17.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सूर्यवंशी राज्य पद लिनको लागि आफ्नो सबैथोक बाबामा स्वाहा गर , सूर्यवंशी राज्य पद अर्थात् एयरकन्डिसन टिकट।”

प्रश्न:–
यस दुनियाँमा तिमी बच्चाहरूभन्दा अधिक भाग्यमानी कोही पनि छैन– कसरी?

उत्तर:–
तिमी बच्चाहरूको सम्मुख बेहदको बाबा हुनुहुन्छ। उहाँबाट तिमीलाई बेहदको वर्सा मिलिरहेको छ। तिमीहरू यस समयमा बेहदका बाबा, टिचर र सद्गुरुका बनेर उहाँबाट बेहदको प्राप्ति गर्छौ। दुनियाँका मानिसहरूले त उहाँलाई चिन्दै चिन्दैनन् त्यसैले तिमी जस्तो भाग्यमानी कसरी हुन सक्छन्!

गीत:–
बडा खुशनसीब है...

ओम् शान्ति ।
ब्राह्मण कुलभूषण बच्चाहरूलाई थाहा छ, अहिले हामी ब्राह्मण सम्प्रदायका हौँ फेरि दैवी सम्प्रदाय बन्छौँ। तिमी बच्चाहरूलाई बाबा बसेर सम्झाउनुहुन्छ– यतिबेला बेहदको बाबा सम्मुख हुनुहुन्छ र उहाँबाट बच्चाहरूलाई बेहदको वर्सा मिलिरहेको छ। बाँकी अरू के चाहिन्छ र! भक्तिमार्ग कहिलेदेखि सुरु हुन्छ, यो कसैलाई थाहा छैन। भक्तिमार्गका भक्तहरूले भगवानलाई अथवा दुलहीहरूले दुलाहालाई याद गर्छन्। तर अचम्म छ, उहाँलाई चिन्दैनन्। यस्तो कहिल्यै सजनीले साजनलाई नचिनेको देखेका छौ। नत्र याद गर्न नै कसरी सक्छन्। भगवान त सबैका पिता हुनुभयो। बच्चाहरूले बाबालाई याद गर्छन्। तर पहिचान बिना याद गर्नु सबै व्यर्थ हुन्छ त्यसैले याद गरेर मात्र कुनै फाइदा निस्कँदैन। याद गर्दैमा कसैले पनि त्यस लक्ष्य-उद्देश्यलाई पाउँदैनन्। भगवान को हुनुहुन्छ, उहाँबाट के मिल्छ। केही पनि जान्दैनन्। यति सबै धर्म क्राइस्ट, बौद्ध आदि प्रिसेप्टर अथवा धर्म स्थापन गर्नेहरूलाई उनीहरूका अनुयायीहरूले याद गर्छन् तर उनीहरूलाई याद गरेपछि हामीलाई के मिल्नेछ, यो केही पनि जान्दैनन्। योभन्दा त जिस्मानी पढाइ राम्रो छ। लक्ष्य-उद्देश्य त बुद्धिमा हुन्छ नि! बाबाबाट के मिल्छ? टिचरबाट के मिल्छ? र गुरुबाट के मिल्छ? यो अरू कसैले पनि जान्न सक्दैनन्। तिमीहरू यहाँ बाबाका अनि टिचरका र फेरि सद्गुरुका बन्छौ। बाबा र टिचरभन्दा गुरु उच्च मानिन्छ। अब तिमी बच्चाहरूलाई निश्चय भएको छ, हामी बाबाका बनेका छौँ। बाबा आएर हामीलाई ५ हजार वर्ष पहिलाजस्तै स्वर्गको मालिक बनाउनुहुन्छ अथवा शान्तिधामको मालिक बनाउनुहुन्छ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले मसँगबाट आफ्नो वर्सा लिन्छौ नि! सबैले भन्छन्, हो बाबा किन नलिने। अच्छा– चन्द्रवंशी राम पद पाएमा राजी हुन्छौ? तिमीलाई के चाहिन्छ? बाबा सौगात लिएर आउनुभएको छ। तिमीले सूर्यवंशी लक्ष्मीलाई वरण गर्छौ कि चन्द्रवंशी सीतालाई? तिमीले आफ्नो अनुहार त हेर। श्री नारायणलाई वा श्री लक्ष्मीलाई वरण गर्ने लायक छौ? लायक नबनी वरण कसरी गर्न सक्छौ? अब बाबा बसेर सम्झाउनुहुन्छ–जसरी कल्प पहिला सम्झाउनुभएको थियो फेरि जस्ताको तस्तै सम्झाइरहनुभएको छ। तिमीले फेरि आएर वर्सा लिइरहेका छौ। तिम्रो लक्ष्य-उद्देश्य नै हो बेहदको बाबासँग बेहदको वर्सा लिने। त्यो हो सूर्यवंशी राज्य पद, दोस्रो दर्जा हो चन्द्रवंशी। जसरी एयरकन्डिसन, फस्टक्लास, सेकेन्ड क्लास टिकट हुन्छ नि। त्यसैले सत्ययुगको पूरै राजधानीलाई एयरकन्डिसन सम्झ। एयरकन्डिसनभन्दा उच्च त केही हुँदैन। फेरि हुन्छ फस्टक्लास। त्यसैले अब बाबा भन्नुहुन्छ– तिमीले एयरकन्डिसनको सूर्यवंशी राज्य लिन्छौ वा चन्द्रवंशी फस्टक्लासको? त्योभन्दा पनि कम त फेरि सेकेन्ड क्लासमा नम्बरवार वारिस बन्यौ भने फेरि तिमीले पछि पछि गएर राज्य पाउनेछौ। नत्र थर्ड क्लास प्रजा फेरि त्यसको पनि टिकट रिजर्भ हुन्छ। फस्टक्लास रिजर्भ, सेकेन्ड क्लास रिजर्भ, नम्बरवार दर्जा हुन्छ नि। बाँकी सुख त त्यहाँ भइ नै हाल्छ। भिन्नाभिन्नै कम्पार्टमेन्ट त हुन्छ नि। धनवान मानिसले एयरकन्डिसनको टिकट लिन्छन्! तिमीहरूमा धनवान को बन्छन्? जसले सबैथोक बाबालाई दिन्छन्। बाबा यो सबैथोक हजुरको हो। भारतवर्षमा नै महिमा गरिएको छ– सौदागर, रत्नाकर, जादुगर यो महिमा हो बाबाको, न कि श्रीकृष्णको। श्रीकृष्णले त वर्सा लिए, सत्ययुगमा प्रारब्ध पाए। उनी पनि बाबाको बने। प्रारब्ध कहीँबाट त पाए होलान् नि। लक्ष्मीनारायणले सत्ययुगमा प्रारब्ध भोग्छन्। अब तिमी बच्चाहरूलाई राम्रोसँग थाहा भएको छ, अवश्य यिनीहरूले विगतमा प्रारब्ध बनाए होलान् नि! नेहरूको प्रारब्ध कति राम्रो थियो। अवश्य राम्रो कर्म गरेका थिए। आफ्नो देशका ताज बिनाका बादसाह थिए। भारतवर्षको महिमा त धेरै छ। भारतवर्षजस्तो उच्च खण्ड कुनै हुन सक्दैन। भारतवर्ष परमपिता परमात्माको जन्मभूमि हो। यो रहस्य कसैको बुद्धिमा बस्दैन। परमात्माले नै सबैलाई आधाकल्पको लागि सुख-शान्ति दिनुहुन्छ। भारतवर्ष नै नम्बरवन तीर्थस्थान हो। तर ड्रामा अनुसार एक बाबालाई नै भुलेका हुनाले सृष्टिको हालत कस्तो भएको छ त्यसैले शिवबाबा फेरि आउनुहुन्छ। निमित्त त कोही बन्छन् नि।

अब बाबा भन्नुहुन्छ– अशरीरी भव, आफूलाई आत्मा निश्चय गर। म आत्मा कसको सन्तान हुँ, यो कसैलाई थाहा छैन। आश्चर्य छ नि। भन्छन् पनि, हे परमपिता परमात्मा रहम गर्नुहोस्! शिवजयन्ती पनि मनाउँछन्, तर उहाँ कहिले आउनुभएको थियो, यो कुरा कसैलाई थाहा छैन। अनि यो हो ५ हजार वर्षको कुरा। बाबा नै आएर नयाँ दुनियाँ सत्ययुग स्थापन गर्नुहुन्छ। सत्ययुगको अवधि लाखौं वर्ष त होइन। त्यसैले घोर अन्धकार छ नि! कति आएर गीताको उपदेश सुन्छन्। तर न पढाउनेले, न पढ्नेले केही बुझ्छन्। बाबाले कति सहज बनाएर सम्झाउनुहुन्छ, केवल बाबालाई याद गर। गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान बन। विष्णुलाई नै सबै अलङ्कार देखाइदिएका छन्। शङ्ख पनि देखाइदिएका छन्, फूल पनि देखाइदिएका छन्। वास्तवमा देवताहरूलाई कहाँ यी अलङ्कारहरू दिइन्छ र! यी कुराहरू कति गहन गम्भीर छन्। हुन् ब्राह्मणहरूका अलङ्कार। तर ब्राह्मणहरूलाई कसरी दिने, आज ब्राह्मण छन्, भोलि शूद्र बन्न पुग्छन्। ब्रह्माकुमार नै शूद्रकुमार बन्न पुग्छन्। मायाले शूद्र बनाउन बेर लगाउँदैन। कुनै लापरवाही गर्छौ, बाबाको श्रीमतमा चल्दैनौ, बुद्धि बिग्रियो भने, मायाले नराम्रोसँग चड्कन हानेर मुख मोडिदिन्छ। मानिसले रिसमा भन्छन् नि– थप्पड हानेर मुख फर्काइदिन्छु। त्यसैले माया पनि यस्तै छ। बाबालाई भुल्यौ अनि मायाले एक सेकेन्डमा थप्पड हानेर मुख फर्काइदिन्छ। एक सेकेन्डमा जीवनमुक्ति पाउँछौ। तर मायाले सेकेन्डमा जीवनमुक्ति खतम गरिदिन्छ। कति राम्रा राम्रा बच्चाहरूलाई मायाले समात्छ। कहीँ लापरवाहीमा छ देख्यो भने तुरुन्तै थप्पड लगाइदिन्छ। बाबाले त आएर पुरानो दुनियाँबाट मुख मोडिदिनुहुन्छ। लौकिक पिता कोही गरिब रहेछन्, पुरानो झुपडीमा बसेका रहेछन् फेरि नयाँ घर बनाए भने, बच्चाहरूको बुद्धिमा बस्छ बस् अब नयाँ घर तयार हुन्छ र हामी गएर बस्छौँ। यो पुरानो घर भत्काइदिन्छौँ। अहिले बाबाले तिम्रो लागि हत्केलामा स्वर्ग अथवा वैकुण्ठ ल्याउनुभएको छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! आत्माहरूसँग कुरा गर्नुहुन्छ। यी आँखाहरूद्वारा तिमी बच्चाहरूलाई देखिरहनुभएको छ। बाबा सम्झाउनुहुन्छ– म पनि ड्रामाको वशमा छु। यस्तो होइन ड्रामा बिना केही गर्न सक्छु। होइन, बच्चाहरू बिरामी पर्छन्, यस्तो होइन म ठिक पारिदिन्छु। अपरेसन गर्नबाट छुटाउँछु। होइन, कर्मभोग त सबैले भोग्नु नै पर्छ। तिमीमाथि त धेरै बोझ छ किनकि तिमी सबैभन्दा पुराना हौ। सतोप्रधानबाट एकदम तमोप्रधान बनेका छौ। अब तिमी बच्चाहरूलाई बाबा मिल्नुभएको छ त्यसैले बाबासँग वर्सा लिनुपर्छ। तिमीलाई थाहा छ कल्प कल्प ड्रामा अनुसार हामीले बाबासँग वर्सा लिन्छौँ। जो सूर्यवंशी, चन्द्रवंशी घरानाका हुन्छन् उनीहरू अवश्य आउँछन्। जो देवता थिए फेरि शूद्र बनेका छन् फेरि उनीहरू नै ब्राह्मण बनेर दैवी सम्प्रदाय बन्छन्। यी कुराहरू बाबा बाहेक अरू कसैले सम्झाउन सक्दैन।

बाबालाई तिमी बच्चाहरू कति मीठा लाग्छौ। भन्नुहुन्छ, तिमी उही कल्प पहिलाका मेरा बच्चाहरू हौ। म आएर कल्प कल्प तिमीहरूलाई पढाउँछु। कति अनौठा कुराहरू छन्। निराकार भगवानुवाच। शरीरबाट बोल्नुहुन्छ नि। शरीर छुट्यो भने आत्माले मात्र बोल्न सक्दैन। आत्मा अलग (डिट्याच) हुन्छ। अब बाबा भन्नुहुन्छ– अशरीरी भव। यस्तो होइन कि प्राणायाम आदि गर्नुछ। होइन, सम्झनुछ म आत्मा अविनाशी हुँ। मेरो आत्मामा ८४ जन्मको पार्ट भरिएको छ। बाबा स्वयं भन्नुहुन्छ– म आत्माले पनि जुन कार्य गर्छु, त्यो सबै पार्ट भरिएको छ। भक्तिमार्गमा त्यहाँ पार्ट चल्छ फेरि ज्ञानमार्गमा यहाँ आएर ज्ञान दिन्छु। भक्तिमार्गका मानिसहरूलाई ज्ञानको विषयमा थाहा नै छैन। कसैले मदिरा पिएको छैन भने स्वादको कसरी थाहा हुन्छ। ज्ञान पनि लिएपछि मात्र थाहा हुन्छ। ज्ञानबाट सद्गति हुन्छ त्यसैले अवश्य ज्ञान सागरले नै सद्गति गर्न सक्नुहुन्छ। बाबा भन्नुहुन्छ म सबैको सद्गतिदाता हुँ। सर्वोदया लिडर हुन्छन् नि। कति किसिम किसिमका छन्। वास्तवमा सबैमाथि दया गर्ने त बाबा हुनुहुन्छ। बाबालाई भन्छन्– हे भगवान रहम, दया गर्नुहोस्! त्यसैले उहाँ बाबाले सबैमाथि रहम गर्नुहुन्छ, बाँकी सबै हुन् हदको रहम गर्नेहरू। बाबाले त सारा दुनियाँलाई सतोप्रधान बनाउनुहुन्छ। त्यसमा तत्त्व पनि सतोप्रधान बन्छन्। यो काम हो नै परमात्माको। त्यसैले सर्वोदयाको अर्थ कति ठुलो छ। बाबाले एकदम सबैमाथि दया गर्नुहुन्छ। स्वर्गको स्थापनामा कोही पनि दुःखी हुँदैन। त्यहाँ नम्बरवन फर्निचर, वैभव आदि मिल्छन्। दुःख दिने जनावर, झिँगा आदि केही हुँदैनन्। त्यहाँ पनि ठुलाबडा मानिसको घरमा कति सफाइ हुन्छ। कहिल्यै तिमीले झिँगा देख्दैनौ। कुनै लामखुट्टे आदि पस्न सक्दैन। स्वर्गमा कसैको तागत छैन जहाँ त्यस्ता चिज आउन सक्छन्। फोहोर गर्ने कुनै चीज हुँदैन। फूलहरू आदिको स्वाभाविक सुगन्ध हुन्छ। तिमीलाई सूक्ष्मवतनमा बाबाले सुबिरस (अमृत) पिलाउनुहुन्छ। तर सूक्ष्मवतनमा त केही पनि हुँदैन। यी सबै साक्षात्कार हुन्। वैकुण्ठमा कति राम्रा राम्रा फूल, बगैँचा आदि हुन्छन्। सूक्ष्मवतनमा कहाँ बगैँचा हुन्छ छ र! यी सबै हुन् साक्षात्कार। यहाँ बसेर तिमीले साक्षात्कार गर्छौ।

गीत पनि बडो फस्टक्लास छ। तिमीलाई थाहा छ– हामीलाई बाबा मिल्नुभएको छ अरू के चाहिन्छ र? बेहदको बाबासँग बेहदको वर्सा लिन्छौँ त्यसैले बाबालाई याद गर्नुपर्छ। बाबाको मत प्रसिद्ध छ। श्रीमतबाट हामी श्रेष्ठभन्दा श्रेष्ठ बन्छौँ। बाँकी हुन्छ सबैको आसुरी मत, त्यसैले उनीहरूलाई थाहा छैन सत्ययुगमा सदैव सुख थियो। लक्ष्मीनारायणको राज्य थियो। बाल्यकालमा उनीहरू नै राधाकृष्ण हुन्, उनीहरूका चरित्र आदि केही छैनन्। स्वर्गमा त सबै बच्चाहरू बडो फस्टक्लास हुन्छन्। चञ्चलताको कुनै कुरा नै हुँदैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यस पुरानो दुनियाँबाट मुख मोडिदियौ भने फेरि यस्तो कुनै लापरवाही गर्नु हुँदैन जसले गर्दा मायाले आफूतिर मुख फर्काउँछ। श्रीमतको अवज्ञा गर्नुहुँदैन। बाबासँग पूरा वर्सा लिनुछ।

२) बाबामाथि आफ्नो सबैथोक स्वाहा गरेर पक्का वारिस बनेर सत्ययुगी एयरकन्डिसनको टिकट लिनुछ। लक्ष्य-उद्देश्यलाई बुद्धिमा राखेर पुरुषार्थ गर्नुछ।

वरदान:–
स्व - स्थितिद्वारा सर्व परिस्थितिहरूको अवरोध गर्ने अव्यक्त स्थितिका अभ्यासी भव

अव्यक्त स्थितिको अभ्यासको बानी परेपछि स्वस्थितिद्वारा हरेक परिस्थितिको अवरोध गर्न सक्छौ। अनि यो बानीले धर्मराजको अदालतमा जानबाट बचाउनेछ त्यसैले यस अभ्यासलाई स्वाभाविक स्वभाव बनायौ भने प्राकृतिक प्रकोपहरू हुनेछन् किनकि अवरोध गर्नेहरूले स्वस्थितिबाट हरेक परिस्थितिलाई पार गर्ने शक्ति धारण गर्छन् अनि पर्दा खुल्छ। यसको लागि पुराना बानीहरूबाट, पुराना संस्कारहरूबाट, पुराना कुराहरूबाट... पूरा वैराग्य हुनुपर्छ।

स्लोगन:–
स्वयंलाई निमित्त भएर कार्य गर्ने (करनहार) सम्झ्यौ भने कुनै पनि कर्ममा थकाइ लाग्दैन।

मातेश्वरीजीका अनमोल महावाक्य:–

“मनुष्यलोक , देवलोक , भूत , प्रेतहरूको दुनियाँको विस्तार”

धेरै मानिसले प्रश्न गर्छन्– यी जुन अशुद्ध जीवात्माहरू जसलाई भूत भनिन्छ, यो सत्य हो या कल्पना हो? अथवा भ्रम वा शङ्का हो? त्यसमा आज स्पष्ट पारेर बुझाइन्छ– मनुष्य आत्माले विकर्म गर्छ भने उसले अवश्य अनेक प्रकारले सजाय भोग्नुपर्छ र भोग्ने पनि मनुष्य जन्ममै हो, न कि जनावर पन्छी र पशु योनिमा। दुःखसुख भोग्ने महसुसता मनुष्यमा बढी हुन्छ, न कि जनावरहरूमा। यस सृष्टि खेलमा मुख्य पार्ट मनुष्यको हुन्छ। यी जनावर पन्छी आदि त मानौँ सृष्टि ड्रामाका शोभा हुन्, सारा कल्पभित्र सत्ययुग आदिदेखि कलियुगको अन्त्यसम्म मनुष्य आत्माहरूका ८४ जन्म हुन्छन्, बाँकी यो ८४ लाख त जनावर पन्छी आदिको प्रकार हुन सक्छ। अब यो सबै रहस्य परमात्मा बाहेक अरू कसैले सम्झाउन सक्दैन। आत्माहरूको निवासस्थान हो ब्रह्मतत्त्व अर्थात् निराकारी दुनियाँ, बाँकी यी जनावरहरूका आत्माहरू ब्रह्मतत्त्वमा जान सक्दैनन्, उनीहरूले यस आकाशतत्त्वभित्र नै पार्ट खेल्छन्, उनीहरूको पनि उत्पत्ति र विनाशको अनि सतो, रजो, तमोमा आउने पार्ट हुन्छ त्यसैले प्रकृतिको विषयमा धेरै विस्तारमा नगएर पहिला हामीले आफ्नो आत्माको कल्याण गरौँ अर्थात् मनमनाभव। अब हामी आउँछौँ मनुष्य आत्मामा, त्यसैले जुन आत्माहरूले अशुद्ध कर्म गरेर विकर्म बनाउँछन् उनीहरूले आफ्नो अशुद्ध संस्कार अनुसार जन्ममरणको चक्करमा आएर आदि-मध्य-अन्त्य अर्थात् मर्नेबेलामा आफूले गरेका विकर्महरूको साक्षात्कार गरेर सूक्ष्ममा सजाय भोग्छन्। यस थोरै समयमा अनेक जन्महरूको दुःख महसुस हुन्छ फेरि शरीर छोडेर गएर गर्भ जेलमा दुःख भोग्छन् र फेरि संस्कार अनुसार यस्ता माता-पिताकहाँ जन्म लिएर त्यहाँ पनि आफ्नो जीवनमा सुखदुःख भोग्छन्, यसलाई भनिन्छ आदि-मध्य-अन्त्य। तर कुनै कुनै आत्मालाई छिटो शरीर मिल्दैन उनीहरू आकारी रूपमा यस आकाश तत्त्वभित्र भूत बनेर भट्किइरहन्छन्, यो पनि एउटा सजाय हो अर्थात् भोगाइ हो। त्यस अशुद्ध जीवात्मासँग कसैको हिसाबकिताब रहेछ भने उसले उनीहरूमा प्रवेश गरेर उनीहरूलाई दुःख दिन्छ अर्थात् हिसाबकिताब चुक्ता गरेर फेरि गएर आफ्नो शरीर धारण गर्छ। कुनै जीवात्मा त जसमा प्रवेश गर्छ उसलाई धेरै कुटपिट पनि गर्छ, धेरै कष्ट दिन्छ तर यो सबै हिसाबकिताब भित्र भोग्ने तरिका हो, जुन सबै मनुष्य तनमा नै सुख दुःख महसुस हुन्छ। यो त तिमीलाई सम्झाइएको छ– जुन आत्मा मुक्तिधामबाट यस साकारी खेलमा आउँछ ऊ बीचमा फर्केर मुक्तिधाममा जान सक्दैन, तर आफूले गरेका अशुद्ध, शुद्ध कर्महरू अनुसार संस्कार लिएर दुःख सुखको चक्करमा आउँछ। सबै आत्माहरूको पुनर्जन्म हुन्छ केवल एक परमात्माको पुनर्जन्म हुँदैन। अच्छा।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।

बापदादाका सबैभन्दा प्यारा सफा दिल भएका बच्चाहरू हुन्छन्। सफा दिल भएका बच्चाहरू सदा बापदादाको दिलतख्तनसिन हुन्छन्। उनीहरू समान रूपले वृत्तिमा, दृष्टिमा, बोलीमा, सम्बन्ध-सम्पर्कमा सरल र स्पष्ट देखिन्छन्। सरलताको निसानी हो– दिल, दिमाग, बोलीमा समाना। दिलमा एउटा, बोलीमा अर्को– यो सरलताको निसानी होइन। सरल स्वभाव भएका आत्माहरू सदा निर्मानचित्त, निरहङ्कारी, निःस्वार्थी हुन्छन्। उनीहरू सरल चित्त, सरल वाणी, सरल वृत्ति, सरल दृष्टि भएका हुन्छन्।