14.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो पुरुषोत्तम सङ्गमयुग कल्याणकारी युग हो , यसैमा नै परिवर्तन हुन्छ , तिमी कनिष्ठबाट उत्तम पुरुष बन्छौ।”

प्रश्न:–
यस ज्ञानमार्गमा कुन कुरा सोचेमा वा बोलेमा कहिल्यै पनि उन्नति हुन सक्दैन?

उत्तर:–
ड्रामामा रहेछ भने पुरुषार्थ गरिहाल्छौँ। ड्रामाले गराएछ भने गर्नेछौँ। यस्तो सोच्ने वा भन्नेहरूको उन्नति कहिल्यै हुन सक्दैन। यो भन्नु नै गलत हो। तिमीलाई थाहा छ– अहिले हामीले जुन पुरुषार्थ गरिरहेका छौँ, यो पनि ड्रामामा पहिल्यै निश्चित छ। पुरुषार्थ गर्नु नै छ।

गीत:–
यह कहानी है दीवे और तूफान की...

ओम् शान्ति ।
यो हो कलियुगी मानिसहरूको गीत। तर यसको अर्थ उनीहरूले जान्दैनन्। यसको अर्थ तिमीलाई थाहा छ। तिमी हौ अहिले पुरुषोत्तम सङ्गमयुगी। सङ्गमयुगको साथै पुरुषोत्तम पनि लेख्नुपर्छ। बच्चाहरूलाई ज्ञानका प्वाइन्टहरू याद नहुनाले फेरि यस्ता यस्ता शब्द लेख्न भुल्छन्। यो मुख्य कुरा हो, यसको अर्थ पनि तिमीले नै बुझ्न सक्छौ। पुरुषोत्तम महिना पनि हुन्छ। यो फेरि हो पुरुषोत्तम सङ्गमयुग। यो सङ्गम युग पनि एउटा उत्सव हो। यो उत्सव सबैभन्दा उच्च छ। तिमीलाई थाहा छ– अहिले हामी पुरुषोत्तम बनिरहेका छौँ, उत्तमभन्दा उत्तम पुरुष। उच्चभन्दा उच्च धनवानभन्दा धनवान नम्बरवन लक्ष्मी-नारायणलाई भनिन्छ। शास्त्रहरूमा देखाउँछन्– ठुलो प्रलय भयो। फेरि नम्बरवन श्रीकृष्ण पिपलको पातमा सागरमा आउनु भयो। अहिले तिमीले के भन्छौ? नम्बरवन हुनुहुन्छ यी श्रीकृष्ण, जसलाई नै श्यामसुन्दर भनिन्छ। देखाउँछन्– औँला चुस्दै आउनुभयो। बच्चा त गर्भमा नै हुन्छ। त्यसैले सबैभन्दा पहिला ज्ञान सागरबाट निस्कनुभएको उत्तमभन्दा उत्तम पुरुष श्रीकृष्ण हुनुहुन्छ। ज्ञान सागरबाट स्वर्गको स्थापना हुन्छ। त्यसमा नम्बरवन पुरुषोत्तम उहाँ श्रीकृष्ण हुनुहुन्छ र यो हो ज्ञानको सागर, पानीको होइन। प्रलय पनि हुँदैन। कयौँ नयाँ नयाँ बच्चाहरू आउँछन् त्यसैले बाबाले फेरि पुराना प्वइन्टहरू रिपिट गर्नुपर्छ। सत्ययुग-त्रेता-द्वापर-कलियुग... यी ४ युग त छन् नै। पाँचौँ फेरि हो पुरुषोत्तम सङ्गमयुग। यस युगमा मानिस परिवर्तन हुन्छन्। कनिष्ठबाट सर्वोत्तम बन्छन्। जसरी शिवबाबालाई पनि पुरुषोत्तम वा सर्वोत्तम भनिन्छ नि। उहाँ हुनुहुन्छ नै परम आत्मा, परमात्मा। फेरि पुरुषहरूमा उत्तम हुनुहुन्छ लक्ष्मी-नारायण। उहाँहरूलाई यस्तो कसले बनानुभयो? यो तिमी बच्चाहरूलाई मात्रै थाहा छ। तिमी बच्चाहरूले पनि बुझेका छौ, अहिले हामीले त्यस्तै बन्नको लागि पुरुषार्थ गर्छौँ। पुरुषार्थ कुनै ठुलो छैन। एकदम सरल छ। पुरुषार्थ गर्न सिक्नेहरू पनि अबलाहरू कुब्जाहरू छन्, जसले केही पनि पढेलेखेका छैनन्। उनीहरूको लागि कति सहजै सम्झाइन्छ। हेर अहमदाबादमा एक साधु थिए, भन्थे– मैले केही खाँदिन-पिउँदिन। ठीकै छ कसैले सारा जीवन खाँदैन पिउँदैन भने फेरि त्यसबाट के भयो? प्राप्ति त केही छैन नि। वृक्षलाई पनि खाना त मिल्छ नि। मल पानी आदि प्रकृतीबाटै त्यस वृक्षलाई मिल्छ, जसबाट वृक्ष बढ्छ। त्यसले पनि कुनै रिद्धि-सिद्धि पाएको होला। यस्ता धेरै छन् जो आगोबाट, पानीबाट जान्छन्। यसबाट फाइदा के भयो। तिमीलाई त यस सहज राजयोगबाट जन्मजन्मान्तरको लागि फाइदा हुन्छ। बाबाले तिमीलाई जन्मजन्मान्तरको लागि दु:खीबाट सुखी बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! ड्रामा अनुसार मैले तिमीलाई गुह्य कुराहरू सुनाउँछु।

जसरी बाबाले सम्झाउनुभएको छ– शिव र शङ्करलाई किन एउटै भनिदिएका छन्? शङ्करको त यस सृष्टिमा पार्ट नै छैन। शिवको, ब्रह्माको, विष्णुको पार्ट छ। ब्रह्मा र विष्णुको अलराउन्ड पार्ट छ। शिवबाबाको पार्ट पनि अहिले छ, जसले आएर ज्ञान दिनुहुन्छ। फेरि निर्वाणधाममा जानुहुन्छ। बच्चाहरूलाई जायदाद दिएर स्वयं वानप्रस्थमा जानुहुन्छ। वानप्रस्थी बन्नु अर्थात् गुरुद्वारा सिकेर वाणीबाट पर जाने पुरुषार्थ गर्नु। तर फर्केर त कोही जान सक्दैनन् किनकि विकारी भ्रष्टाचारी छन्। जन्म त सबैको विकारबाट हुन्छ। लक्ष्मी-नारायण निर्विकारी हुनुहुन्छ, उहाँहरूको विकारबाट जन्म हुँदैन त्यसैले श्रेष्ठाचारी भनिन्छ। कुमारीहरू पनि निर्विकारी हुन्छन् त्यसैले उनीहरूको अगाडि शिर झुकाउँछन्। त्यसो हुनाले बाबाले सम्झाउनुभयो– यहाँ शङ्करको कुनै पार्ट छैन, बाँकी प्रजापिता ब्रह्मा त अवश्य प्रजाका पिता भए नि। शिवबाबालाई त आत्माहरूका पिता भनिन्छ। उहाँ हुनुहुन्छ अविनाशी पिता, यी गुह्य कुराहरू राम्रोसँग धारण गर्नुछ। जो ठुला ठुला दार्शनिकहरू हुन्छन्, उनीहरूलाई धेरै उपाधि मिल्छन्। श्री श्री १०८ को उपाधि पनि विद्वानहरूलाई मिल्छ। बनारसको कलेजबाट पास गरेर उपाधि लिएर आउँछन्। बाबाले गुप्ताजीलाई त्यसैले बनारस पठाउनुभएको थियो, उनीहरूलाई गएर सम्झाऊ– बाबाको उपाधि पनि आफूलाई दिएर बसेका छौ। बाबालाई श्री श्री १०८ जगदगुरु भनिन्छ। माला नै १०८ को हुन्छ। ८ रत्नको गायन गरिन्छ। यिनीहरू सम्मानसहित उत्तीर्ण हुन्छन् त्यसैले यिनीहरूलाई जप्छन्। फेरि १०८ को यिनीहरूको भन्दा कम पूजा गर्छन्। यज्ञ रच्दा कसैले १००० शालिग्राम बनाउँछन्, कसैले १० हजार, कसैले ५० हजार, कसैले लाख पनि बनाउँछन्। माटाका शालिग्राम बनाएर फेरि यज्ञ रच्छन्। जस्ता जस्ता राम्राभन्दा राम्रा, ठुला सेठ हुन्छन् त्यति नै लाख बनाउँछन्। बाबाले सम्झाउनुभएको छ– माला त ठुलो पनि हुन्छ नि– १६१०८ को माला पनि बनाउँछन्। यो कुरा तिमी बच्चाहरूलाई बाबा बसेर सम्झाउनुहुन्छ। तिमीहरू सबैले बाबाको साथमा रहेर विश्वको सेवा गरिरहेका छौ। बाबाको पूजा हुन्छ भने बच्चाहरूको पनि पूजा हुनुपर्छ, यो जान्दैनन्– रुद्र पूजा किन हुन्छ। बच्चाहरू त सबै शिवबाबाका हुन्। अहिले सृष्टिको जनसङ्ख्या कति छ यसमा सबै आत्माहरू शिवबाबाका बच्चा ठहरिए नि। तर मददगार सबै हुँदैनन्। अहिले तिमीले जति याद गर्छौ त्यति उच्च बन्छौ। पूजनलायक बन्छौ। यस्तो अरू कसैको तागत छैन जसले यो कुरा सम्झाउँछ त्यसैले भनिदिन्छन्– ईश्वरको अन्त कसैले जान्दैनन्। बाबाले नै आएर सम्झाउनुहुन्छ, बाबालाई ज्ञानको सागर भनिन्छ भने अवश्य ज्ञान दिनुहुन्छ नि। प्रेरणाको त कुरा हुँदैन। भगवानले कुनै प्रेरणाबाट सम्झाउनुहुन्छ र! तिमीलाई थाहा छ– उहाँसँग सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। त्यो ज्ञान उहाँले फेरि तिमी बच्चाहरूलाई सुनाउनुहुन्छ। यो त निश्चय छ– निश्चय हुँदाहुँदै पनि फेरि बाबालाई भुल्छौ। बाबाको याद, यो हो पढाइको सार। यादको यात्राबाट कर्मातित अवस्था पाउनमा मेहनत लाग्छ, यसमा नै मायाका विघ्न आउँछन्। पढाइमा त्यति विघ्न आउँदैनन्। तर शङ्करको लागि भन्छन्, शङ्करले आँखा खोल्छन् अनि विनाश हुन्छ, यो भन्नु पनि ठीक होइन। बाबा भन्नुहुन्छ– न मैले विनाश गराउँछु, न उनीहरूले गर्छन्, यो गलत हो। देवताहरूले कहाँ पाप गर्छन् र। अब शिवबाबा बसेर यी कुराहरू सम्झाउनुहुन्छ। यो शरीर आत्माको रथ हो। हरेक आत्माको आफ्नो रथमा सवारी हुन्छ। बाबा भन्नुहुन्छ– मैले यिनको शरीर लोन लिन्छु, त्यसैले मेरो दिव्य अलौकिक जन्म भनिन्छ। अहिले तिम्रो बुद्धिमा ८४ को चक्र छ। तिमीलाई थाहा छ– अब हामी घर जान्छौँ, फेरि स्वर्गमा आउनेछौँ। बाबाले धेरै सहज बनाएर सम्झाउनुहुन्छ, यसमा निराश (हर्टफेल) हुनुहुँदैन। बच्चाहरूले भन्छन्– बाबा हामीले पढेलेखेका छैनौँ। मुखबाट केही निस्कँदैन। तर यस्तो त हुँदैन। मुख त अवश्य चल्छ नै। खाना खान्छौ मुख चल्छ नि। वाणी ननिस्कने यो त हुन सक्दैन। बाबाले धेरै सिम्पल कुरा सम्झाउनुभएको छ। कोही मौनमा रहन्छन् भने पनि माथि इसारा गर्छन्– उहाँलाई याद गर। दु:खहर्ता सुखकर्ता उहाँ एक मात्रै दाता हुनुहुन्छ। भक्तिमार्गमा पनि दाता हुनुहुन्छ भने अहिले पनि दाता हुनुहुन्छ फेरि वानप्रस्थमा त भइ नै हाल्छ शान्ति। बच्चाहरू पनि शान्तिधाममा रहन्छन्। पार्ट पहिल्यै निश्चित छ, जुन कर्ममा आउँछ। अहिले हाम्रो पार्ट हो– विश्वलाई नयाँ बनाउनु। उहाँ बाबाको नाम धेरै राम्रो छ– हेभेनली गड फादर। बाबा रचयिता हुनुहुन्छ स्वर्गको। बाबाले नर्क कहाँ रच्नुहुन्छ र! पुरानो दुनियाँ कसैले रच्छन् र। भवन सदैव नयाँ बनाइन्छ। शिवबाबाले ब्रह्माद्वारा नयाँ दुनियाँ रच्नुहुन्छ, उहाँलाई यो पार्ट मिलेको छ। यहाँ पुरानो दुनियाँमा जति पनि मानिसहरू छन्, सबैले एकअर्कालाई दु:ख दिइरहन्छन्।

तिमीलाई थाहा छ– हामी शिवबाबाका सन्तान हौँ। फेरि शरीरधारी प्रजापिता ब्रह्माका एडप्ट गरिएका बच्चा भयौ । हामीलाई ज्ञान सुनाउनुहुने शिवबाबा रचयिता हुनुहुन्छ। जसले आफ्नो रचनाको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। तिम्रो लक्ष्य उद्देश्य नै हो लक्ष्मी नारायण बन्नु। हेर मानिसहरूले कति खर्च गरेर मार्बल आदिका मूर्तिहरू बनाउँछन्। यो हो ईश्वरीय विश्व विद्यालय, वर्ल्ड युनिभर्सिटी। यसमा सारा विश्वलाई परिवर्तन गरिन्छ। उनीहरूका जति पनि आचरणहरू छन् ती सबै आसुरी छन्। आदि-मध्य-अन्त्य दु:ख दिन्छन्। यो हो ईश्वरीय युनिभर्सिटी। ईश्वरीय विश्व विद्यालय एउटै हुन्छ, जुन ईश्वर आएर खोल्नुहुन्छ, जसबाट सारा विश्वको कल्याण हुन्छ। तिमी बच्चाहरूलाई अब सही र गलतको समझ मिल्छ र अरू कुनै मानिस छैनन् जसले यो कुरा बुझ्छन्। सही र गलतलाई सम्झाउनुहुने एक मात्रै सदाचारी (राइटियस) बाबा हुनुहुन्छ, जसलाई सत्य भनिन्छ। बाबाले नै आएर हरेकलाई सदाचारी बनाउनुहुन्छ। सदाचारी बन्यौ भने फेरि मुक्तिमा गएर जीवनमुक्तिमा आउँछौ। ड्रामालाई पनि तिमी बच्चाहरूले जान्दछौ। आदिदेखि लिएर अन्त्यसम्म पार्ट खेल्न नम्बरवार आउँछौ। यो खेल चलिरहन्छ। ड्रामा सुट हुँदैजान्छ। यो ड्रामा सदा नयाँ हुन्छ। यो ड्रामा कहिल्यै पुरानो हुँदैन, अरू सबै नाटक आदि विनाश हुन्छन्। यो बेहदको अविनाशी ड्रामा हो। यसमा सबै अविनाशी पार्टधारी छन्। अविनाशी खेल वा मण्डप हेर कति ठुलो छ। बाबा आएर पुरानो सृष्टिलाई फेरि नयाँ बनाउनुहुन्छ। त्यो सबै तिमीलाई साक्षात्कार हुन्छ। तिमी जति अन्त्यको नजिक आउँछौ त्यति फेरि तिमीलाई खुसी हुन्छ। साक्षात्कार गर्नेछौ। भन्छौ– अब पार्ट पूरा भयो। ड्रामा फेरि रिपिट हुनुछ। फेरि नयाँ तरिकाले पार्ट खेल्छौ, जुन कल्प पहिला खेलेका थियौ। यसमा अलिकति पनि फरक हुन सक्दैन, त्यसैले जति हुन सक्छ तिमी बच्चाहरूले उच्च पद पाउनुपर्छ। पुरुषार्थ गर्नुछ, अल्मलिनुछैन। ड्रामाले जे गराउनुछ त्यो गराउँछ– यो भन्नु पनि गलत हो। हामीले त पुरुषार्थ गर्नु नै छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) पढाइको सार बुद्धिमा राखेर यादको यात्राबाट कर्मातित अवस्था प्राप्त गर्नुछ। उच्च, पूजनीय बन्नको लागि बाबाको पूरा पूरा मददगार बन्नुछ।

२) सत्य बाबाद्वारा सही र गलतको जुन समझ मिलेको छ, त्यसबाट सदाचारी बनेर जीवन बन्धनबाट छुट्नुछ। मुक्ति र जीवनमुक्तिको वर्सा लिनुछ।

वरदान:–
आपसमा स्नेहको लेनदेनद्वारा सर्वलाई सहयोगी बनाउने सफलतामूर्त भव

अहिले ज्ञान दिने र लिने अवस्था पार गरेका छौ, अब स्नेहको लेनदेन गर। जो पनि सामुन्ने आउँछ, सम्बन्धमा आउँछ उसलाई स्नेह दिनु र उसँगबाट लिनुछ– यसलाई भनिन्छ सर्वको स्नेही वा लभली। ज्ञान दान अज्ञानीहरूलाई गर्नुछ तर ब्राह्मण परिवारमा यस दानको महादानी बन। सङ्कल्पमा पनि कसैप्रति स्नेह सिवाय अरू कुनै सङ्कल्प उत्पत्ति नहोस्। सबैप्रति स्नेह भयो भने स्नेहको रेस्पोन्ड सहयोग हुन्छ र सहयोगको परिणाम सफलता प्राप्त हुन्छ।

स्लोगन:–
एक सेकेन्डमा व्यर्थ सङ्कल्पहरूमा पूर्णविराम लगाइदेऊ– यही तीव्र पुरुषार्थ हो।

मातेश्वरीजीका अनमोल महावाक्य:–

आजकाल मानिसहरूले मुक्तिलाई नै मोक्ष भन्छन्, उनीहरूले यस्तो सम्झन्छन्– जसले मुक्ति पाउँछन् उनीहरू जन्ममरणबाट छुट्छन्। उनीहरूले त जन्ममरणमा नआउनुलाई नै उच्च स्थिति सम्झन्छन्, त्यसैलाई प्रारब्ध मान्छन्। फेरि जीवनमुक्ति त्यसलाई सम्झन्छन् जसले जीवनमा रहेर राम्रो कर्म गर्छन्, जस्तै धर्मात्मा मानिसहरू छन्, उनीहरूलाई जीवनमुक्त सम्झन्छन्। तर कर्मबन्धनबाट मुक्त हुनु, त्यो त करोडौँमा कुनै विरलैले मात्र बुझ्छन्, अब यो उनीहरूको आफ्नो मत हो। तर हामीले त परमात्माद्वारा जानिसकेका छौँ– मानिस पहिला विकारी कर्मबन्धनबाट मुक्त नभएसम्म, आदि-मध्य-अन्त्य दु:खबाट छुट्न सक्दैनौँ, त्यसैले यसबाट छुट्नु– यो पनि एउटा स्थिति हो। तैपनि पहिला ईश्वरीय ज्ञानलाई धारण गरेपछि मात्र त्यो स्थितिमा पुग्न सकिन्छ र त्यो स्थितिमा लैजानेवाला स्वयं परमात्मा हुनुपर्छ किनकि मुक्ति-जीवनमुक्ति उहाँले नै दिनुहुन्छ, उहाँ पनि एकै समयमामा आएर सबैलाई मुक्ति-जीवनमुक्ति दिनुहुन्छ। तर परमात्मा कुनै अनेकपटक आउनुहुन्न र यस्तो नसम्झनु कि परमात्माले नै सबै अवतार धारण गर्नुहुन्छ। ओम् शान्ति।

अव्यक्त इसारा:– स्वयं र सबैप्रति मनसाद्वारा योगको शक्तिको प्रयोग गर

मनसा सेवा बेहदको सेवा हो। जति तिमी मनसाले, वाणीले स्वयं स्याम्पल (नमुना) बन्छौ, स्याम्पललाई देखेर स्वत: नै आकर्षित हुन्छन्। केवल दृढ सङ्कल्प गर, सेवा सहजै भइरहन्छ। यदि वाणीको लागि समय छैन भने वृत्तिले, मनसा सेवाले परिवर्तन गर्ने समय त छ नि। अब सेवा सिवाय अरूमा समय गुमाउनुछैन। निरन्तर योगी, निरन्तर सेवाधारी बन। यदि मनसा सेवा गर्न आउँदैन भने आफ्नो सम्पर्कले, आफ्नो चालचलनले पनि सेवा गर्न सक्छौ।