18.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– आफैमाथि
आफै ले कृपा गर , बाबाले ज ुन श्र ी मत दिनुहुन्छ , त्यसमा चलिराख , बाबाको श्र ी
मत छ– प्यारा बच्चाहरू ! समय खेर नफाल , सही कार्य गर।”
प्रश्न:–
जुन तकदिरवान
बच्चाहरू छन्, उनीहरूको मुख्य धारणा कुनचाहिँ हुन्छ?
उत्तर:–
तकदिरवान
बच्चाहरू सवेरै सवेरै उठेर बाबालाई धेरै प्यारले याद गर्छन्। बाबासँग मीठा मीठा कुरा
गर्छन्। कहिल्यै पनि आफैमाथि निर्दयी हुँदैनन्। उनीहरूले पास विथ अनर (सम्मानसहित
पास हुने) पुरुषार्थ गरेर स्वयंलाई राज्य भाग्यको लायक बनाउँछन्।
ओम् शान्ति ।
प्यारा
बच्चाहरू! बाबाको अगाडि बसेका छौ त्यसैले तिमीलाई थाहा छ– हाम्रो बेहदका बाबा
हुनुहुन्छ र बाबाले हामीलाई बेहदको सुख दिनका लागि श्रीमत दिइरहनुभएको छ। उहाँको
लागि नै गायन गरिन्छ– रहमदिल, लिबरेटर... धेरै महिमा गर्छन्। बाबा भन्नुहुन्छ– केवल
महिमाको मात्र कुरा होइन। बाबाको त कर्तव्य हो बच्चाहरूलाई मत दिनु। बेहदका बाबाले
पनि मत दिनुहुन्छ। सर्वोच्च बाबा हुनुहुन्छ त्यसैले अवश्य उहाँको मत पनि
सर्वश्रेष्ठ हुन्छ। मत लिने आत्माले हो, राम्रो वा नराम्रो काम आत्माले नै गर्छ। यस
समयमा दुनियाँलाई रावणको मत मिल्छ। तिमी बच्चाहरूलाई राम (बाबा) को मत मिल्छ। रावणको
मतले निर्दयी भएर उल्टो काम गर्छन्। बाबाले मत दिनुहुन्छ– सही, राम्रो कार्य गर।
सबैभन्दा राम्रो कार्य हो– आफैमाथि कृपा गर्नु।
तिमीलाई थाहा छ– तिमी
आत्मा सतोप्रधान थियौ, धेरै सुखी थियौ, फेरि रावणको मत मिलेपछि तिमी तमोप्रधान बनेका
छौ। अब फेरि बाबाले मत दिनुहुन्छ– एक त बाबाको यादमा बस। अब आफैमाथि कृपा गर, यो मत
दिनुहुन्छ। बाबाले कृपा गर्नुहुन्न। बाबाले त श्रीमत दिनुहुन्छ– यसो यसो गर। आफैमाथि
आफैले कृपा गर। आफूलाई आत्मा सम्झेर आफ्ना पतित-पावन बाबालाई याद गरेमा तिमी पावन
बन्छौ। बाबाले राय दिनुहुन्छ, तिमी पावन कसरी बन्छौ। बाबा नै पतितलाई पावन
बनाउनेवाला हुनुहुन्छ। उहाँले श्रीमत दिनुहुन्छ। यदि उहाँको मतमा चल्दैनौ भने
आफैमाथि निर्दयी हुन्छौ। बाबाले श्रीमत दिनुहुन्छ– प्यारा बच्चाहरू! समय खेर नफाल।
यो पाठ पक्का गर– हामी आत्मा हौँ। शरीर निर्वाहको लागि कामकाज आदि ठीकै छ गर, तैपनि
समय निकालेर युक्ति रच। काम गर्दा आत्माको बुद्धि बाबातिर हुनुपर्छ। जस्तै
आशिक-माशुकले पनि काम त गर्छन् नि। दुवै एक अर्कामा आशिक हुन्छन्। यहाँ यस्तो होइन।
तिमीले भक्तिमार्गमा पनि याद गर्छौ। कतिले भन्छन्– कसरी याद गर्ने? आत्माको,
परमात्माको रूप के हो, जसलाई याद गरौँ? किनकि भक्तिमार्गमा त गायन गरिन्छ– परमात्मा
नाम-रूपबाट न्यारा हुनुहुन्छ। तर यस्तो होइन। भनिन्छ पनि– भृकुटीको बीचमा आत्मा
सितारा जस्तै छ, फेरि किन भन्छन्– आत्मा के हो, त्यसलाई देख्न सकिँदैन। त्यो त
अनुभव गर्ने चीज नै हो। आत्मालाई अनुभव गरिन्छ, परमात्मालाई पनि अनुभव गरिन्छ। त्यो
अति सूक्ष्म चीज हो। जुन्किरीभन्दा पनि सूक्ष्म छ। शरीरबाट कसरी निस्किन्छ, थाहै
हुँदैन। आत्मा छ, साक्षात्कार हुन्छ। आत्माको साक्षात्कार भयो, त्यो के हो र! त्यो
त सितारा जस्तै सूक्ष्म छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। जस्तो आत्मा,
त्यस्तै परमात्मा पनि सोल हुनुहुन्छ। तर परमात्मालाई भनिन्छ– सुप्रीम सोल। उहाँ
जन्ममरणमा आउनुहुन्न। आत्मालाई सुप्रीम तब भन्न सकिन्छ जब जन्ममरणरहित हुन्छ। बाँकी
मुक्तिधाममा त सबै पवित्र भएर जानुछ। त्यसमा पनि नम्बरवार छन्, जसको हीरो-हीरोइनको
पार्ट पनि हुन्छ। आत्माहरू नम्बरवार त छन् नि। नाटकमा पनि कोही धेरै तलब पाउने, कोही
कम तलब पाउने हुन्छन्। लक्ष्मी-नारायणको आत्मालाई मनुष्य आत्माहरूमा सुप्रीम भनिन्छ।
हुन त पवित्र त सबै बन्छन्, तैपनि नम्बरवार पार्ट छ। कोही महाराजा, कोही दासी, कोही
प्रजा। तिमी कलाकारहरू हौ। तिमीलाई थाहा छ– यति सबै देवताहरू नम्बरवार छन्। राम्रो
पुरुषार्थ गर्यौ भने उच्च आत्मा बन्छौ, उच्च पद पाउँछौ। तिमीलाई स्मृति आएको छ–
हामीले ८४ जन्म कसरी लियौँ। अब बाबाको पासमा जानुछ। बच्चाहरूलाई यो खुसी पनि छ र
फखुर (नशा) पनि छ। सबैले भन्छन्– हामी नरबाट नारायण, विश्वको मालिक बन्छौँ। त्यसो
भए त त्यस्तै पुरुषार्थ गर्नुपर्यो। पुरुषार्थ अनुसार नम्बरवार पद पाउँछन्। सबैलाई
नम्बरवार पार्ट मिलेको छ। यो ड्रामा बनिबनाउ छ। अहिले बाबाले तिमीलाई श्रेष्ठ मत
दिनुहुन्छ। जसरी भए पनि बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्, अनि तिमी
तमोप्रधानबाट सतोप्रधान बन्छौ। पापको बोझ त शिरमा धेरै छ। त्यसलाई जसरी भए पनि यहाँ
समाप्त गर्नुछ, तब आत्मा पवित्र बन्छ। तमोप्रधान पनि तिमी आत्मा बनेका हौ भने
सतोप्रधान पनि तिमी आत्मा नै बन्नुछ। यस समयमा सबैभन्दा धेरै निर्धन भारतवर्ष छ। यो
खेल भारतवर्षमाथि नै छ। बाँकी उनीहरू त केवल धर्म स्थापना गर्न आउँछन्। पुनर्जन्म
लिँदै लिँदै अन्त्यमा सबै तमोप्रधान बन्छन्। स्वर्गको मालिक तिमी बन्छौ। तिमीलाई
थाहा छ– भारतवर्ष धेरै उच्च स्थान थियो। अहिले कति गरिब छ, गरिबलाई नै सबैले मद्दत
दिन्छन्। हरेक कुराको भीख मागिरहन्छन्। पहिला त धेरै अन्न यहाँबाट अन्यत्र जान्थ्यो।
अहिले गरिब बनेका छन्, अनि फेरि फिर्ता गर्ने सेवा भइरहेको छ। जे लगेका छन्, त्यो
ऋण फिर्ता मिलिरहेको छ।
श्रीकृष्ण र
क्रिश्चियनको राशि एउटै हो। क्रिश्चियनले नै भारतलाई कब्जा गरेका हुन्। अब फेरि
ड्रामा अनुसार उनीहरू आपसमा लड्छन्, नौनी तिमी बच्चाहरूलाई मिल्छ। यस्तो होइन
श्रीकृष्णको मुखमा नौनी थियो। यो त शास्त्रहरूमा लेखिदिएका छन्। सारा दुनियाँ
श्रीकृष्णको हातमा आउँछ। सारा विश्वको तिमी मालिक बन्छौ। तिमी बच्चाहरूलाई थाहा छ–
हामी विश्वको मालिक बन्छौँ, त्यसैले तिमीलाई कति खुसी हुनुपर्छ। तिम्रो कदम कदममा
पदम छन्। केवल एक लक्ष्मी-नारायणको राज्य थिएन। राजवंश थियो नि। यथा राजा-रानी तथा
प्रजा– सबैको पाउमा पदम हुन्छन्। त्यहाँ त अनगिन्ती पैसा हुन्छ। पैसाको लागि कुनै
पाप आदि गर्दैनन्, अथाह धन हुन्छ। अल्लाह अवलदीनको खेल देखाउँछन् नि। अल्लाह जो
अवलदीन अर्थात् जसले देवी-देवता धर्म स्थापना गर्नुहुन्छ। एक सेकेन्डमा जीवनमुक्ति
दिनुहुन्छ। एक सेकेन्डमा साक्षात्कार हुन्छ। कारुनको खजाना (अथाह सम्पत्ति)
देखाउँछन्। मीराले श्रीकृष्णको साक्षात्कारमा डान्स गर्थिन्। त्यो थियो भक्तिमार्ग।
यहाँ भक्तिमार्गको कुरा छैन। तिमीले त यथार्थमा वैकुण्ठमा गएर राज्य-भाग्य लिनेछौ।
भक्तिमार्गमा केवल साक्षात्कार हुन्छ। यस समयमा तिमी बच्चाहरूलाई लक्ष्य-उद्देश्यको
साक्षात्कार हुन्छ, तिमीलाई थाहा छ– हामी यो बन्छौँ। बच्चाहरूले भुल्छन्, त्यसैले
ब्याज दिइन्छ। अहिले हामी बेहदका बाबाका बच्चा बनेका छौँ। कति खुसी हुनुपर्छ। यो त
घरी घरी पक्का निश्चय गरिदिनुपर्छ। तर माया विपक्षमा छ, त्यसैले त्यो खुसी पनि उडेर
जान्छ। बाबालाई याद गरिराख्यौ भने नशा हुन्छ– बाबाले हामीलाई विश्वको मालिक
बनाउनुहुन्छ। फेरि मायाले भुलाउँछ, अनि फेरि केही न केही विकर्म हुन जान्छ। तिमी
बच्चाहरूलाई स्मृति आएको छ– हामीले ८४ जन्म लियौँ, अरू कसैले ८४ जन्म लिँदैनन्। यो
पनि बुझ्नुछ– जति हामीले याद गर्छौँ, त्यति उच्च पद पाउँछौँ र फेरि आफूसमान पनि
बनाउनुछ, प्रजा बनाउनुछ। च्यारीटी बिगिन्स एट होम (परोपकार घरबाट सुरु हुन्छ)।
तीर्थहरूमा पनि पहिला आफै जान्छन्, फेरि मित्र-सम्बन्धी आदिलाई पनि सँगै लैजान्छन्।
त्यसैले तिमीले पनि प्यारले सबैलाई सम्झाऊ। सबैले बुझ्दैनन्। एउटै घरमा पिताले
बुझ्छन् भने बच्चाले बुझ्दैन। माता-पिताले जतिसुकै बच्चाहरूलाई भने पनि– पुरानो
दुनियाँसँग दिल नलगाऊ, तैपनि मान्दैनन्। दिक्क पार्छन्। जो यहाँको कलमी हुन्छ, उही
आएर फेरि बुझ्छ। यस धर्मको स्थापना हेर कसरी हुन्छ, अरू धर्मवालाहरूको कलमी लाग्दैन।
उनीहरू त माथिबाट आउँछन्। उनीहरूका अनुयायीहरू पनि आइरहन्छन्। उहाँले त स्थापना
गर्नुहुन्छ र फेरि सबैलाई पावन बनाएर लैजानुहुन्छ, त्यसैले उहाँलाई सदगुरु
मुक्तिदाता भनिन्छ। सच्चा गुरु एउटै हुनुहुन्छ। मनुष्यले कहिल्यै कसैको सद्गति
गर्दैनन्। सद्गतिदाता एउटै हुनुहुन्छ, उहाँलाई नै सदगुरु भनिन्छ। भारतवर्षलाई
सचखण्ड पनि उहाँले नै बनाउनुहुन्छ। रावणले झुटखण्ड बनाइदिन्छ। बाबाको लागि पनि झुटो,
देवताहरूको लागि पनि झुटो भनिदिन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– नराम्रो नसुन...।
यसलाई वेश्यालय भनिन्छ। सत्ययुग शिवालय हो। मनुष्यले बुझ्दै बुझ्दैनन्। उनीहरू त
आफ्नो मतमा नै चल्छन्। कति लडाइँ झगडा चलिरहन्छ। बच्चाले आमालाई, पतिले पत्नीलाई
मार्न बेर लगाउँदैनन्। एकले अर्कालाई काटिदिन्छन्। बच्चाले देख्छ– पितासँग धेरै धन
छ, दिएनन् भने मार्न पनि बेर लगाउँदैनन्। दुनियाँ कस्तो गन्दा छ। अहिले तिमी के
बनिरहेका छौ! यो तिम्रो लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। तिमीले त केवल भन्थ्यौ– हे
पतित-पावन आएर हामीलाई पावन बनाउनुहोस्! यस्तो कहाँ भन्थ्यौ र– विश्वको मालिक
बनाउनुहोस्। गड फादरले त हेभेन स्थापना गर्नुहुन्छ भने हामी हेभेनमा किन छैनौँ! फेरि
रावणले तिमीलाई नर्कवासी बनाउँछ। कल्पको अवधि लाखौँ वर्ष भनिदिनाले भुलेका छन्।
बाबा भन्नुहुन्छ– तिमी
हेभेनका मालिक थियौ। अब फेरि चक्कर लगाएर हेलका मालिक बनेका छौ। अहिले फेरि बाबाले
तिमीलाई हेभेनको मालिक बनाउनुहुन्छ। भन्नुहुन्छ– मीठा आत्माहरू, प्यारा बच्चाहरू!
बाबालाई याद गर्यौ भने तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। तमोप्रधान बन्न आधाकल्प
लाग्यो, बरू कल्प भनौँ किनकि कला त कम हुँदै जान्छ। यस समयमा कुनै कला छैन। भनिन्छ–
मैं निर्गुण हारे में कोई गुण नाही, यसको अर्थ कति स्पष्ट छ। यहाँ फेरि निर्गुण
बालकको संस्था पनि छ। बालकहरूमा कुनै गुण हुँदैन। नत्र बालकलाई महात्माभन्दा पनि
उच्च भनिन्छ, उनीहरूलाई विकारहरूको विषयमा पनि थाहै हुँदैन। महात्माहरूलाई त
विकारहरूको बारेमा थाहा हुन्छ, त्यसैले कति गलत शब्द भन्छन्। मायाले बिल्कुल
दुराचारी बनाइदिन्छ। गीता पढ्छन् पनि, भन्छन् पनि– भगवानुवाच-काम महाशत्रु हो, यह
आदि-मध्य-अन्त्य दुःख दिन्छ, तैपनि पवित्र बन्नमा कति विघ्न पार्छन्। बच्चाले विवाह
गरेन भने कति रिसाउँछन्। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू श्रीमतमा चल्नुछ। जो फूल
बन्नेवाला हुँदैन, उसले जति सम्झाए पनि कहिल्यै मान्दैन। कतै बच्चाहरूले भन्छन्–
हामीले विवाह गर्दैनौँ, तब माता-पिताले कति अत्याचार गर्छन्। बाबा भन्नुहुन्छ– जब
मैले ज्ञान यज्ञ रच्छु, तब अनेक प्रकारका विघ्न पर्छन्। तीन पाउ पृथ्वी पनि दिँदैनन्।
तिमी केवल बाबाको मतमा याद गरेर पवित्र बन्छौ, अरू कुनै तकलिफ छैन। केवल आफूलाई
आत्मा सम्झेर बाबालाई याद गर। जसरी तिमी आत्माहरू यो शरीरमा अवतरित हुन्छौ, त्यसैगरी
बाबा पनि अवतरित हुनुहुन्छ। फेरि कच्छ अवतार, मच्छ अवतार कसरी हुन सक्छ! कति गाली
गर्छन्! भन्छन्– ढुङ्गा माटोमा भगवान हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो र देवताहरूको
ग्लानि गर्छन्। म आउनुपर्छ, आएर तिमी बच्चाहरूलाई फेरि वर्सा दिन्छु। मैले वर्सा
दिन्छु, रावणले श्राप दिन्छ। यो खेल हो। जो श्रीमतमा चल्दैनन्, उनीहरूको तकदिर त्यति
उच्च छैन भनेर बुझिन्छ। तकदिरवानहरूले बिहान सबेरै उठेर याद गर्नेछन्, बाबासँग कुरा
गर्नेछन्। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। खुसीको
पारा पनि चढ्छ। जो उच्च सम्मानसहित पास हुन्छन्, उनीहरू नै राजधानीको लायक बन्न
सक्छन्। केवल एक लक्ष्मी-नारायणले राज्य गर्दैनन्। राजवंश हुन्छ। अब बाबा
भन्नुहुन्छ– तिमी कति स्वच्छ बुद्धि बन्छौ। यसलाई सतसङ्ग भनिन्छ। सतसङ्ग एउटै हुन्छ।
जुन बाबाले सच्चा सच्चा नलेज दिएर सचखण्डको मालिक बनाउनुहुन्छ। कल्पको सङ्गममा नै
सतको सङ्ग मिल्छ। स्वर्गमा कुनै पनि प्रकारको सतसङ्ग हुँदैन। अहिले तिमी रुहानी
सैलभेसन आर्मी (मुक्ति सेना) हौ। तिमीले विश्वको उद्धार गर्छौ। तिमीलाई स्याल्भेज
गर्ने, श्रीमत दिने बाबा हुनुहुन्छ। तिम्रो महिमा धेरै ठुलो छ। बाबाको महिमा,
भारतवर्षको महिमा अपरम्पार छ। तिमी बच्चाहरूको पनि महिमा अपरम्पार छ। तिमी
ब्रह्माण्डको पनि र विश्वको पनि मालिक बन्छौ। म त केवल ब्रह्माण्डको मालिक हुँ। पूजा
पनि तिम्रो डबल हुन्छ। म त देवता बन्दिनँ, जसको डबल पूजा हुन्छ। तिमीहरूमध्ये पनि
नम्बरवारले बुझ्छन् र खुसीमा आएर पुरुषार्थ गर्छन्। पढाइमा कति फरक छ। सत्ययुगमा
लक्ष्मी-नारायणको राज्य चल्छ। त्यहाँ मन्त्री हुँदैनन्। लक्ष्मी-नारायण, जसलाई
भगवान-भगवती भनिन्छ, उनीहरूले फेरि मन्त्रीको राय लिन्छन् र! राजाहरू पतित बनेपछि
फेरि मन्त्री आदि राख्छन्। अहिले त प्रजाको प्रजामाथि राज्य छ। तिमी बच्चाहरूलाई यो
पुरानो दुनियाँबाट वैराग्य छ। ज्ञान, भक्ति, वैराग्य। ज्ञान केवल रुहानी बाबाले
सिकाउनुहुन्छ, अरू कसैले सिकाउन सक्दैनन्। बाबा नै पतित-पावन, सबैका सद्गतिदाता
हुनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाको यादको साथसाथै आफूसमान बनाउने सेवा पनि गर्नुछ। च्यारीटी विगिन्स एट होम...
सबैलाई प्यारले सम्झाउनुछ।
२) यो पुरानो
दुनियाँबाट बेहदको वैरागी बन्नुछ। नराम्रो नसुन, नराम्रो नहेर...। हामी बेहदका
बाबाका बच्चा हौँ, उहाँले हामीलाई कारुनको खजाना दिनुहुन्छ, यही खुसीमा रहनुछ।
वरदान:–
हर सङ्कल्प ,
व चन र कर्मलाई फलदायक बनाउने रुहानी प्रभावशाली भव
कसैको पनि सम्पर्कमा
आउँदा उनीहरूप्रति मनको भावना स्नेह, सहयोग र कल्याणको भावना प्रभावशाली होस्। हर
वचन कसैलाई हिम्मत, उल्लास दिने प्रभावशाली होऊन्। साधारण कुराकानीमा समय नजाओस्।
त्यस्तै हर कर्म फलदायक होस्– चाहे स्वयंप्रति, चाहे अरूप्रति। आपसमा पनि हर रूपमा
प्रभावशाली बन। सेवामा रुहानी प्रभावशाली बन, तब बाबालाई प्रत्यक्ष गर्ने निमित्त
बन्न सक्नेछौ।
स्लोगन:–
यस्तो
शुभचिन्तक मणि बन जसले गर्दा तिम्रा किरणले विश्वलाई प्रकाशित गरिरहोस्।
अव्यक्त इसारा:– समय
अनुसार शीतलताको शक्तिद्वारा हर परिस्थितिमा आफ्नो सङ्कल्पको गतिलाई, बोललाई शीतल र
धैर्यवान् बनाऊ। यदि सङ्कल्पको स्पिड फास्ट छ भने धेरै समय व्यर्थ जानेछ, कन्ट्रोल
गर्न सक्नेछैनौ। त्यसैले शीतलताको शक्ति धारण गर्यौ भने व्यर्थबाट वा एक्सिडेन्टबाट
बच्नेछौ। यो किन, के, यस्तो होइन त्यस्तो, यस व्यर्थको फास्ट गतिबाट छुट्नेछौ।