15.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सबैलाई यही सन्देश देऊ– देहसहित देहका सबै धर्महरूलाई भुलेर आफूलाई आत्मा सम्झ्यौ भने सबै दुःख दूर हुनेछन्।”

प्रश्न:–
तिमी बच्चाहरूले कुन कुरामा बाबालाई अनुसरण गर्नु छ?

उत्तर:–
जसरी यी ब्रह्माले आफ्नो सबै थोक ईश्वर अर्पण गरिदिए। पूरा ट्रस्टी बने, त्यसैगरी ट्रस्टी बनेर रहू। कहिल्यै पनि उल्टो-सुल्टो खर्च गरेर पाप आत्माहरूलाई नदेऊ। आफ्नो सबै थोक ईश्वरीय सेवामा लगाऊ, पूरा ट्रस्टी बन। बाबाको श्रीमतमा चलिराख। बाबाले हेर्नुहुन्छ– कुन बच्चा कति श्रीमतमा चल्छ।

गीत:–
तू प्यार का सागर है....

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ। भन्छन्– बाबा, हामी कहाँबाट आयौँ, कहिले आयौँ, फेरि फिर्ता जाने बाटो कसरी भुल्यौँ। यो ड्रामा कानमा सम्झाइदिनुहोस्। हामी को हौँ, कहाँबाट आयौँ फेरि कहाँ गयौँ! एक ज्ञानको थोपा त दिनुहोस् किनकि ज्ञान सागर हुनुहुन्छ नि। अहिले बच्चाहरूलाई थाहा छ, हामी आत्माहरू कहाँका बासिन्दा हौँ, फेरि बाबालाई र आफ्नो स्वर्गलाई कसरी भुल्यौँ र कसरी आएर यहाँ दुःखी भयौँ– यो रहस्य कानमा सुनाऊ। अब बाबा ज्ञानको सागर पनि हुनुहुन्छ, पवित्रताको सागर पनि हुनुहुन्छ। प्रेमको सागर पनि हुनुहुन्छ। शान्तिको, सुख र सम्पत्तिको सागर पनि हुनुहुन्छ। अहिले बेहदका बाबाद्वारा यी सबै कुराहरू बुझ्छौ। आदिमा कहाँबाट आयौँ फेरि मध्यमा के भयो, जसले गर्दा हामी बाटो भुलेर दुःखी भयौँ। फेरि अब बाबालाई भन्छन्– बाबा, हामीलाई बाटो बताउनुहोस्। हामी आफ्नो सुखधाम, शान्तिधाममा जाऊँ। बाबाले नै बसेर बताउनुहुन्छ– तिमी आदिमा को थियौ फेरि मध्यमा के भयो। भक्तिमार्ग कसरी सुरु भयो, अन्त्यमा के भयो, यो आदि-मध्य-अन्त्यको रहस्य अब बुद्धिमा बसेको छ। यो ड्रामा हो नि। यो मानिसहरूले अवश्य जान्नु छ– किनकि पात्र हुन्। जान्दछन्, हामी आत्माहरू निराकारी शान्तिधामबाट आउँछौँ, यहाँ टकी धाममा। मूलवतन, सूक्ष्मवतन फेरि यो हो स्थूलवतन। फेरि मूलवतनबाट आत्माहरू आउँछन् टकीधाममा, शरीर धारण गरेर पार्ट खेल्न। आत्माको निवास स्थान शान्तिधाम हो। यी कुराहरू दुनियाँमा कसैलाई पनि थाहा छैन। यो ज्ञान सागर बाबाले नै आएर सम्झाउनुभएको छ। अहिले सम्झाइरहनुभएको छ– ज्ञान सागर भनिन्छ पारलौकिक परमपिता परमात्मालाई। मानिसलाई भन्न सकिँदैन। यो महिमा केवल एक बाबाको गाइन्छ, जसलाई अरू कसैले जान्दैनन्। अहिले विनाशको समय हो। गाइएको छ– विनाश काले विपरीत बुद्धि युरोपवासी...

अहिले बाबाले तिम्रो बुद्धियोग आफूसँग लगाउनुभएको छ– म एकलाई याद गर। म मुसलमान हुँ, हिन्दु हुँ, बौद्ध हुँ... यी सबै देहका धर्म हुन्। आत्मा त आत्मा नै हो। बाबा सम्झाउनुहुन्छ– देहका सबै धर्म छोडेर आफूलाई आत्मा सम्झी म बाबालाई याद गर्यौ भने पतितबाट पावन बन्नेछौ। बाबा भन्नुहुन्छ– यस देहलाई पनि भुल। यो सबैको लागि बाबाको सन्देश हो। देहसहित देहका जुन सम्बन्ध छन्, सबैलाई भुल। म आत्मा हुँ, हामी सबै भाइ-भाइका पिता एक हुनुहुन्छ। यी ब्रह्माले पनि भन्छन् हामी आत्मा हौँ, त्यसैले सबै भाइ-भाइ भयौँ। यस समय सबै भाइ-भाइ पतित दुःखी छन्। सबै काम चितामा चढेर भस्म भएका छन्। जब द्वापरको आदिमा रावण राज्य सुरु हुन्छ, तब फेरि तिमी वाम मार्गमा जान्छौ। तब नै फेरि अरू धर्म सुरु हुन्छन्। आधा समय तिमी पवित्र रहन्छौ। फेरि आधामा तिमी पतित बन्छौ। २१ जन्म भारतवर्षमा नै गाइन्छन्। कुमारी उही हुन् जसले २१ कुलको उद्धार गर्छन्। कुमारीको मान छ। तिमीले भारतको त के सारा विश्वको उद्धार गरिरहेका छौ। तिमीलाई थाहा छ, हामी सबै आत्माहरू शिवबाबाका बच्चा हौँ। त्यसैले कुमार नै ठहरियौ। भाइ-बहिनी तब हुन्छन् जब प्रजापिता ब्रह्माको सन्तान बन्छन्। यो तिमी बच्चाहरूलाई ज्ञान छ। हामी आत्माहरू सबै भाइ-भाइ हौँ, सबैले बाबालाई पुकार्छन्– हे पतित-पावन आउनुहोस्। यहाँ रावणराज्यबाट, दुःखबाट हामीलाई मुक्त गर्नुहोस्। फेरि हाम्रो मार्गदर्शक बनेर हामीलाई फिर्ता लैजानुहोस्। हाम्रो दुःख हर्नुहोस् र सुख दिनुहोस्। अहिले तिमीले बुझेका छौ, अवश्य बाबा आउनुभएको छ। हामीलाई यस कलियुगी रावणराज्यबाट छुटाएर साथ लैजानुहुनेछ। बाबालाई थाहा छ, सबै आत्माहरू पतित छन्, त्यसैले शरीर पनि पतित छ। आत्मालाई नै पावन बनाएर लैजानुहुन्छ निर्वाणधाममा। विगतबाट वर्तमान फेरि भविष्य हुनेछ। आदि-मध्य-अन्त्य फेरि आदि। सत्ययुग आदि कलियुग अन्त्य फेरि भविष्य हुनेछ सत्ययुग। यो त सहज छ नि। अच्छा बीचमा के भयो? हामी कसरी गिर्यौँ? हामी पावन देवता थियौँ फेरि पावनबाट पतित कसरी बन्यौँ! अहिले तिमीले बुझेका छौ, बाबा सम्झाउनुहुन्छ– जब रावणराज्य सुरु हुन्छ तब तिमी पतित बन्छौ। अब फेरि तिमीलाई भविष्य देवता बनाउन आएको छु। यसमा कठिनाइको कुनै कुरा छैन। बाबा भन्नुहुन्छ– तिमीलाई यस विषय सागरबाट पार लैजान्छु। गाउँछन् पनि नैया मेरी... सबैले पुकार्छन् एक बाबालाई। हाम्रो नैया जुन डुबेको छ, त्यसलाई क्षीरसागरमा लैजानुहोस्। उहाँलाई खिवैया, बागवान पनि भनिन्छ। अहिले काँडाहरूको जङ्गलमा परेका छौँ। हामीलाई फेरि फूलहरूको बगैँचामा लैजानुहोस्। देवताहरू फूल हुन् नि। अहिले सबै हुन् काँडा। एक-अर्कालाई दुःख नै दिइरहन्छन्। देवताले कहिल्यै कसैलाई दुःख दिँदैनन्। त्यहाँ त सुख नै सुख हुन्छ। उनीहरूले त केवल गाउँछन्, तिमीले यहाँ यथार्थमा सुनिरहेका छौ। भन्छन् नि– बाबा, हामीले कहाँबाट भुल्यौँ! यस सृष्टि चक्रलाई हामीले कसरी भुल्यौँ! सत्ययुग-त्रेतामा यो जान्दैनन् किनकि त्यहाँ त हामी सुखी थियौँ, फेरि दुःखी कहिले भयौँ? जब रावणराज्य सुरु भयो। यहाँका मानिसहरूले रावणलाई जलाइरहन्छन्। जबसम्म उसको विनाश भएको छैन। फेरि सत्ययुगमा कहाँ हरेक वर्ष जलाउँछन् र। यो हो भक्तिमार्ग। अहिले रावणको राज्य खत्तम हुनु छ। भक्तिमार्गमा रावणलाई हरेक वर्ष जलाउँछन् तर मर्दै मर्दैन। अहिले रावण तिम्रो अगाडि मानौँ मर्यो। तिमीलाई थाहा छ, रावणराज्य अब खत्तम हुनु छ। ५ भूतहरूको शिर काटिन्छ। पहिला-पहिला कामको शिरलाई काट्छौ। काम नै महाशत्रु हो। बाबा भन्नुहुन्छ– यी ५ भूतहरूमाथि विजय पाउनाले नै तिमीले विश्वमाथि जित पाउनेछौ। मानिसहरू आफैँ पनि भन्छन् हामी पतित छौँ, त्यसैले बोलाउँछन्– पतितहरूलाई पावन बनाउन आउनुहोस्। आत्माले बोलाउँछ हे पतित-पावन, हे बाबा... खिवैया, रहमदिल बाबा आउनुहोस्। बाबा भन्नुहुन्छ– म कल्प-कल्प आउँछु। कसरी आउँछु, यो कसैलाई थाहा छैन। गीतामा पनि छ– भगवानले आएर राजयोग सिकाउनुभयो। तर भगवान् को हुनुहुन्छ, कहिले आउनुभयो, यो कसैलाई थाहा छैन। गीतालाई त खण्डन गरिदिएका छन्। श्रीकृष्णलाई द्वापरमा लगेका छन्। द्वापरपछि त दुनियाँ झन् पतित हुन्छ। त्यसैले द्वापरमा श्रीकृष्णले आएर के गर्नुभयो। मानिसहरूले त केही पनि बुझ्दैनन्। बिल्कुलै अधर्मी छन्। सत्ययुगमा हुन्छन् धर्मात्मा। तिमी अहिले अधर्मीबाट धर्मात्मा बन्छौ। बाबा सम्झाउनुहुन्छ, तिमी नै सम्पूर्ण निर्विकारी पूज्य थियौ, तिमी नै अब विकारी पुजारी बनेका छौ। आपेही पूज्य... पहिला तिमी पूज्य थियौ, २१ जन्मसम्म, फेरि पुजारी बनेका छौ। सत्ययुगमा ८ जन्म फेरि त्रेतामा १२ जन्म लिन्छौ। बाबाले नै बताउनुहुन्छ– तिमी पतित कसरी बन्यौ, कहिलेदेखि गिर्यौ, यो सृष्टिको चक्र घुमिरहन्छ। सारा विश्वको इतिहास-भूगोल आदि-मध्य-अन्त्यको रहस्य बच्चाहरूलाई बाबाले बसेर सम्झाउनुहुन्छ। सबैले एकरस त बुझ्दैनन्। नम्बरवार नै बुझ्छन्।

बाबा भन्नुहुन्छ– म आएर राजधानी स्थापना गर्छु। अब तिमी सर्वगुण सम्पन्न बन्नु छ, तबसम्म सत्ययुगमा जान सक्दैनौ। बन्नु यहाँ छ फेरि भविष्यमा गएर तिमीले राज्य गर्नेछौ। त्यसको बीचमा सबै विनाश हुनेछ। विनाश पनि देख्नेछौ अवश्य। तिमीले यथार्थमा आफ्नो पार्ट खेल्नेछौ। तिमीलाई कहाँ थाहा हुन्छ र– पछि के हुनेछ। जो कल्प पहिला भएको थियो त्यही हुनेछ।

तिमीलाई पूरै बताइन्छ– स्थापना र विनाश हुनु छ। विनाश कसरी हुनेछ? त्यो त जब हुन्छ तब देख्नेछौ। दिव्य दृष्टिले विनाश त देखेका छौ। पछि गएर यथार्थमा पनि देख्नेछौ। स्थापनाको पनि साक्षात्कार दिव्य दृष्टिले गरेका छौ र यथार्थ पनि देख्नेछौ। बाँकी धेरै ध्यानमा जानु पनि ठिक होइन। फेरि वैकुण्ठमा गएर डान्स गर्न थाल्छन्। न ज्ञान, न योग, दुवैबाट वञ्चित हुन्छन्। ध्यानमा जाने कुनै दरकार छैन। यो त भोग केवल लगाइन्छ। तिमी ब्राह्मण त्यहाँ जान्छौ। देवताहरू र ब्राह्मणहरूको महफिल लाग्छ। यहाँ तिमी माइतीघरमा बसेका छौ, फेरि तिमीलाई लायक बनाइन्छ, विष्णुपुरी जानको लागि। कन्याको जब सगाई गर्छन्, तब उनलाई सम्झाइन्छ– घरमा कसरी चल्नु, सबैसँग प्रेमले चल्नु, झगडा नगर्नु। यो पनि हुबहु यस्तै हो। बाबा भन्नुहुन्छ– तिमी सर्वगुण सम्पन्न... यहाँ बन्नु छ। स्वर्गमा यी लडाइँ-झगडा आदि हुँदैनन्। अहिले तिमी विष्णुपुरी घर जान्छौ। त्यहाँ छन् महान् वैष्णव। उनीहरू जस्ता वैष्णव सृष्टिमा हुँदैनन्। वैष्णव देवताहरू विकारमा कहाँ जान्छन् र। विकार हो हिंसा। भनिन्छ अहिंसा परमो देवी-देवता धर्म। अहिले तिमीलाई थाहा छ, हामी माइतीघरमा बसेका छौँ, अहिले हामी विष्णुपुरीमा जानु छ। जान्दछौ, त्यहाँ धेरै सुख हुन्छ। बिहेभन्दा पहिला कन्याले फाटेको लुगा लगाउँछिन्, जसलाई वनवास भनिन्छ। तिमीसँग पनि अहिले के छ र? केही पनि छैन। यो त माटो-ढुङ्गा हो। यहाँ तिमीलाई कुनै पनि गहना आदि लगाउने दरकार छैन। तर भन्छन् गृहस्थमा रहनु छ, बिहे आदिमा जानुपर्छ भने गहना आदि पनि बरु लगाऊ। मनाही छैन। नत्र भन्छन् विधवा, गहना लगाउँदिनन्। नाम बदनाम हुन्छ, तब बाबा भन्नुहुन्छ नाम बदनाम गर्नुहुँदैन। जेसुकै लगाऊ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। ठीकै छ जाऊ जहाँ पनि, यो मन्त्र याद राख। यो परीक्षा लेऊ हामी यादमा रहन्छौँ कि रहँदैनौँ। यहाँ हामी जान्छौँ– बाबाको डाइरेक्सनले। उनीहरूसँग पनि निर्वाह गर्नु छ। तर हथ कार डे दिल यार डे... अनि सम्झनेछन् यिनीहरू मजबुत छन्। गहना आदि लगाएर बिहेमा बरु जाऊ, सँगै रहू तर महावीर बन्नु छ। संन्यासीहरूको पनि देखाउँछन् नि– गुरुले वेश्याकहाँ पठाइदिए, सर्पकहाँ पठाइदिए। जो बहादुरीले पास हुन्छन्, देखाउँछन् उनीहरूलाई महावीर भनिन्छ। बाबाको यादमा रह्यौ भने फेरि कुनै कर्मेन्द्रियहरूबाट चञ्चलता हुँदैन। बाबालाई भुल्यौ भने कर्मेन्द्रियहरू चञ्चल हुनेछन्। विश्वको तिमी मालिक बन्छौ, यो कम कुरा हो र! संन्यासीहरूले यी कुराहरूलाई बिल्कुलै जान्दैनन्। शास्त्रहरूमा बरु केही कुराहरू छन् तर खण्डन गरिदिएका छन्। भगवानुवाच– म तिमीलाई राजयोग सिकाउँछु। जबसम्म बाँचिरहन्छौ– ज्ञान-अमृत पिइरहनेछौ, सुनिरहनेछौ। राजधानी स्थापना हुनेछ। बच्चाहरूलाई घरी-घरी शिक्षा दिइन्छ– एक बाबालाई याद गर, दैवी लक्षण सिक। कुनै पनि विकर्म नहोस्। यो त असुरहरूको काम हो। तिमी अहिले देवता बन्छौ, त्यसैले दैवी गुण धारण गर्नु छ। सबैभन्दा ठुलो हो कामको काँडा। बानी परेको छ, त्यसैले घरी-घरी गिर्छन्, मायाले चड्कन हानेर ढालिदिन्छ। तब गाइन्छ– आश्चर्यवत् सुनन्ती, कथन्ती... अहिले तिमी एक बाबाको बनेका छौ। भन्छौ पनि यो सबै थोक ईश्वरले दिएको हो। त्यसैले तिमी ट्रस्टी बन्छौ। यो सबै उहाँको हो, हामीले उहाँको श्रीमतमा चल्नु छ। बाबाले पनि हेर्नुहुन्छ, मलाई सबै थोक अर्पण गरेर फेरि मेरो श्रीमतमा कसरी चल्छन्। कसैले उल्टो-सुल्टो खर्च गरेर पाप आत्माहरूलाई त दिँदैनन्। सुरुमा यिनले पनि ट्रस्टी भएर देखाए नि। सबै थोक ईश्वर अर्पण गरेर आफू ट्रस्टी बने। बस् कसैलाई पनि केही दिएनन्। ईश्वरको अर्थ गर्यो भने ईश्वरको काममा नै लगाउनु छ। शरीर निर्वाह पनि त हुन्थ्यो नि। जे जति थियो सबै सेवामा लगाइदिए। यिनलाई देखेर फेरि अरूहरूले पनि यसै गरे। भट्टी बन्यो। भट्टी नबनेको भए यति बच्चाहरू होसियार कसरी हुन्थे, सेवाको लागि। पाकिस्तानमा सिके फेरि यहाँ आएर सिके। जब सम्झाउन लायक बने तब बाहिर निस्किए। अहिले त हेर कति प्रदर्शनीहरू आदि गरिरहन्छन्। ठुला-ठुला व्यक्तिहरूलाई निमन्त्रणा दिन्छन्। यस ज्ञान यज्ञमा विघ्न पनि अनेक प्रकारका पर्नेछन्। विघ्नहरूसँग डराउनुहुँदैन। अबलाहरूमाथि कति अत्याचार हुन्छन्। बाबा भन्नुहुन्छ– योगबलमा रहेर उनीहरूलाई सम्झाऊ। भगवान् बाबाका पनि बच्चा बनेर फेरि बाबालाई भुल्छौ। मायाको बन्छौ। यो पनि हार-जितको कुस्ती हो। तर बक्सिङ जस्तै छ। मायाले मुक्का हान्छ अनि ढल्छन्। बाबा भन्नुहुन्छ– मायासँग कहिल्यै हार्नु छैन। पवित्र रह्यौ भने विश्वको मालिक बन्नेछौ। कति ठुलो आम्दानी छ। यदि पूरा पुरुषार्थ गरेनौ भने गएर दास-दासी बन्नेछौ। राजधानी सारी यहाँ नै स्थापना भइरहेको छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) जबसम्म जिउनु छ, ज्ञान अमृत पिइरहनु छ। महावीर बनेर मायाको बक्सिङमा विजयी बन्नु छ। सबैसँग सम्बन्ध निर्वाह गर्दै दिल एक बाबामा राख्नु छ।

२) विघ्नहरूदेखि डराउनु छैन। सेवामा आफ्नो सबै थोक सफल गर्नु छ। ईश्वर अर्पण गरेर ट्रस्टी बनेर रहनु छ। केही पनि उल्टो-सुल्टो कार्यमा लगाउनु छैन।

वरदान:–
आफ्नो सम्पूर्ण स्वरूपको आह्वानद्वारा आवागमनको चक्रबाट छुट्ने भाग्यशाली सितारा भव

अब आफ्नो सम्पूर्ण स्थिति वा सम्पूर्ण स्वरूपको आह्वान गर, तब त्यही स्वरूप सदा स्मृतिमा रहनेछ, फेरि जुन कहिले उच्च स्थिति, कहिले निच स्थितिमा आउने-जाने (आवागमनको) चक्र चल्छ, बारम्बार स्मृति र विस्मृतिको चक्रमा आउँछौ, यो चक्रबाट मुक्त हुनेछौ। ती मानिसहरू जन्म-मरणको चक्रबाट छुट्न चाहन्छन् र तिमीहरू व्यर्थ कुराहरूबाट छुटेर चम्किरहेका भाग्यशाली सितारा बन्छौ।

स्लोगन:–
कुनै पनि विघ्नको वश हुनु अर्थात् हीरामा दाग लगाउनु।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन।

जसरी तिम्रो आदि स्वरूप पवित्र देवता हो, त्यसरी नै यो अन्तिम जन्म पनि पवित्र ब्राह्मण जीवन हो, यो स्मृतिको आधारमा पवित्र जीवन अति सहज अनुभव गर। पवित्र बन, योगी बन– यही महामन्त्र सर्व प्राप्तिहरूको चाबी हो। यदि पवित्रता छैन, योगी जीवन छैन भने अधिकारी हुँदाहुँदै पनि अधिकारको अनुभूति गर्न सक्दैनौ। यो महामन्त्र नै सर्व खजानाहरूको अनुभूतिको चाबी हो।