18.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी यो विश्व विद्यालय मा आएका छौ पुरानो दुनियाँ बाट मरेर नयाँ दुनियाँ मा जान , अहिले तिम्रो प्रीत एक भगवानसँग भएको छ।”

प्रश्न:–
कुन विधिद्वारा बाबाको यादले तिमीलाई धनवान बनाइदिन्छ?

उत्तर:–
बाबा बिन्दु हुनुहुन्छ। तिमी पनि बिन्दु बनेर बिन्दुलाई याद गरेमा धनवान बन्नेछौ। जसरी एक पछि बिन्दु लगायो भने १० हुन्छ। फेरि बिन्दु लगायो भने १००, फेरि १००० हुन्छ। त्यसैगरी बाबाको यादले बिन्दु लाग्दै जान्छ। तिमी धनवान बन्दै जान्छौ। यादमा नै सच्चा कमाइ छ।

गीत:–
महफिल में जल उठी शमा...

ओम् शान्ति ।
यो गीतको अर्थ कति विचित्र छ– प्रीत बसेको छ कोसँग? कोसँग प्रीत बसेको छ? भगवानसँग, किनकि यो दुनियाँबाट मरेर उहाँको साथमा जानुछ। यसरी कहिल्यै कसैसँग प्रीत हुन्छ र? जसबाट मरिनेछ भन्ने यो ख्याल आउँछ। फेरि कसैले प्रीत राख्लान् र? गीतको अर्थ कति अनौठो छ! शमा, ज्योति बाबासँग पुतलीले प्रीत राखेर फन्को लगाउँदा लगाउँदै जलेर मर्छन्। तिमीले पनि बाबाको प्रीतमा यो शरीर छोड्नुछ अर्थात् बाबालाई याद गर्दागर्दै शरीर छोड्नुछ। यो गायन केवल एक बाबाको लागि हो। उहाँ बाबा आइसकेपछि उहाँसँग जसले प्रीत राख्छन्, उनीहरू यो दुनियाँबाट मर्नुपर्छ। भगवानसँग प्रीत राखेपछि फेरि मरेर कहाँ जान्छन्! अवश्य भगवानको साथमा नै जान्छन्। मनुष्यले दानपुण्य, तीर्थयात्रा आदि गर्छन् भगवानको साथमा जानको लागि। शरीर छोड्ने बेलामा पनि मनुष्यलाई भन्छन्– भगवानलाई याद गर। भगवान कति प्रसिद्ध हुनुहुन्छ! उहाँ आउनुभयो भने सारा पुरानो दुनियाँलाई खतम गरिदिनुहुन्छ। तिमीलाई थाहा छ– हामी यो विश्व विद्यालयमा आउँछौँ पुरानो दुनियाँबाट मरेर नयाँ दुनियाँमा जानको लागि। पुरानो दुनियाँलाई पतित दुनियाँ, नर्क भनिन्छ। बाबाले नयाँ दुनियाँमा जाने बाटो बताउनुहुन्छ। केवल मलाई याद गर, म हुँ स्वर्गको रचयिता परमपिता परमात्मा। ती लौकिक पिताबाट तिमीलाई धन मिल्छ, सम्पत्ति, घर आदि मिल्छ। छोरीहरूलाई त वर्सा मिल्दैन। उनीहरूलाई पराई घर पठाइदिन्छन्। अर्थात् उनीहरू वारिस ठहरिँदैनन्। यहाँ भगवान त हुनुहुन्छ सबै आत्माहरूका बाबा, सबै उहाँको साथमा आउनुपर्छ। कुनै समयमा अवश्य बाबा आउनुहुन्छ सबैलाई घर लैजान किनकि नयाँ दुनियाँमा धेरै कम मनुष्य हुन्छन्। पुरानो दुनियाँमा त धेरै छन्। नयाँ दुनियाँमा मनुष्य पनि थोरै तर सुख भने धेरै हुन्छ। पुरानो दुनियाँमा धेरै मनुष्य छन् भने दुःख पनि धेरै छ, त्यसैले पुकार्छन्। महात्मा गान्धीले पनि भन्थे– हे पतितपावन आउनुहोस्! केवल उनले बाबालाई चिनेका थिएनन्। तिमीले बुझेका पनि छौ– पतितपावन परमपिता परमात्मा हुनुहुन्छ, उहाँ नै विश्वको मुक्तिदाता हुनुहुन्छ। रामसीतालाई त सारा दुनियाँले मान्दैनन्। सारा दुनियाँले परमपिता परमात्मालाई मुक्तिदाता, पथप्रदर्शक मान्छन्। उहाँले मुक्त गर्नुहुन्छ दुःखबाट। अच्छा, दुःख दिने को हो? बाबाले त दुःख दिन सक्नुहुन्न किनकि उहाँ त पतितपावन हुनुहुन्छ। पावन दुनियाँ सुखधाममा लैजानुहुन्छ। तिमी हौ ती रुहानी बाबाका रुहानी बच्चाहरू। जस्ता बाबा, त्यस्तै बच्चाहरू। लौकिक बाबाका हुन्छन् लौकिक अर्थात् जिस्मानी बच्चाहरू। अहिले तिमी बच्चाहरूले यो बुझ्नुछ– हामी आत्मा हौँ, परमपिता परमात्मा हामीलाई वर्सा दिन आउनुभएको छ। हामी उहाँका बच्चा बन्यौँ भने अवश्य स्वर्गको वर्सा मिल्नेछ। उहाँ हुनुहुन्छ नै स्वर्ग स्थापना गर्ने बाबा। हामी विद्यार्थी हौँ, यो भुल्नुहुँदैन। बच्चाहरूको बुद्धिमा हुन्छ– शिवबाबाले मधुवनमा मुरली बजाउनुहुन्छ। त्यो (काठको) मुरली त यहाँ हुँदैन। श्रीकृष्णले नृत्य गर्ने, मुरली बजाउने– ती सबै भक्तिमार्गका कुरा हुन्। बाँकी ज्ञानको मुरली त शिवबाबाले नै बजाउनुहुन्छ। तिमीकहाँ राम्रा राम्रा गीत गाउनेहरू आउनेछन्। गीत अक्सर गरेर पुरुषले नै बनाउँछन्। तिमीले ज्ञानका गीत नै गाउनुपर्छ जसबाट शिवबाबाको याद आउँछ।

बाबा भन्नुहुन्छ– म अल्फलाई याद गर। शिवलाई भनिन्छ बिन्दु। व्यापारीहरूले बिन्दु लेखे भने भन्छन्– शिव। एकको अगाडि बिन्दु लेख्यो भने १० हुन्छ फेरि बिन्दु लेख्यो भने १०० हुन्छ। फेरि बिन्दु लेख्यो भने १००० हुन्छ। तिमीले पनि शिवलाई याद गर्नुछ। जति शिवलाई याद गर्छौ त्यति बिन्दु लाग्दै जान्छ। तिमी आधाकल्पको लागि धनवान बन्छौ। त्यहाँ गरिब हुँदै हुँदैन। सबै सुखी हुन्छन्। दुःखको नामै हुँदैन। बाबाको यादले विकर्म विनाश हुँदै जान्छन्। तिमी धेरै धनवान बन्छौ। यसलाई भनिन्छ सच्चा बाबाद्वारा सच्चा कमाइ। यही कमाइ साथमा जानेछ। मनुष्य सबै खाली हात जान्छन्। तिमी भरिपूर्ण हातले जानुछ। बाबालाई याद गर्नुछ। बाबाले सम्झाउनुभएको छ– पवित्रता भयो भने शान्ति, समृद्धि मिल्छ। तिमी आत्मा पहिला पवित्र थियौ फेरि अपवित्र बनेका छौ। संन्यासीहरूलाई पनि अर्धपवित्र भनिन्छ। तिम्रो हो सम्पूर्ण संन्यास। तिमीलाई थाहा छ– उनीहरूले कति सुख लिन्छन्। अलिकति सुख हुन्छ त्यसपछि त दुःख नै हुन्छ। पहिला उनीहरूले सर्वव्यापी भन्दैनथे। सर्वव्यापी भनेकाले गिर्दै जान्छन्। दुनियाँमा अनेक प्रकारका मेला लाग्छन् किनकि आम्दानी त हुन्छ नि। यो पनि उनीहरूको धन्दा हो। भनिन्छ– नरबाट नारायण बन्ने धन्दा बाहेक अरू सबै धन्दामा धुलो छ। यो नरबाट नारायण बन्ने धन्दा कुनै विरलैले गर्छ। बाबाको बनेर देहसहित सबै थोक बाबालाई दिनुछ किनकि तिमीले चाहन्छौ– नयाँ शरीर मिलोस्। बाबा भन्नुहुन्छ– तिमी कृष्णपुरीमा जान सक्छौ तर आत्मा तमोप्रधानबाट सतोप्रधान बनेपछि मात्र। श्रीकृष्णपुरीमा यसरी भनिँदैन– हामीलाई पावन बनाउनुहोस्! यहाँ सबै मनुष्यले मात्र पुकार्छन्– हे मुक्तिदाता आउनुहोस्! यो पाप आत्माहरूको दुनियाँबाट हामीलाई मुक्त गर्नुहोस्!

अहिले तिमीलाई थाहा छ– बाबा आउनुभएको छ हामीलाई आफुसँगै लैजान। त्यहाँ जानु त राम्रो हो नि। मनुष्यले शान्ति चाहन्छन्। तर शान्ति केलाई भनिन्छ? कर्मबिना त कोही रहन सक्दैन। शान्ति त हुन्छ नै शान्तिधाममा। फेरि पनि शरीर लिएर कर्म त गर्नु नै छ। सत्ययुगमा कर्म गर्दा पनि शान्ति हुन्छ। अशान्तिमा मनुष्यलाई दुःख हुन्छ त्यसैले भन्छन्– शान्ति कसरी मिल्छ! अहिले तिमी बच्चाहरूलाई थाहा छ– शान्तिधाम त हाम्रो घर हो। सत्ययुगमा शान्ति पनि हुन्छ, सुख पनि हुन्छ। सबैथोक हुन्छ। अब त्यो सुख चाहिन्छ वा केवल शान्ति चाहिन्छ? यहाँ त दुःख छ त्यसैले पतितपावन बाबालाई यहाँ पनि पुकार्छन्। भक्ति गर्छन् नै भगवानसँग मिल्न। भक्ति पनि पहिला अव्यभिचारी फेरि व्यभिचारी हुन्छ। व्यभिचारी भक्तिमा हेर के के गर्छन्! सिँढीमा कति राम्रो देखाइएको छ तर पहिला सुरुमा त सिद्ध गर्नुपर्छ– भगवान् को हुनुहुन्छ? श्रीकृष्णलाई यस्तो कसले बनाउनुभयो? अघिल्लो जन्ममा को थिए? सम्झाउने ठुलो युक्ति चाहिन्छ। जसले राम्रो सेवा गर्छन् उनीहरूको दिलले पनि गबाही दिन्छ। विश्व विद्यालयमा जसले राम्रोसँग पढ्छन् उनीहरू अवश्य तीक्ष्ण हुन्छन्। नम्बरवार त हुन्छन् नै। कोही मन्दबुद्धि पनि हुन्छन्। शिवबाबालाई आत्माले भन्छ– मेरो बुद्धिको ताल्चा खोल्नुहोस्! बाबा भन्नुहुन्छ– बुद्धिको ताल्चा खोल्नको लागि नै त आएको हुँ। तर तिम्रा कर्म यस्ता छन् जसले गर्दा ताल्चा नै खुल्दैन । फेरि बाबाले के गर्नुहुन्छ? धेरै पाप गरेका छन्। अब बाबाले उनीहरूलाई के गर्नुहुन्छ? टिचरलाई विद्यार्थीले हामीले थोरै पढ्छौँ भन्छन् भने टिचरले के गर्छन्? टिचरले कुनै कृपा त गर्दैनन्! बढीमा उसको लागि थप समय दिन्छन्। त्यो त तिमीलाई मनाही छैन। प्रदर्शनी खुलै छ, बसेर अभ्यास गर। भक्तिमार्गमा त कसैले भन्छन्– माला जप, कसैले भन्छन्– यो मन्त्र याद गर। यहाँ त बाबाले आफ्नो परिचय दिनुहुन्छ। बाबालाई याद गर्नुछ, जसबाट वर्सा मिल्छ। त्यसैले बाबाबाट राम्रोसँग पूरा वर्सा लिनुपर्छ नि। यसमा पनि बाबा भन्नुहुन्छ– विकारमा कहिल्यै नजानु। अलिकति मात्रै विकारमा जाने आदत भयो भने फेरि वृद्धि हुन्छ। सिगरेट आदिको एक पटक स्वाद लिएपछि सङ्गको रङ्ग तुरुन्तै लाग्छ। फेरि बानी छोड्न पनि मुस्किल हुन्छ। कति बहाना गर्छन्! कुनै पनि बानी पार्नुहुँदैन। फोहोरी बानीहरू पनि मेटाउनुछ। बाबा भन्नुहुन्छ– जीवन छँदै शरीरको भान छोडेर मलाई याद गर। देवताहरूलाई भोग सधैँ पवित्र चिजको नै लगाइन्छ, त्यसैले तिमीले पनि पवित्र भोजन खाऊ। आजकाल त शुद्ध घिउ मिल्दैन, तेल खान्छन्। त्यहाँ तेल आदि हुँदैन। यहाँ त डेरीमा हेर, शुद्ध घिउ पनि राखेको हुन्छ, अशुद्ध पनि राखेको हुन्छ। दुवैमा लेखिएको हुन्छ– शुद्ध घिउ, दाममा फरक पर्छ। अब तिमी बच्चाहरू फूलजस्तै फुलेर हर्षित रहनुपर्छ। स्वर्गमा त स्वाभाविक सुन्दरता हुन्छ। त्यहाँ प्रकृति पनि सतोप्रधान हुन्छ। लक्ष्मीनारायणको जस्तो स्वाभाविक सुन्दरता यहाँ कसैले बनाउन सक्दैन। उनीहरूलाई यी आँखाले कसैले कहाँ देख्न सक्छन् र! हुन त साक्षात्कार हुन्छ तर साक्षात्कार हुँदैमा कसैले हुबहु चित्र कहाँ बनाउन सक्छन् र! हो, कुनै कलाकारलाई साक्षात्कार हुँदै गयो भने त्यसै समयमा बसेर बनाउन सक्छ... तर धेरै यो मुस्किल छ। तिमी बच्चाहरूलाई धेरै नसा हुनुपर्छ। अहिले हामीलाई बाबा लिनको लागि आउनुभएको छ। बाबाबाट हामीलाई स्वर्गको वर्सा मिल्नेछ। अहिले हाम्रा ८४ जन्म पूरा भए। यस्ता यस्ता ख्याल बुद्धिमा भयो भने खुसी हुन्छ। विकारको अलिकति पनि ख्याल आउनुहुँदैन। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। द्रौपदीले पनि त्यसैले पुकारेकी हुन् नि। उनका कुनै ५ पति थिएनन्। उनले त पुकार्थिन्– मलाई यस दुःशासनले नङ्गन गर्छ, यसबाट मलाई बचाउनुहोस्! फेरि ५ पति कसरी हुन सक्छन्! यस्तो कुरा हुन सक्दैन। घरी घरी तिमी बच्चाहरूलाई नयाँ नयाँ प्वइन्टहरू मिलिरहन्छन् त्यसपछि परिवर्तन गर्नुपर्छ, केही न केही परिवर्तन गरेर राखिदिनुपर्छ।

तिमीले लेख्छौ– केही समयभित्र हामीले यस भारतवर्षलाई परिस्तान बनाउनेछौँ। तिमीले चुनौती दिन्छौ। बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– सन सोज फादर, फादर सोज सन। कुन बाबा? शिव र सालिग्राम, गायन उहाँको हो। शिवबाबाले जे सम्झाउनुहुन्छ त्यसलाई फलो गर। फलो फादर गायन पनि उहाँको हो। लौकिक पितालाई फलो गरेमा त तिमी पतित बन्छौ। उहाँ शिवबाबाले त फलो गराउनुहुन्छ पावन बनाउनको लागि। फरक छ नि। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! फलो गरेर पवित्र बन। फलो गरेमा नै स्वर्गका मालिक बन्नेछौ। लौकिक बाबालाई फलो गरेर ६३ जन्म तिमी सिँढी तल ओर्लिएका छौ। अब शिवबाबालाई फलो गरेर माथि चढ्नुछ। बाबासँगै जानुछ। बाबा भन्नुहुन्छ– यी एक एक रत्न लाखौँ रुपैयाँका छन्। तिमीले बाबालाई चिनेर बाबाबाट वर्सा पाउँछौ। उनीहरूले त भन्छन्– ब्रह्ममा लीन हुन्छौँ। लीन त हुनुछैन, फेरि आउनेछन्। बाबाले दिनहुँ सम्झाइरहनुहुन्छ– मीठा प्यारा बच्चाहरू! पहिला सुरुमा सबैलाई बाबाको परिचय दिनुछ। पारलौकिक बाबाले वर्सा दिनुहुन्छ पावन बनाउने, त्यसैले बेहदका बाबालाई भन्छन् पनि– पावन बनाउनुहोस्! उहाँ हुनुहुन्छ पतितपावन। लौकिक बाबालाई पतितपावन भनिँदैन। उनीहरू आफैले नै पुकारिरहन्छन्– हे पतितपावन आउनुहोस्! त्यसैले दुई बाबाको परिचय सबैलाई दिनुछ। लौकिक बाबाले भन्छन्– बिबाह गरेर पतित बन, पारलौकिक बाबा भन्नुहुन्छ– पावन बन। मलाई याद गरेमा तिमी पावन बन्छौ। एक बाबाले सबैलाई पावन बनाउनुहुन्छ। सम्झाउनको लागि यो प्वइन्ट धेरै राम्रो छ। भिन्न भिन्न प्रकारका प्वइन्टहरू विचार सागर मन्थन गरेर सम्झाइराख। यो तिम्रै धन्दा भयो। तिमी हौ नै पतितहरूलाई पावन बनाउने। पारलौकिक बाबाले अहिले पावन बन भन्नुहुन्छ–जतिखेर विनाश सामुन्ने उभिएको छ। अब के गर्नुपर्छ? अवश्य पारलौकिक बाबाको मतमा चल्नुपर्छ नि। यो प्रतिज्ञा पनि लेखाउनुपर्छ प्रदर्शनीमा। पारलौकिक बाबालाई फलो गर्नेर्छौँ। पतित बन्न छोड्नेछौँ। लेखिदेऊ– बाबाबाट ग्यारेन्टी लिन्छौँ। सारा कुरा हो पवित्रताको। तिमी बच्चाहरूलाई दिनरात खुसी हुनुपर्छ– बाबाले हामीलाई स्वर्गको वर्सा दिइरहनुभएको छ। अल्फ र बे, बादसाही। अहिले तिमीले बुझेका छौ– शिवजयन्ती भन्नु नै यस भारतवर्षको स्वर्गको जयन्ती। गीता नै सर्व शास्त्रमयी शिरोमणि हो। गीता माता। वर्सा त बाबाबाट नै मिल्छ। गीताका रचयिता हुनुहुन्छ नै शिवबाबा। पारलौकिक बाबाबाट पावन बन्ने वर्सा मिल्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) हामी ईश्वरीय विद्यार्थी हौँ, यो सदैव स्मृतिमा राख्नुछ। कुनै पनि फोहोरी आदत बनाउनु छैन। त्यसलाई मेटाउनुछ। विकारको अलिकति पनि ख्याल आउनु हुँदैन।

२) जीवन छँदै शरीरको भान भुलेर बाबालाई याद गर्नुछ। भिन्न भिन्न प्वइन्टहरूका विचार सागर मन्थन गरेर पतितहरूलाई पावन बनाउने धन्दा गर्नुछ।

वरदान:–
सन्तुष्टताको त्रिमूर्ति सर्टिफिकेटद्वारा सदा सफलता प्राप्त गर्ने उच्च पदका अधिकारी भव

सदा सफल हुनको लागि बाबा र परिवारसँग ठिक कनेक्सन हुनुपर्छ। हरेकले तीन सर्टिफिकेट लिनुछ– बाबा, तिमी र परिवार। परिवारलाई सन्तुष्ट पार्नको लागि सानो कुरा याद राख– आदर दिने रेकर्ड निरन्तर चलिरहोस्, यसमा निष्काम बन। बाबालाई सन्तुष्ट पार्नको लागि सच्चा बन। स्वयं सन्तुष्ट रहनको लागि सदा श्रीमतको लकीरभित्र बस। यी तीन सर्टिफिकेटले उच्च पदको अधिकारी बनाउँछन्।

स्लोगन:–
जसले चित्रलाई नहेरेर चैतन्य र चरित्रलाई हेर्छन् उनीहरू नै श्रेष्ठ चरित्रवान् हुन्।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलतासम्पन्न बन

जसरी सर्व आत्माहरूलाई ज्ञानको प्रकाश दिनको लागि सदैव शुभभावना वा कल्याणको भावना राख्छौ। त्यसैगरी आफ्नो यो दैवी सङ्गठनलाई पनि एकरस स्थितिमा स्थित गरेर सङ्गठनको शक्तिलाई बढाउने प्रयत्न गर त्यसपछि तिम्रो यो दैवी सङ्गठनको मूर्त रूपमा एकता र एकरस स्थितिको प्रत्यक्षरूपमा साक्षात्कार हुनेछ।