16.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– जो सबैका
स द् ग ति गर्ने जीवनमुक्ति दाता हुनुहुन्छ , उहाँ तिम ीहरूको पिता बन्नुभएको छ ,
तिमी उहाँक ा सन्तान हौ त्यसैले कति नशा ह ु नुपर्छ।”
प्रश्न:–
कुन बच्चाहरूको
बुद्धिमा बाबाको याद निरन्तर रहन सक्दैन?
उत्तर:–
जसलाई पूरा
पूरा निश्चय छैन, उनीहरूको बुद्धिमा याद रहन सक्दैन। हामीलाई कसले सिकाइरहनुभएको छ,
यो जान्दैनन् भने याद कसलाई गर्छन्। जसले यथार्थ पहिचान गरेर याद गर्छन्, उनीहरूकै
विकर्म विनाश हुन्छन्। बाबा स्वयं नै आएर आफ्नो र आफ्नो घरको यथार्थ पहिचान
दिनुहुन्छ।
ओम् शान्ति ।
अब ओम्
शान्तिको अर्थ त सदैव बच्चाहरूलाई याद होला। हामी आत्मा हौँ, हाम्रो घर निर्वाणधाम
वा मूलवतन हो। बाँकी भक्तिमार्गमा मानिसहरूले जति पनि पुरुषार्थ गर्छन्, उनीहरूलाई
कहाँ जानुछ भन्ने थाहा छैन। सुख केमा छ, दु:ख केमा छ, केही पनि थाहा छैन। यज्ञ, तप,
दान, पुण्य, तीर्थ आदि गर्दै सिँढीबाट तल नै ओर्लिरहन्छन्। अहिले तिमीलाई ज्ञान
मिलेको छ, त्यसैले भक्ति बन्द हुन्छ। घण्टा, घण्टी आदिको त्यो वातावरण सबै बन्द
हुन्छ। नयाँ दुनियाँ र पुरानो दुनियाँमा फरक त छ नि। नयाँ दुनियाँ पावन दुनियाँ हो।
तिमी बच्चाहरूको बुद्धिमा सुखधाम छ। सुखधामलाई स्वर्ग, दु:खधामलाई नर्क भनिन्छ।
मानिसहरूले शान्ति चाहन्छन्, तर त्यहाँ कोही पनि जान सक्दैनन्। बाबा भन्नुहुन्छ–
जबसम्म म यहाँ भारतवर्षमा आउँदिनँ, तबसम्म मेरो साथ बिना तिमी बच्चाहरू त्यहाँ
शान्तिमा जान सक्दैनौ। भारतखण्डमा नै शिवजयन्तीको गायन गरिन्छ। निराकार अवश्य
साकारमा आउनुहुन्छ नि। शरीरबिना आत्माले केही गर्न सक्छ र? शरीरबिना त आत्मा
भट्किइरहन्छ। अर्को तनमा पनि प्रवेश गर्छ। कोही राम्रा हुन्छन्, कोही चञ्चल हुन्छन्,
एकदम विचलित बनाइदिन्छन्। आत्मालाई शरीर अवश्य चाहिन्छ। त्यसैगरी परमपिता
परमात्मालाई पनि शरीर नहुने हो भने भारत खण्डमा आएर के गर्नुहुन्छ! भारत खण्ड नै
अविनाशी खण्ड हो। सत्ययुगमा एउटै भारत खण्ड हुन्छ। अरू सबै खण्ड विनाश हुन्छन्।
गायन छ– आदि सनातन देवी-देवता धर्म थियो। यिनीहरूले फेरि आदि सनातन हिन्दु धर्म
भनिदिन्छन्। वास्तवमा सुरुमा कोही हिन्दु थिएनन्, देवी-देवताहरू थिए। युरोपमा
रहनेहरूले आफूलाई क्रिश्चियन भन्छन्। युरोपियन धर्म कहाँ भन्छन् र। हिन्दुस्तानमा
रहनेहरूले हिन्दु धर्म भनिदिन्छन्। जुन दैवी धर्ममा श्रेष्ठ थिए, उनै ८४ जन्म लिँदा
लिँदा धर्म भ्रष्ट बनेका छन्। जो देवता धर्मका हुन्छन्, उनीहरू नै यहाँ आउँछन्। यदि
निश्चय छैन भने सम्झनुपर्छ– यो धर्मका होइनन्। हुन त यहाँ बसेका होलान् तर पनि
उनीहरूको समझमा आउँदैन। त्यहाँ प्रजामा सानो पद पाउनेछन्।
सबैले सुख-शान्ति
चाहन्छन्, त्यो त सत्ययुगमा हुन्छ। सबै सुखधाममा जान सक्दैनन्। सबै धर्म आआफ्नो
समयमा आउँछन्। अनेक धर्म छन्, वृक्ष वृद्धि हुँदै जान्छ। मूल फेद देवी-देवता धर्म
हो। फेरि ३ हाँगा छन्। स्वर्गमा त यी धर्म हुन सक्दैनन्। द्वापरदेखि नयाँ धर्म
निस्कन्छन्, यसलाई भेराइटी ह्युमन ट्री (मानव वंश वृक्ष) भनिन्छ। विराट रूप अलग हो,
यो भेराइटी धर्महरूको वृक्ष हो। किसिम किसिमका मानिसहरू छन्। तिमीलाई थाहा छ– कति
धर्म छन्। सत्ययुग आदिमा एउटै धर्म थियो, नयाँ दुनियाँ थियो। बाहिरकाले पनि जान्दछन्–
भारतवर्ष नै प्राचीन बहिश्त (स्वर्ग) थियो। धेरै धनवान थियो, त्यसैले भारतवर्षलाई
धेरै मान मिल्छ। कोही धनवान, गरिब भयो भने उसमाथि दया गर्छन्। बिचरा भारतवर्ष के भयो!
यो पनि ड्रामामा पार्ट हो। भनिन्छ पनि– सबैभन्दा धेरै रहमदिल ईश्वर नै हुनुहुन्छ र
आउनुहुन्छ पनि भारतवर्षमा। गरिबहरूमाथि अवश्य धनवानले नै रहम गर्छन् नि। बाबा बेहदका
धनवान, श्रेष्ठभन्दा श्रेष्ठ बनाउनेवाला हुनुहुन्छ।
तिमी कसको बच्चा बनेका
छौ, त्यसको पनि नशा हुनुपर्छ। हामी परमपिता परमात्मा शिवका सन्तान हौँ, जसलाई नै
जीवनमुक्तिदाता, सद्गतिदाता भनिन्छ। जीवनमुक्ति सबैभन्दा पहिला सत्ययुगमा हुन्छ। यहाँ
त जीवनबन्ध छ। भक्तिमार्गमा पुकार्छन्– बाबा, बन्धनबाट छुटाउनुहोस्! अहिले तिमीले
पुकार्न सक्दैनौ। तिमीलाई थाहा छ– बाबा जो ज्ञानको सागर हुनुहुन्छ, उहाँले नै
विश्वको इतिहास-भूगोलको सार सम्झाइरहनुभएको छ। उहाँ नलेजफुल हुनुहुन्छ। स्वयं यी (ब्रह्मा)
ले त भन्छन्– म भगवान होइन। तिमी त देहबाट अलग देहीअभिमानी बन्नुछ। सारा दुनियाँलाई,
आफ्नो शरीरलाई पनि भुल्नुछ। यिनी भगवान होइनन्। यिनलाई भनिन्छ नै बापदादा। बाबा
श्रेष्ठभन्दा श्रेष्ठ हुनुहुन्छ। यो पतित पुरानो तन हो। महिमा केवल एकको छ। उहाँसँग
योग लगाउनुछ, अनि मात्रै पावन बन्छौ। नत्र कहिल्यै पावन बन्न सक्दैनौ र अन्त्यमा
हिसाबकिताब चुक्ता गरेर सजाय भोगेर जान्छौ।
भक्तिमार्गमा हम सो,
सो हम को मन्त्र सुन्दै आएका छौ। हामी आत्मा सो परमपिता परमात्मा, सो हामी आत्मा–परमात्माबाट
विमुख गराउने यही गलत मन्त्र हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! परमात्मा सो
हामी आत्मा भन्नु यो बिल्कुल गलत हो। अहिले तिमी बच्चाहरूलाई वर्णहरूको पनि रहस्य
सम्झाइएको छ। हामी सो ब्राह्मण हौँ, फेरि हामी सो देवता बन्नको लागि पुरुषार्थ गर्छौँ।
फेरि हामी सो देवता बनेर क्षत्रिय वर्णमा आउँछौँ। अरू कसैलाई कहाँ थाहा छ र– हामीले
कसरी ८४ जन्म लिन्छौँ? कुन कुलमा जन्म लिन्छौँ? तिमीले अहिले बुझेका छौ– हामी
ब्राह्मण हौँ, बाबा त ब्राह्मण हुनुहुन्न। तिमी नै यी वर्णहरूमा आउँछौ। अहिले
ब्राह्मण धर्ममा एडप्ट (दत्तक) लिनुभएको छ। शिवबाबाद्वारा प्रजापिता ब्रह्माको
सन्तान बनेका छौ। यो पनि थाहा छ– निराकारी आत्माहरू असली ईश्वरीय कुलका हुन्।
निराकारी दुनियाँका निवासी हुन्। फेरि साकारी दुनियाँमा आउँछन्। पार्ट खेल्न
आउनुपर्छ। त्यहाँबाट आएर फेरि हामीले देवता कुलमा ८ जन्म लियौँ, फेरि हामी क्षत्रिय
कुलमा, वैश्य कुलमा जान्छौँ। बाबा सम्झाउनुहुन्छ– तिमीले यति जन्म दैवी कुलमा लियौ,
फेरि यति जन्म क्षत्रिय कुलमा लियौ। चक्र ८४ जन्मको छ। तिमीबाहेक यो ज्ञान अरू
कसैलाई मिल्न सक्दैन। जो यस धर्मका हुन्, उनीहरू नै यहाँ आउँछन्।
राजधानी स्थापना
भइरहेको छ। कोही राजा-रानी, कोही प्रजा बन्छन्। सूर्यवंशी लक्ष्मी-नारायणको पहिलो,
दोस्रो, तेस्रो गरी ८ गद्दी चल्छन्, फेरि क्षत्रिय धर्ममा पनि पहिलो, दोस्रो, तेस्रो
यसरी चल्छ। यी सबै कुरा बाबाले सम्झाउनुहुन्छ। ज्ञानको सागर आउनुहुन्छ त्यसपछि भक्ति
समाप्त हुन्छ। रात समाप्त भएर दिन हुन्छ। त्यहाँ कुनै पनि प्रकारको धक्का हुँदैन।
आराम नै आराम छ, कुनै हङ्गामा हुँदैन। ड्रामा यस्तो पनि बनेको छ। भक्ति पन्थमा नै
बाबा आउनुहुन्छ। सबैलाई फिर्ता अवश्य जानुछ, फेरि नम्बरवार ओर्लन्छन्। क्राइस्ट
आएपछि फेरि उनका धर्मका पनि आइरहन्छन्। अहिले हेर, कति क्रिश्चियन छन्। क्राइस्ट
क्रिश्चियन धर्मको बीज भए। यस देवी-देवता धर्मको बीज हुनुहुन्छ परमपिता परमात्मा
शिव। तिम्रो धर्म स्थापना गर्नुहुन्छ परमपिता परमात्माले। तिमीलाई ब्राह्मण धर्ममा
कसले ल्याउनुभयो? बाबाले एडप्ट गर्नुभयो, त्यसैले उहाँभन्दा सानो ब्राह्मण धर्म भयो।
ब्राह्मणहरूको टुपी (शिखा) को गायन छ। यो निसानी हो– टुपी, फेरि तल आयौ भने शरीर
बढ्दै जान्छ। यी सबै कुरा बाबाले नै बसेर सम्झाउनुहुन्छ। जुन बाबा कल्याणकारी
हुनुहुन्छ, उहाँ नै आएर विश्वको कल्याण गर्नुहुन्छ। सबैभन्दा अधिक कल्याण त तिमी
बच्चाहरूको नै गर्नुहुन्छ। तिमी के बाट के बन्छौ! तिमी अमरलोकका मालिक बन्छौ। अहिले
नै तिमीले काममाथि विजय प्राप्त गर्छौ। त्यहाँ अकालमा मृत्यु हुँदैन। मर्ने कुरा
हुँदैन। बाँकी चोला त परिवर्तन गर्छन् नि। जस्तै सर्पले एउटा काँचुली (खाल) उतारेर
अर्को लिन्छ। यहाँ पनि तिमीले यो पुरानो शरीर (खाल) छोडेर नयाँ दुनियाँमा नयाँ शरीर
लिन्छौ। सत्ययुगलाई फूलहरूको बगैँचा भनिन्छ। त्यहाँ कहिल्यै कुनै कुवचन निस्कँदैन।
यहाँ त छ नै कुसङ्ग। मायाको सङ्ग छ नि, त्यसैले यसको नाम नै रौरव नर्क हो।
ठाउँ पुरानो भयो भने
नगरपालिकाले पहिला नै खाली गराइदिन्छन्। बाबा पनि भन्नुहुन्छ– दुनियाँ पुरानो भएपछि
म आउँछु। ज्ञानद्वारा सद्गति हुन्छ। राजयोग सिकाइन्छ। भक्तिमा त केही पनि छैन। हो,
जस्तै दानपुण्य गरे भने अल्पकालको लागि सुख मिल्छ। राजाहरूलाई पनि संन्यासीहरूले
वैराग्य दिलाउँछन्– यो सुख त काग विष्टा समान हो। अहिले तिमी बच्चाहरूलाई बेहदको
वैराग्य सिकाइन्छ। यो हो नै पुरानो दुनियाँ, अब सुखधामलाई याद गर, फेरि शान्तिधाम
हुँदै यहाँ आउनुछ। देलवाडा मन्दिरमा हुबहु तिम्रो यस समयको यादगार छ। तल तपस्यामा
बसेका छन्, माथि स्वर्ग छ। नत्र स्वर्ग कहाँ देखाउने। मानिसहरू मरे भने स्वर्ग
पधार्नुभयो भन्छन्। स्वर्गलाई माथि छ भन्ने सम्झन्छन् तर माथि केही पनि छैन।
भारतवर्ष नै स्वर्ग, भारतवर्ष नै नर्क बन्छ। यी मन्दिर पूरा यादगार हुन्। यी मन्दिर
आदि सबै पछि बन्छन्। स्वर्गमा भक्ति हुँदैन। त्यहाँ त सुखै सुख हुन्छ।
बाबा आएर सबै रहस्य
सम्झाउनुहुन्छ। अरू सबै आत्माहरूको नाम परिवर्तन हुन्छ, शिवको नाम परिवर्तन हुँदैन।
उहाँको आफ्नो शरीर छैन। शरीरबिना कसरी पढाउनुहुन्छ! प्रेरणाको त कुनै कुरा नै छैन।
प्रेरणाको अर्थ हो विचार। यस्तो होइन, माथिबाट प्रेरणा दिनुहुन्छ र ती प्रेरणा
पुगिहाल्छन्, यसमा प्रेरणाको कुनै कुरा छैन। जुन बच्चाहरूलाई बाबाको पूरा पहिचान
छैन, पूरा निश्चय छैन, उनीहरूको बुद्धिमा याद पनि रहँदैन। हामीलाई कसले
सिकाइरहनुभएको छ, त्यो जान्दैनन् भने याद कसलाई गर्छन्? बाबाको यादले नै तिम्रा
विकर्म विनाश हुन्छन्। जसले जन्मजन्मान्तर लिङ्गलाई नै याद गर्छन्, उनीहरूले
सम्झन्छन्– यही लिङ्ग परमात्मा हुनुहुन्छ, उहाँको यो चिह्न हो, उहाँ निराकार
हुनुहुन्छ, साकार हुनुहुन्न। बाबा भन्नुहुन्छ– मैले पनि प्रकृतिको आधार लिनुपर्छ।
नत्र तिमीलाई सृष्टि चक्रको रहस्य कसरी सम्झाऊँ। यो रुहानी नलेज हो। रुहहरूलाई नै
यो नलेज मिल्छ। यो नलेज एक बाबाले मात्र दिन सक्नुहुन्छ। पुनर्जन्म त लिनैपर्छ। सबै
कलाकारहरूलाई पार्ट मिलेको छ। निर्वाणमा कोही पनि जान सक्दैन। मोक्ष पाउन सक्दैनन्।
जो नम्बर वन विश्वका मालिक बन्छन्, उनै ८४ जन्ममा आउँछन्। चक्कर अवश्य लगाउनुपर्छ।
मानिसहरूले सम्झन्छन्– मोक्ष मिल्छ, कति मतमतान्तर छन्। वृद्धि हुँदै जान्छन्।
फिर्ता कोही पनि जाँदैनन्। बाबाले नै ८४ जन्मको कहानी बताउनुहुन्छ। तिमी बच्चाहरूले
पढेर फेरि पढाउनुछ। यो रुहानी नलेज तिमी सिवाय अरू कसैले दिन सक्दैन। न शूद्र, न
देवताहरूले दिन सक्छन्। सत्ययुगमा दुर्गति हुँदैन, जसको लागि नलेज मिल्छ। यो नलेज
हो नै सद्गतिको लागि। सद्गतिदाता, मुक्तिदाता, मार्गदर्शक एउटै हुनुहुन्छ। यादको
यात्राबिना कोही पनि पवित्र बन्न सक्दैन। सजाय अवश्य भोग्नुपर्नेछ। पद पनि भ्रष्ट
हुनेछ। सबैको हिसाबकिताब चुक्ता त हुनैपर्छ नि। तिमीलाई तिम्रै कुरा सम्झाउनुहुन्छ,
अरू धर्महरूमा जाने के आवश्यकता छ। भारतवर्षकालाई नै यो नलेज मिल्छ। बाबा पनि
भारतवर्षमा नै आएर ३ धर्म स्थापना गर्नुहुन्छ। अहिले तिमीलाई शूद्र धर्मबाट निकालेर
उच्च कुलमा लैजानुहुन्छ। त्यो हो नीच पतित कुल, अब पावन बनाउनको लागि तिमी ब्राह्मण
निमित्त बन्छौ। यसलाई रुद्र ज्ञान यज्ञ भनिन्छ। रुद्र शिवबाबाले यज्ञ रच्नुभएको छ,
यस बेहदको यज्ञमा सारा पुरानो दुनियाँको आहुति पर्नुछ। फेरि नयाँ दुनियाँ स्थापना
हुनेछ। पुरानो दुनियाँ समाप्त हुनुछ। तिमीले यो नलेज लिन्छौ नै नयाँ दुनियाँको लागि।
देवताहरूको छाया पुरानो दुनियाँमा पर्दैन। तिमी बच्चाहरूलाई थाहा छ– कल्प पहिला जो
आएका थिए, उनीहरूले नै आएर यो नलेज लिनेछन्। नम्बरवार पुरुषार्थ अनुसार पढाइ
पढ्नेछन्। मानिसहरूले यहीँ शान्ति चाहन्छन्। तर आत्मा त हो नै शान्तिधाम निवासी।
बाँकी यहाँ शान्ति कसरी हुन सक्छ। यस समयमा त घरघरमा अशान्ति छ। रावण राज्य हो नि।
सत्ययुगमा बिल्कुलै शान्तिको राज्य हुन्छ। एक धर्म, एक भाषा हुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यो पुरानो दुनियाँबाट बेहदको वैरागी बनेर आफ्नो देहलाई पनि भुलेर शान्तिधाम र
सुखधामलाई याद गर्नुछ। निश्चयबुद्धि बनेर यादको यात्रामा रहनुछ।
२) हम सो, सो हम को
मन्त्रलाई यथार्थ रूपमा बुझेर अब ब्राह्मण सो देवता बन्ने पुरुषार्थ गर्नुछ। सबैलाई
यसको यथार्थ अर्थ सम्झाउनुछ।
वरदान:–
अन्तर्मुखताको
अभ्यासद्वारा अलौकिक भाषालाई बुझ्ने , सदैव सफलता सम्पन्न भव
जति जति तिमी बच्चाहरू
अन्तर्मुखी स्विट साइलेन्स स्वरूपमा स्थित हुँदै जान्छौ, त्यति नै नयनको भाषा,
भावनाको भाषा र सङ्कल्पको भाषालाई सहजै बुझ्दै जानेछौ। यी तीन प्रकारका भाषा रुहानी
योगी जीवनका भाषा हुन्। यी अलौकिक भाषाहरू धेरै शक्तिशाली छन्। समय अनुसार यी तीन
भाषाद्वारा नै सहजै सफलता प्राप्त हुनेछ। त्यसैले अब रुहानी भाषाको अभ्यासी बन।
स्लोगन:–
तिमी यति हलुका
बन जसबाट बाबाले तिमीलाई आफ्नो परेलामा राखेर साथमा लैजानुहुन्छ।
अव्यक्त इसारा:–
वर्तमान समय विश्व कल्याण गर्ने सहज साधन आफ्नो श्रेष्ठ सङ्कल्पको एकाग्रता हो,
यसबाट नै सर्व आत्माहरूको भट्किरहेको बुद्धिलाई एकाग्र गर्न सक्नेछौ। विश्वका सर्व
आत्माहरू विशेष यही चाहना राख्छन्– भट्किएको बुद्धि एकाग्र होस् वा मन चञ्चलताबाट
एकाग्र होस्। यसको लागि एकाग्रता अर्थात् सदा एक बाबा दोस्रो न कोही, यस स्मृतिबाट
एकरस स्थितिमा स्थित हुने विशेष अभ्यास गर।