15.02.26    Avyakt Bapdada     Nepali Murli    22.02.2009     Om Shanti     Madhuban


बर्थ डेमा फास्ट सो फस्ट डिभिजनमा आउने सौगात लिनका लागि हरेक श्वास , सङ्कल्प समर्थ छ , दिल विशाल र सत्य छ भने हरेक आवश्यकता पूरा हुन्छ


आज जिरो बाबा आफ्ना हिरो बच्चाहरूलाई भेट्न आउनुभएको छ। आजको दिन तिमी सबै पनि बाबाको र बाबासँग आफ्नो पनि जन्मदिन (बर्थ डे) मनाउन आएका छौ। त्यसैले बापदादा सर्व बच्चाहरूलाई चाहे सम्मुख बसेका छौ, चाहे टाढा बसेर दिलको नजिक बसेका छौ, चारैतिरका बच्चाहरूलाई सर्व सम्बन्धले बधाई दिइरहनुभएको छ। त्यसमा पनि बाबा, शिक्षक र सदगुरुका रूपका चारैतिरका बच्चाहरूलाई पालना, पढाइ र वरदानका विशेष तीन बधाई दिइरहनुभएको छ। सबै बच्चाहरूलाई बधाई छ, बधाई छ, बधाई छ!

आज यो विशेष जन्मदिन भक्तहरूले पनि मनाउँछन् तर तिमी बच्चाहरूलाई थाहा छ– यो जन्मदिन बाबा र बच्चाहरूको अविनाशी स्नेहको जन्म दिन हो। आदिदेखि लिएर बाबा र बच्चाहरू साथै छन्, विश्व परिवर्तनको कार्यमा पनि बाबा बच्चाहरूसँग साथै हुनुहुन्छ, किनकि बाबा र बच्चाहरूको धेरै नै स्नेह छ। अहिले पनि साथमा छन् र आफ्नो घर जाँदा पनि साथमा जानुछ। बाबा बच्चाहरूविना जान सक्नुहुन्न र बच्चाहरू बाबाविना जान सक्दैनन् किनकि दिलैदेखिको स्नेहको साथ छ। घरबाट राज्यमा आउँदा पनि ब्रह्माबाबासँग सँगसँगै राज्य गर्नेछौ। त्यसैले सबै जन्महरूमध्ये यो जन्म सबैभन्दा प्यारो र छुट्टै छ। यस जन्मको जति भ्यालु छ त्यति सारा कल्पमा ८४ जन्ममा हुँदैन, यस्तो स्नेही र साथ भएको विशेष यो हीरातुल्य जन्म हो। त्यसैले तिमी सबै आफ्नो जन्मदिन मनाउन आएका हौ वा बाबाको जन्मदिन मनाउन आएका हौ! कि बाबा बच्चाहरूको जन्मदिन मनाउन आउनुभएको हो र बच्चाहरू बाबाको मनाउन आएका हौ? चारैतिर भक्तहरूले पनि शिवजयन्ती वा शिवरात्रि भनेर मनाउँछन्, धेरै प्रेमले मनाउँछन्, बापदादाले भक्तहरूलाई देखेर भक्तहरूलाई पनि भक्तिको फल दिनुहुन्छ। तर तिमीले मनाउनु र भक्तहरूले मनाउनुमा फरक छ। उनीहरूले रात्रि मनाउँछन् र तिमीले अमृतवेला मनाउँछौ, अमृतवेला श्रेष्ठ वेला हो। अमृतवेला नै बापदादाले हरेक बच्चाको झोली वरदानहरूले भरिदिनुहुन्छ। सबैको झोली वरदानहरूले भरिएको छ नि! दिनहुँ वरदाता बाबाबाट वरदान मिल्छ नै। तिमी एक एक बच्चालाई बापदादाद्वारा कति वरदान मिलेका छन्, ती वरदानहरूले झोली भरिएको छ नि। त्यसैले सबै ठुलो उमङ्ग-उत्साहले आइपुगेका छौ। बापदादा पनि बच्चाहरूलाई देखेर धेरै धेरै खुसी भइरहनुभएको छ र गीत गाइरहनुहुन्छ– वाह बच्चा वाह! बच्चाहरूले भन्छन्– वाह बाबा वाह! र बाबा भन्नुहुन्छ– वाह बच्चाहरू वाह! किनकि जति पनि बाबाका बच्चा बनेका छौ तिमीहरू सबै करोडौँमा कोही आत्माहरू हुन्। विश्वमा कति करोड आत्माहरू छन् तर तिनीहरूमध्ये तिमी बच्चाहरूले जसलाई बाबाले भन्नुहुन्छ यिनीहरू लक्की र लभ्ली बच्चाहरू हुन्, ती करोडौँमध्ये कोही तिमी बच्चाहरू हौ। तिमीहरूलाई यसको नसा छ? हामी नै कल्प कल्पका करोडौँमा कोही बच्चाहरू हौँ! वर्तमान समयमा पनि जतिसुकै ठुला ठुला पद भएका आत्माहरू छन् तर बाबालाई चिनेर, बाबाको जन्मदिन मनाउने चारैतिरका बाबालाई चिन्ने बच्चाहरू करोडौँमा कोही छन्। त्यसैले यो खुसी छ– हामी करोडौँमा पनि कोही हौँ! नसा छ! हात उठाऊ। अविनाशी नसा छ नि! कहिलेकाहीँ त होइन? सदा छ र सदा नै रहनेछ। मायाले परीक्षा त लिन्छ नै, अनुभव छ नि! मायाको पनि परमात्म बच्चाहरूसँग धेरै प्रेम छ। बच्चाहरूले जान्दछौ– मायाको परमात्म बच्चाहरूसँग आदिदेखि अहिलेसम्म सम्बन्ध छ। माया र परमात्म बच्चाहरू दुवैको आपसमा कनेक्सन छ, तर मायाको काम हो आउनु र तिमी बच्चाहरूको काम के हो? मायालाई टाढैबाट भगाउनु। आउनै नदिने हो कि आउन दिन्छौ? आउन दिँदैनौ। टाढैबाट भगाऊ। आउन दियौ भने फेरि त्यसको बानी पर्नेछ। त्यसले पनि सम्झन्छ– आउन त दिन्छन् नि, जाऊँ। तर बाबाले देख्नुहुन्छ– कुनै कुनै बच्चाहरूले मायालाई आउन पनि दिन्छन् र खातिरदारी (मानमनितो) पनि गरिदिन्छन्, चिया पानी पनि पिलाइदिन्छन्, थाहा छ, कुन खातिरदारी गर्छन्? मायाको प्रभावमा आएर यही सोच्छन्– अहिल्यै त टु लेटको बोर्ड लागेको छैन, अहिले त समय बाँकी छ। पुरुषार्थ गरिरहेका छौँ, पुगिहाल्छौँ। त्यसैले मायाले पनि सम्झन्छ– एक त आउन दिए, अर्को यिनले त हाम्रो साथ दिइरहेका छन्, खातिरदारी गरिरहेका छन्। कुनै कुनै बच्चाहरूले मायाको पहिचान गरिहाल्छन्, तर कुनै कुनै बच्चाहरूले पहिचान गर्नमा पनि गल्ती गरिदिन्छन्, मायाको मत हो वा बाबाको मत हो, पहिचान नभएका हुनाले मायाको प्रभावमा आइदिन्छन्। तर बापदादा आफ्ना लक्की महावीर विजयी बच्चाहरूलाई भन्नुहुन्छ– आउन नदेऊ, अब आओस् र फेरि भगाऊ, यसमा समय नलगाऊ किनकि समय कम छ र तिम्रो जुन वाचा छ, विश्व परिवर्तक बनेर, विश्व सेवक बनेर विश्वका आत्माहरूलाई बाबाको परिचय दिएर मुक्तिको वर्सा दिलाउँछौँ, त्यो कार्य अहिल्यै समाप्त भएको छैन। त्यो कार्यलाई समाप्त गर्नमा समय लगाउनुछ, यदि मायालाई भगाउनमा समय लगायौ भने विश्व परिवर्तकको जुन वाचा छ त्यो कसरी पूरा गर्छौ! बाबाका साथी हौ नि, जन्मदेखि नै वाचा गरेका छौ, अहिले पनि साथै रहन्छौँ, साथै जान्छौँ... त्यसैले अहिले जुन बाबाबाट शक्तिहरू मिलेका छन् ती शक्तिहरूको आधारले मायालाई टाढैबाट भगाऊ। यसमा टाइम नलगाऊ। हेर, ७० वर्ष पुरुषार्थ गरिरहेका छौ, अब मायाको आउनु र भगाउनु, अब यसको समय होइन किनकि थाहा पनि छ, नलेजफुल (ज्ञानवान) त हौ नि! सारा ड्रामाको नलेज छ, त्यसैले नलेजफुल बच्चाहरूले अहिले समय केमा लगाउनुछ? दुई खजाना धेरै नै जम्मा गर्नुछ। कुन दुई खजाना? एक सङ्कल्प र अर्को समय। दुवै खजाना महान छन् र तिमी सबैलाई थाहा छ किनकि तिमीहरू नलेजफुल बाबाका नलेजफुल बच्चाहरू हौ। मास्टर नलेजफुल हौ नि! फुल (सम्पूर्ण), बुल (साँढे) होइन। कोहीकोही नलेजबुल (अहङ्कारी) छन्, नलेजफुल छैनन्। तिमी को हौ, नलेजफुल हौ? हात उठाऊ। नलेजफुल वा नलेजबुल? सबै नलेजफुल हौ? हात उठायौ, अच्छा। वाह! फुल ज्ञान आएको छ! मायालाई भगाउने ज्ञान छ? पछाडि बस्नेहरूलाई ज्ञान छ? अच्छा। झन्डा त हल्लाइरहेका छन्। माताहरूलाई ज्ञान छ? माताहरू नलेजफुल छन्? डबल फरेनरहरू! डबल फरेनरहरूले पनि झन्डा हल्लाइरहेका छन्। अच्छा, हेर दृश्य कति राम्रो लाग्छ। झन्डा त राम्रो लागिरहेको छ। नलेजफुल अर्थात् मायालाई टाढैबाट भगाउने। त्यसैले यस्ता छौ? किनकि बापदादाले पहिला नै भनिदिनुभएको छ– खजाना जम्मा गर्ने बैङ्क केवल यतिबेला सङ्गमयुगमा हुन्छ फेरि सारा कल्प जम्मा गर्न मिल्दैन। जुन अहिले जम्मा गर्छौ, त्यो काममा लागिरहन्छ। तर जम्मा गर्ने बैङ्क अहिले सङ्गमयुगमा खुल्छ, त्यसैले तिमीले के भन्छौ! सबैलाई सन्देशमा सुनाउँछौ नि, अहिले नभए कहिल्यै हुँदैन। त्यसैले तिमी सबैलाई याद छ नि! अहिले नभए कहिल्यै हुँदैन। यो सदा याद रहन्छ? किनकि सङ्गमयुगको जन्म सबैभन्दा छोटो छ तर यो अमूल्य जन्म हो। यो जन्मको मूल्य सारा कल्प चल्छ। त्यसैले चेक गर्छौ, हाम्रो जम्माको खाता कति छ? जति चाहन्छौ त्यति जम्मा भएको छ? किनकि बापदादाले पहिला नै भनिदिनुभएको छ– अहिले हिँडने समय समाप्त भयो। अहिले उड्ने समय हो। पुरुषार्थको समय पूरा भयो तर अहिले तीव्र पुरुषार्थको समय हो, त्यो पनि थोरै हुन्छ त्यसैले बापदादाले डबल विदेशीहरूलाई टाइटल दिनुभएको छ डबल तीव्र पुरुषार्थी। भन, डबल तीव्र पुरुषार्थी हौ! हात उठाऊ। डबल तीव्र पुरुषार्थी, पक्का। अच्छा। बापदादाले त जन्मदिनको बधाईको साथै तिमीहरूलाई बधाई पनि दिनुहुन्छ। पदम पदम गुणा बधाई छ, बधाई छ, बधाई छ!

बापदादाले देख्नुभयो, जुन बापदादाले होमवर्क दिनुभएको थियो, ओ.के.को, त्यसमा कैयौँ बच्चाहरूले अटेन्सन दिएका छन्। तर १०० नम्बर धेरै कमको मात्रै छ। ५० पर्सेन्ट भएका ज्यादा छन्। तर बापदादा यही चाहनुहुन्छ, सुनाऊँ के चाहनुहुन्छ? बापदादाको हरेक आशाहरूका दीपक, आशा पूरा गर्ने महावीर बच्चाहरूसँग बाबाको यही आशा छ– समय अनुसार यदि अहिल्यैदेखि बहुतकालको तीव्र पुरुषार्थको चार्ट जम्मा गरेनौ भने फेरि कहिले गर्छौ! बापदादाले समय समयमा तीन शब्द याद दिलाउनुहुन्छ– अचानक, एभररेडी र बहुत समयको खाता जम्मा, किनकि बापदादा चाहनुहुन्छ– बच्चाहरू आफ्नो राज्यमा पहिलो जन्मदेखि २१ जन्म अन्त्यसम्म पूरा राज्य भाग्यका अधिकारी बनुन्। अहिले त यसमा खुसी छ नि– आफ्नो राज्य आइ नै हाल्छ। जसरी अहिले सन्देश दिन्छौ– बाबा आउनुभएको छ, त्यसैगरी यो खुसीको खबर पनि सुनाउँछौ– आफ्नो दैवी राज्य सुख शान्तिमय राज्य आइ नै हाल्छ। सबैलाई यो सन्देश दिँदा तिमीले धेरै समयको तीव्र पुरुषार्थ पनि जम्मा गर्नुपर्छ। यो हिसाब बहुतकालदेखि स्मृतिमा राख किनकि मजा नयाँ घरमा हुन्छ। यदि दुई-तीन जन्मपछि आयौ, घर बनाएको दुई-तीन महिना भयो भने के भन्छौ! नयाँ हो वा ३ महिना पुरानो भयो? त्यसैले बापदादा चाहनुहुन्छ– एक एक बापदादाको लाडला बच्चा, वाह वाह बच्चा, बाबाको दिलतख्तनसिन बच्चा, पहिलो जन्ममा ब्रह्माबाबाको साथी भएर आओस्। राम्रो लाग्यो? राम्रो लाग्यो? राम्रो लाग्यो? अच्छा। त्यसैले के गर्नुपर्छ? गर्नु पनि त पर्छ नि। राम्रो त लाग्छ, बाबालाई पनि राम्रो लाग्छ तर के गर्नुपर्छ? अबदेखि, जे भयो भयो, बापदादाले माफ गरिदिनुहुन्छ, बितेको कुरा। अबदेखि जन्मदिनको सौगात बाबालाई के दिन्छौ? बाबालाई केही त सौगात दिन्छौ नि। बाबाको जन्मदिन मनाउन आएका छौ, त्यसैले बाबालाई के सौगात दिन्छौ? बाबाको आशा छ हरेक बच्चामा, लास्टमा पनि फास्ट जान सक्छन्। जो पहिलो पटक आएका छौ, तिमीहरूले हात उठाऊ। अच्छा।

बापदादा सबै लास्टमा आउने बच्चाहरूलाई, पहिलो पटक आएकोमा पदमगुणा बधाई दिइरहनुभएको छ। तर एक भाग्य पनि बताइरहनुभएको छ, भाग्य बनाउने मार्जिन छ किनकि टु लेटको बोर्ड अझै लागेको छैन। यदि कोही लास्टमा आउनेले पनि तीव्र पुरुषार्थ गरेमा लास्ट सो फास्ट र फास्ट सो फस्ट डिभिजनमा आउन सक्छन्, फस्ट नम्बर होइन, उनीहरू त प्रसिद्ध भएका छन्, तर फस्ट डिभिजनमा आउन सक्छन्। राम्रो लाग्यो? नयाँ आएका बच्चाहरूलाई राम्रो लाग्यो? चान्स छ, बापदादाले सिट दिनुहुन्छ तर केही गर्नु पनि त पर्छ। एक एक श्वास, एक एक सङ्कल्प अटेन्सन, हरेक श्वास, हरेक सङ्कल्प समर्थ होस्, व्यर्थ नहोस् किनकि तिमी सबैको चाहे पहिलेका बच्चाहरू, चाहे पछिका तर टाइटल के हो? समर्थ बच्चाहरू हौ, कमजोर बच्चाहरू होइनौ। बापदादाले यादप्यार के दिनुहुन्छ? दिनहुँको यादप्यार लाडला, सिकिलधे, दिलतख्तनसिन बच्चा, त्यसैले बाबाले यो सुनौलो अवसर दिइरहनुभएको छ, लिनेले लेऊ। बाबाले दिनुहुन्छ, बाबा दिनका लागि बाँधिनुभएको छ। छ कोही तीव्र पुरुषार्थी! चान्स छ। टु लेटको बोर्ड लाग्यो भने सकिन्छ। तर बापदादालाई जन्मदिनको सौगात के दिन्छौ? जन्मोत्सव मनाउन आएका हौ नि! बापदादाले त तिमी बच्चाहरूको जन्मदिनमा तिमी सबै बच्चाहरूलाई विशेष सौगात दिनुभएको छ– ९० पर्सेन्ट तिम्रो तीव्र पुरुषार्थ आजदेखि अन्त्यसम्म छ भने १० पर्सेन्ट बापदादाले बढाएर दिनुहुन्छ। मन्जुर छ। अब व्यर्थ खतम। जसरी हेर सत्ययुगका देवताहरू आउँछन् नि, त्यतिबेला उनीहरूलाई थाहा हुँदैन यहाँको भाषा के बोल्छन्। पुरुषार्थ शब्द भन्यौ भने, उनीहरूले भन्छन्– पुरुषार्थ के हो! किनकि ती देवताहरु त प्रारब्धका हुन् नि। त्यसैगरी तिमी तीव्र पुरुषार्थीहरूलाई स्वप्नमा वा सङ्कल्पमा वा प्राक्टिकल कर्ममा व्यर्थ के हुन्छ, त्यसको समाप्ति होस्। हिम्मत छ? १० पर्सेन्ट बाबाले ग्रेस दिनुहुन्छ। मन्जुर छ। हात उठाऊ। कति पर्सेन्ट पक्का? १०० पर्सेन्ट, होइन १०१ पर्सेन्ट, किनकि बापदादालाई बच्चाहरूविना, बच्चाहरूको साथविना राम्रो लाग्दैन। बाबाले सम्झनुहुन्छ– तिमी बच्चाहरूले मेरो बाबा भनिदियौ र बाबाले भनिदिनुभयो मेरो बच्चा, त्यसपछि बाबासमान त बन्नु नै पर्छ। अहिले दृढ सङ्कल्पको आवश्यकता छ। तिमीहरूले किताब छपाएका छौ नि– दृढ सङ्कल्प नै सफलताको चाबी हो। त्यसैले सङ्कल्पलाई साधारण नबनाऊ। तिमी को हौ? यदि यहाँको राष्ट्रपति साधारण चालचलनको भए भने राम्रो लाग्छ? र, तिमी को हौ? तिमी त तीन तख्तका निवासी हौ। सबैभन्दा ठुलो तख्त बापदादाको दिलतख्त। दिलतख्तनसिन पहिलो जन्मका साथी त बन्छौ। चाहे तख्तमा एउटा बस्छ तर रोयल फेमिली राज्य अधिकारी त बन्न सक्छौ। त्यसैले साथ निभाउने हौ, घरैसम्म त साथै जान्छौ। बापदादाले जसरी पनि लैजानुहुन्छ। मार्फत लगे पनि वा डाइरेक्ट लगे पनि तर लैजानु त हुन्छ। त्यसैले के फेरि घरमा बस्छौ, ब्रह्माबाबा जानुहुन्छ र तिमी बस्छौ, राम्रो लाग्छ? राजयोगी हौ नि! आफूलाई के टाइटल दिन्छौ र अर्कालाई पनि के सिकाउँछौ? राजयोग वा प्रजायोग? चाहे रोयल प्रजा भए पनि तर प्रजायोगी त होइनौ? राजयोगी हौ। त्यसैले सबैलाई बाबाले तिमी सबै बच्चाहरूलाई दिनुभएको सौगात याद छ? कहिलेसम्म? अन्त्यसम्म। बापदादाले देख्नुभयो पुरुषार्थ धेरैले गर्छन्, बापदादाले जुनबेला देख्नुहुन्छ बच्चाहरूले मेहनत धेरै गरिरहेका छन् तर बच्चाहरूले मेहनत गरेको देखेर बाबालाई राम्रो लाग्दैन। त्यसैले मुहब्बतमा रह्यौ भने मेहनत खतम हुन्छ। मेरो बाबा, त्यसपछी अरू मेरो खतम। मेरो बाबा भन्यौ भने अनेक मेरो त्यसमा समाहित भयो नि। एउटा खेलौना ल्याउँछौ नि एकमा एक, एकमा एक हुन्छ। एकमा १०-१२ समाहित हुन्छन्, खेलौना बताउँदा एक मेरो बाबा, मेरो बाबा भन्ने हौ नि। मेरो बाबा हुनुहुन्छ नि! महारथीहरूको बाबा त होइन! मेरो बाबा। मेरो बाबा हुनुहुन्छ भने हदको मेरो तेरोमा समाहित गरिदेऊ। मेरोको सट्टा तेरो भन, कति फरक छ, मेरो र तेरो कति फरक छ? मे र ते (अर्थात् मेरो र तेरो)। एक शब्दको फरक छ। त्यसैले पक्का हो नि मेरो बाबा। पक्का हो, कति पर्सेन्ट? १०० पर्सेन्ट, १०० र एक। यसरी एउटा औँला उठाऊ। जसले १०१ भन्छौ, तिमीहरूले औँला उठाऊ। बापदादाले देखिरहनुभएको छ। टिभीमा पनि देखिरहनुभएको छ। अच्छा।

चारैतिरका बापदादाका दिलतख्तनसिन बच्चाहरूलाई, चारैतिरका तीव्र पुरुषार्थी बच्चाहरूलाई, चारैतिरका बापदादाले जुन सौगात दिनुभयो, त्यो सौगातलाई स्वीकार गर्ने र जुन बच्चाहरूले सङ्कल्पले बापदादालाई सौगात दिए, त्यो सङ्कल्पलाई सदा दृढतापूर्वक पूरा गर्ने यस्ता दृढ पुरुषार्थी, प्रतिज्ञा गरेर प्रत्यक्षता गर्ने सर्व बच्चाहरूलाई बापदादाको धेरै धेरै दिलको स्नेह र दिलको यादप्यार स्वीकार होस् एवं सबै बच्चाहरूलाई बारम्बार बधाई! बधाई! बधाई!

वरदान:–
पाहुना हुँ भन्ने वृत्तिद्वारा प्रवृत्तिलाई श्रेष्ठ , स ्थिति लाई उच्च बनाउने सदा उपराम भव

जसले स्वयंलाई पाहुना सम्झेर चल्छन् तिनीहरू आफ्नो देहरूपी घरबाट पनि निर्मोही हुन्छन्। पाहुनाको आफ्नो केही हुँदैन, कार्यमा सबै वस्तुहरू लगाउँछन् तर मेरोपनको भाव हुँदैन। उनीहरू सबै साधनहरूलाई अपनाउँदा पनि जति न्यारा त्यति बाबाका प्यारा हुन्छन्। देह, देहका सम्बन्ध र वैभवहरूबाट सहजै उपराम हुन्छन्। जति पाहुनापनको वृत्ति हुन्छ त्यति प्रवृत्ति श्रेष्ठ र स्थिति उच्च हुन्छ।

स्लोगन:–
आफ्नो स्वभावलाई निर्मल बनाइदियौ भने हरेक कदममा सफलता समाहित हुन्छ।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन।

दुनियाँको अगाडि अब यही वास्तविकता देखाउनुछ– हामी सबै एक हौँ, एकका हौँ, एकरस स्थिति भएका हौँ। एकको लगनमा मग्न रहेर एकको नाम प्रत्यक्ष गर्ने हौँ, अब यो न्यारा र प्यारा स्वर्णिम स्थितिको झन्डा लहराऊ। साना हौ वा ठुला हौ, बिरामी हौ वा स्वस्थ हौ, महारथी हौ वा घोडसवार, सबै एकमत भएर सहयोगी बन्यौ भने सहज सफलतामूर्त बन्नेछौ।