15.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे मायाजित बन्नको लागि लापर्बाही गर्न छोड , दु:ख दिनु र दु:ख लिनु यो धेरै ठुलो गल्ती हो , जुन तिमी बच्चाहरूले गर्नु हुँदैन।

प्रश्न:
बाबाको हामी सबै बच्चाहरूप्रति कुनचाहिँ एउटा आशा छ?

उत्तर:
बाबाको आशा छ मेरा सबै बच्चाहरू म समान सदा पवित्र बनुन्। बाबा सदा गोरो हुनुहुन्छ, उहाँ आउनु भएको छ बच्चाहरूलाई कालाबाट गोरा बनाउन। मायाले कालो बनाउँछ, बाबाले गोरो बनाउनु हुन्छ। लक्ष्मी-नारायण गोरा छन्, त्यसैले काला पतित मनुष्य गएर उनीहरूको महिमा गाउँछन्, आफूलाई नीच सम्झन्छन्। अहिले बाबाको श्रीमत मिल्छ प्यारा बच्चाहरू! अब गोरो सतोप्रधान बन्ने पुरुषार्थ गर।

ओम् शान्ति ।
बाबाले के गरिरहनु भएको छ र बच्चाहरू के गरिरहेका छौ? बाबाले पनि जान्नुहुन्छ र बच्चाहरूले पनि जान्दछौ आत्मा जो तमोप्रधान बनेको छ, त्यसलाई सतोप्रधान बनाउनु छ। त्यसलाई स्वर्णिम युग भनिन्छ। बाबाले आत्माहरूलाई देख्नुहुन्छ। आत्मालाई नै विचार चल्छ, म आत्मा कालो बनेको छु। आत्माको कारणले नै फेरि शरीर पनि कालो बनेको छ। लक्ष्मी-नारायणको मन्दिरमा जान्छन्, पहिला त अलिकति पनि ज्ञान थिएन। उनीहरू त सर्वगुण सम्पन्न, गोरा छन्, हामी त काला भूत हौँ भनेर हेर्दथ्यौ। ज्ञान थिएन। अहिले त लक्ष्मी-नारायणको मन्दिरमा गयौ भने सम्झन्छौ, हामी त पहिला यस्तै सर्वगुण सम्पन्न थियौँ, अहिले काला पतित बनेका छौँ। उनीहरूको अगाडि भन्छन्, हामी विकारी पापी हौँ। विवाह गर्दा पहिला लक्ष्मी-नारायणको मन्दिरमा लिएर जान्छन्। दुवै पहिला निर्विकारी हुन्छन् फेरि विकारी बन्छन्। त्यसैले निर्विकारी देवताहरूको अगाडि गएर आफूलाई विकारी पतित हौँ भन्छन्। विवाह भन्दा पहिला यस्तो भन्दैनन्। विकारमा गएपछि मन्दिरमा गएर उनीहरूको महिमा गर्छन्। आजकाल त लक्ष्मी-नारायणका मन्दिरमा, शिवका मन्दिरमा विवाहहरू हुन्छन्। पतित बन्नको लागि कङ्गन बाँध्छन्। अहिले तिमीहरूले गोरो बन्नको लागि कङ्गन बाँध्छौ। त्यसैले गोरो बनाउने शिवबाबालाई याद गर्छौ। जान्दछौ यस रथको भृकुटीको बीचमा शिवबाबा हुनुहुन्छ, उहाँ सदा पवित्र हुनुहुन्छ। उहाँको यही आशा छ बच्चाहरू पनि गोरा बनुन्। म एकलाई याद गरेर पवित्र बनुन्। आत्माले याद गर्नु छ। बाबा पनि बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ। तिमी बच्चाहरूले पनि बाबालाई देखेर सम्झन्छौ, पवित्र बनौँ। त्यसपछि हामी लक्ष्मी-नारायण जस्तै बन्नेछौँ। यो लक्ष्यलाई बच्चाहरूले धेरै सावधानीपूर्वक याद राख्नु पर्छ। यस्तो होइन, बाबाको पासमा आयौँ। फेरि त्यहाँ गएपछि आफ्नै धन्दा आदिमा व्यस्त हुनेछौ। त्यसैले यहाँ सम्मुखमा बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। भृकुटीको बीचमा आत्मा रहन्छ। अकाल आत्माको यो तख्त हो, जुन आत्मा मेरा बच्चा हुन् उनीहरू यस तख्तमा बसेका छन्। स्वयं आत्मा तमोप्रधान छ त्यसैले तख्त पनि तमोप्रधान छ। यी राम्रोसँग बुझ्नुपर्ने कुरा हुन्। यस्ता लक्ष्मी-नारायण बन्नु कुनै साधारण कुरा होइन। अहिले तिमीले जान्दछौ, हामी यिनीहरू जस्तै बनिरहेका छौँ। आत्मा पवित्र बनेर नै जान्छ। फेरि देवी-देवता कहलाउनेछौ। हामी यस्तो स्वर्गको मालिक बन्छौँ। तर माया यस्तो छ जसले भुलाइहाल्छ। कतिले यहाँ सुन्छन् बाहिर गएर भुलिहाल्छन्, त्यसैले बाबाले राम्रोसँग पक्का गराउनु हुन्छ आफूलाई हेर्नु छ जति यी देवताहरूमा गुण छन् ती सबैलाई मैले श्रीमतमा चलेर धारण गरेको छु? चित्र पनि सामुन्नेमा छन्। तिमीलाई थाहा छ हामी यस्तो बन्नु छ। बाबाले नै बनाउनु हुन्छ। अरू कसैले मनुष्यबाट देवता बनाउन सक्दैन। एक बाबा मात्रै यस्तो बनाउनेवाला हुनुहुन्छ। गायन पनि छ मनुष्यबाट देवता...। तिमीहरूमा पनि नम्बरवारले जान्दछौ। यो कुरा भक्तहरूले जान्दैनन्। भगवानको श्रीमत नलिएसम्म केही पनि बुझ्दैनन्। तिमी बच्चाहरूले श्रीमत लिइरहेका छौ। यो राम्रोसँग बुद्धिमा राख हामी शिवबाबाको मतमा बाबालाई याद गर्दागर्दै यस्ता बनिरहेका छौँ। यादद्वारा नै पाप भस्म हुन्छ, अरू कुनै उपाय छैन।

लक्ष्मी-नारायण त गोरा छन् नि। मन्दिरमा फेरि काला बनाएर राखेका छन्। रघुनाथ मन्दिरमा रामलाई कालो बनाएका छन्, किन? कसैलाई थाहा छैन। कुरा कति सानो छ। राम त हुन् त्रेताका। अलिकति फरक हुन्छ, दुई कला कम भयो नि। बाबा सम्झाउनु हुन्छ यिनी सतोप्रधान सुन्दर थिए। प्रजा पनि सतोप्रधान बन्छन् तर सजाय खाएर बन्छन्। जति धेरै सजाय त्यति पद पनि सानो हुन्छ। मेहनत गरेनौ भने पाप काटिँदैन। पद सानो हुन्छ। बाबाले त स्पष्ट पारेर सम्झाउनु हुन्छ। तिमी यहाँ बसेका छौ गोरो बन्नको लागि। तर माया धेरै दुस्मन छ, जसले कालो बनाएको छ। हेर्छ अब गोरो बनाउनेवाला आउनु भएको छ, त्यसैले मायाले सामना गर्छ। बाबा भन्नुहुन्छ यो त ड्रामा अनुसार उसले पनि आधाकल्प पार्ट खेल्नु छ। मायाले घरी घरी मुख मोडेर अर्कातिर लिएर जान्छ। लेख्छन् बाबा, हामीलाई मायाले धेरै हैरान पार्छ। बाबा भन्नुहुन्छ यही युद्ध हो। तिमी गोरोबाट कालो फेरि कालोबाट गोरो बन्छौ, यो खेल हो। सम्झाउन पनि उनीहरूलाई सम्झाउनु हुन्छ जसले ८४ जन्म लिएका छन्। उहाँको पाउ भारतवर्षमा नै पर्छ। यस्तो पनि होइन, भारतवर्षमा सबै ८४ जन्म लिनेहरू छन्।

अहिले तिमी बच्चाहरूको यो समय धेरै महत्त्वपूर्ण छ। हामी यस्तो बन्नु छ र पूरा पुरुषार्थ गर्नुपर्छ। अवश्य बाबाले भन्नु भएको छ केवल मलाई याद गर र दैवीगुण पनि धारणा गर्नु छ। कसैलाई पनि दु:ख दिनु छैन। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! अब यस्तो भुल नगर। बुद्धियोग एक बाबासँग लगाऊ। तिमीहरूले प्रतिज्ञा गरेका थियौ म हजुरमा समर्पण हुने छु। जन्मजन्मान्तर प्रतिज्ञा गर्दै आयौ बाबा, हजुर आउनुभयो भने म हजुरको मतमा नै चल्नेछु, पावन बनेर देवता बन्नेछु। यदि युगलले तिम्रो साथ दिँदैनन् भने तिमीले आफ्नो पुरुषार्थ गर। युगल साथी बन्दैनन् भने जोडी बन्दैन। जसले जति याद गरेको हुन्छ, दैवीगुण धारण गरेको हुन्छ, उनीहरूको नै जोडी बन्छ। जसरी हेर ब्रह्मा-सरस्वतीले राम्रो पुरुषार्थ गरेका छन् त्यसैले जोडी बन्छन्। यिनीहरूले धेरै राम्ररी सेवा गर्छन्, यादमा रहन्छन्, यो पनि गुण हो नि। गोपहरूमा पनि धेरै राम्रा राम्रा बच्चाहरू छन्। कसैले आफै बुझ्छन्, मायाको आकर्षण हुन्छ। यो जन्जिर टुट्दैन। घरी घरी नाम रूपमा फसाइदिन्छ। बाबा भन्नुहुन्छ नाम रूपमा नफस। मसँग नै फस न। जसरी तिमीहरू निराकार छौ, त्यसैगरी म पनि निराकार हुँ। तिमीहरूलाई आफूसमान बनाउँछु। शिक्षकले आफूसमान बनाउँछन् नि। सर्जनले सर्जन बनाउँछन्। उहाँ त बेहदको बाबा हुनुहुन्छ, उहाँको नाम प्रसिद्ध छ। बोलाउँछन् पनि, हे पतित-पावन आउनुहोस्! आत्माले बाबा! आएर हामीलाई पावन बनाउनुहोस् भनी शरीरद्वारा बोलाउँछ। तिमीलाई थाहा छ हामीलाई कसरी पावन बनाइरहनु भएको छ। जसरी हीरामा पनि कुनैमा कालो दाग हुन्छ। अहिले आत्मामा खाद परेको छ। त्यसलाई निकालेर सच्चा सुन बन्छन्। आत्मालाई धेरै पवित्र बन्नु छ। तिम्रो लक्ष्य स्पष्ट छ। अरू सत्सङ्गमा यस्तो कहिल्यै भनिदैन।

बाबा सम्झाउनु हुन्छ तिम्रो उद्देश्य यस्तो बन्ने हो। यो पनि जान्दछौ ड्रामा अनुसार हामी आधाकल्प रावणको सङ्गतमा विकारी बनेका छौँ। अब यस्तो बन्नु छ। तिमीसँग ब्याज पनि छ। यसमा सम्झाउन धेरै सजिलो हुन्छ। उहाँ हुनुहुन्छ त्रिमूर्ति। ब्रह्माद्वारा स्थापना तर ब्रह्माले त गर्दैनन्। उनी त पतितबाट पावन बन्छन्। यी पतितहरू नै फेरि पावन बन्छन्, मनुष्यहरूलाई यो थाहा छैन। अहिले तिमी बच्चाहरूले जान्दछौ पढाइको लक्ष्य उच्च छ। बाबा आउनु हुन्छ पढाउनको लागि। ज्ञान छ नै बाबामा, उहाँले कसैसँग पढ्नुभएको होइन। ड्रामाको योजना अनुसार उहाँमा ज्ञान छ। यस्तो भनिदैन उहाँमा ज्ञान कहाँबाट आयो? भनिदैन, उहाँ हुनुहुन्छ नै ज्ञानको सागर। उहाँले नै तिमीलाई पतितबाट पावन बनाउनु हुन्छ। मनुष्यले त पावन बन्नको लागि गङ्गा आदिमा स्नान गरिरहन्छन्। समुद्रमा पनि स्नान गर्छन्। फेरि पूजा पनि गर्छन्, सागरलाई देवता सम्झन्छन्। वास्तवमा जुन नदीहरू बग्छन् ती त सदा रहन्छन्। कहिल्यै पनि विनाश हुँदैनन्। बाँकी पहिला यिनीहरू व्यवस्थित रहन्थे। बाढी आदिको नामै थिएन। कहिल्यै मनुष्य डुब्दैनथे। त्यहाँ त मनुष्य नै थोरै थिए, फेरि वृद्धि भइरहन्छन्। कलियुग अन्त्यसम्ममा कति मनुष्य हुन्छन्। त्यहाँ त आयु पनि धेरै लामो हुन्छ। कति थोरै मनुष्य हुन्छन्। फेरि २५०० वर्षमा कति वृद्धि हुन्छ। वृक्षको कति विस्तार हुन्छ। सुरु सुरुमा भारतवर्षमा केवल हाम्रो मात्र राज्य थियो। तिमीहरूले यस्तो भन्छौ। तिमीहरूमध्ये पनि कसैलाई याद हुन्छ, हामीले आफ्नो राज्य स्थापना गरिरहेका छौँ। हामी योगबल भएका रुहानी योद्धा हौँ। यो पनि भुल्छन्। हामी मायासँग लडाइँ गर्नेवाला हौँ। अहिले यो राजधानी स्थापना भइरहेको छ। जति बाबालाई याद गर्नेछौ त्यति विजयी बन्छौ। लक्ष्य छ नै यस्तो बन्ने। उहाँद्वारा बाबाले हामीलाई यस्तो देवता बनाउनु हुन्छ। त्यसैले फेरि के गर्नु छ? बाबालाई याद गर्नुपर्छ। यी त भए दलाल। गायन पनि छ जब सतगुरु दलालका रूपमा मिल्नुभयो। बाबाले यो शरीर लिनुहुन्छ। त्यसैले यी बीचमा दलाल भए नि। फेरि तिम्रो योग शिवबाबासँग राख्न लगाउँछन्, बाँकी मगनी आदिको नाम नलेऊ। शिवबाबाले यिनीद्वारा हाम्रो आत्मालाई पवित्र बनाउनु हुन्छ। भन्नुहुन्छ हे प्यारा बच्चाहरू! म बाबालाई यादगर। तिमीहरूले यसो भन्दैनौ म बाबालाई याद गर। तिमीले बाबाको ज्ञान सुनाउँछौ, बाबा यसो भन्नुहुन्छ। यो पनि बाबाले राम्ररी सम्झाउनु हुन्छ। पछि गएर धेरैलाई साक्षात्कार हुन्छ फेरि भित्र दिल खाइरहन्छ। बाबा भन्नुहुन्छ अब समय धेरै कम रहेको छ। यी आँखाद्वारा तिमीहरूले विनाश देख्नेछौ। जब रिहर्सल हुन्छ त्यतिखेर तिमीले जान्नेछौ यसरी विनाश हुन्छ। यी आँखाद्वारा पनि धेरै देख्नेछौ। धेरैलाई वैकुण्ठको पनि साक्षात्कार हुन्छ। यो सबै छिटो छिटो भइरहन्छ। ज्ञानमार्गमा सबै हुन्छ वास्तविकता, भक्तिमार्गमा नक्कल। केवल साक्षात्कार गरे, बन्न कहाँ बने र। तिमी त बन्छौ। जे साक्षात्कार गरेका छौ फेरि यी आँखाले देख्नेछौ। विनाश देख्नु कुनै सामान्य कुरा होइन, कुरै नसोध। एक अर्कामा मारामार गर्छन्। दुई हातले ताली बज्छ नि। दुई भाइलाई छुट्याइदिन्छन्, बसेर आपसमा लडाइँ गर। ड्रामा यस्तो पनि बनेको छ। यस रहस्यलाई उनीहरूले बुझ्दैनन्। दुईलाई छुट्यायो भने लडाइँ गरिरहन्छन्। त्यसैले उनीहरूको बारुद बिकिरहन्छ। कमाइ त भयो नि। तर अन्त्यमा यसबाट काम हुँदैन। घरमा बसी बसी बम फ्याँक्यो समाप्त। त्यसमा न मनुष्यको, न हतियारको आवश्यकता हुन्छ। त्यसैले बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! स्थापना त अवश्य हुनु छ। जति जसले पुरुषार्थ गर्छ त्यति उच्च पद पाउँछ। सम्झाउन त धेरै सम्झाउनु हुन्छ, भगवान भन्नुहुन्छ यो काम विकार नचलाऊ। कामलाई जित्यौ भने जगतजित बन्छौ। आखिरमा कसैलाई तीर अवश्य लाग्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यो समय अति महत्त्वपूर्ण छ, यसमा नै पुरुषार्थ गरेर बाबामा पूरा अर्पण हुनु छ। दैवीगुण धारण गर्नु छ। कुनै पनि प्रकारको गल्ती गर्नु छैन। एक बाबाको मतमा चल्नु छ।

२) लक्ष्यलाई सामुन्ने राखेर धेरै सावधानीपूर्वक चल्नु छ। आत्मालाई सतोप्रधान पवित्र बनाउने मेहनत गर्नु छ। भित्र जति पनि दाग छन्, तिनलाई जाँचेर निकाल्नु छ।

वरदान:
ब्राह्मण जीवनमा हर पल सुखमय स्थितिको अनुभव गर्ने र गराउने सम्पूर्ण पवित्र आत्मा भव

पवित्रतालाई नै सुख शान्तिको जननी भनिन्छ। कुनै पनि प्रकारको अपवित्रताले दु:ख अशान्तिको अनुभव गराउँछ। ब्राह्मण जीवन अर्थात् हरपल सुखमय स्थितिमा रहनेहरू। चाहे दु:खको दृश्य नै किन नहोस्। तर, जहाँ पवित्रताको शक्ति छ त्यहाँ दु:खको अनुभव हुन सक्दैन। पवित्र आत्माहरूले मास्टर सुखकर्ता बनेर दु:खलाई आत्मिक सुखको वायुमण्डलमा परिवर्तन गरिदिन्छन्।

स्लोगन:
साधनहरूको प्रयोग गर्दै साधनालाई बढाउनु नै बेहदको वैराग्य वृत्ति हो।