17.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आफ्नो
जाँच गर , म फूल बनेको छु ? देह अह ङ् कारमा आएर काँडा त बनेको छैन ? बाबा तिमीलाई
काँडाबाट फूल बनाउन आउनुभएको छ।”
प्रश्न:–
कुन निश्चयको
आधारमा बाबासँग अटुट प्यार रहन सक्छ?
उत्तर:–
पहिला आफूलाई
आत्मा निश्चय गर्यौ भने बाबासँग प्यार रहन्छ। यो पनि अटुट निश्चय चाहिन्छ– निराकार
बाबा यस भागीरथमा विराजमान हुनुहुन्छ। उहाँले हामीलाई यिनद्वारा पढाइरहनुभएको छ। जब
यो निश्चय टुट्छ तब प्यार कम हुनजान्छ।
ओम् शान्ति ।
काँडाबाट फूल
बनाउने भगवानुवाच अथवा बागवान भगवानुवाच। बच्चाहरूले जान्दछौ– हामी यहाँ काँडाबाट
फूल बन्नको लागि आएका छौं। हरेकले बुझेका छन्– पहिला हामी काँडा थियौं। अब फूल
बनिरहेका छौं। बाबाको महिमा त धेरै गर्छन्– पतित-पावन आउनुहोस्। उहाँ खेवैया
हुनुहुन्छ, बागवान हुनुहुन्छ, पाप कटेश्वर हुनुहुन्छ। धेरै नाम लिन्छन् तर चित्र सबै
ठाउँमा एउटै छ। उहाँको महिमा पनि गाउँछन्– ज्ञानको सागर, सुखको सागर... अहिले
तिमीलाई थाहा छ– हामी उहाँ एक बाबाको साथमा बसेका छौं। काँडारूपी मनुष्यबाट अहिले
हामी फूलरूपी देवता बन्न आएका छौं। यो लक्ष्य उद्देश्य हो। अब हरेकले आफ्नो दिलमा
हेर्नुछ– ममा दैवीगुण छन्? म सर्वगुण सम्पन्न छु? पहिला त देवताहरूको महिमा गाउँथे,
आफूलाई काँडा सम्झन्थे। हम निर्गुण हारे में कोई गुण नाही... किनकि ५ विकार छन्।
देह अभिमान पनि धेरै कडा अभिमान हो। आफूलाई आत्मा सम्झ्यौं भने बाबासँग पनि धेरै
प्यार हुन्छ। अहिले तिमीलाई थाहा छ– निराकार बाबा यस रथमा विराजमान हुनुहुन्छ। यो
निश्चय गर्दागर्दै पनि फेरि निश्चय टुट्न पुग्छ। तिमीले भन्छौ पनि– हामी आएका छौं
शिवबाबाको पासमा। जो यस भागीरथ प्रजापिता ब्रह्माको तनमा हुनुहुन्छ, हामी सबै
आत्माहरूका पिता एक शिवबाबा हुनुहुन्छ, उहाँ यस रथमा विराजमान हुनुहुन्छ। यो
बिल्कुल पक्का निश्चय चाहिन्छ, यसैमा मायाले संशयमा ल्याउँछ। कन्याले पतिसँग विवाह
गर्छन्, सम्झन्छन्– उनीबाट धेरै सुख मिल्नुछ तर के सुख मिल्छ, तुरुन्तै गएर अपवित्र
बन्छन्। कुमारी हुँदा आमा-बुबा आदि सबैले शिर झुकाउँछन् किनकि पवित्र हुन्छन्।
अपवित्र बनेपछि सबैको अगाडि शिर झुकाउन सुरु गर्छन्। आज सबैले उनलाई शिर झुकाउँछन्,
भोलि आफै शिर झुकाउन थाल्छन्।
अहिले तिमी बच्चाहरू
सङ्गममा पुरुषोत्तम बनिरहेका छौ। भोलि कहाँ हुनेछौ? आज यो दुनियाँको कस्तो अवस्था
छ! कति फोहोर छ! यसलाई भनिन्छ नै वेश्यालय। सबै विषबाट पैदा हुन्छन्। तिमी नै
शिवालयमा थियौ, आजभन्दा ५ हजार वर्ष पहिला धेरै सुखी थियौ। दुःखको नामनिसान थिएन।
अब फेरि यस्तो बन्नको लागि आएका छौ। मनुष्यहरूलाई शिवालयको बिषयमा पत्तै छैन।
स्वर्गलाई भनिन्छ शिवालय। शिवबाबाले स्वर्गको स्थापना गर्नुभयो। बाबा त सबैले भन्छन्
तर सोध– फादर कहाँ हुनुहुन्छ? तब भनिदिन्छन्– सर्वव्यापी हुनुहुन्छ। कुकुर-बिराला,
कछुवा-माछामा हुनुहुन्छ भनिदिन्छन् भने कति फरक भयो! बाबा भन्नुहुन्छ– तिमी
पुरुषोत्तम थियौ, फेरि ८४ जन्म भोगेर तिमी के बनेका छौ? नर्कवासी बनेका छौ त्यसैले
सबैले गाउँछन्– हे पतित-पावन आउनुहोस्! अहिले बाबा पावन बनाउन आउनुभएको छ।
भन्नुहुन्छ– यो अन्तिम जन्म विष पिउन छोड। तैपनि बुझ्दैनन्। अब सबै आत्माहरूका पिता
भन्नुहुन्छ– पवित्र बन। सबैले भन्छन् पनि बाबा, पहिला आत्मालाई उहाँ बाबाको याद
आउँछ, फेरि यी बाबा। निराकारमा उहाँ बाबा, साकारमा फेरि यी बाबा। सुप्रीम आत्माले
यी पतित आत्माहरूलाई बसेर सम्झाउनुहुन्छ। तिमी पनि पहिला पवित्र थियौ। बाबासँगै
रहन्थ्यौ फेरि तिमी यहाँ आएका छौ पार्ट खेल्न। यो चक्रलाई राम्रोसँग बुझ। अब हामी
सत्ययुगमा नयाँ दुनियाँमा जानेवाला छौं। तिमीहरूको यो आश पनि छ नि– हामी स्वर्गमा
जाऔं। तिमीले भन्थ्यौ पनि– कृष्णजस्तो बच्चा मिलोस्। अहिले म आएको छु तिमीलाई
त्यस्तो बनाउन। त्यहाँ बच्चाहरू हुन्छन् नै श्रीकृष्णजस्ता। सतोप्रधान फूल हुन् नि।
अहिले तिमी कृष्णपुरीमा जान्छौ। तिमी त स्वर्गको मालिक बन्छौ। आफैसँग सोध्नुछ– म
फूल बनेको छु? कतै देह अहङ्कारमा आएर काँडा त बनेको छैन? मनुष्यले आफूलाई आत्मा
सम्झनुको सट्टा देह सम्झिदिन्छन्। आत्मालाई भुल्नाले बाबालाई पनि भुलेका छन्।
बाबालाई बाबाद्वारा नै जान्नाले बाबाको वर्सा मिल्छ। बेहदका बाबाबाट वर्सा त सबैलाई
मिल्छ। एक जना पनि रहँदैन जसलाई वर्सा मिल्दैन। बाबा नै आएर सबैलाई पावन
बनाउनुहुन्छ, निर्वाणधाममा लानुहुन्छ। उनीहरूले त भनिदिन्छन्– ज्योति ज्योतिमा
समाहित भयो, ब्रह्ममा लीन भयो। तिनीहरूमा ज्ञान केही पनि छैन। तिमीलाई थाहा छ– हामी
कसको पासमा आएका छौं? यो कुनै मनुष्यको सत्सङ्ग होइन। आत्माहरू परमात्माबाट अलग भए,
अहिले उहाँको सङ्ग मिलेको छ। सच्चा सच्चा यो सतको सङ्ग ५ हजार वर्षमा एकैपटक हुन्छ।
सत्ययुग-त्रेतामा त सत्सङ्ग हुँदैन। बाँकी भक्तिमार्गमा त अनेक थरीका सत्सङ्ग
हुन्छन्। अब वास्तवमा सत त हुनुहुन्छ नै एक बाबा। अहिले तिमी उहाँको सङ्गमा बसेका
छौ। यो पनि स्मृति रहोस्– हामी गडली स्टुडेन्ट हौं, भगवानले हामीलाई पढाउनुहुन्छ,
यो पनि अहो सौभाग्य।
हाम्रा बाबा यहाँ
हुनुहुन्छ, उहाँ बाबा, टिचर फेरि गुरु पनि बन्नुहुन्छ। तीनवटै पार्ट अहिले
खेलिरहनुभएको छ। बच्चाहरूलाई आफ्नो बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– यादबाटै विकर्म
विनाश हुन्छन्। बाबालाई याद गर्नाले नै पाप काटिन्छन् त्यसपछि तिमीलाई लाइटको ताज
मिल्छ। यो पनि एउटा निसानी हो। बाँकी यस्तो होइन– लाइट देखिन्छ। यो पवित्रताको
निसानी हो। यो नलेज अरू कसैलाई मिल्न सक्दैन। दिनेवाला एउटै बाबा हुनुहुन्छ। उहाँमा
पुरै नलेज छ। बाबा भन्नुहुन्छ– म मनुष्य सृष्टिको बीजरूप हुँ। यो उल्टो वृक्ष हो।
यो कल्प वृक्ष हो नि। पहिला दैवी फूलहरूको वृक्ष थियो। अहिले काँडाहरूको जङ्गल बनेको
छ किनकि ५ विकार आएका छन्। पहिलो मुख्य हो देह अभिमान। त्यहाँ देह अभिमान हुँदैन।
यति जान्दछन्– हामी आत्मा हौं, त परमात्मा बाबालाई चिन्दैनन्। हामी आत्मा हौं, बस्।
अरू कुनै नलेज छैन। (सर्पको उदाहरण) अहिले तिमीलाई सम्झाइन्छ– जन्मजन्मान्तरको
पुरानो सडेको यो छाला हो जुन अहिले तिमीले छोड्नुछ। अहिले आत्मा र शरीर दुवै पतित
छन्। आत्मा पवित्र भएपछि फेरि यो शरीर छुट्नेछ। आत्माहरू सबै भाग्नेछन्। यो ज्ञान
तिमीलाई अहिले छ– यो नाटक पूरा हुन्छ। अहिले हामीलाई बाबाको साथमा जानुछ, त्यसैले
घरलाई याद गर्नुछ। यो देहलाई छोडिदिनुछ, शरीर खतम भयो भने दुनियाँ खतम भयो फेरि नयाँ
घरमा गएपछि नयाँ सम्बन्ध हुनेछ। उनीहरूले फेरि पनि पुनर्जन्म यहीँ लिन्छन्। तिमीले
त पुनर्जन्म लिनुछ फूलहरूको दुनियाँमा। देवताहरूलाई पवित्र भनिन्छ। तिमीलाई थाहा छ–
हामी नै फूल थियौं फेरि काँडा बन्यौं फेरि फूलहरूको दुनियाँमा जानुछ। पछि गएर
तिमीलाई धेरै साक्षात्कार हुनेछन्। यो हो खेलपाल। मीरा ध्यानमा खेल्थिन्, उनलाई
ज्ञान थिएन। मीरा कुनै वैकुण्ठमा गएकी होइनन्। यहीँ कतै होलिन्। यस ब्राह्मण कुलकी
भएमा यहीँ ज्ञान लिइरहेकी होलिन्। यस्तो होइन, डान्स गरिन् त्यसैले वैकुण्ठ गइन्।
यसरी त धेरैले डान्स गर्थे। ध्यानमा गएर देखेर आउँथे फेरि गएर विकारी बन्थे। गायन
पनि छ नि– चढ़े तो चाखे बैकुण्ठ रस... बाबाले आश्वासन दिनुहुन्छ– तिमी वैकुण्ठको
मालिक बन्न सक्छौ यदि ज्ञान-योग सिक्यौ भने। बाबालाई छोड्यौ भने गयौ गटरमा (विकारमा)।
आश्चर्यवत् बाबाका बनन्ती, सुनन्ती, सुनावन्ती फेरि भागन्ती हुन्छन्। अहो माया! कति
ठुलो चोट लाग्छ। अहिले बाबाको श्रीमतमा तिमी देवता बन्छौ। आत्मा र शरीर दुवै
श्रेष्ठ चाहिन्छ नि। देवताहरूको जन्म विकारबाट हुँदैन। त्यो हो नै निर्विकारी दुनियाँ।
त्यहाँ ५ विकार हुँदैनन्। शिवबाबाले स्वर्ग बनाउनुभएको थियो। अहिले त नर्क छ। अहिले
तिमी फेरि स्वर्गवासी बन्नको लागि आएका छौ, जसले राम्रोसँग पढ्छन् उनीहरू नै
स्वर्गमा जानेछन्। तिमीले फेरि पढ्छौ, कल्प कल्प पढिरहन्छौ। यो चक्र घुमिरहन्छ। यो
बनिबनाउ ड्रामा हो, यसबाट कसैले छुट्न सक्दैन। जुन देख्छौ, लामखुट्टे उड्यो, कल्पपछि
पनि उड्नेछ। यो बुझ्नको लागि धेरै राम्रो बुद्धि चाहिन्छ। यो सुटिङ् भइरहन्छ। यो
कर्मक्षेत्र हो। यहाँ परमधामबाट आएका छौं पार्ट खेल्न ।
अब यो पढाइमा कोही त
धेरै होसियार हुन्छन्, कसैले अहिले पढिरहेका छन्। कोही पढ्दापढ्दै पुरानाभन्दा पनि
तीक्ष्ण हुन्छन्। ज्ञान सागरले त सबैलाई पढाइरहनुहुन्छ। बाबाको बन्यौ, विश्वको वर्सा
तिम्रो हो। हो, तिम्रो आत्मा जुन पतित छ त्यसलाई पावन अवश्य बनाउनुछ, त्यसको लागि
सहजभन्दा सहज तरिका हो बेहदका बाबालाई याद गरिरह्यौ भने तिमी यो बन्नेछौ। तिमी
बच्चाहरूलाई यो पुरानो दुनियाँबाट वैराग्य आउनुपर्छ। तर मुक्तिधाम, जीवनमुक्तिधाम त
छ। अरू कसैलाई पनि हामी याद गर्दैनौं एक बाहेक। बिहान सवेरै उठेर अभ्यास गर्नुछ–
हामी अशरीरी आयौं, अशरीरी जानुछ। फेरि कुनै पनि देहधारीलाई हामीले किन याद गरौं।
बिहान सवेरै अमृतवेला उठेर आफूसँग यस्ता यस्ता कुरा गर्नुछ। बिहान सवेरैलाई अमृतवेला
भनिन्छ। ज्ञान अमृत हो ज्ञान सागरको पासमा। ज्ञान सागरले भन्नुहुन्छ– सवेरै बिहानको
समय धेरै राम्रो हुन्छ। सवेरै बिहान उठेर धेरै प्रेमले बाबालाई याद गर– बाबा, हजुर
५ हजार वर्षपछि फेरि मिल्नुभएकोछ। अब बाबा भन्नुहुन्छ– मलाई याद गर तब पाप काटिन्छ।
श्रीमतमा चल्नुछ। सतोप्रधान अवश्य बन्नुछ। बाबालाई याद गर्ने बानी पर्यो भने खुसीमा
बसिरहन्छौ। शरीरको भान टुट्दै जानेछ। फेरि देहको भान रहनेछैन। धेरै खुसी हुन्छ।
पवित्र हुँदा तिमी खुसीमा थियौ। तिम्रो बुद्धिमा यो सारा ज्ञान रहनुपर्छ। पहिला
सुरुमा जो आउँछन् अवश्य उनीहरूले ८४ जन्म लिन्छन् होला। फेरि चन्द्रवंशीले केही कम,
इस्लामी तिनीहरूभन्दा कम। नम्बरवार वृक्षको वृद्धि हुन्छ नि। मुख्य हो देवता धर्म
फेरि त्यसबाट ३ धर्म निस्कन्छन्। फेरि हाँगाबिँगा निस्कन्छन्। अहिले तिमीले
ड्रामालाई जान्दछौ। यो ड्रामा जुम्रा जस्तै धेरै बिस्तारै बिस्तारै घुमिरहन्छ।
सेकेन्ड बाई सेकेन्ड टिक टिक चलिरहन्छ त्यसैले गायन गरिन्छ– सेकेन्डमा जीवनमुक्ति।
आत्माले आफ्नो बाबालाई याद गर्छ। बाबा हामी हजुरका बच्चा हौं। हामी त स्वर्गमा
हुनुपर्ने। फेरि नर्कमा किन पुगेका छौं। बाबा त स्वर्गको स्थापना गर्नेवाला
हुनुहुन्छ फेरि नर्कमा किन पुगेका छौं। बाबा सम्झाउनुहुन्छ– तिमी स्वर्गमा थियौ, ८४
जन्म लिँदा लिँदा तिमीले सबै भुलेका छौ। अब फेरि मेरो मतमा चल। बाबाको यादबाटै
विकर्म विनाश हुन्छ किनकि आत्मामा नै खिया लाग्छ। शरीर आत्माको गहना हो। आत्मा
पवित्र छ भने शरीर पनि पवित्र मिल्छ। तिमीलाई थाहा छ– हामी स्वर्गमा थियौं, अब फेरि
बाबा आउनुभएकोछ भने बाबाबाट पुरै वर्सा लिनुपर्छ नि। ५ विकारहरूलाई छोड्नुछ। देह
अभिमान छोड्नुछ। कामकाज गर्दा बाबालाई याद गरिरहनुछ। आत्माले आफ्नो प्रियतमलाई
आधाकल्पदेखि याद गर्दै आएको छ। अब उहाँ प्रियतम आउनुभएको छ। भन्नुहुन्छ– तिमीहरू
काम चितामा बसेर काला बनेका छौ। अहिले म सुन्दर बनाउन आएको छु। त्यसको लागि यो योग
अग्नि हो। ज्ञानलाई चिता भनिँदैन। योगको चिता हो। यादको चितामा बस्नाले विकर्म
विनाश हुन्छन्। ज्ञानलाई त नलेज भनिन्छ। बाबाले तिमीलाई सृष्टिको आदि-मध्य-अन्त्यको
ज्ञान सुनाउनुहुन्छ। सबैभन्दा उच्च बाबा हुनुहुन्छ फेरि ब्रह्मा-विष्णु-शङ्कर, फेरि
सूर्यवंशी-चन्द्रवंशी फेरि अरू धर्महरूका बाईप्लट (भाग, उपकथा) छन्। वृक्ष कति ठुलो
हुन्छ। अहिले यो वृक्षको फाउन्डेसन छैन त्यसैले बनेन ट्री (बरको रुख) को उदाहरण
दिइन्छ। देवी-देवता धर्म प्रायः लोप भएको छ। धर्म भ्रष्ट, कर्म भ्रष्ट बनेका छन्।
अहिले तिमी बच्चाहरूले श्रेष्ठ बन्नको लागि श्रेष्ठ कर्म गर्छौ। आफ्नो दृष्टिलाई
पवित्र बनाउँछौ। तिमीले अब भ्रष्ट कर्म गर्नुछैन। कुनै कुदृष्टि नजाओस्। आफूलाई हेर–
म लक्ष्मीलाई वरण गर्न लायक बनेको छु? मैले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्छु?
दिनहुँ पोतामेल हेर। दिनभरिमा देह अभिमानमा आएर कुनै विकर्म त गरिनँ? नत्र सय गुणा
हुनेछ। मायाले चार्ट पनि राख्न दिँदैन। २-४ दिन लेखेर फेरि छोडिदिन्छन्। बाबालाई
ख्याल हुन्छ नि। दया लाग्छ– बच्चाहरूले मलाई याद गरून् त्यसबाट उनीहरूको पाप
काटियोस्। यसमा मेहनत छ। आफूलाई घाटा पार्नुछैन। ज्ञान त धेरै सहज छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सवेरै अमृतवेला उठेर बाबासँग मीठा मीठा कुरा गर्नुछ। अशरीरी बन्ने अभ्यास गर्नुछ।
ध्यान रहोस्– बाबाको याद बाहेक अरू केही पनि याद नआओस्।
२) आफ्नो दृष्टि धेरै
शुद्ध पवित्र बनाउनुछ। दैवी फूलहरूको बगैँचा तयार भइरहेको छ त्यसैले फूल बन्ने पूरा
पुरुषार्थ गर्नुछ। काँडा बन्नुछैन।
वरदान:–
आफ्नो पावरफुल
स्थितिद्वारा म नसा सेवाको सर्टिफिकेट प्राप्त गर्ने स्व अभ्यासी भव
विश्वलाई लाइट र
माइटको वरदान दिनको लागि अमृतवेला यादको स्व अभ्यासद्वारा पावरफुल वायुमण्डल बनाऊ
अनि मनसा सेवाको सर्टिफिकेट प्राप्त हुनेछ। लास्ट समयमा मनसाद्वारा नै नजरले निहाल
गर्ने, आफ्नो वृत्तिद्वारा अरूको वृत्तिलाई परिवर्तन गर्ने सेवा गर्नुछ। आफ्नो
श्रेष्ठ स्मृतिले सबैलाई समर्थ बनाउनुछ। जब यस्तो लाइट माइट दिने अभ्यास हुनेछ तब
निर्विघ्न वायुमण्डल बन्छ र यो किल्ला मजबुत हुनेछ।
स्लोगन:–
समझदार उनीहरू
हुन् जसले मनसा-वाचा-कर्मणा तीनवटै सेवा साथसाथै गर्छन्।