18.05.25    Avyakt Bapdada     Nepali Murli    25.03.2005     Om Shanti     Madhuban


“मास्टर ज्ञान सूर्य बनेर अनु भ ू तिक ा किरण फैलाऊ , विधाता बन , तपस्वी बन”


आज बापदादा आफ्ना चारैतिरका होलीहंस बच्चाहरूसँग होली मनाउनको लागि आउनुभएको छ। बच्चाहरू पनि प्यारको डोरीमा बाँधिएर होली मनाउनको लागि पुगिसकेका छन्। मिलन मनाउनको लागि कति प्यारले पुगिसकेका छन्। बापदादाले सबै बच्चाहरूको भाग्यलाई देखिरहनु भएको थियो– कति ठुलो भाग्य, जति होलीएस्ट छन् त्यति नै हाइएस्ट पनि छन्। सारा कल्पमा हेर, तिमीहरू सबैको भाग्यभन्दा उच्च भाग्य अरू कसैको छैन। जानेका छौ नि आफ्नो भाग्यलाई? वर्तमान समयमा पनि परमात्म पालना, परमात्म पढाइ र परमात्म वरदानले पालिइरहेका छौ। भविष्यमा पनि विश्वको राज्य अधिकारी बन्छौ। बन्नु नै छ, निश्चित छ, निश्चय नै छ। पछि पनि जब पूज्य बन्छौ तब तिमी श्रेष्ठ आत्माहरूको जस्तो पूजा विधिपूर्वक अरू कसैको पनि हुँदैन। त्यसैले वर्तमान, भविष्य र पूज्य स्वरूपमा हाईएस्ट अर्थात् उच्चभन्दा उच्च छौ। तिम्रा जड चित्रहरूको पनि हरेक कर्मको पूजा हुन्छ। अनेक धर्म पिता, महान आत्माहरू भए तर यस्तो विधिपूर्वक पूजा तिमी उच्चभन्दा उच्च परमात्माका बच्चाहरूको हुन्छ किनकि यस समयमा हरेक कर्ममा कर्मयोगी बनेर कर्म गर्ने विधिको फल पूजा पनि विधिपूर्वक हुन्छ। यस सङ्गम समयको पुरुषार्थको प्रारब्ध मिल्छ। त्यसैले उच्चभन्दा उच्च भगवानले तिमी बच्चाहरूलाई पनि उच्चभन्दा उच्च प्राप्ति गराउनुहुन्छ।

होली अर्थात् पवित्रता, होलीएस्ट पनि छौ भने हाईएस्ट पनि छौ। यस ब्राह्मण जीवनको फाउन्डेसन नै पवित्रता हो। सङ्कल्प मात्र पनि अपवित्रताले श्रेष्ठ बन्न दिँदैन। पवित्रता नै सुख, शान्तिको जननी हो। पवित्रता सबै प्राप्तिहरूको चाबी हो, त्यसैले तिमीहरू सबैको स्लोगन यही हो– “पवित्र बनौँ, योगी बनौँ।” जुन होली पनि यादगार छ, त्यसमा पनि हेर पहिला जलाउँछन् फेरि मनाउँछन्। नजलाइकन मनाउँदैनन्। अपवित्रतालाई जलाउनु, योगको अग्निद्वारा अपवित्रतालाई जलाउँछौ, त्यसको यादगार उनीहरू आगोमा जलाउँछन् र जलाएपछि पवित्र बनिसकेपछि त्यसको खुसीमा होली मनाउँछन्। पवित्र बनेको यादगार मिलन मनाउँछन् किनकि तिमीहरू सबैले पनि जब अपवित्रतालाई जलाउँछौ, परमात्म सङ्गको रङ्गमा लाल हुन्छौ तब सबै आत्माहरूप्रति शुभभावना, शुभकामनाको मिलन मनाउँछौ। यसको यादगार मङ्गल मिलन मनाउँछन्। त्यसैले बापदादा सबै बच्चाहरूलाई यही स्मृति दिलाउनुहुन्छ– सदा हरेकसँग आशीर्वाद लेऊ र आशीर्वाद देऊ। आफ्नो आशीर्वादको शुभभावनाले मङ्गल मिलन मनाऊ किनकि कसैले बददुआ (श्राप) दिन्छ भने पनि, त्यो त अपवित्रताले परवश छ तर यदि तिमीले बददुआलाई मनमा लियौ भने के खुसी रहन्छौ? सुखी रहन्छौ? वा व्यर्थ सङ्कल्पहरूको किन, के, कसरी, को... यो दुःखको अनुभव गर्छौ? बददुआ लिनु अर्थात् आफूलाई पनि दुःख र अशान्ति अनुभव गराउनु। जुन बापदादाको श्रीमत छ सुख देऊ र सुख लेऊ, त्यो श्रीमतको उल्लङ्घन हुनजान्छ। त्यसैले अब सबै बच्चाहरूले आशीर्वाद लिन र आशीर्वाद दिन सिकिसक्यौ नि! सिक्यौ?

प्रतिज्ञा र दृढता, दृढताले प्रतिज्ञा गर– सुख दिनुछ र सुख लिनुछ। आशीर्वाद दिनु छ, लिनु छ। गरेका छौ प्रतिज्ञा? हिम्मत छ? जसमा हिम्मत छ आजदेखि दृढताको सङ्कल्प लिन्छौँ– आशीर्वाद लिनेछौँ, आशीर्वाद दिनेछौँ, उनीहरूले हात उठाऊ। पक्का? पक्का? कच्चा हुनुहुँदैन। कच्चा बन्यौ भने त काँचो फललाई चराले धेरै खान्छ। दृढता सफलताको चाबी हो। सबैसँग चाबी छ? छ चाबी? चाबी कायम छ, मायाले त चोर्र्दैन? उसलाई पनि चाबीसँग प्यार छ। सदैव सङ्कल्प गर्दा यो सङ्कल्प इमर्ज गर, मर्ज होइन, इमर्ज। इमर्ज गर मैले गर्नु नै छ। बन्नु नै छ। हुनु नै छ। भइ नै सकेकोछ। यसलाई भनिन्छ निश्चयबुद्धि, विजयन्ती। ड्रामा विजयको बनेकैछ। केवल रिपीट गर्नुछ। बनिबनाऊ ड्रामा हो। बनेको छ, रिपीट गरेर बनाउनुछ। मुस्किल छ? कहिलेकाहीँ मुस्किल हुनजान्छ! मुस्किल किन हुन्छ? आफैले सहजलाई मुस्किल बनाइदिन्छौ। सानो गल्ती गरिदिन्छौ– थाहा छ कुन गल्ती गर्छौ? बापदादालाई त्यस समयमा बच्चाहरूप्रति धेरै दया के भनौँ, प्यार आउँछ। के प्यार आउँछ? एकातिर त भन्छौ– बाबा हाम्रो साथ कम्बाइन्ड हुनुहुन्छ। साथ होइन कम्बाइन्ड हुनुहुन्छ। त्यसोभए कम्बाइन्ड हुनुहुन्छ? डबल फरेनरहरूले भन कम्बाइन्ड हुनुहुन्छ? पछाडि बस्नेहरूले भन कम्बाइन्ड हुनुहुन्छ? ग्यालरीमा बस्नेहरूले भन कम्बाइन्ड हुनुहुन्छ?

अच्छा– आज त बापदादालाई समाचार मिल्यो मधुबन निवासी पाण्डव भवन, ज्ञान सरोवर र यहाँ हुनेहरूले पनि अलग हलमा सुनिरहेका छौ। त्यसैले तिमीहरूलाई पनि बापदादाले सोधिरहनुभएको छ– बापदादा कम्बाइन्ड हुनुहुन्छ? हात उठाइरहेका छन्। जब सर्व शक्तिमान बापदादा कम्बाइन्ड हुनुहुन्छ फेरि एक्लो किन बन्छौ? यदि तिमी कमजोर छौ भने पनि बापदादा त सर्वशक्तिमान हुनुहुन्छ नि! एक्लो बन्छौ तब कमजोर बन्छौ। कम्बाइन्ड रूपमा रहने गर। बापदादा हरेक बच्चाको हर पल सहयोगी हुनुहुन्छ। शिवबाबा परमधामबाट किन आउनुभएको छ? केका लागि आउनुभएको छ? बच्चाहरूको सहयोगी बन्नको लागि आउनुभएको छ। हेर ब्रह्माबाबा पनि व्यक्तबाट अव्यक्त हुनुभयो केका लागि? साकार शरीरबाट अव्यक्त रूपमा धेरैभन्दा धेरै सहयोग दिन सक्नुहुन्छ। त्यसैले बापदादाले सहयोग दिनको लागि अफर गरिरहनुभएको छ भने एक्लो किन बन्छौ? मेहनतमा किन लाग्छौ? ६३ जन्म त मेहनत गर्यौ नि! के त्यो मेहनतको संस्कारले अहिले पनि तान्छ कि? मोहब्बतमा रहने गर, लभमा लीन रहने गर। मोहब्बतले मेहनतबाट मुक्त गराउँछ। मेहनत राम्रो लाग्छ र? कुन स्वभावले बाध्य हुन्छौ? सहज योगी हौ, बापदादाले बच्चाहरूको लागि परमधामबाट विशेष सौगात ल्याउनुभएको छ, थाहा छ के सौगात ल्याउनुभएको छ? हत्केलामा स्वर्ग ल्याउनुभएको छ। तिम्रो चित्र पनि छ नि। राज्य भाग्य ल्याउनुभएको छ बच्चाहरूको लागि, त्यसैले बापदादालाई मेहनत राम्रो लाग्दैन।

बापदादा हरेक बच्चालाई मेहनत मुक्त, मोहब्बतमा मग्न देख्न चाहनुहुन्छ। त्यसैले आज सङ्कल्पद्वारा मेहनत वा मायाको युद्धबाट मुक्त बन्ने होली जलाउने छौ? जलाउने छौ? जलाउनु अर्थात् नामनिसान गुम। कुनै पनि चीज जलाउँदा नामनिसान खतम हुन्छ नि! त्यसैले यस्तो होली मनाउने छौ? हात त हल्लाइरहेका छौ। बापदादा हात देखेर खुसी हुनुभएको छ। तर... तर छ? तर भनौँ कि नभनौँ? मनको हात हल्लाउनु। यो हात हल्लाउनु त धेरै इजी छ। यदि मनले मान्यो गर्नु नै छ, त्यसो भए त भएकै छ। नयाँ नयाँ पनि धेरै आएका छन्। जो पहिलो पटक मिलन मनाउनको लागि आएका छौ, उनीहरूले हात उठाऊ। डबल फरेनरहरूमा पनि छन्।

अहिले जोसुकै पनि पहिलो पटक आएका छन्, बापदादा विशेष उनीहरूलाई आफ्नो भाग्य बनाएकोमा बधाई दिइरहनुभएको छ, तर यो बधाई स्मृतिमा राख्नु र अहिले सबैलाई लास्ट सो फास्ट जाने चान्स छ, किनकि फाइनल रिजल्ट आउट भएको छैन। त्यसैले लास्टमा आउनेहरू पनि, पहिलेकाहरूभन्दा लास्टमा आएका हौ नि, त्यसैले लास्टवाला लास्ट सो फास्ट र फास्ट सो फस्ट आउन सक्छौ। छुट छ, जान सक्छौ। त्यसैले सदा यो लक्ष्य याद राख्नु– मलाई अर्थात् म आत्मालाई फास्ट र फस्टक्लासमा आउनु नै छ। हो, भी.आई.पी. धेरै आएका छन् नि, टाइटल भी.आई.पी.को छ। जो भी.आई.पी. आएका छन् उनीहरूले पूरा हात उठाऊ। (भारतवर्षका लगभग १५० अतिथिहरू बापदादाको अगाडि बसेका छन्) स्वागत छ। आफ्नो घरमा आएकोमा स्वागत छ, स्वागत छ। अहिले त परिचयको लागि भी.आई.पी. भनिन्छ तर अहिले भी.आई.पी.बाट भी.भी.भी.आई.पी. बन्नुछ। हेर, देवताहरू तिम्रा जड चित्र भी.भी.भी.आई.पी. हुन् त्यसैले तिमीलाई पनि पूर्वजजस्तो बन्नु नै छ। बापदादा बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ। सम्बन्धमा आयौ। जो भी.आई.पी. आएका छौ, उठ। बसी बसी थाकिसक्यौ होला, एकछिन उठ। अच्छा।

वर्तमान समयमा बापदादाले दुई कुरामा बारम्बार अटेन्सन दिलाइरहनुभएको छ– एक, स्टप, बिन्दी लगाऊ, बिन्दु लगाऊ। अर्को– स्टक जम्मा गर। दुवै जरुरी छन्। तीन खजाना विशेष जम्मा गर– एक आफ्नो पुरुषार्थको प्रारब्ध अर्थात् प्रत्यक्ष फल, त्यो जम्मा गर। दोस्रो– सदा सन्तुष्ट रहनु, सन्तुष्ट पार्नु। केवल सन्तुष्ट रहनुछैन, पार्नु पनि। त्यसको फल स्वरूप आशीर्वाद जम्मा गर। आशीर्वादको खाता कहिलेकाहीँ कुनै बच्चाहरूले जम्मा गर्छन् तर चल्दाचल्दै कुनै सानोतिनो कुरामा कन्फ्युज भएर, हिम्मतहीन भएर जम्मा भएको खजानामा पनि रेखा लगाइदिन्छन्। त्यसैले आशीर्वादको खाता पनि जम्मा होस्। त्यसको विधि सन्तुष्ट रहनु, सन्तुष्ट पार्नु। तेस्रो– सेवाद्वारा सेवाको फल जम्मा गर्नु वा खजाना जम्मा गर्नु र सेवामा पनि विशेष निमित्त भाव, निर्मान भाव, निर्मल वाणी। बेहदको सेवा। मेरो होइन, बाबाको। बाबा गराउनेवालाले म गर्नेवालाद्वारा गराइरहनुभएको छ, यो हो बेहदको सेवा। यी तीनवटै खाता जाँच गर– तीनवटै खाता जम्मा छन्? मैपनको अभाव होस्। इच्छा मात्रम् अविद्या। सोच्छौ यस वर्षमा के गर्नुछ? सिजन पूरा भइरहेको छ, अब ६ महिना के गर्नुछ? त्यसैले एउटा त खाता जम्मा गर्नु, राम्रोसँग जाँच गर्नु। कतै कुनामा पनि सीमित इच्छा त छैन? म र मेरोपन त छैन? लिनेवाला त होइनौ? विधाता बन, लिनेवाला होइन। न नाम, न मान, न सान, कुनै पनि कुरा लिनेवाला होइन, दाता, विधाता बन।

अहिले दुःख धेरै धेरै बढिरहेको छ, बढिरहनेछ, त्यसैले मास्टर सूर्य बनेर अनुभूतिका किरण फैलाऊ। जसरी सूर्यले एकै समयमा कति प्राप्तिहरू गराउँछ, एक प्राप्ति गराउँदैन। केवल उज्यालो दिँदैन, शक्ति पनि दिन्छ। अनेक प्राप्तिहरू गराउँछ। त्यसैगरी तिमीहरू सबैले यी ६ महिनामा ज्ञान सूर्य बनेर सुखको, खुसीको, शान्तिको, सहयोगका किरण फैलाऊ। अनुभूति गराऊ। तिम्रो मुहारलाई देख्नेबित्तिकै दुःखको लहरमा कम्तीमा मुस्कान आओस्। तिम्रो दृष्टिले हिम्मत आओस्। त्यसैले यसमा अटेन्सन दिनुछ। विधाता बन्नुछ, तपस्वी बन्नुछ। यस्तो तपस्या गर, जुन तपस्याको ज्वालाले केही न केहीले अनुभूति गराओस् । केवल वाणी नसुनुन्, अनुभूति गराऊ। अनुभूति अमर हुन्छ। केवल वाणी भयो भने थोरै समय राम्रो लाग्छ, सदा याद रहँदैन, त्यसैले अनुभवको अथोरिटी बनेर अनुभव गराऊ। जोसुकै पनि सम्बन्ध-सम्पर्कमा आइरहेका छन् उनीहरूलाई आफ्नो सहयोगले, बापदादाको कनेक्सनले हिम्मत र उमङ्ग-उत्साह दिलाऊ। धेरै मेहनत नगराऊ। न स्वयंले मेहनत गर न अरूलाई गराऊ। निमित्त हौ नि! त्यसैले भाइब्रेसन यस्तो उमङ्ग-उत्साहको बनाऊ जसबाट गम्भीर पनि उमङ्ग-उत्साहमा आओस्। खुसीमा मन नाच्न लागोस्। सुन्यौ के गर्नुछ? हेर्नेछु नतिजा। कुन स्थानले कति आत्माहरूलाई दृढ बनायौ, स्वयं दृढ बन्यौ, कति आत्माहरूलाई दृढ बनायौ? साधारण पोतामेल हेर्ने होइन, भुल गरिन, झुटो बोलिन, कुनै विकर्म गरिन, तर कति आत्माहरूलाई उमङ्ग-उत्साहमा ल्याएँ, अनुभूति गराएँ, दृढताको चाबी दिएँ? ठिक छ नि, गर्नु नै छ नि। बापदादाले पनि किन भन्ने गर्नेछौ भनेर। होइन, गर्नु नै छ। तिमीले गर्दैनौ भने कसले गर्नेछ? पछि आउनेहरूले? तिमी नै कल्प कल्प बाबाबाट अधिकारी बनेका थियौ, बनेका छौ र हरेक कल्प बन्नेछौ। बच्चाहरूको यस्तो दृढतापूर्वक सङ्गठन बापदादाले हेर्नु नै छ। ठिक छ नि! हात उठाऊ, बन्नु नै छ, मनको हात उठाऊ। दृढ निश्चयको हात उठाऊ। यसमा त सबै पास भए। पास छौ नि? अच्छा।

चारैतिरका दिलतख्तनसिन बच्चाहरूलाई, टाढा बसेर पनि परमात्म प्यारको अनुभव गर्ने बच्चाहरूलाई, सदा होली अर्थात् पवित्रताको फाउन्डेसन दृढ बनाउने, स्वप्न मात्र पनि अपवित्रताको अंश मात्रबाट पनि टाढा रहने महावीर, महावीरनी बच्चाहरूलाई, सदा हर समय सबै जम्माको खाता जम्मा गर्ने सम्पन्न बच्चाहरूलाई, सदा सन्तुष्टमणि बनेर सन्तुष्ट रहने र सन्तुष्ट पार्ने बाबासमान बच्चाहरूलाई बापदादाको यादप्यार, आशीर्वाद एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

दादीहरूसँग:– दादीहरू त गुरुभाइ हौ नि, त्यसैले सँगै बस। भाइ सँगै बस्छन्। राम्रो छ। बापदादाले दिनहुँ स्नेहको मालिस गर्नुहुन्छ। निमित्त हौ नि! यो मालिसले चलाइरहेको छ। राम्रो छ– तिमीहरू सबैको उदाहरण देखेर सबैलाई हिम्मत आउँछ। निमित्त दादीहरूसमान सेवामा, निमित्त भावमा अगाडि बढ्नुछ। राम्रो छ, तिमीहरूको यो जुन पक्का निश्चय छ नि– गराउनेवालाले गराइरहनुभएको छ, चलाउनेवालाले चलाइरहनुभएको छ। यो निमित्त भावले सेवा गराइरहेको छ। मैपन छ? थोरै मैपन आउँछ? राम्रो छ। सारा विश्वको अगाडि निमित्त उदाहरण हौ नि। त्यसैले बापदादाले पनि सदा विशेष प्यार र आशीर्वाद दिइरहनुहुन्छ। अच्छा। धेरै आएका छन् त्यसैले त राम्रो छ नि! लास्ट टर्न फास्ट गएको छ। अच्छा।

डबल विदेशी मुख्य टिचर बहिनीहरूसँग:– सबै मिलेर सबैको पालना गर्ने निमित्त बनेका छौ, यो धेरै राम्रो पार्ट खेलिरहेका छौ। स्वयं पनि रिफ्रेस हुन्छौ र अरूलाई पनि रिफ्रेस बनाइदिन्छौ। राम्रा प्रोग्राम बनाउँछौ। यो सेवा बापदादालाई मन पर्छ। स्वयं रिफ्रेस भयौ भने तब त रिफ्रेस बनाउँछौ। धेरै राम्रो। सबैले रिफ्रेसमेन्ट राम्रो गर्यौ। बापदादा खुसी हुनुहुन्छ। धेरै राम्रो। ओम् शान्ति।

वरदान:–
नलेजफुल स्थितिद्वारा परिस्थितिहरूलाई पार गर्ने अङ्गदसमान अचल-अडोल भव

रावण राज्यको कुनै पनि परिस्थिति वा व्यक्तिले अलिकति पनि सङ्कल्प रूपमा पनि हल्लाउन नसकोस्। यस्तो अचल-अडोल भवको वरदानी बन। किनकि कुनै पनि विघ्न गिराउनको लागि होइन, मजबुत बनाउनको लागि आउँछ। नलेजफुलले कहिल्यै परीक्षालाई देखेर कन्फ्युज हुँदैनन्। माया कुनै पनि रूपमा आउन सक्छ, तर तिमीले योग अग्नि जगाएर राख, नलेजफुल स्थितिमा रह्यौ भने सबै विघ्न स्वतः समाप्त हुनेछन् र तिमी अचल अडोल स्थितिमा स्थित रहनेछौ।

स्लोगन:–
शुद्ध सङ्कल्पको खजाना जम्मा भएमा व्यर्थ सङ्कल्पहरूमा समय जाँदैन।

सूचना: – आज अन्तर्राष्ट्रिय योग दिवस हो।