17.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– ज ुनबेला
यो भारतवर्ष स्वर्ग थियो त ्यति ब ेला तिमी अपा र उज्यालोमा थियौ , अहिले अन्धकार छ
, फेरि उज्यालोमा जाऊ।”
प्रश्न:–
बाबा आफ्ना
बच्चाहरूलाई कुनचाहिँ एउटा कहानी सुनाउन आउनुभएको छ?
उत्तर:–
बाबा
भन्नुहुन्छ– मीठा बच्चाहरू! मैले तिमीहरूलाई ८४ जन्मको कहानी सुनाउँछु। तिमी
सबैभन्दा पहिलो जन्ममा जन्मदा एउटै दैवी धर्म थियो, फेरि तिमीले नै दुई युगपछि ठुला
ठुला मन्दिर बनाएका हौ। भक्ति सुरु गरेका हौ। अहिले तिम्रो यो अन्त्यको पनि अन्त्यको
जन्म हो। तिमीले पुकारेका हौ– दुःखहर्ता सुखकर्ता आउनुहोस्...! अब म आएको छु।
गीत:–
आज अन्धेरे
में है इन्सान........
ओम् शान्ति ।
तिमी
बच्चाहरूलाई थाहा छ– अहिले यो कलियुगी दुनिया हो, सबै अन्धकारमा छन्। पहिला
उज्यालोमा थिए, जुनबेला भारतवर्ष स्वर्ग थियो। यिनै मानिसहरू जसले अहिले आफूलाई
हिन्दु भन्छन्, यिनीहरू वास्तवमा देवीदेवता थिए। यिनीहरू नै भारतवर्षमा स्वर्गवासी
थिए जुनबेला अरू कुनै धर्म थिएन। एउटै धर्म थियो। स्वर्ग, वैकुण्ठ, बहिश्त, हेभेन–
यी सबै यस भारतवर्षका नाम थिए। भारतवर्ष पवित्र र प्राचीन धनवान थियो। अहिले त
भारतवर्ष कङ्गाल छ किनकि अहिले कलियुग हो। तिमीलाई थाहा छ– हामी अन्धकारमा छौँ।
स्वर्गमा भएको बेलामा उज्यालोमा थियौँ। स्वर्गका राजराजेश्वर, राजराजेश्वरी श्री
लक्ष्मीनारायण थिए। त्यसलाई सुखधाम भनिन्छ। बाबाबाट नै तिमीले स्वर्गको वर्सा लिनुछ,
जसलाई जीवनमुक्ति भनिन्छ। अहिले त सबै जीवनबन्धनमा छन्। सारा विश्व रावणको जेलमा,
शोकवाटिकामा छ। यस्तो होइन– रावण केवल लङ्कामा थियो र राम भारतवर्षमा थिए, त्यो
रावण आएर सीता चोरेको हो। यी त सबै हुन् दन्त्य कथाहरू। गीता मुख्य हो, सर्व
शास्त्रमयी शिरोमणि श्रीमत अर्थात् भगवानले सुनाइएको हो, भारतवर्षमा। मानिसले त
कसैको सदगति गर्न सक्दैनन्। सत्ययुगमा थिए जीवनमुक्त देवीदेवताहरू, जसले यो वर्सा
कलियुग अन्त्यमा पाएका थिए। भारतवर्षका मानिसहरूलाई यो थाहा छैन, न कुनै शास्त्रमा
छ। शास्त्रहरूमा छ भक्तिमार्गको ज्ञान। सदगतिमार्गको ज्ञान मानिस मात्रमा बिल्कुलै
छैन। सबै भक्ति सिकाउनेहरू हुन्। भन्छन्– शास्त्र पढ, दानपुण्य गर। यो भक्ति
द्वापरदेखि चल्दै आउँछ। सत्ययुग र त्रेतामा हुन्छ ज्ञानको प्रारब्ध। यस्तो होइन–
त्यहाँ पनि यो ज्ञान चल्दै जान्छ। भारतवर्षलाई यो जुन वर्सा मिलेको थियो, त्यो
बाबाबाट सङ्गमयुगमा नै मिलेको थियो, जुन फेरि अहिले तिमीलाई मिलिरहेको छ। भारतवर्षका
नर्कवासी बेहद दु:खी बनेपछि नै पुकार्छन्– हे पतितपावन दुःखहर्ता सुखकर्ता! कसको
लागि? सर्वको लागि किनकि सारा विश्वमा ५ विकार छन्। बाबा पतितपावन हुनुहुन्छ। बाबा
भन्नुहुन्छ– म कल्प कल्प, कल्पको सङ्गममा आउँछु। सर्वको सदगतिदाता बन्छु। अहिल्याहरू,
गणिकाहरू र जो गुरुहरू छन्, उनीहरू सबैको उद्धार मैले नै गर्नुपर्छ किनकि यो त हो
नै पतित दुनिया। पावन दुनिया सत्ययुगलाई भनिन्छ। भारतवर्षमा यी लक्ष्मीनारायणको
राज्य थियो। यहाँ मानिसहरूले यो कुरा जान्दैनन्– यिनीहरू स्वर्गका मालिक थिए। पतित
खण्ड अर्थात् झुटखण्ड, पावन खण्ड अर्थात् सचखण्ड। भारतवर्ष पावन खण्ड थियो, यो
अविनाशी खण्ड हो, जुन कहिल्यै विनाश हुँदैन। यिनको (लक्ष्मीनारायणको) राज्य भएको
बेलामा अरू कुनै खण्ड थिएनन्। ती सबै पछि आउँछन्। मानिसहरूले त कल्प लाखौँ वर्षको
हुन्छ भनेर लेखिदिएका छन्। बाबा भन्नुहुन्छ– कल्पको अवधि ५ हजार वर्ष हो। उनीहरूले
फेरि भनिदिन्छन्– मानिसले ८४ लाख जन्म लिन्छन्। मानिसलाई कुकुर, बिरालो, गधा आदि सबै
बनाइदिएका छन्। तर कुकुर बिरालोको जन्म अलग हो, ८४ लाख किसिमका जुनी छन्। मानिसहरूको
त एउटै जुनी मनुष्य जुनी हो। उनीहरूको नै ८४ जन्म हुन्छ। बाबा भन्नुहुन्छ–
भारतवर्षका मानिसहरूले ड्रामा प्लान अनुसार आफ्नो धर्मलाई भुलेका छन्। कलियुग
अन्त्यमा बिल्कुलै पतित बनेका छन्। फेरि बाबा सङ्गममा आएर पावन बनाउनुहुन्छ, यसलाई
भनिन्छ दुःखधाम, फेरि भारतवर्ष सुखधाम हुनेछ। बाबा भन्नुहुन्छ– हे बच्चाहरू! तिमी
भारतवर्षका मानिसहरू, स्वर्गवासी थियौ, फेरि तिमी ८४ जन्मको सिँढी ओर्लन्छौ। सतोबाट
रजो-तमोमा अवश्य आउनुछ। तिमी देवताहरू जस्तो धनवान, सदा सुखि, सदा स्वस्थ, सम्पन्न
अरू कोही हुँदैन। भारतवर्ष कति धनवान थियो, हीरा-जुहारत त पत्थरजस्तै थिए। दुई
युगपछि भक्तिमार्गमा यति ठुला ठुला मन्दिर बनाउँछन्। ती मन्दिर पनि कति भव्य बनाएका
छन्। सोमनाथको मन्दिर सबैभन्दा ठुलो थियो। केवल एउटा मन्दिर त थिएन होला नि। अरू
राजाहरूका पनि मन्दिर थिए। कति लुटेर लगेका छन्। बाबाले तिमी बच्चाहरूलाई स्मृति
दिलाउनुहुन्छ। तिमीलाई कति धनवान बनाएको थिएँ। तिमी सर्वगुण सम्पन्न, १६ कला
सम्पूर्ण थियौ, यथा महाराजा-महारानी। उनीहरूलाई भगवान भगवती पनि भन्न सकिन्छ। तर
बाबाले सम्झाउनुभएको छ– भगवान एक हुनुहुन्छ, उहाँ बाबा हुनुहुन्छ। केवल ईश्वर वा
प्रभु भन्नाले पनि याद आउँदैन– उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। बाबा बसेर कहानी
सुनाउनुहुन्छ। अहिले यो तिम्रो धेरै जन्महरूको अन्त्यको जन्म हो। एकको कुरा होइन, न
कुनै युद्धको मैदान आदि हुन्छ। यहाँका मानिसहरूले यो भुलेका छन्– उनीहरूको आफ्नै
राज्य थियो। सत्ययुगको अवधि लामो बनाइदिएकाले धेरै टाढा लगेका छन्। बाबा आएर
सम्झाउनुहुन्छ– मानिसलाई भगवान भन्न सकिँदैन। मानिसले कसैको सदगति गर्न सक्दैनन्।
लोकोक्ति छ– सर्वको सदगतिदाता, पतितहरूको पावनकर्ता एक हुनुहुन्छ। उहाँ एक मात्रै
सत्य बाबा हुनुहुन्छ जो सचखण्डको स्थापना गर्नेवाला हुनुहुन्छ। पूजा पनि गर्छन् तर
भक्तिमार्गमा तिमीले जसको पूजा गर्दै आयौ, तिमीले ती एकको जीवनीलाई पनि जान्दैनौ,
त्यसैले बाबा सम्झाउनुहुन्छ, तिमीले शिवजयन्ती त मनाउँछौ नि। बाबा नयाँ दुनियाका
रचयिता, हेविनली गड फादर हुनुहुन्छ। बेहदका सुखदाता। सत्ययुगमा धेरै सुख थियो। त्यो
कसरी र कसले स्थापना गर्नुभयो? यो कुरा बाबा नै बसेर सम्झाउनुहुन्छ। नर्कवासीलाई
आएर स्वर्गवासी बनाउनु वा भ्रष्टाचारीहरूलाई श्रेष्ठाचारी देवता बनाउनु, यो त बाबाको
नै काम हो। बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई पावन बनाउँछु। तिमी स्वर्गको
मालिक बन्छौ। तिमीलाई पतित कसले बनाउँछ? यो रावणले। मानिसहरूले भनिदिन्छन्– दुःख पनि
ईश्वरले नै दिनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले त सबैलाई यति सुख दिन्छु, जसले फेरि
आधाकल्प तिमीले बाबाको याद गर्दैनौ। फेरि रावण राज्य भइसकेपछि सबैको पूजा गर्न
थाल्छौ। यो हो तिम्रो धेरै जन्महरूको अन्त्यको जन्म। भन्छन्– बाबा, हामीले कति जन्म
लियौँ? बाबा भन्नुहुन्छ– मीठा-प्यारा भारतवर्ष निवासीहरू! हे आत्माहरू! अब तिमीलाई
बेहदको वर्सा दिन्छु। प्यारा बच्चाहरू! तिमीले ८४ जन्म लिएका छौ। अहिले तिमी २१
जन्मको लागि बाबाबाट वर्सा लिन आएका छौ। सबै त सँगसँगै आउँदैनन्। तिमीले नै
सत्ययुगको सूर्यवंशी पद फेरि लिन्छौ अर्थात् सत्य सत्य बाबाबाट सत्य नरबाट नारायण
बन्ने ज्ञान सुन्छौ। यो हो ज्ञान, त्यो हो भक्ति। शास्त्र आदि सबै हुन् भक्तिमार्गका
लागि। ती ज्ञानमार्गका होइनन्। यो हो आध्यात्मिक रुहानी ज्ञान। सुप्रिम रुह बसेर
ज्ञान दिनुहुन्छ। तिमी बच्चाहरू देहीअभिमानी बन्नुपर्छ। आफूलाई आत्मा निश्चय गरेर म
एकलाई याद गर। बाबा सम्झाउनुहुन्छ– आत्मामा नै राम्रा वा नराम्रा संस्कार हुन्छन्,
जस अनुसार नै मानिसलाई राम्रो वा नराम्रो जन्म मिल्छ। बाबा बसेर सम्झाउनुहुन्छ– यिनी
जो पावन थिए, अन्तिम जन्ममा पतित छन्, तत् त्वम्। म बाबालाई यो पुरानो रावणको दुनिया,
पतित दुनियामा आउनुपर्छ। आउन पनि त्यस तनमा आउनुछ जो फेरि पहिलो नम्बरमा जानेछन्।
सूर्यवंशीले नै पूरा ८४ जन्म लिन्छन्। यिनी हुन् ब्रह्मा र ब्रह्मावंशी ब्राह्मण।
बाबाले त दिनहुँ सम्झाउनुहुन्छ। पत्थरबुद्धिलाई पारसबुद्धि बनाउनु सजिलो कुरा होइन।
हे आत्माहरू! अब देहीअभिमानी बन। हे आत्माहरू! एक बाबालाई याद गर र राज्य भाग्यलाई
याद गर। देहको सम्बन्धलाई छोड। मर्नु त सबैलाई छ। यो सबैको वानप्रस्थ अवस्था हो। एक
सदगुरु बाहेक सर्वको सदगतिदाता कोही हुन सक्दैन। बाबा भन्नुहुन्छ– हे भारतवर्षका
बच्चाहरू! तिमी पहिला सुरुमा मबाट छुट्टियौ। गाइन्छ– आत्मायें-परमात्मा अलग रहे
बहुकाल... सबैभन्दा पहिला तिमी भारतवर्षका मानिसहरू देवीदेवता धर्मवाला आएका हौ। अरू
धर्मवालाहरूका जन्म थोरै हुन्छन्। सारा चक्र कसरी घुम्छ, यो कुरा बाबा बसेर
सम्झाउनुहुन्छ। जसले धारण गराउन सक्दैनन्, उनीहरूको लागि पनि धेरै सहज छ। आत्माहरूले
धारण गर्छन्, पुण्य आत्मा, पाप आत्मा बन्छन् नि। तिम्रो यो ८४ औँ अन्तिम जन्म हो।
तिमी सबै वानप्रस्थ अवस्थामा छौ। वानप्रस्थ अवस्थाकाले मन्त्र लिनको लागि गुरु
बनाउँछन्। तिमीले त अहिले देहधारी गुरु बनाउन आवश्यक छैन। म तिमी सबैको बाबा, टिचर,
गुरु हुँ। मलाई भन्छौ पनि– हे पतितपावन शिवबाबा! अहिले स्मृति आएको छ। सबै
आत्माहरूका पिता हुनुहुन्छ, आत्मा सत हो, चैतन्य हो किनकि अमर छ। सबै आत्माहरूमा
पार्ट भरिएको छ। बाबा पनि सत, चैतन्य हुनुहुन्छ। उहाँ मनुष्य सृष्टिको बीजरूप
हुनुभएको कारणले भन्नुहुन्छ– मैले सारा वृक्षको आदि-मध्य-अन्त्यलाई जान्दछु, त्यसैले
मलाई नलेजफुल भनिन्छ। तिमीलाई पनि सारा ज्ञान छ। बीजबाट वृक्ष कसरी निस्कन्छ। वृक्ष
बढ्नमा समय लाग्छ नि। बाबा भन्नुहुन्छ– म बीजरूप हुँ, अन्त्यमा सारा वृक्ष जर्जर
अवस्थामा पुग्छ। अहिले हेर, देवीदेवता धर्मको मूल आधार फेद छैन। प्रायः लोप भएको छ।
देवता धर्म लोप भएपछि बाबालाई आउनुपर्छ– एक धर्मको स्थापना गरेर बाँकी सबैको विनाश
गराइदिनुहुन्छ। प्रजापिता ब्रह्माद्वारा बाबाले स्थापना गराइरहनुभएको छ, आदि सनातन
देवीदेवता धर्मको। सारा ड्रामा यस्तो पनि बनेको छ। यसको अन्त्य हुँदैन। बाबा
आउनुहुन्छ अन्त्यमा। सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुछ भने अवश्य सङ्गममा
आउनुहुन्छ। तिम्रो बाबा एक हुनुहुन्छ। मूलवतनमा रहने आत्माहरू सबै भाइ भाइ हुन्। उहाँ
एक बाबालाई सबैले याद गर्छन्। दुःख में सिमरण सब करें... रावण राज्यमा दुःख छ नि।
त्यसैले यहाँ याद गर्छन्, त्यसैले सबैका सदगतिदाता बाबा एक हुनुहुन्छ। उहाँकै महिमा
छ। बाबा आउनुभएन भने विश्वलाई स्वर्ग कसले बनाउँछ! जति पनि इस्लामी आदि छन्, ती सबै
यस समयमा तमोप्रधान छन्। सबैले पुनर्जन्म त अवश्य लिनुछ। अहिले पुनर्जन्म मिल्छ
नर्कमा। यस्तो होइन– स्वर्गमा जान्छन्। जस्तै हिन्दुहरूले भन्छन्– स्वर्गवासी भयो
भने अवश्य नर्कमा थियो नि। अहिले स्वर्गमा गयो। तिम्रो मुखमा गुलाब। स्वर्गवासी भयो
भने फेरि तिमीले उसलाई नर्कको आसुरी वैभव उसलाई किन खुवाउँछौ! बङ्गालमा माछा आदि पनि
खुवाउँछन्। अरे, उसलाई यी सबै खाने आवश्यकता नै के छ! भन्छन्– फलानो पार निर्वाण गयो,
बाबा भन्नुहुन्छ– यी सबै हुन् गफ। पहिलो नम्बरवालाहरूलाई नै ८४ जन्म लिनुपर्छ भने
फर्केर कोही पनि जान सक्दैन।
बाबा सम्झाउनुहुन्छ–
यसमा कुनै तकलिफ छैन। भक्तिमार्गमा कति तकलिफ छ। राम राम जप्दा रोमाञ्च खडा हुन्छ।
त्यो सबै हो भक्तिमार्ग। यी सूर्यचन्द्रमा पनि तिमीलाई थाहा छ– यिनीहरू उज्यालो
दिनेवाला हुन्। यिनीहरू कहाँ देवता हुन् र। वास्तवमा ज्ञान सूर्य, ज्ञान चन्द्रमा र
ज्ञान सितारा छन्। उनीहरूको महिमा छ। उनीहरूले फेरि भनिदिन्छन्– सूर्य देवताय नमः।
उनलाई देवता सम्झेर पानी चढाउँछन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– यो सबै हो
भक्तिमार्ग, जुन फेरि पनि रिपिट हुनेछ। पहिला हुन्छ एक शिवबाबाको अव्यभिचारी भक्ति,
फेरि देवताहरूको, फेरि ओर्लंदै ओर्लंदै अहिले त हेर त्रिबाटो, जहाँ तीन बाटाहरू
मिसिन्छन् तिनमा पनि माटोको दियो बालेर, तेल आदि राखेर त्यसको पनि पूजा गर्छन्।
तत्त्वहरूको पनि पूजा गर्छन्। मानिसहरूको पनि चित्र बनाएर पूजा गर्छन्। तर यसबाट
प्राप्ति त केही पनि हुँदैन, यी कुराहरूलाई तिमी बच्चाहरूले नै बुझ्छौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) आत्माबाट नराम्रा संस्कारहरूलाई निकाल्नको लागि देहीअभिमानी रहने अभ्यास गर्नुछ।
यो अन्तिम ८४ औँ जन्म हो, वानप्रस्थ अवस्था हो, त्यसैले पुण्य आत्मा बन्ने मेहनत
गर्नुछ।
२) देहका सबै
सम्बन्धहरूलाई छोडेर एक बाबालाई र राज्य भाग्यलाई याद गर्नुछ, बीज र वृक्षको ज्ञान
याद गरेर सदा हर्षित रहनुछ।
वरदान:–
उपराम र
एभररेडी बनेर बुद्धिद्वारा अशरीरीपनको अभ्यास गर्ने सर्व कलाहरूमा सम्पन्न भव
जसरी सर्कसमा कला
देखाउने कलाबाजको हरेक कर्म कला बन्छ। ती कलाबाजले शरीरको कुनै पनि अङ्गलाई
जस्तोसुकै, जहाँसुकै, जतिसुकै समयमा मोड्न सक्छन्, यही कला हो। तिमी बच्चाहरूले
बुद्धिलाई जब चाहन्छौ, जति समय, जहाँ स्थित गर्न चाहन्छौ, त्यहाँ स्थित गर– यही
सबैभन्दा ठुलो कला हो। यो एक कलाबाट १६ कला सम्पन्न बन्नेछौ। यसको लागि यस्तो उपराम
र एभररेडी बन, जसबाट आदेश अनुसार एक सेकेन्डमा अशरीरी बन्न सक्छौ। युद्धमा समय
नजाओस्।
स्लोगन:–
सरलता र
सहनशीलताको गुणलाई धारण गर्नेहरू नै सच्चा स्नेही र सहयोगी हुन्।
अव्यक्त इसारा:– यस
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
जुन परमात्म ज्ञानी
बच्चाहरू छन्, उनीहरूलाई ज्ञानको फल मुक्ति र जीवनमुक्तिको वर्सा सङ्गममा नै
प्राप्त हुन्छ। ज्ञान अर्थात् समझ। समझदारले हर कर्म गर्दै सदा स्वयंलाई बन्धनमुक्त,
सर्व आकर्षणहरूबाट मुक्त बनाउने समझ राख्छ। उनीहरूको हर सङ्कल्प, बोली, कर्म,
सम्बन्ध र सम्पर्कमा मुक्ति-जीवनमुक्तिको स्टेज हुन्छ, जसलाई न्यारा र प्यारा
भनिन्छ।