15.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अमर बाबा आउनुभएको छ तिमीलाई ज्ञानको तेस्रो नेत्र दिन , अहिले तिमीले तीनै काल र तीनै लोकलाई जानेका छौ।”

प्रश्न:–
रुहानी बाबाले रुहहरूलाई कुन आधारमा वर्सा दिनुहुन्छ?

उत्तर:–
पढाइको आधारमा। जुन बच्चाहरूले राम्रोसँग पढ्छन्, देह अभिमानलाई छोडेर देहीअभिमानी रहने पुरुषार्थ गर्छन्, तिनीहरूलाई नै बाबाको वर्सा मिल्छ। लौकिक पिताले केवल बच्चाहरूलाई वर्सा दिन्छन् तर पारलौकिक बाबाको सम्बन्ध रुहहरूसँग छ, त्यसैले रुहहरूलाई वर्सा दिनुहुन्छ।

गीत:–
भोलेनाथ से निराला...

ओम् शान्ति ।
तिमी रुहानी बच्चाहरूले रुहानी बाबासँग अमरकथा सुनिरहेका छौ– यस मृत्युलोकबाट अमरलोकमा जानको लागि। निर्वाणधामलाई अमरलोक भनिँदैन। अमरलोक, जहाँ तिम्रो अकालमा मृत्यु हुँदैन, त्यसैले त्यसलाई अमरलोक भनिन्छ। रुहानी बाबा, जसलाई अमरनाथ भनिन्छ, अवश्य उहाँले अमरलोकमा लैजानको लागि मृत्युलोकमा कथा सुनाउनुहुन्छ। तीन कथाहरू भारतवर्षमा नै प्रसिद्ध छन्। अमरकथा, सत्यनारायणको कथा, तीजरीको कथा। भक्तिमार्गमा तीजरीको अर्थ कसैले बुझ्दै बुझ्दैनन्। ज्ञानको तेस्रो नेत्र ज्ञान सागर अमर बाबा बाहेक अरू कसैले दिन सक्दैन। यिनीहरूले पनि झुटा कथाहरू सुनाउँछन्। मीठा-प्यारा रुहानी बच्चाहरूले अब थाहा पाएका छौ– हामीलाई अब ज्ञानको तेस्रो नेत्र मिलिरहेको छ, जुन तेस्रो नेत्रद्वारा तिमीले तीनै काल, तीनै लोकलाई जानिसकेका छौ। मूलवतन, सूक्ष्मवतन, स्थूलवतनको आदि-मध्य-अन्त्यलाई पनि जानिसकेका छौ त्यसैले बच्चाहरूले आफूलाई त्रिकालदर्शी पनि सम्झन्छन्। तिमी मीठा-प्यारा बच्चाहरू बाहेक सृष्टिमा अरू कोही त्रिकालदर्शी हुँदैन। तीनै काल अर्थात् सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दैनन्। मूलवतन, सूक्ष्मवतन, स्थूलवतनलाई धेरैले जान्दछन्। तर तीनै कालको आदि-मध्य-अन्त्यलाई कसैले जान्दैनन्। अहिले मीठा-प्यारा रुहानी बच्चाहरूले रुहानी बाबासँग सुनिरहेका छौ। हामीहरू उहाँका बच्चा बनेका छौँ। एकपटक मात्र तिमी रुहानी बच्चाहरूलाई रुहानी बाबा मिल्नुभएको छ। बाबाले रुहहरूलाई पढाउनुहुन्छ र अरू सबै देह अभिमानी भएका हुनाले भन्छन्– मैले यो पढ्छु। मैले यो गर्छु। देह अभिमान आउँछ। अहिले यस सङ्गममा रुहानी बाबा आएर रुहानी बच्चाहरूलाई भन्नुहुन्छ, तिमीले राम्रोसँग पढ। हरेक बच्चा बाबासँग वर्सा लिन हकदार हौ किनकि सबै रुहानी बच्चाहरू हौ नि। लौकिक सम्बन्धमा केवल बच्चाहरू वर्साको हकदार बन्छन्। यस पारलौकिक सम्बन्धमा सबै बच्चाहरू, रुहहरूलाई वर्सा मिल्छ। अमरनाथको कथा पनि सुनाउँछन्। भन्छन् पार्वतीलाई पहाडमा, कन्दराहरूमा गएर कथा सुनाए। यो त गलत हो नि। अब तिमी बच्चाहरूलाई थाहा भएको छ झुटो के हो, सत्य के हो। सत्य त अवश्य सच्चा बाबाले नै सुनाउनुहुन्छ। बाबाले एकपटक मात्र सत्य सुनाएर सत्यखण्डको मालिक बनाउनुहुन्छ। तिमीलाई थाहा छ यस झुटखण्डमा आगो लाग्नुछ। यो जे जति देखिएको छ, यो रहँदैन। अब थोरै समय बाँकी छ। यो शिवबाबाको ज्ञान यज्ञ हो। जसरी लौकिक सम्बन्धमा पनि पिताले यज्ञ रच्छन्। कसैले रुद्र यज्ञ रच्छन्, कसैले गीता यज्ञ। कसैले रामायण यज्ञ रच्छन्। यो हो शिवबाबा वा रुद्र ज्ञान यज्ञ। यो अन्तिम यज्ञ हो।

तिमीलाई थाहा भएको छ अब हामी अमरपुरीमा गइरहेका छौँ। अब केही मिनेटको बाटो बाँकी छ। कुनै पनि मानिसलाई यो थाहा छैन। उनीहरूले त भनिदिन्छन्– मृत्युलोकबाट अमरलोकमा जानको लागि ४० हजार वर्ष अझै बाँकी छ। अमरलोक सत्ययुगलाई भनिन्छ। तिमी बच्चाहरूलाई अहिले बाबा सम्मुख बसेर अमरकथा, तीजरीको कथा, सत्यनारायणको कथा सुनाइरहनुभएको छ। भक्तिमार्गमा के के हुन्छ, त्यो त देख्यौ। भक्तिमार्गको कति विस्तार छ। जसरी वृक्षको ठुलो विस्तार हुन्छ त्यसरी नै भक्तिको पनि ठुलो कर्मकाण्डको वृक्ष छ। कति यज्ञ, व्रत, नियम, जप, तप आदि गर्छन्। यस जन्मका भक्त त धेरै बसेका छन्। मानिसहरूको वृद्धि भइरहन्छ। तिमी भक्तिमार्गमा आयौ त्यसपछि अरू धर्म स्थापन भएका हुन्। हरेकको आफ्नो धर्मसँग कनेक्सन छ। हरेकको रसमरिवाज अलग छ। भारतवर्ष अमरपुरी थियो, भारतवर्ष अहिले मृत्युलोक हो। तिमी आदि सनातन देवीदेवता धर्मका थियौ। तर अहिले पतित भएका हुनाले तिमीले आफूलाई देवता भन्न सक्दैनौ। हामी नै देवता थियौँ, यो कुरा तिमीले भुलेका छौ। जसरी क्रिस्चियनहरूले भन्छन् क्राइस्टले हाम्रो धर्म स्थापन गरे त्यसैले हाम्रा क्रिस्चियनहरू चलिआएका छन्। यस्तो होइन तिनीहरू युरोपियन धर्मका हुन्। त्यसरी नै तिमी हिन्दुस्तानमा रहने अथवा भारतवर्षमा रहनेहरू देवीदेवता धर्मका हौ। तर आफूलाई देवता भन्न सक्दैनौ। सम्झन्छौ हामी त पापी नीच, कङ्गाल, विकारी हौँ। भक्तिमार्गमा मानिस दुःखी भए भने बाबालाई नै पुकार्छन्। यो केवल तिमी ब्राह्मण बच्चाहरूलाई नै थाहा छ, जुन बाबालाई पुकार्दै आएका छन् उहाँले हामीलाई बेहदको वर्सा दिनको लागि अमरकथा सुनाइरहनुभएको छ। हामी अमरपुरीका मालिक बन्छौँ। अमरपुरीलाई स्वर्ग भनिन्छ। तिमीले भन्छौ हामीले स्वर्गवासी बन्नको लागि पुरुषार्थ गरिरहेका छौँ। कलियुगमा मानिस मरे भने भन्छन् स्वर्गवासी भयो। अब उसले कुनै स्वर्गमा जानको लागि पुरुषार्थ कहाँ गरेको छ र? तिमीले त पुरुषार्थ गरिरहेका छौ अमरपुरी वैकुण्ठमा जानको लागि। पुरुषार्थ गराउने को हुनुहुन्छ? अमर बाबा, जसलाई अमरनाथ पनि भनिन्छ। यस यज्ञलाई पाठशाला पनि भनिन्छ। अरू कुनै पाठशालालाई यज्ञ भनिँदैन। यज्ञ अलग रचिन्छन्, जसमा ब्राह्मणहरू बसेर मन्त्र पढ्छन्। बाबा भन्नुहुन्छ– यो तिम्रो कलेज पनि हो, यज्ञ पनि हो, दुवै सँगसँगै छन्। तिमीलाई थाहा छ यस ज्ञान यज्ञबाट विनाश ज्वाला प्रज्वलित भएको छ, यसमा सारा दुनियाँ स्वाहा हुनुछ। फेरि नयाँ दुनियाँ बन्नुछ, यसको नाम नै हो महाभारी महाभारत लडाइँ। यस्तो अरू कुनै लडाइँ हुँदैन। भन्छन् युद्धमा मुसलहरूद्वारा लडाइँ भयो। तिमीसँग त लडाइँ छैन। यसलाई महाभारत लडाइँ किन भनिन्छ? भारतवर्षमा त एउटै धर्म हुन्छ नि। लडाइँ त बाहिर हुन्छ। यहाँ त लडाइँको कुरा हुँदैन। बाबा सम्झाउनुहुन्छ– तिम्रो लागि नयाँ दुनियाँ हुनुपर्छ त्यसैले अवश्य पुरानो दुनियाँको विनाश हुन्छ।

तिमी बच्चाहरूको बुद्धिमा सारा विराट रूपको ज्ञान पनि छ। तिमीहरूले यो पनि जान्दछौ जुन कल्प पहिला आएका थिए उनीहरू नै देवता बन्नको लागि आउँछन्। यो बुद्धिको काम हो। हामी जति ब्राह्मण बनेका छौँ, अब फेरि हामी सबै देवता बन्छौँ। प्रजापिता ब्रह्माको पनि महिमा गायन गरिएको छ। परमपिता परमात्माले ब्रह्माद्वारा मनुष्य सृष्टि रच्नुहुन्छ त्यसैले ब्रह्मालाई प्रजापिता भनिन्छ। तर कसरी, कहिले रच्नुहुन्छ? यो कसैलाई थाहा छैन। के सुरुमा मानिस हुँदैनन् जसलाई रच्नुहुन्छ? बोलाउँछन् नै पतितपावन आउनुहोस्! मानिस पतित भएपछि मात्र बाबा आउनुहुन्छ। बाबाले दुनियाँलाई परिवर्तन गर्नुछ। तिमीलाई बाबाले नयाँ दुनियाँको लायक बनाउनुहुन्छ। अहिले सबै तमोप्रधान पुरानो दुनियाँमा छौ फेरि सतोप्रधान बन्नुछ। बाबाले सम्झाउनुभएको छ– हरेक मनुष्य मात्रलाई, हरेक चीजलाई सतो-रजो-तमोमा आउनुपर्छ। दुनियाँ नयाँबाट पुरानो अवश्य हुन्छ। लुगा पनि नयाँ लगाउँछन् फेरि पुरानो हुन्छ। तिमीलाई ज्ञान मिलेको छ, सच्चा सत्यनारायणको कथा अहिले तिमीले सुनिरहेका छौ। गीता हो सर्वशास्त्रमई शिरोमणि। बाँकी हुन् त्यसका बालबच्चा। जसरी ब्रह्माको वंशावली हुन्छ, त्यसरी नै गीता हो मुख्य। उच्चभन्दा उच्च माता-पिता, बाँकी हुन्छन् बच्चाहरू। अहिले माता-पिताबाट वर्सा मिल्न सक्छ। बाँकी जतिसुकै शास्त्र पढे पनि, जेसुकै गरे पनि, वर्सा मिल्न सक्दैन। जसले शास्त्र पढ्छन्, उनीहरूको धेरै कमाइ हुन्छ। त्यो त भयो अल्पकालको लागि। यहाँ तिमी बच्चाहरूले ज्ञान सुन्यौ भने कति कमाइ गर्छौ– २१ जन्मको लागि, विचार गर। उनीहरूले एउटा कुरा सुनाउँछन्, सबैले उनीहरूलाई पैसा दिन्छन्। यहाँ बाबाले तिमी बच्चाहरूलाई सुनाउनुहुन्छ– तिमी २१ जन्मको लागि कति धनवान बन्छौ। त्यहाँ सुनाउने व्यक्तिको खल्ती भरिन्छ। भक्ति आदि गर्नु प्रवृत्तिमार्गका मानिसहरूको काम हो। तिमी हौ प्रवृत्तिमार्गका। तिमीलाई थाहा छ स्वर्गलोकमा हामी पूज्य थियौँ। नत्र ८४ जन्मको हिसाब कहाँबाट आउँछ? यो हो रुहानी ज्ञान, जुन सुप्रिम रुह ज्ञान सागरबाट मिल्छ। पतितपावन बाबा नै सबैका सद्गतिदाता हुनुहुन्छ। बाबाले हामी बच्चाहरूलाई अमरकथा सुनाइरहनुभएको छ। जन्मजन्मान्तर झुटा कथा सुन्दै आएका छौ। अब सच्चा कथा सुनेर तिमी १६ कला सम्पूर्ण बन्छौ। चन्द्रमालाई १६ कला सम्पूर्ण भनिन्छ। सूर्यलाई भनिँदैन।

तिमीलाई थाहा भएको छ हामी आत्माहरू भविष्यमा सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण बन्छौँ। फेरि आधाकल्प पछि तिमी आत्माहरूमा नै खाद पर्छ। अहिले तिमीले जान्दछौ हामी फेरि सर्वगुण सम्पन्न, १६ कला सम्पन्न... सो देवता फेरि बनिरहेका छौँ। हामी आत्माहरू पहिला आफ्नो घर जान्छौँ फेरि हामीले शरीर धारण गरेर सो देवता बन्छौँ फेरि चन्द्रवंशी घरानामा आउँछौँ। ८४ जन्मको हिसाबकिताब हुनुपर्छ। कुन युगमा, कुन वर्षमा कति जन्म भए, बाबाले अहिले ८४ जन्मको सच्चा सच्चा कथा सुनाउनुभएको छ। तिमी बच्चाहरूलाई भनिन्छ तिमीहरूले ८४ जन्म लिन्छौ। आफूलाई एक त ब्राह्मण सम्झनुपर्छ। मम्मा बाबा भन्छौ नि। वर्सा शिवबाबाबाट लिन्छौ, ब्रह्माबाबाद्वारा। ब्रह्मा पनि उहाँ शिवबाबाका बच्चा भए। ब्रह्माबाट वर्सा मिल्न सक्दैन। यिनी पनि भाइ भए। यिनी शरीरधारी हुन् नि! तिमी सबै बच्चाहरूले वर्सा उहाँ शिवबाबाबाट लिन्छौ। यिनी (ब्रह्मा) बाट होइन। जसबाट वर्सा पाइँदैन, उनलाई पनि याद गर्नुछैन। एक शिवबाबालाई नै याद गर्नुछ। उहाँलाई नै भनिन्छ हजुर माता-पिता हामी बालक हजुरका। तिमी यिनीकहाँ आउँदा बुद्धिमा हुन्छ, हामी शिवबाबाकहाँ जान्छौँ। याद शिवबाबालाई नै गर्नुछ। आत्मा बिन्दु हो, त्यसमा ८४ जन्मको पार्ट पहिल्यै निश्चित छ। आत्मा भृकुटीको बीचमा रहन्छ। उड्छ पनि सेकेन्डमा, म आत्माले एउटा शरीर छोडेर अर्को लिन्छु। भृकुटीको बीचमा गएर विराजमान हुन्छु। तिम्रो बुद्धिमा यो समझ छ– मेरो आत्मा यस्तो छ। सत्ययुगमा त कुनै यस्तो चीज देख्ने आश हुँदैन। आत्मालाई देख्न सकिन्छ, दिव्यदृष्टिले। कुनै यी आँखाहरूले देख्ने कुरा होइन। भक्तिमार्गमा नै साक्षात्कार गर्छन्। जसरी रामकृष्णका शिष्य विवेकानन्द थिए, उनले बताएका छन् म सामुन्ने बसेको थिएँ अनि उनको आत्मा निस्केर ममा प्रवेश भयो। यस्तो केही हुँदैन। आत्मा कसरी एउटा शरीर छोडेर अर्कोमा प्रवेश गर्छ, यी सबै कुराहरू तिमी बच्चाहरूलाई सम्झाइन्छ। अहिले तिमीले बुझेका छौ हामीले अमरलोकमा जानको लागि पुरुषार्थ गरिरहेका छौँ, हामीले अमरलोकमा जन्म लिन्छौँ। त्यहाँ हामी गर्भ महलमा हुन्छौँ। यहाँ त गर्भजेलमा धेरै त्राहि त्राहि गर्छन्। अब आधाकल्पको लागि बाबाले तिमीलाई सबै दुःखहरूबाट छुटाउनुहुन्छ। त्यसैले यस्ता बाबालाई कति प्यारले याद गर्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) स्वयंलाई रुह सम्झेर, रुहानी बाबासँग पढेर पूरा वर्सा लिनुछ। सत्यखण्डको मालिक बन्नको लागि सच्चा कथा सुन्नु र सुनाउनुछ।

२) जुन बाबाबाट बेहदको वर्सा मिल्छ, उहाँलाई नै याद गर्नुछ। कुनै देहधारीलाई होइन। यस पुरानो दुनियाँमा आगो लाग्नेछ त्यसैले यसलाई देखेर पनि देख्नुछैन।

वरदान:–
साइलेन्सको शक्तिद्वारा आफ्नो रजिस्टरलाई सफा गर्ने लोकप्रिय , प्रभुप्रिय भव

जसरी साइन्सले यस्तो आविष्कार गरेको छ जसले गर्दा लेखिएको सबै मेटिन्छ, पहिला थियो भन्ने थाहै हुँदैन। त्यसरी नै तिमीले साइलेन्सको शक्तिले आफ्नो रजिस्टरलाई दिनहुँ सफा गरेमा प्रभुप्रिय वा दैवी लोकप्रिय बन्छौ। सच्चाइ सफाइलाई सबैले मन पराउँछन् त्यसैले एक दिन गरेको व्यर्थ सङ्कल्प वा व्यर्थ कर्मको अर्को दिनमा नामनिसान पनि नरहोस्, बितेको कुरालाई बितेको सम्झेर फुलस्टप लगायौ भने रजिस्टर सफा हुन्छ र साहेब राजी हुनुहुन्छ।

स्लोगन:–
व्यर्थ सङ्कल्प गर्नु वा अरूको व्यर्थ सङ्कल्प चलाउन निमित्त बन्नु– यो पनि अपवित्रता हो।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।

मन, वाणी, कर्ममा सरलता र सहनशीलता यी दुवै आवश्यक छन्। सरलता छ, सहनशीलता छैन भने पनि श्रेष्ठ होइन। सरलताको साथै सहनशीलता छ भने शक्तिस्वरूप भनिन्छ। शक्तिहरूका चित्रमा सरलता र सहनशीलता दुवै गुण देखाउँछन्। अहिलेको रिजल्टमा कतै सहनशीलता अधिक छ, कतै सरलता अधिक छ। अब यी दुवैलाई समान बनाऊ।