15.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
तिमीलाई कर्म-अकर्म-विकर्मको गुह्य गति सुनाउन आउनुभएको छ , आत्मा र शरीर दुवै
पवित्र हुँदा कर्म अकर्म हुन्छन् , पतित हुँदा विकर्म हुन्छन्।”
प्रश्न:–
आत्मामा खिया
लाग्नुको कारण के हो? खिया लागेको छ भने त्यसको निसानी के हुन्छ?
उत्तर:–
खिया लाग्नुको
कारण हो– विकार। पतित बनेपछि नै खिया लाग्छ। यदि अहिलेसम्म खिया लागेको छ भने
उनीहरूलाई पुरानो दुनियाँको आकर्षण भइरहन्छ। बुद्धि विकारतर्फ गइरहन्छ। यादमा रहन
सक्दैनन्।
ओम् शान्ति ।
प्यारा
बच्चाहरू! यसको अर्थ त तिमीले बुझ्यौ। ओम् शान्ति भन्नासाथ यो निश्चय हुन्छ– हामी
आत्माहरू यहाँका निवासी होइनौँ। हामी त शान्तिधामका निवासी हौँ। हाम्रो स्वधर्म
शान्त हो, जब घरमा रहन्छौँ फेरि यहाँ आएर पार्ट खेल्छौँ, किनकि शरीरको साथमा कर्म
गर्नुपर्छ। कर्म हुन्छ एउटा राम्रो, अर्को नराम्रो। कर्म नराम्रो हुन्छ रावण राज्यमा।
रावण राज्यमा सबैका कर्म विकर्म बनेका छन्। एउटा पनि मानिस छैन जसबाट विकर्म हुँदैन।
मानिसहरूले त सम्झन्छन्– साधु-संन्यासी आदिबाट विकर्म हुन सक्दैन किनकि उनीहरू
पवित्र रहन्छन्। संन्यास गरेका छन्। वास्तवमा पवित्र कसलाई भनिन्छ, यो बिल्कुल
जान्दैनन्। भन्छन् पनि– हामी पतित छौँ। पतित-पावनलाई बोलाउँछन्। उहाँ नआएसम्म दुनियाँ
पावन बन्न सक्दैन। यहाँ यो पतित पुरानो दुनियाँ हो, त्यसैले पावन दुनियाँलाई याद
गर्छन्। पावन दुनियाँमा गएपछि पतित दुनियाँलाई याद गर्दैनन्। त्यो दुनियाँ नै अलग
छ। हरेक चीज नयाँ फेरि पुरानो हुन्छ नि। नयाँ दुनियाँमा एउटा पनि पतित हुन सक्दैन।
नयाँ दुनियाँको रचयिता परमपिता परमात्मा हुनुहुन्छ, उहाँ नै पतित-पावन हुनुहुन्छ,
उहाँको रचना पनि अवश्य पावन हुनुपर्छ। पतित सो पावन, पावन सो पतित, यी कुरा
दुनियाँमा कसैको बुद्धिमा बस्न सक्दैन। कल्प कल्प बाबाले नै आएर सम्झाउनुहुन्छ। तिमी
बच्चाहरूमा पनि कति निश्चयबुद्धि भएर फेरि संशयबुद्धि हुन्छन्। मायाले एकदमै
निलिदिन्छ। तिमी महारथी हौ नि। महारथीहरूलाई नै भाषणको लागि बोलाउँछन्।
महाराजाहरूलाई पनि सम्झाउनुछ। तिमी नै पहिला पावन पूज्य थियौ, अहिले त यो हो नै
पतित दुनियाँ । पावन दुनियाँमा तिमीहरू नै थियौ। तिमी भारतवर्षका आदि सनातन
देवी-देवता धर्मका डबल सिरताज सम्पूर्ण निर्विकारी थियौ। महारथीहरूले त यसरी
सम्झाउनुपर्छ नि। यो नशाले सम्झाउनुपर्छ। भगवानुवाच– काम चितामा बसेर काला बन्छौ
फेरि ज्ञान चितामा बस्दा गोरा बन्छौ। अब जसले पनि सम्झाउँछन् उनीहरू त काम चितामा
बस्न सक्दैनन्। तर यस्ता पनि छन् जो अरूलाई सम्झाउँदा सम्झाउँदै काम चितामा बस्छन्।
आज यो कुरा सम्झाउँछन् भोलि विकारमा गिर्छन्। माया धेरै जबर्जस्त छ। कुरै नगर।
अरूलाई सम्झाउनेहरू आफै काम चितामा बस्छन्। फेरि पछुताउँछन्– यो के भयो? बक्सिङ हो
नि। स्त्रीलाई देखे अनि आकर्षण आयो, कालो मुख पारिदिए। मायाबाट पार पाउन धेरै कठीन
छ। प्रतिज्ञा गरेर फेरि गिरेमा कति सय गुणा दण्ड हुन्छ। ऊ त मानौँ शूद्रसमान पतित
भयो। गायन पनि छ– अमृत पिएर फेरि बाहिर गएर अरूलाई सताउँथे। फोहोर गर्थे। ताली दुई
हातले बज्छ। एक हातले त बज्न सक्दैन। दुवै बिग्रिन्छन्। फेरि कसैले त समाचार दिन्छन्,
कसैले फेरि लाजले गर्दा समाचार नै दिँदैनन्। सम्झन्छन्– कतै ब्राह्मण कुलमा नाम
बदनाम नहोस्। युद्धमा कसैले हारे भने हाहाकार हुन्छ। अरे यति ठुलो पहलमानलाई पनि
गिराइदियो! यस्ता धेरै एक्सिडेन्ट हुन्छन्। मायाले थप्पड मार्छ, लक्ष्य धेरै ठुलो छ
नि।
अब तिमी बच्चाहरूले
सम्झाउँछौ– जो सतोप्रधान गोरा थिए, उनीहरू नै काम चितामा बस्नाले काला तमोप्रधान
बनेका छन्। रामलाई पनि कालो बनाउँछन्। चित्र त धेरैका काला बनाउँछन्। तर मुख्यको
कुरा सम्झाइन्छ। यहाँ पनि रामचन्द्रको चित्र कालो छ, उनीहरूलाई सोध्नुपर्छ– कालो
किन बनाइएको हो? भनिदिन्छन्– यो त ईश्वरको भावी। यस्तो त चल्दै आउँछ। किन हुन्छ, के
हुन्छ– यो केही जान्दैनन्। अब तिमीलाई बाबाले सम्झाउनुहुन्छ– काम चितामा बस्नाले
पतित दु:खी कौडी बराबर पनि (वर्थ नट ए पेनी) रहँदैनौ। त्यो हो निर्विकारी दुनियाँ।
यो हो विकारी दुनियाँ। यसरी यसरी सम्झाउनुपर्छ। यो सूर्यवंशी, यो चन्द्रवंशी फेरि
वैश्यवंशी बन्नु नै छ। वाममार्गमा आउनाले फेरि उनीहरू देवता कहलिँदैनन्। जगन्नाथको
मन्दिरमा माथि देवताहरूको कुल देखाउँछन्। ड्रेस देवताहरूको छ, गतिविधि धेरै विकारी
देखाउँछन्।
बाबाले जुन कुराहरूमा
अटेन्सन खिचाउनुहुन्छ, त्यसमा ध्यान दिनुपर्छ। मन्दिरहरूमा धेरै सेवा हुन सक्छ।
श्रीनाथ द्वारेमा पनि सम्झाउन सक्छौ। सोध्नुपर्छ– यिनलाई कालो किन बनाइएको हो? यो
सम्झाउनु त धेरै राम्रो छ। त्यो हो सत्ययुग, यो हो कलियुग। फलाममा खिया लाग्छ नि।
अहिले तिम्रो खिया उत्रिरहेको छ। जसले याद नै गर्दैनन् उनीहरूको खिया पनि उत्रिँदैन।
धेरै खिया लागेको छ भने उसलाई पुरानो दुनियाँको आकर्षण भइरहन्छ। सबैभन्दा ठुलो खिया
लाग्छ नै विकारहरूबाट। पतित पनि त्यसैबाट बनेका छन्। आफ्नो जाँच गर्नुपर्छ– मेरो
बुद्धि विकारतर्फ त जाँदैन। राम्रा राम्रा फस्टक्लास बच्चाहरू पनि फेल हुन्छन्।
अहिले तिमी बच्चाहरूलाई यो समझ मिलेको छ। मुख्य कुरा हो नै पवित्रताको। सुरुदेखि
यसैमा झगडा चल्दै आएको छ। बाबाले नै यो युक्ति रच्नुभयो– सबैले भन्थे हामी ज्ञान
अमृत पिउन जान्छौँ। ज्ञान अमृत छ नै ज्ञान सागरको पासमा। शास्त्र पढ्नाले त कोही
पतितबाट पावन बन्न सक्दैनन्। पावन बनेर फेरि पावन दुनियाँमा जानुछ। यहाँ पावन बनेर
फेरि कहाँ जान्छन्? मानिसहरूले सम्झन्छन्– फलानाले मोक्ष पायो। उनीहरूलाई के थाहा,
यदि मोक्ष पायो भने त उसको क्रियाकर्म आदि पनि गर्न सक्दैनन्। यहाँ दियो आदि बाल्छन्
उसले अँध्यारोमा ठक्कर नखाओस्, कुनै तकलिफ नहोस् भनेर। आत्माले त एउटा शरीर छोडेर
गएर अर्को लिन्छ, एक सेकेन्डको कुरा हो। अँध्यारो फेरि कहाँबाट आयो? यो रसम चल्दै
आएको छ, तिमीले पनि त्यस्तै गर्थ्यौ, अब केही गर्दैनौ। तिमीलाई थाहा छ– शरीर त माटो
भयो। त्यहाँ यस्तो रसमरिवाज हुँदैन। आजकालको ऋद्धि-सिद्धिको कुरामा केही राखिएको
छैन। मानौँ कसैको पँखेटा आयो, उड्न थाल्यो– फेरि के, त्यसबाट फाइदा के मिल्छ? बाबा
त भन्नुहुन्छ– मलाई याद गरेमा विकर्म विनाश हुन्छन्। यो योग अग्नि हो, जसबाट
पतितबाट पावन बन्छौ। ज्ञानबाट धन मिल्छ। योगबाट सदा स्वस्थ पवित्र, ज्ञानबाट सदा
सम्पन्न धनवान बन्छौ। योगीको आयु सदा लामो हुन्छ। भोगीको छोटो। श्रीकृष्णलाई
योगेश्वर भनिन्छ। ईश्वरको यादबाट श्रीकृष्ण बन्नुभएको हो, उहाँलाई स्वर्गमा
योगेश्वर भनिँदैन। उहाँ त राजकुमार हुनुहुन्छ। पहिलाको जन्ममा श्रेष्ठ कर्म गरेका
हुनाले यस्तो बन्नुहुन्छ। कर्म-अकर्म-विकर्मको गति पनि बाबाले सम्झाउनुभएको छ।
आधाकल्प हुन्छ रामराज्य, आधाकल्प हुन्छ रावण राज्य। विकारमा जानु– यो हो सबैभन्दा
ठुलो पाप। सबै दाजुभाइ दिदीबहिनी हौ नि। आत्माहरू सबै भाइ भाइ हुन्। भगवानको सन्तान
भएर फेरि विकारी कर्म कसरी गर्छन्। हामी बी.के. विकारमा जान सक्दैनौँ। यही
युक्तिबाट नै पवित्र रहन सक्छौँ। तिमीलाई थाहा छ– अब रावण राज्य समाप्त हुन्छ फेरि
हरेक आत्मा पवित्र बन्छ। त्यसलाई भनिन्छ– घर घरमा उज्यालो। तिम्रो ज्योति बलेको छ।
ज्ञानको तेस्रो नेत्र मिलेको छ। सत्ययुगमा सबै पवित्र नै रहन्छन्। यो पनि तिमीले
अहिले बुझ्छौ। अरूलाई सम्झाउने तागत बच्चाहरूमा नम्बरवार हुन्छ। नम्बरवार यादमा
रहन्छन्। राजधानी कसरी स्थापना हुन्छ, कसैको बुद्धिमा यो कुरा हुँदैन। तिमी सेना हौ
नि। तिमीलाई थाहा छ– यादको बलबाट पवित्र बनेर हामी राजा रानी बनिरहेका छौँ। फेरि
अर्को जन्ममा सम्पन्न परिवारमा जन्म (गोल्डेन स्पुन इन माउथ) हुन्छ। ठुलो परीक्षा
पास गर्नेले पद पनि ठुलो पाउँछन्। फरक पर्छ नि, जति पढाइ त्यति सुख। यहाँ त भगवानले
पढाउनुहुन्छ। यो नशा चढिरहनुपर्छ। चोबचिनी (तागतको माल) मिल्छ। भगवानबिना यस्ता
भगवान-भगवती कसले बनाउँछन्। तिमी अहिले पतितबाट पावन बनिरहेका छौ फेरि
जन्मजन्मान्तरको लागि सुखी बन्छौ। उच्च पद पाउँछौ। पढ्दा पढ्दै फेरि विकारी बन्छन्।
देह अभिमानमा आउनाले फेरि ज्ञानको तेस्रो नेत्र बन्द हुन्छ। माया धेरै जबर्जस्त छ।
बाबा स्वयं भन्नुहुन्छ– धेरै मेहनत छ। मैले कति मेहनत गर्छु– ब्रह्माको तनमा आएर।
तर यो कुरा बुझेर पनि फेरि भनिदिन्छन्– यस्तो कहाँ हुन सक्छ, शिवबाबा आएर
पढाउनुहुन्छ– हामीले मान्दैनौँ। यो चालाखी हो। यस्तो पनि भनिदिन्छन्। राजसत्ता त
स्थापना भइहाल्छ। भनिन्छ नि– सत्यको डुङ्गा हल्लिन्छ तर डुब्दैन। कति विघ्न पर्छन्।
अच्छा!
मीठे-मीठे सिकिलधे
नूरे रत्न, श्यामबाट सुन्दर बन्ने बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं
गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) योगको अग्निबाट विकारहरूको खियालाई उतार्नुछ। आफ्नो जाँच गर्नुछ– हाम्रो बुद्धि
विकारतर्फ त जाँदैन?
२) निश्चयबुद्धि
बनेपछि फेरि कहिल्यै कुनै पनि कुरामा संशय उठाउनुहुँदैन। विकर्महरूबाट बच्नको लागि
जुनसुकै कर्म पनि आफ्नो स्वधर्ममा स्थित भएर बाबाको यादमा गर्नुछ।
वरदान:–
श्रेष्ठ
पालनाको विधिद्वारा उन्नति गर्ने सर्वको बधाईको पात्र भव
सङ्गमयुग बधाईबाटै
उन्नति गर्ने युग हो। बाबाको, परिवारको बधाईबाटै तिमी बच्चाहरू पालना भइरहेका छौ।
बधाईबाटै नाच्दै, गाउँदै, पालिँदै, उड्दै गइरहेका छौ। यो पालना पनि आश्चर्यजनक छ।
त्यसैले तिमी बच्चाहरूले पनि ठुलो दिलले, रहमको भावनाले,दाता बनेर हर घडी
एकअर्कालाई धेरै राम्रो, धेरै राम्रो भनेर बधाई दिइरहने गर, यही पालनाको श्रेष्ठ
विधि हो। यो विधिबाट सर्वको पालना गरिराख त्यसबाट बधाईको पात्र बन्छौ।
स्लोगन:–
आफ्नो स्वभाव
सरल बनाउनु– यही समाधानस्वरूप बन्ने सहज विधि हो।
मातेश्वरीजीका अनमोल
महावाक्य:–
“पुरुषार्थ र
प्रारब्ध बाट बनेको अनादि ड्रामा”
मातेश्वरी: पुरुषार्थ
र प्रारब्ध दुई चीज हुन्, पुरुषार्थबाट प्रारब्ध बन्छ। यो अनादि सृष्टिको चक्र
घुमिरहन्छ, जो आदि सनातन भारतवर्ष निवासहरू पूज्य थिए, उनीहरू नै फेरि पुजारी बने
फेरि तीनै पुजारीहरू पुरुषार्थ गरेर पूज्य बन्छन्, यो ओर्लनु र चढ्नु अनादि ड्रामाको
खेल बनेको छ।
जिज्ञासु: मातेश्वरी,
मेरो पनि यो प्रश्न उठ्छ– जब यो ड्रामा यस्तै बनेको छ भने फेरि यदि माथि चढ्नुछ भने
आफै चढिन्छ फेरि पुरुषार्थ गर्नुको फाइदा नै के भयो? जो चढ्छन् ती फेरि पनि गिर्छन्
फेरि यति पुरुषार्थ नै किन गर्ने? मातेश्वरी, हजुरको भनाइ छ– यो ड्रामा हुबहु रिपीट
हुन्छ भने के सर्वशक्तिमान् परमात्मा सदा यस्तो खेललाई देखेर आफै थाक्नुहुन्न? जस्तै
४ ऋतुहरूमा जाडो, गर्मी आदिको फरक हुन्छ भने के यो खेलमा फरक पर्दैन?
मातेश्वरी: बस्, यही
त खुबी हो यो ड्रामाको, हुबहु रिपीट हुन्छ र यो ड्रामामा अझै खुबी छ जुन रिपीट
हुँदाहुँदै पनि नित्य नयाँ लाग्छ। पहिला आफैलाई पनि यो शिक्षा थिएन, तर ज्ञान
मिलिसकेपछि जेसुकै पनि सेकेन्ड बाइ सेकेन्ड चल्छ, हुन त हुबहु कल्प पहिलाको चल्छ तर
जब त्यसलाई साक्षी भएर हेरिन्छ तब नित्य नयाँ बुझिन्छ। अहिले सुख दु:ख दुवैको
पहिचान मिलेको छ त्यसैले यस्तो नसम्झनु– यदि फेल हुनु नै छ भने फेरि पढ्ने नै किन?
होइन, त्यसो हो भने त यस्तो पनि सम्झनु– यदि खाना मिल्ने रहेछ भने आफै मिल्छ, फेरि
यति मेहनत गरेर कमाउने नै किन? त्यसैले हामीले पनि देखिरहेका छौँ अब चढ्तीकलाको समय
आएको छ, त्यही देवता घराना स्थापना भइरहेको छ भने किन अहिले नै त्यो सुख नलिने। जसरी
हेर अब कोही जज बन्न चाहन्छ भने पुरुषार्थ गरेपछि मात्र त्यो डिग्री हासिल गर्छ नि।
यदि त्यसमा फेल भयो भने मेहनत नै बर्बाद हुन्छ, तर यो अविनाशी ज्ञानमा फेरि यस्तो
हुँदैन, अलिकति पनि यो अविनाशी ज्ञानको विनाश हुँदैन। त्यति पुरुषार्थ नगरेर दैवी
रोयल घरानासमा नआए पनि तर यदि कम पुरुषार्थ गर्यो भने पनि त्यो सत्ययुगी दैवी
प्रजामा आउन सक्छ। तर पुरुषार्थ गर्नु अवश्य छ किनकि पुरुषार्थबाटै प्रारब्ध बन्छ,
बलिहारी पुरुषार्थ कै गायन गरिएको छ।
“ यो ईश्वरीय ज्ञा न
सर्व मनुष्य आत्माहरूको लागि हो”
पहिला सुरुमा त आफूले
एउटा मुख्य प्वाइन्ट अवश्य ख्यालमा राख्नुछ, यो मनुष्य सृष्टि वृक्षको बीजरूप
परमात्मा हुनुहुन्छ भने उहाँ परमात्माबाट जुन ज्ञान प्राप्त भइरहेको छ त्यो सबै
मानिसहरूको लागि जरुरी छ। सबै धर्मका मानिसहरूलाई यो ज्ञान लिने अधिकार छ। हुन त
हरेक धर्मको ज्ञान आआफ्नै छ, हरेकको शास्त्र आआफ्नै छ, हरेकको मत आआफ्नै छ, हरेकको
संस्कार आआफ्नै छ तर यो ज्ञान सबैको लागि हो। हुन त उनीहरूले यो ज्ञानलाई नलिए पनि,
हाम्रो घरानासमा नआए पनि सबैका पिता हुनुभएको कारण उहाँसँग योग लगाए भने फेरि पनि
पवित्र अवश्य बन्छन्। यो पवित्रताको कारण आफ्नै सेक्सनमा पद अवश्य पाउँछन् किनकि
योगलाई त सबै मानिसहरूले मान्छन्, धेरै मानिसहरूले यस्तो भन्छन्– हामीलाई पनि मुक्ति
चाहिन्छ, तर सजायबाट छुटेर मुक्त हुने शक्ति पनि यो योगद्वारा मिल्न सक्छ। ओम्
शान्ति।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ
तिमी बच्चाहरूसँग
पवित्रताको जुन महान् शक्ति छ, यो श्रेष्ठ शक्तिले नै अग्निको काम गर्छ जसले
सेकेन्डमा विश्वको विकारको फोहोरलाई भस्म गर्न सक्छ। आत्मा पवित्रताको सम्पूर्ण
स्थितिमा स्थित भइसकेपछि त्यो स्थितिको श्रेष्ठ सङ्कल्पबाट लगनको अग्नि प्रज्वलित
हुन्छ र फोहोर भस्म हुन्छ, वास्तवमा यही योग ज्वाला हो। अब तिमी बच्चाहरूले आफ्नो
यो श्रेष्ठ शक्तिलाई कार्यमा लगाऊ।