16.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
ल भ एक बाबासँग छ किनकि तिमीलाई बेहदको वर्सा मिल्छ , तिमीले प्यारले भन्छौ– मेरो
बाबा”
प्रश्न:–
कुनै पनि
देहधारी मनुष्यको बोलीको तुलना बाबासँग गर्न सकिँदैन– किन?
उत्तर:–
किनकि बाबाको
एक एक बोली महावाक्य हो। जुन महावाक्यहरू सुन्नेवाला महान् अर्थात् पुरुषोत्तम
बन्छन्। बाबाको महावाक्यले गुल गुल अर्थात् फूल बनाइदिन्छ। मनुष्यको बोली महावाक्य
होइन, त्यसबाट त झन् तल गिर्दै आएका छन्।
गीत:–
बदल जाए दुनियाँ......
ओम् शान्ति ।
गीतको पहिलो
लाइनमा केही अर्थ छ, बाँकी सारा गीत कुनै कामको छैन। जस्तै गीतामा भगवानुवाच
मनमनाभव, मध्याजी भव यी शब्द ठीक छन्। यसलाई भनिन्छ पिठोमा नुन। अब भगवान कसलाई
भनिन्छ, यो त बच्चाहरूले राम्ररी जानिसकेका छौ। भगवान शिवबाबालाई भनिन्छ। शिवबाबा
आएर शिवालय रच्नुहुन्छ। कहाँ आउनुहुन्छ? वेश्यालयमा। स्वयं आएर भन्नुहुन्छ– हे
मीठे-मीठे प्यारे, सिकीलधे रुहानी बच्चाहरू! सुन्ने त आत्माले हो नि। जान्दछौ हामी
आत्मा अविनाशी छौँ। यो देह विनाशी छ। हामी आत्माले अहिले आफ्ना परमपिता परमात्माबाट
महावाक्य सुनिरहेका छौँ। महावाक्य एक परमपिता परमात्माको मात्र हो जसले महान् पुरुष
पुरुषोत्तम बनाउनुहुन्छ। बाँकी जति पनि महात्माहरू गुरु आदि छन्, उनीहरूको कुनै
महावाक्य होइन। जुन शिवोहम् भन्छन् त्यो पनि सही वाक्य होइन। अहिले तिमी बाबाबाट
महावाक्य सुनेर फूल बन्छौ। काँडा र फूलमा कति फरक छ। अहिले तिमी बच्चाहरूले जान्दछौ
हामीलाई कुनै मनुष्यले सुनाउँदैनन्। यसमा शिवबाबा विराजमान हुनुहुन्छ, उहाँ पनि
आत्मा नै हुनुहुन्छ, तर उहाँलाई परम आत्मा भनिन्छ। अहिले पतित आत्माहरूले भन्छन्–
हे परम आत्मा आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्! उहाँ परमपिता, परम बनाउनेवाला
हुनुहुन्छ। तिमी पुरुषोत्तम अर्थात् सबै पुरुषहरूमा उत्तम पुरुष बन्छौ। उनीहरू देवता
हुन्। परमपिता शब्द धेरै मीठो छ। सर्वव्यापी भनिदिँदा त मीठोपन आउँदैन। तिमीहरूमा
पनि धेरै कम छन् जसले प्यारले भित्रैदेखि याद गर्छन्, ती स्त्री पुरुषले त
एक-अर्कालाई स्थूलमा याद गर्छन्। यो हो आत्माले परमात्मालाई धेरै प्यारले याद गर्नु।
भक्ति मार्गमा त्यति प्यारले पूजा गर्न सक्दैनन्। त्यो लभ हुँदैन। चिन्दै चिन्दैनन्
भने लभ कसरी हुन्छ। अहिले तिमी बच्चाहरूको धेरै लभ छ। आत्माले भन्छ– ‘मेरो बाबा’।
आत्माहरू भाइ भाइ हुन् नि। हरेक भाइले भन्छन् बाबाले हामीलाई आफ्नो परिचय दिनुभएको
छ। तर त्यसलाई लभ भनिँदैन। जसबाट केही मिल्छ उसँग लभ हुन्छ। पितामा बच्चाहरूको लभ
हुन्छ किनकि पिताबाट वर्सा मिल्छ। जति धेरै वर्सा, त्यति बच्चाको धेरै लभ हुन्छ। यदि
बाबासँग केही पनि प्रोपर्टी छैन, हजुरबुबासँग छ भने फेरि बाबामा त्यति लभ हुँदैन।
फेरि हजुरबुबासँग लभ हुनेछ। सम्झन्छन्– यिनबाट पैसा मिल्नेछ। अहिले त बेहदका बाबा
हुनुहुन्छ। तिमी बच्चाहरूले जान्दछौ हामीलाई बाबाले पढाउनुहुन्छ। यो त धेरै नै
खुसीको कुरा हो। भगवान हाम्रो बाबा हुनुहुन्छ, जुन रचयिता बाबालाई कसैले पनि
चिन्दैनन्। नजानेका हुनाले फेरि आफूलाई बाबा भनिदिन्छन्। जस्तै कुनै सानो बच्चालाई
सोध तिम्रो बाबा को हुनुहुन्छ? आखिरमा भनिदिन्छ “म”। अहिले तिमी बच्चाहरूले जानेका
छौ– सबै पिताहरूका पिता अवश्य हुनुहुन्छ, हामीलाई जुन अहिले बेहदका बाबा मिल्नुभएको
छ, उहाँको कोही पिता हुनुहुन्न। उहाँ हुनुहुन्छ उच्चभन्दा उच्च बाबा। त्यसैले
बच्चाहरूको भित्र मनमा खुसी हुनुपर्छ। ती तीर्थ यात्राहरूमा गए भने त्यहाँ त्यति
खुसी हुँदैन किनकि प्राप्ति केही छैन। केवल दर्शन गर्न जान्छन्। सित्तैमा कति धक्का
खान्छन्। एक त यो निधार घोटियो र अर्को फेरि पैसाको पनि घोटाइ। पैसा धेरै खर्च
गर्छन्, प्राप्ति केही हुँदैन। भक्ति मार्गमा आम्दानी हुन्थ्यो भने भारतवर्षका धेरै
धनवान हुन्थे। यी मन्दिर आदि बनाउनमा करोडौँ रुपियाँ खर्च गर्छन्। तिम्रो सोमनाथको
मन्दिर एउटा मात्रै थिएन। सबै राजाहरूका मन्दिर थिए। तिमीलाई कति पैसा दिएको थिएँ–
५ हजार वर्ष पहिला तिमीलाई विश्वको मालिक बनाएको थिएँ। एक बाबाले मात्र यसो
भन्नुहुन्छ। आजभन्दा ५ हजार वर्ष पहिला तिमीलाई राजयोग सिकाएर यस्तो बनाएको थिएँ।
अहिले तिमी के बनेका छौ। बुद्धिमा आउनुपर्छ नि। हामी कति उच्च थियौँ, पुनर्जन्म
लिँदा लिँदा एकदम तल जमिनमा गिरेका छौँ। कौडीसमान बनेका छौँ। फेरि अहिले हामी
बाबाकहाँ जान्छौँ। जुन बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। यो एउटै यात्रा
हो जब आत्माहरूलाई बाबा मिल्नुहुन्छ, त्यसैले भित्र त्यो लभ हुनुपर्छ। तिमी बच्चाहरू
यहाँ आउँदा बुद्धिमा रहनुपर्छ– हामी उहाँ बाबाकहाँ जान्छौँ, जसबाट हामीलाई फेरि
विश्वको बादसाही मिल्छ। उहाँ बाबाले हामीलाई शिक्षा दिनुहुन्छ– बच्चे, दैवी गुण
धारण गर। सर्वशक्तिमान् पतित-पावन म बाबालाई याद गर। म कल्प कल्प आएर भन्छु– म
एकलाई याद गर तब विकर्म विनाश हुन्छन्। दिलमा यो आउनुपर्छ हामी बेहदका बाबाकहाँ आएका
छौँ। बाबा भन्नुहुन्छ– म गुप्त छु। आत्माले भन्छ म गुप्त छु। तिमीले जान्दछौ– हामी
जान्छौँ शिवबाबाकहाँ, ब्रह्मा दादाकहाँ। जो कम्बाइन्ड हुनुहुन्छ उहाँलाई हामी भेट्न
जान्छौँ, जसबाट हामी विश्वको मालिक बन्छौँ। भित्र कति बेहद खुसी हुनुपर्छ। मधुबनमा
आउनको लागि आफ्नो घरबाट निस्कँदा भित्र गद्गद् हुनुपर्छ। बाबा हामीलाई पढाउनको लागि
आउनुभएको छ, हामीलाई दैवीगुण धारण गर्ने युक्ति बताउनुहुन्छ। घरबाट निस्कने बेलादेखि
नै भित्र यो खुसी हुनुपर्छ। जस्तै कन्याले पतिको साथमा भेट्दा गरगहना आदि
पहिरिन्छिन् जसबाट मुहार नै खुल्छ। त्यो मुहार खुल्छ दुःख पाउनको लागि। तिम्रो
मुहार खुल्छ सदा सुख पाउनको लागि। त्यसैले यस्ता बाबाकहाँ आउने बेलामा कति खुसी
हुनुपर्छ। अहिले हामीलाई बेहदका बाबा मिल्नुभएको छ। सत्ययुगमा जानेछौँ फेरि डिग्री
कम हुनेछ। अहिले त तिमी ब्राह्मण ईश्वरीय सन्तान हौ। भगवान बसेर पढाउनुहुन्छ। उहाँ
हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, पढाउनुहुन्छ फेरि पावन बनाएर साथमा
पनि लैजानुहुनेछ। हामी आत्मा अब यो फोहोरी रावण राज्यबाट छुट्दैछौँ। भित्र अथाह खुसी
हुनुपर्छ–बाबाले विश्वको मालिक बनाउनुहुन्छ भने पढाइ कति राम्ररी पढ्नुपर्छ।
स्टुडेन्टले राम्ररी पढे भने राम्रो अङ्क ल्याएर पास हुन्छन्। बच्चाहरूले भन्छन्–
बाबा हामी त श्री नारायण बन्नेछौँ। यो हो नै सत्य नारायणको कथा अर्थात् नरबाट
नारायण बन्ने कथा। ती झुटा कथाहरू जन्मजन्मान्तर सुन्दै आएका छौ। अहिले बाबाबाट
एकैपटक तिमीले सच्चा सच्चा कथा सुन्छौ। त्यो फेरि भक्तिमार्गमा चल्दै आउँछ। जस्तै
शिवबाबाले जन्म लिनुभयो त्यसको फेरि वर्ष वर्ष जयन्ती मनाउँदै आएका छन्। उहाँ कहिले
आउनुभयो, के गर्नुभयो केही पनि जान्दैनन्। अच्छा, श्रीकृष्ण जयन्ती मनाउँछन्, उनी
पनि कहिले आए, कसरी आए, केही पनि थाहा छैन। भन्छन् कंसपुरीमा आउँछन्, अब उनले पतित
दुनियाँमा कसरी जन्म लिन्छन्! बच्चाहरूलाई कति खुसी हुनुपर्छ– हामी बेहद बाबाकहाँ
जान्छौँ। अनुभव पनि सुनाउँछन् नि– हामीलाई फलानाद्वारा तीर लाग्यो, बाबा आउनुभएको
छ.....! बस् त्यो दिनदेखि लिएर हामी बाबालाई नै याद गर्छौँ।
यो हो तिम्रो सबैभन्दा
बडा बाबाकहाँ आउने यात्रा। बाबा त चैतन्य हुनुहुन्छ, बच्चाहरूकहाँ जानु पनि हुन्छ।
ती हुन् जड यात्राहरू। यहाँ बाबा त चैतन्य हुनुहुन्छ। जसरी हामी आत्मा बोल्छौँ,
त्यसैगरी उहाँ परमात्मा बाबा पनि शरीरद्वारा बोल्नुहुन्छ। यो पढाइ हो भविष्य २१
जन्म शरीर निर्वाहको लागि। त्यो हो केवल यस जन्मको लागि। अब कुन पढाइ पढ्नुपर्छ वा
कुन धन्दा गर्नुपर्छ? बाबा भन्नुहुन्छ– दुवै गर। संन्यासीहरू जस्तै घरबार छोडेर
जङ्गलमा जानुछैन। यो त प्रवृत्ति मार्ग हो नि। दुवैको लागि पढाइ हो। सबैले पढ्ने पनि
छैनन्। कसैले राम्रो पढ्नेछन्, कसैले कम। कसैलाई एकदम तरुन्तै तीर लाग्छ। कोही त
पागल जस्तै बोलिरहने छन्। कसैले भन्छन्– हो, हामीले बुझ्ने कोसिस गर्नेछौँ। कसैले
भन्नेछन्– यी त एकान्तमा बुझ्ने कुरा हुन्। बस्, फेरि हराउँछन्। कसैलाई ज्ञानको तीर
लाग्यो भने तुरुन्तै आएर बुझ्नेछन्। कसैले फेरि भन्छन्– हामीलाई फुर्सद छैन। तब बुझ
उनलाई तीर लागेन। हेर, बाबालाई तीर लाग्यो तब तुरुन्तै छोडिदिए नि। बुझे बादसाही
मिल्छ, त्यसको अगाडि यो के हो! मलाई त बाबाबाट राज्यभाग्य लिनुछ। अहिले बाबा
भन्नुहुन्छ– त्यो धन्दा आदि पनि गर केवल एक हप्ता यो राम्ररी बुझ। गृहस्थ व्यवहार
पनि सम्हाल्नुछ। रचनाको पालना पनि गर्नुछ। उनीहरू त रचेर फेरि भाग्छन्। बाबा
भन्नुहुन्छ– तिमीले रचेका हौ भने फेरि राम्ररी सम्हाल। मानौँ स्त्री अथवा बच्चाले
तिम्रो कुरा माने भने ती सपुत हुन्। बुझ्दैनन् भने कपुत हुन्। सपुत र कपुतको पत्ता
लाग्छ नि। बाबा भन्नुहुन्छ– तिमी श्रीमतमा चल्यौ भने श्रेष्ठ बन्नेछौ। नत्र वर्सा
मिल्न सक्दैन। पवित्र बनेर, सपुत बच्चा बनेर नाम प्रख्यात बनाऊ। तीर लाग्यो भने त
भन्नेछन्– बस्, अब त हामीले सच्चा कमाइ गर्नेछौँ। बाबा आउनुभएको छ शिवालयमा लैजान।
त्यसैले शिवालयमा जानको लागि फेरि लायक बन्नुछ। यसमा मेहनत छ। भन, अब शिवबाबालाई
याद गरौँ, मृत्यु अगाडि खडा छ। कल्याण त उनीहरूको पनि गर्नुछ नि। भन, अब याद गरौँ
यसबाट विकर्म विनाश हुनेछन्। तिमी बच्चीहरूको कर्तव्य हो माइतीघर र विवाहघरको
उद्धार गर्नु जबकि तिमीलाई बोलाइन्छ भने तिम्रो कर्तव्य हो उनीहरूको कल्याण गर्नु।
रहमदिल बन्नुपर्छ। पतित तमोप्रधान मनुष्यहरूलाई सतोप्रधान बन्ने मार्ग बताउनुछ।
तिमीले जानेका छौ– हरेक चीज नयाँबाट पुरानो अवश्य हुन्छ। नर्कमा सबै पतित आत्माहरू
छन्, त्यसैले त गङ्गामा स्नान गरेर पावन बन्न जान्छन्। पहिला त बुझ्नुछ– हामी पतित
छौँ त्यसैले पावन बन्नुछ। बाबा आत्माहरूलाई भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रा
पाप नष्ट हुनेछन्। साधुसन्त आदि जति पनि छन्– ती सबैलाई यो मेरो सन्देश देऊ, बाबा
भन्नुहुन्छ– मलाई याद गर। यस योग अग्निबाट अथवा यादको यात्राबाट तिम्रो खाद निस्कँदै
जान्छ। तिमी पवित्र बनेर मसँग आउनेछौ। मैले तिमीहरू सबैलाई साथै लैजानेछु। जस्तै
बिच्छी हुन्छ, हिँड्दै जान्छ, जहाँ नरम चीज देख्छ त्यहाँ डङ्क मार्छ। ढुङ्गालाई
टोकेर के गर्ने! तिमीले पनि बाबाको परिचय देऊ। यो पनि बाबाले सम्झाउनुभएको छ– मेरा
भक्त कहाँ रहन्छन्! शिवको मन्दिरमा, कृष्णको मन्दिरमा, लक्ष्मी-नारायणको मन्दिरमा।
भक्तले मेरो भक्ति गरिरहन्छन्। हुन् त बच्चाहरू नै। मबाट राज्य लिएका थिए, अब
पूज्यबाट पुजारी बनेका छन्। देवताहरूका भक्त हुन् नि। नम्बर वन हो शिवको अव्यभिचारी
भक्ति। फेरि गिर्दै गिर्दै अहिले त भूत पूजा गर्न लागेका छन्। शिवका पुजारीहरूलाई
सम्झाउन सहज हुनेछ। यी सबै आत्माहरूका पिता शिवबाबा हुनुहुन्छ। बाबाले स्वर्गको
वर्सा दिनुहुन्छ। अहिले बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भनेविकर्म विनाश हुन्छन्।
मैले तिमीलाई सन्देश दिन्छु। अब बाबा भन्नुहुन्छ– म पतित-पावन, ज्ञानको सागर हुँ।
ज्ञान पनि सुनाइरहेको छु। पावन बन्नको लागि योग पनि सिकाइरहेको छु। ब्रह्मा तनबाट
यो सन्देश दिइरहेको छु, मलाई याद गर। आफ्ना ८४ जन्महरूलाई याद गर। तिमीलाई भक्तहरू
मिल्नेछन् मन्दिरहरूमा र फेरि कुम्भको मेलामा। त्यहाँ तिमीले सम्झाउन सक्छौ।
पतित-पावन गङ्गा हो वा परमात्मा?
बच्चाहरूलाई यो खुसी
हुनुपर्छ– हामी कसकहाँ जान्छौँ! हुनुहुन्छ कति साधारण। उहाँले के बडाइ देखाउने!
शिवबाबाले के गर्ने जसबाट ठुलो मानिस देखियोस्? संन्यासी कपडा त पहिरिन सक्नुहुन्न।
बाबा भन्नुहुन्छ– मैले त साधारण तन लिन्छु। तिमीले नै राय देऊ मैले के गरूँ? यस
रथलाई केले सिँगारूँ? उनीहरूले हुसेनको घोडा निकाल्छन्, त्यसलाई सिँगार्छन्। यहाँ
शिवबाबाको रथलाई फेरि साँढे बनाइदिएका छन्। साँढेको मस्तकमा गोलो गोलो शिवको चित्र
देखाउँछन्। अब शिवबाबा साँढेमा कहाँबाट आउनुहुन्छ। मन्दिरमा साँढे किन राखेका हुन्?
शङ्करको सवारी भन्छन्। सूक्ष्मवतनमा शङ्करको सवारी हुन्छ र? यो सबै हो भक्ति मार्ग
जुन ड्रामामा निश्चित छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफूले आफैसँग प्रतिज्ञा गर्नुछ– अब मैले सच्चा कमाइ गर्नेछु। स्वयंलाई शिवालयमा
जान लायक बनाउनेछु। सपुत बच्चा बनेर श्रीमतमा चलेर बाबाको नाम प्रख्यात बनाउनेछु।
२) रहमदिल बनेर
तमोप्रधान मनुष्यहरूलाई सतोप्रधान बनाउनुछ। सबैको कल्याण गर्नुछ। मृत्युभन्दा पहिला
सबैलाई बाबाको याद दिलाउनुछ।
वरदान:–
हरेक मनुष्य
आत्मालाई आफ्नो तीनै कालको दर्शन गराउने दिव्य दर्पण भव
तिमी बच्चाहरू अब
यस्तो दिव्य दर्पण बन जसद्वारा हरेक मनुष्य आत्माले आफ्नो तीनै कालको दर्शन गर्न
सकोस्। उनीहरूले स्पष्ट देखुन् – के थिएँ र अहिले के छु, भविष्यमा के बन्नुछ। जब
अनेक जन्मको प्यास वा अनेक जन्मका आशाहरू– मुक्तिमा जाने वा स्वर्गमा जाने, अहिले
पूर्ण हुनेवाला छन् यो जान्नेछन् अर्थात् अनुभव गर्नेछन् वा देख्नेछन् तब सहजै
बाबाबाट वर्सा लिनको लागि आकर्षित हुँदै आउनेछन्।
स्लोगन:–
एक बल, एक
भरोसा– यो पाठ सदा पक्का बनाऊ त्यसपछि बीच भुमरीबाट सहजै निस्कनेछौ।