15.03.26 Avyakt Bapdada Nepali Murli 24.03.2009 Om Shanti Madhuban
बापदादाद्वारा मिलेका
खजानाहरूलाई स्वयंमा समाहित गरेर कार्यमा लगाऊ , अनुभवको अथोरिटी बन
आज (बापदादा)
चारैतिरका सर्व खजाना जम्मा गर्ने सम्पन्न बच्चाहरूलाई देखिरहनुभएको छ। साथसाथै
हरेक बच्चाले कहाँसम्म सर्व खजाना जम्मा गरेका छन्, त्यसको रिजल्ट देखिरहनुभएको थियो।
खजाना त बापदादाद्वारा धेरै र अविनाशी प्राप्त भएका छन्। सबैभन्दा पहिला ठुलोभन्दा
ठुलो खजाना हो ज्ञान धन, जसबाट मुक्ति र जीवनमुक्तिको प्राप्ति भएको छ। पुरानो देह
र पुरानो दुनियाँबाट मुक्त जीवनमुक्त स्थिति र मुक्तिधाममा जाने अवसर सबै
बच्चाहरूलाई प्राप्त छ। साथै एक ज्ञानको खजाना मात्र होइन तर योगको खजाना पनि छ
जसबाट सर्व शक्तिहरूको प्राप्ति हुन्छ। साथसाथै धारणा गर्ने खजाना, जसबाट सर्व
गुणहरूको प्राप्ति हुन्छ। यसको साथसाथै सेवाको खजाना जसबाट आशीर्वादको खजाना, खुसीको
खजाना प्राप्त हुन्छ। साथसाथै सबैभन्दा ठुलोभन्दा ठुलो खजाना वर्तमान सङ्गमयुगको
हो, समयको हो किनकि सारा कल्पमा यो सङ्गमको समय अमूल्य खजाना हो। यो सङ्गमको समयको
एक एक सङ्कल्प वा एक एक घडी धेरै अमूल्य छ किनकि सङ्गम समयमा नै बापदादा र
बच्चाहरूको मधुर मिलन हुन्छ र अरू कुनै पनि युगमा परमात्म बाबा र परमात्म बच्चाहरूको
मिलन हुँदैन। साथसाथै सङ्गम समय नै हो जसमा बापदादाद्वारा सर्व खजाना प्राप्त
हुन्छन्। खजाना जम्मा हुने समय सङ्गमयुग नै हो र अरू कुनै पनि युगमा जम्माको खाता,
जम्मा गर्ने बैङ्क नै हुँदैन। केवल एक सङ्गमयुग छ जसमा जति खजाना जम्मा गर्न चाहन्छौ
त्यति गर्न सक्छौ र यो सङ्गम समयको जुन महत्त्व छ त्यो यही हो– एक जन्ममा अनेक
जन्मको लागि खजाना जम्मा गर्न सक्छौ, त्यसैले यो छोटो युगको धेरै महत्त्व छ र यसै
युगमा बापदादाद्वारा सबै बच्चाहरूलाई खजाना पनि प्राप्त हुन्छ। बाबाले सबैलाई
दिनुहुन्छ तर खजानालाई जम्मा गर्नमा हरेक बच्चा आफैले पुरुषार्थ अनुसार जम्मा गर्छ।
बाबा दिने दता पनि एक हुनुहुन्छ र समान रूपले सबैलाई दिनुहुन्छ, एकै समयमा
दिनुहुन्छ तर धारण गर्नमा के देखियो भने बाबाले समान रूपले दिनुभयो तर धारण गर्नमा
हरेकको आआफ्नो पुरुषार्थ देखियो किनकि खजानालाई धारण गर्नको लागि एक त आफ्नो
पुरुषार्थले प्रारब्ध बनाउन सक्छौ, दोस्रो सदा स्वयं सन्तुष्ट रहने र सबैलाई
सन्तुष्ट पार्ने, सन्तुष्टताको विशेषताले खजाना जम्मा गर्न सक्छौ र तेस्रो हो सेवा
किनकि सेवाले सर्व आत्माहरूलाई खुसीको प्राप्ति हुन्छ, त्यसैले खुसीको खजाना
प्राप्त गर्न सक्छौ। आफ्नो पुरुषार्थ र सबैलाई सन्तुष्ट पार्ने पुरुषार्थ र तेश्रो
सेवाको पुरुषार्थ। यी तीनै प्रकारले खजाना जम्मा गर्न सक्छौ। खजाना जम्मा गर्दा
विशेष सम्बन्ध सम्पर्कमा आउँदा एक त निमित्त भाव, निर्माण भाव, निःस्वार्थ भाव,
हरेक आत्माप्रति शुभभावना र शुभकामना राख्न आवश्यक छ। यदि सेवामा वा सम्बन्ध
सम्पर्कमा यो सबै छ भने पुण्यको खाता र आशीर्वादको खाता धेरै सहजै जम्मा गर्न सक्छौ।
बापदादाले सबैको
पोतामेल हेरिरहनुभएको थियो, त्यतिबेला के देखियो? चारैतिरका बच्चाहरूमा नम्बरवार
देखियो। बाबा एक हुनुहुन्छ, एकै समयमा खजाना पनि दिनुहुन्छ तर जम्मा गर्नमा दुई
प्रकारका बच्चाहरू देखिए– एकथरी बच्चाहरूले त जम्मा भएको खजाना खाए, जम्मा पनि गरे
र खाएर खतम गरिदिन्छन्। अर्काथरीले खाए, जम्मा गरे र जम्मा गर्नमा अटेन्सन दिएर
बढाए पनि। खजाना बढाउने साधन के हो? बढाउने साधन हो जुन खजाना मिल्यो त्यो समयमा
जुन परिस्थिति आउँछ त्यो परिस्थिति अनुसार कार्यमा लगाउनु। जसले कार्यमा लगाउँछन्
स्थितिद्वारा परिस्थितिलाई परिवर्तन गर्न सक्छन् उनको जम्मा हुन्छ। कसैले कार्यमा
लगाउँदैनन् भने जम्मा हुँदैन। त्यसैले हरेकले आफूसँग सोध- समयमा आफ्नै लागि वा अरूका
लागि कार्यमा लगाउँछौ! जति कार्यमा लगाउँछौ त्यति बढ्दै जानेछ किनकि कार्यमा लगाएमा
अनुभव हुँदैजान्छ। त्यसैले अनुभवको अथोरिटी थपिँदै जान्छ। त्यसैले चेक गर आफूले
आफैसँग सोध- यी सबै खजाना जम्मा छन्? बढाउने साधन समयमा कार्यमा लगाउँछौ? अनुभवको
अथोरिटी बढ्दै गएको छ? किनकि अथोरिटीहरूमा सबैभन्दा धेरै अनुभवको अथोरिटीको गायन
गरिन्छ। त्यसैले हरेकले आफ्नो खाता बढाउनुछ। चेक गर्नुछ किनकि अझै समय छ चेक गरेर
अहिले पनि खजाना बढाउन सक्छौ। अहिले चान्स छ फेरि यो चान्स पनि खतम हुनेछ। पछि गएर
खजाना बढाउन चाहे पनि बढाउन सक्नेछैनौ।
बापदादाले देख्नुभयो
खजाना त मिल्छन्, खुसीखुसीले आफूमा समाहित गर्ने प्रयत्न पनि गर्छन् तर खजाना मिल्दा,
मुरलीद्वारा नै खजाना मिल्छन्। दुई प्रकारका बच्चाहरू छन्– एक सुन्ने र अर्का हुन्
समाहित गर्ने। कति बच्चाहरू यी कुरा सुनेर धेरै खुसी हुन्छन् तर सुन्नु र समाहित
गर्नु, दुवैमा धेरै फरक छ। समाहित गर्ने अनुभवी बन्दै जान्छन् किनकि समाहित भएको
समयमा कार्यमा लगाउँछन्, खजानालाई बढाइरहन्छन्। सुन्नेले वर्णन गर्छन्, धेरै राम्रो
सुनाउनुभयो, बाबाले धेरै राम्रो कुरा भन्नुभयो, तर समाहित नगरी समयमा काममा ल्याउन
सक्दैनन्। त्यसैले तिमी सबै चेक गर तिमीहरू समाहित गर्नेहरू हौ! अलिकति पनि थोरै छ,
भरपुर छैन भने हलचल हुन्छ। तर समाहित भएको भरपुर छ भने हलचल हुँदैन। त्यसैले आज
बापदादाले सबैको खजाना चेक गर्नुभयो। सुनाएँ नि– दुई प्रकारका बच्चाहरू छन्, अब
आफूलाई चेक गर म को हुँ? खजानालाई बढाउनु अर्थात् समयमा कार्यमा लगाउनु। जति कार्यमा
लगाउँदैजान्छौ त्यति खजाना बढ्दैजान्छ किनकि जति पनि खजाना छन्, ती खजानाका मालिकले
खजानालाई कार्यमा ल्याउँछन्, खजानाले आफैलाई कार्यमा ल्याउँदैन। त्यसैले तिमी
सबैलाई बाबाले वर्सामा सर्व खजाना दिनुभएको छ। अब बाबाको खजानालाई आफ्नो खजाना
बनाउनु यो हरेकले आफ्नो अटेन्सन दिनुछ किनकि जति खजाना भरपुर हुन्छन् त्यति नै तिमी
भरपुर अवस्थामा अचल अडोल हुनेछौ।
बापदादा यही
चाहनुहुन्छ– एक एक बच्चा सम्पन्न होस्, कम नहोस् किनकि यो बाबाद्वारा अविनाशी खाता
जम्मा हुने चान्स, यो केवल अहिले हुनसक्छ, त्यसैले भनिएको पनि छ अहिले नभए कहिल्यै
हुँदैन। यो सङ्गम समयको लागि नै गायन गरिन्छ। भविष्यमा त जति जम्मा गरेका छौ त्यसको
फल प्राप्त गर्छौ तर प्राप्तिको समय केवल अहिले हो। त्यसैले हरेकले आफ्नो खाता
हेर्नुछ। जसको जति भण्डारा भरपुर छ उसको नयनबाट, चालचलनबाट, अनुहारबाट थाहा हुन्छ,
उसको चालचलन र अनुहार यस्तो लाग्छ जस्तै फक्रेको गुलाब पुष्प। बापदादाले हरेकको
चालचलन र अनुहारबाट हेरिरहनुहुन्छ, कति हर्षित, कति प्रसन्नचित्त रहन्छ! नयनबाट
रुहानियत, अनुहारबाट मुस्कराहट र कर्मबाट सबैलाई हरेक गुण अनुभव हुन्छ! त्यसैले
हरेकले आफैलाई चेक गर।
बापदादाको हरेक
बच्चामा यही शुभभावना छ– हरेक बच्चाले अनेक आत्माहरूलाई यस्तो खजानाले सम्पन्न
बनाउन्। आज विश्वका आत्माहरू सबैले केही न केही आध्यात्मिक शक्ति मिलोस् भन्ने
चाहन्छन्। आध्यात्मिक शक्तिका दाता तिमी ब्राह्मण आत्माहरू नै हौ किनकि होलिएस्ट,
हाइएस्ट र रिचेस्ट तिमी आत्माहरू नै हौ। होलिएस्ट पनि सबै आत्माहरूभन्दा धेरै तिमी
नै हौ। तिमी आत्माहरूको पूजा जसरी विधिपूर्वक हुन्छ, त्यसरी अरू कसैको पनि हुँदैन।
अहिले लास्ट जन्ममा पनि तिमी आत्माहरूको पूजा र अरू कुनै पनि धर्मपिता वा महान
आत्माहरू जो निमित्त बनेका छन् उनीहरूको हुँदैन। विधिपूर्वक पूजा बनाउन त यादगार
बनाउँछन् तर विधिपूर्वक पूजा हुँदैन। तिम्रोजस्तो खजाना रिचेस्ट इन द वर्ल्ड, तिमी
ब्राह्मण आत्माहरूको एक जन्मको खजानाको ग्यारेन्टी छ २१ जन्म चल्नु नै छ किनकि
बाबाद्वारा, बाबाको वर्सा मिलेको छ। त्यसैले जसरी बाबा अविनाशी हुनुहुन्छ, त्यसरी
नै बाबाद्वारा मिलेको खजाना पनि अविनाशी हुन्छ, त्यसैले रिचेस्ट इन द वर्ल्ड,
होलिएस्ट इन द वर्ल्ड।
त्यसैले सबैले आफूलाई
यस्तो विशेष सेवाधारी सम्झन्छौ नि! वर्तमान समय अनुसार विश्वका आत्माहरूलाई आवश्यकता
कुन चीजको छ, जान्दछौ नि! आज विश्वलाई खुसी, शक्ति र स्नेहको आवश्यकता छ। सबैले
आत्मिक स्नेह चाहन्छन् तर तिमी ब्राह्मण आत्माहरू अहिले समय अनुसार दाता बन र
मनसाद्वारा शक्तिहरू देऊ, वाचाले ज्ञान देऊ र कर्मणाले गुणदान गर। ब्रह्माबाबाले
अन्त्यमा सबै बच्चाहरूलाई तीन शब्द सौगातमा दिनुभयो, याद छ नि, ती तीन शब्दलाई
सेवामा लगायौ भने धेरै आत्माहरूलाई सन्तुष्ट पार्न सक्छौ। ती तीन शब्द हुन्–
निराकारी, निरहङ्कारी र निर्विकारी। त्यसैले मनसाद्वारा निराकारी, वाचाद्वारा
निरहङ्कारी र कर्मणाद्वारा निर्विकारी। यी तीनै शब्द सेवामा लगाऊ। अहिले विश्वलाई
तिम्रो शक्तिद्वारा अलिकति दिलको आनन्द, सुखको प्राप्ति होस्, सबै निराश छन् र तिमी
विश्वको लागि आशाका सिताराहरू हौ र बापदादाले सबै बच्चाहरूलाई बाबाका आशाहरूका
सितारा देख्नुहुन्छ। केवल भरोसाका सितारा होइनौ, आशाहरू पूर्ण गर्ने आशाका सितारा
हौ।
बापदादाको पासमा
बच्चाहरूको स्नेह सदैव पुग्छ र सबैभन्दा सहज पुरुषार्थ कुन हो? भिन्न भिन्न
पुरुषार्थ छन् तर सबैभन्दा सहज पुरुषार्थ स्नेह हो। स्नेहमा मेहनत पनि मुहब्बतको
रूपमा परिवर्तन हुन्छ। त्यसैले बाबाको स्नेही बन्नु अर्थात् सहज पुरुषार्थ गर्नु।
स्नेहमा तिमी सबैले आफूलाई स्नेही सम्झन्छौ, कहिलेकाहीँ होइन, सदा स्नेही। जसले
आफूलाई सदा स्नेहको सागरमा समाहित भएको सम्झन्छन्, सदा स्नेहको सागरमा समाहित भएको।
डुबुल्की लगाउने होइन, समाहित भएको। जसले आफूलाई यस्तो स्नेहको सागरमा समाहित भएको
सम्झन्छन् उनीहरूले हात उठाऊ। सदा? सदा शब्दलाई अन्डरलाइन गर। हात उठाऊ, सदा, सदा?
हात त राम्ररी उठायौ। बापदादाले हातलाई देखेर खुसी हुनुहुन्छ किनकि हिम्मत राखेका
छौ। केही थोरै भए पनि याद त आउँछ– हात उठाएको छु किनकि बापदादाको एक एक बच्चासँग अति
स्नेह छ। किन? किनकि बापदादालाई थाहा छ– यी एक एक आत्मा अनेकपटक स्नेही बनेका छन्,
अहिले पनि बनेका छन् र हर कल्प यिनै आत्माहरू स्नेही बन्छन्। नसा छ, खुसी छ हामी नै
हरेक कल्पका अधिकारी आत्माहरू हौँ?
बापदादाले यस्ता
अधिकारी आत्माहरूलाई देखेर दिलको आशीर्वाद दिइरहनुभएको छ। सदा अथक बनेर उड्दै जाऊ।
जहिले पनि कुनै परिस्थिति आयो भने स्वस्थितिलाई तलमाथि नपार। स्वस्थितिको अगाडि
परिस्थितिले केही गर्न सक्दैन।
अच्छा, पहिलो पटक को
आएका छौ, उनीहरूले हात उठाऊ। धेरै आएका छौ। बापदादालाई एक एक बच्चालाई देखेर गर्व
छ– वाह मेरा बच्चा वाह! जसरी तिमीले दिलमा गीत गाउँछौ नि अटोमेटिक वाह बाबा वाह!
मेरो बाबा वाह! त्यसरी नै बाबाले पनि बच्चाहरूप्रति यही गीत गाउनुहुन्छ– वाह हरेक
बच्चा वाह! किनकि बाबालाई पनि कल्पपछि तिमी बच्चाहरू नै मिल्छौ र एक एक बच्चा
विश्वको अगाडि महान छौ। त्यसैले बाबा पनि गीत गाउनुहुन्छ वाह बच्चा वाह! वाह वाह हौ
नि! वाह! वाह! बच्चा हौ नि! वाह! वाह! बच्चा, हात उठाऊ।
सदा यही याद राख– हामी
वाह वाह! बच्चा हौँ। चाहे पुरुषार्थी हौँ तर हौँ वाह! वाह! बच्चा, बाबाका वाह! वाह!
बच्चा, बाबाको साथै जानेछौ। छुट्ने त छैनौ नि! बाबा त भन्नुहुन्छ हरेक बच्चालाई
स्नेहको गोदमा साथै लैजाऊँ। त्यसैले तयार छौ! तयार छौ? बाटोमा रोकिने त छैनौ? साथै
जानेछौ किनकि प्रतिज्ञा छ, प्रतिज्ञा त पूरा गर्नेवाला हौ।
अहिले बापदादा यही
चाहनुहुन्छ– आफ्नो फरिस्तारूप इमर्ज गर। हिँड्दाडुल्दा फरिस्ता ड्रेसधारी अनुभव
गराऊ। बापदादाले ड्रिल सुनाउनुभयो नि। वस्त्र परिवर्तन गर्ने बानी त छ नि! त्यसैले
जसरी शरीरको ड्रेस परिवर्तन गर्छौ, त्यसरी नै आत्माको स्वरूप फरिस्ता, बारम्बार
अनुभव गर। फरिस्ताको ड्रेस मन पर्छ नि! जसरी ब्रह्माबाबा अव्यक्त फरिस्तारूपमा वतनमा
बस्नुभएको छ त्यसरी नै बाबासमान तिमीहरू सबैले पनि आफूलाई हिँड्दाडुल्दा
फरिस्तारूपमा अनुभव गर किनकि फरिस्तारूप भयौ भने मात्र देवता बन्छौ। जसरी बाबाका
तीन रूप याद रहन्छ नि। बाबा, शिक्षक र सतगुरु, त्यसरी नै आफ्ना तीन रूप पनि याद गर–
ब्राह्मण सो फरिस्ता र फरिस्ता सो देवता। यी तीन रूप पक्का छ नि! कहिले ब्राह्मणको
ड्रेस लगाऊ, कहिले फरिस्ताको, कहिले देवताको। यी तीनै रूपमा स्वतः नै त्रिकालदर्शीको
सिटमा बसेर साक्षी भएर हरेक कार्य गरिरहन्छौ। त्यसैले सबैबाट बापदादा यही
चाहनुहुन्छ– सदा बाबाको साथमा रहनु, एक्लो नबन। साथ रह्यौ भने साथै जानेछौ। यदि
अहिले कहिलेकाहीँ रहन्छौ भने साथ कसरी जान्छौ! स्नेहीले स्नेहीलाई कहिले बिर्सन
सक्दैन। सारा दिनमा यो अभ्यास गरिरहनु। भर्खरै ब्राह्मण, भर्खरै फरिस्ता, भर्खरै
देवता। अच्छा।
चारैतिरका सर्व
बच्चाहरूलाई जो सदा खजानाबाट सम्पन्न छन्, सदा आफ्नो चालचलन र अनुहारबाट सेवाधारी
छन् किनकि तिमी सबैको प्रतिज्ञा छ हामीले विश्व परिवर्तक बनेर विश्वको परिवर्तन
गर्नेछौँ, त्यसैले हिँड्दाडुल्दा पनि तिमी सेवाधारीहरू सेवामा तत्पर रहन्छौ। यस्ता
विश्व सेवाधारी विश्व परिवर्तक हरेकलाई बाबाको खजानाबाट भरपुर बनाउने बापदादाको
चारैतिरका बच्चाहरूलाई बापदादाको यादप्यार अनि दिलबाट आशीर्वाद एवं नमस्ते। (रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
वरदान:–
मास्टर
त्रिकालदर्शी बनेर हरेक कर्म युक्तियुक्त तरिकाले गर्ने कर्मबन्धन मुक्त भव
जति पनि सङ्कल्प, बोली
वा कर्म गर्छौ– त्यो मास्टर त्रिकालदर्शी बनेर गर त्यसपछि कुनै पनि कर्म व्यर्थ वा
अनर्थ हुन सक्दैन। त्रिकालदर्शी अर्थात् साक्षीपनको स्थितिमा स्थित भएर, कर्महरूको
गुह्य गतिलाई जानेर यी कर्मेन्द्रियहरूद्वारा कर्म गरायौ भने कहिले पनि कर्मको
बन्धनमा बाँधिदैनौ। हरेक कर्म गर्दा कर्मबन्धन मुक्त, कर्मातीत स्थितिको अनुभव
गरिरहन्छौ।
स्लोगन:–
जोसँग हदका
इच्छाहरूको अविद्या छ उही महान सम्पत्तिवान हो।
अव्यक्त इसारा:–
“निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त बन ”
जसरी पहरा दिने
चौकीदार शस्त्रधारी छ र उसलाई निश्चय छ, मेरो शस्त्र दुस्मनलाई भगाउने हो, हार
खुवाउने हो भने ऊ कति निर्भय भएर चलिरहन्छ। त्यसैले तिम्रो पासमा पनि सर्व
शक्तिहरूरूपी शस्त्र सदा साथै छ, केवल आह्वान गर अर्थात् मालिक बनेर अर्डर गर
त्यसपछि सफलता सदा मिलिहाल्छ।