा हातमा राख्दैनथे, केवल रोटी लिन्थे। अहिले त कति धनवान् भएका छन्। सबैलाई पैसाको चिन्ता धेरै छ। वास्तवमा राजालाई प्रजाको चिन्ता रहन्छ, त्यसैले लडाइँको सामान राख्छन्। सत्ययुगमा त लडाइँ आदिको कुरा हुँदैन। अहिले तिमी बच्चाहरूलाई खुसी हुन्छ– हामी आफ्नो राजाइमा जान्छौँ। त्यहाँ डरको कुनै कुरा हुँदैन। ट्याक्स आदिको कुरा हुँदैन। यो शरीरको चिन्ता यहाँ रहन्छ। गाइन्छ– चिन्ताबाट मुक्त स्वामी... तिमीलाई थाहा छ, चिन्ताबाट मुक्त हुनको लागि अहिले हामी यति पुरुषार्थ गर्छौं। फेरि २१ जन्मको लागि कुनै चिन्ता रहँदैन। बाबालाई याद गर्नाले तिमी धेरै अडोल रहन्छौ। रामायणको कथा पनि तिमीमाथि छ। तिमी नै महावीर बन्छौ। आत्माले भन्छ– हामीलाई रावणले हल्लाउन सक्दैन। त्यो अवस्था पछि आउनेछ। अहिले त कोही पनि हल्लिनेछन्। चिन्ता रहनेछ। जब विश्वमा लडाइँ लाग्छ, तब बुझ्नेछन् अब समय आयो। जति बाबालाई याद गर्ने पुरुषार्थ गर्छौ, त्यति फाइदा हुन्छ। पुरुषार्थ गर्ने समय अहिले नै हो। फेरि त विनाशको धुमधाम हुनेछ। अहिले त शरीरमा पनि मोह रहन्छ नि। बाबा स्वयं भन्नुहुन्छ– शरीरको सम्हाल राख। अन्तिम शरीर हो, यसैमा पुरुषार्थ गरेर कर्मातीत अवस्थालाई पाउनु छ। बाँचिरहन्छौ, बाबालाई याद गरिरहन्छौ। बाबा सम्झाउनुहुन्छ– बच्चे, बाँचिरहू। जति बाँच्छौ, त्यति बाबालाई याद गरेर उच्च वर्सा लिन्छौ। अहिले तिम्रो कमाइ भइरहन्छ। शरीरलाई निरोगी तन्दुरुस्त राख, लापरबाही गर्नुहुँदैन। खानपानको सम्हाल राख्यौ भने केही हुँदैन। एकरस चलनले शरीर पनि तन्दुरुस्त रहन्छ। यो अमूल्य तन हो। यसमा पुरुषार्थ गरेर देवी-देवता बन्छौ, त्यसैले बलिहारी यस समयको छ। खुसी रहनुपर्छ। जति बाबा र वर्सालाई याद गर्छौ, त्यति नारायणी नसा चढिरहन्छ। बाबाको यादले नै तिमीले उच्चभन्दा उच्च पद पाउँछौ। हेर्नु छ– म कति खुसीमा, कति नसामा रहन्छु। गरिबहरूलाई त झन् खुसी रहनुपर्छ। धनवान्हरूलाई त धनको चिन्ता रहन्छ। तिमीमध्ये कुमारीहरूलाई त कुनै चिन्ता छैन। हो, कसैका मित्र-सम्बन्धी गरिब छन् भने सम्हाल राख्नुपर्छ। जगाइराख्नु पनि पर्छ। यदि जाग्दैनन् भने फेरि कहिलेसम्म मदत गरिरहने। बाबा भन्नुहुन्छ नि– तिमी सर्भिसएबल आफैँ बन वा स्त्रीलाई रुहानी सेवामा देऊ।

तिमी हौ बाबाका मदतगार। मदत त सबैलाई चाहिन्छ नि। एक्लो बाबाले पनि के गर्नुहुन्छ, कतिलाई मन्त्र दिनुहुन्छ! हामी तिमीलाई दिन्छौँ, तिमीले फेरि अरूलाई दिनु छ, कलमी लगाउनु छ। बच्चाहरूलाई भनिरहनुहुन्छ– जति सकिन्छ मदतगार बन, मन्त्र दिँदै जाऊ। तिम्रा शास्त्रहरूमा पनि छ– सबैलाई सन्देश दिएका थिए– बाबा आउनुभएको छ, वर्सा लिनु छ भने बाबालाई याद गर। देहधारीहरूलाई याद नगर। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन् र वर्सा मिल्नेछ। गीता त धेरै सुन्छन्-सुनाउँछन्। त्यसमा प्रसिद्ध शब्द छ मनमनाभव। बाबालाई याद गर, अनि मुक्ति पाउँछौ। संन्यासीहरूले पनि यो मन पराउनेछन्। मध्याजी भव अर्थात् जीवनमुक्ति। बच्चाहरू बाबाको बन्छन्, त्यसैले बाबा भन्नुहुन्छ– बच्चे, तिम्रो आत्मा पतित छ, पतित चल्न सक्दैनन्। यी बुझ्ने कुराहरू हुन्। तिमीहरू सतोप्रधान थियौ, तमोप्रधान बन्यौ, अब फेरि सतोप्रधान बन्नु छ, त्यसैले बाबा भन्नुहुन्छ– पुरुषार्थ गर, अनि उच्च पद मिल्छ। भक्ति त जन्म-जन्मान्तर गर्दै आएका छौ। तिमीलाई थाहा छ– पहिला-पहिला अव्यभिचारी भक्ति सुरु भयो। अहिले कति व्यभिचारी भक्ति छ। शरीरहरूको पनि पूजा हुन्छ, त्यो हो भूत पूजा। देवताहरू फेरि पनि पवित्र छन्। तर यस समय त सबै तमोप्रधान छन्। त्यसैले पूजा पनि तमोप्रधान हुँदै जान्छ। अहिले बाबालाई याद गर्नु छ। भक्तिको शब्द कुनै बोल्नुहुँदैन। हाय राम– यो पनि भक्तिको शब्द हो। यस्तो कुनै पुकार गर्नुहुँदैन। यसमा केही पनि उच्चारण गर्ने कुरा छैन। ओम् शान्ति पनि घरी-घरी भन्नुछैन। शान्ति अर्थात् म आत्मा शान्त स्वरूप हुँ। त्यो त हुँदै हुँ। यसमा बोल्ने कुरा रहँदैन। अरू कुनै मानिसलाई भन्छौ ओम् शान्ति, उनीहरूले त अर्थ अलिकति पनि बुझ्दैनन्। उनीहरूले त ओम्को ठुलो-ठुलो महिमा गर्छन्। तिमीले त अर्थ बुझ्छौ, फेरि ओम् शान्ति भन्नु पनि व्यर्थ हो। हो, एक-अर्कासँग यसरी सोध्न सक्छौ– शिवबाबाको यादमा छौ? जसरी म पनि बच्चीसँग सोध्छु– यो कसको शृङ्गार गर्छौ? भन्छिन्– शिवबाबाको रथको। यो शिवबाबाको रथ हो नि। जसरी हुसेनको रथ हुन्छ नि। घोडालाई शृङ्गार गर्छन्। घोडाको अर्थ बुझ्दैनन्। धर्म स्थापना गर्नेहरू जो आउँछन्, उनीहरूका आत्माहरू पवित्र हुन्छन्। पुरानो पतित आत्माले धर्म स्थापना गर्न सक्दैन। तिमीले धर्म स्थापना गर्दैनौ, शिवबाबाले तिमीद्वारा गर्नुहुन्छ। तिमीलाई पवित्र बनाउनुहुन्छ। उनीहरूले भक्तिमार्गमा धेरै शृङ्गार आदि गर्छन्। यहाँ शृङ्गार मन पराउँदैनन्। बाबा कति निरहङ्कारी हुनुहुन्छ। स्वयं भन्नुहुन्छ– म धेरै जन्महरूको अन्त्यको पनि अन्त्यमा आउँछु। पहिला सत्ययुगमा हुनुहुनेछ श्री नारायण। श्री लक्ष्मीभन्दा पनि पहिला श्री नारायण आउनेछन्। उनी त ठुला हुनेछन् नि, त्यसैले श्रीकृष्णको नाम गाइएको छ। श्री नारायणभन्दा पनि श्रीकृष्णको महिमा बढी गर्छन्। श्रीकृष्णको नै जन्माष्टमी मनाउँछन्। श्री नारायणको जन्मदिन (बर्थडे) मनाउँदैनन्। यो कसैलाई थाहा छैन श्रीकृष्ण सो श्री नारायण। नाम त बालपनको नै चल्छ नि। फलानोले जन्म लियो, उसको जन्मदिन (बर्थडे) मनाउँछन्, त्यसैले श्रीकृष्णको नै मनाउँछन्। श्री नारायणको कसैलाई थाहा छैन। पहिला-पहिला शिव जयन्ती, फेरि हो श्रीकृष्ण जयन्ती, फेरि रामको... शिवको साथमा गीताको पनि जन्म हुन्छ। शिवबाबा आउनु नै हुन्छ धेरै जन्महरूको अन्त्यको जन्ममा। वृद्ध अनुभवी रथमा नै आउनुहुन्छ। कति राम्रोसँग सम्झाइएको छ, तैपनि कसैको बुद्धिमा आउँदैन।

बाबा भन्नुहुन्छ– यो ज्ञान प्रायः लोप हुन्छ। जब म आएर सुनाउँछु, तब तिमीले पनि सुनाउन सक्छौ। अहिले तिमी बच्चाहरूलाई थाहा छ, हामी भविष्यमा एक्युरेट यो (देवी-देवता) बन्छौँ। बाबाले २-३ प्रकारका साक्षात्कार गराउनुभएको थियो। यो बन्छु, ताजवाला बन्छु, पगरीवाला बन्छु। २-४ राजाइका जन्महरूको साक्षात्कार गराउनुभएको थियो। अहिले तिमीले बुझ्न सक्छौ– यी कुराहरूलाई दुनियाँमा अरू कसैले बुझ्न सक्दैनन्। हो, यति बुझ्छन्– राम्रो कर्म गर्यौ भने राम्रो जन्म मिल्छ। अहिले तिमीले पुरुषार्थ नै भविष्यको लागि गरिरहेका छौ। नरबाट नारायण बन्ने। तिमीलाई थाहा छ– हामीले यो पद पाउँछौँ। यो खुसी बढी उनीहरूलाई रहन्छ, जसले कर्मातीत अवस्थालाई पाउने पुरुषार्थ गरिरहन्छन्। भन्छन्– बाबा, हामी त मम्मा-बाबालाई फलो गर्छौं, तब त तख्तमा बस्न सक्छौँ। यो पनि समझ चाहिन्छ, कति म सेवा गर्छु र कति खुसीमा रहन्छु। आफू खुसीमा रह्यौ भने अरूलाई पनि खुसीमा ल्याउँछौ। भित्र कुनै कमी छ भने मनले खाइरहन्छ। कोही-कोही आएर भन्छन्– बाबा, ममा क्रोध छ। यो भूत छ मभित्र। चिन्ताको कुरा भयो नि। भूतलाई रहन दिनुहुँदैन। क्रोध किन गर्ने! प्रेमले सम्झाउनुपर्छ। बाबाले कोहीमाथि क्रोध कहाँ गर्नुहुन्छ र। शिवबाबाको महिमा छ नि। धेरै झुठो महिमा पनि गर्छन्। म गर्छु के! मलाई भन्छन्– आएर पतितबाट पावन बनाउनुहोस्। जसरी डाक्टरलाई भन्छन्– मेरो रोग दूर गर्नुहोस्। उनीहरूले औषधि दिन्छन्, इन्जेक्सन लगाउँछन्, त्यो त उनीहरूको काम नै हो। ठुलो कुरा कहाँ हो र। पढ्छन् नै सेवाको लागि। बढी पढ्छन् भने बढी कमाइ गर्छन्। बाबाले त कुनै कमाइ गर्नु छैन। उहाँले त कमाइ गराउनु छ। बाबा भन्नुहुन्छ– मलाई तिमीले अविनाशी सर्जन पनि भन्छौ, यो बढी महिमा गरिदिएका छौ। पतित-पावनलाई कुनै सर्जन भनिँदैन। यो केवल महिमा हो। बाबा त केवल भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्। बस्। मेरो पार्ट नै हो तिमीलाई यो सम्झाउने– म एकलाई याद गर, जति याद गर्छौ त्यति उच्च पद पाउँछौ। यो हो नै राजयोगको ज्ञान। गीता जसले पढेका छन्, उनीहरूलाई सम्झाउन सहज हुन्छ। तिमी पूज्य राजाहरूका राजा बन्छौ, फेरि पुजारी बन्नेछौ। तिमीले मेहनत गर्नु छ। तिमीले विश्वलाई पवित्र बनाउँछौ। कति ठुलो पद हो। तिमी सबैले औँला दिन्छौ– कलियुगी पहाडलाई पल्टाउन। बाँकी पहाड आदि केही पनि छैन। अब तिमीलाई थाहा छ– नयाँ दुनियाँ आउनु छ, त्यसैले राजयोग अवश्य सिक्नु छ। बाबाले नै आएर सिकाउनुहुन्छ। सतोप्रधान बन्नु छ। जो कल्प पहिला बनेका थिए, उनीहरूलाई सम्झाउनाले जँच्छ। कुरा त ठिक भन्छन्। अवश्य बाबाले भन्नुभएको थियो– मनमनाभव। शब्द संस्कृत हो। बाबा त हिन्दीमा भन्नुहुन्छ– मलाई याद गर। अहिले तिमीले बुझेका छौ, हामी कति उच्च धर्म, उच्च कर्मवाला थियौँ, तब त गायन छ १६ कला... अब फेरि यस्तो बन्नु छ। आफूलाई हेर्नु छ– कहाँसम्म म सतोप्रधान बनेको छु, पावन बनेको छु। कहाँसम्म नर्कवासीहरूलाई स्वर्गवासी बनाउने सेवा गर्छु। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबासमान निरहङ्कारी बन्नु छ। यस शरीरको सम्हाल गर्दै शिवबाबालाई याद गर्नु छ। रुहानी सेवामा बाबाको मदतगार बन्नु छ।

२) भित्र कुनै पनि भूतलाई रहन दिनुहुँदैन। कहिल्यै कसैमाथि क्रोध गर्नुहुँदैन। सबैसँग धेरै प्रेमले चल्नु छ। माता-पितालाई अनुसरण गरेर तख्तनसीन बन्नु छ।

वरदान:–
स्वार्थ शब्दको अर्थलाई जानेर सदा एकरस स्थितिमा स्थित हुने सहज पुरुषार्थी भव

आजकल एक-अर्कामा जुन लगाव छ, त्यो स्नेहले होइन तर स्वार्थले हो। स्वार्थको कारण लगाव छ र लगावको कारण न्यारा बन्न सक्दैनन्, त्यसैले स्वार्थ शब्दको अर्थमा स्थित होऊ अर्थात् पहिला स्वको रथलाई स्वाहा गर। यो स्वार्थ गयो भने न्यारा बनिहाल्छौ। यस एक शब्दको अर्थलाई जान्नाले सदा एकको र एकरस बन्नेछौ, यही सहज पुरुषार्थ हो।

स्लोगन:–
फरिस्ता रूपमा रहनाले कुनै पनि विघ्नले आफ्नो प्रभाव पार्न सक्दैन।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

सम्पूर्ण पवित्रता तिमी ब्राह्मणहरूको शृङ्गार हो, सदा शृङ्गार गरिएको मूर्ति अर्थात् सदा पवित्र स्वरूपमा स्थित रहेर बेहदको स्टेजमा हिरो पार्ट खेल। सदा ब्रह्मचारी अर्थात् सङ्कल्पमा पनि कुनै प्रकारको अपवित्रताले वृत्तिलाई चञ्चल नबनाओस्। वृत्तिको चञ्चलताले पनि रजिस्टरलाई दागी बनाइदिन्छ त्यसैले वृत्तिबाट पनि सदा ब्रह्मचारी बन।