17.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यादबाट सतोप्रधान बन्नुको साथ साथै पढाइबाट कमाइ जम्मा गर्नुछ , पढाइको समयमा बुद्धि यताउता न दौडो स्।”

प्रश्न:–
तिमी डबल अहिंसक, गुप्त योद्धाहरू (अननोन वारियर्स) को कुन विजय निश्चित छ र किन?

उत्तर:–
तिमी बच्चाहरू जसले मायामाथि विजय प्राप्त गर्ने पुरुषार्थ गरिरहेका छौ, तिम्रो लक्ष्य छ– हामीले रावणबाट आफ्नो राज्य लिएरै छोड्छौँ... यो पनि ड्रामामा युक्ति रचिएको छ। तिम्रो विजय निश्चित छ किनकि तिम्रो साथमा साक्षात् परमपिता परमात्मा हुनुहुन्छ। तिमीले योगबलबाट विजय प्राप्त गर्छौ। मनमनाभवको महामन्त्रबाट तिमीलाई राज्य भाग्य मिल्छ। तिमीले आधाकल्प राज्य गर्छौ।

गीत:–
मुखडा देख ले प्राणी...

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरू! सामुन्ने बसिरहँदा बुझ्छौ– अवश्य हाम्रो कोही साकार टिचर हुनुहुन्न, हामीलाई पढाउने ज्ञानको सागर बाबा हुनुहुन्छ। यो त पक्का निश्चय छ– उहाँ हाम्रो बाबा पनि हुनुहुन्छ, पढ्ने बेलामा पढाइमा अटेन्सन हुन्छ। विद्यार्थी आफ्नो स्कुलमा बसेका रहेछन् भने टिचरको याद आउँछ, न कि बाबाको किनकि स्कुलमा बसेका हुन्छन्। तिमीलाई पनि थाहा छ– बाबा टिचर पनि हुनुहुन्छ। नामलाई त समात्नुछैन नि। ध्यानमा राख्नुछ– हामी आत्मा हौँ, बाबाबाट सुनिरहेका छौँ। यो त कहिल्यै हुँदैहुँदैन। न सत्ययुगमा, न कलियुगमा हुन्छ। केवल एकैपटक सङ्गममा हुन्छ। तिमीले आफूलाई आत्मा सम्झन्छौ। हाम्रो बाबा यस समयमा टिचर हुनुहुन्छ किनकि पढाउनुहुन्छ, दुवै काम गर्नुपर्छ। आत्माले पढ्छ शिवबाबाबाट। यो पनि योग र पढाइ हो। पढ्छ आत्माले, पढाउनुहुन्छ परमात्माले, यसमा अझ धेरै फाइदा छ जबकि तिमी बाबाको सम्मुख हुन्छौ। धेरै बच्चाहरू राम्रोसँग यादमा रहन्छन्। कर्मातित अवस्थामा पुगे भने त्यो पनि मानौँ पवित्रताको तागत मिल्छ। तिमीलाई थाहा छ– शिवबाबाले हामीलाई पढाउनुहुन्छ। यो तिम्रो योग पनि हो, कमाइ पनि हो। आत्मालाई नै सतोप्रधान बन्नुछ। तिमी सतोप्रधान पनि बनिरहेका छौ, धन पनि लिइरहेका छौ। आफूलाई आत्मा अवश्य सम्झनुछ। बुद्धि भाग्नु हुँदैन। यहाँ बस्दा बुद्धिमा यो रहोस्– शिवबाबा पढाउनको लागि टिचर रूपमा जसरी पनि आउनुहुन्छ। उहाँ नै नलेजफुल हुनुहुन्छ, हामीलाई पढाइरहनुभएको छ। बाबालाई याद गर्नुछ। स्वदर्शन चक्रधारी पनि हामी हौँ। लाइट हाउस पनि हौँ। एक आँखामा शान्तिधाम, अर्को आँखामा जीवनमुक्तिधाम छ। यी आँखाको कुरा होइन, आत्माको तेस्रो नेत्र भनिन्छ। अहिले आत्माहरूले सुनिरहेका छन्, शरीर छोडेपछि आत्मामा यी संस्कार हुन्छन्। अहिले तिमीले बाबासँग योग लगाउँछौ। सत्ययुगदेखि तिमी वियोगी थियौ अर्थात् बाबासँग योग थिएन। अहिले तिमी योगी बन्छौ, बाबासमान। योग सिकाउने ईश्वर हुनुहुन्छ त्यसैले उहाँलाई योगेश्वर भनिन्छ। तिमी पनि योगेश्वरका बच्चा हौ। उहाँलाई योग लगाउनुछैन। उहाँ हुनुहुन्छ योग सिकाउने परमपिता परमात्मा। तिमी एक एक योगेश्वर, योगेश्वरी बन्छौ फेरि राज राजेश्वरी बन्छौ। उहाँ हुनुहुन्छ योग सिकाउने ईश्वर। आफै सिक्नुहुन्न, सिकाउनुहुन्छ। श्रीकृष्णकै आत्माले अन्त्यको जन्ममा योग सिकेर फेरि श्रीकृष्ण बन्छ, त्यसैले श्रीकृष्णलाई पनि योगेश्वर भनिदिन्छन् किनकि उनको आत्माले अहिले सिकिरहेको छ। योगेश्वरबाट योग सिकेर श्रीकृष्ण पद पाउँछ, यिनको नाम फेरि बाबाले ब्रह्मा राख्नुभएको छ। पहिला त लौकिक नाम थियो फेरि मरजीवा बनेका छन्। आत्मालाई नै बाबाको बन्नुछ। बाबाको बन्यौ भने मऱ्यौ नि। तिमीले पनि बाबाद्वारा योग सिक्छौ। यी संस्कारहरूबाटै तिमी जान्छौ शान्तिधाममा। फेरि प्रारब्धको नयाँ पार्ट इमर्ज हुन्छ। त्यहाँ यी कुरा याद रहँदैनन्। यो कुरा अहिले बाबाले सम्झाउनुहुन्छ। अहिले पार्ट पूरा हुन्छ। फेरि नयाँ तरिकाले सुरुहुन्छ। जब बाबालाई सङ्कल्प उठ्यो– म जाऊँ त्यसपछि बाबा भन्नुहुन्छ– म आउँछु र मेरो वाणी चल्न सुरुहुन्छ। त्यहाँ त आत्माहरू शान्तिमा हुन्छन्। फेरि ड्रामा अनुसार उहाँको पार्ट सुरुहुन्छ। आउने त सङ्कल्प उठ्छ। फेरि यहाँ आएर पार्ट खेल्नुहुन्छ। तिम्रा आत्माहरूले पनि सुन्छन्। नम्बरवार पुरुषार्थ अनुसार कल्प पहिला जस्तै। दिनप्रतिदिन उन्नति गर्दैजान्छौ। एक दिन तिमीलाई ठुला रोयल हल पनि मिल्नेछन्, जसमा ठुला ठुला मानिसहरू पनि आउँनेछन्। सबै सँगै बसेर सुन्छन्। दिनप्रतिदिन धनवान पनि रङ्क हुँदै जान्छन्, गरिब बनेर पेट पिठ्युमा टाँसिन्छ। यस्ता आपदहरू आउनुछ, मुसलधारे वर्षा हुन्छ भने सारा खेती आदि पानीमा डुब्छ। प्राकृतिक प्रकोप त हुनु नै छ। विनाश हुनुछ, यसलाई भनिन्छ कुदरती आपदहरू (प्राकृतिक प्रकोपहरू)। बुद्धिले भन्छ– विनाश हुनु अवश्य छ। त्यतातिरका लागि बमहरू पनि तयार छन्, प्राकृतिक प्रकोप आदि फेरि छन् यहाँको लागि। त्यसमा ठुलो हिम्मत चाहिन्छ। अङ्गदको पनि उदाहरण छ नि, उनलाई कसैले हल्लाउन सकेन। यो अवस्था पक्का बनाउनुछ– म आत्मा हुँ, शरीरको भान टुट्दै जाओस्। सत्ययुगमा त जब अटोमेटिकल्ली समय पूरा हुन्छ तब साक्षात्कार हुन्छ। अहिले हामीले यो शरीर छोडेर गएर बच्चा बन्नुछ। एउटा शरीर छोडेर गएर अर्कोमा प्रवेश गर्छन्, सजाय आदि त त्यहाँ केही छैन। दिनप्रतिदिन तिमी नजिक आउँदै जान्छौ। बाबा भन्नुहुन्छ– ममा जुन पार्ट भरिएको छ, त्यो खुल्दै जान्छ। बच्चाहरूलाई बताइरहन्छु। फेरि बाबाको पार्ट पूरा हुन्छ भने तिम्रो पनि पूरा हुन्छ। फेरि तिम्रो सत्ययुगको पार्ट सुरुहुन्छ। अहिले तिमीले आफ्नो राज्य लिनुछ, यो ड्रामा धेरै युक्तिले बनेको छ। तिमीले मायामाथि विजय पाउँछौ, यसमा पनि टाइम लाग्छ। उनीहरूले त एकातिर सम्झन्छन्– हामी स्वर्गमा बसेका छौँ, यो सुखधाम बनेको छ, अर्कोतिर फेरि गीतमा पनि भारतवर्षको हालत सुनाउँछन्। तिमीलाई थाहा छ– यी त अझै तमोप्रधान भएका छन्। ड्रामा अनुसार तमोप्रधान पनि जोडले हुँदै जान्छन्। तिमी अब सतोप्रधान बनिरहेका छौ। अब नजिक आउँदै गइरहेका छौ, अन्त्यमा विजय त तिम्रो हुनु नै छ। हाहाकारपछि फेरि जयजयकार हुन्छ। घिउका नदीहरू बग्नेछन्। त्यहाँ घिउ आदि किन्नु पर्दैन। सबैका आफ्नै फस्टक्लास गाईहरू हुन्छन्। तिमी कति उच्च बन्छौ। तिमीलाई थाहा छ– विश्वको इतिहास-भूगोल फेरि दोहोरिन्छ। बाबा आएर विश्वको इतिहास रिपिट गर्नुहुन्छ। त्यसैले बाबाले भन्नुभयो– यो पनि लेखिदेऊ– विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ, आएर बुझ। जो बुद्धिमान हुन्छ उसले भन्छ– अहिले कलियुग हो भने अवश्य सत्ययुग दोहोरिन्छ। कसैले त भन्छन्– सृष्टिको चक्र लाखौँ वर्षको हो, अहिले कसरी दोहोरिन्छ। यहाँ सूर्यवंशी-चन्द्रवंशीको इतिहास त छैन। अन्त्यसम्म यो चक्र कसरी दोहोरिन्छ। त्यो पनि जान्दैनन्– यिनीहरूको राज्य फेरि कहिले हुन्छ। रामराज्यलाई जान्दैनन्। अहिले तिम्रो साथमा बाबा हुनुहुन्छ। जतातिर साक्षात् परमपिता परमात्मा बाबा हुनुहुन्छ उनको विजय अवश्य हुनेछ। बाबाले कुनै हिंसा कहाँ गराउनुहुन्छ। कसैलाई मार्नु हिंसा हो नि। सबैभन्दा ठुलो हिंसा हो काम कटारी चलाउनु। अहिले तिमी डबल अहिंसक बनिरहेका छौ। त्यहाँ हुन्छ नै अहिंसा परमो देवी-देवता धर्म। त्यहाँ न लड्छन्, न विकारमा जान्छन्। अहिले तिम्रो हो योगबल, तर यसलाई नबुझ्नाले गर्दा शास्त्रहरूमा असुर र देवताहरूको लडाइँ लेखिदिएका छन्, अहिंसालाई कसैले जान्दैनन्। यो तिमीले नै जान्दछौ। तिमी हौ गुप्त योद्धाहरू। गुप्त तर धेरै परिचित (अननोन बट भेरी वेल नोन)। तिमीलाई कसैले योद्धा सम्झन्छन्? तिमीद्वारा सबैलाई मनमनाभवको सन्देश मिल्छ। यो हो महामन्त्र। मानिसहरूले यी कुराहरूलाई बुझ्दैनन्। सत्ययुग-त्रेतामा यो हुँदैन। मन्त्रबाट तिमीले राज्य भाग्य पायौ फेरि दरकार हुँदैन। तिमीलाई थाहा छ– हामीले कसरी चक्कर लगाएर आएका छौँ। अहिले फेरि बाबाले महामन्त्र दिनुहुन्छ। फेरि आधाकल्प राज्य गर्छौ। अब तिमीले दैवीगुण धारण गर्नु र गराउनु छ। बाबाले राय दिनुहुन्छ– आफ्नो चार्ट राख्नाले धेरै मजा आउँछ। रजिस्टरमा गुड, बेटर, बेस्ट हुन्छन् नि। आफै पनि फिल गर्छन्। कसैले राम्रो पढ्छन्, कसैको अटेन्सन भएन भने फेल हुन्छन्। यो फेरि हो बेहदको पढाइ। बाबा टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। सँगसँगै चल्छ। यी एउटै बाबा हुनुहुन्छ जसले भन्नुहुन्छ– मरजीवा बन। तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबा भन्नुहुन्छ– म तिम्रो बाबा हुँ। ब्रह्माद्वारा राज्य दिन्छु। यी भए बीचमा दलाल, यिनीसँग योग लगाउनुछैन। अहिले तिम्रो बुद्धि लागेको छ ती आफ्ना पतिहरूका पति शिव साजनसँग। यिनीद्वारा उहाँले तिमीलाई आफ्नो बनाउनुहुन्छ। भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मलाई याद गर। हामी आत्माले पार्ट पूरा गऱ्यौँ अब बाबाको पासमा जानुछ घर। अहिले त सारा सृष्टि तमोप्रधान छ। ५ तत्त्व पनि तमोप्रधान छन्। त्यहाँ सबै कुरा नयाँ हुन्छ। यहाँ त हेर हीरा जुहारत आदि केही पनि छैनन्। सत्ययुगमा फेरि कहाँबाट आउँछन्? खानीहरू जो अहिले खाली भएका छन् ती सबै फेरि अहिले भरपुर हुन्छन्। खानीहरूबाट खनेर ल्याउँछन्। विचार गर सबै नयाँ चीजहरू हुन्छन् नि। लाइट आदि पनि मानौँ नेचुरल हुन्छ, साइन्सबाट यहाँ सिकिरहन्छन्। त्यहाँ यो पनि काममा आउँछ। हेलिकप्टर तयार हुन्छन्, बटन दबायो अनि चल्यो। कुनै तकलिफ हुँदैन। त्यहाँ सबै सम्पूर्ण सुरक्षित (फुलप्रुफ) हुन्छन्, कहिल्यै मेसिन आदि बिग्रिन सक्दैन। घरमा बसेर सेकेन्डमा स्कुलमा वा घुमफिर गर्न पुग्छन्। प्रजाको लागि फेरि उनीहरूभन्दा साधारण हुन्छन्। तिम्रो लागि त्यहाँ सबै सुख हुन्छन्। अकालमा मृत्यु हुन सक्दैन। त्यसैले तिमी बच्चाहरूले कति अटेन्सन दिनुपर्छ। मायाको पनि धेरै जोड छ। यो हो मायाको अन्तिम भभका। लडाइँमा हेर कति मर्छन्। लडाइँ बन्द हुँदैहुँदैन। कहाँ यति सारा दुनियाँ, कहाँ केवल एउटै स्वर्ग हुन्छ। त्यहाँ यस्तो कहाँ भन्छन्– गङ्गा पतित-पावनी हुन्। त्यहाँ भक्तिमार्गको कुनै कुरा नै हुँदैन। यहाँ गङ्गामा हेर सारा सहरको फोहोर फालिदिन्छन्। मुम्बईको सारा फोहोर सागरमा बग्छ।

भक्तिमा तिमीले ठुला ठुला मन्दिर बनाउँछौ। हीरा-जुहारतको सुख त मिल्छ नि। पौने हिस्सा सुख हुन्छ, बाँकी क्वार्टर हुन्छ दु:ख। आधा आधा भयो भने त मजा हुँदैन। भक्तिमार्गमा पनि तिमी धेरै सुखी हुन्छौ। पछि मन्दिर आदिलाई आएर लुट्छन्। सत्ययुगमा तिमी कति धनवान थियौ त्यसैले तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। लक्ष्य उद्देश्य त सामुन्ने खडा छ। बाबा मम्माको त निश्चित छ। गायन छ– खुसीजस्तो खुराक छैन। योगबाट आयु बढ्छ।

अहिले आत्मालाई स्वको दर्शन भएको छ– हामीले ८४ को चक्कर लगाउँछौँ। यति पार्ट खेल्छौँ। सबै आत्मा कलाकारहरू तल आए भने बाबाले सबैलाई लैजानुहुन्छ। शिवको बरियाँत भनिन्छ नि। यो सबै तिमीलाई थाहा छ नम्बरवार पुरुषार्थ अनुसार। जति तिमी यादमा रहन्छौ त्यति खुसीमा रहन्छौ। दिनप्रतिदिन फिल गर्दै जान्छौ, किनकि सिकाउने त ती बाबा हुनुहुन्छ नि। यिनले पनि सिकाइरहन्छन्। यिनलाई (ब्रह्मालाई) सोध्ने दरकार हुँदैन। सोध्ने तिमीले नै हौ। यिनले त सुन्छन् नै। बाबाले जवाफ दिनुहुन्छ र यिनले पनि सुन्छन्, यिनको गतिविधि कति आश्चर्यजनक छ। यिनी पनि यादमा रहन्छन्। फेरि बच्चाहरूलाई वर्णन गरेर सुनाउँछन्। बाबाले मलाई खुवाउनुहुन्छ। मैले उहाँलाई आफ्नो रथ दिन्छु, सवारी गर्नुहुन्छ भने किन खुवाउनुहुन्न। यो मानव अश्व हो। शिवबाबाको रथ हुँ– यो ख्याल हुँदा पनि शिवबाबाको याद हुन्छ। यादबाटै फाइदा छ। भण्डारामा भोजन बनाउँदा पनि सम्झ– हामीले शिवबाबाका बच्चाहरूको लागि भोजन बनाउँछौँ। आफै पनि शिवबाबाका बच्चा हौँ भने यसरी याद गर्नाले पनि फाइदा नै छ। सबैभन्दा धेरै राम्रो पद उनलाई मिल्छ जसले यादमा रहेर कर्मातित अवस्था प्राप्त गर्छन् र सेवा पनि गर्छन्। यी बाबाले पनि धेरै सेवा गर्छन् नि। यिनको बेहदको सेवा छ तिमीले हदको सेवा गर्छौ। सेवाबाटै यिनलाई पनि पद मिल्छ। शिवबाबा भन्नुहुन्छ– यसरी यसरी गर, यिनलाई पनि राय दिनुहुन्छ। तुफान त बच्चाहरूलाई आउँछ, यादबाट बाहेक कर्मेन्द्रियहरू वशमा हुन मुस्किल छ। यादबाटै बेडा पार हुनुछ, यो कुरा शिवबाबाले भन्नुहुन्छ वा ब्रह्माबाबाले भन्नुहुन्छ, यो बुझ्न पनि मुस्किल हुन्छ। यसमा धेरै महिन बुद्धि चाहिन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस समयमा पूरा पूरा मरजीवा बन्नुछ। पढाइ राम्रोसँग पढ्नुछ, आफ्नो चार्ट वा रजिस्टर राख्नुछ। यादमा रहेर आफ्नो कर्मातित अवस्था बनाउनुछ।

२) अन्तिम विनाशको दृश्य हेर्नको लागि हिम्मतवान बन्नुछ। म आत्मा हुँ– यो अभ्यासबाट शरीरको भान टुट्दै जाओस्।

वरदान:–
देह भानको त्याग गरेर निर क्रो धी बन्ने निर्मानचित भव

जो बच्चाहरूले देह भानको त्याग गर्छन् उनीहरूलाई कहिल्यै पनि क्रोध आउन सक्दैन किनकि क्रोध आउने दुई कारण हुन्छन्: एक– जब कसैले झुटो कुरा भनेमा र दोस्रो जब कसैले ग्लानि गरेमा। यिनै दुई कुराले क्रोधलाई जन्म दिन्छन्। यस्तो परिस्थितिमा निर्मानचित्तको वरदानद्वारा अपकारीमाथि पनि उपकार गर, गाली गर्नेलाई अङकमाल गर, निन्दा गर्नेलाई सच्चा मित्र मान तब भनिन्छ कमाल। यस्तो परिवर्तन देखायौ भने विश्वको अगाडि प्रसिद्ध हुन्छौ।

स्लोगन:–
मौजको अनुभव गर्नको लागि मायाको अधीनतालाई छोडेर स्वतन्त्र बन।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

अहिले ज्वालामुखी बनेर आसुरी संस्कार, आसुरी स्वभाव सबैकुरा भस्म गर। जसरी देवीहरूको यादगारमा देखाउँछन्– ज्वालाबाट असुरहरूको संहार गरिन्। असुर कुनै व्यक्ति होइनन् तर आसुरी शक्तिहरूलाई खतम गरिन्। यो अहिले तिम्रो ज्वालास्वरूप स्थितिको यादगार हो। अब यस्तो योगको ज्वाला प्रज्वलित गर जसमा यो कलियुगी संसार जलेर भस्म हुन्छ।