16.03.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीलाई सद्गति को सबैभन्दा भिन्न मत मिलेको छ, देहका सबै धर्म त्याग गर ेर आत्म अभिमानी बन , म एकलाई याद गर।”

प्रश्न:–
जसले परमात्मालाई नाम रूप भन्दा न्यारा भन्छन्, उनीहरूलाई तिमीले कुन प्रश्न सोध्न सक्छौ?

उत्तर:–
उनीहरूलाई सोध– गीतामा जे देखाइन्छ, अर्जुनलाई अखण्ड ज्योति स्वरूपको साक्षात्कार भयो र अर्जुनले भने– बस् अब भयो, मैले सहन गर्न सक्दिनँ। त्यसोभए फेरि नाम रूपभन्दा न्यारा कसरी भन्छौ? बाबा भन्नुहुन्छ– म त तिम्रो पिता हुँ। बाबाको रूप देखेर बच्चा खुसी हुन्छ, उसले कसरी भन्छ– मैले सहन गर्न सक्दिनँ।

गीत:–
तेरे द्वार खड़ा...

ओम् शान्ति ।
भक्तहरूले भन्छन्– हामी धेरै कङ्गाल बनेका छौँ। हे बाबा, हामी सबैको झोली भरिदिनुहोस्! भक्तहरूले जन्मजन्मान्तर गाइरहन्छन्। सत्ययुगमा भक्ति हुँदैन। त्यहाँ पावन देवीदेवता हुन्छन्। भक्तहरूलाई कहिल्यै देवता भनिँदैन। जो स्वर्गवासी देवीदेवता हुन्छन्, उनीहरू फेरि पुनर्जन्म लिँदालिँदा नर्कवासी, पुजारी, भक्त, कङ्गाल बन्छन्। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। बाबालाई एक जना मानिसले पनि चिन्दैनन्। बाबा आएको बेलामा उहाँ आएर आफ्नो परिचय दिनुहुन्छ। भगवानलाई नै बाबा भनिन्छ। सबै भक्तहरूका भगवान एक हुनुहुन्छ। बाँकी सबै भक्त हुन्। चर्च आदिमा जान्छन् भने अवश्य भक्त ठहरिए नि। यस समयमा सबै पतित तमोप्रधान छन्, त्यसैले सबैले पुकार्छन्– हे पतितहरूलाई पावन बनाउने बाबा आउनुहोस्! हे बाबा, हामी भक्तहरूको झोली भरिदिनुहोस्! भक्तले भगवानसँग धन माग्छन्। तिमी बच्चाहरूले के माग्छौ? तिमीले भन्छौ– बाबा, हामीलाई स्वर्गको मालिक बनाउनुहोस्! त्यहाँ त अथाह धन हुन्छ। हीरा जुहारतका महल हुन्छन्। अहिले तिमीलाई थाहा छ– हामीले भगवानद्वारा राज्यभाग्यको वर्सा पाइरहेका छौँ। यो सच्चा गीता हो। त्यो गीता होइन। ती पुस्तक आदि त भक्तिमार्गका लागि बनाएका हुन्। उनीहरूलाई भगवानले ज्ञान दिनुभएको होइन। भगवानले त यस समयमा नरबाट नारायण बनाउनको लागि राजयोग सिकाउनुहुन्छ। राजासँग प्रजा पनि अवश्य हुन्छन्। केवल लक्ष्मीनारायण त बन्दैनन्। सारा राजधानी बन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– भगवान को हुनुहुन्छ, यो कुरा अरू कुनै पनि मनुष्य मात्रले जान्दैनन्। बाबा भन्नुहुन्छ– तिमीले भन्छौ– हे परमपिता परमात्मा! त्यसो भए बताऊ तिम्रो परमपिताको नाम, रूप, देश, काल के हो? न भगवानलाई चिन्दछन्, न उहाँको रचनालाई चिन्दछन्। बाबा आएर भन्नुहुन्छ– म कल्प कल्पको सङ्गममा आउँछु। सारा रचनाको आदि-मध्य-अन्त्यको रहस्य म “रचयिता” नै आएर सम्झाउँछु। कतिले त भन्छन्– उहाँ नाम रूपभन्दा न्यारा हुनुहुन्छ, उहाँ आउन सक्नुहुन्न। तिमीलाई थाहा छ– बाबा आउनुभएको छ। शिवजयन्ती पनि निराकारको गायन गरिन्छ र श्रीकृष्णजयन्ती पनि गायन गरिन्छ। अब शिवजयन्ती कहिले हुन्छ, त्यो थाहा हुनुपर्छ नि। जसरी क्रिस्चियनहरूलाई थाहा छ– क्राइस्टको जन्म कहिले भयो, क्रिस्चियन धर्म कहिले स्थापना भयो। यो त हो भारतवर्षको कुरा। भगवानले विश्वको झोली कहिले भर्नुहुन्छ? भक्तहरूले पुकार्छन्– हे भगवान्, झोली भरिदिनुहोस्, सद्गतिमा लैजाउनुहोस्! किनकि हामी दुर्गतिमा पुगेका छौँ, तमोप्रधान छौँ। आत्माले नै शरीरसँग भोग्छ। कति मनुष्य, साधुसन्त आदिले भन्छन्– आत्मा निर्लेप छ। भन्छन् पनि– राम्रा वा नराम्रा संस्कार आत्मामा रहन्छन्। त्यस आधारमा आत्माले जन्म लिन्छ। फेरि भन्छन्– आत्मा त निर्लेप छ। कुनै पनि बुद्धिमान् मनुष्य छैन, जसले सम्झाउन सक्छ। यसमा पनि अनेक मत छन्। जो घरबाट रिसाउँछन्, उनीहरूले शास्त्र बनाइदिन्छन्। श्रीमत भगवत गीता एउटा छ। व्यासले जुन श्लोक आदि बनाए, त्यो कुनै भगवानले गायन गर्नुभएको होइन। भगवान निराकार जो ज्ञानको सागर हुनुहुन्छ, उहाँ बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– भगवान एक हुनुहुन्छ। तिमीहरूलाई यो थाहा छैन। गाउँछन् पनि– ईश्वरको गति-मति न्यारा छ। अच्छा, कुन गति-मति न्यारा छ? ईश्वरको गति-मति न्यारा छ, यो कसले भन्यो? आत्माले भन्छ– उहाँको सद्गतिको लागि जुन मत मिल्छ, त्यसलाई श्रीमत भनिन्छ। कल्प कल्प म आएर तिमीलाई सम्झाउँछु– मनमनाभव। देहका सबै धर्म त्यागेर आत्म अभिमानी बन। म एकलाई याद गर। अहिले तिमी मनुष्यबाट देवता बनिरहेका छौ। यस राजयोगको लक्ष्य उद्देश्य नै लक्ष्मीनारायण बन्नु हो। पढाइबाट कोही राजा बन्दैनन्। यस्तो कुनै स्कुल छैन। गीतामा नै छ– मैले तिमी बच्चाहरूलाई राजयोग सिकाउँछु। आउँछु पनि त्यतिबेला जुनबेला कुनै पनि राजाको राज्य हुँदैन। मलाई एक जना मनुष्यले पनि बिल्कुलै चिन्दैनन्। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूले जुन यति ठुलो लिङ्ग बनाएका छौ, मेरो कुनै त्यस्तो रूप छैन। मनुष्यले भनिदिन्छन्– अखण्ड ज्योतिरूप परमात्मा, तेजस्वी हुनुहुन्छ। अर्जुनले देखेर भने– बस् अब भयो, मैले सहन गर्न सक्दिनँ। अरे, बच्चाले बाबाको रूप देखेर सहन गर्न नसक्ने, यो कसरी हुन सक्छ? बच्चा त बाबालाई देखेर खुसी हुन्छ नि। बाबा भन्नुहुन्छ– मेरो कुनै यस्तो रूप कहाँ छ र। म हुँ नै परमपिता अर्थात् परभन्दा पर रहने परम आत्मा अर्थात् परमात्मा। फेरि गायन गर्छन्– परमात्मा मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। भक्तहरूले उहाँको महिमा गर्छन्। सत्ययुग-त्रेतामा कसैले महिमा गर्दैनन् किनकि त्यहाँ त सुख हुन्छ। गायन पनि गर्छन्– दुःखमा सिमरन सब करें, सुख में करे न कोई। यसको पनि अर्थ बुझ्दैनन्। सबैले सुगालेजस्तै रटिरहन्छन्। सुख कहिले हुन्छ, दुःख कहिले हुन्छ। भारतवर्षकै त कुरा हो नि। ५ हजार वर्ष पहिला यहाँ स्वर्ग थियो, फेरि त्रेतामा दुई कला कम भए। सत्ययुग-त्रेतामा दुःखको नामै हुँदैन। त्यहाँ हुन्छ नै सुखधाम। स्वर्ग भन्दा मुख मीठो हुन्छ। स्वर्गमा फेरि दुःख कहाँबाट आयो। भन्छन्– त्यहाँ पनि कंस, जरासन्ध आदि थिए, तर यो हुन सक्दैन।

भक्तहरूले सम्झन्छन्– हामीले नवधा भक्ति गर्दा साक्षात्कार हुन्छ। साक्षात्कार हुनु अर्थात् हामीलाई भगवान मिल्नुभयो। लक्ष्मीको पूजा गरियो उनको दर्शन भयो, बस् हामी त पार भयौँ, यसैमा खुसी हुन्छन्। तर केही पनि होइन। अल्पकालको लागि सुख मिल्छ। दर्शन भयो, खतम। यस्तो त होइन– मुक्ति-जीवनमुक्ति पाउँछौ, केही पनि होइन। बाबाले सिँढीमा पनि सम्झाउनुभएको छ– भारतवर्ष उच्चभन्दा उच्च थियो। भगवान पनि उच्चभन्दा उच्च हुनुहुन्छ। भारतवर्षमा उच्चभन्दा उच्च वर्सा यी लक्ष्मीनारायणलाई मिल्छ। जुनबेला स्वर्ग थियो, सबै सतोप्रधान थिए, फेरि कलियुग अन्त्यमा सबै तमोप्रधान हुन्छन्। पुकार्छन्– हामी बिल्कुल पतित भएका छौँ। बाबा भन्नुहुन्छ– म कल्पको सङ्गमयुगमा आउँछु, तिमीलाई राजयोग सिकाउन। म जो हुँ, जस्तो छु, मलाई यथार्थ रीतिले कसैले चिन्दैनन्। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। सिँढीको चित्र देखाउनुछ। यो भारतवर्षको सिँढी हो। सत्ययुगमा देवीदेवता थिए। ५ हजार वर्ष पहिला भारतवर्ष यस्तो थियो। शास्त्रहरूमा कल्प लाखौँ वर्षको हुन्छ भन्ने लेखिदिएका छन्। बाबा भन्नुहुन्छ– कल्प लाखौँ वर्षको होइन, ५ हजार वर्षको हो। सत्ययुग, त्रेता नयाँ दुनियाँ, द्वापर, कलियुग पुरानो दुनियाँ। आधा आधा हुन्छ नि। नयाँ दुनियाँमा तिमी बच्चाहरू थियौ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अहिले तिमीले आफ्नो जन्मलाई जान्दछौ, बाँकी कुनै रथ आदिको कुरा होइन। श्रीकृष्ण त सत्ययुगका राजकुमार हुन्। श्रीकृष्णको त्यो रूप दिव्य दृष्टिबिना देखिँदैन। त्यो चैतन्यरूपमा त सत्ययुगमा थिए, फेरि त्यो रूप कहिल्यै मिल्न सक्दैन। त्यसपछि त नाम, रूप, देश, काल परिवर्तन हुन्छ। ८४ जन्म लिन्छन्। ८४ जन्ममा ८४ आमाबुबा मिल्छन्। भिन्न भिन्न नाम, रूप, कर्तव्य हुन्छ। अब यो भारतवर्षकै सिँढी हो। तिमी अहिले ब्राह्मण कुलभूषण हौ। बाबाले कल्प पहिला पनि आएर तिमीलाई देवीदेवता बनाउनुभएको थियो। त्यहाँ तिमीले सर्वोत्तम कर्म गर्थ्यौ। तिमी सदा सुखी थियौ २१ जन्म। फेरि तिमीलाई यस दुर्गतिमा कसले लग्यो? मैले कल्प पहिला तिमीलाई सद्गति दिएको थिएँ, फेरि ८४ जन्म लिँदालिँदा अवश्य ओर्लनुपर्छ। सूर्यवंशीमा ८ जन्म, चन्द्रवंशीमा १२ जन्म, फेरि यसरी ओर्लँदै आएका छौ। तिमी नै पूज्य देवता थियौ, तिमी नै पुजारी पतित बनेका छौ। भारतवर्ष अहिले कङ्गाल छ। भगवानुवाच, तिमी जो १०० प्रतिशत पवित्र र सम्पन्न, सदा स्वस्थ, सदा सम्पन्न थियौ। कुनै रोग दुःखको कुरा थिएन, सुखधाम थियो। त्यसलाई भनिन्छ गार्डेन अफ अल्लाह। अल्लाहले बगैँचा स्थापना गर्नुभयो। जो देवीदेवता थिए, उनीहरू अब काँडा बनेका छन्। अब जङ्गल बनेको छ। जङ्गलमा काँडाले घोच्छन्। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर। यसले आदि-मध्य-अन्त्य तिमीलाई दुःख दिएको छ। एकअर्कामाथि काम कटारी चलाउनु यो सबैभन्दा ठुलो पाप हो। बाबा बसेर आफ्नो परिचय दिनुहुन्छ– म परमधाममा रहने परम आत्मा हुँ। मलाई भन्छन्– म सृष्टिको बीजरूप परम आत्मा, म सबैको बाबा हुँ। सबै आत्माहरूले बाबालाई पुकार्छन्– हे परमपिता परमात्मा! जसरी तिम्रो आत्मा स्टारजस्तै छ, बाबा परम आत्मा पनि स्टार हुनुहुन्छ। सानो ठुलो हुनुहुन्न। बाबा भन्नुहुन्छ– म बुढीऔँला जस्तो पनि छैन। म परम आत्मा हुँ। म तिमी सबैको पिता हुँ। उहाँलाई भनिन्छ सुप्रिम सोल, नलेजफुल। बाबा सम्झाउनुहुन्छ– म नलेजफुल, मनुष्य सृष्टिको वृक्षको बीजरूप हुँ। मलाई भक्तहरूले भन्छन्– परमात्मा सत्-चित्-आनन्द स्वरूप हुनुहुन्छ, उहाँ ज्ञानको सागर, सुखको सागर हुनुहुन्छ। उहाँको कति महिमा छ। यदि नाम, रूप, देश, काल छैन भने कसलाई पुकार्छन्। साधुसन्त आदि सबैले तिमीलाई भक्तिमार्गका शास्त्र सुनाउँछन्। म आएर तिमीलाई राजयोग सिकाउँछु।

बाबा सम्झाउनुहुन्छ– तिमीले पतितपावन म ज्ञान सागर बाबालाई भन्छौ। तिमी पनि मास्टर ज्ञान सागर बन्छौ। ज्ञानबाट सद्गति मिल्छ। विश्वलाई सद्गति बाबाले नै दिनुहुनेछ। सबैको सद्गतिदाता एक हुनुहुन्छ। फेरि सबैको दुर्गति कसले गर्छ? रावणले। अब तिमीलाई यो कुरा कसले सम्झाइरहनुभएको छ? यिनी परम आत्मा हुन्। आत्मा त एउटा स्टारजस्तै अति सूक्ष्म छ। परमात्माले पनि ड्रामामा पार्ट खेल्नुहुन्छ। रचयिता, निर्देशक, मुख्य कलाकार हुनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– उच्चभन्दा उच्च पार्टधारी को हुनुहुन्छ? उच्चभन्दा उच्च भगवान। जोसँग तिमी आत्मा बच्चाहरू सबै रहन्छौ। भन्छन् पनि– परमात्माले सबैलाई पठाउनुहुन्छ। यो पनि बुझ्ने कुरा हो। ड्रामा त अनादि बनेको छ। बाबा भन्नुहुन्छ– मलाई तिमीले भन्छौ– ज्ञानको सागर, सारा सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्ने। अहिले यी जुन शास्त्र आदि पढ्छन्, तिनलाई बाबाले जान्नुहुन्छ। बाबा भन्नुहुन्छ– प्रजापिता ब्रह्माद्वारा म आएर सबै शास्त्रहरूको सार बताउँछु। देखाइन्छ– विष्णुको नाभिबाट ब्रह्मा निस्किए। त्यसपछि कहाँ निस्किए? मनुष्य त अवश्य यहीँ हुन्छन् नि। यिनको नाभिबाट ब्रह्मा निस्किए, फेरि भगवानले बसेर यिनद्वारा सबै वेद-शास्त्रहरूको सार सुनाउनुभयो। आफ्नो पनि नाम, रूप, देश, काल सम्झाउनुभएको छ। मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ नि। यस वृक्षको उत्पत्ति, पालना, विनाश कसरी हुन्छ, त्यो कसैले पनि जान्दैनन्। यसलाई विभिन्न प्रकारको वृक्ष भनिन्छ। सबै नम्बरवार आफ्नो समयमा आउँछन्। पहिलो नम्बरमा देवीदेवता धर्मको स्थापना गराउँछु, जुनबेला त्यो धर्म छैन। बाबा भन्नुहुन्छ– मनुष्य कति तुच्छ बुद्धि भएका छन्। देवताहरूको, लक्ष्मीनारायणको पूजा गर्छन् तर उनीहरूको राज्य सृष्टिमा कहिले थियो, त्यो केही जान्दैनन्। अहिले भारतवर्षको त्यो देवता धर्म नै छैन, केवल चित्रहरू रहेका छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) मास्टर ज्ञान सागर बनेर पतितबाट पावन बनाउने सेवा गर्नुछ। बाबाले जो सबै शास्त्रहरूको सार सुनाउनुभएको छ, त्यो बुद्धिमा राखेर सदा हर्षित रहनुछ।

२) एक बाबाको श्रीमत हर पल पालन गर्नुछ। देहका सबै धर्म त्यागेर आत्म अभिमानी बन्ने मेहनत गर्नुछ।

वरदान:–
विस्तारलाई सारमा समा हित गरे र आफ्नो श्रेष्ठ स्थिति बनाउने बाबा समान लाइट माइट हाउस भव

बाबा समान लाइट, माइट हाउस बन्नको लागि कुनै पनि कुरा देख्दा वा सुन्दा त्यसको सारलाई जानेर एक सेकेन्डमा समाहित गर्ने वा परिवर्तन गर्ने अभ्यास गर। किन, के को विस्तारमा नजाऊ किनकि कुनै पनि कुराको विस्तारमा जाँदा समय र शक्तिहरू व्यर्थ जान्छन्। त्यसैले विस्तारलाई समाहित गरेर सारमा स्थित हुने अभ्यास गर– यसबाट अन्य आत्माहरूलाई पनि एक सेकेन्डमा सारा ज्ञानको सार अनुभव गराउन सक्नेछौ।

स्लोगन:–
आफ्नो वृत्तिलाई पावरफुल बनायौ भने सेवामा स्वतः वृद्धि हुन्छ।

अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त होऊ”

निश्चयरूपी फाउन्डेसन पक्का छ भने सहज योगी, निर्मल स्वभाव, शुभभावनाको वृत्ति र आत्मिक दृष्टिवाला हुनेछौ। चालचलन र अनुहारबाट हर पल सरलताको झलक अनुभव भइरहनेछ। त्यसैले हरेकको विशेषतालाई स्मृतिमा राखेर एकअर्काका विश्वासी बन, त्यसपछि उनीहरूको कुराको भाव परिवर्तन हुनेछ।