16.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी रुहानी पण्डा हौ , तिमीले सबैलाई शान्तिधाम अर्थात् अमरपुरीको मार्ग बताउ नुछ ।”

प्रश्न:–
तिमी बच्चाहरूलाई कुन नशा छ, त्यो नशाको आधारमा कुन निश्चयको बोली बोल्छौ?

उत्तर:–
तिमी बच्चाहरूलाई यो नशा छ– हामी बाबालाई याद गरेर जन्मजन्मान्तरको लागि पवित्र बन्छौँ। तिमीले निश्चयले भन्छौ– हुन त जतिसुकै विघ्न परोस् तर स्वर्गको स्थापना त अवश्य हुनु नै छ। नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश हुनु नै छ। यो बनिबनाउ ड्रामा हो, यसमा संशयको कुरा नै छैन।

ओम् शान्ति ।
रुहानी बच्चाहरूप्रति रुहानी बाबाले सम्झाइरहनुभएको छ। तिमीलाई थाहा छ– हामी आत्मा हौँ। यस समयमा हामी रुहानी पण्डा बनेका छौँ। बन्छौँ पनि, बनाउँछौँ पनि। यी कुरा राम्रोसँग धारण गर। मायाको तुफानले भुलाइदिन्छ। दिनहुँ बिहान बेलुका यो विचार गर्नुपर्छ– यी अमूल्य रत्न अमूल्य जीवनको लागि रुहानी बाबाबाट मिल्छन्। त्यसैले रुहानी बाबाले सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमी अहिले रुहानी पण्डा वा गाइडहरू हौ– मुक्तिधामको मार्ग बताउनको लागि। यो हो सच्चा सच्चा अमरकथा, अमरपुरीमा जानको लागि। अमरपुरीमा जानको लागि तिमी पवित्र बनिरहेका छौ। अपवित्र भ्रष्टाचारी आत्मा अमरपुरीमा कसरी जान्छ? मानिसहरू अमरनाथको यात्रामा जान्छन्, स्वर्गलाई पनि अमरनाथपुरी भनिन्छ। एक्लै अमरनाथ कहाँ हुन्छ। तिमी सबै आत्माहरू अमरपुरी गइरहेका छौ। त्यो हो आत्माहरूको अमरपुरी परमधाम फेरि अमरपुरीमा आउँछन् शरीरको साथमा। त्यहाँ कसले लैजानुहुन्छ? परमपिता परमात्माले सबै आत्माहरूलाई लैजानुहुन्छ। त्यसलाई अमरपुरी पनि भन्न सकिन्छ। तर सही नाम शान्तिधाम हो। त्यहाँ त सबैलाई जानु नै छ। ड्रामाको भावी टारेर टर्दैन। यो राम्रोसँग बुद्धिमा धारण गर। सबैभन्दा पहिला त आफूलाई आत्मा सम्झ। परमपिता परमात्मा पनि आत्मा नै हुनुहुन्छ। केवल उहाँलाई परमपिता परमात्मा भनिन्छ, उहाँले हामीलाई सम्झाइरहनुभएको छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ, पवित्रताको सागर हुनुहुन्छ। अब बच्चाहरूलाई पवित्र बनाउनको लागि श्रीमत दिनुहुन्छ– म एकलाई याद गर त्यसपछि तिम्रा जन्मजन्मान्तरका पाप काटिन्छन्। यादलाई नै योग भनिन्छ। तिमी त बच्चा हौ नि। बाबालाई याद गर्नुछ। यादबाटै बेडा पार हुन्छ। यो विषय नगरीबाट तिमी शिव नगरीमा जान्छौ फेरि विष्णुपुरीमा आउँछौ। हामीले पढ्छौँ नै त्यहाँको लागि, यहाँको लागि होइन। यहाँ जो राजा बन्छन्, उनीहरू धन दान गरेका हुनाले बन्छन्। कति छन् जसले गरिबहरूको धेरै सम्हाल गर्छन्, कसैले अस्पताल, धर्मशाला आदि बनाउँछन्, कसैले धन दान गर्छन्। जस्तै सिन्धमा मूलचन्द थिए, गरिबहरूको पासमा गएर दान गर्थे। गरिबहरूको धेरै सम्हाल गर्थे। यस्ता दानी धेरै हुन्छन्। सवेरै उठेरै अन्नको मुठी निकाल्छन्, गरिबहरूलाई दान गर्छन्। आजकाल त ठगी धेरै बढेको छ। पात्रलाई दान दिनुपर्छ। त्यो अक्कल त छैन। बाहिर जो भिख माग्नेहरू बसिरहेका हुन्छन् उनीहरूलाई दिनु, त्यो पनि कुनै दान होइन। उनीहरूको त यो कामधन्दा हो। गरिबहरूलाई दान गर्नेले राम्रो पद पाउँछन्।

अब तिमी हौ सबै रुहानी पण्डा। तिमीले प्रदर्शनी वा म्युजियम खोल्यौ भने यस्तो नाम लेख जसबाट सिद्ध हुन्छ– गाइड टु हेभेन (स्वर्गको पथप्रदर्शक) वा नयाँ विश्वको राजधानीका गाइडहरू। तर मानिसहरूले केही पनि बुझ्दैनन्। यो हो नै काँडाहरूको जङ्गल। स्वर्ग हो फूलहरूको बगैँचा, जहाँ देवताहरू रहन्छन्। तिमी बच्चाहरूलाई यो नशा हुनुपर्छ– हामी बाबालाई याद गरेर जन्मजन्मान्तरको लागि पवित्र बन्छौँ। तिमीलाई थाहा छ– जतिसुकै विघ्न परे पनि स्वर्गको स्थापना त अवश्य हुनु नै छ। नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश हुनु नै छ। यो बनिबनाउ ड्रामा हो, यसमा संशयको कुरा नै छैन। अलिकति पनि संशय ल्याउनुहुँदैन। यो त सबैले भन्छन्– पतित-पावन। अङ्ग्रेजीमा पनि भन्छन्– आएर दु:खबाट लिबरेट (मुक्त) गर। दु:ख हुन्छ नै ५ विकारहरूबाट। त्यो हो नै निर्विकारी विश्व, सुखधाम। अहिले तिमी बच्चाहरूलाई जानुछ स्वर्गमा। मानिसहरूले सम्झन्छन्– स्वर्ग माथि छ, उनीहरूलाई यो थाहा छैन– मुक्तिधाम माथि छ। जीवनमुक्तिमा त यहाँ नै आउनुछ। यो कुरा बाबाले तिमीलाई सम्झाउनुहुन्छ, त्यसलाई राम्रोसँग धारण गरेर ज्ञानकै मन्थन गर्नुछ। विद्यार्थीहरूले पनि घरमा यही ख्याल गरिरहन्छन्– यो पेपर भरेर दिनुछ, आज यो गर्नुछ। त्यसैले तिमी बच्चाहरूले आफ्नो कल्याणको लागि आत्मालाई सतोप्रधान बनाउनुछ। पवित्र बनेर मुक्तिधाममा जानुछ र ज्ञानबाट फेरि देवता बन्छन्। आत्माले भन्छ नि– हामी मनुष्यबाट वकिल बन्छौँ। हामी आत्मा मनुष्यबाट प्रदेश प्रमुख (गभर्नर) बन्छौँ। आत्मा बन्छ शरीरको साथमा। शरीर समाप्त भयो भने फेरि नयाँ सिराबाट पढ्नुपर्छ। आत्माले नै पुरुषार्थ गर्छ विश्वको मालिक बन्न। बाबा भन्नुहुन्छ– यो पक्का याद गर– हामी आत्मा हौँ, देवताहरूलाई यस्तो भन्नुपर्दैन, याद गर्नुपर्दैन किनकि उनीहरू त हुन्छन् नै पावन। प्रारब्ध भोगिरहेका हुन्छन्, कहाँ पतित हुन्छन् र बाबालाई याद गर्छन्। तिमी आत्मा पतित छौ त्यसैले बाबालाई याद गर्नुछ। उनीहरूलाई त याद गर्ने दरकारै छैन। यो ड्रामा हो नि। एक दिन पनि समान हुँदैन। यो ड्रामा चलिरहन्छ। सारा दिनको पार्ट सेकेन्ड बाइ सेकेन्प परिवर्तन भइरहन्छ। सुट भइरहन्छ। त्यसैले बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ, कुनै पनि कुरामा हर्टफेल (निराश) नहोऊ। यी ज्ञानका कुरा हुन्। गर्न त आफ्नो कामधन्दा आदि पनि गर, तर भविष्यमा उच्च पद पाउनको लागि पूरा पुरुषार्थ गर। गृहस्थ व्यवहारमा पनि रहनुछ। कुमारीहरू त गृहस्थमा गएकै हुँदैनन्। गृहस्थी उनीहरूलाई भनिन्छ जसका बालबच्चा छन्। बाबाले त अधरकुमारी र कुमारी सबैलाई पढाउनुहुन्छ। अधरकुमारीको पनि अर्थ बुझ्दैनन्। के उनीहरूको शरीर आधा छ? अहिले तिमीलाई थाहा छ– कन्या पवित्र छिन् र अधर कन्या उनीहरूलाई भनिन्छ जो अपवित्र बनेपछि फेरि पवित्र बन्छन्। तिम्रो नै यादगार खडा छ। बाबाले नै तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। बाबाले तिमीलाई पढाइरहनुभएको छ। तिमीलाई थाहा छ– हामी आत्माहरूले मूलवतनलाई पनि जान्दछौँ, फेरि सूर्यवंशी, चन्द्रवंशीले कसरी राज्य गर्छन्, क्षत्रियपनाको निसानी बाण किन दिएको छ, त्यो पनि तिमीलाई थाहा छ। लडाइँ आदिको त कुरा छैन। न असुरहरूको कुरा छ, न चोरीको कुरा सिद्ध हुन्छ। यस्तो कुनै रावण त हुँदैन जसले सीतालाई लैजान्छ। त्यसैले बाबाले सम्झाउनुहुन्छ– मीठा-प्यारा प्यारा बच्चाहरू! तिमीले बुझेका छौ– हामी हौँ स्वर्गका, मुक्ति-जीवनमुक्तिका पण्डा। उनीहरू हुन् जिस्मानी पण्डा। हामी हौँ रुहानी पण्डा। उनीहरू हुन् कलियुगी ब्राह्मण। तिमी सङ्गमयुगी ब्राह्मणहरूले अहिले पुरुषोत्तम बन्नको लागि पढिरहेका छौ। बाबाले अनेक प्रकारले सम्झाइरहनुहुन्छ। फेरि पनि देह अभिमानमा आउनाले भुल्छन्। म आत्मा हुँ, बाबाको बच्चा हुँ, त्यो नशा रहँदैन। जति याद गरिराख्छौ त्यति देह अभिमान टुट्दै जान्छ। आफ्नो सम्हाल गरिराख। हेर, हाम्रो देह अभिमान टुटेको छ? हामी अहिले गइरहेका छौँ फेरि हामी विश्वको मालिक बन्छौँ। हाम्रो पार्ट नै हिरो-हिरोइनको हो। हिरो-हिरोइन नाम कसैले विजय प्राप्त गरेपछि राखिन्छ। तिमीले विजय प्राप्त गर्छौ त्यसपछि तिम्रो नाम हिरो-हिरोइन हुन्छ यस समयमा, यसभन्दा पहिला थिएन। हार्नेलाई हिरो-हिरोइन भनिँदैन। तिमी बच्चाहरूलाई थाहा छ– हामी अब गएर हिरो-हिरोइन बन्छौँ। तिम्रो पार्ट उच्च भन्दा उच्च छ। कौडी र हीरामा त धेरै फरक छ। हुन त कोही जतिसुकै लखपति वा करोडपति हुन् तर तिमीलाई थाहा छ– यी सबै विनाश हुन्छन्।

तिमी आत्माहरू धनवान बन्दै गइरहेका छौ। बाँकी सबै टाट पल्टिँदै गइरहेका छन्। यी सबै कुरा धारण गर्नुछ। निश्चयमा रहनुछ। यहाँ नशा चढ्छ, बाहिर गएपछि नशा उत्रिन्छ। यहाँका कुरा यहीँ रहन्छन्। बाबा भन्नुहुन्छ– बुद्धिमा रहोस्– बाबाले हामीलाई पढाइरहनुभएको छ। जुन पढाइबाट हामी मनुष्यबाट देवता बन्छौँ। यसमा तकलिफको कुनै कुरा छैन। कामधन्दा आदिबाट पनि केही टाइम निकालेर याद गर्न सक्छौ। यो पनि आफ्नो लागि कामधन्दा हो नि। छुट्टी लिएर गएर बाबालाई याद गर। यिनले कुनै झुटो बोल्दैनन्। सारा दिन यत्तिकै कहाँ गुमाउनुछ। हामीले भविष्यको त केही ख्याल गरौँ। युक्तिहरू धेरै छन्, जति हुन सक्छ टाइम निकालेर बाबालाई याद गर। बरू शरीर निर्वाहको लागि कामधन्दा आदि पनि गर। हामीले तिमीलाई विश्वको मालिक बन्ने धेरै राम्रो राय दिन्छौँ। तिमी बच्चाहरू पनि सबैलाई राय दिने ठहरियौ। मन्त्री रायको लागि हुन्छन् नि। तिमी सल्लाहकार हौ। सबैलाई मुक्ति-जीवनमुक्ति कसरी मिल्छ, यो जन्ममा त्यो मार्ग बताउँछौ। मानिसहरूले स्लोगन आदि बनाए भने भित्तामा माथि राखिदिन्छन्। जस्तै तिमीले लेख्छौ– ‘बी होली एन्ड राजयोगी (पवित्र बन राजयोगी बन)’। तर यसबाट बुझ्दैनन्। अहिले तिमीले बुझ्छौ– हामीलाई बाबाबाट यो वर्सा मिलिरहेको छ, मुक्तिधामको पनि वर्सा छ। मलाई तिमीले पतित-पावन भन्छौ त्यसैले म आएर राय दिन्छु, पावन बन्ने। तिमी पनि सल्लाहकार हौ। मुक्तिधाममा कोही पनि जान सक्दैनन्, जबसम्म बाबाले सल्लाह दिनुहुन्न, श्रीमत दिनुहुन्न। श्री अर्थात् श्रेष्ठ मत हो नै शिवबाबाको। आत्माहरूलाई श्रीमत मिल्छ शिवबाबाको। पाप आत्मा, पुण्य आत्मा भनिन्छ। पाप शरीर भनिँदैन। आत्माले शरीरबाट पाप गर्छ त्यसैले पाप आत्मा भनिन्छ। शरीरबिना आत्माले न पाप, न पुण्य गर्न सक्छ। त्यसैले जति हुन सक्छ विचार सागर मन्थन गर। टाइम त धेरै छ। टिचर वा प्रोफेसर रहेछन् भने उनीहरूलाई पनि युक्तिले यो रुहानी पढाइ पढाउनुपर्छ, जसबाट उनीहरूको कल्याण हुन्छ। बाँकी यो जिस्मानी पढाइबाट के हुन्छ। हामीले यो पढाउँछौँ। बाँकी थोरै दिन छ, विनाश सामुन्ने खडा छ। भित्र मनमा उमङ्ग (उछल) आइरहन्छ– कसरी मानिसहरूलाई मार्ग बताउने।

एउटी बच्चीको परिक्षामा प्रश्न आएको थियो जसमा गीताका भगवानको कुरा सोधिएको थियो। त्यसमा उनले लेखिदिइन्– गीताका भगवान शिव हुनुहुन्छ, अनि उनलाई फेल गरिदिए। सम्झन्थीन्– मैले त बाबाको महिमा लेख्छु– गीताका भगवान शिव हुनुहुन्छ। उहाँ ज्ञानको सागर हुनुहुन्छ, प्रेमको सागर हुनुहुन्छ। श्रीकृष्णको आत्माले पनि ज्ञान पाइरहेको छ। यो बसेर लेखिन् अनि फेल भइन्। आमा-बुबालाई भनिन्– मैले यो पढ्दिनँ। अब यो रुहानी पढाइमा लाग्छु। बच्ची पनि धेरै फस्टक्लास छिन्। पहिला नै भन्थिन्– म यस्तो लेख्छु, फेल हुन्छु। तर सत्य त लेख्नुछ नि। पछि गएर बुझ्नेछन्– अवश्य यी बच्चीले जे लेखेकी थिइन् त्यो सत्य हो। प्रभाव निस्किए पछि वा प्रदर्शनी अथवा म्युजियममा उनीहरूलाई बोलाए पछि थाहा हुन्छ र बुद्धिमा आउँछ– यो त सही हो। धेरै भन्दा धेरै मानिसहरू आउँछन् त्यसैले विचार गर्नुछ– यस्तो गरौँ जसले गर्दा मानिसहरूले छिट्टै बुझुन्– यो कुनै नयाँ कुरा हो। कोही न कोही अवश्य बुझ्छन्, जो यहाँका हुन्छन्। तिमीले सबैलाई रुहानी मार्ग बताउँछौ। बिचरा कति दु:खी छन्, उनीहरू सबैको दु:ख कसरी हटाउने। झगडा त धेरै हुन्छ नि। एकअर्काको दुस्मन बने भने कसरी खतम गरिदिन्छन्। अब बाबाले बच्चाहरूलाई राम्रोसँग सम्झाइरहनुहुन्छ। माताहरू त बिचरी अबोध हुन्छन्। भन्छन्– हामी पढेलेखेका छैनौँ। बाबा भन्नुहुन्छ– नपढेको राम्रो हो। वेद-शास्त्र जे जति पढेका छौ त्यो सबै यहाँ भुल्नुछ। अहिले मैले जे सुनाउँछु, त्यो सुन। सम्झाउनुपर्छ– सदगति निराकार परमपिता परमात्माबिना कसैले गर्न सक्दैन। मानिसहरूमा ज्ञान नै छैन भने उनीहरूले फेरि सदगति कसरी गर्न सक्छन्। सदगतिदाता ज्ञानको सागर हुनुहुन्छ नै एक। मानिसहरूले यस्तो कहाँ भन्छन्, जो यहाँका हुन्छन् उनीहरूले नै बुझ्ने कोसिस गर्छन्। एक जना पनि कुनै ठुलो मानिस निस्कियो भने आवाज हुन्छ। गायन छ– तुलसीदास गरिबको कुरा कसैले सुन्दैन। सेवाका युक्तिहरू त बाबाले धेरै बताउनुहुन्छ, बच्चाहरूले व्यवहारमा ल्याउनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कामधन्दा आदि गर्दै भविष्यमा उच्च पद पाउनको लागि यादमा रहने पूरा-पूरा पुरुषार्थ गर्नुछ। यो ड्रामा सेकेन्ड बाइ सेकेन्ड परिवर्तन भइरहन्छ त्यसैले कहिल्यै कुनै सिन देखेर हर्टफेल (निराश) हुनुहुँदैन।

२) यो रुहानी पढाइ पढेर अरूलाई पढाउनुछ, सबैको कल्याण गर्नुछ। भित्र यही उमङ्ग आइरहोस्– हामीले कसरी सबैलाई पावन बन्ने सल्लाह दिने। घरको मार्ग बताउने।

वरदान:–
सर्व सम्बन्धको सहयोगको अनुभूतिद्वारा निरन्तर योगी , सहजयोगी भव

हरपल बाबाका भिन्न भिन्न सम्बन्धको सहयोग लिनु अर्थात् अनुभव गर्नु नै सहज योग हो। बाबा जुनसुकै समयमा सम्बन्ध निभाउनको लागि बाँधिनुभएको छ। सारा कल्पमा अहिले नै सर्व अनुभवको खानी प्राप्त हुन्छ त्यसैले सदा सर्व सम्बन्धको सहयोग लेऊ र निरन्तर योगी, सहजयोगी बन किनकि जो सर्व सम्बन्धको अनुभूति वा प्राप्तिमा मग्न रहन्छ ऊ पुरानो दुनियाँको वातावरणबाट सहजै उपराम हुन्छ।

स्लोगन:–
सर्व शक्तिहरूले सम्पन्न रहनु, यही ब्राह्मण स्वरूपको विशेषता हो।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

तपस्वीमूर्तको अर्थ हो– तपस्याद्वारा शान्तिको शक्तिको किरण चारैतिर फैलिँदै गरेको अनुभवमा आओस्। यो तपस्वी स्वरूप अरूलाई दिने स्वरूप हो। जसरी सूर्यले विश्वलाई प्रकाशको र अनेक विनाशी प्राप्तिको अनुभूति गराउँछ। त्यसैगरी महान् तपस्वी आत्माहरूले ज्वालारूप शक्तिशाली यादद्वारा प्राप्तिको किरणको अनुभूति गराउँछन्।