15.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीले अहिले भविष्य २१ जन्मको लागि यहीँ पढाइ पढ्नुछ , काँडाबाट खुस्बुदार फूल बन्नुछ , दैवीगुण धारण गर्नु र गराउनुछ ।”

प्रश्न:–
कुन बच्चाहरूको बुद्धिको ताल्चा नम्बरवार खुल्दै जान्छ?

उत्तर:–
जो श्रीमतमा चलिरहन्छन्। पतित-पावन बाबाको यादमा रहन्छन्। पढाइ पढाउनेसँग जसको योग छ, उनीहरूको बुद्धिको ताल्चा खुल्दै जान्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अभ्यास गर– हामी आत्मा भाइ-भाइ हौँ, हामीले बाबाबाट सुन्छौँ। देहीअभिमानी भएर सुन र सुनाऊ अनि ताल्चा खुल्दै जानेछ।

ओम् शान्ति ।
बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– यहाँ बस्दा यस्तो पनि होइन केवल शिवबाबाको यादमा रहनुछ। त्यो त केवल शान्ति हुन्छ, फेरि सुख पनि चाहिन्छ। तिमी शान्तिमा रहनुछ र स्वदर्शन चक्रधारी बनेर राज्य भाग्यलाई पनि याद गर्नुछ। तिमीले पुरुषार्थ गर्छौ नै नरबाट नारायण अथवा मनुष्यबाट देवता बन्नको लागि। यहाँ हुन त कसैमा जतिसुकै दैवीगुण भए पनि उनीहरूलाई देवता भनिँदैन। देवता त हुन्छन् नै स्वर्गमा। दुनियाँमा मानिसहरूलाई स्वर्गको विषयमा थाहै छैन। तिमी बच्चाहरूलाई थाहा छ– नयाँ दुनियाँलाई स्वर्ग, पुरानो दुनियाँलाई नर्क भनिन्छ। यो पनि भारतवर्षकाले नै जान्दछन्। जुन देवताहरूले सत्ययुगमा राज्य गर्थे, उनीहरूका चित्र पनि भारतवर्षमा नै छन्। यी देवताहरू हुन् आदि सनातन देवी-देवता धर्मका। फेरि हुन त उनीहरूका चित्र बाहिर लैजान्छन्, पूजाको लागि। बाहिर जहाँ पनि जान्छन्, त्यहाँ गएर मन्दिर बनाउँछन्। हरेक धर्मका जहाँ पनि जान्छन्, आफ्नै चित्रहरूको पूजा गर्छन्। जुन जुन गाउँमा विजय पाउँछन्, त्यहाँ चर्च आदि गएर बनाउँछन्। हरेक धर्मका आआफ्नै चित्र छन् पूजाको लागि।

पहिला तिमीलाई पनि थाहा थिएन हामी नै देवी-देवता थियौँ। आफूलाई देवी देवता भन्दा अलग्गै सम्झेर उनीहरूको पूजा गर्थ्यौ। अरू धर्मकाले पूजा गर्छन्, त्यतिबेला उनीहरूलाई थाहा हुन्छ हाम्रो धर्मस्थापक क्राइस्ट हुनुहुन्छ, हामी क्रिश्चियन हौँ अथवा बौद्धी हौँ। यी हिन्दुहरूले आफ्नो धर्मलाई नजानेका कारण आफूलाई हिन्दु भनिदिन्छन् र पूजा गर्छन् देवताहरूको। यो पनि बुझ्दैनन् हामी आदि सनातन देवी-देवता धर्मका हौँ। हामीले आफ्ना बडालाई पूजा गर्छौँ। क्रिश्चियनले एक क्राइस्टलाई पूजा गर्छन्। भारतवर्षवासीलाई यो थाहा छैन हाम्रो धर्म कुन हो? त्यो कसले र कहिले स्थापना गर्नुभयो? बाबा भन्नुहुन्छ– यो भारतवर्षको आदि सनातन देवी-देवता धर्म जब प्राय: लोप हुन्छ, त्यसले त म आउँछु फेरि स्थापना गर्न।

यो ज्ञान अहिले तिमी बच्चाहरूको बुद्धिमा छ। पहिला केही पनि थाहा थिएन। नबुझिकन भक्तिमार्गमा चित्रहरूको पूजा गरिरहन्थ्यौ। अहिले तिमीलाई थाहा छ– हामी भक्तिमार्गमा छैनौँ। अहिले तिमी ब्राह्मण कुलभूषण र शुद्र कुलकाहरूमा रातदिनको फरक छ। त्यो पनि यस समयमा तिमीले बुझेका छौ। सत्ययुगमा बुझ्नेछैनौ। यस समयमा नै तिमीलाई समझ मिल्छ। बाबाले आत्माहरूलाई समझ दिनुहुन्छ। पुरानो दुनियाँ र नयाँ दुनियाँको विषयमा तिमी ब्राह्मणहरूलाई मात्र थाहा छ। पुरानो दुनियाँमा धेरै मानिस छन्। यहाँ त मानिस कति लडाइँ झगडा गर्छन्। यो हो नै काँडाहरूको जङ्गल। तिमीलाई थाहा छ– हामी पनि काँडा थियौँ। अहिले बाबाले हामीलाई फूल बनाइरहनुभएको छ। काँडाहरूले यी खुस्बुदार फूलहरूलाई नमन गर्छन्। यो रहस्य अहिले तिमीले जानेका छौ। हामी जो देवता थियौँ, उही फेरि आएर अब खुस्बुदार फूल (ब्राह्मण) बनेका छौँ।

बाबाले सम्झाउनुभएको छ– यो ड्रामा हो। पहिला यी ड्रामा, चलचित्र आदि थिएनन्। यी पनि अहिले बनेका छन्। किन बनेका छन्? किनकि बाबालाई दृष्टान्त दिन सहज हुन्छ। बच्चाहरूले पनि जान्न सक्छन्। यो विज्ञान पनि त तिमी बच्चाहरूले सिक्नुछ नि। बुद्धिमा यी सबै विज्ञानका संस्कार लिएर जानेछौ, जुन फेरि त्यहाँ काममा आउनेछन्। दुनियाँ कुनै एक्कासि त खतम हुँदैन। संस्कार लिएर गएर फेरि जन्म लिन्छन्। विमान आदि पनि बनाउँछन्। जुन जुन काम लाग्ने चीजहरू त्यहाँको लायक छन्, ती बन्छन्। पानीजहाज बनाउने पनि हुन्छन् तर पानीजहाज त त्यहाँ काममा आउने छैनन्। हुन त कसैले ज्ञान लिओस् वा नलिओस् तर उनीहरूको संस्कार काममा आउनेछैन। त्यहाँ पानीजहाज आदिको दरकार नै छैन। ड्रामामा छैन। हो, विमानको, बिजुली आदिको दरकार पर्नेछ। ती आविष्कार निकालिरहन्छन्। त्यहाँबाट बच्चाहरू सिकेर आउँछन्। यी सबै कुरा तिमी बच्चाहरूका बुद्धिमा मात्रै छन्।

तिमीलाई थाहा छ– हामीले पढ्छौँ नै नयाँ दुनियाँको लागि। बाबाले हामीलाई भविष्य २१ जन्मको लागि पढाउनुहुन्छ। हामी स्वर्गवासी बन्नको लागि पवित्र बनिरहेका छौँ। पहिला नर्कवासी थियौँ। मानिसहरूले भन्छन् पनि– फलाना स्वर्गवासी भयो। तर हामी नर्कमा छौँ, यो बुझ्दैनन्। बुद्धिको ताल्चा खुल्दैन। तिमी बच्चाहरूको अब बिस्तारै बिस्तारै ताला खुल्दै जान्छ, नम्बरवार। ताल्चा उनको खुल्नेछ जो श्रीमतमा चल्न थाल्नेछन् र पतित-पावन बाबालाई याद गर्नेछन्। बाबाले ज्ञान पनि दिनुहुन्छ र याद पनि सिकाउनुहुन्छ। टिचर हुनुहुन्छ नि। त्यसैले टिचरले अवश्य पढाउनुहुन्छ। जति टिचर र पढाइसँग योग हुन्छ, त्यति उच्च पद पाउनेछन्। त्यो पढाइमा त योग हुन्छ नै। थाहा हुन्छ– ब्यारिस्टरले पढाउँछन्। यहाँ बाबाले पढाउनुहुन्छ। यो पनि बिर्सन्छन् किनकि नयाँ कुरा हो नि। देहलाई याद गर्न त धेरै सहज छ। घरी घरी देह याद आउँछ। हामी आत्मा हौँ, यो बिर्सन्छन्।

हामी आत्माहरूलाई बाबाले सम्झाउनुहुन्छ। हामी आत्माहरू भाइ-भाइ हौँ। बाबालाई त थाहा छ– म परमात्मा हुँ, मैले आत्माहरूलाई सिकाउँछु - आफूलाई आत्मा सम्झेर अरू आत्माहरूलाई बसेर सिकाऊ। यो आत्माले कानबाट सुन्छ, सुनाउनेवाला परमपिता परमात्मा हुनुहुन्छ। उहाँलाई सुप्रिम आत्मा भनिन्छ। तिमीले जब कसैलाई सम्झाउँछौ, तब यो बुद्धिमा आउनुपर्छ, मेरो आत्मामा ज्ञान छ, आत्मालाई यो सुनाउँछु। हामीले बाबाबाट जे सुनेका छौँ, त्यो आत्माहरूलाई सुनाउँछौँ। यो एकदमै नयाँ कुरा हो। तिमीले अरूलाई पढाउँदा देहीअभिमानी भएर पढाउँदैनौ, बिर्सन्छौ। लक्ष्य छ नि। बुद्धिमा यो याद रहनुपर्छ– म आत्मा अविनाशी हुँ। म आत्माले यी कर्मेन्द्रियहरूद्वारा पार्ट खेलिरहेको छु। तिमी आत्मा शुद्र कुलमा थियौ, अहिले ब्राह्मण कुलमा छौ। फेरि देवता कुलमा जानेछौ। त्यहाँ शरीर पनि पवित्र मिल्नेछ। हामी आत्माहरू भाइ भाइ हौँ। बाबाले बच्चाहरूलाई पढाउनुहुन्छ। बच्चाहरूले फेरि भन्नेछन्– हामी भाइ-भाइ हौँ, भाइलाई पढाउँछौँ। आत्मालाई नै सम्झाउँछौँ। आत्माले शरीरद्वारा सुन्छ। यी धेरै सूक्ष्म कुरा हुन्। स्मृतिमा आउँदैनन्। आधाकल्प तिमी देह अभिमानमा रह्यौ। यस समयमा तिमी देहीअभिमानी भएर रहनुछ। आफूलाई आत्मा निश्चय गर्नुछ, आत्मा निश्चय गरेर बस। आत्मा निश्चय गरेर सुन। परमपिता परमात्माले नै सुनाउनुहुन्छ, तब त भनिन्छ नि– आत्मा परमात्मा अलग रहे बहुकाल...। त्यहाँ त पढाउँदिनँ। यहीँ आएर पढाउँछु। अरू सबै आत्माहरूको आआफ्नो शरीर छ। यहाँ बाबा त सुप्रिम आत्मा हुनुहुन्छ। उहाँको शरीर छैन। उहाँको आत्माको नाम शिव नै हो। थाहा छ– यो शरीर मेरो होइन। म सुप्रिम आत्मा हुँ। मेरो महिमा अलग छ। हरेकको महिमा आआफ्नै छ नि। गायन पनि छ नि– परमपिता परमात्मा ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। उहाँ ज्ञानको सागर, मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। उहाँ सत्, चैतन्य, आनन्द, सुख-शान्तिको सागर हुनुहुन्छ। यो हो बाबाको महिमा।

बच्चालाई बाबाको सम्पत्तिको बारेमा थाहा हुन्छ– हाम्रो बाबासँग यो कारखाना छ, यो मिल छ, नशा हुन्छ नि। बच्चा नै त्यो सम्पत्तिको मालिक बन्छ। यो सम्पत्ति त एकैपटक मात्र मिल्छ। बाबासँग के सम्पत्ति छ, त्यो सुन्यौ। तिमी आत्माहरू त अमर छौ। कहिल्यै मृत्यु हुँदैन। प्रेमको सागर पनि बन्छौ। यी लक्ष्मी-नारायण प्रेमका सागर हुन्। कहिल्यै लडाइँ झगडा गर्दैनन्। यहाँ त कति लडाइँ झगडा गर्छन्। प्रेममा झन् गडबड पर्छ। बाबा आएर विकार बन्द गराउनुहुन्छ, तब कति मार पर्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पावन बन्यौ भने पावन दुनियाँको मालिक बन्नेछौ। काम महाशत्रु हो, त्यसैले बाबाको पासमा आउँछन्, तब भन्नुहुन्छ– जे विकर्म गरेका छौ, त्यो बताऊ, तब हलुका हुनेछ, यसमा पनि मुख्य विकारको कुरा छ। बाबाले बच्चाहरूको कल्याणको लागि सोध्नुहुन्छ। बाबालाई नै भन्छन्– हे पतित-पावन आउनुहोस्! किनकि पतित विकारमा जानेलाई नै भनिन्छ। यो दुनियाँ पनि पतित छ, मानिस पनि पतित छन्, ५ तत्त्व पनि पतित छन्। त्यहाँ तिम्रो लागि तत्त्व पनि पवित्र चाहिन्छ। यस आसुरी धरतीमा देवताहरूको छाया पर्न सक्दैन। लक्ष्मीको आह्वान गर्छन् तर यहाँ कहाँ आउन सक्छिन् र। यी ५ तत्त्व पनि परिवर्तन हुनुपर्छ।

सत्ययुग हो नयाँ दुनियाँ, यो हो पुरानो दुनियाँ। यसको खतम हुने यही समय हो। मानिसहरूले सम्झन्छन्– अझै ४० हजार वर्ष बाँकी छ। जब कि कल्प नै ५ हजार वर्षको छ भने फेरि केवल एक कलियुग ४० हजार वर्षको कसरी हुन सक्छ। कति अज्ञान अन्धकार छ। ज्ञान नै छैन। भक्ति हो ब्राह्मणहरूको रात। ज्ञान हो ब्रह्मा र ब्राह्मणहरूको दिन। जुन अब यथार्थमा भइरहेको छ। सिँढीमा धेरै स्पष्ट देखाइएको छ। नयाँ दुनियाँ र पुरानो दुनियाँलाई आधा आधा भनिन्छ। यस्तो होइन कि नयाँ दुनियाँलाई धेरै समय, पुरानो दुनियाँलाई थोरै समय दिइन्छ। होइन, पूरा आधा आधा हुन्छ। तब चौथाइ पनि गर्न सकिन्छ। आधामा भएन भने पूरा चौथाइ पनि हुन सक्दैन। स्वस्तिकमा पनि ४ भाग बनाइदिन्छन्। सम्झन्छन्– हामीले गणेश निकाल्छौँ। अब बच्चाहरूले बुझेका छन्– यो पुरानो दुनियाँ विनाश हुनुछ। हामीले नयाँ दुनियाँको लागि पढिरहेका छौँ। हामी नरबाट नारायण बन्छौँ नयाँ दुनियाँको लागि। श्रीकृष्ण पनि नयाँ दुनियाँका हुन्। श्रीकृष्णको त गायन भयो, उहाँलाई महात्मा भन्छन् किनकि सानो बच्चा हुनुहुन्छ। साना बच्चाहरू प्यारा लाग्छन्। ठुलालाई त्यति प्यार गर्दैनन्, जति सानालाई गर्छन् किनकि साना बच्चाहरूको सतोप्रधान अवस्था हुन्छ। विकारको दुर्गन्ध हुँदैन ठुलो भएपछि विकारको दुर्गन्ध हुन्छ। बच्चाहरूको कहिल्यै विकारी दृष्टि हुन सक्दैन। यी आँखाले नै धोका दिन्छन्, त्यसैले दृष्टान्त दिन्छन्– उसले आफ्नो आँखा निकालिदियो। यस्तो कुनै कुरा होइन। यसरी कसैले आँखा निकाल्दैनन्। यो यस समयमा बाबाले ज्ञानका कुरा सम्झाउनुहुन्छ। तिमीलाई त अहिले ज्ञानको तेस्रो नेत्र मिलेको छ। आत्मालाई आध्यात्मिक ज्ञान मिलेको छ। आत्मामा नै ज्ञान छ। बाबा भन्नुहुन्छ– मसँग ज्ञान छ। आत्मालाई निर्लेप भन्न सकिँदैन। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। आत्मा अविनाशी छ। छ कति सानो। त्यसमा ८४ जन्मको पार्ट छ। यस्तो कुरा कसैले भन्न सक्दैन। उनीहरूले त निर्लेप भनिदिन्छन्, त्यसैले बाबा भन्नुहुन्छ– पहिला आत्मा अनुभूति गर। कसैले सोध्छन्– जनावर कहाँ जान्छन्? अरे, जनावरको कुरा त छोडिदेऊ। पहिला आत्मा अनुभूति त गर। म आत्मा कस्तो छु, के हुँ...? बाबा भन्नुहुन्छ– जब आफू आत्मालाई नै चिन्दैनौ भने मलाई फेरि के चिन्नेछौ। यी सबै सूक्ष्म कुरा तिमी बच्चाहरूको बुद्धिमा छन्। आत्मामा ८४ जन्मको पार्ट छ। त्यो चलिरहन्छ। कसैले फेरि भन्छन्– ड्रामामा निश्चित छ भने हामीले पुरुषार्थ नै किन गर्ने! अरे, पुरुषार्थ बिना त पानी पनि मिल्न सक्दैन। यस्तो होइन, ड्रामा अनुसार आफै सबै कुरा मिल्नेछ। कर्म त अवश्य गर्नु नै छ। कर्म राम्रो वा नराम्रो हुन्छ। यो बुद्धिले बुझ्न सकिन्छ। बाबा भन्नुहुन्छ– यो रावण राज्य हो, यसैमा तिम्रो कर्म विकर्म बन्छ। त्यहाँ रावण राज्य नै हुँदैन, जहाँ विकर्म हुन्छ। मैले नै तिमीलाई कर्म, अकर्म, विकर्मको गति सम्झाउँछु। त्यहाँ तिम्रो कर्म अकर्म हुन्छ, रावण राज्यमा कर्म विकर्म हुन्छ। गीतापाठीले पनि कहिल्यै यो अर्थ सम्झाउँदैनन्, उनीहरूले त केवल पढेर सुनाउँछन्, संस्कृतमा श्लोक सुनाएर फेरि आफ्नो भाषामा अर्थ लगाउँछन्। बाबा भन्नुहुन्छ– केही केही शब्द ठीक छन्। भगवानुवाच छ तर भगवान कसलाई भनिन्छ, यो कसैलाई थाहा छैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) म आत्मा बेहदका बाबाको सम्पत्तिको मालिक हुँ, जसरी बाबा शान्ति, पवित्रता, आनन्दको सागर हुनुहुन्छ, त्यसैगरी म आत्मा मास्टर सागर हुँ– यही नशामा रहिरहनुछ।

२) ड्रामा भनेर पुरुषार्थ छोड्नुछैन, कर्म अवश्य गर्नुछ। कर्म-अकर्म-विकर्मको गतिलाई बुझेर सदैव श्रेष्ठ कर्म नै गर्नुछ।

वरदान:–
समयको महत्त्वलाई जानेर स्वयंलाई सम्पन्न बनाउने विश्वका आधारमूर्त भव

सारा कल्पको कमाइको, श्रेष्ठ कर्म रूपी बीज रोप्ने, ५ हजार वर्षको संस्कारको रेकर्ड भर्ने, विश्वकल्याण वा विश्व परिवर्तनको यो समय चलिरहेको छ। यदि समयको ज्ञान भएकाले पनि वर्तमान समयलाई गुमाउँछन् वा भविष्यमाथि छोडिदिन्छन् भने त्यो समयको आधारमा स्वयंको पुरुषार्थ भयो। तर विश्वका आधारमूर्त आत्माहरू कुनै पनि प्रकारको आधारमा चल्दैनन्। उनीहरूले एक अविनाशी सहाराको आधारमा कलियुगी पतित दुनियाँबाट किनारा गरेर स्वयंलाई सम्पन्न बनाउने पुरुषार्थ गर्छन्।

स्लोगन:–
स्वयंलाई सम्पन्न बनाऊ, विशाल कार्यमा स्वतः सहयोगी बन्नेछौ।

अव्यक्त इसारा:– वर्तमान समयको पुरुषार्थमा हर सङ्कल्पलाई पावरफुल बनाउनु छ। सङ्कल्प नै जीवनको श्रेष्ठ खजाना हो। जसरी खजानाद्वारा जे चाह्यो, जति चाह्यो, त्यति प्राप्त गर्न सकिन्छ, त्यसैगरी श्रेष्ठ सङ्कल्पद्वारा सदाकालको श्रेष्ठ प्रालब्ध पाउन सक्छौ। यसको लागि एउटा सानो स्लोगन स्मृतिमा राख– सोचेर बुझेर गर्नु र बोल्नु छ, तब सदाकालको लागि श्रेष्ठ जीवन बनाउन सक्नेछौ।