17.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– उच्च बन्नुछ भने आफ्नो पोतामेल दिनहुँ हेर , कुनै पनि कर्मेन्द्रियले धोका नदेओस् , आँखाहरू धेरै धोकेबाज छन् , यिनीहरूबाट सम्हाल गर ।”

प्रश्न:–
सबैभन्दा नराम्रो बानी कुन हो, त्यसबाट बच्ने उपाय के हो?

उत्तर:–
सबैभन्दा नराम्रो बानी हो– जिब्रोको स्वाद। कुनै राम्रो चीज देख्यो भने लुकाएर खाइदिन्छन्। लुकाउनु अर्थात् चोरी। चोरी रूपी मायाले पनि धेरैलाई नाक-कानबाट समात्छ। यसबाट बच्ने प्रकृया हो, जहिले पनि कतै बुद्धि गयो भने आफैले आफैलाई सजाय देऊ। नराम्रा बानी बेहोराहरू हटाउनका लागि आफूलाई खुब हप्काऊ।

ओम् शान्ति ।
आत्म अभिमानी भएर बसेका छौ? हरेक कुरा आफैसँग सोध्नुपर्छ। म आत्म अभिमानी भएर बसेको छु र बाबालाई याद गरिरहेको छु? गायन पनि छ शिव शक्ति पाण्डव सेना। यो शिवबाबाको सेना बसेको छ नि। त्यो जिस्मानी सेनामा केवल जवान हुन्छन्, वृद्ध वा बच्चा आदि हुँदैनन्। यो सेनामा त वृद्ध, बच्चा, जवान आदि सबै बसेका छन्। यो हो मायामाथि विजय प्राप्त गर्नका लागि सेना। हरेकले मायामाथि विजय प्राप्त गरेर बाबाबाट बेहदको वर्सा लिनुछ।

बच्चाहरूलाई थाहा छ माया बडो प्रबल छ। कर्मेन्द्रियहरूले नै सबैभन्दा ज्यादा धोका दिन्छन्। चार्टमा यो पनि लेख– आज कुन कर्मेन्द्रियले धोका दियो? आज फलानीलाई देख्दा मनमा लाग्यो यिनलाई हात लगाऊँ, यो गरूँ। आँखाहरूले धेरै नोक्सान पार्छन्। हरेक कर्मेन्द्रियलाई हेर, कुन कर्मेन्द्रियले धेरै नोक्सान पार्छ? सूरदासको पनि यसमा उदाहरण दिइन्छ। आफ्नो जाँच गर्नुपर्छ। आँखाहरूले धेरै धोका दिन्छन्। राम्रा राम्रा बच्चाहरूलाई पनि मायाले धोका दिन्छ। हुन त सर्भिस राम्रो गर्छन् तर आँखाहरूले धोका दिन्छन्। यसमाथि ठुलो जाँच गर्नुपर्छ किनकि दुस्मन हो नि। हाम्रो पदलाई भ्रष्ट पारिदिन्छ। जो सेन्सिबल (बुद्धिमान) बच्चाहरू छन्, उनीहरूले राम्रोसँग नोट गर्नुपर्छ। डायरी पकेटमा होस्। जस्तै भक्तिमार्गमा बुद्धि अर्कातीर दौड्यो भने आफूलाई चिमोट्छन्। तिमीले पनि सजाय दिनुपर्छ। ठुलो होसियारी हुनुपर्छ। कर्मेन्द्रियहरूले धोका त दिँदैनन्! किनारा लाग्नुपर्छ। उभिएर हेर्नु पनि हुँदैन। स्त्री-पुरुषको बीचमा नै धेरै हङ्गामा हुन्छ। हेर्नाले कामविकारको दृष्टि जान्छ, त्यसैले संन्यासीहरू आँखा बन्द गरेर बस्छन्। कोही कोही संन्यासी त स्त्रीहरूलाई पछाडि पारेरर बस्छन्। ती संन्यासीहरूलाई के मिल्छ र? बढीमा १०-२० लाख, करोड जम्मा गर्लान्। मरे भने खतम। फेरि अर्को जन्ममा जम्मा गर्नुपर्छ।

तिमी बच्चाहरूलाई त जे जति मिल्छ त्यो वर्सा अविनाशी हुन्छ। त्यहाँ धनको लालचा हुँदैहुँदैन। यस्तो कुनै अप्राप्ति हुँदैन, जसको लागि मेहनत गर्नुपर्छ। कलियुग अन्त्य र सत्ययुग आदिमा रातदिनको फरक छ। त्यहाँ त अपार सुख हुन्छ। यहाँ केही पनि छैन। बाबा सदैव भन्नुहुन्छ– सङ्गम शब्दसँग पुरुषोत्तम शब्द अवश्य लेख। स्पष्ट शब्दमा बोल्नुपर्छ। सम्झाउन सहज हुन्छ। मनुष्यबाट देवता बनाउनुभयो... त्यसैले अवश्य सङ्गममा नै आउनुहुन्छ नि देवता बनाउन, नर्कवासीलाई स्वर्गवासी बनाउन। मानिसहरू त घोर अन्धकारमा छन्। स्वर्ग के हो, थाहै छैन। अरू धर्मकाले त स्वर्गलाई देख्न पनि सक्दैनन्, त्यसैले बाबा भन्नुहुन्छ– तिम्रो धर्मले धेरै सुख दिन्छ। त्यसलाई भनिन्छ नै हेभेन। तर उनीहरूले यो कहाँ बुझ्छन् र हामी पनि हेभेनमा जान सक्छौँ। कसैलाई पनि थाहा छैन। भारतवर्षका मानिसहरूले यो बिर्सेका छन्। हेभेन लाखौँ वर्ष हुन्छ भनिदिन्छन्। क्रिश्चियनहरू आफैले भन्छन्– ३ हजार वर्ष पहिला हेभेन थियो। लक्ष्मी-नारायणलाई गड-गडेज भनिन्छ नै। अवश्य गडले नै गड-गडेज बनाउनुहुन्छ। त्यसैले मेहनत गर्नुपर्छ।

दिनहुँ आफ्नो पोतामेल हेर्नुपर्छ। कुन कर्मेन्द्रियले धोका दियो? जिब्रो पनि कुनै कम छैन। कुनै राम्रो चीज देखे भने लुकाएर खाइदिन्छन्। यो पनि पाप हो भनेर कहाँ बुझ्छन् र। यो त चोरी भयो नि। त्यो पनि शिवबाबाको यज्ञबाट चोरी गर्नु धेरै नराम्रो हो। कखको चोर सो लखको चोर भनिन्छ। धेरैलाई मायाले नाकबाट समातिरहेको हुन्छ। यी सबै नराम्रा बानी बेहोराहरू हटाउनुछ। आफैलाई हप्काउनुपर्छ। खराब बानी बेहोराहरू भएसम्म उच्च पद पाउन सक्दैनौ। स्वर्गमा जानु त ठुलो कुरा होइन। तर कहाँ राजा-रानी कहाँ प्रजा! त्यसैले बाबा भन्नुहुन्छ– कर्मेन्द्रियहरूको राम्ररी जाँच गर्नुपर्छ। कुन कर्मेन्द्रियले धोका दिन्छ? पोतामेल निकाल्नुपर्छ। व्यापार हो नि। बाबा सम्झाउनुहुन्छ– मसँग व्यापार गर्नुछ, उच्च पद पाउनुछ भने श्रीमतमा चल। बाबाले डाइरेक्सन दिनुहुन्छ, त्यसमा पनि मायाले विघ्न पार्छ। गर्न दिँदैन। बाबा भन्नुहुन्छ– यो कुरा नबिर्स। लापरबाही गरेमा फेरि धेरै पछुताउनेछौ। कहिल्यै उच्च पद पाउनेछैनौ। अहिले त खुसीले भन्छौ– हामी नरबाट नारायण बन्छौँ तर आफैसँग सोधिराख– कतै कर्मेन्द्रियहरूले धोका त दिएनन्? आफ्नो उन्नति गर्नुछ भने बाबाले जे डाइरेक्सन दिनुहुन्छ त्यसलाई व्यवहारमा ल्याऊ। सारा दिनको पोतामेल हेर। भुल त धेरै भइरहन्छन्। आँखाहरूले ठुलो धोका दिन्छन्। दया लाग्छ– यिनलाई खुवाऊँ, गिफ्ट दिऊँ। आफ्नो धेरै समय खेर फाल्छन्। मालाको दाना बन्नमा ठुलो मेहनत छ। ८ रत्न मुख्य छन्। ९ रत्न भनिन्छ। एक त बाबा, बाँकी छन् ८, बाबाको निसानी त चाहिन्छ नि बीचमा। कुनै ग्रहदशा आदि आउँछ भने ९ रत्नको औँठी आदि लगाइदिन्छन्। यति धेरै पुरुषार्थ गर्नेहरूबाट ८ निस्कन्छन्– पास विथ अनर। ८ रत्नको धेरै महिमा छ। देह अभिमानमा आउनाले कर्मेन्द्रियहरूले धेरै धोका दिन्छन्। भक्तिमा पनि चिन्ता हुन्छ नि, शिरमा धेरै पाप छन्– दानपुण्य गरियो भने पाप मेटिन्छन्। सत्ययुगमा कुनै चिन्ताको कुरा हुँदैन किनकि त्यहाँ रावणराज्य नै हुँदैन। त्यहाँ पनि यस्ता कुरा भए भने त नर्क र स्वर्गमा केही फरक नै हुँदैन।

तिमीलाई यति उच्च पद प्राप्त गराउनका लागि भगवान बसेर पढाउनुहुन्छ। बाबाको याद आउँदैन भने पनि ठिकै छ, पढाउने टिचरको त याद गर। ठीकै छ, यो याद गर– हाम्रो एउटै बाबा सद्गुरु हुनुहुन्छ। मानिसहरूले आसुरी मतमा बाबाको कति तिरस्कार गरेका छन्। बाबाले अब सबैमाथि उपकार गर्नुहुन्छ। तिमी बच्चाहरूले पनि उपकार गर्नुपर्छ। कसैमाथि पनि अपकार हुनुहुँदैन, कुदृष्टि पनि हुनुहुँदैन। आफ्नै नोक्सान पार्छन्। त्यो भाइब्रेसनले फेरि अरूमाथि पनि असर पार्छ। बाबा भन्नुहुन्छ– लक्ष्य धेरै उच्च छ। दिनहुँ आफ्नो पोतामेल हेर– कुनै विकर्म त गरिनँ? यो हो नै विकर्मा दुनियाँ, विकर्मा संवत्। विकर्माजित देवताहरूको संवत बारे कसैलाई थाहा छैन। बाबा सम्झाउनुहुन्छ, विकर्माजित संवतको ५ हजार वर्ष भयो, फेरि पछि विकर्म संवत् सुरु हुन्छ। राजाहरूले पनि विकर्म नै गरिरहन्छन्, त्यसैले बाबा भन्नुहुन्छ– कर्म-अकर्म-विकर्मको गति मैले तिमीलाई सम्झाउँछु। रावण राज्यमा तिम्रो कर्म विकर्म बन्छ। सत्ययुगमा कर्म अकर्म हुन्छ। विकर्म बन्दैन। त्यहाँ विकारको नाम नै हुँदैन।

ज्ञानको यो तेस्रो नेत्र अहिले तिमीलाई मिलेको छ। अहिले तिमी बच्चाहरू बाबाद्वारा त्रिनेत्री-त्रिकालदर्शी बनेका छौ। यो कुनै मनुष्यले बनाउन सक्दैन। तिमीलाई बनाउनेवाला बाबा हुनुहुन्छ। पहिला आस्तिक बनेपछि मात्र त्रिनेत्री-त्रिकालदर्शी बन्छौ। सारा ड्रामाको रहस्य बुद्धिमा छ। मूलवतन, सूक्ष्मवतन, ८४ को चक्र सबै बुद्धिमा छ। फेरि पछि अरू धर्म आउँछन्। वृद्धि हुँदै जान्छन्। ती धर्मस्थापकहरूलाई गुरु भनिँदैन। सबैको सद्गति गर्ने सदगुरु एउटै हुनुहुन्छ। बाँकी उनीहरू कोही सद्गति गर्न कहाँ आउँछन् र। उनीहरू धर्मस्थापक हुन्। क्राइस्टलाई याद गर्नाले सद्गति कहाँ हुन्छ र। विकर्म विनाश कहाँ हुन्छन् र। केही पनि हुँदैन। ती सबैलाई भक्तिको लाइनमा भनिन्छ। ज्ञानको लाइनमा केवल तिमी छौ। तिमी पण्डा हौ। सबैलाई शान्तिधाम, सुखधामको मार्ग बताउँछौ। बाबा पनि लिबरेटर, गाइड हुनुहुन्छ। उहाँ बाबालाई याद गर्नाले नै विकर्म विनाश हुन्छन्।

अहिले तिमी बच्चाहरूले आफ्नो विकर्म विनाश गर्ने पुरुषार्थ गरिरहेका छौ, त्यसैले तिमीले ध्यान राख्नुपर्छ– एकातिर पुरुषार्थ, अर्कोतिर विकर्म नहोस्। पुरुषार्थका साथसाथै विकर्म पनि गर्यौ भने सय गुणा हुन्छ। जति हुन सक्छ त्यति विकर्म नगर। नत्र एडिसन पनि हुन्छ। नाम पनि बदनाम गर्छौ। भगवानले हामीलाई पढाउनुहुन्छ भन्ने थाहा भएपछि फेरि कुनै विकर्म गर्नुहुँदैन। सानो चोरी वा ठुलो चोरी, पाप त भयो नि। यी आँखाहरूले ठुलो धोका दिन्छन्। बाबाले बच्चाहरूको चालचलनबाट बुझ्नुहुन्छ, कहिल्यै ख्याल पनि नआओस्– यिनी मेरी स्त्री हुन्। हामी त ब्रह्माकुमार-कुमारी हौँ, शिवबाबाका नाति हौँ। हामीले बाबासँग प्रतिज्ञा गरेका छौँ, राखी बाँधेका छौँ, फेरि आँखाहरूले किन धोका दिन्छन्? यादको बलले कुनै पनि कर्मेन्द्रियहरूको धोकाबाट छुट्न सक्छौ। ठुलो मेहनत चाहिन्छ। बाबाको डाइरेक्सनलाई अमल गरेर चार्ट लेख। स्त्री-पुरुषले पनि आपसमा यही कुरा गर– हामीले त बाबाबाट पुरै वर्सा लिन्छौँ, टिचरसँग पुरै पढ्छौँ। यस्तो टिचर कहिल्यै मिल्न सक्नुहुन्न, जसले बेहदको नलेज दिन सक्नुहुन्छ। लक्ष्मी-नारायणलाई नै थाहा छैन भने उनीहरूको पछाडि आउनेले कसरी जान्न सक्छन्। बाबा भन्नुहुन्छ– यो सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान केवल तिमीले सङ्गममा जान्दछौ।

बाबाले धेरै सम्झाउनुहुन्छ– यो गर, यसरी गर। फेरि यहाँबाट उठेपछि खतम। शिवबाबाले हामीलाई भन्नुहुन्छ भन्ने बुझ्दैनन्। सदैव बुझ– शिवबाबाले भन्नुहुन्छ, यिनको फोटो पनि नराख। यो रथ त लोनमा लिएको हो। यिनी पनि पुरुषार्थी हुन्, यिनले पनि भन्छन्– मैले बाबाबाट वर्सा लिइरहेको छु। तिमीहरू जस्तै यिनी पनि स्टुडेन्ट लाइफमा छन्। पछि गएर तिम्रो महिमा हुनेछ। अहिले त तिमीले पूज्य देवता बन्नका लागि पढ्छौ। फेरि सत्ययुगमा तिमी देवता बन्छौ। यी सबै कुरा बाबाबाहेक अरू कसैले सम्झाउन सक्दैन। तकदिरमा छैन भने संशय उठ्छ– शिवबाबा कसरी आएर पढाउनुहुन्छ! मैले मान्दिनँ। मान्दैनौ भने फेरि शिवबाबालाई याद पनि कसरी गर्छौ। विकर्म विनाश हुन सक्दैनन्। यो सबै राजधानी नम्बरवार स्थापना भइरहेको छ। दास-दासीहरू पनि त चाहिन्छन् नि। राजाहरूलाई दासीहरू पनि दाइजोमा मिल्छन्। यहाँ नै यति दासीहरू राख्छन् भने सत्ययुगमा कति होलान्। यस्तो अल्छी पाराले पुरुषार्थ कहाँ गर्नहुन्छ, जसबाट गएर दास-दासी बनियोस्। बाबासँग सोध्न सक्छौ– बाबा अहिले मरियो भने के पद मिल्छ? बाबाले तुरुन्तै बताइदिनुहुन्छ। आफ्नो पोतामेल आफै हेर। अन्त्यमा नम्बरवार कर्मातीत अवस्था हुनुछ।

यो हो सच्चा कमाइ। त्यो कमाइमा रातदिन कति व्यस्त रहन्छन्। जो सट्टेवाला जो हुन्छन्, उनीहरूले एक हातले खाना खान्छन्, अर्को हातले फोनमा कारोबार चलाइरहन्छन्। अब बताऊ, यस्ता मानिस ज्ञानमा चल्न सक्छन्? भन्छन्– हामीलाई फुर्सद कहाँ छ। अरे, सच्चा राज्य भाग्य मिल्छ। बाबालाई केवल याद गरेमा मात्र विकर्म विनाश हुन्छन्। अष्ट देवता आदिलाई पनि याद गर्छन् नि। उनीहरूको यादबाट त केही पनि मिल्दैन। बाबाले बारम्बार हरेक कुरामा सम्झाइरहनुहुन्छ। ताकि फेरि कसैले यसो नभनोस्– फलानो कुरामा त सम्झाउनुभएन। तिमी बच्चाहरूले सन्देश पनि सबैलाई दिनुछ। एरोप्लेनबाट पनि पर्चाहरू खसाल्नका लागि कोसिस गर्नुपर्छ। त्यसमा लेख– शिवबाबा यसो भन्नुहुन्छ। ब्रह्मा पनि शिवबाबाको बच्चा हुन्। प्रजापिता हुन् भने यिनी पनि बाबा, उहाँ पनि बाबा। शिवबाबा भन्दा पनि धेरै बच्चाहरूको प्रेमको आँसु आउँछ। कहिल्यै देखेका पनि हुँदैनन्। लेख्छन्– बाबा कहिले आएर हजुरलाई भेटुँ, बाबा बन्धनबाट छुटाउनुहोस्। धेरैलाई बाबाको, फेरि प्रिन्सको पनि साक्षात्कार हुन्छ। पछि गएर धेरैलाई साक्षात्कार हुन्छ, तैपनि पुरुषार्थ त गर्नैपर्छ। मानिसलाई मर्नेबेलामा पनि भन्छन्– भगवानलाई याद गर। तिमीले पनि देख्नेछौ– पछाडि खुब पुरुषार्थ गर्नेछन्। याद गर्न लाग्नेछन्। बाबा राय दिनुहुन्छ– प्यारा बच्चाहरू! जति समय मिल्छ त्यसमा पुरुषार्थ गरेर मेकअप गर। बाबाको यादमा रहेर विकर्म विनाश गर्यौ भने पछि आउने पनि अगाडि जान सक्छौ। जस्तै ट्रेन ढिलो भयो भने मेकअप गर्छन् नि। तिमीलाई पनि यहाँ समय मिल्यो भने मेकअप गर। यहाँ आएर कमाइ गर्न लाग। बाबा राय पनि दिनुहुन्छ– यसो यसो गर, आफ्नो कल्याण गर। बाबाको श्रीमतमा चल। एरोप्लेनबाट पर्चाहरू खसाल, ताकि मानिसहरूले बुझुन्– यिनीहरूले त अवश्य ठीक सन्देश दिइरहेका छन्। विश्व कति ठुलो छ, सबैलाई थाहा हुनुपर्छ ता कि फेरि यसो नभनुन्– बाबा हामीलाई त थाहै भएन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सेन्सिबल बनेर आफ्नो जाँच गर्नुछ– आँखाहरूले धोका त दिँदैनन्! कुनै पनि कर्मेन्द्रियको वशमा भएर उल्टो कर्म गर्नुछैन।। यादको बलद्वारा कर्मेन्द्रियहरूको धोकाबाट छुट्नुछ।

२) यो सच्चा कमाइको लागि समय निकाल्नुछ, पछि आउनेले पनि पुरुषार्थद्वारा मेकअप गर्नुछ। यो विकर्म विनाश गर्ने समय हो, त्यसैले कुनै पनि विकर्म गर्नुछैन।

वरदान:–
बालक सो मालिकको पार्टद्वारा निरह ङ् कारी र निराकारी भव

बालक बन्नु अर्थात् हदको जीवन परिवर्तन हुनु। कुनै कति पनि ठुलो देशको मालिक होस्, धन वा परिवारको मालिक होस् तर बाबाको अगाडि सबै बालक हुन्। तिमी ब्राह्मण बच्चाहरू पनि बालक बन्छौ तब फिक्रबाट बादसाह र भविष्यमा विश्वको मालिक बन्छौ। “बालक सो मालिक हुँ”– यो स्मृतिले सदैव निरहङ्कारी-निराकारी स्थितिको अनुभव गराउँछ। बालक अर्थात् बच्चा बन्नु भनेको मायाबाट बच्नु हो।

स्लोगन:–
प्रसन्नता नै ब्राह्मण जीवनको पर्सनालिटी हो त्यसैले सदैव प्रसन्नचित्त रहने गर।

अव्यक्त इसारा:– जुन कार्य आजका अनेक पद्मपतिले गर्न सक्दैनन्, त्यो तिम्रो एउटा सङ्कल्पले आत्मालाई पद्मापद्मपति बनाउन सक्छ। त्यसैले श्रेष्ठ सङ्कल्पको शक्ति जम्मा गर र गराऊ। श्रेष्ठ सङ्कल्पको शक्तिलाई यति स्वच्छ बनाऊ कि अलिकति पनि व्यर्थको अस्वच्छता नहोस्, तब यो शक्तिले कमालको कार्य गर्नेछ।