15.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफ्नो स्वभाव बाबासमान इजी बनाऊ , तिमीमा कुनै घमण्ड हुनुहुँदैन , बुद्धि ज्ञानयुक्त होस् , अभिमान नहोस्।”

प्रश्न:–
सर्भिस गर्दागर्दै पनि कति बच्चाहरू बेबीभन्दा पनि बेबी छन्– कसरी?

उत्तर:–
कति बच्चाहरूले सर्भिस गरिरहन्छन्, अरूलाई ज्ञान सुनाइरहन्छन् तर बाबालाई याद गर्दैनन्। भन्छन्– बाबा, याद गर्न बिर्सिन्छ। त्यसैले बाबा उनीहरूलाई बेबी भन्दा पनि बेबी भन्नुहुन्छ किनकि बच्चाले कहिल्यै पितालाई बिर्सिँदैनन्, तिमीलाई जुन बाबाले प्रिन्स-प्रिन्सेस बनाउनुहुन्छ, उहाँलाई तिमीले किन बिर्सन्छौ? यदि बिर्सियौ भने वर्सा कसरी मिल्छ? तिमीले हातले काम गर्दा पनि बाबालाई याद गर्नुछ।

ओम् शान्ति ।
पढाइको लक्ष्य उद्देश्य त बच्चाहरूको अगाडि छ। बच्चाहरूले यो पनि जानेका छौ– बाबा साधारण तनमा हुनुहुन्छ, त्यो तन पनि वृद्ध छ। त्यहाँ वृद्ध त हुन्छन् तैपनि खुसी हुन्छ– हामी बच्चा बन्नेछौँ। त्यसैले यिनले पनि जान्दछन्, यिनलाई यो खुसी छ– म यो बन्नेवाला हुँ। बच्चाकोजस्तै चालचलन हुन्छ। बच्चाहरू जस्तै इजी (सरल) हुन्छन्। घमण्ड आदि केही हुँदैन। बुद्धिमा ज्ञान हुन्छ। जस्तो यिनको छ, त्यस्तै तिमी बच्चाहरूको हुनुपर्छ। बाबा हामीलाई पढाउन आउनुभएको छ, हामी यो बन्नेछौँ। त्यसैले तिमी बच्चाहरूलाई भित्र यो खुसी हुनुपर्छ नि– हामी यो शरीर छोडेर गएर यो बन्नेछौँ। राजयोग सिकिरहेका छौँ। साना बच्चा अथवा ठुला, सबैले शरीर छोड्नेछन्। सबैको लागि पढाइ एउटै हो। यिनले पनि भन्छन्– मैले राजयोग सिक्छु। फेरि गएर म प्रिन्स बन्नेछु। तिमीहरूले पनि भन्छौ– हामी प्रिन्स-प्रिन्सेस बन्नेछौँ। तिमीले पढिरहेका छौ प्रिन्स-प्रिन्सेस बन्नको लागि। अन्त मति सो गति हुनेछ। सबैको बुद्धिमा यो निश्चय छ– हामी बेगरबाट प्रिन्स बन्नेवाला हौँ। यो बेगर दुनियाँ नै खतम हुनुछ। बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। बाबाले बच्चाहरूलाई पनि आफूसमान बनाउनुहुन्छ। शिवबाबा भन्नुहुन्छ– मलाई त प्रिन्स-प्रिन्सेस बन्नुछैन। यी बाबा (ब्रह्मा)ले भन्छन्– मलाई त बन्नु छ नि। हामीले पढिरहेका छौँ, यो बन्नको लागि। राजयोग हो नि। तिमी बच्चाहरूले पनि भन्छौ– हामी प्रिन्स-प्रिन्सेस बन्नेछौँ। बाबा भन्नुहुन्छ– एकदम ठिक छ। तिम्रो मुखमा गुलाबजामुन। यो परीक्षा पनि प्रिन्स-प्रिन्सेस बन्नको लागि हो। नलेज त धेरै सहज छ। बाबालाई याद गर्नुछ र भविष्य वर्सालाई याद गर्नुछ। यही याद गर्नमा नै मेहनत छ। यो यादमा रह्यौ भने फेरि अन्त मति सो गति हुनेछ। संन्यासीहरूले उदाहरण दिन्छन्, कसैले भन्यो भैँसी हुँ... तब साँच्चै त्यस्तै सम्झन थाल्यो। ती सबै फालतु कुरा हुन्। यहाँ त धर्मको कुरा छ। त्यसैले बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– ज्ञान त धेरै सहज छ, तर यादमा मेहनत छ। बाबा अक्सर भन्नुहुन्छ– तिमी त बेबी हौ। यसमा बच्चाहरूको गुनासो आउँछ– हामी बेबी हौँ? बाबा भन्नुहुन्छ– हो, बेबी हौ। हुन त ज्ञान धेरै राम्रो छ, प्रदर्शनीमा सर्भिस धेरै राम्रो गर्छौ, रातदिन सर्भिसमा लागि पर्छौ, तैपनि बेबी भनिदिन्छु। बाबा भन्नुहुन्छ– यिनी (ब्रह्मा) पनि बेबी हुन्। यी बाबा भन्छन्– तिमी मभन्दा पनि ठुला हौ, यिनमाथि त धेरै मामिला छन्। जसको शिरमा मामिला... सबै ख्यालात रहन्छन्। बाबाको पासमा कति समाचार आउँछन्, त्यसैले फेरि बिहान बसेर याद गर्ने कोसिस गर्छन्। वर्सा त उहाँबाटै पाउनुछ। त्यसैले बाबालाई याद गर्नुछ। सबै बच्चाहरूलाई दिनहुँ सम्झाउँछु। मीठे बच्चे, तिमी यादको यात्रामा धेरै कमजोर छौ। ज्ञानमा त राम्रा छौ तर हरेकले आफ्नो दिललाई सोध– म बाबाको यादमा कति रहन्छु? अच्छा, दिनमा धेरै काम आदिमा व्यस्त रहन्छौ, हुन त काम गर्दा पनि यादमा रहन सक्छौ। उखान पनि छ– हथ कार डे दिल यार डे... (हातले काम गर्दा, बुद्धि बाबामा लागिरहोस्)। जस्तै भक्तिमार्गमा पूजा त गरिरहन्छन्, बुद्धि अरू अरूतिर धन्दा आदिमा गइरहन्छ अथवा कुनै स्त्रीको पति विदेशमा छ भने उसको बुद्धि त्यहाँ जान्छ, जससँग धेरै कनेक्सन छ। हुन त सर्भिस राम्रो गर्छन्, फेरि पनि बाबा बेबी बुद्धि भन्नुहुन्छ। धेरै बच्चाहरूले लेख्छन्– हामीले बाबाको याद गर्नै बिर्सन्छौँ। अरे, बाबालाई त बेबीले पनि बिर्सिँदैनन्, तिमी त बेबीभन्दा पनि बेबी हौ। जुन बाबाबाट तिमी प्रिन्स-प्रिन्सेस बन्छौ, उहाँ तिम्रो बाबा-टिचर-गुरु हुनुहुन्छ, तिमीले उहाँलाई बिर्सन्छौ!

जुन बच्चाहरूले आफ्नो पूरा पूरा पोतामेल बाबालाई पठाउँछन्, बाबा उनीहरूलाई नै आफ्नो राय दिनुहुन्छ। बच्चाहरूले बताउनुपर्छ– हामीले बाबालाई कसरी याद गर्छौँ? कहिले याद गर्छौँ? फेरि बाबाले राय दिनुहुनेछ। बाबाले बुझ्नुहुनेछ– यिनको यो सर्भिस छ, यस अनुसार यिनलाई कति फुर्सद हुनसक्छ? गभर्मेन्टको नोकरी गर्नेहरूलाई धेरै फुर्सद हुन्छ। काम थोरै हलुका भयो कि बाबालाई याद गरिराख। घुम्दा-फिर्दा पनि बाबाको याद रहोस्। बाबाले टाइम पनि दिनुहुन्छ। अच्छा, राति ९ बजे सुत, फेरि २-३ बजे उठेर याद गर। यहाँ आएर बस। तर यो बस्ने बानी पनि बाबाले बसाल्नुहुन्न, याद त हिँड्दा-डुल्दा पनि गर्न सक्छौ। यहाँ त बच्चाहरूलाई धेरै फुर्सद छ। पहिला तिमी एकान्तमा पहाडीमा गएर बस्थ्यौ। बाबालाई याद त अवश्य गर्नुछ। नत्र विकर्म विनाश कसरी हुन्छन्। बाबालाई याद गर्न सक्दैनौ भने बेबीभन्दा पनि बेबी जस्तै ठहरियौ नि। सारा यादमा आधारित छ। पतित-पावन बाबालाई याद गर्नमा मेहनत छ। नलेज त धेरै सहज छ। यो पनि जान्दछौ– यहाँ आएर उनीहरूले नै बुझ्नेछन् जो कल्प पहिला आएका थिए। बच्चाहरूलाई डाइरेक्सन मिलिरहन्छ। कोसिस यही गर्नुछ– हामी तमोप्रधानबाट सतोप्रधान कसरी बनौँ। बाबाको यादबाहेक अरू कुनै उपाय छैन। बाबालाई बताउन सक्छौ– बाबा, मेरो यो धन्दा भएको कारण अथवा यो कार्य भएको कारण मैले याद गर्न सक्दिनँ। बाबाले तुरुन्तै राय दिनुहुनेछ– यसो होइन, यसो गर। तिम्रो सारा कुरा यादमा आधारित छ। राम्रा राम्रा बच्चाहरूले ज्ञान त धेरै राम्रो दिन्छन्, कसैलाई खुसी पारिदिन्छन् तर योग हुँदैन। बाबालाई याद गर्नुछ। यो बुझ्दाबुझ्दै पनि फेरि बिर्सन्छन्, यसैमा मेहनत छ। बानी पर्यो भने फेरि एरोप्लेन वा ट्रेनमा बसिरहँदा पनि आफ्नो धुन लागिरहन्छ। भित्र खुसी हुन्छ– हामी बाबाबाट भविष्य प्रिन्स-प्रिन्सेस बनिरहेका छौँ। बिहान उठेर यस्ता बाबाको यादमा बस। फेरि थाक्छौ। अच्छा, यादमा पल्ट। बाबाले युक्तिहरू बताउनुहुन्छ। हिँड्दा-डुल्दा याद गर्न सक्दैनौ भने बाबाले भन्नुहुनेछ– अच्छा, राति नेष्ठामा बस, तब तिम्रो केही जम्मा हुनेछ। तर यो जबरजस्ती एक ठाउँमा बस्नु हठयोग हुन्छ। तिम्रो त हो सहज मार्ग। रोटी खाँदा बाबालाई याद गर। हामी बाबाद्वारा विश्वको मालिक बनिरहेका छौँ। आफूसँग कुरा गरिराख– म यो पढाइबाट यो बन्छु। पढाइमा पूरा अटेन्सन दिनुछ। तिम्रा सब्जेक्ट नै थोरै छन्। बाबाले कति थोरै सम्झाउनुहुन्छ, कुनै कुरा बुझेनौ भने बाबासँग सोध। आफूलाई आत्मा सम्झनुछ, यो शरीर त ५ भुतहरूको हो। म शरीर हुँ, यस्तो भन्नु अर्थात् आफूलाई भुत सम्झनु हो। यो हो नै आसुरी दुनियाँ, त्यो हो दैवी दुनियाँ। यहाँ सबै देह अभिमानी छन्। आफ्नो आत्मालाई कसैले पनि जान्दैनन्। गलत र सही त हुन्छ नि। हामी आत्मा अविनाशी हौँ– यो सम्झनु हो सही। आफूलाई विनाशी शरीर सम्झनु गलत हुन्छ। देहको ठुलो अहङ्कार छ। अब बाबा भन्नुहुन्छ– देहलाई भुल, आत्म अभिमानी बन। यसमा मेहनत छ। ८४ जन्म लियौ, अब घर जानुछ। तिमीलाई नै इजी लाग्छ, तिम्रै ८४ जन्म छन्। सूर्यवंशी देवता धर्मवालाहरूका ८४ जन्म छन्, सुधार(करेक्ट) गरेर लेख्नुपर्छ। बच्चाहरूले पढिरहन्छन्, करेक्सन भइरहन्छ। त्यो पढाइमा पनि नम्बरवार हुन्छन् नि। कम पढ्यौ भने तलब पनि कम मिल्छ। अहिले तिमी बच्चाहरू बाबाकहाँ आएका छौ सच्चा सच्चा नरबाट नारायण बन्ने अमरकथा सुन्न। यो मृत्युलोक अब खतम हुनुछ। हामीलाई अमरलोक जानुछ। अहिले तिमी बच्चाहरूलाई यो चिन्ता लाग्नुपर्छ– हामीलाई तमोप्रधानबाट सतोप्रधान, पतितबाट पावन बन्नुछ। पतित-पावन बाबाले सबै बच्चाहरूलाई एउटै युक्ति बताउनुहुन्छ– केवल भन्नुहुन्छ बाबालाई याद गर, चार्ट राख, अनि तिमीलाई धेरै खुसी हुन्छ। अहिले तिमीलाई ज्ञान छ, दुनियाँ त घोर अन्धकारमा छ। तिमीलाई अब ज्ञान प्रकाश मिल्छ। तिमी त्रिनेत्री, त्रिकालदर्शी बनिरहेका छौ। धेरै यस्ता मानिस पनि छन् जसले भन्छन्– ज्ञान त जहाँतहीँ मिल्छ, यो कुनै नयाँ कुरा होइन। अरे, यो ज्ञान कसैलाई मिल्दैन। यदि त्यहाँ ज्ञान मिले पनि, फेरि पनि गर्ने त केही होइनौ। नरबाट नारायण बन्ने कुनै पुरुषार्थ गर्छन्? केही पनि गर्दैनन्। त्यसैले बाबा बच्चाहरूलाई भन्नुहुन्छ– बिहानको टाइम धेरै राम्रो छ। बडो मजा आउँछ, शान्त भइन्छ, वायुमण्डल राम्रो हुन्छ। सबैभन्दा खराब वायुमण्डल हुन्छ– बेलुकी १० देखि १२ बजेसम्म, त्यसैले सवेरैको टाइम धेरै राम्रो छ। राति चाँडै सुत, फेरि २-३ बजे उठ। आरामले बस। बाबासँग कुरा गर। वर्ल्डको हिस्ट्री-जोग्राफी याद गर। शिवबाबा भन्नुहुन्छ– ममा रचयिता र रचनाको ज्ञान छ नि। मैले तिमीलाई टिचर बनेर पढाउँछु। तिमी आत्माहरूले बाबालाई याद गरिरहन्छौ। भारतवर्षको प्राचीन योग प्रसिद्ध छ। योग कोसँग? यो पनि लेख्नुछ– आत्माको परमात्मासँग योग अर्थात् याद हो। तिमी बच्चाहरूले अहिले जान्दछौ– हामी अलराउन्डर हौँ, पूरा ८४ जन्म लिन्छौँ। यहाँ ब्राह्मण कुलका नै आउँछन्। हामी ब्राह्मण हौँ। अब हामी देवता बन्नेवाला छौँ। सरस्वती पनि छोरी हुन् नि। वृद्ध पनि छु, धेरै खुसी हुन्छ, अब म शरीर छोडेर फेरि गएर राजाको घरमा जन्म लिन्छु। मैले पढिरहेको छु। फेरि गोल्डन स्पुन इन माउथ हुनेछ। तिमीहरू सबैको लक्ष्य उद्देश्य यो हो। यसमा तिमीहरू किन खुसी नहुने। मानिसहरूले जेसुकै भनिरहून्। तिम्रो खुसी किन गुम हुनु पर्यो। बाबालाई याद नै गरेनौ भने नरबाट नारायण कसरी बन्छौ। उच्च बन्नुपर्छ नि। यस्तो पुरुषार्थ गरेर देखाऊ, किन अल्मलिन्छौ? किन निराश हुन्छौ– सबै कहाँ राजा बन्छन् र! यो ख्याल आयो भने फेल भयौ। स्कुलमा ब्यारिस्टरी, इन्जिनियरिङ आदि पढ्छन्। के यस्तो भन्छन्– सबै कहाँ ब्यारिस्टर बन्छन् र। पढेनन् भने फेल हुन्छन्। सारा माला १६१०८ को छ। पहिला सुरुमा को आउँछन्? जति जसले पुरुषार्थ गर्छन्। एक-अर्काभन्दा तीव्र पुरुषार्थ गर्छन् नि। तिमी बच्चाहरूको बुद्धिमा छ– अहिले हामी यो पुरानो शरीर छोडेर घर जानुछ। यो याद रह्यो भने पनि पुरुषार्थ तीव्र हुनेछ। तिमी बच्चाहरूको बुद्धिमा रहनुपर्छ– सबैका मुक्ति-जीवनमुक्तिदाता एउटै बाबा हुनुहुन्छ। आज दुनियाँमा यति करोडौँ मानिस छन्। तिमी ९ लाख हुनेछौ। त्यो पनि लगभग भनिन्छ। सत्ययुगमा अरू कति हुन्छन्। राज्यमा केही मानिस त चाहिन्छन् नि। यो राज्यभाग्य स्थापना भइरहेको छ। बुद्धिले भन्छ– सत्ययुगमा धेरै सानो वृक्ष हुन्छ, ब्युटिफुल। नाम नै हो स्वर्ग, प्याराडाइज। तिमी बच्चाहरूको बुद्धिमा सारा चक्र घुमिरहन्छ। यो चक्र पनि सदा घुमिरह्यो भने त्यो पनि राम्रो।

यो खोकी आदि लाग्छ, यो कर्मभोग हो, यो पुरानो जुत्ता हो। नयाँ त यहाँ मिल्नुछैन। मैले पुनर्जन्म त लिन्नँ। न कुनै गर्भमा जान्छु। म त साधारण तनमा प्रवेश गर्छु। वानप्रस्थ अवस्था छ, अहिले वाणीबाट पर शान्तिधाम जानुछ। जस्तै रातबाट दिन, दिनबाट रात अवश्य हुनुछ, त्यस्तै पुरानो दुनियाँ अवश्य विनाश हुनुछ। यो सङ्गमयुग अवश्य पूरा भएर फेरि सत्ययुग आउनेछ। बच्चाहरूले यादको यात्रामा धेरै ध्यान दिनुछ, जुन अहिले धेरै कम छ, त्यसैले बाबाले बेबी भन्नुहुन्छ। बेबीपना देखाउँछन्। भन्छन्– बाबालाई याद गर्न सक्दिनँ, तब बेबी भनिन्छ नि। तिमी साना बेबी हौ, बाबालाई बिर्सन्छौ? मीठोभन्दा मीठो बाबा, टिचर, गुरु आधा कल्पको मोस्ट बिलबेड (परमप्रिय), उहाँलाई बिर्सन्छौ! आधाकल्प दु:खमा तिमीले उहाँलाई याद गर्दै आयौ, हे भगवान! आत्माले शरीरद्वारा भन्छ नि। अब म आएको छु, राम्रोसँग याद गर। धेरैलाई मार्ग देखाऊ। पछि गएर धेरै वृद्धि हुँदै जानेछ। धर्मको वृद्धि त हुन्छ नि। अरविन्द घोषको उदाहरण। आज उनका कति सेन्टरहरू छन्। अहिले तिमीलाई थाहा छ– ती सबै भक्तिमार्ग हुन्। अहिले तिमीलाई ज्ञान मिल्छ। पुरुषोत्तम बन्ने यो नलेज हो। तिमी मनुष्यबाट देवता बन्छौ। बाबा आएर सबै मैला-फोहोर कपडाहरूलाई सफा गर्नुहुन्छ। उहाँकै महिमा छ। मुख्य हो याद। नलेज त धेरै सहज छ। मुरली पढेर सुनाऊ। याद गरिराख। याद गर्दै गर्दै आत्मा पवित्र हुनेछ। पेट्रोल भरिँदै जानेछ। फेरि यिनीहरू दौडनेछन्। यो शिवबाबाको बरियाँत भन, बच्चा भन। बाबा भन्नुहुन्छ– म आएको छु, काम चिताबाट उतारेर तिमीलाई अब योग चितामा बसाउँछु। योगबाट हेल्थ, ज्ञानबाट वेल्थ मिल्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) लक्ष्य उद्देश्यलाई अगाडि राखेर खुसीमा रहनुछ। कहिल्यै निराश बन्नुछैन– यो ख्याल कहिल्यै नआओस्– सबै कहाँ राजा बन्छन् र। पुरुषार्थ गरेर उच्च पद पाउनुछ।

२) मोस्ट बिल्वेडबाबालाई धेरै प्यारले याद गर्नुछ, यसमा बेबी बन्नुछैन। यादको लागि बिहानको टाइम राम्रो छ। आरामले शान्तिमा बसेर याद गर।

वरदान:–
यज्ञ सेवाद्वारा सर्व प्राप्तिको प्रसाद प्राप्त गर्ने अलराउन्ड सेवाधारी भव

सङ्गमयुगमा अलराउन्ड सेवाको चान्स मिल्नु– यो पनि ड्रामामा एक लिफ्ट हो, जसले प्यारले यज्ञको अलराउन्ड सेवा गर्छन्, उनीहरूलाई सर्व प्राप्तिको प्रसाद स्वतः प्राप्त हुन्छ। उनीहरू निर्विघ्न रहन्छन्। एक पटक सेवा गर्यो र हजार पटक सेवाको फल प्राप्त भयो। सदा स्थूल सूक्ष्म सेवाको लङ्गर लागिरहोस्। कसैलाई पनि सन्तुष्ट पार्नु– यो सबैभन्दा ठुलो सेवा हो। अतिथि सत्कार गर्नु, यो सबैभन्दा ठुलो भाग्य हो।

स्लोगन:–
स्वमानमा स्थित भएमा अनेक प्रकारका अभिमान स्वतः समाप्त हुनेछन्।