17.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा र
दादाको पनि अद्भुत कहानी छ , बाबा दादामा प्रवेश गर्नुहुन्छ अनि तिमी
ब्रह्माकुमार-कुमारी वर्साको अधिकारी बन्छौ।”
प्रश्न:–
निश्चित
ड्रामालाई जानेर पनि तिमी बच्चाहरूले कुन लक्ष्य अवश्य राख्नुपर्छ?
उत्तर:–
पुरुषार्थ
गरेर छलाङ लगाउने अर्थात् विनाशभन्दा पहिला बाबाको यादमा रहेर कर्मातीत बन्ने
लक्ष्य अवश्य राख्नुपर्छ। कर्मातीत अर्थात् कलियुगी (आइरन एजेड) बाट सत्ययुगी (गोल्डन
एजेड) बन्नु। पुरुषार्थको लागि यही अलिकति समय छ, त्यसैले विनाशभन्दा पहिला आफ्नो
अवस्थालाई अचल-अडोल बनाउनु छ।
ओम् शान्ति ।
यो ओम् शान्ति
दुईपटक कसले भन्नुभएको हो? एक हुनुहुन्छ बाबा, अर्को हुन् दादा। कहानी सुनाउँछन्
नि! एक थिए राजा, एक थिइन् रानी। अब यी फेरि नयाँ कुरा हुन्। एक बाबा एक दादा,
तिमीले भन्छौ ५ हजार वर्ष पहिला पनि एक हुनुहुन्थ्यो शिवबाबा, अर्का थिए ब्रह्मा
दादा। अब शिवका बच्चाहरू त सबै हुन्। सबै आत्माहरू एक पिताका सन्तान हुन्। त्यो त
छँदै छ नि! ब्रह्माका बच्चा ब्राह्मण पनि थिए, प्रजापिता ब्रह्माका सन्तान
ब्रह्माकुमार-कुमारीहरू पनि थिए। उनीहरूलाई कसले पढाउनुहुन्थ्यो? शिवबाबाले।
प्रजापिता ब्रह्माका यी ब्रह्माकुमार-कुमारीहरू धेरै बच्चाहरू छन् नि।
ब्रह्माकुमार-कुमारीहरूले मान्छन्, अवश्य हामी शिवबाबाका बच्चाहरू पनि हौँ,
नातिनातिना पनि हौँ। बच्चाहरू त छँदै छौँ नै, अब नातिनातिना पनि बनेका छौँ
ब्रह्माद्वारा दादाबाट वर्सा लिन। अहिले तिमीलाई दादाबाट वर्सा मिल्छ, जसलाई शिवबाबा
भनिन्छ। तर ब्रह्माकुमार-कुमारी भएको कारण उहाँलाई हामीले दादा भन्छौँ। वर्सा दादाको
हो। ब्रह्मा दादाको होइन। वैकुण्ठवासी बन्ने वर्सा ती बाबाबाट मिल्छ। तिमीले
आधाकल्प वर्सा पाउँछौ, फेरि तिमीलाई श्राप मिल्छ– रावणबाट। तल ओर्लंदै आउँछौ। जसरी
तल ओर्लने ग्रहदशा लाग्छ। अहिले तिमी बच्चाहरूले बुझेका छौ– हाम्रो ग्रहदशा, राहुको
दशा पूरा भयो। राहुको दशा सबैभन्दा खराब हुन्छ। उच्चभन्दा उच्च बृहस्पतिको दशाबाट
फेरि राहुको दशा लागेपछि ५ विकारहरूको कारण हामी काला भयौँ। अब फेरि बाबा
भन्नुहुन्छ– दान देऊ अनि ग्रहण छुट्छ। यो तिम्रै कुरा हो। उनीहरूले फेरि
सूर्य-चन्द्रमाको ग्रहण सम्झेका छन्। ग्रहण लागेपछि दान माग्छन्। यहाँ बाबा तिमीलाई
भन्नुहुन्छ– ५ विकारहरूको दान दियौ भने ग्रहदशा उत्रिनेछ। यी विकारहरूबाट नै तिमी
पापात्मा बनेका हौ। मुख्य हो देह अभिमान। पहिला यस्ता सतोप्रधान थियौ, फेरि सतो, रजो,
तमो बनेका छौ। तिमीले ८४ जन्म लिएका छौ। यो त पक्का निश्चय छ, अवश्य देवताहरूले नै
८४ जन्म लिन्छन्। पहिला उनीहरू नै बाबासँग मिल्नुपर्छ। गायन गरिन्छ पनि– आत्माहरू
परमात्मा अलग रहे...
बाबा भन्नुहुन्छ–
पहिला सुरुमा तिमीलाई सत्ययुगमा पठाएको थिएँ। फेरि अहिले तिमी नै आएर मिलेका छौ।
पहिला त केवल गाउँथे, त्यसको यथार्थ अर्थ अहिले बाबा बसेर सम्झाउनुहुन्छ। सबै वेद,
शास्त्र, जप, तप, स्लोगन आदि जे जति छन्, सबैको सार बाबा बसेर सम्झाउनुहुन्छ। चक्र
त एकदम सहज छ। अहिले कलियुग र सत्ययुगको सङ्गम हो। लडाइँ पनि सामुन्ने छ। यो पनि
तिमीलाई निश्चय छ– सत्ययुगको स्थापना हुन्छ। कलियुगमा जति पनि आत्माहरू छन्, ती
सबैका शरीर खतम हुन्छन्, बाँकी आत्माहरू पवित्र बनेर हिसाबकिताब चुक्ता गरेर जान्छन्।
यो सबैको कयामतको समय हो। आत्माहरू शरीर छोडेर जान्छन्। यो कुरा अहिले तिम्रो
बुद्धिमा छ। जहिलेसम्म हामी कर्मातीत अवस्थामा पुग्दैनौँ, त्यतिबेलासम्म हामी
सङ्गममा उभिएका छौँ। एकातिर छन् करोडौँ मानिसहरू, अर्कातिर छौ केवल तिमी थोरै।
तिमीहरूमध्ये पनि कति छन् जो निश्चयबुद्धि हुँदै जान्छन्। निश्चयबुद्धि विजयन्ती,
फेरि गएर विष्णुको गलाका माला बन्छन्। एक हुन्छ रुद्राक्षको माला, अर्को हुन्छ
रुण्ड माला। त्यो रुण्ड मालामा साना साना अनुहार हुन्छन्। त्यो निसानी हो। हामी
आत्माहरू नै आएर फेरि बाबाको गलाको मालाका दाना बन्छौँ, फेरि यहाँ आउँछौँ नम्बरवार।
माला ८ को पनि छ, १०८ को पनि छ, १६१०८ को पनि छ। अब १६ हजार छन् वा ५-१० हजार छन्,
त्यसको कुनै हिसाब निकालिँदैन। यी मालाहरू जपिन्छन्। बाबा भन्नुहुन्छ– यो सबै तिमीले
किन विचार गर्छौ। कल्प पहिला सत्ययुग, त्रेतामा जति पनि राजाहरू बनेका थिए, त्यति
नै बन्छन्। १०० बन्छन् कि २-३ सय बन्छन्– यो सोध्नु छैन।
बाबा भन्नुहुन्छ– तिमी
जति नजिक आउँदै जान्छौ, त्यति यो सबै बुझ्दै जान्छौ। आज हामी यहाँ छौँ, भोलि विनाश
हुन्छ, फेरि सत्ययुगमा थोरै देवीदेवता हुन्छन्। पछि वृद्धि हुँदै जान्छन्। सत्ययुगका
लक्ष्यणहरू पनि देखिन्छन्। गएर बाँकी लाखौँ रहन्छन्, फेरि लाख रहन्छन् कि ९-१० लाख
रहन्छन्, एकुरेट भन्न सकिँदैन। हो, तिमी एकुरेट सम्पूर्ण बन्न लायक बनेपछि तिमीलाई
अझ बढी साक्षात्कार हुन्छ। अहिले त धेरै कुरा बुझ्ने समय बाँकी छ। धेरै साक्षात्कार
गरिरहनेछौ। लडाइँको तयारी पनि धेरै भइरहन्छ। सबै कुरा महँगो हुँदै जान्छन्। वेलायतमा
पनि अब खूब कर आदि लागिरहन्छ। धेरै धेरै महँगी भएर फेरि एकदम सस्तो हुन्छ। सत्ययुगमा
कुनै कुरामा खर्च हुँदैन। सबै खानीहरू आदि भरपुर हुन्छन्। नयाँ दुनियाँमा वैभव धेरै
हुन्छन्। लक्ष्मीनारायणसँग धेरै वैभव थियो नि! श्रीनाथद्वारामा मूर्तिहरूको अगाडि
पनि कति वैभवहरूको भोग लगाउँछन्। त्यहाँ धेरै माल बनाउँछन् र खाइरहन्छन्। भन्छन्,
हामीले देवताहरूलाई भोग चढाउँछौँ। भन्छन्, देवताहरूलाई भोग लगाएनौँ भने उनीहरू
रिसाउँछन्। अब यसमा रिसाउने त कुरै छैन। तिमी कसैसँग रिसाउँदैनौ। तिमीलाई थाहा छ,
ड्रामा अनुसार यो विनाश हुनु नै छ। कलियुगबाट परिवर्तन भएर सत्ययुग हुन्छ। हामीले
ड्रामालाई जान्दछौँ ड्रामा अनुसार अब नयाँ चक्र सुरु हुनु छ। तिमी पनि ड्रामाको वशमा
छौ। ड्रामा अनुसार बाबा पनि आउनुभएको छ। ड्रामामा एक मिनेट पनि तलमाथि हुन सक्दैन।
जसरी बाबा आउनुभयो, तिमीले देख्यौ, कल्पपछि पनि हुबहु यस्तै हुन्छ। शास्त्रहरूमा त
कल्पको अवधि लामो लेखिदिएका छन्। अब तिमी बच्चाहरूको बुद्धिमा छ, अवश्य विनाश
सामुन्ने छ। अहिले तिमीले तीव्र गतिमा छलाङ् लगाइ रहेका छौ। तिमीलाई थाहा छ,
बाबालाई याद गरेर हामीले कर्मातीत अवस्था अवश्य प्राप्त गर्नु छ अर्थात् कलियुगीबाट
सत्ययुगी बन्नु छ। अहिले पुरुषार्थ गरेनौ भने पद भ्रष्ट हुनेछ। हे आत्माहरू! अहिले
तिमीहरू पतित बनेका छौ। यो पनि तिमीलाई थाहा छ, धेरै किसिमका आत्माहरू आउँछन्, जो
अरू धर्ममा परिवर्तन भएका छन्, उनीहरू निस्केर आउँदै जान्छन्। आएर आफ्नो पुरुषार्थ
गरिरहन्छन्– बाबाबाट वर्सा पाउन। ब्राह्मण धर्ममा आएर फेरि देवता धर्ममा आउँछन्।
ब्राह्मण धर्ममा आएनन् भने देवता धर्ममा कसरी आउँछन्। दिनप्रतिदिन ब्राह्मणहरू
वृद्धि हुँदै जान्छन्। सबैले देख्छन्, विनाश सामुन्ने आइसकेको छ, यिनीहरूले त ठीक
भन्छन्, फेरि वृद्धि हुँदै जान्छ। ब्राह्मणहरूको वृक्ष वृद्धि भएर पुरा हुन्छ, फेरि
फर्केर जान्छन्। देवताहरूको वृक्ष बढ्छ।
अहिले तिमीले सङ्गममा
राजयोग सिकिरहेका छौ। यस सङ्गमलाई कल्याणकारी युग भनिन्छ। सङ्गमको नै गायन छ– यसमा
गङ्गासागरको मेला देखाउँछन्। त्यो सबै भक्तिमार्गको मेला हो। यो हो ज्ञानसागर र
ज्ञानसागरबाट निस्किएका ज्ञान गङ्गाहरू। ज्ञानसागरसँग पतितपावन शब्द आएको हो।
उनीहरूले सम्झन्छन्– पतितपावनी गङ्गा हो, अनि फेरि गङ्गामा स्नान गर्दै आउँछन्। यी
नदीहरू त सत्ययुगदेखि चल्दै आएका छन्, आजाकाल त कहीँ कहीँ नदीहरूले पनि डुबाइदिन्छन्।
प्रकृति पनि तमोप्रधान, सागर पनि तमोप्रधान भएको छ। सागर अलिकति उर्लियो भने सबै
कुरा खतम गरिदिन्छ। सत्ययुगमा केवल हामी थोरै मात्रै भारतवर्षमा हुन्छौँ– यमुनाको
किनारमा। देहली परिस्तान थियो, फेरि परिस्तान बन्नु छ। सत्ययुगमा थोरै मात्रै
जीवात्माहरू रहन्छन्, फेरि बिस्तारै बिस्तारै आउँदै जान्छन्। अहिले हो कलियुगको
अन्त्य। अहिले मानिसहरू कति धेरै भएका छन्, यो बेहदको नाटक हो, जसलाई राम्रोसँग
बुझ्नु छ। हुन त कसैले आफूलाई नाटकका पात्र पनि सम्झन्छन्, तर कल्प ५ हजार वर्षको
हो, यो कुरा कसैलाई पनि थाहा छैन। कहाँ ८४ जन्म, कहाँ ८४ लाख। अहिले तिमी उज्यालोमा
छौ। तिमीलाई बाबाबाट वर्सा मिल्छ। बाबा भन्नुहुन्छ– मनमनाभव। बाबालाई याद गर्नु छ।
शिव भगवानुवाच, भगवानको महिमा र देवताहरूको महिमामा धेरै फरक छ। बाबाले जुन नयाँ
रचना रच्नुहुन्छ, उनीहरूको महिमा छ सर्वगुण सम्पन्न... अहिले तिमी त्यस्तै बनिरहेका
छौ। बाबाको महिमा र यिनीहरूको महिमामा रातदिनको फरक छ। यो राजयोग हो नि! भनिन्छ पनि–
भगवानले राजयोग सिकाउनुहुन्छ। उहाँ निराकार हुनुहुन्छ, त्यसैले राजयोग सिकाउन अवश्य
निराकारबाट साकारमा आउनुपर्छ। भगवानको यति महिमा छ भने अवश्य उहाँ यहाँ आउनुपर्छ।
उहाँको जन्म दिव्य अलौकिक छ, अरू कसैको दिव्य जन्म भनिँदैन। यो पनि बच्चाहरूलाई
सम्झाइएको छ, एक हुन्छन् लौकिक पिता, अर्का हुनुहुन्छ पारलौकिक पिता, जसलाई नै
भगवान भनेर याद गर्छन् र अनि अर्का हुन् अलौकिक पिता, यिनी फेरि अद्भुत पिता हुन्।
पारलौकिक पिताले बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ अनि बीचमा यी अलौकिक पिता आउँछन्।
प्रजापिता ब्रह्माका कति धेरै बच्चाहरू छन्। शिवबाबा आएर ब्रह्माद्वारा तिमीलाई
आफ्नो बनाउनुहुन्छ। कति ब्रह्माकुमार-कुमारीहरू बन्छन्। लौकिक पिताका त बढीमा ८-१०
बच्चाहरू होलान्। अच्छा, शिवबाबा पनि हुनुहुन्छ पारलौकिक पिता। उहाँका त अनेकौँ
बच्चाहरू छन्। सबै आत्माहरूले भन्छन्– हामी सबै भाइ भाइ हौँ। अब यस सङ्गममा फेरि
अलौकिक पिता मिल्छन्। यो ज्ञान तिमीलाई त्यहाँ हुँदैन। बाबा आएर नयाँ सृष्टि
रच्नुहुन्छ अनि प्रजापिता ब्रह्मा पिता मिल्छन् त्यसैले यो अलौकिक जन्म भयो नि,
यसलाई कसैले बुझ्न सक्दैनन्। ती लौकिक, उहाँ पारलौकिक र यिनी हुन् सङ्गमयुगी अलौकिक
पिता। लौकिक पिता त सत्ययुगदेखि हुँदै आएका छन्। पारलौकिक पितालाई त्यहाँ कसैले याद
गर्दैनन्, त्यहाँ हुन्छन् नै एक पिता। स्वर्गमा हे भगवान, हे परमात्मा! भनेर याद
गर्दैनन्, फेरि द्वापरमा भक्तिमार्ग सुरु भएपछि दुई पिता हुन्छन्। सङ्गममा हुन्छन्
३ पिता। प्रजापिता ब्रह्मा पनि अहिले मिल्छन्, अहिले तिमी उनका बच्चा बनेका छौ।
तिमीलाई थाहा छ, यिनी अलौकिक पिता हुन्। अहिले तिमीले यी कुराहरू राम्रोसँग जानेका
छौ र बाबालाई याद गर्छौ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ। सत्ययुगमा याद
गर्ने आवश्यकता नै हुँदैन। दुःखमा पारलौकिक पिताको सबैले याद गर्छन्। यो त एकदम सहज
कुरा हो। सत्ययुग, त्रेतामा एक पिता हुन्छन्, द्वापरमा दुई पिता हुन्छन्। यस समयमा
तिमीहरू अलौकिक पिताका बच्चा बनेका छौ, जसद्वारा तिमीले वर्सा लिन्छौ। तिमी बच्चाहरू
नै ब्राह्मण बन्छौ, जो फेरि देवता बन्छौ। विनाश पनि तिमीले नै देख्नु छ, जुन तिमीले
यी आँखाले देख्नेछौ, बमहरू छोड्नेछन्। मानिसहरू त मर्छन् नि! जापानमा पनि बम छोडे,
देख्यौ नि कसरी मानिसहरू मरे। अब यहाँ लडाइँहरू भइरहन्छन्। आफै पनि भन्छन्, हामी
हैरान हुँदै गएका छौँ। १०-१० वर्षसम्म पनि लडाइँ चलिरहन्छ। बमले त चुट्कीमा (सेकेन्डमा)
सबै खलास हुन्छ। झिल्को लाग्छ अनि सहर नष्ट हुन्छन्। यी त बमहरू हुन्। आगो पनि
लाग्नु छ।
तिमी बच्चाहरूलाई थाहा
छ, बाबा आउनुभएकै हो स्थापना र विनाश गराउन। त्यसैले अवश्य यो सबै हुन्छ। पुरुषार्थ
गर्ने समय अहिले हो। मायाले घरी घरी तिम्रो बुद्धियोग तोडिदिन्छ। अझै तिमी अडोल
स्थिर कहाँ बनेका छौ र! भन्छन्, बाबा मायाका तुफान धेरै आउँछन्। कसैले त दिनभरिमा
आधा घण्टा पनि याद गर्दैनन्। बाबा भन्नुहुन्छ– तिमी कर्मयोगी हौ। ८ घण्टा त यो सेवा
गर्छौ। ८ घण्टा याद गर्न सक्नेगरी यति धेरै पुरुषार्थ गर्नु छ। याद गरिरहेमा विकर्म
विनाश हुँदै जान्छन्, यसलाई नै योग अग्नि भनिन्छ। यसैमा छ मेहनत। गृहस्थ व्यवहारमा
रहेर केवल याद गर्नु छ। यो पनि बाबा बताउनुहुन्छ– जसले गृहस्थ छोडेका छन्, बाबाका
बच्चा बनेका छन्, तिनीहरूले पनि यति याद गर्दैनन्। घरमा बस्नेहरूले अझ बढी याद
गर्छन्। अर्जुन र भिल्लको पनि उदाहरण दिन्छन् नि! मेहनत हुन्छ बाबालाई याद गर्नमा
अनि चक्रलाई बुझ्नु छ। महाभारत लडाइँ पनि अवश्य लाग्छ। सत्ययुगमा कहाँ लडाइँ लाग्छ
र! त्यसैले तिमी बच्चाहरू अन्धाको लट्ठी पनि बन्नु छ। सबैलाई बाटो बताउनु छ–
बाबालाई याद गर, चक्रलाई याद गर। स्वदर्शन चक्रधारी बन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कम्तीमा ८ घण्टा यादमा रहने पुरुषार्थ गर्नु छ। आफ्नो अवस्था अचल अडोल राख्नको
लागि यादको अभ्यास बढाउनु छ। गल्ती गर्नुहुँदैन।
२) यो ड्रामा एकदम
एक्युरेट बनेको छ, त्यसैले कसैसँग पनि रिसाउनु हुँदैन। निश्चयबुद्धि बन्नु छ।
वरदान:–
तोड्नु ,
मोड्नु र जोड्नु– यी तीन शब्दहरूको स्मृतिद्वारा सदा विजयी भव
सम्पूर्ण पढाइ र
शिक्षाहरूको सार यी तीन शब्द हुन्:– १) कर्मबन्धन तोड्नु छ। २) आफ्नो
संस्कार-स्वभावलाई मोड्नु छ र ३) एक बाबासँग सर्व सम्बन्ध जोड्नु छ– यी नै तीन
शब्दले सम्पूर्ण विजयी बनाउनेछन्। यसको लागि सदा यही स्मृति रहोस्–यी नयनहरूद्वारा
जे जति विनाशी कुराहरू देखिन्छन्, ती सबै विनाश भइसकेका छन्। तिनलाई देखेर पनि आफ्नो
नयाँ सम्बन्ध, नयाँ सृष्टिलाई देखिरह्यौ भने कहिल्यै हार हुन सक्दैन।
स्लोगन:–
योगीको निसानी
हो– सदा स्वच्छ र स्पष्ट।
अव्यक्त इसारा:–
अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन
ब्राह्मण जीवनमा
सङ्कल्पमा पनि अपवित्रता वा अमर्यादा आउँछ भने तख्तनसिनको सट्टा गिर्तीकलामा अर्थात्
तल आउँछौ। कुनै विकर्म भएन तर व्यर्थ कर्म भयो भने पनि पश्चात्तापको सट्टा महसुसताको
स्टेज हुन्छ। महसुस हुन्छ, यो गलत हो, हुनुहुँदैन... त्यो कुरा काँडाजस्तै
बिझिरहन्छ, त्यसैले यो व्यर्थबाट पनि मुक्त बन।